MENU

राजनीति

  • निर्वाचन आयोगमा पुरानै पदाधिकारी नियुक्त गर्नुको कारण माग निर्वाचन आयोगमा पुरानै पदाधिकारी नियुक्त गर्नुको कारण माग

    काठमाडौं, बैशाख ३ - सर्वोच्च अदालतले निर्वाचन अयोगमा पुरानै पदाधिकारी फेरी नियुक्त गर्नुको कारण माग गरेको छ । न्यायाधीश गिरीशचन्द्र लालको एकल ईजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न सरकारलाई निर्देशन दिएको हो । चारदलको सुझाव अनुसार सरकारले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु अयोधिप्रसाद यादव र दोलखवहादुर गुरुङ्गलाई पुनर्नियुक्त गरेको थियो ।

  • संकटकाल लगाएर म्याद थप्न चाहन्थे बाबुराम संकटकाल लगाएर म्याद थप्न चाहन्थे बाबुराम

    काठमाडौ, बैशाख ३ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु संकटकाल लगाएर भएपनि संविधानसभाको म्याद थप्ने पक्षमा रहेको खुलासा गर्नुभएको छ । आफु कलंकको टीका लगाएर भएपनि संकटकालको घोषणा गर्न र संविधानसभाको म्याद थप्न तयार रहेको बताउँदा आफ्नो पार्टी र कांग्रेस नेता शेरबहादुर देउबाले मात्र साथ दिएको उहाँले ट्वीटरमार्फत खुलासा गर्नुभएको हो ।

  • नागरिकता र मतदाता नमावली संकलन छिट्टै नागरिकता र मतदाता नमावली संकलन छिट्टै

    काठमाडौ, बैशाख ३ – सरकारले नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन एकै साथ शुरु गर्ने तयारी गरेको छ । गृह मन्त्रालयसँगको समन्वयमा नागरिकता वितरण र मतदाता नामावली संकलन छिट्टै शुरु हुने निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उज्यालोलाई बताउनुभयो ।

  • नेकपा– माओवादी कार्यकर्ता विरुद्ध किटानी जाहेरी

    धनगढी, बैशाख २ – कैलालीको कोटातुल्सीपुरमा जग्गा कब्जा र गहुँबाली लुटेको भन्दै नेकपा माओवादीका ६ जना कार्यकर्ताको विरुद्ध पीडितले किटानी जाहेरी दिएका छन् । शनिवार नेकपा–माओवादीका कार्यकर्ताले देबबहादुर मल्लको झण्डै ६० विघा जग्गा कब्जाको घोषणा गरेका थिए ।

  • नेपालमा लगानी बढाउन चीनलाई प्रचण्डको आग्रह नेपालमा लगानी बढाउन चीनलाई प्रचण्डको आग्रह

    काठमाडौ, बैशाख २ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन चीनलाई आग्रह गर्नुभएको छ । एक हप्ते चीन भ्रमणमा रहेका प्रचण्डले सिचुवान विश्वविद्यालयमा भएको कार्यक्रममा जलस्रोत, यातायात तथा कृषि क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गर्नुभएको हो ।

  • कुटनीतिक आचार संहिता लागू गरियोस् : श्रेष्ठ कुटनीतिक आचार संहिता लागू गरियोस् : श्रेष्ठ

    काठमाडौ, बैशाख २ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कुटनीतिक आचारसंहिता तत्काल लागू गर्न सरकारसँग माग गर्नुभएको छ । आफ्नै निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै श्रेष्ठले आफू परराष्ट्रमन्त्री हुँदा बनाइएको कुटनीतिक आचार संहितलाइ अन्तिम रुप दिएर लागू गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

  • रुकुममा कब्जा जग्गा १२ वर्षपछि फिर्ता

    रुकुम, बैशाख २ – सशस्त्र युद्धका बेला तत्कालीन नेकपा माओवादीले कब्जा गरेको रुकुम खोलागाउँ ४ का गोपालप्रसाद शर्माको जग्गा १२ वर्षपछि फिर्ता भएको छ । खोलागाउँ ९ मा रहेको शर्माको १७ सय वर्गमिटर जग्गा फिर्ता भएको हो ।

  • मुख्य दलका नेता भन्छन् ‘सरकारको यही शैलीले चुनाब हुँदैन’

    काठमाडौ, बैशाख २ – मुख्य दलका नेताहरुले चुनावी वातावरण नबनाएको भन्दै सरकारको आलोचना गरेका छन् । दलहरुले चुनावको वातावरण बनाउनुपर्ने मन्त्रिपरिषदका अध्यक्षको अभिव्यक्तिको पनि उनीहरुले कडा प्रतिवाद गरेका छन् ।

  • वेलायतको दुतावास नबेच्न सर्वोच्चको आदेश वेलायतको दुतावास नबेच्न सर्वोच्चको आदेश

    काठमाडौ, बैशाख २ – सर्वोच्च अदालतले वेलायतमा रहेको नेपाली दुतावासको भवन बेच्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको इजलासले दुतावासको भवन बेच्ने निर्णय यथास्थितिमै राख्न अन्तरिम आदेश दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

  • धनुषा जिविसका १६ कर्मचारीमाथि भ्रष्ट्राचार मुद्दा धनुषा जिविसका १६ कर्मचारीमाथि भ्रष्ट्राचार मुद्दा

    काठमाडौ, बैशाख २ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन निमित्त स्थानीय विकास अधिकारी सहित ८७ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी मिलेर विकास निर्माणका काममा १ करोड १३ लाख ९८ हजार ३ सय ८३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

  • राजनीतिक समितिमा बस्न प्रस्ताब आएको छैन : यादव राजनीतिक समितिमा बस्न प्रस्ताब आएको छैन : यादव

    काठमाडौ, बैशाख २ – मधेशी जनअधिकार फोरम नेपालले उच्चस्तरीय राजनीतिक समितिमा बस्न प्रस्ताव आए छलफल गर्न सकिने बताएको छ । उज्यालोसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिमा बस्ने विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

  • नेकपा माओवादीको केन्द्रीय समिति १ सय ५१ सदस्यीय नेकपा माओवादीको केन्द्रीय समिति १ सय ५१ सदस्यीय

    काठमाडौ, बैशाख २ – नेकपा—माओवादीको केन्द्रीय सदस्य संख्या १ सय ५१ सदस्यीय हुने भएको छ । जारी केन्द्रीय समिति बैठकमा ५१ जना पूर्ण र १ सय जना बैकल्पिक राखेर १ सय ५१ सदस्यीय केन्द्रीय समिति सदस्य बनाउने तयारी भएको हो ।

  • सर्वसाधारणको जग्गामा माओवादीले गाडेको झण्डा प्रहरीले निकाल्यो

    भोजपुर, बैशाख १ – भोजपुरमा नेकपा माओवादीले कब्जा गरेर घरजग्गामा गाडेका झण्डा प्रहरीले निकालेको छ । भोजपुरको दलगाउँ गाविस र दिङ्लाको मूलपानी गाविसमा नेकपा माओवादीको जिल्ला जन समितिले कब्जा गरि गाडेका झण्डा प्रहरीले निकालेको हो ।

  • नेकपा माओवादीलाई पनि उच्चस्तरीय समितिमा ल्याउने भट्टराईको भनाई नेकपा माओवादीलाई पनि उच्चस्तरीय समितिमा ल्याउने भट्टराईको भनाई

    काभ्रे, बैशाख १ – एकीकृत नेकपा माओवादी पनि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउन तयार भएको छ । एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादीलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने जानकारी दिनुभएको हो ।

  • प्रचण्ड चीन प्रस्थान प्रचण्ड चीन प्रस्थान

    हिम विष्ट/उज्यालो । काठमाडौं, बैशाख १ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा आइतवार त्यसतर्फ जानु भएको छ । सातदिने भ्रमणका क्रममा बिहान प्रचण्ड चीनतर्फ प्रस्थान गर्नुभएको हो । चीन उड्नु अघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै उहाँले यस पटकको आफ्नो भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोगबारे केन्द्रीत हुने बताउनुभयो ।

  • तत्काल सहमति गर्न दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह तत्काल सहमति गर्न दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

    पर्वत, चैत ३१ – प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरुलाई तत्काल सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । शनिबार पर्वतलाई छैठौ खुल्ला दिसामुक्त जिल्ला घोषणा कार्यक्रमममा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले २०७० सालभित्र स्थानीय निकायको चुनाव पनि गर्नुपर्ने भएकाले चुनावको विरोधमा रहेका दलहरुलाई पनि सहमतिमा ल्याउन आग्रह गर्नुभयो ।

  • कैलालीमा माओवादीद्वारा ६० विघा जग्गा कब्जा

    धनगढी, चैत ३१ – निर्वाचनका कार्यक्रम विथोल्न सक्रिय नेकपा माओवादीले सुदूरपश्चिममा जग्गा कब्जा गर्ने कार्यलाई पनि तिब्र बनाएको छ । नेकपा माओवादीका कार्यकर्ताले देबबहादुर मल्लको कोटातुल्सीपुर गाविस २ धोधरपुर र वडा नं ४ तुल्सीपुरमा रहेको ६० विघा जग्गा कब्जा गरेको हो ।

  • सरकार चुनाव पछाडी धकेल्ने खेलमा लागेको एमाओवादी आरोप

    काठमाडौं, चैत ३१ – एकीकृत नेकपा माओवादीले सरकार चुनाव पछाडी धकेल्ने खेलमा लागेको आरोप लगाएको छ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले आफ्नो पार्टीले चुनाव तत्काल हुनपर्छ भनेर जोड गरेपनि सरकार दैनिक काममा अल्झेर चुनावको मिति निर्धारण नगरी पछाडी धकेल्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

  • मुख्यसचिव पौडेल माइक्रोबसको तानातानमा ! मुख्यसचिव पौडेल माइक्रोबसको तानातानमा !

    काठमाडौं, चैत ३१ – साझा यातायातको बससेवा उदघाटन गर्न जाँदैगर्दा शनिबार बिहान मुख्यसचिव लिलामणि पौडेल रत्नपार्कमा माइक्रोबसको तानातानमा पर्नुभयो । सार्वजनिक यातायातको उदघाटनमा जाँदा सार्वजनिक यातायात नै चढ्नुपर्छ भनेर माइक्रोबस चढ्न रत्नपार्क पुगेका पौडेल माइक्रोबसका कर्मचारीको तानातानमा परेपछि अक्क न बक्क पर्नुभयो ।

  • रेग्मीलाई भेटेर प्रचण्डले भने ‘म चीन जाँदैछु’ रेग्मीलाई भेटेर प्रचण्डले भने ‘म चीन जाँदैछु’

    काठमाडौ, चैत ३१ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका विषयमा सरकारलाई जानकारी गराउनुभएको छ । शुक्रबार बिहान मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग भेटेर प्रचण्डले आफ्नो चीन भ्रमणका विषयमा जानकारी गराउनुभएको उहाँका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।

  • अकुपाई वालुवाटार १८ दिन स्थगित अकुपाई वालुवाटार १८ दिन स्थगित

    काठमाडौ, चैत ३१ – महिला हिंसा न्यूनीकरण र न्यायका लागि सञ्चालित ‘अकुपाई बालुवाटार’ अभियान १८ दिनका लागि स्थगित गरिएको छ । हिंसाका घटनामा कानूनी कारबाही प्रभावकारी भएको र माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धतापछि अभियान स्थगित गरिएको अभियन्ता कला राईले जानकारी दिनुभयो ।

  • अन्य दललाई पनि उच्चस्तरीय समितिमा समेटिनेः कोइराला अन्य दललाई पनि उच्चस्तरीय समितिमा समेटिनेः कोइराला

    काठमाडौं, चैत ३० – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा अरु दललाई पनि समेट्न प्रयास थाल्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको कार्यक्रममा कोइरालाले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूमा आउनासाथ मोहन बैद्य किरण, उपेन्द्र यादव लगायतसँग वार्ता गरेर समितिमा ल्याउने प्रयास थाल्ने बताउनुभयो ।

  • गणेश थापाले प्रशंसा गर्दा प्रचण्ड मख्खै ! गणेश थापाले प्रशंसा गर्दा प्रचण्ड मख्खै !

    काठमाडौं, चैत ३० – ‘उहाँ र मबीच धेरै समानता छन् । उहाँको र मेरो स्पिरिट मिल्छ’ यसवर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको पुरस्कार दिन शुक्रबार आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाको प्रशंसा गर्दै भन्नुभयो ।

  • कात्तिक मसान्तमा चुनाव गर्ने मूख्य दलबीच समझदारी

    काठमाडौं, चैत ३० – मख्य दलहरु कात्तिक मसान्तसम्म संविधानसभा चुनाव गर्न सहमत भएका छन् । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा असारमा सम्भव नभएको भन्दै कात्तिकको मसान्तसम्म चुनाव गर्नु उपयुक्त हुने समझदारी भएको हो ।

  • सेनाको तालिम छाड्ने पूर्व लडाकुलाई प्याकेज

    काठमाडौ, चैत ३० – समायोजनमा गएर पनि तालिम छोड्न चाहने एकीकृत माओवादीका पूर्व लडाकूलाई रकम दिएर विदाई गरिने भएको छ । शुक्रबार विहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले तालिम छोड्न चाहने लडाकूलाई अन्य लडाकूसरह प्याकेज दिएर विदाई गर्न सेना समायोजन विशेष समितिलाई सुझाव दिएको हो ।

  • सेनालाई हतियार किन्न स्वीकृति सेनालाई हतियार किन्न स्वीकृति

    काठमाडौ, चैत ३० –सरकारले नेपाली सेनालाई हतियार किन्नका लागि स्वीकृति दिएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका लागि आवश्यक हतियार खरिदका लागि स्वीकृति दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

  • माओवादीले अल्मल्याउन खोज्यो : नेपाल माओवादीले अल्मल्याउन खोज्यो : नेपाल

    वुटवल, चैत ३० – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले चुनावलाई अलमल्याउन खोजेको आरोप लगाउनुभएको छ । रुपन्देहीको वुटवलमा शुक्रबार विहान नेपाल वुद्धिजीवि परिषदको भेलालाई संवोधन गर्दै उहाँले माओवादीले अलमल्याउन खोजेपनि मंसिरमा जुनसुकै हालतमा चुनाव हुने बताउनुभयो ।

  • मुख्य दलहरुले नै भने ‘चुनाब कात्तिक अन्तिममा’

    काठमाडौ, चैत ३० – मुख्य राजनीतिक दलहरु कात्तिकको अन्तिम हप्ता संविधानसभाको चुनाव गर्न उपयुक्त हुने निश्कर्षमा पुगेका छन् । शुक्रबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले कात्तिकको अन्तिम हप्ता निर्वाचन गर्न सरकारलाई सुझाब दिने अनौपचारिक निर्णय गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले जानकारी दिनुभयो ।

  • संविधान सभा चुनावमा केन्द्रित हुने निर्णय काँग्रेसको निर्णय संविधान सभा चुनावमा केन्द्रित हुने निर्णय काँग्रेसको निर्णय

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, चैत २९ - नेपाली काँग्रेको महासमिति बैठकले संविधान सभा चुनावमा केन्द्रित हुने निर्णय गरेको छ । १६ बूँदे प्रस्ताव पारित गर्दै विहीवार सकिएको बैठकले मंसिरसम्ममा चुनाव हुने भन्दै त्यसका लागि संगठन विस्तार, प्रशिक्षणलगायतका काम शुरु गर्ने निर्णय गरेको हो । यसका लागि वैशाख १० गतेभित्र १ महिनाका लागि हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र भदौसम्ममा हरेक मतदान केन्द्रमा प्रशिक्षण सक्ने निर्णय गरेको छ ।

  • सर्वोच्चमा पाँच अस्थायी न्यायाधीश नियुक्त गर्ने न्यायपरिषदको निर्णय

    काठमाडौं, चैत २९ – न्यायपरिषदको बैठकले सर्वोच्च अदालतमा ५ जना अस्थायी न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद बैठकले सर्वोच्चबाट म्याद नथपिएर बाहिरिएका ५ जना अस्थायी न्यायाधीशलाई पुन नियुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री एवं परिषद सदस्य हरि न्यौपानेले जानकारी दिनुभयो ।

  • चुनाव हुने नहुने माओवादीको हातमा छैन: एमाले नेता नेपाल चुनाव हुने नहुने माओवादीको हातमा छैन: एमाले नेता नेपाल

    दाङ, चैत २९ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको चुनाव हुने नहुने विषय एकीकृत माओवादीको हातमा नरहेको बताउनुभएको छ । दाङको तुलसीपुरमा भएको कार्यक्रममा नेता नेपालले आफुले जे जे भन्यो त्यही सर्तमा मात्रै चुनाव हुने दम्भ माओवादीले पालेको बताउनुभयो ।

  • एकीकृत नेकपा माओवादीको जनसभा र प्रशिक्षणमा २० लाख खर्च एकीकृत नेकपा माओवादीको जनसभा र प्रशिक्षणमा २० लाख खर्च

    दिल शिरीष/उज्यालो । बागलुङ, चैत २९ - एकीकृत नेकपा माओवादी मगरातराज्य कमिटीले चैत्र २७ र २८ बागलुङमा संचालन गरेको जनसभा तथा प्रशिक्षण कार्यक्रममा २० लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ । क्रान्तिकारी पत्रकार संघ बागलुङले विहीवार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मगरात राज्यकमिटी सदस्य लोकेन्द्र विष्टले अतिथी स्वागत सत्कार, प्रशिक्षणमा सहभागी दुई राज्य कमिटीका प्रतिनिधिलाई खानपान तथा बसोवास व्यवस्थापन, जनसभा व्यवस्थापन लगायतका अन्य क्षेत्रमा उक्त रकम खर्च भएको जानकारी दिनुभयो ।

  • जन्मको नागरिकता पाउनेका सन्तानले अब बंशजको नागरिकता पाउने

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, चैत २९ - सरकारलाई जन्मका आधारमा नेपाली नागरिकता पाएका बाबुआमाका सन्तानलाई बंशजका आधारमा नागरिकता दिने बाटो खुलेको छ । सरकारले सिफारिस गरेको नेपाली नागरिकता पहिलो संशोधन २०६९ सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण भएपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

  • १६ बुँदे प्रस्ताब सहित कांग्रेस महासमिति बैठक सकियो १६ बुँदे प्रस्ताब सहित कांग्रेस महासमिति बैठक सकियो

    नवलपरासी, चैत २९ – संविधानसभाको दोश्रो चुनावका लागि तयारी थाल्ने घोषणा गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । नवलपरासीमा ४ दिनसम्म चलेको महासमिति बैठकले आगामी मंसिरसम्ममा चुनाव हुने भन्दै त्यसका लागि संगठन विस्तार, प्रशिक्षण लगायतका काम थालि हाल्ने निर्णय गरेको हो ।

  • उमेर पुगेकाले नागरिकता लेऊ : निर्वाचन आयोग उमेर पुगेकाले नागरिकता लेऊ : निर्वाचन आयोग

    काठमाडौ, चैत २९ – निर्वाचन आयोगले उमेर पुगेका सबै नेपालीलाइ नागरिकता लिन आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नागरिकता विना फोटो सहितको मतदाता नामावलीमा सहभागी हुन नपाइने भन्दै हरेक नेपालीलाई नागरिकता लिन आह्वान गर्नुभएको हो । नागरिकताका लागि जागरुक हुन पनि उहाँले आग्रह गर्नुभयो ।

  • निर्वाचन क्षेत्र टुंग्याएर मात्रै मिति घोषणा : पोखरेल निर्वाचन क्षेत्र टुंग्याएर मात्रै मिति घोषणा : पोखरेल

    दाङ, चैत २९ – नेकपा एमालेका सचिव शंकर पोखरेलले निर्वाचन क्षेत्रको सुनिश्चितता गरेर मात्रै संविधानसभाको चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले बिहीबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेकै निर्वाचन क्षेत्र मान्ने वा निर्वाचन क्षेत्र थप्ने भन्ने बिषयको टुङ्गो लगाएर मात्रै चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

  • पौडेलको प्रस्ताब पुनर्लेखन गरिने पौडेलको प्रस्ताब पुनर्लेखन गरिने

    नवलपरासी, चैत २९ – नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत उपसभापति रामचन्द्र पौडेलको राजनीतिक प्रस्ताव पुनर्लेखन हुने भएको छ । बैठकमा बोल्ने धेरैजसो सदस्यले राजनीतिक कार्यदिशा प्रष्ट नभएको, संघीयताका बारेमा ठोस धारणा नआएको भन्दै आलोचना गरेपछि पुनर्लेखन हुने भएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

  • कांग्रेस महासमिति बैठक आज सकिदै कांग्रेस महासमिति बैठक आज सकिदै

    नवलपरासी, चैत २९ – नवलपरासीको त्रिवेणीमा चलिरहेको नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिँदैछ । विभिन्न १४ वटा समूहका प्रश्न र सुझाबबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि सभापति सुशील कोइरालाले बैठक समापन गर्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

  • पौडेलको राजनीतिक प्रतिवदेन पुनर्लेखन गर्न माग पौडेलको राजनीतिक प्रतिवदेन पुनर्लेखन गर्न माग

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, चैत २८ - नवलपरासीको त्रिबेणीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा बोल्ने प्रतिनिधिहरुले उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनैतिक प्रस्ताव पुनर्लेखन गर्न माग गरेका छन् । प्रत्येक अञ्चल बाट १४ जना प्रतिनिधिहरु समुहगत रुपमा धारण राख्ने क्रममा राजनैतिक प्रस्ताव अस्पष्ट भएको भन्दै पुनर्लेखन गर्न माग गरेको केन्द्रीय सदस्य धनराज गुरुङ्गले जानकारी दिनुभयो ।

  • असारमा चुनाव नभए चुनाव क्षेत्र पुनःसंरचना गरिने - प्रचण्ड असारमा चुनाव नभए चुनाव क्षेत्र पुनःसंरचना गरिने - प्रचण्ड

    दिल शिरिष/उज्यालो । बागलुङ, चैत २८ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असारमा चुनाव नभए चुनाव क्षेत्रको पुनःसंरचना गर्नुपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै असारमा निर्वाचन नगरे जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पुनसंरचना गर्नुपर्ने बताउनुभएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया