MENU
Ncell Axiata
USAID

राजनीति

  • नेपाल मुस्लिम इत्तेहाद संगठनको विवाद चर्कियो

    बुटवल, पुष १७ - नेकपा एमालेको भ्रातृसंस्था नेपाल मुस्लिम इत्तेहाद संगठनमा विवाद चर्किएको छ । संगठनको असन्तुष्ट पक्षले आइतवार वुटवलमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरी विरगञ्ज महाधिवेशन अवैधानिक भन्दै खारेज गर्नु पर्ने माग गरेको हो ।

  • बहुमत र अल्पमतमा गए झन् समस्या आउने वैद्य पक्षको चेतावनी बहुमत र अल्पमतमा गए झन् समस्या आउने वैद्य पक्षको चेतावनी

    काठमाडौं, पुष १७ – एकीकृत नेकपा माओवादीको वैद्य पक्षले बहुमतबाट प्रचण्डको प्रतिवेदन पारित गरे त्यसले झन समस्या ल्याउने चेतावनी दिएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि वैद्य पक्षका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेल प्रतीकले बहुमत अल्पमतको प्रक्रियाबाट गए त्यसमा विचारको पनि प्रश्न जोडिनेभएकोले त्यसले समस्या समाधान नगर्ने बताउनुभयो ।

  • संविधानमा बाहुन क्षेत्रीको पनि पहिचान उल्लेख गरिने संविधानमा बाहुन क्षेत्रीको पनि पहिचान उल्लेख गरिने

    काठमाण्डौं, पुष १७ - संविधानमा सबै जातिको पहिचान उल्लेख गर्न दलहरु सहमति नजिक पुगेका छन् ।  विवाद समाधान उपसमितिको आइतवार बसेको बैठकमा दलहरुबीच यस्तो सहमति भएको हो । पहिले दलित, जनजाति, मुस्लिम लगायत अन्य लेखिएकोमा अब अन्य शब्द हटाएर बाहुन क्षेत्री पनि उल्लेख गरिने नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

  • जातीय आधारको संघीयता मुलुकका लागि खतराः एमाले नेता ज्ञवाली जातीय आधारको संघीयता मुलुकका लागि खतराः एमाले नेता ज्ञवाली

    काठमाडौं, पुष १७ – नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जातीय आधारको संघीयतामा जानै नहुने बताउनुभएको छ । फेसिया मिडिया प्रालिले प्रकाशन गरेको पारदर्शी खबर साप्ताहिक पत्रिकाको आइतबार काठमाडौंमा विमोचन गर्दै एमाले नेता ज्ञवालीले जातीय आधारको संघीयता मुलुकका लागि खतरा र जोखिमपूर्ण भएको बताउनुभयो ।

  • संघीयताका बारेमा आधिकारिक धारणा बनाउन एमालेको केन्द्रीय भेला संघीयताका बारेमा आधिकारिक धारणा बनाउन एमालेको केन्द्रीय भेला

    रमेश गिरी/ उज्यालो । भक्तपुर, पुष १७ – संघीय राज्यका विषयमा बृहत छलफल गरी पार्टीको आधिकारिक धारणा बनाउन एमालेको केन्द्रीय भेला भक्तपुरमा शुरु भएको छ । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा आइतबार देखि सुरु भेलामा संघीय राज्यको संख्या, नामाकरण, सिमांकन, अधिकारको बाँडफाँड, आत्मनिर्णयको अधिकार, अग्राधिकार र अवशिष्ट अधिकारबारे छलफल  केन्द्रीत रहेको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो ।

  • प्रधानमन्त्री भट्टराई नै शान्ति प्रकृयाको बाधकः नेपाल प्रधानमन्त्री भट्टराई नै शान्ति प्रकृयाको बाधकः नेपाल

    रौतहट, पुष १७ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रकृया अघि बढाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै मुख्य बाधक रहेको गुनासो गर्नुभएको छ । रौतहट विकास गुठीले आइतबार बिहान रौतहटको गंगा पिपरामा गरेको शितलहर पीडितलाई कम्बल वितरण गर्ने कार्यक्रममा नेता नेपालले प्रधानमन्त्रीको आलटालले शान्ति प्रकृया अघि नबढेको दावी गर्नुभयो ।

  • आज शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा छलफल आज शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा छलफल

    काठमाडौं, पुष १७ - शासकीय स्वरुप र निर्वाचन प्रणालीका मिल्न बाँकी विषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक समिति अन्तर्गतको बिवाद समाधान उपसमितिको बैठक बस्दैछ । बैठक अहिले साढे ८ बजे सिंहदरबारमा शुरु हुनेछ ।

  • माओवादीको बैठकमा आज पनि छलफल माओवादीको बैठकमा आज पनि छलफल

    काठमाडौं, पुष १७ - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा आज पनि अध्यक्ष र उपाध्यक्षको प्रतिवेदनमा छलफल हुँदैछ । सचिव सीपी गजुरेललाई मातृ शोक परेकोले हिजोको बैठक स्थगित भएको थियो ।

  • लडाकु व्यवस्थापनका बारेमा छलफल गर्न विशेष समितिको बैठक

    काठमाडौं, पुष १७ - सेना समायोजन विशेष समितिको बैठक वस्दैछ । बेलुकी ५ बजेपछि बस्ने बैठकमा वर्र्गीकरणमा परेका माओवादी लडाकुको व्यवस्थापनका विषयमा छलफल हुनेछ । बैठकमा समायोजन र स्वेच्छिक अवकाश तथा पुनस्र्थापनामा जाने लडाकूहरुलाई छुट्टाएर विदाई गर्ने कार्ययोजना सेना समायोजन विशेष समिति सचिवालयले पेश गर्नेछ ।

  • मतभेदकै बीचमा मनाइयो मेलमिलाप दिवस (फोटो फिचर) मतभेदकै बीचमा मनाइयो मेलमिलाप दिवस (फोटो फिचर)

    काठमाडौं, पुष १६ –  २०३३ सालमा मेलमिलापको नीति लिएर नेता बीपी कोइराला स्वदेश फर्किएको दिनलाई हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले काठमाडौं सहित देशभर विभिन्न कार्यक्रम गरे ।

  • दलित र जनजाति भित्र पनि विकृति : अर्थमन्त्री दलित र जनजाति भित्र पनि विकृति : अर्थमन्त्री

    काठमाण्डौं, पुष १६ अर्थमन्त्री वर्षमान पुनले अधिकार प्राप्तिको आन्दोलनका क्रममा आफू भित्रका समस्या र विकृतिमा पनि ध्यान दिन विभिन्न उत्पीडित जाति र समूदायलाई आग्रह गर्नुभएको छ ।  अर्थमन्त्री पुनले भन्नुभयो  ‘हामी दलित, जनजाति र उत्पीडित समूदायका अधिकार संविधान बनाएर स्थापित गर्ने क्रममा छौं । तर यसमा पनि केही विकृति विसंगति छन् । &rsquo

  • स्वेच्छिक अवकाश रोज्ने लडाकूलाई १२ दिन भित्र बिदाः प्रचण्ड स्वेच्छिक अवकाश रोज्ने लडाकूलाई १२ दिन भित्र बिदाः प्रचण्ड

    काठमाडौं, पुष १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकूलाई १२ दिनभित्र बिदाई गर्ने गरि तयारी भएको जानकारी दिनुभएको छ । नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा शनिबार काठमाडौंको सुन्दरीजलमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले समायोजन र स्वेच्छिक अवकाश रोज्ने लडाकूहरुलाई व्यवस्थापन गर्न १२ दिनको कार्यतालिका तयार भएको र उनीहरुलाई कार्यतालिका अनुसार नै बिदाई गरिने जानकारी दिनुभयो ।

  • जनयुद्ध स्वीकार नगरे जनआन्दोलन पनि मान्दैनौँ: वैद्य जनयुद्ध स्वीकार नगरे जनआन्दोलन पनि मान्दैनौँ: वैद्य

    काठमाडौ, १६ पुष  – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले संविधानमा ‘जनयुद्ध’ स्वीकार नगरे आफूहरुले पनि ‘जनआन्दोलन’ पनि स्वीकार नगर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा वैद्यले आफनै पार्टीको संस्थापन पक्ष र संसदवादी दलले संविधानसभाको गरिमालाई बुझ्न नसकेको आरोप लगाउनुभयो ।

  • जनतान्त्रिक मोर्चा पवन समूहले हतियार बुझायो, सरकारसँग चार बुँदे सहमति

    वीरगञ्ज, पुष १६ – संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहले सरकारलाई हतियार बुझाएको छ । मोर्चाले थ्रि फिप्टिन पेस्तोल चार थान र १२ बोर पेस्तोल ४ थान गरी आठ वटा हतियार सरकारलाई बुझाएको हो ।

  • एमाले–कांग्रेसको रोग माओवादीलाई सर्‍योः शर्मा एमाले–कांग्रेसको रोग माओवादीलाई सर्‍योः शर्मा

    पाल्पा, पुष १६ – एकीकृत नेकपा माओवादीका प्रवक्ता एवं शिक्षा मन्त्री दिनानाथ शर्माले एमाले र कांग्रेसको रोग माओवादीभित्र फैलिएको बताउनुभएको छ । शनिबार बिहान पाल्पाको तानसेनमा पत्रकारसँगको कुराकानीमा उहाँले पार्टीको स्वास्थ्य अवस्था बिग्रिएको भएपनि कहलिएका डाक्टर, वैध र धामी झाँक्री रहेकाले पार्टी भने नफुट्ने टिप्पणी गर्नुभयो ।

  • सहमति जुटाउन विवाद समाधान उपसमितिको म्याद दुई दिन सहमति जुटाउन विवाद समाधान उपसमितिको म्याद दुई दिन

    काठमाडौं, पुष १६ – संवैधानिक समितिले शासकीय स्वरुप लगायत मिल्न बाँकी बिषयमा सहमति जुटाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको उपसमितिलाई थप दुई दिन समय दिएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा शनिबार बिहान बसेको बैठकले शासकीय स्वरुपबारे थप सहमति गर्न दुई दिन समय दिएको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

  • आज राष्ट्रिय मेलमिलाप दिवस

    काठमाडौं, पुष १६- नेपाली कांग्रेसले आज बिभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । बि.सं. २०३३ सालमा मेलमिलापको नीति लिएर विपि कोइराला स्वदेश फर्किएको आजकै दिनलाई कांग्रेसले हरेक वर्ष दिवसको रुपमा मनाउँदै आएको हो । दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले काठमाडौं सहित देशभर बिभिन्न कार्यक्रम गर्दैछन् । बीपी संग्राहलय सुन्दरीजलमा बिहान ११ बजेपछि विशेष कार्यक्रम हुँदैछ । कांग्रेसले मेलमिलाप दिवस मनाइरहेपनि नेताहरुबीचको मतभेदका कारण कार्यकर्तामा भने खासै उत्साह देखिएको छैन । भ्र...

  • माओवादी सचिव गजुरेललाई मातृ शोक, केन्द्रीय समिति बैठक स्थगित माओवादी सचिव गजुरेललाई मातृ शोक, केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं, पुष १६- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेललाई मातृ शोक परेकोले एकीकृत माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालयले सचिव गजुरेललाई मातृशोक परेकोले आजको बैठक स्थगित गरिएको जनाएको छ ।

  • प्रचण्डको प्रतिवेदन पारित भए आत्मसमर्पण हुने : वैद्य पक्ष प्रचण्डको प्रतिवेदन पारित भए आत्मसमर्पण हुने : वैद्य पक्ष

    काठमाण्डौं, पुष १५ - एकीकृत नेकपा माओवादीको वैद्य पक्षका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित भए पार्टी आत्मसर्मपणको बाटोमा जाने भन्दै कडा आलोचना गरेका छन् । केन्द्रीय समितिको बैठकमा वैद्य पक्षीय नेताहरुले शान्ति र संविधानका नाममा पार्टीले भूमिसुधार, सेना समायोजन लगायतका सबै मुद्दा छोडेको र त्यसमा अध्यक्ष प्रचण्डले भूमिका खेलेको आरोप लगाएका स्रोतले जनाएको छ ।

  • ओलीलाई एमालेमा तेश्रो वरियता ओलीलाई एमालेमा तेश्रो वरियता

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाण्डौं, पुष १५ - नेकपा एमालेको स्थायी कमिटी बैठकले केपी ओलीलाई पार्टीमा तेस्रो वरियताको नेता बनाउने निर्णय गरेको छ । पार्टीको आन्तरिक एकता मजवुत बनाउन पार्टी अध्यक्ष झलनाथ खनालले गरेको प्रस्ताव स्थायी कमिटी बैठकले पारित गरेको हो । प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीमा लगिने महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

  • सुशासनका लागि विशेष कार्यक्रम आउँछः प्रधानमन्त्री सुशासनका लागि विशेष कार्यक्रम आउँछः प्रधानमन्त्री

    काठमाडौं, पुष १५ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासनका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ । तमु ल्होसरको अवसरमा शुक्रबार काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचारप्रति शून्य सहनशीलता र जनउत्तरदायी प्रशासन सरकारको प्रतिवद्धता भएको भन्दै शुसासन निर्माणका लागि विशेष कार्यक्रम ल्याउन लोगेको जानकारी दिनुभयो ।

  • राज्यपुर्नसंरचना बाहेकका विषयमा दलहरुबीच सैद्धान्तिक सहमति राज्यपुर्नसंरचना बाहेकका विषयमा दलहरुबीच सैद्धान्तिक सहमति

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, पुष १५ – प्रधानमन्त्री र राष्ट्रपतिमा अधिकार बाँडिने गरी कार्यकारी प्रमुखका रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने कार्यदलको प्रस्तावमा दलहरुबीच सैद्धान्तिक सहमति भएको छ । शुक्रबार बसेको उपसमितिको बैठकमा लक्ष्मणलाल कार्णको संयोजकत्वको कार्यदलले सिफारिस गरेको प्रत्यक्ष चुनावबाट निर्वाचित कार्यकारी राष्ट्रपतिमा दलहरुबीच सहमति भएको हो ।

  • बहिर्गमनमा परेका पूर्व लडाकुद्धारा बन्द

    नेपालगञ्ज, पुष १५ - बहिर्गमनमा परेका माओवादी लडाकुहरुले गरेको बन्दका कारण मध्यपश्चिमको जनजीवन कष्टकर बनेको छ । त्यस क्षेत्रमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन । बजार कलकारखाना समेत बन्द छन् ।

  • एमालेको बैठकः बिगतको समिक्षा सहितको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गर्ने एमालेको बैठकः बिगतको समिक्षा सहितको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गर्ने

    काठमाडौं, पुष १५ - गएको  शुक्रवार बसेर स्थगित भएको नेकपा एमालेको स्थायी समिति बैठक विहान ११ बजे पार्टी मुख्यालय बल्खुमा बस्दै छ । पार्टी अध्यक्ष झलनाथ खनालले आन्तरिक एकताका लागि बनाएको प्रस्ताव केहि परिमार्जन गरि आजको बैठकमा पेश गर्ने कार्यक्रम छ ।

  • एकिकृत माओवादीको बैठकमा आरोप प्रत्यारोपः बैठक आज पनि एकिकृत माओवादीको बैठकमा आरोप प्रत्यारोपः बैठक आज पनि

    काठमाडौं, पुष १५ - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा आज पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र उपाध्यक्ष मोहन वैद्य किरणको फरक प्रतिवेदनका विषयमा छलफल हुँदैछ । दुवै पक्षले आज पनि पोलिटव्यूरो सदस्यले दुवै प्रतिवेदनका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको माओवादी प्रवक्ता दीनानाथ शर्माले बताउनु भयो ।

  • राज्य पुनर्सरचना बाहेक अरु बिषयमा सहमति हुने सम्भावना, उपसमितिको बैठक बस्दै राज्य पुनर्सरचना बाहेक अरु बिषयमा सहमति हुने सम्भावना, उपसमितिको बैठक बस्दै

    काठमाडौं, पुष १५ - संवैधानिक समितिले गठन गरेको विवाद समाधान उपसमितिले आज राज्य पुनर्संरचना बाहेक विवादित सबै विषयमा सहमति खोज्ने भएको छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको उपसमितिको अहिले केहीबेरमा सिंहदरबारमा बस्ने बैठकले

  • शिब पौडेललाई सहिद घोषणा नगरे कडा आन्दोलन : सिटौला शिब पौडेललाई सहिद घोषणा नगरे कडा आन्दोलन : सिटौला

    चितवन, पुष १४  -  नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले कारागार भित्रै सांघतिक आक्रमणबाट ज्यान गुमाएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई सरकारले सहिद घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । पौडेलको १३ औं दिनको पुण्यतिथीमा भरतपुर स्थित पौडेल निवास नजिकै आयोजित श्रद्धान्जली सभामा बोल्दैं पुर्व गृहमन्त्री समेत रहेका सिटौलाले सरकारले सार्वजनिक वक्तव्य निकालेर सहिद घोषणा गर्ने प्रतिबद्धता जनाए पनि घोषणामा ढिलाई भएकाले आफुहरुलाई शंका लागेको बताउनुभयो ।

  • माओवादी बैठकमा प्रचण्ड-वैद्य पक्षबीच आरोप-प्रत्यारोप माओवादी बैठकमा प्रचण्ड-वैद्य पक्षबीच आरोप-प्रत्यारोप

    काठमाण्डौं, पुष १४ - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा विहीवार पनि संस्थापन र वैद्य पक्षबीच आरोप प्रत्यारोप भएको छ । वैद्य पक्षले संस्थापन पक्षमाथि क्रान्तिकारी लाईन छोडेको आरोप लगाएको छ भने संस्थापन पक्षले वैद्य पक्षमाथि पदको बार्गेनिङ गरेको आरोप लगाएको छ । बैठकमा प्रचण्ड पक्षीय स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टीमा अहिलेको विवाद कार्यदिशाको भन्दै वैद्य पक्षले मन्त्री र पदका लागि मोलतोल गर्न खोजेको टिप्पणी गर्नुभयो ।

  • ‘ऐश्वर्यको फूर्तिफर्तीका कारण वीरेन्द्रको वंशनाश’ ‘ऐश्वर्यको फूर्तिफर्तीका कारण वीरेन्द्रको वंशनाश’

    दीपेन्द्र कुँवर/उज्यालो । काठमाण्डौं, पुष १४ - नेपाली सेनाका पूर्व जर्नेल शिवराम प्रधानले रानी ऐश्वर्यको फूर्तिफार्तीका कारण वीरेन्द्रको वंशनाश भएको बताउनुभएको छ । ‘महिला माथि पुगेका बेला मुलुकमा अफ्ठेरो परेको ईतिहास छ ।’ संचारिका समूहले ललितपुरमा गरेको सेना समायोजनमा महिलाको समानूपातिक सहभागीता विषयको अन्तक्रियामा पूर्व जर्नेल प्रधानले भन्नुभयो ‘वीरेन्द्रको वंशनाश पनि रानीको फूर्तिफार्तीका कारण भएको हो ।&rsquo

  • १४ मध्ये १३ वटा विवादमा सहमति १४ मध्ये १३ वटा विवादमा सहमति

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, पुष १४ - विवाद समाधान उपसमितिले गठन गरेको कार्यदलले विवादित १४ मध्ये १३ वटा विवादमा सहमति गरी प्रस्ताव तयार पारेको छ । कार्यदलको आज दिनभरी सिंहदरवारमा बसेको बैठकले संविधानमा असंशोधनीय धाराहरु राख्ने कि नराख्ने र राख्न परे कुन बिषयमा राख्ने भन्ने बाहेकका सबैमा सहमती गरेको कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

  • संसद बैठकमा पाँच सय ६ सभाषद् अनुपस्थित संसद बैठकमा पाँच सय ६ सभाषद् अनुपस्थित

    काठमाडौं, पुष १४ – गणपुरक संख्या नपुगे पछि व्यवस्थापिका संसदको बैठक पुष २० गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको संसद बैठकमा ५ सय ६ सभाषद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको हो ।

  • सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीहरुको विवरण सार्वजनिक (विवरण सहित) सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीहरुको विवरण सार्वजनिक (विवरण सहित)

    काठमाडौं, पुष १४ – राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्ति र सरकारी कर्मचारीको नाम सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको विवरणमा ९ जना पूर्व मन्त्री र ८४ जना सभाषद् समेत छन् ।

  • मनवीर सुनारलाई सहिद घोषणाका लागि प्रकृया सुरुः प्रधानमन्त्री मनवीर सुनारलाई सहिद घोषणाका लागि प्रकृया सुरुः प्रधानमन्त्री

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, पुष १४ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुल्हो छोएको निहुमा कालिकोटमा हत्या गरिएका मनवीर सुनारलाई सहिद घोषणाका लागि सरकारले प्रकृया अघि बढाउने बताउनु भएको छ । बिहीबार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तत्काल अर्को कार्यदल गठन गर्ने र कार्यदलको सिफारिसका आधारमा सुनारलाई सहिद घोषणा गर्ने बताउनुभयो ।

  • लडाकुको अद्यावधिक विवरण पेश गर्न लेखाको निर्देशन लडाकुको अद्यावधिक विवरण पेश गर्न लेखाको निर्देशन

    काठमाडौं, पुष १४ – सार्वजनिक लेखा समितिले माओवादी लडाकुको अद्यावधिक विवरण र अवस्थाका बारेमा सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ । बिहीबार बिहान बसेको समितिको बैठकले आगामी २१ गते भित्र सम्पूर्ण विवरण सहित समितिमा उपस्थित हुन सेना समायोजन विशेष समितिको सचिवालयलाई निर्देशन दिएको हो ।

  • शान्ति प्रकृयाको पूर्णतापछि मात्र कांग्रेसको नेतृत्वमा सरकारः कोइराला शान्ति प्रकृयाको पूर्णतापछि मात्र कांग्रेसको नेतृत्वमा सरकारः कोइराला

    बारा, पुष १४ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रकृयाको पूर्णतापछि मात्र आफ्नो पार्टीले सरकारको नेतृत्व लिने बताउनुभएको छ । बिहीबार बिहान बाराको सिमरा  विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले शान्ति प्रकृयाको पूर्णता पाएपछि कांग्रेसले सत्ताको नेतृत्व गर्ने बताउनु भएको हो ।

  • कार्यदलमा बिवादित बिषयका बारेमा आज छलफल हुने कार्यदलमा बिवादित बिषयका बारेमा आज छलफल हुने

    काठमाडौं, पुष १४ - संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले बनाएको कार्यदलले आज विवादीत विषयमा छलफल गर्दैछ । बिहान ९ बजे सिंहदरबारमा बस्ने कार्यदलको बैठकले बेलुकीसम्म सबै विवादीत विषयमा सहमति जुटाउने कार्यदल संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

  • माओवादीको बैठक आज पनि माओवादीको बैठक आज पनि

    काठमाडौं, पुष १४  - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा आज पनि अहिलेसम्म आफ्ना भनाई राख्न बाँकी स्थायी समिति सदस्यले आफ्नो कुरा राख्ने भएका छन । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्य किरणले राखेको फरक प्रस्तावका विषयमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

  • न्याय माग्न जाँदा अदालतले ढोका बन्द गर्न हुँदैन : खनाल न्याय माग्न जाँदा अदालतले ढोका बन्द गर्न हुँदैन : खनाल

    काठमाण्डौं, पुष १३ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सर्वोच्च अदालतले न्याय माग्न जाँदा ढोका बन्द गर्न नहुने बताउनु भएको छ । सिंहदरवारमा पत्रकारसँग अध्यक्ष खनालले संवैधानिक र कानुनी मुद्धा उठ्दा जाने ठाउँ अदालत भएकाले अदालतले आफै ढोका बन्द गर्नु दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो ।

  • नेम्बाङ्गलाई बुर्लाकोटीको खुल्ला पत्र नेम्बाङ्गलाई बुर्लाकोटीको खुल्ला पत्र

    काठमाण्डौं, पुष १३ -संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ्ग र ठूला दलका शिर्षनेताहरु संविधान लेखनको काम छाडेर सार्वजनिक कार्यक्रममा सहभागि भएको भन्दै नागरिकहरुले नेताहरुको आलोचना गर्दै आएका छन् । यस्तै एक जना नागरिकले संविधानसभाका अध्यक्ष नेम्बाङ्गलाई खुल्ला प्रस्ताव पठाउनु भएको छ । त्यो पत्र जस्ताको तस्तै यहाँ राखिएको छ ।

  • बद्री मण्डल ५ वर्षपछि सार्वजनिक बद्री मण्डल ५ वर्षपछि सार्वजनिक

    सप्तरी, पुष १३ - शाही शासन कालका एक मन्त्री गणतन्त्र आएको ५ वर्षपछि वुधवार एउटा सार्वजनिक कार्यक्रममा देखा परेका छन् । तत्कालिन शाही सरकारका उप–प्रधान एवंम गृह मन्त्री रहेका बद्री प्रसाद मण्डल पुनः सक्रिय राजनीतिमा देखा पर्नुभएको छ । राजविराजमा एक कार्यक्रम बीच बद्री मण्डल बुधबार सार्वजनिक हुनुभएको हो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया