MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा सबैभन्दा बढी रन दिने रेकर्ड हैदराबादका बासिल थम्पीको नाममा

जेठ ४ – सनराइजर्स हैदराबादका तीव्र गतिका बलर बासिल थम्पी आईपीएलकै इतिहासमा सबैभन्दा बढी रन दिएर महंगा खेलाडी सावित भएका छन् । 

 

आईपीएलको जारी संस्करणको ५१ औं खेलमा बेंग्लोरका ब्याट्सम्यानहरुले थम्पीको बलमा खुलेर रन बनाउँदै उनलाई आईपीएलको एकखेलमा अहिलेसम्मकै बढी रन दिने बलरको रेकर्ड भिराएका हुन् । 

उनले आफनो ४ ओभरको स्पेलमा ७० रन दिएर हालसम्मको ६९ रनको रेकर्ड तोड्दै महंगा खेलाडी सावित भएका हुन् । यसअघिसम्म आईपीएलको एक खेलमा सर्वाधिक ६९ रन दिएको रेकर्ड अर्का भारतीय खेलाडी श्रीनाथ अरविन्दको नाउँमा थियो । अरविन्दले २०११ को आईपीएलमा चार ओभर बलिङ गर्दै ६९ रन दिएका थिए । 

जारी संस्करणमा बेंग्लोरविरुद्धको थम्पीको बलिङ लज्जास्पद रह्यो । उनले ४ आभरको स्पेलमा १७.५० को इकोनोमी रेट अनुसारको रन दिए । ७० रन दिँदा पनि उनले एक विकेट पनि लिन सकेनन् । थम्पीको बलको सामना गरेकामध्ये इंग्ल्याण्डका मोइन अली र दक्षिण अफ्रिकाका एबी डीभीलीयर्सले धेरै रन बनाए ।

थम्पीको जारी आईपीएलको औसत इकोनोमी रेट ११.२१ छ । उनले अहिले सम्म खेलेका ४ खेलमा ५ विकेट लिएका छन् । ५ विकेट लिने क्रममा ११४ रन खर्चेकाले उनको इकोनोमी रेट ११.२१ हुन पुगेको हो ।

यति हुँदाहुँदै जारी आइपीएलको एउटा खेलमा उनले ४ रन दिँदै २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । तीव्रगतिका बलर भुवनेश्वर कुमारको सट्टामा बेंग्लोर विरुद्ध प्लेइङ ११ मा राखेको हैदराबादका लागि त्यो निर्णय निकै नै घातक हुन पुगेको थियो ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया