MENU
Ncell Axiata

राजनीति

  • प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः वैद्य पक्ष प्रचण्ड–बाबुरामलाई अपराधी करार गरी कारबाही गर्नुपर्छः वैद्य पक्ष

    दीपेन्द्र कुँवर/ उज्यालो । काठमाडौं – माओवादी नेताहरुले पार्टी एक भएरै छाड्ने दावी गरिरहेका छन् । तर माओवादीका गतिविधि र अभिव्यक्तिले माओवादी भित्रको एकता औपचारिकता मात्रै हो र ढिलो चाँडो माओवादीमा फूटको घोषणा हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ ।

  • माओवादी छाड्ने क्रन्तिकारीका पूर्व अध्यक्ष लेखनाथको घोषणा माओवादी छाड्ने क्रन्तिकारीका पूर्व अध्यक्ष लेखनाथको घोषणा

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, पुष ४ - एकीकृत नेकपा माओवादीका विद्यार्थी नेता लेखनाथ न्यौपानेले पार्टी छोड्ने बताउनुभएको छ । माओवादीभित्र रहेर परिवर्तन सम्भव नभएको र पार्टी शैद्धान्तिक रुपमा च्युत हुन लागेको भन्दै उहाँले अब आफू माओवादीभित्र नरहने बताउनुभयो ।

  • काँग्रेसको बन्द : झापामा ७ वटा एम्बुलेन्समा तोडफोड

    दमक, पुष ४ - सडक बन्द गर्न निस्किएका काँग्रेस कार्यकर्ताले सोमबार पश्चिम झापाको दमकमा सातवटा एम्बुलेन्स तोडफोड गरेका छन् । दिँउसो साढे ती बजेतिर उनिहरुले दमकको क्याम्पसमोडमा गुडिरहेका एम्बुलेन्सलाई ढुंगामुढा गरेका थिए ।

  • काँग्रेसको बन्द : भक्तपुरमा प्रेसमाथि आक्रमण

    रमेश गिरी/उज्यालो, भक्तपुर, पुष ४ - बन्दकर्ताहरुले भक्तपुरमा प्रेसमाथि आक्रमण गरेका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिक पत्रिकाका वितरक माथि हातपात गरि प्रदर्शनकारीले पत्रिका च्यात्नुका साथै अन्नपूर्ण पोष्टका पत्रकारलाई नियन्त्रणमा लिएका छन् ।

  • सरकारले पौडेलमाथिको मुद्धा फिर्ता लिने, कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम फिर्ता सरकारले पौडेलमाथिको मुद्धा फिर्ता लिने, कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

    काठमाडौं, पुष ४ – भरतपुर कारागारमा भएको आक्रमण पछि उपचारका क्रममा निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथिको ज्यान मुद्धा सरकारले फिर्ता लिने भएको छ । नेपाली कांग्रेसको दबाबपछि सरकारले पौडल र उनीसँगै जेलमा परेका काँग्रेस कार्यकर्ताको मुद्दा फिर्ता लिने भएको हो ।

  • काँग्रेसको बन्द : रुकुममा सिडिओको गाडी तोडफोड

    रुकुम, पुष ४ - बन्दका क्रममा काँग्रेस कार्यकर्ताले रुकुममा प्रमुख जिल्ला कृष्ण प्रसाद अधिकारी र प्रहरी नायव उपरिक्षक किसनसिंह थापा चढेको गाडीमा तोडफोड गरेका छन् । सभाषद झक्कु सुवेदी र मीना पाण्डेसहितको टोलीका सुरक्षाका लागि विमानस्थल जान लागेको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको गाडीमा काँग्रेस कार्यकर्ताले तोडफोड गरेका हुन् ।

  • कांग्रेस उपसभापति पौडेललाई मातृशोक, बन्द छिचोल्दै चितवनमा कांग्रेस उपसभापति पौडेललाई मातृशोक, बन्द छिचोल्दै चितवनमा

    काठमाडौं, पुष ४ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई मातृशोक परेको छ । पौडेलकी ९३ बर्षिया आमा ऋषिमाया पौडेलको सोमबार बिहान चितवनको रत्ननगर १२ मा रहेको निवासमा निधन भएको हो ।

  • काँग्रेसको बन्द : जिल्ला शिक्षा कार्यालय पाल्पामा तोडफोड

    देब पचभैया/उज्यालो । पाल्पा, पुष ४ - बन्दको समयमा कार्यालय खोलेको भन्दै नेपाली काग्रेसका कार्यकर्ताले जिल्ला शिक्षा कार्यालय पाल्पामा तोडफोड गरेका छन् । उनीहरुले कार्यालयका झ्याल ढोकाका सिसा फुटाईदिएका हुन् ।

  • काँग्रेसको बन्द : टेलिभिजनको मोटरसाईकल तोडफोड

    काठमाण्डौं, पुष ४ - कांग्रेसका कार्यकर्ता हिमालयन टेलिभिजनको मोटरसाईकलमा तोडफोड गरेका छन् । काठमाण्डौंको जडीबुटीमा कांग्रेस कार्यकर्ताले समाचार संकलनमा गएका हिमालयन टेलिभिजनका पत्रकार चढेको बा ४४ प ८२८० नम्बरको मोटराईकल तोडफोड गरेका  हुन् ।

  • डेलिसीको प्रश्नः बन्दले प्रजातान्त्रिक अधिकारको कसरी रक्षा हुन्छ ? डेलिसीको प्रश्नः बन्दले प्रजातान्त्रिक अधिकारको कसरी रक्षा हुन्छ ?

    काठमाडौं, पुष ४ – सामाजिक सञ्जाल फेसबुक मार्फत बन्दको विरोध गर्दै आएका नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले बन्दले प्रजातान्त्रिक अधिकार रक्षा हुने कुरा पुष्टि गर्न बन्दकर्तालाई चुनौति दिनुभएको छ । सोमबार आफ्नो फेसबुक स्टाटसमा बन्दबारे असन्तुष्टि पोख्दै डेलिसीले बन्दको माध्यमबाट राजनीतिक एजेण्डा स्थापित गर्न सकिन्छ भनेर प्रमाणित गर्न समेत चुनौति दिनुभएको छ ।

  • कांग्रेसको बन्दः देशभरको जनजीवन कष्टकर, ठाउँठाउँमा प्रदर्शन र तोडफोड कांग्रेसको बन्दः देशभरको जनजीवन कष्टकर, ठाउँठाउँमा प्रदर्शन र तोडफोड

    काठमाडौं, पुष ४ – नेपाली कांग्रेसले आह्वान गरेको बन्दका कारण काठमाडौं सहित देशभरको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण मुख्य राजमार्ग, सहायक मार्ग र शहरका भित्री सडकमा समेत गाडी चलेका छैनन् । कांग्रेसले बन्द शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिएपनि बन्दकर्ता तोडफोडमा उत्रिएका छन् ।

  • बाग्लुङमा बैद्य पक्षद्वारा घरजग्गा कब्जा

    दिल शिरीष/उज्यालो । बाग्लुङ्ग, पुष ३ - एकिकृत नेकपा माओबादीले बागलुङमा फेरी घर जग्गा कब्जा गर्न शुरु गरेको छ । सुकुम्बासी, मोहिनी, चरुवा, हरुवालाई बैकल्पिक व्यवस्था नगरी पार्टी नेतृत्वले घर जग्गा फिर्ता गर्ने निर्णय गरेको भन्दै माओबादीको बैद्य पक्षले फेरी घर जग्गा कब्जा गर्न शुरु गरेको हो ।

  • अवकाशमा जाने लडाकूलाई रकम दिएर विदाई गरिने

    काठमाण्डौं, पुष ३ - मुख्य तीन दल र मधेशी मोर्चाबीच अवकाशमा जाने लडाकूलाई तत्काल रकम दिएर विदाई गर्ने सहमति भएको छ । समय नतोकिएपनि छिटो प्रकृया पुराएर अवकाश रोजेका लडाकूलाई विदाई गर्ने सहमति भएको नेकपा एमालेका नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।

  • नियम मिचेर गरिएका सरुवा बढुवा १५ दिन भित्र सच्याउन सरकारलाई निर्देशन नियम मिचेर गरिएका सरुवा बढुवा १५ दिन भित्र सच्याउन सरकारलाई निर्देशन

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, पुष ३ – व्ययवस्थापिका संसद्को राज्य व्यवस्था समितिले ऐन नियम मिचेर गरिएका सरुवा बढुवा १५ दिनभित्र सच्याउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले ऐन–नियम बिपरीत राजनीतिक दलको प्रभाव र आर्थिक प्रलोभनमा गरिएका सरुवा बढुवाका निर्णयहरु तत्काल सच्याउन विभिन्न मन्त्रालयका सचिवलाईसमेत निर्देशन दिएको छ ।

  • नेपाल बन्द फिर्ता नलिने कांगेसको घोषणा नेपाल बन्द फिर्ता नलिने कांगेसको घोषणा

    सेञ्छेलुङ लिम्बु/ उज्यालो । काठमाडौं, पुष ३ – नेपाली कांग्रेसले सोमबारका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता नलिने घोषणा गरेको छ । बन्द फिर्ता हुने धेरैले अपेक्षा गरेपनि कारागार आक्रमणमा मारिएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा र पक्राउ परेकाको मुद्दा फिर्ता नलिएसम्म आन्दोलनका कुनै पनि कार्यक्रम फिर्ता नलिने कांग्रेसले घोषणा गरेको हो ।

  • पौडेललाई सहिद घोषणा गरिँदैन : स्थानीय विकास मन्त्री रायमाझी पौडेललाई सहिद घोषणा गरिँदैन : स्थानीय विकास मन्त्री रायमाझी

    काठमाण्डौं, पुष ३ - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले चितवनको कारागारमा भएको झडपमा मारिएका शिव पौडेललाई सहिद घोषण गर्न र मुद्दा फिर्ता लिन नसकिने स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाण्डौंमा गरेको साक्षात्कारमा मन्त्री रायमाझीले दलहरुवीच छलफल गरेर राष्ट्रिय सहमति नभएसम्म काग्रेसको दुबै माग पुरा गर्न नसकिने बताउनुभयो ।

  • बर्हिगमनमा परेका माओवादी लडाकुद्वारा आन्दोलन घोषणा बर्हिगमनमा परेका माओवादी लडाकुद्वारा आन्दोलन घोषणा

    काठमाडौं, पुष ३ – बर्हिगमनमा परेका माओवादी लडाकुले आफूहरुका मागमा सरकार गम्भीर नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंको जनसञ्चार अभियानमा आइतबार कार्यक्रम गरेर उनीहरुले माग सम्बोधन गर्न सरकारले ध्यान नदिएको भन्दै विभिन्न अञ्चल सदरमुकाममा प्रदर्शन गर्नेदेखि देशव्यापी मशाल जुलुस र नेपाल बन्द गर्ने सम्मको कार्यक्रम घोषणा गरेका हुन्  ।

  • पौडललाई शहीद घोषणा गर्न मिल्दैनः चितवनका ६ दल

    चितवन, पुष ३ – चितवनका ६ राजनीतिक दलले जिल्ला कारागार भरतपुरमा आक्रमणमा घाइते भई उपचारको क्रममा निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्न नमिल्ने निष्कर्ष निकालेका छन् । आइतबार बिहान कांग्रेस बाहेकका राजनीतिक दलको संयुक्त बैठक पछि जारी विज्ञप्तीमा उनीहरुले गैरराजनीतिक घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्न नमिल्ने बताएका हुन् ।

  • पार्टीलाई एक बनाउने एमाले शीर्ष नेताको घोषणा पार्टीलाई एक बनाउने एमाले शीर्ष नेताको घोषणा

    काठमाडौं, पुष ३ – नेकपा एमालेका शिर्ष नेताहरुले एउटै मञ्चबाट पार्टीलाई एक बनाउने घोषणा गरेका छन् । नेकपा एमाले उपत्यका विशेष समन्वय कमिटले आइतबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले पार्टीलाई एक बनाउनुको विकल्प नभएको बताएका हुन् ।

  • पौडेलको निधनः बिरोधका कार्यक्रम यथावत राख्ने कांग्रेसको अडान पौडेलको निधनः बिरोधका कार्यक्रम यथावत राख्ने कांग्रेसको अडान

    काठमाडौं, पुष ३ – नेपाली कांग्रेसले भरतपुर कारागारमा भएको आक्रमणका कारण निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा नगर्दासम्म बिरोधका कार्यक्रम स्थगित नगर्ने अडान लिएको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगंजमा आइतबार बिहान बसेको पदाधिकारी बैठकले शहीद घोषणा नहुँदासम्म शव नबुझ्ने निर्णय गरेको नेता कृष्णचन्द्र नेपालीले जानकारी दिनुभयो ।

  • राजदुत नियुक्ति समानुपातिक समावेशी सिद्धान्तको आधारमा गरिने राजदुत नियुक्ति समानुपातिक समावेशी सिद्धान्तको आधारमा गरिने

    काठमाडौं, पुष ३ – संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले राजदुत नियुक्ती र संविधान संसोधनका विषयमा सहमति जुटाएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा नेपाली राजदूत तथा विशेष प्रतिनिधी नियुक्त गर्दा समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने र यसलाई मौलिक हकको व्याख्यात्मक टिप्पणीमा राख्ने सहमति भएको श्रोतले बताएको छ ।

  • शिब पौडेलमाथिको आक्रमण बारे छानबिन गर्न आयोग गठन, १० लाख राहत, बन्द फिर्ता लिन सरकारको आह्वान

    काठमाण्डौं, पुष २ - सरकारले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथि चितवन कारागारमा भएको आक्रमणको छानवीन गर्न न्यायिक आयोग गठन गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश मोहन प्रकाश सिटौलाको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको हो ।

  • पौडेलको निधनको कथाः कारागार आक्रमणमा कसको हात ? पौडेलको निधनको कथाः कारागार आक्रमणमा कसको हात ?

    काठमाडौं, पुष २ – गत मंसिर २० गते राती चितवन जिल्ला कारगारमा भएको आक्रमणमा घाइते भएका नेपाल तरुण दल चितवनका अध्यक्ष शिब पौडेलको उपचारका क्रममा शनिवार काठमाण्डौंमा निधन भयो । पौडेलको निधनपछि नेपाली काँग्रेसका भ्रातृ संगठनका कार्यकर्ता शनिवार नेपाल बन्द भन्दै प्रदर्शनमा उत्रिए । जसका कारण देशभरको जनजीवन अस्तव्यस्त भयो । ठाउँ ठाउँमा तोडफोड र झडप भयो । पौडल को हुन र किन जेलमा थिए ? नेपाली कांग्रेसको भातृ संगठन तरुण दल चितवनको अध्यक्ष रहेका पौडेल स्थानीय ग्याङ समुह ‘कमिले’का ह...

  • लुम्बिनीमा पुजाआजा पश्चात थाक्सिन म्यानमार फिर्ता लुम्बिनीमा पुजाआजा पश्चात थाक्सिन म्यानमार फिर्ता

    काठमाडौं, पुष २ – आकस्मिक रुपमा नेपाल आएका थाईल्याण्डका अपदस्थ पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा लुम्बिनीमा पूजा गरेर म्यानमार फर्किनुभएको छ । लुम्बिनीबाट काठमाडौं आएका सिनावात्रा विशेष विमान मार्फत् म्यानमार फर्कनुभएको हो ।

  • पौडेलको निधनः कांग्रेस कार्यकर्ताले गरेको नेपाल बन्द फिर्ता पौडेलको निधनः कांग्रेस कार्यकर्ताले गरेको नेपाल बन्द फिर्ता

    काठमाडौं, पुष २ – तरुण दल र नेविसंघको आह्वानमा काठमाडौं सहित देशभर भएको बन्द फिर्ता भएको छ । बिहानै देखि देशभर भएको बन्द दिउसो ४ बजेबाट फिर्ता भएको नेविसंघले जनाएको छ ।

  • पौडेलको निधनः प्रदर्शनमा भएको तोडफोड प्रति अमेरिकी राजदुतको चिन्ता पौडेलको निधनः प्रदर्शनमा भएको तोडफोड प्रति अमेरिकी राजदुतको चिन्ता

    काठमाडौं, पुष २ – नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले नेपाली कांग्रेसका भातृ संस्थाहरुले गरेको बन्द र प्रदर्शनका क्रममा भएको तोडफोड प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत राजदुत डेलिसीले बन्दका बेला भएको ध्वसंप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

  • पौडेलको निधनः भरतपुर बिमानस्थलमा तोडफोड

    चितवन, पुष २- तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि प्रर्दशनमा उत्रिएका नेपाली काँग्रेसको भ्रातृ संगठनका कार्यकर्ताले चितवनको भरतपुर बिमानस्थलमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले बिमानस्थलमा प्रबेश गर्ने मुख्य ढोका र झ्यालका केही सिसा फोरेको जिल्ला प्रहरीले कार्यलय चितवनले जनाएको छ ।

  • बन्दका कारण राष्ट्रपति हेलिकोप्टरमा शीतल निवास बन्दका कारण राष्ट्रपति हेलिकोप्टरमा शीतल निवास

    काठमाडौं, पुष २ – नेपाली कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शनका कारण राष्ट्रपति डा. रामवरण यादव ललितपुरको गोदावरीबाट हेलिकोप्टरमा शीतल निवास फर्किनुभएको छ । गोदावरीमा रहेको सेन्टजेभियर्स स्कूलको वार्षिकोत्सवमा भाग लिन गएका राष्ट्रपतिलाई आकस्मिक बन्दका कारण हेलिकोप्टरबाट शीतल निवास पुर्‍याइएको ललितपुर प्रहरीले जनाएको छ ।

  • पौडेलको निधनः कांग्रेसद्वारा छानविन समिति गठन, सोमबार नेपाल बन्द पौडेलको निधनः कांग्रेसद्वारा छानविन समिति गठन, सोमबार नेपाल बन्द

    काठमाडौं, पुष २ – तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको राजनीतिक प्रशासनिक मिलेमतोमा आक्रमण गरि निधन भएको भन्दै नेपाली कांग्रेसले सोमबार नेपाल बन्दको आह्वान गरेको छ । पौडेलको उपचारका क्रममा निधन भए लगत्तै बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सोमबार बन्द आह्वान गरेको हो ।

  • पौडेलको निधनपछि कांग्रेसको प्रदर्शन (फोटो फिचर) पौडेलको निधनपछि कांग्रेसको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं, पुष २ – चितवनको जिल्ला कारागार भरतपुरमा कैदीको आक्रमणबाट घाईते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा निधन भएपछि कांग्रेस कार्यकर्ताले देशभर बिरोध प्रदर्शन गरेका छन् । तरुण दल, नेविसंघ लगायत कांग्रेसकका भातृ संस्थाको आह्वानमा काठमाडौं र चितवन सहित देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । 

  • माओवादी–मधेसी मोर्चा बैठकः चार बुँदे सहमति दृढताका साथ कार्यान्वयन गर्ने सहमति

    काठमाडौं, पुष २ – सत्तारुढ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनका बेला भएको चारबुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सहमति अनुसार सेनामा मधेसीको सहभागिताका लागि छुट्टै इकाइ खडा गरी भर्ना प्रकृया शुरु गर्ने गरी मन्त्रिपरिषद बैठकले निर्णय गर्ने सहमति भएको छ ।

  • तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधन

    काठमाडौं, पुष २ चितवनको भरतपुर कारागारमा कैदीको आक्रमणबाट घाईते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचार गराईरहेका पौडेललाई चिकित्सकहरुले बिहान मृत घोषणा गरेका हुन् ।

  • थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन नेपालमा थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन नेपालमा

    काठमाडौं, पुष १ – थाईल्याण्डका अपदस्थ पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा नेपाल आउनुभएको छ । म्यानमारबाट चार्टर फ्लाईटमा नेपाल आएका सिनावात्रा दिउँसो साढे चार बजे त्रिुभवन विमानस्थलमा दिउँसो साढ चार बजे उत्रेका सिनावात्रा त्यहाँबाट यति एयर लाईन्सको जहाज चढेर भैरहवा जानुभएको थियो ।

  • राष्ट्रिय सहमतिको सरकार भट्टराईकै नेतृत्वमाः माओवादी संस्थापन पक्ष राष्ट्रिय सहमतिको सरकार भट्टराईकै नेतृत्वमाः माओवादी संस्थापन पक्ष

    काठमाडौं, पुष १ – एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास नयाँ बजारमा शुक्रबार बसेको संस्थापन पक्षका नेताहरुको बैठकले माओवादी नेतृत्वको विकल्प नभएको निष्कर्ष निकाल्दै भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

  • सरकार–लिम्वुवान राज्य परिषदबीचको वार्ता निष्कर्ष बिहिन

    काठमाडौं, पुष १ – सरकार र संघीय लिम्वुवान राज्य परिषद सन्जुहाङ पालुङवा समूहबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । शान्ति मन्त्रालय सिंहदरबारमा भएको वार्तामा पालुङवा समूहले राजयपुनर्संरचना आयोगमा आफुहरुको प्रतिनिधित्व हुनुपर्ने अडान लिएपछि वार्ता निष्कर्ष बिहिन बनेको हो ।

  • अबको सरकार मेरै नेतृत्वमाः देउवा अबको सरकार मेरै नेतृत्वमाः देउवा

    नुवाकोट, पुष १ – नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको क्षेत्रिय भेला उद्घाटनका लागि नुवाकोटको विदुर पुगेका देउवाले पत्रकासँग कुरा गर्दै कांग्रेसमा आफ्नो विकल्प कोही नभएको दावी गर्नुभयो ।

  • चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा सरकारको दोषः गजुरेल चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा सरकारको दोषः गजुरेल

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, पुष १ – एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु सरकारको कमजोरी भएको आरोप लगाउनुभएको छ । गजुरेलले भ्रमण स्थगित भएको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

  • एमालेले पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान शुरु गर्दै एमालेले पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान शुरु गर्दै

    काठमाडौं, पुष १ – नेकपा एमालेले शुक्रबार देखि पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान शुरु गर्दैछ । पुस, माघ र फागुन तीन महिना देशैभरी कार्यकर्ता परिचालन गर्ने एमालेले जनाएको छ ।

  • दुई सदनात्मक व्यवस्था  संवैधानिक समितिबाट अनुमोदित दुई सदनात्मक व्यवस्था संवैधानिक समितिबाट अनुमोदित

    काठमाडौं, पुष, १ – संवैधानिक समितिले बिबाद समाधान उपसमतिमा सहमति भएको दुई सदनात्मक व्यवस्थालाई अनुमोदन गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले केन्द्रमा दुई सदन रहने व्यवस्थालाई अनुमोदन गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी गर्नुभयो ।

  • संविधानसभा ठुला दलको रबर स्ट्याम्प मात्रः थापा संविधानसभा ठुला दलको रबर स्ट्याम्प मात्रः थापा

    गोरखा, मंसिर २९ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जननिर्वाचित संविधानसभा अहिले ठुला दलको रबर स्ट्याम्प मात्र भएको आरोप लगाउनुभएको छ । बुधवार गोरखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले सबैजसो मुद्दामा ठुला दलका नेताले बन्द कोठामा बसेर निर्णय गर्ने हुँदा संविधानसभा नेताहरुको निर्णयलाई अनुमोदन गर्ने रबर स्ट्याम्पमात्र बनेको बताउनुभएको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया