MENU
Ncell Axiata
NIC Asia

राजनीति

  • सरकारले गतिलो काम गर्न सकेनः बादल सरकारले गतिलो काम गर्न सकेनः बादल

    तनहुँ, कात्तिक ४ — सत्तारुढ एकीकृत नेकपा माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’ले वर्तमान सरकारले गतिलो काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ तनहुँले दमौलीमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव थापाले सरकार गठन भएको ४५ दिन बिते पनि कुनै गतिलो काम गर्न नसकेकाले यो सरकारको मूल्याङ्कन गर्नुपर्ने समय आएको बताउनुभयो ।

  • प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच भेटवार्ता प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

    नयाँ दिल्ली, कात्तिक ४ — छिमेकी देश भारत भ्रमणमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय राष्ट्रपति प्रतिभादेवी पाटिलसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीको राष्ट्रपति भवनमा भटराई र पाटिलबीच भेटवार्ता भएको हो ।

  • गद्दाफी हत्याको विरोधमा भक्तपुरमा प्रदर्शन

    भक्तपुर, कात्तिक ४ — लिवियाका पूर्व शासक कर्णेल मुअम्मर गद्दाफी मारिएको विरोधमा नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले आज भक्तपुरमा विरोध प्रदर्शन गरेको छ ।

  • प्रधानमन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता प्रधानमन्त्री र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

    काठमाडौं, कात्तिक ४ — छिमेकी देश भारत भ्रमणमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय विदेश मन्त्री एसएम कृष्णाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटमा भारतीय विदेशमन्त्रीले नेपालको शान्ति प्रकृया निष्कर्षमा पुगोस भन्ने चाहेको भन्दै त्यो पुरा भएपछि भारत खुसी हुने बताउनुभएको थियो ।

  • कार्यकर्ता कुटिएको भन्दै तरुण दलद्वारा धरान बन्द

    धरान, कात्तिक ४ — तरुण दलका  तीन जना कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको विरोधमा नेपाल तरुण दलले शुक्रबार सुनसरीको धरान बजार बन्द गरेको छ । बन्दका कारण बिहानै देखि धरान बजारको जनजीवन प्रभावित बनेको छ ।

  • लडाकु समायोजनमा माओवादी नै प्रष्ट छैनः कांग्रेस महामन्त्री सिंह लडाकु समायोजनमा माओवादी नै प्रष्ट छैनः कांग्रेस महामन्त्री सिंह

    काठमाडौं, कात्तिक ४ — नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले लडाकु समायोजनबारे माओवादी नै प्रष्ट नभएको आरोप लगाउनुभएको छ । हाम्रो अभियान नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी भित्र नै विवाद भएकाले शान्ति प्रक्रिया र लडाकु समायोजनमा ढिलाई भएको नेता सिंहले बताउनुभयो ।

  • प्रधानमन्त्री नभएपछि दलहरुबीचको छलफल 'शुन्य'

    श्रीधर पौडेल/उज्यालो, काठमाण्डौं, कात्तिक ४ -सेना समायोजन लगायत शान्ति प्रकृयाका विषयमा सहमति जुटाउन अस्ति रातभर कसरत गरेको बताउने दलका नेताहरु शुक्रवार भने चुपचाप छन् । प्रधानमन्त्रीको भारत भ्रमण अघिनै सहमती जुटाउन भन्दै दलका नेताहरुले बुधवार रातभर छलफल गरेर सहमती नजिक पुगेको बताएका थिए । तर प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भारत भ्रमणमा गएसँगै दलका नेताहरु पनि छलफलमा सुस्ताएका छन् ।

  • भट्टराईको औपचारिक भेटवार्ता आजदेखि भट्टराईको औपचारिक भेटवार्ता आजदेखि

    नयाँदिल्ली, कात्तिक ४ -भारत भ्रमणमा रहेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दै हुनुहुन्छ । प्रधानमन्त्री भट्टराईले  बिहान राजधाटमा पुगेर महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले आज दिउँसो हैदरवाद हाउसमा भारतीय समकक्षी डाक्टर मनमोहन सिंहहसँग भेट्दै हुनुहुन्छ । सिंहले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री भट्टराई सहभागि हुनुहुने छ ।

  • लडाकुलाई सशस्त्र भुमिका नदिए संविधान बन्दैनः बादल लडाकुलाई सशस्त्र भुमिका नदिए संविधान बन्दैनः बादल

    दिल शिरीष/ उज्यालो  । बागलुङ, कार्तिक ३  — एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले आफ्ना लडाकुलाई सशस्त्र भुमिका नदिए संविधान नबन्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सघं बागलुङले बिहीबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले सशस्त्र भुमिका नदिए सेना समायोजन हुन नसक्ने र शान्ति प्रक्रिया नटुङ्गिए संविधान निर्माण नहुने बताउनुभयो ।

  • प्रधानमन्त्री भट्टराई दिल्लीमा प्रधानमन्त्री भट्टराई दिल्लीमा

    काठमाडौं, कात्तिक ३ — प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको चार दिने औपचारिक भ्रमणका क्रममा दिल्ली पुग्नुभएको छ । सात मन्त्री र आठ सचिव सहित ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै भट्टराई भारत जानुभएको हो ।

  • कस्तो छ त प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम ? कस्तो छ त प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम ?

    काठमाडौं, कात्तिक ३ — प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३७ सदस्यीय भ्रमण टोली सहित औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको आरए २०५ विमान मार्फत बिहीबार दिउसो प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।

  • लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी सक्योः एमाले नेता ओली लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी सक्योः एमाले नेता ओली

    चितवन, कात्तिक ३ — नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा ओलीले रकम दुरुपयोग गर्नकै लागी अहिलेको सरकारले माओवादी लडाकुको भत्ता बढाएको टिप्पणी समेत गर्नुभयो ।

  • शान्ति प्रक्रिया र सेना समायोजनमा दलहरु सहमति नजिक शान्ति प्रक्रिया र सेना समायोजनमा दलहरु सहमति नजिक

    काठमाडौं, कात्तिक ३ — शान्ति प्रक्रिया र सेना समायोजनका विषयमा दलहरु सहमति नजिक पुगेका छन । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताको बैठकमा माओवादी सेनाका लडाकुको समायोजनको मापदण्ड, मोडालिटी, संख्या र पुर्नस्थापना प्याकेजका विषयमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन ।

  • प्रधानमन्त्री आज भारत जाँदै प्रधानमन्त्री आज भारत जाँदै

    काठमाडौं, कात्तिक ३ — प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणको लागि आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ । दिउँसो पौने १२ बजे नयाँ दिल्लीका लागि जाने प्रधानमन्त्री भट्टराईको भ्रमण टोली ३७ सदस्यीय हुनेछ ।

  • रक्षामन्त्रीलाई फिर्ता बोलाएपछि फोरम लोकतान्त्रिको विवाद झनै चर्कियो (अडियो सामाग्री सहित)

    सेञ्छेलुङ लिम्बु/उज्यालो, काठमाण्डौं, कात्तिक २- विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री शरत् सिंह भण्डारीलाई मन्त्रीपदबाट हटाएपछि फोरम लोकतान्त्रिक भित्रको विवाद झन् जटिल बनेको छ । फोरम लोकतान्त्रिकको राजनीतिक समितिले मन्त्रीबाट हटाएपछि रुष्ट बनेका भण्डारीले आजै जागरण आन्दोलनको घोषणा गर्नुभएको छ ।

  • कोइराला र देउवाबीच भेट

    काठमाण्डौं, कात्तिक २ - भ्रातृ संस्था विघटन गर्ने केन्द्रीय समितीको निर्णय पछि काङग्रेस सभापति शुशिल कोइराला र वरिष्ठ नेता शेरवहादुर देउवाबीच आज पहिलो पटक भेटवार्ता भएको छ । नेता देउवालाइ भेट्न सभापति कोइराला आफु पक्षिय केहि नेता सहित देउवा निवास जानु भएको थियो ।

  • एसएसबीको कार्यप्रति राजनीतिक दलको आपत्ति

    काठमाण्डौं, कात्तिक २ - भारतीय सीमा सुरक्षा बल एसएसबीले असोज ३० गते कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नं। ११ भुजेलामा अनधिकृत रुपमा प्रवेश गरी नेपालीका तीनवटा घर भत्काइदिएको घटनाप्रति विभिन्न राजनीतिक दलले विरोध गरेका छन् । एकीकृत नेकपा माओवादीले विज्ञप्ती निकालेर नेपालको राष्ट्रिय अखण्डता स्वतन्त्रता र सार्वभौमिकतामाथिको हस्तक्षेप सीमाक्षेत्रका वासिन्दाको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हरण र अन्तर्राष्ट्रिय कानुन समेतको उल्लङ्घन गरेको ठहर गरेको छ ।

  • प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन

    काठमाण्डौं, कात्तिक २ - सरकारले प्रधानमन्त्री डा बाबुराम भट्टराईले भोलिदेखि गर्ने भारतको औपचारिक भ्रमणलाई अनुमोदन गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले भ्रमणको कार्यसूची अनुमोदन गरेको सरकारका प्रवक्ता तथा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

  • रक्षामन्त्री र भूमिसुधारमन्त्रीलाई सरकारबाट हटाइयो रक्षामन्त्री र भूमिसुधारमन्त्रीलाई सरकारबाट हटाइयो

    काठमाडौं, कार्तिक २ — प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री सरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई सरकारबाट हटाएको घोषणा गर्नु भएको छ । बुधबार व्यवस्थापिका संसदको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले संवन्धित दलको सिफरिसमा दुबै जनालाई पदमुक्त गरेको संसद बैठकलाई जानकारी गराउनु भएको हो । भूमिसुधार मन्त्री प्रभु साह र रक्षामन्त्री सरतसिंह भण्डारीलाई सरकारबाट हटाउन माग गदै कांग्रेस एमाले लगाएतका दलहरुले एक हप्ता देखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।     रक्षामन...

  • दुई देशबीचको सम्बन्धमा असहजता हुने गतिविधि रोक्न भारतलाई माओवादीको आग्रह दुई देशबीचको सम्बन्धमा असहजता हुने गतिविधि रोक्न भारतलाई माओवादीको आग्रह

    काठमाडौं, कार्तिक २ — एकीकृत नेकपा माओवादीले दुई देशबीचको सम्वन्धमा असहजता हुने गतिविधि रोक्न भारत सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको पूर्वसन्ध्यामा माओवादीले बुधबार विज्ञप्ती निकालेर असहजता हुने गतिविधि रोक्न भारत सरकारसँग आग्रह गरेको हो ।

  • माओवादीका कारण शान्ति प्रकृयामा अवरोधः एमाले वरिष्ठ नेता नेपाल माओवादीका कारण शान्ति प्रकृयामा अवरोधः एमाले वरिष्ठ नेता नेपाल

    चितवन, कार्तिक २ — एमाले वरिष्ठ नेता माधव कुमार नेपालले माओवादीको आन्तरिक समस्याका कारण शान्ति प्रकृयामा अवरोध पुगेको बताउनु भएको छ । प्रेस चौतारी चितवनले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले माओवादीका नेताले समायोजनमा जाने लडाकुको संख्या फरक फरक बताउने गरेकाले समायोजनको प्रकृया अगाडी बढ्न नसकेको बताउनु भयो ।

  • फोरम लोकतान्त्रिकको कार्यालयमा झडप र नारावाजी फोरम लोकतान्त्रिकको कार्यालयमा झडप र नारावाजी

    काठमाडौं, कार्तिक २  —  मधेसी जनअधिकार फोरम लोकतान्त्रिककले रक्षामन्त्री शरदसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाएको विरोधमा पार्टी कार्यालयमा भण्डारी समर्थकले नारावाजी गरेका छन् । त्यसक्रममा २ पक्षबीच झडप भएपछि प्रहरी परिचालन गरिएको उज्यालो सहकर्मी सेञ्छेलुङ लिम्बुले जनाएका छन् ।

  • रक्षामन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने फोरम लोकतान्त्रिकको निर्णय रक्षामन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने फोरम लोकतान्त्रिकको निर्णय

    सेञ्छेलुङ लिम्बु/उज्यालो, काठमाण्डौं, कात्तिक २ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिककले रक्षामन्त्री शरदसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाएको छ । पार्टी कार्यालय सानेपामा बसेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले सरकारकारबाट फिर्ता बोलाउने निर्णय गर्ने भएपछि भण्डारी र भण्डारी पक्षीय केही नेताले बैठक बहिस्कार गरेका छन् । बैठकमा भण्डारीलाई राजीनामा दिनै पर्ने दवाव बढेको थियो ।

  • रक्षामन्त्रीको राजिनामा बारे फोरम लोकतान्त्रिकले ठोस निर्णय गर्ने रक्षामन्त्रीको राजिनामा बारे फोरम लोकतान्त्रिकले ठोस निर्णय गर्ने

    काठमाडौं, कार्तिक २ — विवादास्पद अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीको राजिनामाको विषयमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ठोस निर्णय गर्ने भएको छ । रक्षामन्त्री भण्डारीको राजिनामा बारे छलफल गर्न लोकतान्त्रिकको बैठक अहिले केहीबेरमा बस्दैछ ।

  • सेना समायोजन र पुनर्स्थापनामा आज बेलुकासम्म सहमतिः प्रचण्ड सेना समायोजन र पुनर्स्थापनामा आज बेलुकासम्म सहमतिः प्रचण्ड

    पोखरा, कार्तिक २ — एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा सहमति जुटाउने प्रयास भैरहेको बताउनुभएको छ । पोखरामा बुधबार बिहान पत्रकारसित कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जानुअघि नै शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भैरहेको जानकारी दिनुभयो ।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत भ्रमणका एजेण्डाबारे छलफल

    काठमाडौं, कार्तिक २ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने आफ्नो भारत भ्रमण र त्यसका एजेण्डाका विषयमा राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउनु भएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको एजेण्डाबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको हो ।

  • रक्षामन्त्रीको राजिनामा बारेको निर्णय बुधवार मात्र

    काठमाण्डौं, कात्तिक १ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले रक्षामन्त्री शरत् सिंह भण्डारीको राजिनामा बारे बुधवार मात्र निर्णय गर्ने भएको छ । फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले भण्डारीको राजिनामाबारे पार्टी अध्यक्ष विजयकुमार गच्छेदारले मधेसी मोर्चा र माओवादीसँग छलफल गरेपछि मात्रै निर्णय गर्ने भएको हो ।

  • माओवादी लडाकु नेपाली सेनामा समायोजन हुन नसक्ने : केसी माओवादी लडाकु नेपाली सेनामा समायोजन हुन नसक्ने : केसी

    कपिल कोईराला/उज्यालो । काभ्रे, कात्तिक १ - नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले माओवादी सेना लडाकु भएकोले सामुहिक रुपमा नेपाली सेनामा समायोजन गर्न काँग्रेसले नदिने बताउनुभएको छ ।

  • रक्षामन्त्रीको राजिनामा माग्दै विपक्षीद्वारा चौथो पटक संसद बैठक अवरुद्ध

    काठमाण्डौं, कात्तिक १ । राष्ट्रियता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरत् सिंह भण्डारीको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक मंगलवार पनि कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । काँग्रेस र एमाले सहितका प्रतिपक्षी दलका सभासदले रक्षामन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गरे । कांग्रेस सभासद शोभाकर पराजुलीले दिनदिनै संसद चल्न नसक्दा समेत जवाफ नदिने प्रधानमन्त्री गैरजिम्मेवार भएको आरोप लगाउनुभयो ।

  • रक्षामन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भनेका छैनौं : माओवादी रक्षामन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भनेका छैनौं : माओवादी

    काठमाण्डौं, कात्तिक १ - एकीकृत नेकपा माओवादीले रक्षामन्त्री सरत् सिंह भण्डारीको अभिव्यक्तिलाई राष्ट्रघाती नभनेको स्पष्ट पारेको छ । फोरम लोकतान्त्रिकले चार बुँदे सहमति र रक्षामन्त्रीका बारेमा आधिकारिक धारणा मागेपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले विज्ञप्ति निकालेर भण्डारीको अभिव्यक्तिलाई माओवादीले राष्ट्रघाती नभनेको स्पष्ट पार्नुभएको छ ।

  • नेपाल-लुक्काइनेनबीच भेट नेपाल-लुक्काइनेनबीच भेट

    काठमाण्डौं, कात्तिक १ -एमाले नेता एवंम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि फिनल्याण्डका राजदुत अस्को लुक्काइनेनले भेट गर्नुभएको छ ।  भेटका अवसरमा २ देशको आपसी सम्बन्ध तथा नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

  • विवादित विषयमा सहमति नगर्न प्रधानमन्त्रीलाई माओवादीको निर्देशन विवादित विषयमा सहमति नगर्न प्रधानमन्त्रीलाई माओवादीको निर्देशन

    काठमाण्डौं, कात्तिक १ -एकीकृत नेकपा माओवादीले भारत भ्रमणका बेला कुनैपनि विवादित विषयमा सहमति नगर्न प्रधानमन्त्री डाक्टर बावुराम भट्टर्राईलाई दिर्नेशन दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नयाँ बजारमा विहान बसेको माओवादीको स्थायी समिति बैठकले सन्धि सम्झौता लगायत विवादित विषयमा सहमति नगर्न प्रधानमन्त्रीलाई भनेको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

  • रक्षामन्त्रीको राजिनामाबारे फोरम लोतान्त्रिकले अरु दलसँग छलफल गर्ने

    काठमाण्डौं, कात्तिक १ -देश टुक्र्याउने अभिव्यक्ति दिएर विवादमा तानिएका रक्षामन्त्री शरतिसंह भण्डारीको विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आज सत्ता साझेदार दलहरुसित छलफल गर्दैछ । मन्त्री भण्डारीको राजीनामाबारे पार्टीभित्र चर्को विवाद भएपछि यसबारे उसले एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासित छलफल गर्न लागेको हो ।

  • रक्षामन्त्रीको राजिनामाको बिषयमा फोरम लोकतान्त्रिकमा तिव्र मतभेद

    सेञ्छेलुङ लिम्बु/उज्यालो, काठमाण्डौं, असोज ३०- देश टुक्राउने अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीको राजिनामाको विषयलाई लिएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक भित्र तिब्र मतभेद चुलिएको छ । सोमबार दिउँसो फोरम लोकतान्त्रिकको कार्यालय सानेपामा बसेको राजनितिक समितिको बैठक नेताहरु राजिनामाको विषयमा पक्ष विपक्षमा विभक्त भएपछि बिना निष्कर्ष टुंगियो ।

  • सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने ।

    काठमाण्डौं,  असोज ३० । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले विश्वमा लुम्बिनीलाई चिनाउन र प्रचारप्रसार गर्न तथा पर्यटक भित्राउन  सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरिएको उपप्रधानमन्त्री तथा सरकारका प्रवक्त नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

  • प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् विज्ञ ? प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् विज्ञ ?

    काठमाडौं —  भारत भ्रमणको क्रममा गम्भिर र दीर्घकालिन महत्वका सन्धि र सम्झौता नगर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विज्ञहरुले सुझाव दिएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा नेपालले उठाउने मुद्दाका विषयमा रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कार बोल्दै विज्ञहरुले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । प्रधानमन्त्रीले आउँदो कात्तिक तीन गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् त विज्ञ ?

  • चीनले सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि नेपाललाई थप सहयोग गर्ने चीनले सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि नेपाललाई थप सहयोग गर्ने

    काठमाण्डौं असोज ३० । चीनले नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि थप सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री चेन झिमिन सहितको टोली  र नेपालका गृहमन्त्रालयका अधिकारीबीच भएको छलफलमा चीनले सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि तालिम सेमिनार तथा गोष्ठि लगायतका कार्यक्रमका सहयोग गर्ने बताएको हो ।

  • लोडसेडिङ, व्यापार असन्तुलन र लगानी वृद्धि भारत भ्रमणका एजेण्डाः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लोडसेडिङ, व्यापार असन्तुलन र लगानी वृद्धि भारत भ्रमणका एजेण्डाः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

    काठमाडौँ, असोज ३० — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको मुख्य एजेण्डा नेपालमा कायम लोडसेडिङमा कमी, बढ्दो व्यापार घाटा न्यूनीकरण र नेपालमा भारतीय लगानी विस्तार भएको बताउनु भएको छ ।

  • रक्षामन्त्री भण्डारीको राजिनामा माग्दै आज पनि संसद बैठक अवरूद्ध

    काठमाडौं, असोज ३० — राष्ट्रियता विरोधी अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीले राजिनामा नदिएको भन्दै प्रतिपक्षी दलहरुले व्यवस्थापिका संसदको सोमबारको बैठक अवरूद्ध गरेका छन् । कांग्रेस एमाले सहितका प्रतिपक्षी दलहरुको अवरोधका कारण सोमबारको संसद बैठक पनि कार्यसुचिमा प्रवेश नहुँदै स्थगित भएको छ ।

  • सभासद कुबेर ओली संविधानसभा भवनमै बेहोस

    काठमाडौं,  असोज ३० -एकीकृत नेकपा माओवादीका सभासद कुबेर ओली संविधानसभा भवनमै अस्वस्थ हुनु भएको छ । संसद बैठकमा भाग लिन संविधानसभा भवन नयाँ बानेश्वर पुगेका ओली नाकबाट रगत बगेर बेहोस भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । ओली दाङ्गका हुनुहुन्छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया