MENU
Ncell Axiata
NIC Asia

राजनीति

  • प्रचण्ड आज अमेरिका जाँदै प्रचण्ड आज अमेरिका जाँदै

    काठमाडौं, कात्तिक १९ — एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली आज अमेरिका प्रस्थान गर्न लागेको हो ।

  • मंसिर ७ गते भित्र लडाकु वर्गिकरणको काम सक्ने कार्यतालिका सार्वजनिक मंसिर ७ गते भित्र लडाकु वर्गिकरणको काम सक्ने कार्यतालिका सार्वजनिक

    काठमाण्डौं, कात्तिक १८ - सेना समायोजन विशेष समितिले मंसिर ७ गते भित्र सर्वेक्षण र वर्गिकरणको काम सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । समितिले २ दिनभित्र कार्यतालिका बनाउन वुधवार दिएको निर्देशन अनुसार सचिवालयले तयार गरेको कार्यतालिकालाई शुक्रवार बसेको बैठकले अनुमोदन गरेको हो ।

  • राजस्व छल्ने उद्योगी व्यवसायीलाई जेल हाल्न सकिन्छः अर्थमन्त्री पुन राजस्व छल्ने उद्योगी व्यवसायीलाई जेल हाल्न सकिन्छः अर्थमन्त्री पुन

    काठमाडौं, कात्तिक १८ — अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने उद्योगी व्यवसायीलाई जेल हाल्नेसम्मको कारबाही हुन सक्ने संकेत गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री पुनले जन प्रतिनिधिबाट समेत त्यस्तो सुझाव आइरहेकोले सरकार त्यस विषयमा गम्भीर रहेको बताउनुभयो ।

  • सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता नभए सडक संघर्षः १३ विद्यार्थी संगठन

    काठमाडौं, कात्तिक १८ — १३ विद्यार्थी संगठनले सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धि फिर्ता नगरे  सडक संघर्ष  गर्ने चेतावनी दिएका छन । अनेरास्ववियु क्रान्तिकारीको कार्यालय बागबजारमा बसेको १३ विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले जानकारी दिनुभयो ।

  • अन्तरिम संविधानको ११ औं संशोधन विधेयक दर्ता अन्तरिम संविधानको ११ औं संशोधन विधेयक दर्ता

    काठमाडौं, कात्तिक १८ — सरकारले अन्तरिम संविधानको एघारौं संशोधन विधेयक दर्ता गरेको छ । कानून मन्त्री बृजेश कुमार गुप्ताले संसद सचिवालयमा विधेयक दर्ता गर्नु भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।

  • द्वन्द्वकै बीचमा पनि नेपालले गरेको प्रगति उल्लेख्यः पाइपर द्वन्द्वकै बीचमा पनि नेपालले गरेको प्रगति उल्लेख्यः पाइपर

    काठमाडौं, कात्तिक १८ — संयुक्त राष्टसंघका आवासीय प्रतिनिधी रोवर्ट पाइपरले द्वन्द्वका बीच पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको बताउनु भएको छ । विश्व मानव विकास सुचकाङक रिपोर्ट सार्वजनिक गर्न काठमाडौंमा गरिएको कार्यक्रममा पाइपरले विश्वका अरु धेरै देशको तुलनामा नेपालले राम्रो प्रगति गरेको बताउनुभयो ।

  • फैजानका हत्यारालाई कारबाही नभएको भन्दै मुस्लिम समूदायद्वारा आन्दोलन घोषणा

    काठमाडौं, कात्तिक १८ — ईस्लामिक संघका महासचिव फैजान अहमदका हत्यारालाई पक्रन नसकेको र सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै मुस्लिम समूदायले आन्दोलन घोषणा गरेको छ । फैजान हत्या पछि गठन भएको संघर्ष समितिले विभिन्न ६ सूत्रीय माग अघि सारेको छ ।

  • तिब्बती शरणार्थीलाई नेपाल हुँदै तेश्रो मुलुक जान नदिए सहयोग रोक्ने अमेरिकाको चेतावनी तिब्बती शरणार्थीलाई नेपाल हुँदै तेश्रो मुलुक जान नदिए सहयोग रोक्ने अमेरिकाको चेतावनी

    काठमाडौं, कात्तिक १८ — अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिएमा नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान एक्जिट भिषा उपलब्ध नगराएमा नेपाललाई गर्दै आएको लाखौँ डलरको सहयोग रोक्का गर्ने चेतावनी अमेरिकाले दिएको हो ।

  • राज्य पुनर्संरचना आयोगको सट्टा विज्ञ समूह बनाउने निर्णय

    कमल पराजुली/ उज्यालो । काठमाडौं, कात्तिक १८ — संवैधानिक समितिको विवाद समाधान उपसमितिले राज्यपुनर्संरचना आयोगको सट्टा विज्ञ समूह बनाउने निर्णय गरेको छ । अन्तरिम संविधान अनुसार राज्य पुनर्संरचनाका लागि आयोग गठन गरिने उल्लेख भएपनि चार राजनीतिक शक्तिबीच भएको सात बुँदे सहमति अनुसार उपसमितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

  • सेना समायोजन विशेष समितिको बैठक बस्दै सेना समायोजन विशेष समितिको बैठक बस्दै

    काठमाडौं, कात्तिक १८ — सेना समायोजन विशेष समितिको बैठक आज बस्दै छ । समितिको आज बस्ने बैठकमा सेना समायोजनको कार्यतालिकाका विषयमा छलफल हुने भएको छ  ।

  • वैद्यद्वारा माओवादी केन्द्रीय समिति बैठकमा १० बुँदे विरोध पत्र दर्ता वैद्यद्वारा माओवादी केन्द्रीय समिति बैठकमा १० बुँदे विरोध पत्र दर्ता

    काठमाडौं, कात्तिक १७ — एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले पार्टी नेतृत्वले गरेका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै केन्द्रीय समितिमा १० बूँदे विरोध पत्र दर्ता गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा वैद्यले आफ्नो १० बूँदे विरोध पत्र दर्ता गर्दै केन्द्रीय सदस्यहरुलाई वितरण गर्नुभएको छ ।

  • फैसला उल्ट्याउँदै सर्वोच्चद्वारा गुप्तालाई सभासदमा पुनर्वहाली फैसला उल्ट्याउँदै सर्वोच्चद्वारा गुप्तालाई सभासदमा पुनर्वहाली

    काठमाण्डौं, कात्तिक १७ - आफैंले गरेको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले नेपाल सदभावना पार्टीका अध्यक्ष श्यामसुन्दर गुप्तालाई सभासदमा पुनर्वहाली गरेको छ । मन्त्री परिषदमा सहमति नभई सभासदमा नियूक्त गरिएको भन्दै सर्वोच्च अदालतले २०६७ साल माघ २८ गते गुप्तालाई पदमुक्त गर्ने फैसला गरेको थियो । फैसलामाथि गुप्ताले दिएको पुनरवालोकन रिटमा सुनुवाई गर्दै न्यायधिसहरु ज्ञानेन्द्र कार्की, कल्याण श्रेष्ठ र बैजनाथ उपाध्यायको संयूक्तर् इजलासले विहीवार पुनर्वहालीको आदेश दिएको हो ।

  • सात बुँदे नसच्याए नेतृत्वले गम्भीर मूल्य चुकाउनु पर्ने लडाकु सहायक कमाण्डरको चेतावनी सात बुँदे नसच्याए नेतृत्वले गम्भीर मूल्य चुकाउनु पर्ने लडाकु सहायक कमाण्डरको चेतावनी

    प्रकाश पन्त/ उज्यालो । सुर्खेत, कात्तिक १७ — माओवादी लडाकु कमाण्डरले सात बुँदे सहमति अक्षरशः पालना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको केही घण्टा नबित्दै लडाकुले सहमति  नसच्याए पार्टी नेतृत्वले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । माओवादी लडाकुको दशरथपुरस्थित छैटौं डिभिजनका सहायक कमाण्डर दुर्गबहादुर चौधरीले पत्रकार सम्मेलन गरि सेना समायोजन सम्बन्धी कात्तिक १५ गते भएको सहमति नसच्याए पार्टी नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो ।

  • सात बुँदे सहमतिबारे संसद बैठकमा के भने शीर्ष नेताले ? सात बुँदे सहमतिबारे संसद बैठकमा के भने शीर्ष नेताले ?

    काठमाडौं, कात्तिक १७ — प्रमुख दलका शीर्ष नेताले सात बुँदे सहमति ऐतिहासिक भएको दोहोर्याएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा बोल्दै शीर्ष नेताले सहमतिलाई निर्धारित समयभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

  • माओवादी केन्द्रीय समिति बैठक फेरी स्थगित माओवादी केन्द्रीय समिति बैठक फेरी स्थगित

    बोमलाल गिरी/ उज्यालो, कात्तिक १७  - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आधा घण्टामै स्थगित भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थीति र पार्टीभित्रको विवादको विषयमा संक्षिप्त रुपमा मौखिक जानकारी गराउनु भएको छ ।

  • माओवादी बैठक सुरु, उपाध्यक्ष वैद्यले फरक मत राख्ने माओवादी बैठक सुरु, उपाध्यक्ष वैद्यले फरक मत राख्ने

    काठमाडौं, कात्तिक १७ — एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला शुरु बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

  • सहमति अक्षरशः पालना हुन्छः सातै शिविरका लडाकु कमाण्डर सहमति अक्षरशः पालना हुन्छः सातै शिविरका लडाकु कमाण्डर

    काठमाडौं, कात्तिक १७ — माओवादी लडाकु कमाण्डरले कात्तिक १५ गते भएको सात  बुँदे सहमति अक्षरशः पालना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजारमा बिहीबार बसेको लडाकु कमाण्डरको बैठकले सहमति कार्यान्वयन गर्न दलहरुसित आग्रह गरेको छ ।

  • सात बुँदेलाई अक्षरशः कार्यान्वयन गर्न कांग्रेसको जोड सात बुँदेलाई अक्षरशः कार्यान्वयन गर्न कांग्रेसको जोड

    काठमाडौं, कात्तिक १७ — नेपाली कांग्रेसले दलहरुबीच कात्तिक १५ गते भएको सात बुँदे सहमतिको स्वागत गर्दै अक्षरशः कार्यान्वयनमा जोड दिएको छ । पार्टी केन्द्रीय समिति र संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहमतिको स्वागत गरेको हो ।

  • सात बुँदे सहमति नयाँ अध्यायको सुरुवातः प्रचण्ड सात बुँदे सहमति नयाँ अध्यायको सुरुवातः प्रचण्ड

    काठमाडौं, कात्तिक १७ — एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात बुँदे सहमति नयाँ अध्यायको शुरुवात भएको बताउनु भएको छ । संसद बैठकमा बोल्दै प्रचण्डले कात्तिक १५ गते भएको सहमतिले संक्रमणकाल अन्त्यको घोषणा र नयाँ क्रमको शुरुवात गरेको बताउनुभयो ।

  • सात बुँदेको संयुक्त राष्ट्रसंघद्वारा स्वागत सात बुँदेको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

    काठमाडौं, कात्तिक १७ — प्रमुख दलहरुबीच कात्तिक १५ गते भएको सातबुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव बानकी मूनले विज्ञप्ती निकालेर सहमतिले नेपालमा शान्ति सम्झौता अनुसार कानुनी संयन्त्र निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

  • प्रधानमन्त्रीको माल्दिभ्स भ्रमण स्वीकृत, विभिन्न सरकारी निकायमा नियुक्ति प्रधानमन्त्रीको माल्दिभ्स भ्रमण स्वीकृत, विभिन्न सरकारी निकायमा नियुक्ति

    काठमाडौं, कात्तिक १७ — नेपाल सरकार मन्त्रीपरिषद् बैठक भखैरै सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको माल्दिभ्स भ्रमण स्वीकृत गरेको छ । बैठकले १७ औं सार्क शिखर सम्मेलनमा भाग लिनका लागि माल्दिभ्स जाने सरकारी टोलीको टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्सीय टोली माल्दिभ्स जाने मन्त्रीपरिषद् बैठकले तय गरेको हो ।

  • सात बुँदे कार्यन्वयनमा फोरम अध्यक्ष यादवको आशंका सात बुँदे कार्यन्वयनमा फोरम अध्यक्ष यादवको आशंका

    नेपालगञ्ज, कात्तिक १७ — मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुबीच कात्तिक १५ गते भएको सात बुँदे सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गर्नु भएको छ ।  अवधी पत्रकार संघले बिहीबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले माओवादीको ठूलो समुहले असहमति जनाएका कारण सहमति कार्यान्वयनमा कार्यान्वयना हुनेमा आशंका रहेको बताउनु भयो ।

  • मन्त्रीपरिषद् बैठक जारी मन्त्रीपरिषद् बैठक जारी

    काठमाडौं, कात्तिक १७ — नेपाल सरकार मन्त्रीपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा सात बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

  • चर्को विवादकाबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै चर्को विवादकाबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं, कात्तिक १७ — एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला बस्न लागेको माअ‍ोवादीको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

  • सम्झौतापछि नवलपरासीको शिविरका लडाकु खुसी (अडियोसहित)

    विद्रोही गिरी/उज्यालो, नवलपरासी,  कात्तिक १६ - वर्षौंदेखि अल्भिएको शान्ति प्रकृया टुगांयाउने सहमति मुख्य राजनीतिक दलहरु वीच भए पछि यहांका लडाकुहरु खुशी भएका छन् । नवलपरासीमा रहेको माओवादी लडाकुको चौथो डिभिजन अन्तरगत रहेको 'बसन्त स्मृति व्रिगेड' सहायक शिविर रामनगर गाविसको जर्गहा स्थित सहायक शिबिर भित्रका लडाकुहरुमा  खुसी देखिएको हो ।

  • लडाकुको समुह विभाजन ७ गते भित्र सक्ने विशेष समितिको निर्णय लडाकुको समुह विभाजन ७ गते भित्र सक्ने विशेष समितिको निर्णय

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, कात्तिक १६ — सेना समायोजन बिशेष समितिले माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापना सम्बन्धी काम तत्काल अगाडी बढाउने निर्णय गर्दै कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । समितिको कार्यालय बानेश्वरमा बसेको बैठकले समायोजनका लागि सेनाको समुह विभाजनको काम ७ गते भित्र सक्ने निर्णय पनि गरेको छ ।

  • सात बुँदे सहमति खारेज गर्न वैद्य पक्षको माग सात बुँदे सहमति खारेज गर्न वैद्य पक्षको माग

    बोमलाल गिरी/ उज्यालो, काठमाडौं, कात्तिक १६ — एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले तीन दल र मधेशी मोर्चाबीच मंगलबार भएको सात बुँदे सहमति खारेज गर्न माग गरेको छ । सात बुँदे सम्झौता खारेज गरेर नयाँ सम्झौता नगरे आन्दोलन गर्ने चेतावनी पनि बैद्य पक्षले दिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर महासचिव रामबदुर थापा ‘बादल’ले मंगलबारको रातलाई कालो रातको संज्ञा दिदै सम्झौता धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

  • सात बुँदेले शान्ति प्रकृया टुंगिने आधार तयारः प्रधानमन्त्री सात बुँदेले शान्ति प्रकृया टुंगिने आधार तयारः प्रधानमन्त्री

    काठमाडौं, कात्तिक १६ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार प्रमुख दलहरुबीच भएको सात बुँदे सहमतिले पाँच वर्षअघि शुरु भएको शान्ति प्रकृया टुंगिने आधार तयार भएको बताउनु भएको छ । छठ पर्वका अवसरमा काठमाडौंको रानीपोखरीमा बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सहमति अनुसार आफ्नो नेतृत्वको सरकारले शान्ति र संविधान लेखन प्रकृया पुरा गर्ने दावी गर्नुभयो ।

  • वैद्य पक्षले सात बुँदेप्रतिको असहमति सार्वजनिक गर्दै वैद्य पक्षले सात बुँदेप्रतिको असहमति सार्वजनिक गर्दै

    काठमाडौं, कात्तिक १६ — शान्ति प्रकृयाबारे दलहरुबीच मंगलबार बेलुका भएको सहमतिप्रति असन्तुष्टी जनाएको एकीकृत नेकपा माओवादीको मोहन वैद्य ‘किरण’ पक्षले आज आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दैछ । दिउँसो साढे १२ बजे काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने वैद्य पक्षधर नेता खड्कबहादुर विश्वकर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

  • सेना समायोजन विशेष समितिको बैठक आज

    काठमाण्डौं, कात्तिक १६ - शान्ति प्रकृया टुंगाउन गरिएको सात बुँदे सहमति अनुसार माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनका विषयमा छलफल गर्न आज सेना समायोजन विशेष समितिको बैठक बस्दैछ । बैठकले तत्काल समायोजन तथा व्यवस्थापनका विषयमा निर्णय लिनेछ ।

  • कस्तो छ त दलहरुबीचको सहमति (सहमतिको पूर्ण पाठ सहित) कस्तो छ त दलहरुबीचको सहमति (सहमतिको पूर्ण पाठ सहित)

    काठमाडौं, कात्तिक १५ — प्रमुख दलका शीर्ष नेताहरुबीच ६ हजार ५ सय लडाकूलाई नेपाली सेना अन्र्तगतको महानिर्देशनालयमा समायोजन गरी शान्ति प्रक्रिया टुंङ्ग्याउने सहमति भएको छ । बालुवाटारमा मुख्य तीन दल र मधेशी मोर्चा सहितको छलफलमा यस्तो सहमति भएको हो ।

  • सहमति ऐतिहासिकः शीर्ष नेताहरु सहमति ऐतिहासिकः शीर्ष नेताहरु

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, कात्तिक १५ — दलका नेताहरुले मंगलबार भएको सात बुँदे सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमति पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्र बुहे सहमति पछिको ऐतिहासिक सम्झौता भएको भन्दै आफुले स्वर्गीय नेता गीरिजाप्रसाद कोईरालालाई स्मरण गरेको बताउनुभयो ।

  • ६ हजार ५ सय लडाकू समायोजन गर्ने प्रमुख दलको सहमति, माओवादीको वैद्य पक्षको विरोध ६ हजार ५ सय लडाकू समायोजन गर्ने प्रमुख दलको सहमति, माओवादीको वैद्य पक्षको विरोध

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, कात्तिक १५ — प्रमुख दलहरु ६ हजार ५ सय लडाकूलाई नेपाली सेना अन्र्तगतको महानिर्देशनालयमा समायोजन गरी शान्ति प्रक्रिया टुंङ्ग्याउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य तीन दल र मधेशी मोर्चा सहितको छलफलमा यस्तो सहमति भएको हो ।

  • एउटा पत्रले माओवादीको विवाद झन चर्कियो एउटा पत्रले माओवादीको विवाद झन चर्कियो

    काठमाण्डौं, कात्तिक १५ - कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय संगठन रिमको नामबाट आएको एउटा पत्र सार्वजनिक भएपछि माओवादीमा थप विवाद बढेको छ । रिमले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षलाई पठाएको पत्र भन्दै साचारमाध्यम र साचारकर्मीलाई मेल गरिएको पत्रमा मोहन वैद्य पक्षलाई पार्र्टी फुटाउन आग्रह गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा बाबुराम भट्टरालाई गाली गरिएको छ । तर त्यो पत्र रिमले नै पठाएको हो भन्ने पुष्टि भएको छैन ।

  • ३ दलको बैठक जारी

    काठमाण्डौं, कात्तिक १५ - शान्ति र संविधान निर्माण प्रकृयाबारे निर्णायक छलफल गर्न मूख्य तीन दलका शिर्ष नेताहरुको बैठक शुरु भएको छ । शिर्ष नेता सहित कार्यदलको दिउँसो बसेको बैठकमा तयार भएको सहमतिको प्रस्तावलाई शिर्ष नेताहरुको अहिले बसिरहेको बैठकले अन्तिम टुङ्गो लगाउने तयारी भएको छ ।

  • नेपालले छुट्टै विनिमय पत्रको माग गरेपछि दोहोरो कर अन्त्य सम्बन्धी सम्झौता भएन : भारतीय राजदुत नेपालले छुट्टै विनिमय पत्रको माग गरेपछि दोहोरो कर अन्त्य सम्बन्धी सम्झौता भएन : भारतीय राजदुत

    काठमाण्डौं, कात्तिक १५ - नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले नेपालले छुट्टै विनिमय पत्रको माग गरेपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भारत भ्रमणको क्रममा दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले काठमाण्डौंमा गरेको साक्षात्कारमा राजदूत जयन्तप्रसादले नेपालले दोहोरो कर अन्त्य सम्बन्धी सम्झौताबाट हटाईएको धारा ३० को अनुच्छेद ४ लाई सम्बोधन हुने गरी छुट्टै विनियमय पत्रमा हस्ताक्षर गर्नु पर्ने अडान राखेकोले सम्झौता हुन नसकेको बताउनुभयो ।

  • मुख्य तीन दलको बैठक आज पनि बस्ने

    काठमाडौं, कात्तिक १५ —  शान्ति र संविधान निर्माण प्रकृयाका विषयमा छलफल गर्न आज पनि मुख्य तीन दलको बैठक बस्दैछ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको हिजो भएको शीर्ष बैठकका आधारमा आज फेरि छलफल हुन लागेको हो ।

  • आज प्रधानमन्त्री भट्टराईको चियापान आज प्रधानमन्त्री भट्टराईको चियापान

    काठमाडौं, कात्तिक १५ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै हुनुहुन्छ । दिउँसो दुई बजेदेखि चार बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले चियापान कार्यक्रम गर्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • नेपाली सेनालाई चीनको ६० करोड बराबरको सैनिक सहयोग नेपाली सेनालाई चीनको ६० करोड बराबरको सैनिक सहयोग

    काठमाडौं, कात्तिक १५ —चीन सरकारले नेपाली सेनालाई ४ करोड ९ लाख चिनियाँ युआन (रु.६० करोड २७ लाख) बराबरको सैनिक सहयोग उपलब्ध गराउने भएको छ ।  मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग र चीनका केन्द्रीय सैन्य आयोग सदस्य तथा चिनियाँ जनमुक्ति सेनाका प्रमुख  बीङदीबीच चिनीयाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ४ करोड ९ लाख चिनियाँ युआन बराबरको सैनिक सहयोग उपलब्ध गराउने प्रोटोकलमा सोमबार हस्ताक्षर भएको हो ।

  • स्वास्थ्य मन्त्रालय आफै बिरामीः स्वास्थ्य मन्त्री महतो स्वास्थ्य मन्त्रालय आफै बिरामीः स्वास्थ्य मन्त्री महतो

    काठमाडौं, कात्तिक १४ — स्वास्थ्य मन्त्री राजेन्द्र महतोले स्वास्थ्य मन्त्रालय आफै बिरामी भएको बताउनु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री महतोले मन्त्रालय आफै बिरामी भएकाले नागरिकलाई स्वास्थ्य सेवा दिन नसकिएको स्वीकार गर्नु भयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया