MENU
Ncell Axiata

राजनीति

  • एकान्त खोज्दै प्रचण्ड सुकुटेमा एकान्त खोज्दै प्रचण्ड सुकुटेमा

    काठमाण्डौं, असोज ८ ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १३ गतेदेखि शुरु हुने पार्टीको केन्द्रीय समितिका एजेण्डा तय गर्न सिन्धुपाल्चोकको सुकुटे जानु भएको छ ।

  • ‘सभापतिले राजनीतिक बेइमानी गरे’ ‘सभापतिले राजनीतिक बेइमानी गरे’

    विराटनगर, असोज ८ — नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधिले विधान विपरित भातृ संगठन विघठन गरेर सभापतिले राजनीतिक बेइमानी गरेको बताउनुभएको छ । आइतवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता निधिले सभापति कोइरालाले पार्टी र देशको हित विपरित काम गरेको आरोप लगाउनुभयो ।

  • दलित जनजाति पार्टीका अध्यक्ष पार्टीबाट निष्काशित ! दलित जनजाति पार्टीका अध्यक्ष पार्टीबाट निष्काशित !

    काठमाण्डौं, असोज ८ । दलित जनजाति पार्टीले अध्यक्ष एवं सभासद् विश्वेन्द्र पासवानलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सिरहामा बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले पासवानले हदैसम्मका अक्षम्य गल्तीहरु गरेको भन्दै साउन २१ गतेदेखि नै लागू हुने गरी निलम्बन गरेको दलित जनजाति पार्टीले जनाएको छ ।

  • विवाद समाधानका लागि कांग्रेसका मध्यमार्गी नेताहरु छलफलमा विवाद समाधानका लागि कांग्रेसका मध्यमार्गी नेताहरु छलफलमा

    काठमाडौं, असोज ८ — पार्टीभित्र चर्किएको विवाद अन्त्यका लागि कांग्रेसका मध्यमार्गी नेताहरु आइतवार बिहानैदेखि छलफलमा जुटेका छन । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको नेतृत्वमा विवाद समाधानका लागि संस्थापन र देउवा पक्षबीच अनौपचारिक छलफल चलिरहेको छ ।

  • एकीकृतको आठौं राष्ट्रिय महाधिवेशन बुटवलमा शुरु

    बुटवल, असोज ७ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को आठौं राष्ट्रिय महाधिवेशन शनिवारदेखि रुपन्देहीको बुटवलमा शुरु भएको छ । अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्नुभएको महाधिवेशनमा ६४ जिल्ला र भारत शाखाबाट ३ सय ५१ जना प्रतिनिधि र सय जना पर्यवेक्षक गरि ४ सय ५१ जनाको सहभागिता रहेको छ ।

  • सुकुम्बासीको नाममा आफन्तलाई बाँडेको जग्गा खोस्छौः भूमिसूधारमन्त्री सुकुम्बासीको नाममा आफन्तलाई बाँडेको जग्गा खोस्छौः भूमिसूधारमन्त्री

    काठमाडौं, असोज ७ — भूमिसूधार तथा व्यवस्थामन्त्री प्रभु साहले विगतमा सुकुम्बासीको नाममा पहुँचवालाहरुलाई बाँडिएको जग्गा खोसिने बताउनुभएको छ ।

  • हात नमिलाउँदा चरित्र हत्याः प्रधानमन्त्रीका प्रेस सल्लाहकार हात नमिलाउँदा चरित्र हत्याः प्रधानमन्त्रीका प्रेस सल्लाहकार

    काठमाडौ, असोज ७ - प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले पत्रकार किशोर श्रेष्ठ र राजेन्द्र स्थापितमाथि आफूले दुर्व्यवहार गरेको भनि पत्रकार महासंघले प्रकाशित गरेको विज्ञप्तीले आफ्नो चरित्र हत्या गरेको दाबी गर्नुभएको छ ।

  • सरकारले विशेष नागरिक सुरक्षा कार्यक्रम घोषणा गर्ने सरकारले विशेष नागरिक सुरक्षा कार्यक्रम घोषणा गर्ने

    पोखरा, असोज ७ — कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले सरकारले असोज १२ गते विशेष नागरिक सुरक्षा कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभएको छ ।

  • मुस्ताङ गाडीको विज्ञापन होइन संविधान निर्माण गर्नुस् : ओली मुस्ताङ गाडीको विज्ञापन होइन संविधान निर्माण गर्नुस् : ओली

    काठमाडौं, असोज ७ — एमाले नेता केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकार शान्ति र संविधान निर्माण भन्दा मुस्ताङ्ग गाडीको प्रचारमा लागेको टिप्पणी गर्नुभएको छ ।

  • 'सामान्य सैद्धान्तिक मतभेदले माओवादी फुट्दैन' 'सामान्य सैद्धान्तिक मतभेदले माओवादी फुट्दैन'

    काठमाडौं, असोज ७ — एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले सैद्धान्तिक मतभेदले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताउनु भएको छ ।

  • ४५ दिनमा शान्ति र संविधान असम्भवः ज्ञवाली ४५ दिनमा शान्ति र संविधान असम्भवः ज्ञवाली

    काठमाडौं, असोज ७ — नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले सत्तासाझेदार भित्रैबाट खुट्टा तान्न सुरु भएकोले अहिलेको सरकारले तोकिएको समयमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन नसक्ने दावी गर्नभएको छ । वर्तमान सरकार अस्वभाविक गठबन्धनबाट बनेकाले यसको स्थायित्व नभएको ज्ञवालीको तर्क थियो ।

  • शान्ति र संविधान अहिलेको अर्जुनदृष्टिः खनाल शान्ति र संविधान अहिलेको अर्जुनदृष्टिः खनाल

    काठमाडौं, असोज ७ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ । शनिवार बिहान पर्वत सदरमुकाम कुश्मामासञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खनालले अहिलेको अर्जुनदृष्टि भनेको देशमा शान्ति र संविधान निर्माण गर्नु रहेको बताउनु भयो ।

  • प्रधानमन्त्रीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

    काठमाडौं, असोज ७ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिवार (आज) संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रकृया र विकासोन्मुख देशका समस्या उल्लेख गर्नुहुने न्युयोर्क स्थित नेपाली नियोगले जनाएको छ ।

  • किन चर्किदैछ काँग्रेसमा बिवाद ? किन चर्किदैछ काँग्रेसमा बिवाद ?

    श्रीधर पौडेल/ उज्यालो -  २०५९ असारमा फुटेको नेपाली काँग्रेस बि.सं २०६४ असोजमा एक हुँदा काँग्रेस कार्यकर्ताले ठूलो राहतको श्वास फेरेका थिए । महासमिति बैठक पछि तामझामका साथ एक भएको नेपाली काँग्रेसले बि.सं. २०६७ सालमा काठमाडौंमा गरेको १२ औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा प्रचार पनि गरिएको थियो । तर

  • चार बुँदेको विरोध गर्नु सहमतिय राजनीति विपरितः मोर्चा

    काठमाडौं, असोज ६ — सत्ता साझेदार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चार बुँदे सहमति प्रति भएका टिप्पणीले सहमतिय राजनीतिमा व्यवधान खडा गर्ने ठहर गरेको छ । सिंहदरवारमा शुक्रवार बसेको मोर्चाको बैठकले माओवादीको बैद्य पक्ष, एमाले र काङग्रेसका नेताहरुले सहमति प्रति गरेका टिप्पणीले सहमतीय राजनीतिमा व्यवधान खडा गर्ने ठहर गरेको हो ।

  • चार बुँदे सहमति शान्तिका लागिः रक्षामन्त्री भण्डारी चार बुँदे सहमति शान्तिका लागिः रक्षामन्त्री भण्डारी

    संखुवासभा, असोज ६ — रक्षामन्त्री शरतसिंह भण्डारीले चार बुँदे सहमति द्वन्द्वको व्यवस्थापन र शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पु-याउनका लागि भएको बताउनुभएको छ । उहाँले माओवादी र मधेशी मोर्चाबीच भएको चार बुँदे सहमती विगतकै सहमतिहरुको निरन्तरता भएको खुलासा गर्नुभयो ।

  • पार्टीभित्र अराजकता मच्चाउनेलाई कारवाहीः माओवादी नेता भट्ट पार्टीभित्र अराजकता मच्चाउनेलाई कारवाहीः माओवादी नेता भट्ट

    काठमाडौं, ६ भदौ — वाणिज्य तथा आपूर्तिमन्त्री एवं माओवादी नेता लेखराज भट्टले पार्टीभित्र गुट बनाएर अराजकता मच्चाउने समूहलाई कुनै पनि हालतमा कारवाही गर्नैपर्ने बताउनुभएको छ ।

  • म त तपाईहरुको उमेरमा कछाड लगाएर रुख चढथें:  राष्ट्रपति यादव म त तपाईहरुको उमेरमा कछाड लगाएर रुख चढथें: राष्ट्रपति यादव

    एकीकृत नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र ब्रि्रोहका क्रममा तत्कालिन राज्य पक्ष र व्रि्रोहीबाट २६ जना पत्रकारको हत्या भयो । उनीहरुका परिवारका सदस्य अहिले काठमाडौंमा भेला भएका छन् । उनीहरुले आज राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर आफुलाई लागेका कुरा सोधे । द्वन्द्वका क्रममा मारिएका पत्रकारका छोराछोरीले राखेको जिज्ञासा र राष्ट्रपति डा. रामवरण यादवको जवाफ ।

  • माओवादी भित्रको विवाद छिट्टै समाधानः गजुरेल माओवादी भित्रको विवाद छिट्टै समाधानः गजुरेल

    काठमाडौं, असोज ६ — एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले आगामी केन्द्रीय समिति बैठकले पार्टी भित्रको विवाद समाधान गर्ने दावी गर्नुभएको छ । उज्यालोसँग कुरा गर्दै सचिव गजुरेलले बहसका विषय केन्द्रीय समिति बैठकले समाधान गर्ने भनिएकाले घोषित कार्यक्रम पनि स्थगित गरेको बताउनुभयो ।

  • पार्टी फुटाउँदिनः देउवा पार्टी फुटाउँदिनः देउवा

    काठमाडौं, असोज ६ — नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सभापति सुशील कोइरालाले पार्टी फुटाउन वाध्य बनाएपनि आफूले पार्टी नफुटाउने बताउनुभएको छ । शुक्रवार किर्तिपुरमा भएको कार्यक्रममा बोल्दै देउवाले केन्द्रीय समितिको भातृ संस्था विघटन गर्ने निर्णय फिर्ता नलिंदा सम्म दबाबमूलक कार्यक्रम नरोकिने बताउनु भयो ।

  • प्रधानमन्त्री र राष्ट्रसंघका उच्च अधिकारीहरुबीच भेटवार्ता प्रधानमन्त्री र राष्ट्रसंघका उच्च अधिकारीहरुबीच भेटवार्ता

    काठमाडौं, असोज ६ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विहीवार राष्ट्रसंघका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको छ । भेटमा प्रधानमन्त्री भट्टराईले नेपालको शान्ति प्रकृयामा राष्ट्रसंघले खेलेको भूमिकाको प्रसंसा गर्नु भयो ।

  • दलहरु सत्ता केन्द्रीत हुँदा शान्ति र संविधान ओझेलमाः राष्ट्रपति दलहरु सत्ता केन्द्रीत हुँदा शान्ति र संविधान ओझेलमाः राष्ट्रपति

    काठमाडौं, असोज ६ — राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु सत्ता केन्द्रीत भएका कारण शान्ति र संविधान ओझेलमा परेको बताउनु भएको छ । उहाँले नागरिकको चाहना अनुसार शान्ति र संविधानलाई दलहरुले पहिलो प्राथमिकता दिन नसकेको आरोप लगाउनु भयो ।

  • कांग्रेसको संस्थापन पक्ष देउवाको भेला हुन नदिने तयारीमा कांग्रेसको संस्थापन पक्ष देउवाको भेला हुन नदिने तयारीमा

    काठमाडौं, असोज ६ — भातृ संस्था बिघटनको निर्णय उल्टाउन बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरे लगत्तै संस्थापन पक्ष भेला हुन नदिने तयारीमा जुटेको छ ।

  • राज्यव्यवस्था समितिको बैठक स्थगित

    काठमाण्डौं, असोज ६ । व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको बैठक आज पनि स्थगित भएको छ ।  विहान साढे ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्ने तय भएको बैठक एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसको आग्रहमा स्थगित गरिएको हो ।

  • ६ जना अनसनकारी अस्पताल भर्ना ६ जना अनसनकारी अस्पताल भर्ना

    काठमाण्डौं, असोज ६ । भ्रातृ संस्था विघटनको बिरुद्ध पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका ६ जना काँग्रेस कार्यकर्ता अस्पताल भर्ना भएका छन ।

  • कोइरालाको परामर्श तिव्र कोइरालाको परामर्श तिव्र

    काठमाण्डौं, असोज ६ । देउवा पक्षले भ्रातृ संस्था विघटन विरुद्ध दबाब मुलक कार्यक्रम शुरु गरेपछि काँग्रेस सभापति शुसिल कोईरालाले आन्तरिक छलफल तिब्र पार्नु भएको छ ।

  • देउवापक्षले जिल्ला सभापतिहरुको भेला बोलाउने देउवापक्षले जिल्ला सभापतिहरुको भेला बोलाउने

    काठमाडौँ, असोज ५ — नेपाली कांग्रसका बरिष्ठ नेता शेरबहादुर देउवापक्षको भेलाले जिल्ला सभापतिहरुको भेला बोलाउने निष्कर्ष निकालेको छ ।

  • अनावश्यक विवाद नचर्काउन देउवा पक्षलाई सभापति कोइरालाको आग्रह अनावश्यक विवाद नचर्काउन देउवा पक्षलाई सभापति कोइरालाको आग्रह

    काठमाडौँ, असोज ५ —  नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले भातृ संस्था विघटनको विषयलाई अनावश्यक रुपमा चर्काएर केन्द्रीय समितिको निर्णय विरुद्ध नजान देउवा पक्षलाई आग्रह गर्नुभएको छ  ।

  • माओवादी भित्रको विवाद संसद बैठकसम्म माओवादी भित्रको विवाद संसद बैठकसम्म

    माओवादी भित्रको पछिल्लो विवाद संसद बैठकसम्म पुगेको छ । संसद बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधर सचिव सीपी गजुरेलले सरकार बनाउने बेला मधेशवादी दलसित भएको चार बुँदे सहमतिको चर्को विरोध गर्नुभएको छ ।

  • काँग्रेसको चियापान नहुने काँग्रेसको चियापान नहुने

    काठमाडौँ, असोज ५ — नेपाली काँग्रेसले यो वर्ष पनि विजया दशमीका अवसरमा चियापान कार्यक्रम नगर्ने भएको छ ।

  • फौजदारी मुद्दा हेर्ने अधिकारमा पुनर्विचार गर्न सरकारलाई सर्वोच्चको निर्देशन फौजदारी मुद्दा हेर्ने अधिकारमा पुनर्विचार गर्न सरकारलाई सर्वोच्चको निर्देशन

    काठमाडौँ, असोज ५ — सर्वोच्च अदालतले प्रमुख जिल्ला अधिकारीलगातयका अधिकारीले एकलरूपमा प्रयोग गर्न सक्ने गरी हाल तोकेको फौजदारी मुद्दा हेर्ने अधिकारमा पुनर्विचार गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

  • बेपत्ता तथा सत्य निरुपण आयोग सम्बन्धि कानुन निर्माणमा हस्तक्षेप गर्नु नपर्नेः सर्वोच्च बेपत्ता तथा सत्य निरुपण आयोग सम्बन्धि कानुन निर्माणमा हस्तक्षेप गर्नु नपर्नेः सर्वोच्च

    काठमाडौँ, असोज ५ — सर्वोच्च अदालतले बेपत्ता नागरिक छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित कानुनका विधेयकहरू व्यवस्थापिका–संसदमा विचाराधीन अवस्थामा रहेकोले विधायिकी अधिकार र प्रक्रियाका विषयमा हस्तक्षेप गरी आदेश दिन नपर्ने जनाएको छ ।

  • काँग्रेस कार्यकर्ता कुटिए

    जाजरकोट असोज ५ । जाजरकोटका नेपाली काँग्रेसका एक जना कार्याकर्तालाई माओवादी भातृ संगठन वाइसिएलका कार्याकर्ताले मरणसन्न हुने गरी कुटपिट गरेका छन् ।

  • वैद्य र थापाको उपस्थितिमै चार बुँदे भएको गुप्ताको दावी वैद्य र थापाको उपस्थितिमै चार बुँदे भएको गुप्ताको दावी

    काठमाडौं, असोज ५ — सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव राम बहादुर थापाको उपस्थितिमै  चार बुँदे सहमति भएको दावी गर्नुभएको छ ।

  • देउवा पक्षधरको भेला आजपनि चल्दै देउवा पक्षधरको भेला आजपनि चल्दै

    काठमाडौं, आसोज ५ — संस्थापन पक्षले एकलौटी ढंगले भ्रातृ संगठन विघटन गरेको भन्दै असन्तुष्ट कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरको छुट्टै भेला विहीवार पनि हुँदैछ ।

  • मानवअधिकार उल्लंघन सम्बन्धी राजनीतिक मुद्दा फिर्ता नलेऊ: आयोग मानवअधिकार उल्लंघन सम्बन्धी राजनीतिक मुद्दा फिर्ता नलेऊ: आयोग

    काठमाडौं, असोज ५ — राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर प्रकृतिका राजनीतिक मुद्दाहरु फिर्ता नलिन दलहरुसित आग्रह गरेको छ । सरकार गठनको बेला माओवादी र मधेसी मोर्चाबीच भएको मुद्दा फिर्ता लिने सहमतिप्रति बिरोध जनाउँदै आएको आयोगले विहीवार मुख्य दलहरुसित भेटी यस्तो आग्रह गरेको हो ।

  • कांग्रेस र एमाले संविधानका बाधक : पौडेल कांग्रेस र एमाले संविधानका बाधक : पौडेल

    काठमाडौं, असोज ५ — प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले शान्ति प्रकृया र संविधान लेखनमा नेपाली कांग्रेस र एमालले गाँठो पारेको आरोप लगाउनु भएको छ ।

  • मातृकाको माओवादी तीन चिरा मातृकाको माओवादी तीन चिरा

    काठमाडौं, असोज ५— पुनगर्ठित नेकपा माओवादी तीन समूहमा विभाजित भएको छ । मातृका यादवको नेतृत्वमा रहेको नेकपा माओवादीबाट दीलिप साह र भरत दाहालको नेतृत्वमा दुई समूह छुट्टिएको छ ।

  • भट्टराई र ओबामाबीच भेट भट्टराई र ओबामाबीच भेट

    काठमाण्डौं । असोज ५ ।संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पुगेपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ भेटघाटमा ब्यस्त हुनु भएको छ । प्रधानमन्त्री भट्टराईले अमेरिकी राष्ट्रपति वाराक ओबामासंग भेटवार्ता गर्नु भएको छ ।

  • अनसनमा बसेका काँग्रेस कार्यकर्ताको अवस्था गम्भीर अनसनमा बसेका काँग्रेस कार्यकर्ताको अवस्था गम्भीर

    काठमाण्डौं । असोज ५ । भ्रातृ संस्था विघटन गर्ने प्रस्ताव बिरुद्ध पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका काँग्रेस नेता कार्यकर्ताको स्वस्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया