MENU

समाज

ujyaalo forign call inside

सहायक सचिवमाथि हातपात गर्ने ३ जना पक्राउ

कपिलवस्तु जेठ ४ – शुद्धोदन गाउँपालिका वडा नं. ६ वडा कार्यालयका सहायक सचिव वडरी यादवमाथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यसै वडाका ४० वर्षीय राहत हुसेन मुसलमान, उनका छोरा २३ वर्षीय सरबर आलम मुसलमान र रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका वडा नं. ५ का ३५ वर्षीय ईनमुल्लाह मुसलमान रहेको प्रहरीले जनाएको छ । 

वडा कार्यालयमा नागरिकताको सिफारिश बनाउने विषयमा दुवै पक्षबीच विवाद हुँदा पक्राउ परेका उनीहरुले सहायक सचिव यादवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट घाइते भएका वडा सचिव यादवको भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ३ जनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया