MENU

समाज

ujyaalo forign call inside

​२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द

राजु लामिछाने/उज्यालो ।

रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।

बाँफिकोट गाउँपालिका–१, लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी एक्कासि मुर्छा पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले केही दिनयता २० जान भन्दा बढी विद्यार्थी बिरामी परेको बताउनुभयो ।

उहाँले अन्य विद्यार्थीहरु समेत बिरामी पर्ने डरले विद्यालय बन्द गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पढ्दै गरेका विद्यार्थीहरु एक्कासि मुर्छा पर्ने, ब्यूँझिएपछि विद्यार्थीहरुको टाउको र हातखुट्टा दुख्ने, रिँगाटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेका छन् ।

मंगलबार र बुधबार मात्रै करिब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मीले २ दिन बिरामी विद्यार्थीको उपचार गरेका छन् । मंगलबार र बुधबार विद्यालयमै पुगेर  स्वास्थ्यकर्मीले बिरामी विद्यार्थीको उपचार गरेका हुन् । 

स्वास्थ्य चौकी पीपलका अहेव खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ । शर्माले विद्यार्थीमा मास हिस्टेरियाको लक्षण देखिएको र उपचार भइरहेको बताउनुभयो । उहाँले २ जना छात्र र १८ जना छात्राले उपचार गराइरहेको बताउनुभयो ।

सुरुमा १३ गते केही विद्यार्थीमा यस्तो लक्षण देखिए पनि बुधबारसम्म बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएकाले बिहीबारबाट केही दिनका लागि विद्यालय बन्द गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया