MENU

साहित्य/ कला

ujyaalo forign call inside

राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौं, जेठ १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । 

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । ‘बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ’, उहाँले भन्नुभयो, ‘अहिले बुबाको स्वास्थ्य राम्रो छ ।’ छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उहाँले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताउनुभयो । 

यसैबीच भारतस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ । 

घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तश्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लगिएको हो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर र ग्राण्डी अस्पतालका चिकित्सक डा रोहित चौधरी रहनुभएको छ । झण्डै चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने बताएको छ । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चिन बुझ्न सजिलो पुस्तक ‘नि हाउ ! नमस्ते !’

    काठमाडौं, जेठ १६ – लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको समसामयिक लेख तथा यात्रा संस्मरण समेटिएको पुस्तक ‘नि हाउ ! नमस्ते !’सार्वजनिक भएको छ ।

  • सिन्डिकेटको जात्रा

    खोरभित्र भेडा–बाख्रा घचेटेको जस्तै तन्नेरी र तरुनीले अँचेटेको जस्तै – ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।

  • ग्रेटवालको बहादुर आरोही

    चीनको ग्रेटवाल अर्थात् लामो पर्खालबारे एउटा भनाइ छ– ‘चीन पुगेर लामो पर्खाल आरोहण गर्न चुक्ने मानिस बहादुर होइन, कायर हो ।’

  • ‘जन्मजातै ‘टाइमिङ’ को ज्ञान भए संगीत सिकेर निखारिन सकिन्छ’

    संगीतकार संघको विधानमा पुराना वा चलेका गीतको कभर भर्जन निकाल्नु अगाडि सम्बन्धित स्रष्टासँग अनुमति लिनुपर्छ । अन्यथा कानुन अनुसार कारवाही भोग्न तयार हुनुपर्‍यो ।

  • ​राष्ट्रकविलाई थप उपचारका लागि आज भारत लगिँदै

    काठमाडौं, जेठ ९ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया