MENU

समाज

ujyaalo forign call inside

बाबुको हत्यारा १० वर्षपछि पक्राउ

अर्घाखाँची, जेठ ४ – आफ्नै बाबुको हत्या गरी फरार रहेका एक जनालाइ १० वर्ष छि प्रहरीले पक्राउ गरेको छ । 
 
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ४ का २८ वर्षीय  कृष्ण भन्ने दामोदर गिरीले २०६५ साल माघ ८ गते  राति आफ्नैै बुवा गोपाल गिरीलाई कुटपिट गरी झुण्डयाई हत्या गरेका थिए । 
 
कर्तव्य ज्यान मुद्धामा फरार रहेका दामोदरलाई भारतबाट घर आउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयो । 
 
घर आउँदै गरेको सूचना पाई जिल्ला प्रवेश गर्ने सम्भावित विभिन्न स्थानहरुमा खोजतलास गर्दा सन्धिखर्कको  मौलीपोखरा भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया