MENU

राजनीति

ujyaalo forign call inside

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती

काठमाडौं, जेठ ४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् ।

उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे । 

पूजीँवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर मार्क्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाए । 

झण्डै आठ महिनाको लामो प्रयासपछि हिजो बिहीबार नेपालकै दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ऐतिहासिक पार्टी एकता घोषणा गरेको भोलिपल्टै किराँतीले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । 

नेता किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतीय शासकप्रति निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

किराँतीले थपे, ‘ओली–प्रचण्ड गठबन्धनको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध माओवादी एवम् नेपालको बाह्य र आन्तरिक राष्ट्रिय स्वाधिनता पक्षधर सम्पूर्ण शक्तिहरुबीच संवाद, संयुक्त आन्दोलन तथा क्रान्तिकारी केन्द्रीकरणको आह्वान गर्दछौँ ।’

अबका कामहरु कसरी बढाउने भन्ने एक प्रश्नमा उनले भने, ‘राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिति गठन गर्ने र सर्वहारा वर्गको सेवामा आफ्नो पार्टी सँधै समर्पित भैरहनेछ र समाजवादी व्यवस्था लागु गर्ने कुरामा हाम्रो जोड छ ।’

विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह गरेका छन् । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखि नै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उनले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माग गर्दा उल्टै निष्काशन गरिएको आरोप समेत लगाएका छन् ।

नेता किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन भएको भनेर घोषणा गरे पनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र इतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियानमा जुट्न आग्रहसमेत गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया