MENU

साहित्य/ कला

ujyaalo forign call inside

सिन्डिकेटको जात्रा

डा. बमबहादुर जिताली

नाफाखोरी हैकमको फैलाएर जरा
सीधा–सादा मरेका छन् वैलाएर बरा !
सवारीमा मनोमानी जता हेर्‍यो उतै
एकलौटी नभएको छैन क्षेत्र कतै ।

समितिले चलाएका बस चल्छन् जति
बूढा–पाका यात्रुलाई सताउँछन् अति ।
मनपरी गरी गाडी चलाउँछन् छिटो
सिन्की खाँदे जस्तो गरी पार्छन् धुलोपिठो ।

एकोहोरो मुसारेर युवतीका गाला
भाडा लिन्छन् मनोमानी दादागिरी चाला ।
पकेट मार्ने धन्दा गर्छन् मौका खोजीखोजी
यताउति छामेपछि रित्त्याउँछन् गोजी ।

खलाँसीले हप्काएर गुण्डागर्दी गर्छन्
बसभित्र उठाएर मनपर्दी गर्छन् ।
बोल्छन् कोही रामायण कोही नारायण
सुन्न पनि नसकिने गीता पारायण ।

खोरभित्र भेडा–बाख्रा घचेटेको जस्तै
तन्नेरी र तरुनीले अँचेटेको जस्तै –
ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।

सिन्डिकेट चलाउने बजेट छ ठूलो
भित्रभित्रै मिलाउने बनेको छ दुलो ।
माथिदेखि तलसम्म फैलाएको धन्दा
निरन्तर चुलिँदो छ धन्दा हिजोभन्दा ।

      

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया