MENU

खेल

ujyaalo forign call inside

सुनसरीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब उदयपुर गोल्डकपको फाइनलमा

सुमित्रा कोइराला/उज्यालो।

उदयपुर, जेठ ३ – मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौं उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

थरुहट रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरी ११ लाई २ विरुद्ध ३ गोल गर्दै मनाङ मस्र्याङ्दी क्लब फाईनमा प्रवेश गरेको हो । 
अब गोल्डकपको उपाधिका लागि शनिवार थ्रिस्टार क्लब र मनाङ मस्र्याङदी क्लब प्रतिस्पर्धा गर्नेछन ।

निकै प्रतिस्पर्धात्मक बुधबारको खेलमा मनाङ मस्र्याङ्दी क्लबले पहिलो गोल पहिलो हाफको १० आैं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । यस्तै पहिलो हाफको २५ आैं मिनेटमा विदेशी खेलाडी भिक्टरले गोल गरेका थिए । दोस्रो हाफको ३० आैं मिनेटमा बिमल रानाले गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याएका हुन् ।

निकै राम्रो खेल प्रस्तुत गरेको सुनसरी ११ को तर्फबाट भने पहिलो हाफको २९ आैं मिनेटमा निसान लिम्बु र दोस्रो हाफको २० औं मिनेटमा सौजन याक्खाले १/१ गोल गरेका थिए । निसान लिम्बुले पेनाल्टी मार्फत गोल गरेका हुन् । खेलको म्यानअफ द म्याच मनाङ मस्र्याङदी क्लबका दोर्ण थापा घोषित भए नगद सात हजार रुपैयाँ प्राप्त गरे । 

आउने शनिबार हुने फाइनल खेलको विजेताले नगद रु. ५ लाख पाउनेछन् भने उप विजेताले रु. ३ लाख पाउनेछन् । प्रतियोगिताभरीको उत्कृष्ट खेलाडीले नगद रु. ५० हजार पाउने आयोजक समितका अध्यक्ष किरण राईले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया