MENU

अर्थ

ujyaalo forign call inside

संघीय संसदमा बजेटमाथिको छलफल सुरु

काठमाडौं, जेठ १७ – संघीय संसदमा बिहीबारबाट आर्थिक वर्ष २०७५/२०७६ को बजेट माथिको छलफल सुरु भएको छ ।

गएको मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि बिहीबारबाट संघीय संसदमा छलफल सुरु भएको हो ।
छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले बजेटको बचाउ गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले तीव्र आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा सहभागी हँुदै सांसद हृदयश त्रिपाठीले चुनावपछि अघिल्लो सरकारले गरेका कार्यक्रमहरु बजेटको प्राथमिकतामा परेनन् भनेर प्रतिपक्षी नेपाली कांग्रेसले रोदन गर्नुको औचित्य नरहेको बताउनुभयो । उहाँले गैर–बजेटरी खर्च अनुशासनहिन खर्च भएकाले जुनसुकै अवस्थामा पनि रोक्नु सुझाव दिनुभयो ।

उहाँले कर बढाउने नभई करदाताको दायरा बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सेनाको नेतृत्वमा फास्ट ट्रयाक नबन्ने ठोकुवा गर्दे त्रिपाठीले त्यसबारे गम्भीरतापुर्वक सोच्न सरकारलाई आग्रह गर्नुभयो । वित्तिय क्षेत्रको मनोमानी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउनुभयो । त्यसैगरी उखु किसानको मात्रै १० अरब भुक्तानी गर्न बाँकी भएकाले त्यसको प्रत्याभूति गर्न माग गर्नुभयो ।

त्यसैगरी, राजपाका सांसद शरदसिंह भण्डारीले बजेट विभेदकारी भएको टिप्पणी गर्नुभयो । उहाँले सरसर्ती हेर्दा धेरै ठूला–ठूला कुरा गर्न सकिन्छ भने जसरी बजेट ल्याईएको भए पनि संघीय संरचनामा संघको आकार अनुसार बजेट विनियोजन नगरिएको गुनासो गर्नुभयो ।

मधेशलाई न्यायोचित ढंगले बजेट विनियोजन नगरिएको उहाँको तर्क थियो । कृषिमा बजेट घटाईएको, राष्ट्रपति चुरे संरक्षण अभियानलाई आवश्यक बजेट विनियोजन नगरिएको भन्दै उहाँले तर्जुमा गरिएका नीतिहरुको सफल कार्यान्वयनतर्फ पनि ध्यान दिन सुझाव दिनुभयो ।

छलफलमा बोल्दै सांसद प्रेम सुवालले  आगामी आर्थिक बर्षका लागि सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि सरकारको बजेट पूँजीवादी समाजवाद उन्मुख भएको तर्क गर्नुभयो ।

सांसद राजेन्द्र गौतमले बजेटमा नागरिकलाई काम र रोजगारी, स्वास्थ्य र विकास मार्फत समृद्ध नेपाल निर्माणका लागि कृषि, सिंचाई, खानेपानी, औद्योगिकरण, परियोजनामा आधारित ऋण उपलब्ध गराउने लगायत कार्यक्रम अत्यन्तै राम्रा रहेको बताउनुभयो ।

सांसद मानबहादुर विश्वकर्माले बजेट महत्वकांक्षी भएको तथा  प्राथमिकता छरिएकाले जनतामुखी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सुशासनलाई सुदृढ पार्ने कार्ययोजना नआएको, सन्तुलित विदेशनीतिमा पछि परेको, ५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर पार्ने नीति तथा कार्यक्रम अन्र्तगत बजेटमा कार्ययोजना नआएको गुनासो गर्नुभयो ।

उहाँले दलित र लोपोन्मुख समुदाय तथा जातिलाई गाँस, बास र कपासको प्रत्याभूति पहिलो प्राथमिकतामा राखेर शैक्षिक कार्ययोजना सञ्चालन गर्न पनि सुझाव दिनुभयो । बजेटमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया