MENU
ujyaalo forign call inside

राजनीति

  • आज जनआन्दोलन दिवस

    काठमाडौं, चैत्र २६, आज चैत २६ गते । ३० बर्षिय पञ्चायती व्यवस्था ढलेको दिन । बि.सं. २०४६ सालमा राजनीतिक दलहरुको प्रदर्शन चर्किएपछि तत्कालिन राजा बीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्थाको घोषणा गर्नुभएको थियो । त्यसैले चैत २६ लाई बहुदलीय व्यवस्था स्थापना भएको दिवसको रुपमा सम्झना गर्ने गरिन्छ । यसैबीच चैत २६ को जनआन्दोलन दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज काठमाडौंको वसन्तपुरमा आमसभा गर्दैछ । शान्ति, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भन्ने नाराका साथ कांग्रेसले बिभिन्...

  • बिशेष समितिको बैठक ४ बजे

    काठमाडौं, चैत्र २६ - सेना समायोजन विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो ४ बस्ने बैठकले महानिर्देशनालयको संरचना, छनोट समिति, दर्जा निर्धारण र तालिमको अवधि टुंगो लगाउने एमालेको तर्फबाट विशेष समितिका सदस्य भीम रावलले जानकारी दिनुभयो ।

  • सेना समायोजन विशेष समितिको टोली लडाकू शिविरमा सेना समायोजन विशेष समितिको टोली लडाकू शिविरमा

    काठमाडौं, चैत २५ – चैत ३० गते भित्र समायोजन हुने लडाकू सेनालाई हस्तान्तरण गर्ने कार्यतालिका अनुसार काम गर्न सेना समायोजन विशेष समितिको टोली लडाकू शिविरमा पुगेको छ । विशेष समिति मातहतको सचिवालयको टोली शनिबार सबै शिविरमा पुगेको सचिवालयका सदस्य दीपक प्रकाश भट्टले जानकारी दिनुभयो ।

  • जेठ १४ मै संविधान जारी हुन्छ प्रधानमन्त्री जेठ १४ मै संविधान जारी हुन्छ प्रधानमन्त्री

    चितवन, चैत २५ - प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेठ १४ भित्रमै शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याएर संविधान जारी गर्ने बताउनु्भएको छ । चितवन पुगेका प्रधानमन्त्री भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै कुराकानीमा संघीयतासहितको संविधान जारी गर्ने बताउनुभयो ।

  • राज्यपूनर्संरचना आयोगको प्रतिवेदन विवाद समाधान उपसमितिमा पठाउने निर्णय राज्यपूनर्संरचना आयोगको प्रतिवेदन विवाद समाधान उपसमितिमा पठाउने निर्णय

    काठमाडौं, चैत २५ – संवैधानिक समितिले राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदन विवाद समाधान उपसमितिमा पठाउने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले राज्यपुनर्संरचनामा देखिएको विवादमा सहमति जुटाउन आयोगको प्रतिवेदन उपसमितिमा पठाउने निर्णय गरेको नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिनुभयो ।

  • ‘प्रत्यक्ष निर्वाचित कार्यकारीले नयाँ तानाशाह जन्माउँछ’ ‘प्रत्यक्ष निर्वाचित कार्यकारीले नयाँ तानाशाह जन्माउँछ’

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, चैत २५ – नेपाली काँग्रेसका सभापति सशील कोइरालाले प्रत्यक्ष निर्बाचित राष्ट्रपति कार्यकारी हुने व्यवस्था भए नयाँ तानाशाहाको जन्म हुने भएकाले काँग्रेसलाई  प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री वा राष्ट्रपति कुनैपनि मान्य नहुने बताउनु भएको छ ।

  • पहिचान सहितको संघीयता नभए संविधान जलाइन्छः थारु संघर्ष समिति

    काठमाडौं, चैत २५ – थारु संयुक्त संघर्ष समितिले थारु पहिचानसहितको बहुप्रदेशको व्यवस्था बिना संविधान जारी भए संविधान जलाउने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा समितिले बैशाख १० सम्म पहिचान सहितको संघीयता बन्ने भरपर्दो आधार नबने थरुहट तराईमा विशाल जनप्रदर्शनसहित निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

  • माओवादी कार्यकर्ताबीच कुटाकुट

    धनगढी, चैत २५ – एकीकृत नेकपा माओवादीका दुई समूहबीच झडप भएको छ । धनगढीको मिलनचोकमा शनिबार बिहान भएको झडपमा वैद्य पक्षका दुई कार्यकर्ता घाईते भएका छन् ।

  • चैतको ३० गतेसम्म सेना समायोजन हुन्छ : महरा चैतको ३० गतेसम्म सेना समायोजन हुन्छ : महरा

    पोखरा, चैत्र २५ – एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले चैतको ३० गतेसम्ममा सेना समायोजनको काम सकिने दावी गर्नुभएको छ । सेना समायोजन विशेष समितिको शनिवार हुने वैठकमा महत्वपुर्ण निर्णय हुने बताउँदै उहाँले चैतको ३० गतेसम्ममा वेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय पनि टुंगिनेमा शँका नगर्न आग्रह गर्नुभयो ।

  • शान्ति र संविधान पुरा नभएसम्म काठमाडौ छाड्दिन : खनाल शान्ति र संविधान पुरा नभएसम्म काठमाडौ छाड्दिन : खनाल

    काठमाडौ, चैत २५ – नेकपा एमालेका अध्यक्ष झलानाथ खनालले शान्ति र संबिधान पूरा नभएसम्म काठमाडौ नछोड्ने घोषणा गर्नुभएको छ ।

  • शान्ति प्रक्रिया निश्कर्षमा पुग्नै लाग्यो : प्रधानमन्त्री शान्ति प्रक्रिया निश्कर्षमा पुग्नै लाग्यो : प्रधानमन्त्री

    काठमाडौ, चैत २५ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रकृया निश्र्कषमा पुग्नै लागेकाले अब संविधान निर्माणतिर सबै ध्यान केन्द्रीत गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

  • बैशाखमा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ : सिटौला बैशाखमा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ : सिटौला

    हेमराज शर्मा/उजयालो । दाङ, चैत २५ – नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बैशाखको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने बिषयमा माओवादी, एमाले र मधेसीमोर्चा वीचमा सहमति भइसकेको पनि उहाँले दावी गर्नुभयो ।

  • सेना समायोजनमा फेरि अन्यौल

    काठमाडौ, चैत २५ – दलहरुबीच ६ हजार ५ सय लडाकु मात्र समायोजन गर्ने सहमति भएपछि सेना समायोजनमा फेरि अर्को अन्यौल शुरु भएको छ ।  दलहरुबीच ६ हजार ५ सय लडाकुमात्र समायोजन गर्ने सहमति भएपछि संख्या घटाउन सचिवालय र लडाकु कमाण्डरलाई निकै समस्या परेको छ ।   यसअघि ९ हजार सात सय ५ जनाले समायोजन रोजेका थिए ।  आइतबारदेखि फेरि स्वेच्छिक अवकास, पुर्नस्थापना र समायोजन रोज्ने विकल्प दिइएपनि थोरै संख्याले मात्र स्वेच्छिक अवकास रोज्ने तयारी गरेका छन् । माओवादी भित्रको विवादका का...

  • समायोजन थाल्न विशेष समितिका कर्मचारी लडाकु शिविरमा

    काठमाडौ, चैत २५ – यही महिनाभित्र सेना समायोजन गर्ने कार्यतालिका अनुसार विशेष समिति सचिवालयका कर्मचारीहरू लडाकुका शिविर पुगेका छन् । चितवनमा रहेको तेस्रो डिभिजन र नवलपरासीको चौथो डिभिजनमा कर्मचारीको टोली शुक्रवार पुगेको थियो भने शनिवार सबै शिविरमा टोली पुग्ने सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ ।

  • सेना समायोजनको मुख्य बाधक एमालेः पासाङ सेना समायोजनको मुख्य बाधक एमालेः पासाङ

    एल.वि. मगर/ उज्यालो । रोल्पा चैत २४ – जनसेनाका प्रमुख नन्द किशोर पुन पासाङले नेकपा एमालेले सेना समायोजन नचाहेको आरोप लगाउनुभएको छ । जनआन्दोलन दिवशको अवसरमा एकीकृत नेकपा माओवादीले शुक्रबार लिवाङमा गरेको कार्यक्रममा पासाङले सेना समायोजनमा एमाले बाधक बनेको बताउनुभयो ।

  • ‘मुख्य तीन दल संघीयता बिनाको संविधान जारी गर्ने षड्यन्त्रमा’ ‘मुख्य तीन दल संघीयता बिनाको संविधान जारी गर्ने षड्यन्त्रमा’

    जनकपुरधाम, चैत २४ – मधेशी जनअधिकार फोरम नेपालकका अध्यक्ष उपेन्द्र यादवले मुख्य तीन दल संघीयता बिनाको संबिधान जारी गर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा सुरु पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष यादवले मुख्य तीन दल संघीयताका सबैभन्दा ठुला बिरोधी भएको बताउनुभयो ।

  • देवेन्द्र मिश्र सद्भावनाका कार्यबाहक अध्यक्ष

    काडमाडौं, चैत २४ – नेपाल सद्भावना पार्टी आनन्दीदेवीले अध्यक्ष श्यामसुन्दर गुप्तालाई निलम्बन गर्दै पार्टी महासचिव देवेन्द्र मिश्रलाई कार्यबाहक अध्यक्ष बनाएको छ । सद्भावना आ्नन्दीदेवीको राष्ट्रिय बैठकले मिश्रलाई कार्यबहाक अध्यक्ष बनाएको हो ।

  • जनपक्षीय संविधान नबने जनविद्रोह कसैले रोक्न सक्दैनः बैद्य जनपक्षीय संविधान नबने जनविद्रोह कसैले रोक्न सक्दैनः बैद्य

    काठमाडौं, चैत २४ – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले नागरिकका पक्षमा संविधान नबने जनविद्रोहलाई कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको छ ।  विद्रोह पार्टी भित्रको विकृति, विसंगति, दलाल र अभिजात वर्गका विरुद्ध हुने बैद्यको दावी छ ।

  • शान्ति प्रकृया नटुङ्ग्याए सरकार बिरुद्ध अविश्वासको प्रस्तावः कोइराला शान्ति प्रकृया नटुङ्ग्याए सरकार बिरुद्ध अविश्वासको प्रस्तावः कोइराला

    बाबुराम देवकोटा/ उज्यालो । सिन्धुली, चैत २४ – नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले चैत मसान्तभित्र शान्ति प्रकृया नटुङ्ग्याए वर्तमान सरकारलाई फ्याँकेर काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने बताउनु भएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले शुक्रबार सदरमुकाम सिन्धुलीमाढीमा गरेको कार्यक्रममा सभापति कोइरालाले चैत मसान्तभित्र शान्ति प्रकृया पुरा नगरे अविश्वास प्रस्ताब ल्याई सरकार फ्याँक्ने बताउनुभयो ।

  • ‘भावना, आवेग र आक्रोशमा जनविद्रोहको कुरा’ ‘भावना, आवेग र आक्रोशमा जनविद्रोहको कुरा’

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, चैत २४ – प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वैद्य पक्षले भावना, आवेग र आक्रोशमा विद्रोहको कुरा गरेको बताउनुभएको छ । जनआन्दोलन दिवसका अवसरमा शुक्रबार काठमाडौंको बसन्तपुरमा भएको सभालाई सम्बोधन गर्दै भट्टराईले अहिले वैद्य पक्षले भनेजस्तो बीसौं शताब्दीमा जसरी क्रान्ति गर्ने अवस्था नरहेको बताउनुभयो । ‘क्रान्ति शान्ति पूर्ण रुपमै अघि बढ्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यो बेला शान्ति र संविधानमै लाग्नुपर्ने बेल...

  • जननिर्वाचित कार्यकारी राष्ट्रपति र जातीय पहिचान माओवादीको बटम लाईनः महरा जननिर्वाचित कार्यकारी राष्ट्रपति र जातीय पहिचान माओवादीको बटम लाईनः महरा

    पोखरा, चैत २४ – एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले संघीयता तथा राज्य पर्नुसंरचनाका विषयमा माओवादीले कुनैपनि हालतमा सम्झौता नगर्ने बताउनुभएको छ । जनआन्दोलन दिवसको अवसरमा एकीकृत नेकपा माओवादी कास्कीले शुक्रबार पोखरामा गरेको जनसभामा बोल्दै महराले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र जातीय पहिचान तथा सामर्थ्य सहितको संघीय राज्य माओवादीको बटम लाईन भएको स्पष्ट पार्नुभयो ।

  • शान्ति र संबिधानमा बैद्यले अबरोध गरे : गजुरेल शान्ति र संबिधानमा बैद्यले अबरोध गरे : गजुरेल

    भरत खड्का/उज्यालो । उदयपुर, चैत २४ –     एकीकृत नेकपा माओबादीका पोलिट्ब्यूरो सदस्य हरिबोल गजुरेलले शान्ति र संबिधानमा आफ्नै पार्टीको बैद्य पंक्षले अबरोध गरेको आरोप लगाउनुभएको छ ।

  • बन्दुकको छायाँमा लोकतान्त्रिक संविधान बन्दैन : नेपाल बन्दुकको छायाँमा लोकतान्त्रिक संविधान बन्दैन : नेपाल

    काठमाडौ, चैत २४– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुकको छायाँमा बन्ने संबिधान लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो ।  गाउँ बिकास समिति कर्मचारी संघ नेपालको तेस्रो केन्द्रीय भेलालाई शुक्रवार ललितपुरमा सम्बोधन गर्दै उहाँले चैत मसान्तभित्र शान्ति प्रक्रिया पूरा गरेर मात्रै संविधान निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

  • वैद्यपक्षले सन्धी जलाए

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, चैत २४ – प्रधानमन्त्री डा. बावुराम भट्टराईकै गृह जिल्ला गोरखामा शुक्रवार एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधरले भारतसंगको असमान भनिएका सन्धी सम्झौताहरु जलाएका छन् ।

  • ‘जनआन्दोलन दिवश’मा प्रचण्ड र बैद्यका छुट्टाछुट्टै कार्यक्रम

    काठमाडौ, चैत २४ – पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलन उत्कर्षमा पुगेको दिनको सम्झनामा शुक्रवार एकीकृत नेकपा माओवादी लगायत दलहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । २०४६ सालमा आजकै दिन कांग्रेस र बाममोर्चा बाहेकका दलले नारायणहिटी दरबार घेर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएर आन्दोलनकारीलाई दबाउने प्रयास गरेका थिए ।

  • पत्रकार पौडेलको हत्या बारे छानबिन गर्न समिति गठन, १० लाख राहत पत्रकार पौडेलको हत्या बारे छानबिन गर्न समिति गठन, १० लाख राहत

    काठमाडौं, चैत २३ – सरकारले पत्रकार यादव पौडेलको परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले मंगलबार हत्या गरिएका झापाका पत्रकार पौडेलको हत्याबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

  • पार्टी फुटे जनताले माफ दिँदैननः शेरचन पार्टी फुटे जनताले माफ दिँदैननः शेरचन

    काठमाडौं, चैत २३ – एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य अमिक शेरचनले पार्टी एकताको विकल्प नसोच्न संस्थापन र असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको छ । बिहीबार विज्ञप्ति निकालेर शेरचनले पार्टी फूटेमा नागरिकले माफी नदिने र त्यो शहीद र घाईते योद्धाको रगत माथिको कुठाराघात भन्दै एकता, संघर्ष र रुपान्तरण सहित पार्टी एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

  • पत्रकार पौडेलको हत्याको अनुसन्धान ७० प्रतिशत सम्पन्नः प्रहरी पत्रकार पौडेलको हत्याको अनुसन्धान ७० प्रतिशत सम्पन्नः प्रहरी

    झापा, चैत २३ – पत्रकार यादव पौडेलको हत्याबारे ७० प्रतिशत अनुसन्धानको काम सकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय झापाका एसपी तारणीप्रसाद लम्सालले नियण्त्रणमा लिएका मध्ये ५ जनामा अनुशन्धान केन्द्रीत गरिएको जानकारी दिनुभयो । लम्सालले छिट्टै हत्यामा संलग्नहरुको पहिचान हुने र सार्वजनिक गरिने बताउनु भयो । पत्रकार यादव पौडेलको मंगलबार राती झापाको बिर्तामोडमा अपरिचित समूहद्वारा धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । हत्याको बिरोधमा...

  • नेपालको संविधान भारतले बनाइसकेको छः गजुरेल नेपालको संविधान भारतले बनाइसकेको छः गजुरेल

    काठमाडौं, चैत २३ – एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले नेपालको संविधान भारतले बनाइसकेको दावी गर्नुभएको छ । रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा गजुरेलले भारतले बनाईसकेको संविधान जारी गर्ने बातावरण बनाउन दलहरु लागी परेको आरोप लगाउनुभयो ।

  • ३ दलले संघीयता बिनाको संविधान जारी गर्ने षडयन्त्र गरे : यादव ३ दलले संघीयता बिनाको संविधान जारी गर्ने षडयन्त्र गरे : यादव

    धर्बेन्द्र झा/उज्यालो । जनकपुरधाम,  चैत २३ - मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलले बिभिन्न बखेडा गरी संघीयता बिनाको संबिधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । शुक्रबारदेखि जनकपुरमा सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागि हुन जनकपुर आएका अध्यक्ष यादवले विहीवार भएको पत्रकार सम्मेलनमा माओवादी, कांग्रेस र एमालेले संघीयता नचाहेको दावी गर्नुभयो ।

  • विवादका विषय मतदान बाटै भएपनि टुङ्ग्याइने विवादका विषय मतदान बाटै भएपनि टुङ्ग्याइने

    काठमाडौं, चैत २३ - प्रमुख दलहरुबीच संविधान निर्माणमा देखिएका विवादका विषय मतदान बाटै भएपनि टुङ्ग्याउने सहमति भएको छ । माओवादी, काँग्रेस, एमाले र फोरम लोकतान्त्रिकबीच विवादका विषयमा वैशाख ५ गतेसम्म पनि सहमति हुन नसके मतदानमा लगेर टुंगो लगाउने सहमति भएको हो ।

  • समायोजनमा नेपाली सेनाको भुमिकाको प्रधानमन्त्रीद्वारा स्वागत

    काठमाडौ, चैत २३ – प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सेना समायोजन प्रक्रिया सफल हुने बताउनुभएको छ । प्रधानमन्त्री भट्टराईले सेना समायोजनमा नेपाली सेनाले सकारात्मक भूमिका खेलेकाले समायोजन प्रक्रिया सफल हुने बताउनु भएको हो ।

  • संविधानको विवादित विषयमा बैशाख ५ भित्र सहमति हुने

    काठमाडौ, चैत २३ – मूख्य दलका नेताहरु संविधानका विवादका विषयमा बैशाख ५ गते भित्र सहमति कायम गर्न सहमत भएका छन् । चैत मसान्त सम्म राजनीतिक सहमति कायम गर्ने र बैशाख ५ गते भित्र विवादित विषय टुङ्गयाउन सहमत भएका हुन् ।

  • टेलिफोन सम्बादमा झलनाथ खनाल टेलिफोन सम्बादमा झलनाथ खनाल

    काठमाडौ, चैत २३ –  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति र संबिधानका विषयमा जिल्लाका दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरुसंग टेलिफोन संवाद गरी सुझाव लिन थाल्नुभएको छ ।

  • राजतन्त्र फाल्न भारतले ८० करोड खर्च गर्‍यो : कमल थापा राजतन्त्र फाल्न भारतले ८० करोड खर्च गर्‍यो : कमल थापा

    एलवि मगर/उज्यालो । रोल्पा, चैत्र २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालमा राजतन्त्र फाल्न ८० करोड भारतीय रुपैया खर्च गरेको आरोप लगाउनुभएको छ । उहाँले दलहरुको इशारामा भारतले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्दै आएको पनि दावी गर्नुभयो ।

  • प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीवीच भेटवार्ता प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीवीच भेटवार्ता

    काठमाडौ, चैत २३ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेशमन्त्री वेण्डी आर शेरमानबीच बिहीबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले चैत मसान्तसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताउनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • संबिधान नल्याई सुखै छैन : मन्त्री त्रिपाठी संबिधान नल्याई सुखै छैन : मन्त्री त्रिपाठी

    देब पचभैया/उज्यालो । पाल्पा, चैत २३ – भौतिक योजना तथा निर्माण मन्त्री हृदयस त्रिपाठीले संबिधान जारी नगरे सम्म राजनीतिक दलहरुले सुखै नपाउने बताउनुभएको छ । सहमतिको नाउमा धेरै समय खर्चिएकाले सम्झौता गरेरै भएपनि प्रकृया छोट्याएर जेठ १४ भित्र संबिधान जारी गर्नुपर्ने उहाँको भनाई छ ।

  • राष्ट्रिय स्वयं सेवा अभियान शुरु राष्ट्रिय स्वयं सेवा अभियान शुरु

    काठमाडौ, चैत २३ – राष्ट्रिय स्वयं सेवा अभियान–२०६८ अन्तरगत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सफा काठमाडौ हाम्रो काठमाडौ अभियान शुरु गर्नुभएको छ । बिहीबार बिहान सिंहदरबारमा सरसफाई गरेर प्रधानमन्त्री भट्टराईले अभियान शुरु गर्नुभएको हो ।  राष्ट्रिय स्वयं सेवा अभियान–२०६८ अन्तरगत शुक्रवारदेखि एक हप्तासम्म  काठमाडौ महानगरपालिकाले सरसफाई अभियान सुरु गर्दै छ ।

  • शान्ति र संविधान सुनिश्चित हुने संकेत : कोइराला शान्ति र संविधान सुनिश्चित हुने संकेत : कोइराला

    महोत्तरी, चैत २३ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लडाकु समायोजनको विषयमा दलहरुबीच भएको सहमतिले शान्ति र सँविधान सुनिश्चित हुने संकेत गरेको बताउनुभएको छ । तर एकीकृत माओवादी इमान्दार र जिम्मेवार नहुने हो भने सहमतिको मात्रै अर्थ नहुने उहाँको भनाई छ ।

  • एक हजार ५ सय कर्मचारीको सरुवा

    काठमाडौ, चैत २३ – गएको माघमा भएको कर्मचारी सरुवाको निर्णयलाई बदर गरेको सामान्य प्रशासन मन्त्रालयले चैतको मिति राखेर कर्मचारीलाई सरुवा गरेको रहस्य खुलेको छ । चैतको विभिन्न मिति राखेर एक हजार पाँच सय कर्मचारीको सरुवा भएको श्रोतले जनाएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया