• उच्च शिक्षालाई मर्यादित बनाउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश

    काठमाडौं, साउन १५ – सभासद रवीन्द्र अधिकारीले विद्यमान उच्च शिक्षा ऐनले उच्च माविलाई सम्बोधन नगरी अलपत्र पारेको र जनतालाई भार पारेको भन्दै यसलाई गुणस्तरीय र मर्यादित बनाउने पहल थाल्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको छ ।

  • मन्त्रालयको बजेट १ रुपैयाँ !

    काठमाडौ, साउन १५ – बिहिबारदेखि ब्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथि छलफल शुरु हुँदैछ । छलफलमा एकीकृत नेकपा माओवादीका सभासद् रामनारायण विडारीले बिभिन्न मन्त्रालयको वजेट एक रुपैयाँ बनाउन प्रस्ताव गर्दै हुनुहुन्छ ।

  • मोदी भ्रमणका एजेण्डाबारे दलहरुबीच छलफल

    काठमाडौ, साउन १५ – प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपालले उठाउने एजेण्डाबारे संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्नुभएको छ ।

  • नेकपा एमालेको अध्यक्षमा अझै झलनाथ खनाल ! नेकपा एमालेको अध्यक्षमा अझै झलनाथ खनाल !

    काठमाडौ, साउन १५ – नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको १५ दिन बितिसकेको छ । तर पार्टीको आधिकारिक वेवसाइटमा अध्यक्षमा झलनाथ खनाल, वरिष्ठ नेतामा माधवकुमार नेपाल भन्दै त्यसपछि केपी शर्मा ओलीको बारेमा संक्षिप्त जानकारी छ ।

  • संसदमा मोदीलाई इलामे चियाले स्वागत  गरिने संसदमा मोदीलाई इलामे चियाले स्वागत गरिने

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, साउन १४ - नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधानसभा भवनमा इलामे चियाले स्वागत गरिने भएको छ ।

  • अवहेलना विधेयकमा सुझाव लिन प्रचार गरियोस भन्ने प्रस्ताव पारित अवहेलना विधेयकमा सुझाव लिन प्रचार गरियोस भन्ने प्रस्ताव पारित

    काठमाडौं, साउन १४ - अदालतको अवहेलना सम्बन्धी विधेयकमा नागरिकको सुझाव लिनका लागि प्रचार गरियोस् भन्ने प्रस्ताव संसदबाट पारित भएको छ ।

  • अधिकारी दम्पतीको अवस्था संसदमा जानकारी गराउन निर्देशन अधिकारी दम्पतीको अवस्था संसदमा जानकारी गराउन निर्देशन

    काठमाडौं, साउन १४ - व्यवस्थापिका संसदले वीर अस्पतालमा उपचार गराईरहेका गोरखा फुजेलका अधिकारी दम्पतीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

  • संविधानका सहमतिलाई पूर्णता दिन उपसमिति गठन

    काठमाडौ, साउन १४ – संविधानका विवादित विषयमा सहमति जुटाउन गठित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले यसअघि सहमति भएका विषयलाई पूर्णता दिन उपसमिति गठन गरेको छ ।

  • दलहरुले जबर्जस्ती चन्दा नलिने दलहरुले जबर्जस्ती चन्दा नलिने

    भोजपुर, साउन १४ – जिल्लाका राजनीतिक दलहरुले जबर्जस्ती चन्दा असुल नगर्ने प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नेकपा माओवादीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

  • भारतसँग हुने विद्युत व्यापार सम्झौताको अध्ययन गर्न समिति गठन

    काठमाडौं, साउन १३ - भारतसँग विद्युत व्यापार सम्झौता गर्नुअघि त्यसको अध्ययन गर्न मुख्य तीन दलले तीन सदस्यीय समिति बनाएका छन् । समितिमा एमालेका उपाध्यक्ष भिम रावल, कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौंला र एकीकृत नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ सदस्य हुनुहुन्छ ।

  • श्यामर्पाको शव काठमाडौंमा, बिहीबार अन्त्येष्टी श्यामर्पाको शव काठमाडौंमा, बिहीबार अन्त्येष्टी

    काठमाडौं, साउन १३ - दिवंगत बौद्ध धर्मगुरु श्यामर्पा रिम्पोछेको पार्थिव शरीर अन्तेष्टीका लागि नेपाल ल्याईएको छ । सरकारले धर्मगुरु श्यामर्पा रिम्पोछेको पार्थिव शरिर नेपाल ल्याएर अन्त्येष्टी गर्न अनुमति दिएपछि उहाँको शब ड्रुग एअरको चार्टर विमानबाट काठमाडौं ल्याईएको हो ।

  • मोदीको भ्रमणमा उठाउने एजेण्डा स्पष्ट पार्न कांग्रेसको निर्देशन मोदीको भ्रमणमा उठाउने एजेण्डा स्पष्ट पार्न कांग्रेसको निर्देशन

    काठमाडौं, साउन १३ - सत्तारुढ दल नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उठाउने एजेण्डाको तत्काल टुंगो लगाउन सरकारलाई निर्देशन दिएको छ ।

  • आन्तरिक राजनीतिको विषयमा मोदीसँग कुरा गर्नै हुँदैन: थापा आन्तरिक राजनीतिको विषयमा मोदीसँग कुरा गर्नै हुँदैन: थापा

    काठमाडौं, साउन १३ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उहाँसँग नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्न नहुने बताउनु भएको छ ।

  • श्यामर्पा रिम्पोचेको शव ल्याउन दिन सरकारको अनुमति श्यामर्पा रिम्पोचेको शव ल्याउन दिन सरकारको अनुमति

    काठमाडौ, साउन १३ – सरकारले दिवंगत बौद्ध धर्मगुरु श्यामर्पा रिम्पोचेको पार्थिव शरीर नेपालमा अन्त्येष्टी गर्न अनुमति दिएको छ । मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले रिम्पोचेको पार्थिव शरीर काठमाडौ रानीवनको महावीर गोन्छेनमा अन्येष्टीको गर्न अनुमति दिएको हो ।

  • सहमति दराजमा थन्क्याउने होइन: अोली सहमति दराजमा थन्क्याउने होइन: अोली

    काठमाडौ, साउन १३ –नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताउनुभएको छ । सिंगापुरमा उपचार गरेर मंगलबार फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग ओलीले सरकार बनाउँदा भएको सहमति गफका लागि नगरिएको बताउनुभयो ।

  • नेकपा-माओवादी मोदीलाई भेट्न इच्छुक नेकपा-माओवादी मोदीलाई भेट्न इच्छुक

    काठमाडौं, साउन १२ - नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफूहरुले विरोध नगर्ने स्पष्ट पार्नुभएको छ ।

  • संविधानका लागि सात समूहसँग सहमति संविधानका लागि सात समूहसँग सहमति

    इलाम, साउन १२ - संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारम्भिक वार्ता उपसमितिले संविधानसभा बाहिरका सात सशस्त्र तथा राजनीतिक समूहसँग सोमवार इलाममा सहमति गरेको छ ।

  • विनियोजन विधेयक माथिको छलफल एक हप्तापछि

    काठमाडौं, साउन १२ - संसदमा विनियोजन विधेयक माथिको छलफल एक हप्ता पछि सरेको छ । साउन ८ गतेदेखि भदौं ५ गतेसम्म बजेट माथि छलफलको समय तोकिएको भए पनि सरकारले समयमै रातो किताव भाग दुई उपलब्ध गराउन नसकेकाले छलफल एक हप्ताका लागि पछि सरेको हो ।

  • अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको बिचमा लगिने

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, साउन १२ - नेपालको इतिहासमै पहिलो पटक संसदमा पेश भएको विधेयकलाई सुझाव संकलनका लागि जनताको बीचमा लागिने भएको छ ।

  • एमाओवादीलाई कमल थापाको प्रश्न ‘सत्तापक्षको छायाँ हो कि प्रतिपक्ष ?’ एमाओवादीलाई कमल थापाको प्रश्न ‘सत्तापक्षको छायाँ हो कि प्रतिपक्ष ?’

    काठमाडौं, साउन १२ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादीलाई सत्ता पक्षको छायाँ हो कि प्रतिपक्षको स्पष्ट हुन आग्रह गर्नुभएको छ ।

  • संविधानसभाका विवाद समाधानका लागि उपसमिति बनाइने

    काठमाडौं, साउन १२ - मुख्य तीन दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत विवाद समाधानका लागि उपसमिति बनाउने निर्णय गरेका छन ।

  • संविधान पहिले राष्ट्रपति अनुमोदन हुनुपर्छ: गौतम संविधान पहिले राष्ट्रपति अनुमोदन हुनुपर्छ: गौतम

    विराटनगर, साउन १२ – गृहमन्त्री वामदेव गौतमले संविधान जारी हुनुपूर्व राष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्र्ने बताउनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति लत्याउन नहुने भन्दै उहाँले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने कुरामा जोड दिनुभएको हो ।

  • ७ वर्षमा १७ मन्त्रीले गरे ७२ सहमति ७ वर्षमा १७ मन्त्रीले गरे ७२ सहमति ‘सरकार सहमति मात्र गर्छ, कार्यान्वयन गर्दैन’

    बोमलाल गिरी/उज्यालो । काठमाडौ, साउन १२ – सरकारले २०६४ असार १० गतेदेखि २०७० बैशाख १९ गतेसम्म बिभिन्न दल र समूहसँग ७२ वटा सहमति गर्‍यो । तर कुनै पनि सहमति कार्यान्वयन भएन ।

  • नेपाल–भारतबीच भएको सहमतिको ३३ दलद्वारा विरोध

    काठमाडौं, साउन ११ – नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले पञ्चेश्वर परियोजनालाई अघि बढाउने, माथिल्लो कर्णाली र अरुण तेस्रा परियोजनाको सहजिकरण र प्रोत्साहन गर्ने भनी शनिबार नेपाल भारतबीच भएको सहमतिको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

  • पाँच सभासदले गरे मर्यादा उल्लंघन

    काठमाडौं, साउन ११ – व्यवस्थापिका संसदको बैठकमा पाँच जना सभासदले संसदको मर्यादा उल्लंघन गरेका छन् । कांग्रेस सभासदहरु अर्जुननरसिंह केसी, अर्जुनप्रसाद जोशी, एमाले सभासद एवं पर्यटन मन्त्री भिम आचार्यलगायतले संसद बैठकको मर्यादा विपरित बैठकमा वक्ता र सभामुखको बीचबाट बाटो काटेर मर्यादाको उलंघन गरेका हुन् ।

  • धनुषामा पनि फुट्यो माओवादी धनुषामा पनि फुट्यो माओवादी

    शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, साउन ११ – एकीकृत नेकपा माओवादी डा.बाबुराम भट्टराई पक्षधर जिल्ला नेता तथा कार्यकर्ताहरुले धनुषामा समानान्तर जिल्ला कमिटिको लागि तदर्थ समिति गठन गरेका छन् ।

  • नेपाल भ्रमण उपलव्धीमुलक रहेको भारतीय विदेशमन्त्रीको भनाई नेपाल भ्रमण उपलव्धीमुलक रहेको भारतीय विदेशमन्त्रीको भनाई

    काठमाडौं, साउन ११ - भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक रहेको बताउनुभएको छ । स्वराजले आफ्नो नेपाल यात्रा नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ एवम् प्रगाढ बनाउन फलदायी भएको बताउनुभयो ।

  • गौतम र स्वराजबीच भेटवार्ता गौतम र स्वराजबीच भेटवार्ता

    काठमाडौ, साउन ११ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । स्वदेश फर्कनुअघि विदेश मन्त्री स्वराजले होटल हायातमा गौतमसँग ४५ मिनेट भेटवार्ता गर्नुभएको हो ।

  • यस्तो छ १९५० को सन्धि

    काठमाडौं, साउन ११ – नेपाल र भारतबीच सन् १९५० को सन्धिलाई लिएर बेलाबेला बहस हुने गर्छ । यसपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको क्रममा पनि यो विषयले प्रमुखता पायो । के छ त १९५० को सन्धिमा ?

  • संविधानसभा बाहिरका दलसँग वार्ता सुरु संविधानसभा बाहिरका दलसँग वार्ता सुरु

    काठमाडौ, साउन ११ – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको उपसमितिले संविधानसभा बाहिर रहेका दललाई संविधान निर्माणमा सहभागी गराउन वार्ता सुरु गर्दैछ । उपसमितिले नेकपा माओवादी लगायतका अरु राजनीतिक दलसंग पनि वार्ता गर्ने भएको छ ।

  • भारतीय विदेश मन्त्री स्वराज स्वदेश फिर्ता भारतीय विदेश मन्त्री स्वराज स्वदेश फिर्ता

    काठमाडौ, साउन ११ – भारतीय विदेशमन्त्री सुुष्मा स्वराज तीन दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै उहाँले आफ्नो नेपाल भ्रमण सोचेभन्दा पनि सफल भएको बताउनुभयो ।

  • सन् १९५० को सन्धि पुनरावलोकन गर्ने सहमति

    काठमाडौं, साउन ११– (अपडेट) नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ । शनिबार राति सकिएको नेपाल भारत संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

  • भट्टराईको गृह जिल्लामा एकीकृत माओवादी फुट्यो भट्टराईको गृह जिल्लामा एकीकृत माओवादी फुट्यो

    किरण लोहनी/उज्यालो । गोरखा, साउन १० – एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा माओवादीको समानान्तर कमिटी गठन भएको छ । भट्टराई पक्षीय नेताहरुले शनिबार समानान्तर जिल्ला कमिटी गठन गरेपछि पार्टी विभाजित भएको हो ।

  • चुनावमा बनाइएका प्यानल भनेका भर्‍याङ हुन् अब पुजा नगरौंः खनाल चुनावमा बनाइएका प्यानल भनेका भर्‍याङ हुन् अब पुजा नगरौंः खनाल

    काठमाडौं, साउन १० – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई चुनावमा बनाइएका प्यानल भत्काउन आग्रह गर्नुभएको छ । चुनावी प्यानल नेतृत्वमा जाने भर्‍याङ मात्रै भन्दै खनालले त्यसको औचित्य समाप्त भइसकेको बताउनुभयो ।

  • प्रधानमन्त्री कोइराला र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता प्रधानमन्त्री कोइराला र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

    काठमाडौं, साउन १० – प्रधानमन्त्री सुशील कोइरालाले नेपालको विकासका लागि भारतको साथ र सहयोग आवस्यक रहेको बताउनुभएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति र स्थायित्वका लागि भारतको सहयोग आवश्यक रहेको बताउनुभयो ।

  • जनयुद्धका उपलब्धि हासिल गर्न नसक्नुमा प्रचण्डपथ दोषी : भट्टराई जनयुद्धका उपलब्धि हासिल गर्न नसक्नुमा प्रचण्डपथ दोषी : भट्टराई

    सुनुरी, साउन १० – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धका उपलब्धी हासिल गर्न नसक्नुमा प्रचण्डपथ पनि एउटा कारक रहेको बताउनुभएको छ ।

  • अरुको जग्गा देखाएर ठग्ने पक्राउ

    बाँके, साउन १० – अरुको जग्गा देखाएर बिक्रीका लागि बैना लिएर ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ पछि शनिबार सार्वजनिक गरेको छ ।

  • पर्सा माओवादीमा पनि विवाद बढ्यो, समानान्तर कमिटी गठन

    वीरगञ्ज, साउन १० – एकीकृत नेकपा माओवादी पर्सा फेरि दुई गुटमा विभाजन भएको छ । पर्साका माओवादी नेताहरुले दुई दिन लगाएर विहीबार विवाद मिलाए पनि अर्को पक्षले शनिबार समानान्तर जिल्ला कमिटिको घोषणा गरेपछि पर्सामा माओवादी भित्रको विवाद फेरि बाहिर आएको हो ।

  • राष्ट्रपति यादव र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता राष्ट्रपति यादव र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता २३ वर्षपछि बस्यो दुई देशको संयुक्त आयोगको बैठक

    काठमाडौं, साउन १० – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति डा रामवरण यादवसँग शिष्टाचार भेट गर्नुभएको छ ।

  • ६ महिना भित्र लिखित संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह ६ महिना भित्र लिखित संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

    भक्तपुर, साउन १० - उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी ६ महिना भित्र लिखित संविधान जारी बताउनु भएको छ । उहाँले सरकारको ध्यान संविधान निर्माण मै केन्द्रीत भएको बताउनुभयो ।

Ujyaalo News Archive Entertainment Reliable Remit City Education Foundation Hamro Blood

Ujyaalo TV more

uml convention Play

uml convention

ब्लग उज्यालोअँध्यारोMore

  • गुरुङ गाउँले धानेको ग्रामीण पर्यटन गुरुङ गाउँले धानेको ग्रामीण पर्यटन

    आश गुरुङ – गुरुङ जातिको उद्गमस्थल मानिने लमजुङमा यो समुदायको बाक्लो बसोवास छ । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको मौलिक कला र संस्कृतिले धेरै पर्यटक पनि आकर्षित गरेको छ ।

थप सामाग्री

Week in Pictures More

साउन दोश्रो हप्ता

साउन दोश्रो हप्ता

अन्तर्वार्ता More

  • विषादी झारबाट सचेत हुनुहोस् विषादी झारबाट सचेत हुनुहोस्

    झण्डै एक दशकअघि नेपाल भित्रिएको पार्थेनियम हेस्टेरोफोरस भनिने गाँजर झार सडकको दायाँबायाँ, खेतबारीको खाली ठाउँ र चरनक्षेत्रमा पनि फैलिएको छ । यसको नियन्त्रणका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको जिन बैंकका प्रमुख मदन भट्टसँग उज्यालो अनलाइनका लागि विनोद चौलागाईले गरेको कुराकानी:

थप अन्तर्वार्ता

मेरो पनि भन्नु छ More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook