MENU

खेल

ujyaalo forign call inside

​कर्णाली प्रिमियर लिगमा टिकापुर र धनगढी विजयी

सुर्खेत, जेठ ३ – आजदेखि सुरु भएको कर्णाली प्रिमियर लिग (केपीएल) मा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

आज वीरेन्द्रनगरमा रहेको रंगशालामा दुई छुट्टाछुटै खेलमा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । प्राविधिक कारणले आजका दुवै खेल १५ ओभरमा झारिएको थियो ।

आज भएको पहिलो खेलमा भेरीगंगा स्पोट्र्स क्लबलाई टिकापुर क्रिकेट क्लबले  १ सय ९ रनले हराएको थियो । टिकारपुरका अजय विष्टले अलराउण्ड प्रर्दशनमा टिकापुरले फराकिलो जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

उसका ओपनर अजय बिस्टले ३४ रनको बनाई १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्नुभएको थियो । यस्तै अयुब चन्दले १९ रन र रवी शाहले १७ रन बनाए ।बलिङतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २/२ विकेट लिए । १ सय ४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा मात्र ३५ रन बनाउँदा सबै विकेट गुमायो । उसका लोकेन्द्र बिकेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्  ।

भेरीगङ्गालाई सस्तैमा समेट्न टिकापुरका रवी शाह र अनिल बिकेले १०/१० खर्चेर समान ३ विकेट लिए भने ललित प्याक्वलले ४ र अजय बिस्टले १० रन खर्चेर समान २/२ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा मध्य पश्चिमाञ्चल क्रिकेट क्लबलाई धनगढी क्रिकेट एकेडेमीले  ४६ रनले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका विपिन रावलले ३९ रन बनाउन २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभएको थियो ।  

त्यस्तै तल्लोक्रममा म्यान अफ द म्याच घोषित बसन्त सिंह कार्कीले अविजित ३२ रन बनाउन १२ बलमा १ चौका र ३ छक्का हानेका थिए । बलिङतर्फ मध्य  पश्चिमाञ्चलका भारत थापाले ३ विकेट लिन ३७ रन खर्चिए भने सिद्धान्त शाही, आकाश बिस्ट र भीम धमलाले १–१ विकेट लिए ।

जवाफमा उत्रेको मध्य पश्चिमाञ्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत निर्धारित  १५ ओभरमा ७ विकेट गुमाएर १ सय १० रनमात्र बनायो । सुबेन्दु पाण्डेले ५२ रन बनाउन ४० बलमा ६ चौका र १ छक्का हाने ।

यस्तै राजवीर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाउँदा ३ खेलाडी पहिलो बलमा नै आउट भए । बलिङतर्फ धनगढीका बिक्रम ठगुन्नाले ३ विकेट लिन ३ ओभरमा मात्र १९ रन खर्चिए  । प्रतियोगीतामा आज टिकापुर क्लबका अजय बिष्ट र धनगढीका बसन्तसिंह कार्की म्यान अफ द म्याच घोषित भए । 

यसैबीच भोलि तीन खेल हुने भएका छन् । वीरेन्द्रनगरस्थित रंगशालामा हुने पहिलो खेलमा रुपन्देही ११ र  भेरीगङ्गा स्पोर्ट्स क्लबबीच हुने आयोजकले जानकारी दिएको छ । दोस्रो खेल  बिहान साढे १० बजे रोयल राइजिंग क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीविच र तेस्रो खेलमा दिउँस २ बजे महाकाली क्रिकेट क्लब र टिकापुर क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ । 

कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ ।  कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी पाउनेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया