MENU

समाज

ujyaalo forign call inside

​नवलपरासीमा वैदेशिक रोजगारीमा नाममा ठगि बढ्यो, ठग्ने आफन्त र चिनजानकै व्यक्ति

नवलपरासी, जेठ ४ – पश्चिम नवलपरासीमा वैदेशिक रोजगारी नाममा ठगिनेहरु बढेका छन् । पछिल्लो ४ वर्षमा ठगिएकाहरुले दिएको उजुरीले ठगिनेहरु बढेको देखाएको हो । 

चार वर्षमा आफूहरु ठगिएको भन्दै ९ सय ७६ जनाले परासीमा रहेको सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । 

उनीहरुमध्ये धेरै जना आफन्त, छिमेकी र चिनजानकै व्यक्तिबाट ठगिएको पाइएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक उमा पौडेलले बताउनुभयो । उहाँका अनुसार पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, काम भनेको पाएपनि सम्झौता अनुसारको तलब नदिने र फ्रि भिसा, फ्रि टिकट भएको देशमा पनि एक डेढ लाख रुपैयाँ लिएर ठगिएको छ । 

ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पञ्चनगर र हेल्भेटास को साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा मार्च २०१४ देखि २०१८ मे महिनासम्म मलेसियामा २ सय ८३, साउदी अरबमा १ सय ६७, कतारमा १ सय ४९, युएईमा ६४, कुवेतमा ३८, बहराईनमा ३, ओमानमा २, नेपालमै २ सय ६० र अरु देशमा पुगेर १० जना ठगिएको उजुरी परेको छ । 

मञ्चका कार्यकारी निर्देशक बद्रि सुवेदीका अनुसार ठगिएको उजुरी परेपनि प्रमाण कम हुँदा, उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुँदा, वैदेशिक रोजगारीमा ठग्नेलाई कारवाहीको दायरामा ल्याउने कानुन र एजेन्टसँग सम्पर्क गर्नै नसकिँदा पीडितलाई न्याय दिलाउन समस्या भइरहेको छ । 

यो अवधिमा सूचना केन्द्रले ठगिएका र समस्यामा परेका १२ जनाको समस्या समाधान गरेको र अरु समस्या समाधानका लागि पहल गरिरहेको परियोजनाका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले बताउनुभयो । समाधान भएका समस्याका पीडितलाई ३१ लाख ७० हजार रुपैयाँ फिर्ता गरिएको पनि उहाँले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया