MENU
ujyaalo forign call inside

राजनीति

  • संविधान जारी हुने नहुने माओवादीमा निर्भर : सिंह संविधान जारी हुने नहुने माओवादीमा निर्भर : सिंह

    काभ्रे, चैत ९ - नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जेठ १४ गते नयाँ संविधान जारी हुने नहुने एकीकृत नेकपा माओवादीको भूमिकामा निर्भर हुने बताउनु भएको छ । काभ्रेको धुलिखेलमा नेपाल प्रेस युनियनको कार्यशालालाई संवोधन गर्दै हामन्त्री सिंहले विगतका सहमति कार्यान्वयनमा माओवादी इमान्दार भए जेठ १४ मा नयाँ संविधान जारी गर्न सकिने बताउनुभयो ।

  • नेताहरु विदेश जान रोकिएन

    काठमाडौ चैत ९ – नेताहरुलाई आउँदो जेठ १४ सम्म काठमाडौ नछाड्न दिएको आफ्नै पार्टीको निर्देशन विपरित शीर्ष नेताहरु समेत विदेश जानेक्रम बढेको छ । दुई दिनअघि आफ्नै पार्टीको ह्वीप विपरित कांग्रेस नेता विमलेन्द्र निधि बेल्जियम जानुभएको थियो ।

  • कांग्रेस पार्टी कार्यालयमा वेपत्ता परिवारको धर्ना

    काठमाडौ, चैत ९ – वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै आन्दोलन थालेका वेपत्ताका आफन्त र परिवारले बिहीबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले बिहान ११ बजेदेखि एक घन्टा काँग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

  • सेना समायोजन विशेष समितिको बैठक बस्दै

    काठमाडौ, चैत ९ – सेना समायोजनको कामलाई अगाडि बढाउन बिहीबार सेना समायोजन विशेष समितिको बैठक बस्दैछ । दिउँसो चार बजे विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री एवं विशेष समितिका संयोजक डाक्टर बाबुराम भट्टराईले समायोजनको कामलाई  अगाडि बढाउने प्रस्ताव पेशगर्ने र त्यसै विषयमा छलफल हुने उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • प्रधानमन्त्रीले राजिनामा नदिएसम्म बैठकको औचित्य छैन : वैद्य प्रधानमन्त्रीले राजिनामा नदिएसम्म बैठकको औचित्य छैन : वैद्य

    काठमाडौं, चैत ८ - एकीकृत नेकपा माओवादीको वैद्य पक्षले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजिनामा नदिएसम्म केन्द्रीय समिति बैठकको औचित्य नभएको बताएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बुधबार भएको भेटमा अध्यक्ष प्रचण्ड आन्तरिम विवाद समाधानका लागि केन्द्रीय समिति बैठक बोलाउने प्रस्ताव राख्नु भएको थियो ।

  • माओवादी लुटेरा पार्टीः ओली माओवादी लुटेरा पार्टीः ओली

    संखुवासभा, चैत ८ – नेकपा एमालेका नेता केपी ओलीले माओवादी लुटेराको पार्टी भएको आरोप लगाउनुभएको छ । जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्न बुधबार संखुवासभाको सदरमुकाम खा“दबारी आएका ओलीले चुनाव जितेर सत्तामा पुगेपनि माओवादीले अझै लुट्न नछाडेको आरोप लगाउनुभयो ।

  • संविधानसभाको बैठक आइतबार बस्ने संविधानसभाको बैठक आइतबार बस्ने

    बोमलाल गिरी/उज्यालो । चैत ८ - फागुन एक गतेदेखि स्थगित भएको संविधान सभाको बैठक चैत १२ गते आइतबार बस्ने भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले १२ गते दिउँसो तीन बजेका लागि संविधान सभाको बैठक आब्हान गर्नुभएको हो । बैठकमा राज्य पुर्नसंरचना सुझाव उच्चस्तरिय आयोगको सुझाव प्रतिवेदन पेश हुने अध्यक्ष नेम्वाङ्गले जानकारी दिनुभयो ।

  • एमाले सभासदहरुलाई राजधानी नछाड्न ह्पि एमाले सभासदहरुलाई राजधानी नछाड्न ह्पि

    काठमाडौं, चैत ८ - नेकपा एमालेले आगामी जेठ १४ गतेसम्म राजधानी नछोड्न आफ्ना सभासद्लाई ह्विप जारी गरेको छ । शान्ति प्रकृया र संविधान निर्माणको कामलाई ध्यान दिँदै एमाले संसदीय दलका मुख्य सचेतक भिम आचार्यले सभासद्लाई राजधानी नछोड्न ह्विप जारी गर्नु भएको हो ।

  • बैठकमा यस्ता कुरा हुन्छन् शीर्ष नेताबीच बैठकमा यस्ता कुरा हुन्छन् शीर्ष नेताबीच

    काठमाडौं - सहमतिका लागि संवैधानिक समितिलाई दिएको समय पनि चैत १० गते  सकिँदैछ । तर यो अवधिमा शीर्ष तहमा मंगलबार एउटा बैठक बस्ने बाहेक अरु काम हुन सकेन । यो हिसाबले जेठ १४ मा संविधान जारी हुने सम्भावना मर्दै जान थालेपछि अव तालि बजाउन मात्र प्रयोग गरिने सभासद्हरु जुर्मुराउन थालेका छन् उनीहरुले मंगलबार नै ९ दलका ६० जना सभासद्लाई भेला गरी आक्रोस पोखे । शीर्ष  तहमा हुने छलफल पछि त कुनै निकास निस्किन्छ कि भन्ने सबैको अपेक्षा हुन्छ । तर शीर्ष नेताहरु बैठक बस्दा विषयबस्तु भन्दा बाहिरि कुरा गरे...

  • भत्काइएका सडक जेठ मसान्तभित्र कालोपत्रे गर्न प्रधानमन्त्रीको निर्देशन भत्काइएका सडक जेठ मसान्तभित्र कालोपत्रे गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौ, चैत ८ – प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौमा सडक विस्तारको क्रममा भत्काईएका सडक जेठ मसान्तभित्र कालोपत्रे गरिसक्न निर्देशन दिनुभएको छ । नगर विकास समिति, काठमाडौ  महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी लगायतका सरोकारवालासँग बिहान आफ्नै कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सडक भत्काइएका काठमाण्डुका २३ ठाउँको सडक कालोपत्रे गरिसक्न निर्देशन दिनुभएको हो ।

  • बिवादका विषयमा तत्काल निर्णय लिन एमाले नेतृत्वलाई दवाव बिवादका विषयमा तत्काल निर्णय लिन एमाले नेतृत्वलाई दवाव

    काठमाडौ, चैत ८ – शान्ति र संविधानका लागि दबाब अभियान शुरु गरेका एमाले सभासदले विवादका विषयमा तत्काल उपयुक्त निर्णय लिन पार्टी नेतृत्वलाई दवाव दिएका छन् । बुधवार पार्टी कार्यालय बल्खुमा अध्यक्ष झलनाथ खनाल लगायत स्थायी समितिका सदस्यहरुसँग शान्ति र संविधानका विषयमा छलफल गरी तत्काल उपयुक्त निर्णय लिन आग्रह गरेका हुन् ।

  • बान की मुनको नेपाल भ्रमण स्थगित बान की मुनको नेपाल भ्रमण स्थगित

    काठमाडौ चैत ८ – संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले आउँदो बैशाख दोस्रो हप्ता गर्ने भनिएको नेपाल भ्रमण स्थगित भएको छ । लुम्बिनी सम्मेलनको तयारी पूरा नभएको र शान्ति प्रकृया समेत अगाडि नबढेका कारण उहाँको भ्रमण स्थगित भएको स्रोतको भनाई छ । राष्ट्रसंघका नेपाल प्रतिनिधि रोबर्ट पाईपरले सामाजिक सञ्जाल ट्वीटरमा लुम्बिनी बैठकका लागि थप तयारी तथा नेपालको शान्ति प्रक्रियामा भईरहेको छलफलमा बाधा नपुर्‍याउनका लागि महासचिव बानको भ्रमणको अर्को मिति तय हुने उल्लेख गर्नुभएको छ । महासचिव मुन बैशाख...

  • बेपत्ताका परिवार आन्दोलनमा

    काठमाडौ, चैत ८ – वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै वेपत्ताका आफन्त र परिवार आन्दोलनमा उत्रिने भएका छन् । उनीहरुले बुधवार बिहान ११ बजेदेखि एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय एक घन्टा घेराउ गरेर आन्दोलन शुरु गर्ने बताएका छन् ।

  • एमाले युवा सभासद्ले नेताहरुसंग छलफल गर्दै

    काठमाडौ, चैत ८ – शान्ति र संविधानका लागि दबाब अभियान शुरु गरेका एमालेका युवा सभासदले बुधवार आफ्ना पार्टीका शीर्ष नेतासँग छलफल गर्दैछन् ।

  • तीन दलको शीर्ष नेता छलफल हुँदै

    काठमाडौ, चैत ८ – मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरु शान्ति र संविधानका विषयमा बुधवार पनि छलफलमा जुट्ने भएका छन । दिउँसो एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल हुने कार्यक्रम छ ।

  • वैद्य पक्ष छापामार युद्धको तयारीमाः प्रचण्ड वैद्य पक्ष छापामार युद्धको तयारीमाः प्रचण्ड

    काठमाडौं, चैत ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य पक्ष छापामार युद्धको तयारीमा लागेको आरोप लगाउनुभएको छ । संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले शान्ति र संविधानको बाटो छोडेर वैद्य पक्ष छापामार युद्धको तयारीमा लागेको र त्यो उसका लागि आत्मघाती हुने बताएको स्रोतले जनाएको छ । प्रचण्डको भनाई उधृत गर्दै स्रोतले उज्यालोलाई भन्यो, ‘शान्ति र संविधान पूरा गर्नुपर्ने नागरिकको चाहना विपरित मनोगत र महत्वाकांक्षी भएर एकथरि साथीहरु आत्मघाती बाटोतिर ल...

  • चैत १० भित्र शीर्ष नेताबीच सहमति नभए सभाषदहरु नै आन्दोलनमा उत्रिने चैत १० भित्र शीर्ष नेताबीच सहमति नभए सभाषदहरु नै आन्दोलनमा उत्रिने

    काठमाडौं, चैत ७ – संविधानसभाका सभाषदहरुले ३ दिनभित्र सहमति कायम गरि शान्ति र संविधान निर्माणको काम अघि बढाउन शीर्ष नेतालाई आग्रह गरेका छन् । नेकपा एमालेका सभासद्हरुले गठन गरेको शान्ति र संविधान दवाव समितिले आज गरेको छलफलमा सभाषदहरुले चैत १० गतेसम्म सहमति कायम गरि संविधान लेखनको कामलाई अघि अल्टिमेटम दिएका हुन् ।

  • नयाँ जनदेशमा जानुपर्छः काँग्रेस नेता गिरी नयाँ जनदेशमा जानुपर्छः काँग्रेस नेता गिरी

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, चैत ७ – नेपाली काँग्रेसका नेता प्रदिप गिरीले नयाँ जनादेशका लागि चुनावमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपरासीले मंगलबार सदरमुकाम परासीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधानसभाको म्याद थप्नु अनैतिक हुने बताउनुभयो ।

  • कार्यशैली बारेका जनगुनासो छानबिन गर्न भट्टराईको सरुवाः मन्त्री गिरी कार्यशैली बारेका जनगुनासो छानबिन गर्न भट्टराईको सरुवाः मन्त्री गिरी

    काठमाडौं, चैत ७ – श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीले कार्यशैलीका बारेमा गुनासो आएकोले छानबिन गर्न वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई सरुवा गरेको दावी गर्नुभएको छ । मन्त्री गिरीले विज्ञप्ति निकालेर भट्टराई विरुद्ध लिखित र मौखिक गुनासो प्राप्त भएकोले तीन महिनाका लागि मन्त्रालयमा काज सरुवा गरेको बताउनुभएको छ ।

  • बाबुरामको सरकार केही दिन भित्रै ढल्छः ओली बाबुरामको सरकार केही दिन भित्रै ढल्छः ओली

    बिराटनगर, चैत ७ – नेकपा एमालेका नेता केपी ओलीले वर्तमान् सरकार केही दिनभित्रै ढल्ने दावी गर्नुभएको छ । नेकपा एमाले कोशी अञ्चलले मंगलबार बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता ओलीले यो सरकारले केही दिन भित्रमा शान्ति र संविधानको बिषयमा ठोस निष्कर्ष नदिए सरकारको विकल्प खोजिने बताउनुभयो ।

  • छिटो संक्रमणकाल अन्त्य गर्न प्रधानमन्त्रीलाई युरोपेली संघको आग्रह छिटो संक्रमणकाल अन्त्य गर्न प्रधानमन्त्रीलाई युरोपेली संघको आग्रह

    काठमाडौ, चैत ७ – नेपाल भ्रमणमा रहेको युरोपेली संघको टोलीले छिटो राजनीतिक सहमति गरेर तत्काल संक्रमणकाल अन्त्य गर्न आग्रह गरेको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसित मंगलवार बिहान सिंहदरवारमा भएको भेटमा टोलीले शान्ति प्रकृया र संबिधान निमार्णमा देखिएका बिबाद तत्काल हल गर्न आग्रह गरेको हो ।

  • नेविसंघको अधिवेशन तयारी समिति भंग गर्न माग नेविसंघको अधिवेशन तयारी समिति भंग गर्न माग

    काठमाडौ, चैत ७ – संस्थापन पक्षकै विद्यार्थी नेताहरुले नेपाल विद्यार्थी संघको अधिबेशन तयारी समिति भंग हुनुपर्ने माग गरेका छन् । अहिले गठित समितिलाई जम्बो समितिको संज्ञा दिँदै उनीहरुले अधिबेशन नगर्ने षड्यन्त्र भएको दावी गरेका छन् ।

  • माओवादीको संस्थापन पक्षको भेला हुँदै

    काठमाडौ, चैत ७ – एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको भेला मंगलवार पनि हुने भएको छ । संस्थापन पक्षका नेताहरुको भेला बिहान ११ बजे ललितपुरमा हुनेछ । पार्टी उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरले नेतृत्व र सरकार बिरुद्ध आन्दोलन घोषणा गरेपछि संस्थापन पक्षले सोमबारदेखि छुट्टै भेला शुरु गरेको हो ।

  • गिरिजाप्रसाद कोइरालाको स्मृतिमा देशभरि कांग्रेसको कार्यक्रम

    काठमाडौ, चैत ७ – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको दोस्रो स्मृति दिवसका अवसरमा कांग्रेसले मंगलवार देशब्यापी कार्यक्रम गरेको छ ।

  • एमालेका सभासद्ले शान्ति र संविधानका लागि दबाब बढाउने

    काठमाडौ, चैत ७ – शान्ति प्रकृया र संविधान निर्माणमा दवाव दिन नेकपा एमालेका सभासद्हरुले गठन गरेको शान्ति र संविधान दवाव समितिले मंगलवारदेखि छलफल तीब्र पार्ने भएको छ ।

  • संस्थापन पक्षको बैठक ‘किरण’ हलमा ! गुञ्जियो प्रचण्डको हाँसो संस्थापन पक्षको बैठक ‘किरण’ हलमा ! गुञ्जियो प्रचण्डको हाँसो

    हिम बिष्ट/ उज्यालो । ललितपुर, चैत ६ – वैद्य पक्षले सरकार र नेतृत्वविरुद्ध आन्दालन गरेपछि संस्थान पक्षले सोमबार आफू पक्षीय केन्द्रीय तहसम्मको भेला बोलाएको थियो । ललितपूरको होटल समिटमा दिउसो १२ बजेका लागि निर्धारित बैठक सुरु हुनै लाग्दा अध्यक्ष प्रचण्ड बैठक स्थलमा छिर्नुभयो ।

  • सहमतिको आधार नभई सरकार ढाल्दैनौँ : गुरुङ सहमतिको आधार नभई सरकार ढाल्दैनौँ : गुरुङ

    काठमाडौ, चैत ६ – एकीकृत नेकपा माओवादी संसदीय दलका प्रमुख सचेत देवप्रसाद गुरुङले आफ्नो आन्दोलन शान्ति, संविधान र सहमतिको सरकारको पक्षमा भएको भन्दै राष्ट्रिय सहमति बनाएर मात्रै सरकार परिवर्तन गरिने स्पष्ट पार्नुभएको छ । सोमबार रिपोर्टस् क्लबमा भएको कार्यक्रममा गुरुङले आफूहरुलाई शान्ति र संविधान विरोधी भन्नेहरु नै संविधान बिरोधी भएको आरोप लगाउनुभयो ।

  • मर्यादा नाघ्ने मन्त्री र राज्यमन्त्रीसँग प्रधानमन्त्रीको स्पष्टिकरण मर्यादा नाघ्ने मन्त्री र राज्यमन्त्रीसँग प्रधानमन्त्रीको स्पष्टिकरण

    काठमाडौं, चैत ६ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विवादास्पद र अमर्यादित काम गरेको भन्दै १ मन्त्री र २ राज्यमन्त्रीसँग स्पष्टिकरण लिनुभएको छ । प्रधानमन्त्री भट्टराईले श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरी, स्वास्थ्य राज्यमन्त्री सरोज यादव र भूमी सुधार राज्यमन्त्री ज्वाला साहसँग स्पष्टिकरण लिनुभएको हो । स्वास्थ्य राज्यमन्त्री यादवले गएराती रक्सी खाएर वीर अस्पतालमा पुगी स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले त्यसबारेमा स्पष्टिकरण सोध्नुभएको हो । श...

  • भातृ संगठनको विषयमा कांग्रेसमा फेरि विवाद

    काठमाडौ, चैत ६ – नेपाल विद्यार्थी संघको अधिबेशन तयारी समिति गठनसँगै नेपाली काँग्रेसको संस्थापन र देउवा पक्षविचको विवाद चर्किएको छ । समिति विस्तारको म्याण्डेट सहित गठित तीन सदस्यीय समितिमै सहमति नभई आइतबार नेविसंघको एक सय एक सदस्यीय समिति गठन भएको थियो ।

  • माओवादी संस्थापन पक्षको भेला हुँदै

    काठमाडौ, चैत ६ – उपाध्यक्ष मोहन वैद्य पक्षले सरकार र पार्टी बिरुद्ध आन्दोलन घोषणा गरेपछि रणनीति बनाउन माओवादीको संस्थापन पक्षले सोमबार काठमाडौमा भेला गर्दैछ । बिहान ११ बजे ललितपुरको होटल समिटमा संस्थापन पक्षले भेला गर्न लागेको हो ।

  • वेल्जियमका लागि प्रस्तावित राजदुत पोख्रेलको एग्रिमो आयो

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, चैत ५ - वेल्जियमको लागि प्रस्तावित नेपाली राजदुत  राममणी पोख्रेलको एग्रिमो आएको छ ।   माओबादी बाट मनोनीत  पोख्रेल अवको एक महिना भित्र वेल्जियमको लागि नया नेपाली राजदुतको रुपमा कार्य गर्न आइ पुग्नु हुने दुतावासले जनाएको छ ।

  • नेवि संघको तदर्थ कार्यसमिति विस्तार

    काठमाडौं, चैत ५ - नेपाली काँग्रेसले नेवि संघको तदर्थ कार्यसमिति विस्तार गरेको छ । झण्डै डेढ महिनाअघि रञ्जित कर्णलाई संयोजक तोकिएपनि समितिका सदस्यहरु भने तोकिएको थिएन । आज विस्तारित १ सय १ जनाको समितिलाई ६ महिनाभित्र केन्द्रिय अबिधेशन गराईसक्ने जिम्मेवारी दिइएको तदर्थ समितिका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो ।

  • एक अर्काको काममा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन एक अर्काको काममा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, चैत ५ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक अर्काको काममा हस्तक्षेप नगर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री र सचिवहरुबीचको सम्बन्ध विग्रन थाले पनि संयुक्त छलफल गरी प्रधानमन्त्री भट्टराईले मन्त्री र सचिवको काम कानूनले नै स्पष्ट तोकेको भन्दै हस्तक्षेप नगर्न निर्देशन दिनुभएको हो ।

  • माओवादीलाई फुटाउन खोजिंदैछः पोखरेल

    नेपालगञ्ज, चैत्र ५ एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले साम्राज्यवादी शक्तिहरुले माओवादी पार्टी फुटाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

  • एमालेका सभाषदहरुको दवाव समुह गठन

    काठमाडौं, चैत्र ५ शान्ति प्रकृया र संविधान निर्माणमा दवाव दिन नेकपा एमालेका सभासद्हरुले शान्ति र संविधान दवाव समिति गठन गरेका छन् । सभासद्हरुको आइतवार भएको भेलाले सभासद् यामलाल कँडेलको संयोजकत्वमा दवाव समिति गठन गरेको हो ।

  • फोरम (लोकतान्त्रीक) मा चर्को बिवाद

    काठमाडौं, चैत्र ५ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) भित्र सरकारबाट फिर्ता हुन चर्को दबाब परेको छ । सरकारमा बसेर पनि मधेश र मधेशी मुद्दामा सन्तोषप्रद काम हुन नसकेको भन्दै संस्थापन पक्षसँग असन्तुष्ट सभासद्हरुले सरकारबाट फिर्ता हुन दबाब दिएका हुन् ।

  • पारस र प्रकाश उस्तै : बिजुक्छे पारस र प्रकाश उस्तै : बिजुक्छे

    रमेश गिरी/उज्यालो ।   भक्तपुर, चैत ५ -  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान विजुक्छेले सगरमाथा चढ्नका लागि सरकारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई दुई करोड दिने निर्णय सामन्तवाद कै निरन्तरता भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले गरेको कार्यक्रममा बिजुक्छेले प्रकाशलाई सगरमाथा चढ्नका लागि भन्दै  मन्त्री परिषद्बाट  दुई करोड रकम दिने निर्णयको विरोध गर्नुभयो ।

  • सरकारी ढुकुटीको रकम नलिने घोषणापछि प्रकाश फेसबुकमा सरकारी ढुकुटीको रकम नलिने घोषणापछि प्रकाश फेसबुकमा

    काठमाडौं, चैत ५ - झण्डै २० घण्टा फेसबुकबाट हराएका प्रकाश दाहाल फेसबुकमा देखा पर्नुभएको छ ।  सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेपछि  फेसबुक वालमै आलोचना हुन थालपछि फेसबुक पेज डिएक्टिभ गरेका प्रकाशले फेसबुक पेज एक्टिभ गरी स्टाटसमा पत्रकार सम्मेलनको जानकारी दिनुभएको छ । सरकारले दिन लागेको  २ करोड रुपैयाँ नलिने घोषणा गर्नका लागि आयोजित पत्रकार सम्मेलनबारे प्रकाशले फेसबुकबाटै जानकारी गराउनुभएको हो ।

  • सरकारबाट फिर्ता हुन फोरम लोकतान्त्रिकका सभासद्को माग

    काठमाडौ चैत ५– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अधिकांस सभासद्ले सरकारप्रति असन्तुष्टि जनाउँदै सरकारबाट फिर्ता हुनुपर्ने माग गरेका छन् । फोरम लोकतान्त्रिकको कार्यालय  सिंहदरवारमा आइतबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेर पनि सोचे अनुसार काम गर्न नसकेको भन्दै सरकारबाट बाहिरिनु पर्ने बताएका हुन् । सभासद्हरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।

  • संघीयता विनाको संविधान जारी गर्ने तयारी : बैद्य

    जनकपुर, चैत ५ – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले संघीयता बिनाको संविधान जारी गर्ने तयारी भइरहेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ धनुषाले आइतबार जनकपुरमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष बैद्यले संघीयता विनाको संविधान जारी गरिए आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया