MENU

समाज

ujyaalo forign call inside

​कोरियन भाषामा फेल भएका सन्देश मःमः बेचेर महिनाको ३० हजार कमाउँदै

झापा, जेठ ४ – सन्देश रिजालले कुनै बेला कोरिया जाने र केही वर्षमा लाखौं कमाउने सपना देख्नुभएको थियो । त्यही सपना पुरा गर्न उहाँले दुई पटक कोरियन भाषाको परीक्षा पनि दिनुभयो काठमाडौं गएर । तर सफल हुनुभयो । 

काठमाडौंमा पुगेर दिएको परीक्षामा असफल भएपनि कमाईको बाटो काठमाडौं आएकै बेला पहिल्याउनुभयो । ‘दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भएँ, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,’ रिजालले भन्नुभयो ‘काठमाडौंमा मःमः को गज्जबको व्यापार देखेपछि मैले त्यही गर्ने सोचें ।’

कोरियन भाषा पास नभएका सन्देशले कोरियन भाषामै पसल सुरु गर्नुभयो । पसलको नाम ‘उरी’ अर्थात हामी । बिर्तामोडको कनकाई क्याम्पसमा स्नातक पढ्दै गरेका भद्रपुर–६ का सन्देशले क्याम्पस अगाडि नै पसल खोलेर व्यापार थाल्नुभयो ।

व्यापार सुरु गरेको दुई वर्ष भयो । उहाँ मःमः बनाउनुहुन्छ अनि होटलहरुलाई बेच्नुहुन्छ । २०७२ साल साउनमा फर्म नै दर्ता गरेर कारोबार सुरु गरेका सन्देश आफू स्वरोजगार मात्रै हुनुभएको छैन । १२ जनालाई रोजगारी पनि दिनुभएको छ । 

सन्देशको फर्ममा तयार पारिएका मःमसुरुङगा, अर्जुनधारा, सालवारी लगायतका ठाउँका पठाउने गर्नुभएको छ । ‘दैनिक झण्डै एक हजार प्लेट मःमः तयार हुन्छ,’उहाँले भन्नुभयो । उहाँले फर्ममा तयार भएको मःमः एक प्लेटको २८ रुपैयाँमा बिक्री गर्नुहुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ । 

तीन लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका सन्देशले सबै खर्च कटाएर अहिले महिनामा ३० हजार रुपैयाँ बचाइरहनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया