MENU

राजनीति

  • संविधान निर्माणको आन्तरिक कार्यतालिका पनि प्रभावित, जुटेन सहमति संविधान निर्माणको आन्तरिक कार्यतालिका पनि प्रभावित, जुटेन सहमति

    काठमाडौं, फागुन १० – संविधान निर्माणका लागि आन्तरिक रुपमा बनाइएको कार्यतालिका पनि प्रभावित भएको छ । संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले सबै विवादीत विषयमा सहमति खोज्न सवैधानिक समितिलाई बुधबारसम्मको समय दिएको थियो ।

  • गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसलाबारे कानून व्यवसायी के भन्छन् ? गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसलाबारे कानून व्यवसायी के भन्छन् ?

    काठमाडौं, फागुण १० – झण्डै एक दशकदेखि भ्रष्टाचारको मुद्दा खेपिरहेका र चार वर्ष अघि विशेष अदालतबाट सफाई पाएका जयप्रकाश प्रसाद गुप्तालाई सर्वोच्च अदालतले मंगलबार भ्रष्टाचारी ठहर गरेपछि विद्यमान न्याय प्रणालीका बारेमा समेत टिकाटिप्पँणी सुरु भएको छ ।

  • गुप्ता फोरम गणतान्त्रिकबाट निलम्बित गुप्ता फोरम गणतान्त्रिकबाट निलम्बित

    काठमाडौं, फागुन १० - मधेशी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका आफ्ना अध्यक्ष जेपी गुप्तालाई निलम्बन गरेको छ ।  वुधवार बसेको फोरम गणतान्त्रिकको पदाधिकारी बैठकले सर्वोच्चले अदालतले भ्रष्टाचारी ठहर गरिसकेको अवस्थामा गुप्तालाई पार्टी अध्यक्षका रुपमा राखिरहन नहुने निष्कर्ष निकाल्दै निलम्बन गर्ने निर्णय गरेको हो । यद्यपी, यसबारे आधिकारिक निर्णय भने विहीवार बस्ने केन्द्रिय कार्यसमितिको बैठकले मात्र गर्ने सह महासचिव अकवाल अहमद शाहले जानकारी दिनुभयो । वैठकले सर्व...

  • माओवादी सभाषद् काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते माओवादी सभाषद् काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते

    धरान, फागुन १० – एकीकृत नेकपा माओवादीका सभाषद् सावित्री कुमार काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनु भएको छ । मोटरसाइकलको पछाडि बसेर धरानको गणतन्त्र एफएम जाँदै गर्दा काफ्लेलाई पछाडिबाट जिपले ठक्कर दिएको हो ।

  • अध्यक्ष जेल परेपछि फोरम गणतान्त्रीकका केन्द्रीय सदस्यलाई काठमाडौं बोलाइयो

    ललितपुर, फागनु १० पार्टी अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान भएपछिको अवस्थाबारे छलफल गर्न मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)ले आफ्ना केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएको छ ।

  • जेल जाँदै गर्दा गुप्ताले के भने ? (भिडियो) जेल जाँदै गर्दा गुप्ताले के भने ? (भिडियो)

    काठमाण्डौं, फागुन ९ - अदालतको फैसला अघि तराईका विभिन्न जिल्लामा पुगेर राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिएका गुप्ताले अदालतको फैसलालाई सहज रुपले स्वीकार गरेनन् । बरु अदालतले मधेशी विरुद्ध फैसला गरेको भनेर राजनीतिक रंग दिने कोशिस गरे । अदालतले सजाय सुनाउने पूर्वानूमान सहित झण्डाविहीन गाडीमा कार्यकर्ताको दलबल सहित सर्वोच्च अदालत पुगेका मन्त्री गुप्ताले अदालतको फैसलालाई जात  र क्षेत्रको राजनीतिक रंग दिएर जेल जाँदा जाँदै आप्ना कार्यकर्तालाई अदालतको विरोधमा उतारे ।

  • ‘गुप्तालाई सफाई दिने चारवर्ष अघिको फैसला त्रुटीपुर्ण’ ‘गुप्तालाई सफाई दिने चारवर्ष अघिको फैसला त्रुटीपुर्ण’

    काठमाडौं, फागुन ९ – सर्वोच्च अदालतले जयप्रकाश प्रसाद गुप्तालाई सफाई दिने विशेष अदालतको २०६४ सालको फैसला समेत त्रुटीपुर्ण रहेको ठहर गर्दै विशेष अदालतका तत्कालिन ३ जना न्यायाधिसहरुमाथि कारबाही गर्न न्याय परिषदमा लेखि पठाउने फैसला गरेको छ  ।

  • जेल जानुअघि गुप्ताले भने - ‘यो मधेस आन्दोलन बिरुद्धको फैसला हो’ जेल जानुअघि गुप्ताले भने - ‘यो मधेस आन्दोलन बिरुद्धको फैसला हो’

    काठमाडौं, फागुन ९ – जयप्रकाश प्रसाद गुप्ताले आफुलाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदातलको फैसलालाई ‘ईतिहासको कठिन अवस्थामा मधेस आन्दोलन बिरुद्ध गरिएको कदम’ भनी टिप्पँणी गरेका छन् । अदालतको फैसलापछि पत्रकारसँग गुप्ताले आफु बिरुद्धको फैसला ‘मधेसले भावी दिनमा भोग्ने संकट’ भएको बताएका छन् ।

  • सञ्चारमन्त्री गुप्ताद्वारा राजिनामाको घोषणा सञ्चारमन्त्री गुप्ताद्वारा राजिनामाको घोषणा

    काठमाण्डौं, फागुन ९ - सर्वोच्च अदालतले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरे लगत्तै सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले राजिनामाको घोषणा गरेका छन् । सर्वोच्च अदालतमा पत्रकारसित कुरा गर्दै गुप्ताले आफूले मन्त्रीबाट राजिनामा दिएको घोषणा गरे । उनले भने “म राजिनामा पत्र बोकेर प्रधानमन्त्री डा बाबुराम भट्टराईकोमा जाँदिन । यही मार्फत राजिनामाको घोषणा गर्छु ।” मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका उनी वर्तमान सरकारमा सूचना तथा सञ्चार मन्त्री थिए ।...

  • सञ्चारमन्त्री गुप्तालाई डेढवर्ष कैद, ८४ लाख जरिवाना सञ्चारमन्त्री गुप्तालाई डेढवर्ष कैद, ८४ लाख जरिवाना

    तारा ढकाल/ उज्यालो । काठमाडौं, फागुन ९ – सर्वोच्च अदातलले सुचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै डेढ वर्ष जेल सजायँ सुनाएको छ । न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलाशले गुप्तालाई डेढ बर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैया ७ पैसा जरिवाना गर्ने फैसला गरेको हो । सर्वोच्च अदालतले जरिवाना बराबरको रकम बिगो भराउने आदेश पनि दिएको छ । जसअनुसार गुप्ताले जरिवाना र बिगो गरि १ करोड ६८ लाख भन्दा बढी जरिवाना तिर्नुपर्छ ।...

  • समावेशी विधेयक फिर्ता लिन सरकारलाई १५ दिने अल्टिमेटम

    काठमाडौं, फागुन ९ – आदिवासी जनजातिको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी समावेशी विधेयक तयार पारेको भन्दै थारु संघ संस्थाले विधेयक फिर्ता लिन सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । थारुअधिकारवादी संघसंगठनहरुको संयूक्त संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिन १५ दिने अल्टिमेटम दिएका हुन्  ।

  • समावेशी विधेयक फिर्ता नलिए थारु समुदायले सरकार ढाल्ने समावेशी विधेयक फिर्ता नलिए थारु समुदायले सरकार ढाल्ने

    काठमाण्डौ, फागुन ९ - आदिवासी जनजातिको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी समावेशी विधेयक तयार पारेको भन्दै थारु संघ संगठनहरुले विधेयक फिर्ता लिन सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् ।

  • राप्रपा नेपालद्वारा जिविस र नगरपालिकामा तालाबन्दी राप्रपा नेपालद्वारा जिविस र नगरपालिकामा तालाबन्दी

    काठमाडौं, फागुन ९ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निकायको निर्वाचन तथा जनमत संग्रहको माग गर्दै देशभरका जिल्ला विकास समिति तथा नगरपालिकामा तालाबन्दी गरेको छ । काठमाडौं महानगरपालिकामा तालाबन्दीसँगै धर्ना समेत गरिएको छ ।

  • नेताहरुको व्यस्तताका कारण माओवादी बैठक स्थगित नेताहरुको व्यस्तताका कारण माओवादी बैठक स्थगित

    काठमाडौं, फागुन ९ – मंगलबार बस्ने भनिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको माओवादीले जनाएको छ ।

  • मन्त्री जयप्रकाश प्रसाद गुप्ताका ‘कसूरका झलकहरु’ मन्त्री जयप्रकाश प्रसाद गुप्ताका ‘कसूरका झलकहरु’

    काठमाडौं, फागुन ९ – सूचना तथा सञ्चारमन्त्री जे पी गुप्ताको भ्रष्टाचार मुद्दाको फैसला आज हुँदै छ । गुप्ताले २०४८ देखि २०५९ सालसम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार लगायत विभिन्न सार्वजनिक ओहोदामा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोपमा झण्डै एक दशकदेखि मुद्दा खेपीरहनु भएको छ ।

  • कांग्रेस र एमालेबीच ६ प्रान्त बनाउने सहमति भैसकेको कोइरालाको खुलासा कांग्रेस र एमालेबीच ६ प्रान्त बनाउने सहमति भैसकेको कोइरालाको खुलासा

    बाग्लुङ, फागुन ९ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस र एमालेबीच ६ प्रान्त बनाउने बिषयमा लगभग सहमति भइसकेको खुलासा गर्नु भएको छ । जातीय आधारमा राज्य पुर्नसंचरना गर्दा युद्ध हुने उहाँको दावी छ ।

  • संवैधानिक समितिको बैठक पुनः निष्कर्ष बिहिन संवैधानिक समितिको बैठक पुनः निष्कर्ष बिहिन

    काठमाडौं, फागुन ९ – संवैधानिक समितिको बैठक आज पनि निष्कर्ष विनै सकिएको छ । विवाद समाधान उपसमितिमा कुनै सहमति नभएकाले मंगलबार बसेको समितिको बैठक पनि निष्कर्ष विहिन भएको हो ।

  • राष्ट्रिय सहमतिको सरकार गठनबारे माओवादीले आज पनि छलफल गर्ने राष्ट्रिय सहमतिको सरकार गठनबारे माओवादीले आज पनि छलफल गर्ने

    काठमाडौं, फागुन ९ – राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल गर्न मंगलबार पनि एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल हुने छ ।

  • अव कसरी बिवाद टुँग्याउने भन्ने छलफलका लागि संवैधानिक समितिको बैठक बस्दै अव कसरी बिवाद टुँग्याउने भन्ने छलफलका लागि संवैधानिक समितिको बैठक बस्दै

    काठमाडौं, फागुन ९ - संविधान निर्माणमा देखिएका विवादका विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक बस्दैछ । विहान ९ बजे सिंहदरवारमा बस्ने बैठकमा विवाद समाधान उपसमितिले गरेका काम र प्रगतिका बारेमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

  • सञ्चारमन्त्री गुप्ताको भ्रष्टाचार मुद्धाको फैसला आज सञ्चारमन्त्री गुप्ताको भ्रष्टाचार मुद्धाको फैसला आज

    काठमाडौं, फागुन ९ सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जे पी गुप्ताको भ्रष्टाचार मुद्दाको आज फैसला सुनाउने भएको छ । न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलाशले लामो सुनुवाई पछि आज फैसला सुनाउन लागेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

  • सहमतिको सरकार निर्माणबारे केही दिन भित्र नयाँ सहमति हुने

    रोशन पुरी/उज्यालो । काठमाण्डौं, फागुन ८ -  एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसबीच शान्ति, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार निर्माणबारे केही दिन भित्र नयाँ सहमति हुने भएको छ । नेपाली काँग्रेसले सात वुँदे सहमतिनै अन्तिम हो भनिरहेका वेला दुई दलबीच अर्को सहमतिको तयारी भएको श्रोतको दावी छ ।

  • सरकारको दिनगन्ती सुरु : सिंह सरकारको दिनगन्ती सुरु : सिंह

    काठमाण्डौं, फागुन ८ - नेपाली कंग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारको दिनगन्ती शुरु भएको बताउनुभएको छ । प्रजातन्त्रको शक्तिलाई अवमुल्यन गर्ने कसैको पनि भविष्य सुरक्षित नभएको भन्दै माहामन्त्री सिंहले सरकारको दिनगन्ती शुरु भएको दावी गर्नुभएको हो ।

  • पूर्वराजा ज्ञानेन्द्र पनि पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र पनि पशुपतिमा

    काठमाडौं, फागुन ८ - पूर्व राजा ज्ञानेन्द्रले पनि शिवरात्रीको अवसरमा बेलुकी पशुपतिनाथको दर्शन गर्नुभएको छ । पत्नी कोमलसहित पशुपति पुगेको ज्ञानेन्द्रले झण्डै आधाघन्टा पशुपतिमा पूजा आराधना गर्नुभएको थियो । पूर्व राज दम्पत्ती मन्दिर पुगेको समयमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो भने उहाँका समर्थकले नारावाजी पनि गरेका थिए ।

  • जातीय आधारमा राज्य पुर्नसंरचना भए रगतको खोलो बग्ने कोइरालाको चेतावनी जातीय आधारमा राज्य पुर्नसंरचना भए रगतको खोलो बग्ने कोइरालाको चेतावनी

    बागलुङ, फागनु ८ - नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले जातीयताका आधारमा राज्य पुर्नसंरचना भए नेपालमा रगतको खोलो बग्ने चेतावनी दिनुभएको छ । बागलुङको खर्वाङमा भएको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा कोईरालाले यस्तो चेतावनी दिनु भएको हो । माओवादीले नागरिकको सेन्टिमेन्ट क्याच गर्नका लागि जातियताको बीउ रोपेकोले अहिले जातीय सद्भाव विग्रिदै गएको कोईरालाको आरोप छ ।

  • वाइसिएलको ४८ घण्टे अल्टिमेटम वाइसिएलको ४८ घण्टे अल्टिमेटम

    बुटवल, फागुन ८ -  माओवादी भ्रातृ संगठन वाइसिएलले आफ्ना माग ४८ घण्टाभित्र पुरा गर्न पार्टीलाई अल्टिमेटम दिएको छ । वाइसिएलमा कार्यरत चौथो र पाँचो डिभिजनका लडाकूले वुटवलमा पत्रकार सम्मेलन आफ्नो हैसियत र सुविधाको ग्यारेण्टी लगायतका ८ वुँदे माग ४८ घण्टा भित्र ती माग पुरा गनु पर्ने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै बुझाएको माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने भन्दै उनीहरुले आन्दोलनको घोषणा पनि गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा व्रिगेड कमाण्डर वाइसिएलका मगरात राज्य...

  • सेना दिवस (फोटो फिचर) सेना दिवस (फोटो फिचर)

    काठमाण्डौं, फागुन ८ - नेपाली सेनाले सोमवार शिवरात्रीको दिन सेना दिवस मनाएको छ । दिवसको अवसरमा नेपाली सेनाले काठमाण्डौंको टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । काठमाण्डौंको सैनिक मञ्चमा सेनाले सैन्ययुद्ध कला, पिटी , बिभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गरियो । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख , सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीको सेना दिवसमा उपस्थिती थियो । सेना दिवसको अवसरमा नेपाली सेनाले गरेका कार्यक्रमका केही तस्विरहरु । तस्विर : सूर्यकुमार क्षेत्री/उज्यालो...

  • सेनालाई विवादमा तान्नुको अर्थ छैन : अर्थ मन्त्री पुन सेनालाई विवादमा तान्नुको अर्थ छैन : अर्थ मन्त्री पुन

    काठमाण्डौं, फागुन ८ - अर्थमन्त्री बर्षमान पुन अनन्तले सेनालाई विवादमा तान्नुको कुनै अर्थ नहुने बताउनु भएको छ । अर्थमन्त्री पुनले माओवादीले सेनामा विवाद निम्त्याउन नखोजेको जिकिर समेत गर्नु भयो । रिपोर्टर्स क्लव नेपालले काठमाण्डौंमा गरेको साक्षात्कारमा अर्थमन्त्री पुनले सेना समायोजनको काम फागुन महिनाभित्रै सुरु हुने  बताउनुभयो ।

  • सर्वोच्चको आदेश मान्य हुँदैन : रायमाझी सर्वोच्चको आदेश मान्य हुँदैन : रायमाझी

    धनकुटा, फागुन ८ - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक अस्थिरताको फाईदा उठाउदै सर्वोच्च अदालतले कार्यपालिका र ब्यवस्थापिकालाई ६ महिने अल्टिमेटम दिएको भन्दै त्यो मान्य नहुने बताउनुभएको छ । जनताको प्रतिनिधिलाई अदालतले अंकुश लगाउन नमिल्ने भन्दै स्थानीय विकास मन्त्री रायमाझीले कार्यपालिका र सर्वोच्चबीचको शितयुद्ध जेष्ठ १४  गतेपछि सकिने बताउनुभयो ।

  • बिवाद समाधान उपसमितिको बैठक निष्कर्ष बिहीन

    काठमाडौं, फागुन ८ - नेपाली काँग्रेस र एमालेले शान्ति प्रक्रिया नटुंगेसम्म संविधान निर्माणको विषय अघि बढ्न नसक्ने अडान राखेपछि विवाद समाधान उपसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शासकीय स्वरुपमा सहमति खोज्ने बसेको उपसमितिको बैठकमा कांग्रेस एमालेले माओवादी लडाकू र हतियार व्यवस्थापन भएपछि मात्रै संविधानको काम अघि बढाउनु पर्ने शर्त राखेपछि बैठक विना निष्कर्ष सकिएको हो ।

  • सेना समायोजन माओवादीको सत्ता कब्जा गर्ने अभिष्ट :  नेपाल सेना समायोजन माओवादीको सत्ता कब्जा गर्ने अभिष्ट : नेपाल

    ललितपुर, फागुन ७ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी सेना समायोजन मार्फत सत्ता कब्जा गर्ने आफ्नो अभिष्ट पुरा गर्न लागिपरेको आरोप लगाउनु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष कर्मचारी युनियनको प्रथम केन्द्रीय सम्मेलनको ललितपुरमा उद्घाटन गर्दै नेपालले माओवादीले सेना समायोजनलाई सत्ता कब्जा गर्ने अभिष्टको रुपमा लिएकै कारण शान्ति प्रक्रियाले गति लिन नसकेको दावी गर्नुभयो ।

  • माओवादी शान्ति विरोधीः खनाल माओवादी शान्ति विरोधीः खनाल

    काठमाडौं, फागुन ७ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी शान्ति विरोधी भएको आरोप लगाउनु भएको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष खनालले आजसम्म भएका सहमती कार्यान्वयन नगरेर माओवादीले आफैलाई शान्ति विरोध भएको पुष्टि गरेको आरोप लगाउनुभयो ।

  • सरकारले प्रजातन्त्र दिवस नमनाएकोमा काँग्रेसको आक्रोस सरकारले प्रजातन्त्र दिवस नमनाएकोमा काँग्रेसको आक्रोस

    काठमाडौं, फागुन ७ – सरकारले प्रजातन्त्र दिवस नमनाएकोमा नेपाली काँग्रेसले भर्त्सना गरेको छ। आइतबार प्रेस विज्ञप्ति निकालेर काँग्रेसले प्रजातन्त्र दिवस नमनाउने सरकारको कदमले सरकार प्रजातन्त्र विरोधी र निरंकुश चरित्रको भएको स्पष्ट भएको दावी गरेको छ ।

  • कम्तिमा पनि जर्नेल चाहिन्छ : माओवादी कम्तिमा पनि जर्नेल चाहिन्छ : माओवादी

    काठमाण्डौं, फागुन ७ - एकीकृत नेकपा माओवादीले सेना समायोजनमा जाँदा ब्रिगेडियर जनरल अर्थात जर्नेलभन्दा तल नझर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिशडाँडा कोटेश्वरमा बसेको माओवादी स्थायी समिति बैठकले माओवादी लडाकुले सहायक रथीसम्मको दर्जा पाउनुपर्ने अडान यथावत रहेको स्पष्ट पारेको छ ।

  • सेना समायोजन केही दिनभित्रैः प्रधानमन्त्री सेना समायोजन केही दिनभित्रैः प्रधानमन्त्री

    काठमाडौं, फागुन ७ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनभित्रै सेना समायोजन प्रक्रिया ठोसरूपले अगाडि बढाउने लक्ष्यसहित आवश्यक गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को स्वर्ण महोत्सवको समापन तथा ५१ औँ वार्षिकोत्सवको कार्यक्रममलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सेना समायोजन जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार ढङ्गले समाचार वा टिप्पणी सम्प्रेषण नगर्न सबैसँग आग्रह गर्नुभयो ।

  • जेठ १४ मा संविधान आउँदैन : आचार्य जेठ १४ मा संविधान आउँदैन : आचार्य

    काठमाण्डौं, फागुन ७ - संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जेठ १४ गते नयाँ संविधान नआउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाण्डौंमा गरेको साक्षात्कारमा आचार्यले भन्नुभयो ‘प्रमुख राजनीतिक दलहरुको गतिविधि यथास्थिति मै रहिरहने हो भने जेठ १४ गते संविधान जारी हुन सक्दैन ।&rsquo

  • विवाद समाधान उपसमितिमा शासकीय स्वरुपबारे छलफल विवाद समाधान उपसमितिमा शासकीय स्वरुपबारे छलफल

    काठमाडौं, फागुन ७ – संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकमा शासकीय स्वरुपको विषयमा छलफल भएको छ । बैठकमा सबैले खुलेर कुरा राखेको र कार्यदलले दिएको सुझावका आधारमा मिश्रित प्रणालीमा सहमति बन्न सक्ने उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभयो ।

  • नेपाललाई प्रचण्डको आग्रहः ‘शान्ति प्रकृया र संविधान लेखनमा तपाईँको सहयोग चाहियो’ नेपाललाई प्रचण्डको आग्रहः ‘शान्ति प्रकृया र संविधान लेखनमा तपाईँको सहयोग चाहियो’

    काठमाडौं, फागुन ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधान लेखन प्रकृयामा सहयोग गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गर्नु भएको छ । प्रचण्डले आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर सेना समायोजन तथा संविधान लेखन प्रकृयामा सहयोगका लागि आग्रह गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • माओवादीले आज पनि छलफल गर्ने माओवादीले आज पनि छलफल गर्ने

    काठमाडौं, फागुन ७ - राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल हुने माओवादी नेताहरुले बताएका छन ।

  • सरकारी बेवास्तामा प्रजातन्त्र दिवस

    काठमाडौं, फागुन ७ - सरकारले यसवर्ष प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम नगर्ने भएको छ । पोहोरसम्म काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिएको भएपनि यसवर्ष यस्तो कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

  • लडाकूलाई जर्नेल नदिने सेनाको भनाई लडाकूलाई जर्नेल नदिने सेनाको भनाई

    काठमाण्डौं, फागुन ६ - नेपाली सेनाले समायोजन हुने माओवादी लडाकुलाई सहायक रथीसम्म दिने भन्ने हल्ला कपोकल्पित भन्दै मापदण्ड पुरा गर्नेले अधिकतम सेनानी सम्मको दर्जा पाउने स्पष्ट पारेको छ । सेनाको योजनामा सहायकरथी दिने कतै हल्ला नभएको र सम्झौता पनि नभएको भन्दै बाहिर आएका हल्ला गलत भएको  बताएको छ । दुई पृष्ठ लामो विज्ञप्ति निकाल्दै सेनाले समायोजन प्रक्रियामा माओवादी लडाकुलाई सेनानी देखि सहायक सेनानीसम्मका अधिकृतको दरबन्दी छुट्याईएको भन्दै बाहिर आएका तथ्याङ्क समेत पूरै असत्य भएको बताएको छ । सेनाल...

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया