MENU

समाज

ujyaalo forign call inside

सिन्डिकेट हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रीले किन हटाए ?

काठमाडौं, जेठ ४ – भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिण्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्रालयमा तान्नुभएको छ ।

सिण्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायीसँगको मिलेमतोमा मन्त्री महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तान्नुभएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयमा हाजिर हुन पठाएको पत्र आज प्राप्त भएको भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

नयाँ कम्पनीलाई रुट इजाजत दिन र सिण्डिकेट तोड्न भट्टराईले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । भट्टराईको आलोचना गर्दै आएका यातायात व्यवसायीहरुले उहाँको सरुवा गराउन दवाव दिँदै आएका थिए ।

यातायात व्यवसायीको दवावकै कारण मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तानेको श्रोतको दावी छ । मन्त्री महासेठको राम्रो सहयोग नगरेका कारण भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलको सहयोगमा सिण्डिकेट तोड्ने अभियान सुरु गर्नुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया