MENU
ujyaalo forign call inside

राजनीति

  • अखिल छैठौंमाथि कुटपीट गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

    प्यूठान, कात्तिक १४ – प्यूठानको बाँदीकोटमा राष्ट्रिय जनमोर्चा समर्थित अखिल छैठौंका विद्यार्थीलाई कुटपीट गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका आरोपित दिनेश केसी, कपिल थापा, चित्रबहादुर थापा र दीपक केसीलाई इलाका प्रहरी कार्यालय मच्छीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • तीन दल र मधेशी मोर्चाको बैठकमा चुनाब र बजेटबारे छलफल

    काठमाडौ, कात्तिक १४ – मुख्य तीन दल र मधेसी मोर्चाबीच पछिल्लो राजनीतिक अवस्था र बजेटको विषयमा छलफल भएको छ । बानेश्वरमा मंगलबार बिहान बसेको बैठकमा प्रतिपक्षी दलहरुले सरकार विरुद्ध आन्दोलनमा जानुअघि एक पटक अन्तिम छलफल गर्ने बताएका छन् ।

  • निम्तो नआएपनि प्रधानमन्त्री एमालेको चियापानमा जाने निम्तो नआएपनि प्रधानमन्त्री एमालेको चियापानमा जाने

    काठमाडौ, कात्तिक १४ – दशैं, तिहार, इद, छठ र नेपाल संवतको नयाँवर्षको अवसरमा नेकपा एमालेले मंगलबार गर्ने चियापान कार्यक्रममा अन्तत प्रधानमन्त्री डा. बाबुराम भट्टराई जाने हुनुभएको छ ।

  • काँग्रेस कार्यकर्ताको आक्रमणबाट अखिल छैठौँका ७ जना घाइते

    प्यूठान, कात्तिक १३ - प्यूठानमा काँग्रेस कार्यकर्ताको आक्रमणबाट अखिल छैठौँका केन्द्रीय उपाध्यक्ष विमल पोखरेल सहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई गम्भीर चोट लागेको छ । वादीकोट गाविसको गडीका कोट भन्ने ठाउँमा पूर्णिमाका अवसरमा अखिल छैठौले गरेको साँस्कृतिक कार्यक्रमपछि आक्रमण भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

  • नेकपा – माओवादीमा महाधिवेशनको दस्ताबेजमाथि  छलफल सुरु नेकपा – माओवादीमा महाधिवेशनको दस्ताबेजमाथि छलफल सुरु

    काठमाडौ, कात्तिक १३ – नेकपा–माओवादीले महाधिवेशनमा पेश हुने दस्तावेजमाथि छलफल सुरु गरेको छ । पदाधिकारीले तयार गरेको दस्तावेज सोमबारको केन्द्रीय समितिको बैठकमा पेश भएको छ । दुई महिना भन्दा धेरै समय लगाएर पार्टी पदाधिकारीले तयार गरेको दस्तावेज अध्यक्ष मोहन बैद्य किरणले केन्द्रीय समितिमा पेश गर्नुभएको हो ।

  • दुर्गा भवानीले सहमति गर्ने प्रेरणा दिउन्  : राष्ट्रपति दुर्गा भवानीले सहमति गर्ने प्रेरणा दिउन् : राष्ट्रपति

    भक्तपुर, कात्तिक १३ – राष्ट्रपति डा. रामवरण यादवले दलहरुबीच गतिरोध अन्त्यका लागि तिहारअघि नै सहमति हुने विश्वास गर्नुभएको छ । कोजाग्रत पूर्णिमामा भक्तपुर कमलविनायकको नवदुर्गा भवानीको मन्दिरमा प्रसाद ग्रहणपछि सोमबार पत्रकारसँग राष्ट्रपति यादवले दलहरुबीच सहमति गर्नुको विकल्प नभएको बताउनुभयो ।

  • कांग्रेसले गरेको चियापानमा नेताहरुले के कुरा गरे ? कांग्रेसले गरेको चियापानमा नेताहरुले के कुरा गरे ?

    काठमाडौ, कात्तिक १३ – विपक्षी दलहरुले प्रधानमन्त्री डा. बावुराम भट्टराईले सहजै सरकार नछोडे आन्दोलनबाट हटाउने चेतावनी दोहोर्‍याएका छन् । दशैं, तिहार, इद, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान गर्न नेपाली कांग्रेसले सोमबार गरेको चियापान कार्यक्रममा कांग्रेस एमालेका नेताहरुले सहमतिका लागि पहिलो सर्त सरकार परिवर्तन भन्दै सहजै सरकार नछोडे आन्दोलनबाटै सरकार हटाउने बताएका हुन् ।

  • राजनीतिक गतिरोधप्रति युरोपियन युनियनको चासो राजनीतिक गतिरोधप्रति युरोपियन युनियनको चासो

    काठमाडौ, कात्तिक १३ – युरोपियन युनियनले नेपालमा जारी राजनीतिक गतिरोध अन्त्य नभएकोमा चासो व्यक्त गरेको छ । युनियनका भारत, भुटान र नेपाल हेर्ने प्रमूखले गतिरोध अन्त्य नभएकोमा चासो व्यक्त गर्नुभएको हो ।

  • सत्तारुढ दलले पूर्ण बजेटका लागि गृहकार्य थाल्ने

    काठमाडौं, कात्तिक १३ - सत्तारुढ दलहरुले पूर्ण बजेटका लागि गृहकार्य सुरु गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार बिहान बसेको एकीकृत नेकपा माओवादी र  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले  पूर्ण बजेटका लागि गृहकार्य अगाडि बढाउने निर्णय गरेको हो ।

  • सेना समायोजनको काम यही महिनामा सकिने

    काठमाडौं, कात्तिक १३ - शान्ति प्रकृया अन्तर्गत माओबादी सेनाको समायोजन तथा पुनस्र्थापनाको सबै काम यही महिनाभित्र पूर्ण रुपमा सकिने भएको छ । माओबादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापना सम्बन्धी सचिवालयले स्वेच्छिक अबकासमा जाने लडाकुलाई दोश्रो किस्ताको रकम लिन आगामी २५ गतेसम्मको अबधि दिएको छ ।

  • काँग्रेसको चियापान आज, एमालेको भोली काँग्रेसको चियापान आज, एमालेको भोली

    काठमाडौं, कात्तिक १३ नेपाली काँग्रेसले सोमवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा हुने कार्यक्रममा आफ्ना नेताकार्यकर्ता, अरु पार्टीका नेताहरु, पत्रकार, साहित्यकार, कलाकार सहित सबै वर्ग र क्षेत्रका प्रतिनिधिलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

  • सरकारविरुद्धको आन्दोलनमा कार्यगत एकता हुन्छः महामन्त्री सिंह

    नवलपरासी, कात्तिक १२ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकार विरुद्धको आन्दोलनमा दलहरुबीच कार्यगत एकता हुने बताउनुभएको छ । गैँडाकोटमा काग्रेसको भेलामा महामन्त्री सिंहले  आन्दोलनको औपचारिक निर्णय नभएपनि दलहरुबीच संयुक्त आन्दोलन गर्ने सैद्धान्तिक सहमति भएको उहाँले दावी गर्नुभयो ।

  • प्रचण्डको नयाँ प्रस्ताव काँग्रेस र एमालेद्वारा अस्वीकार प्रचण्डको नयाँ प्रस्ताव काँग्रेस र एमालेद्वारा अस्वीकार

    काठमाडौं, कात्तिक १२ – स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर चुनावमा जान एकीकृत नेकपा माओवादीले राखेको प्रस्ताव काँग्रेस एमालेले अस्वीकार गरेका छन् । प्रचण्डको प्रस्ताव सत्ता लम्ब्याउने खेल भन्दै काँग्रेस र एमालेको शीर्ष बैठकले  त्यसलाई अस्वीकार गरेका हुन् ।

  • पूर्व न्यायाधीशहरु भन्छन् – ‘संविधानसभा पुनर्स्थापना गर्न सकिन्छ’

    काठमाडौं, कात्तिक १२ – पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुले संवैधानिक रिक्तता हुने अवस्था आउन नदिन छोटो समयका लागि संविधानसभा पूनर्स्थापना गर्न सकिने बताएका छन् । उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतका संवैधानिक निकाय रिक्त हुने अवस्था आउन नदिन पूनस्थापनामा जान जोड दिएका हुन् ।

  • माओवादीको महाधिवेशन आयोजक समितिको बैठक मंसिर ५ मा माओवादीको महाधिवेशन आयोजक समितिको बैठक मंसिर ५ मा

    काठमाडौं, कात्तिक १२ - एकीकृत नेकपा माओवादीले मंसिर ५ गतेका लागि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । महाविधेशनको तयारी लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो ।

  • राष्ट्रपतिद्वारा राजनीतिक भेटघाट तिव्र राष्ट्रपतिद्वारा राजनीतिक भेटघाट तिव्र

    काठमाडौं, कात्तिक १२ - राष्ट्रपति डाक्टर रामवरण यादवले दलका शीर्ष नेताहरुसितको भेटवार्तालाई तीव्र पार्नुभएको छ । राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुको छलफल निष्कर्षमा पुग्न नसकेपछि राष्ट्रपतिले फेरि भेटवार्ता थाल्नुभएको हो । उहाँले आइतवार नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसित छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

  • राष्ट्रपति यादव र एमाले नेता नेपालबीच भेट

    काठमाडौं, कात्तिक ११ - राष्ट्रपति डाक्टर रामबरण यादब र नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपालबीच भेटबार्ता भएको छ । शितल निबासमा शनिवार दिउँसो भएको भेटमा एमाले नेता नेपालले मुलुकको संकट समाधान गर्न उचित कदम चाल्न राष्ट्रपतिसँग आग्रह गरेको स्रोतले जनाएको छ । साथै नेपालले सहमति बिना बजेट अनुमोदन नगर्न समेत राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको छ ।

  • भट्टराईको सरकार हटाउन मंसिरदेखि आन्दोलन : पोखरेल

    दाङ, कात्तिक ११ - नेकपा एमालेका सचिव शंकर पोख्रेलले डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमनका लागि मंसिरदेखि संयुक्त आन्दोलन थाल्ने वताउनु भएको छ । प्रेस क्लव अफ दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता पोख्रेलले दशै तिहारका विचमा निकास निस्कन्छ भन्नु माओवादीको सत्ता टिकाउने खेल मात्रै भएको आरोप लगाउनुभयो ।

  • प्रचण्डको प्रस्ताब : स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउने ! प्रचण्डको प्रस्ताब : स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउने !

    काठमाडौ, कात्तिक ११ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि फेरि नयाँ प्रस्ताब ल्याउनु भएको छ । कहिले नयाँ चुनाब त कहिले संबिधानसभा पुनर्स्थापनाको प्रस्ताब ल्याएका प्रचण्डले शनिबार फेरि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा नयाँ सरकार बनाएर चुनाबमा जाने प्रस्ताब गर्नुभएको छ ।

  • अब भुलभुलैयामा पर्दैनौ, चुनाबमा नै जाने हो : खनाल अब भुलभुलैयामा पर्दैनौ, चुनाबमा नै जाने हो : खनाल

    काठमाडौ, कात्तिक ११ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक निकासका लागि राष्ट्रपतिले भूमिका बढाउनुपर्ने बताउनुभएको छ । रिपोर्टस् क्लबले शनिबार बिहान गरेको कार्यक्रममा उहाँले मुलुक संकटमा परेको बेला राष्ट्रपतिले चुप लागेर बस्न नमिल्ने बताउनुभयो ।

  • माओवादी नयाँ चुनाब र पुनर्स्थापना दुबैमा तयार माओवादी नयाँ चुनाब र पुनर्स्थापना दुबैमा तयार

    काठमाडौ, कात्तिक ११ – एकीकृत नेकपा माओवादीले राजनीतिक निकासका लागि जुन बिकल्पमा गएपनि छिटो सहमतिको लागि प्रयास गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले संविधानसभा पुनर्स्थापना या नयाँ चुनाब जुन बिकल्पमा पनि जान तयार रहेको निर्णय गरेको हो ।

  • कांग्रेसले छिट्टै चुनाबमा जाने लिखित निर्णय गर्छ : कोइराला कांग्रेसले छिट्टै चुनाबमा जाने लिखित निर्णय गर्छ : कोइराला

    नेपालगन्ज, कात्तिक १० – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीले केही दिनमै नयाँ चुनावको पक्षमा लिखित निर्णय गर्ने बताउनुभएको छ । संविधानसभा पुनर्स्थापना हुन नसक्ने र ताजा निर्वाचनमा जानुपर्नेमा विगतमा पार्टीमा समझ्दारी बनेको दावी गर्दै सभापति कोइरालाले लिखित निर्णय नभएका कारण केही नेताहरु पुनस्र्थापनाको पक्षमा लागेको बताउनुभयो ।

  • यो सरकारले गर्ने चुनाबमा भाग लिनौं : पौडेल यो सरकारले गर्ने चुनाबमा भाग लिनौं : पौडेल

    काठमाडौ, कात्तिक १० – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री डा. बावुराम भट्टराई नेतृत्वको सरकारले गराएको चुनावमा नजाने बताउनुभएको छ । संविधानसभा बिघटन गराउन सक्रिय र बिपक्षीको विश्वास लिन नसक्ने प्रधानमन्त्रीको नेतृत्वमा नयाँ चुनाव हुन नसक्ने समेत पौडेलको दाबी छ ।

  • प्रचण्ड चिप्लेकिरा जस्तो : नेपाल प्रचण्ड चिप्लेकिरा जस्तो : नेपाल

    काठमाडौ, कात्तिक ९ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चिप्लेकिरा जस्तो भएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लवले बिहीबार गरेको कार्यक्रममा उहाँले प्रचण्डले जहिले पनि चिप्ला कुरा मात्रै गर्ने र त्यसलाई ब्यबहारमा लागू नगरेको बताउनुभयो ।

  • राष्ट्रपति– प्रचण्ड भेट, के कुरा भयो ? राष्ट्रपति– प्रचण्ड भेट, के कुरा भयो ?

    काठमाडौ, कात्तिक ९ – राष्ट्रपति डा. रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शीतल निवास पुगेर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग मुलुकको पछिल्लो राजनीतिक गतिरोध र निकासका विषयमा छलफल गर्नुभएको हो ।

  • गाडी नदिएपछि वनमन्त्रीद्वारा डिएफओलाई गालीगलौज गाडी नदिएपछि वनमन्त्रीद्वारा डिएफओलाई गालीगलौज

    महोत्तरी, कात्तिक ८ – वनमन्त्री यदुबंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख बिद्यानाथ झामाथि दुव्र्यवहार गरेका छन् । वन कार्यालयको गाडि माग्दा प्रमुख बिद्यानाथले नदिएपछि मन्त्री झाले कार्यालय प्रमुखलाई जुत्ताले हान्ने धम्की दिदै दुव्र्यवहार गरेका हुन् ।

  • दशैंको टीका : राष्ट्रपतिले पण्डितसंग, प्रधानमन्त्रीले बुबासंग दशैंको टीका : राष्ट्रपतिले पण्डितसंग, प्रधानमन्त्रीले बुबासंग

    काठमाडौ, कात्तिक ८ – राष्ट्रपति डा. रामवरण यादवले ११ वजेर २९ मिनेटको शुभसाइतमा दशैंको टीका ग्रहण गर्नुभयो । नीजि पुरोहित शंकरप्रसाद सिग्देल र दशैघर हनुमान ढोकाका पुरोहित दिनानाथ भट्टराईवाट राष्ट्रपतिले टीका ग्रहण गर्नुभएको हो ।

  • दशैंको शुभकामना सन्देशमा के भने नेताहरुले ?

    काठमाडौ, कात्तिक ८ – विजया दशमीका अवसरमा बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिँदै बडादशैंले सम्पुर्ण नेपालीलाई एकता र सद्भावको सुत्रमा बाँध्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

  • टीकाको दिन  प्रधानमन्त्री पशुपति वृद्धाश्रममा (फोटो फिचर) टीकाको दिन प्रधानमन्त्री पशुपति वृद्धाश्रममा (फोटो फिचर)

    काठमाडौ, कात्तिक ८ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई दशैंका अवसरमा पशुपति वृद्धाश्रम गएर त्यहाँका वृद्ध वृद्धालाइ स्वीटर वितरण गर्नुभएको छ । प्रधानमन्त्रीले आश्रममा रहेका २ सय ३० जनालाइ स्वीटर वितरण गर्नुभयो । प्रधानमन्त्रीले मुलुकका लागि ज्येष्ठ नागरिकको ठूलो योगदान रहेकोले उनीहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । प्रधानमन्त्रीले बृद्धाआश्रमका पदाधिकारीसँग समस्याबारे छलफल समेत गर्नुभयो । गत बर्षको दशैमा पनि प्रधानमन्त्री बृद्धाआश्रम जानुभएको थियो । परिवारबाछ टाढा रहेका ...

  • राष्ट्रपतिले साढे १२ वजेदेखि टिका लगाइदिने राष्ट्रपतिले साढे १२ वजेदेखि टिका लगाइदिने

    काठमाडौ, कात्तिक ८ – विजया दशमीका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले बुधबार साढे १२ बजेदेखि सर्वसाधारणलाई टीका लगाइँ दिँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक नेपालीका लागि बेलुकी ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहनेछ ।

  • एमालेले पुनर्स्थापनाको ढोका बन्द गरिसक्यो : ज्ञवाली एमालेले पुनर्स्थापनाको ढोका बन्द गरिसक्यो : ज्ञवाली

    गुल्मी, कात्तिक ७ – नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले संविधानसभा पुनर्स्थापनाको ढोका बन्द गरेको बताउनभएको छ । गुल्मीको जनबोध उच्च माध्यमिक विद्यालय रानीबासमा मंगलबार भएको चियापान कार्यक्रममा ज्ञवालीले परिणाम ननिस्कने निष्कर्षका साथ पार्टीले पुनर्स्थापनाको ढोका बन्द गरेको बताउनुभयो ।   संवैधानिक व्यबस्था गरी नयाँ चुनावमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो । दलहरुबीच गत जेठ २ गते भएको सहमति अनुसार ३ सय ७६ सिटको लागि चुनाव गर्नु जरुरी रहेको उहाँले बताउनुभ...

  • युरोपेली परिषदले संविधान निर्माण प्रक्रियामा सहयोग गर्ने

    काठमाडौ, कात्तिक ७ – युरोपेली परिषदका अध्यक्ष हर्मन भान रोम्पुले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले छिटो पूर्णता पाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।   युरोपेली सङ्घका लागि नेपालका राजदूत एवं नियोग प्रमुख राममणि पोखरेलको ओहदाको प्रमाणपत्र बुझ्दै रोम्पुले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाप्रति चासो राख्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । युरोपेली सङ्घका लागि ने...

  • यादवलाई मातृशोक यादवलाई मातृशोक

    काठमाडौ, कात्तिक ७ – मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मातृशोक परेको छ । यादवकी ९७ बर्षीया आमा फुदनीदेवी यादवको सोमबार राति उहाँको निवास विराटनगरमा निधन भएको हो ।

  • कार्यकर्तालाई खनालको निर्देशन : आन्दोलनको तयारी गर्नुस् कार्यकर्तालाई खनालको निर्देशन : आन्दोलनको तयारी गर्नुस्

    चितवन, कात्तिक ६ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको संभावना कम हुदै गएको भन्दै आन्दोलनको तयारीमा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मनकामनाको दर्शन गर्न जाने क्रममा भरतपुर पुग्नुभएका अध्यक्ष खनालले चितवनका कार्यकर्तालाई सम्बोधन दशै आन्दोलन हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

  • ७ महिनापछि सरिता गिरीको प्रश्न : मलाई किन बर्खास्त गरियो ? ७ महिनापछि सरिता गिरीको प्रश्न : मलाई किन बर्खास्त गरियो ?

    काठमाडौ, कात्तिक ६ – सात महिनाअघि श्रममन्त्रीबाट बर्खास्त गरिएकी नेपाल सद्भावना पार्टी आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले आफुलाई बर्खास्त गर्नुको कारण सार्वजनिक गर्न प्रधानमन्त्रीसंग आग्रह गर्नुभएको छ । आफूलाई पदच्यूत गर्नुको कारण प्रधानमन्त्रीले अहिलेसम्म नागरिक सामु सार्बजनिक नगरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।

  • हैटीमा हैजा फैलाएको आरोप फेरि नेपाली सेनालाई लगाइयो हैटीमा हैजा फैलाएको आरोप फेरि नेपाली सेनालाई लगाइयो

    कात्तिक ६ – हैटीमा हैजाको महामारी फैलिनुमा राष्ट्रसंघ मिसनमा खटिएका नेपाली सेना जिम्मेवार रहेको अमेरिकी चिकित्सकले दावी गरेका छन् । अमेरिकी हैजा विशेषज्ञ डा. डानियल ल्यान्टाजेनले नयाँ वैज्ञानिक तथ्याङ्कको अध्ययनपछि हैजाको श्रोत शान्ति सेनामा रहेका नेपाली सैनिकको क्याम्प हुन सक्ने संकेत देखापरेको बताउनुभएको हो ।

  • जेठसम्म चुनाब हुन्छ : एमाले सचिव पौडेल जेठसम्म चुनाब हुन्छ : एमाले सचिव पौडेल

    बुटवल, कात्तिक ६ – नेकपा एमालेका सचिब विष्णु पौडेलले बैशाख जेठसम्म नयाँ चुनाब हुने दावी गर्नुभएको छ । बुटवलमा सोमबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिब पौडेलले अहिलेको सरकार बहिर्गमन पछि बन्ने राष्ट्रिय सहमतिको सरकारले चुनावको मिति, प्रक्रिया र सभसदको संख्या तोकेपछि मात्रै चुनाव सम्भब हुने बताउनुभयो ।

  • अबको प्रधानमन्त्री ‘बादल’ हुनुपर्छ : बैद्य अबको प्रधानमन्त्री ‘बादल’ हुनुपर्छ : बैद्य

    काठमाडौ, कात्तिक ६ – नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले अबको प्रधानमन्त्री आफ्नो पार्टीका महासचिब रामबहादुर थापा बादल हुनुपर्ने प्रस्ताब गर्नुभएको छ । रिपोर्टस क्लबले सोमबार गरेको कार्यक्रममा अध्यक्ष बैद्यले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाएर मात्रै सबै समस्याको निकास सम्भब भएको दाबी गर्नुभयो ।

  • माओवादीका कुनै नेता पनि प्रधानमन्त्री स्वीकार्य छैन : कोइराला माओवादीका कुनै नेता पनि प्रधानमन्त्री स्वीकार्य छैन : कोइराला

    नेपालगञ्ज, कात्तिक ५ – नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले अब प्रधानमन्त्रीका लागि माओबादीका कुनैपनि नेतालाई स्वीकार नगर्ने बताउनुभएको छ । प्रेस यूनियन बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राजिनामा दिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पनि सहमतिको सरकार बन्न नसक्ने बताउनुभयो ।

  • ढुक्क हुनुस् सहमति हुन्छ : प्रचण्ड ढुक्क हुनुस् सहमति हुन्छ : प्रचण्ड

    सिन्धुपाल्चोक, कात्तिक ५ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक निकासका लागि पहल भैरहेकोले सहमति हुनेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा आइतबार बेपत्ता र सहिद परिवार तथा कार्यकर्तासँग छलफल गर्दै प्रचण्डले सहमति हुने विश्वास व्यक्त गर्नुभएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया