MENU
ujyaalo forign call inside

राजनीति

  • ‘सरकारको नेतृत्व गरेकै दलले संसद बहिष्कार गर्नु आपत्तिजनक’ ‘सरकारको नेतृत्व गरेकै दलले संसद बहिष्कार गर्नु आपत्तिजनक’

    काठमाण्डौं, फागुन ३ - नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेको एकीकृत नेकपा माओवादी भित्रैबाट संसद बहिष्कार गर्नु आपत्ती जनक भएको ठहर गरेको छ । काँग्रेस संसदीय दलको बैठकले सुपुर्दगी सम्बन्धि कानून, पारस्परिक सहायता कानूनी विधेयक र संगठित अपराध सम्बन्धी विधेयक विरुद्धमा आवाज उठाउने काम हुनु आपतिजनक भएको ठहर गरेको हो ।

  • पहिले शान्ति प्रकृया, त्यसपछि बल्ल संविधान लेखनः काँग्रस–एमाले पहिले शान्ति प्रकृया, त्यसपछि बल्ल संविधान लेखनः काँग्रस–एमाले

    काठमाडौं, फागुन ३ – नेपाली काँग्रेस र नेकपा एमालेले शान्ति प्रकृयाको काम अघि बढेपछि मात्र संविधान लेखनको कामलाई तीव्रता दिनुपर्ने बताएका छन । बुधबार बिहान बसेको संवैधानिक समितिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेस नेता रमेश लेखकले शान्ति प्रकृयाले गति नलिएसम्म संविधान लेखनको काम अघि बढ्न नसक्ने बताएका थिए ।

  • शान्ति र संविधान लेखनमा गम्भीर भएर लाग्ने शीर्ष नेताको प्रतिवद्धता

    काठमाडौं, फागुन ३ – मुख्य तीन राजनीतिक दलका शीर्ष नेताले शान्ति र संविधान लेखन प्रकृया प्रति गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाएका छन । सोमबार बिहान राष्ट्रपति डा. रामबरण यादवले शान्ति र संविधान लेखन प्रकृया अगाडी नबढेको भन्दै चिन्ता जनाएपछि मुख्य तीन राजनीतिक दलका शीर्ष नेताले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

  • काँग्रेसको संसदीय दलको बैठक बस्दै काँग्रेसको संसदीय दलको बैठक बस्दै

    काठमाडौं, फागुन ३ – शान्ति र संविधानका विषयमा छलफल गर्न नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बुधबार दिउसो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा शान्ति र संविधान लेखन प्रकृयाका विषयमा छलफल हुने संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।

  • राष्ट्रपति यादव र तीन दलका शिर्ष नेताबीच भेटवार्ता

    काठमाडौं, फागुन ३ - राष्ट्रपति डाक्टर रामबरण यादव र मुख्य तीन दलका शिर्ष नेताहरुबीच अहिले भेटवार्ता भैरहेको छ । राष्ट्रपतिलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शुसिल कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका शीर्ष नेताहरु शितल निवास पुगेका हुन् ।

  • नेपाल भारतबीच मन्त्रीस्तरिय छलफल आज

    काठमाडौं, फागुन ३ - नेपाल भारतबीचको जलस्रोत विकास सम्बन्धी मन्त्रीस्तरीय बैठक आजदेखि नयाँ दिल्लीमा शुरु हुँदैछ । बैठकमा पञ्चेश्वर बहुउदेश्यीय परियोजना, सप्तकोशी उच्च बाँध बहुउदेश्यीय परियोजना, कोसी र गण्डक बाँध, नौमुरे परियोजना, विद्युत् विकास सम्झौता, सीमाक्षेत्र डुबानजस्ता विषयमा छलफल हुने उर्जा मन्त्रालयले जनाएको छ ।

  • तयारीका लागि एमालेको बैठक

    काठमाडौं, फागुन ३ - राष्ट्रिय प्रतिनिधि परिषद् भेलाको तयारीका लागि नेकपा एमालेको १३ औं केन्द्रीय कमिटि बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजे बैठक बस्न लागेको हो । केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार आज अध्यक्ष झलनाथ खनालले यसअघि प्रस्तुत गरेको पार्टीको  आन्तरिक एकता सम्बन्धी प्रस्ताव पेश गर्नु हुनेछ ।

  • राष्ट्रपति र प्रचण्डबीच भेट हुँदै

    काठमाडौं, फागुन ३ - राष्ट्रपति डाक्टर रामबरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले केहीबेरमा भेटवार्ता हुँदैछ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुग्नु भएको छ ।

  • संसदमा प्रस्तुत भएका विधेयक पारित हुँदैनन् : गुरुङ संसदमा प्रस्तुत भएका विधेयक पारित हुँदैनन् : गुरुङ

    काठमाण्डौं, फागुन २ - एकीकृत नेकपा माओवादीका नेता देबप्रसाद गुरुङले सरकारले संसदमा प्रस्तुत गरेको सम्पत्ति सुद्धिकरण, सुपुर्दगी सन्धी र कानूनी सहायता सम्बन्धी विधेयक पारित हुनै नसक्ने ठोकुवा  गर्नुभएको छ । रिपोर्टर्स क्लबले काठमाण्डौंमा गरेको कार्यक्रममा नेता गुरुङले पार्टीले विधेयक पारित नगर्ने निर्णय गरेकोले सरकारले सहमति विना ल्याएको विधेयक पारित नहुने स्पष्ट पार्नुभयो ।

  • शान्ति प्रकृयाका आधारभुत काम नगरे सरकार ढल्ने : सिटौला

    कपिल कोईराला/उज्यालो । काभ्रे, फागुन २ - नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले शान्ति प्रकृयाका आधारभुत काम सम्पन्न नगरे बाबुराम सरकार समाप्त हुने बताउनुभएको छ । नेपाली काँग्रेस काभ्रेले शुभारम्भ गर्न लागेको प्रशिक्षण कार्यक्रममको बनेपामा उद्घाटन गर्दै महामन्त्री सिटौलाले शान्ति प्रकृया र संविधान निर्माणका आधारभुत काम सम्पन्न नगरे प्रचण्ड सरकार ढल्या जस्तो बाबुराम सरकार पनि आफै ढल्ने बताउनुभएको हो ।

  • माओवादी एसियाकै धनी पार्टी : नेपाल माओवादी एसियाकै धनी पार्टी : नेपाल

    भक्तपुर, फागुन २ - नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत नेकपा माओवादी एसियाकै धनी पार्टी भएको दावी गर्नुभएको छ । भक्तपुरको थिमीमा रहेको कृषि विकास बैक कर्मचारी संघको केन्द्रीय परिषदको उद्घाटन गदै नेता नेपालले एशियाकै धनी पार्टी भएको माओवादीले विश्वकै धनी पार्टी बन्ने सपना देखेर लडाकूको पैसा खोसेको आरोप लगाउनुभयो । लडाकूको पैसा खोस्दा माओवादी आफै खाडलमा परेको उहाँको भनाई थियो ।

  • पुन-टाम्राट भेट

    काठमाण्डौं, फागुन २ - एशिया क्षेत्रका लागि राजनीतिक मामिलासम्बन्धि राष्ट्र सङ्घीय मिशनका निर्देशक स्यामुयल टाम्राटले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग राजनीतिक भेटबार्ता गर्नु भएको छ । टाम्राटले अर्थ मन्त्री पुनसंग भएको भेटमा नेपालको शान्ति प्रकृया र सबिधान निमार्णको बारेमा मात्रै छलफल गरेको अर्थमन्त्रालयले जनाएको छ । भेटमा निर्देशक टाम्राटले स्वेच्छिक अवकाशमा जाने लडाकुलाई विदाई गरेकोमा माओबादीलाई बधाई दिंदै समायोजनको मुख्य काम सुरु भईनसकेकाले अझै चुनौती कायमै रहेको बताउनु भएको अर्थमन्त्रालयले जनाएको छ ।

  • कस्तो छ त एमालेको राज्य पुर्नसंरचनाको प्रस्ताव ? कस्तो छ त एमालेको राज्य पुर्नसंरचनाको प्रस्ताव ?

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, फागुन २ - नेकपा एमालेको संघीय विभागले तयार पारेको राज्य पुर्नसंरचनाको प्रस्ताव पार्टीलाई बुझाएको छ । ८ प्रदेश र त्यसको विकल्पमा तयार पारिएको १२ प्रदेशको प्रस्ताव विभागका प्रमुख पर्शुराम मेघी गुरुङ्गले एमाले अध्यक्ष झलनाथ खनाललाई बुझाउनु भएको हो । संघीय विभागका प्रमुख गुरुङ्गले क्षेत्रीयस्तरमा नेता कार्यकर्ता, संसदीय दल  र सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो ।

  • बिशेष अदालतद्वारा ५ जनालाई कैद र करोडौं रुपैयाँ जरिवाना बिशेष अदालतद्वारा ५ जनालाई कैद र करोडौं रुपैयाँ जरिवाना

    काठमाण्डौं, फागुन १ - सुडानमा खटिएको प्रहरी टोलीका लागि आवश्यक सामाग्री खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतले ३ जना पूर्व प्रहरी महानीरिक्षक र सामान दिने वेलायती कम्पनीका सञ्चालकलाई २-२ वर्ष र कम्पनीका नेपाली ठेकेदार शम्भू भारतीलाई एक वर्ष कैद गर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायधिस गौरीबहादुर कार्की र सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले दोषीहरुबाट जरिवान सहित बिगो रकम पनि भराउने फैसला गरेको छ । बिशेष अदालतले पूर्व प्रहरी महानीरिक्षकहर...

  • संविधान जारी नगरी राजीनामा दिन्नँ: प्रधानमन्त्री संविधान जारी नगरी राजीनामा दिन्नँ: प्रधानमन्त्री

    पोखरा, फागुन १ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रकृया र संविधान निर्माण पुरा नभएसम्म राजीनामा नगर्ने बताउनुभएको छ । १७ औँ जनयुद्ध दिवसका अवसरमा पोखराको अमसिंहचौरमा आयोजित सभामा प्रधानमन्त्रीले वर्तमान् सरकार शान्ति र संविधान निर्माण गर्ने जिम्मेवारीबाट नभाग्ने बताउनुभयो ।

  • एमालेलाई मिति थाहा छैन ? एमालेलाई मिति थाहा छैन ?

    काठमाडौं, फागुन १ – तपाईँले कोठाको भित्तामा झुड्याएको क्यालेण्डरको माघ महिनामा कति दिन छन् ? २९ दिन । हो, २०६८ सालको माघ महिनामा २९ दिन अर्थात २९ गतेसम्म छ ।

  • सर्वोच्च अदालतको आदेश हैन, जनताको अदालत मान्छौँ : प्रचण्ड सर्वोच्च अदालतको आदेश हैन, जनताको अदालत मान्छौँ : प्रचण्ड

    कमल पराजुली/ उज्यालो । काठमाडौं, फागुन १ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको म्याद ६ महिना मात्रै थप गर्न सकिने सर्वोच्च अदालतको आदेश आफ्नो पार्टीले नमान्ने बताउनुभएको छ । १७ औँ जनयुद्ध दिवसको अवसरमा सोमबार काठमाडौंको खुल्लामञ्चमा भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालत भन्दा जनताको अदालतको आदेश मान्ने बताउनुभयो ।

  • सरकारले ल्याएका विधेयकको वैद्य पक्षद्वारा विरोध सरकारले ल्याएका विधेयकको वैद्य पक्षद्वारा विरोध

    काठमाडौं, फागुन १ – एकीकृत नेकपा माओवादीको मोहन वैद्य किरण पक्षले सरकाले ल्याएका तीन वटा विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक वहिस्कार गरेको छ । बैद्य पक्षको असहमतिका बावजुद उपप्रधान एवं गृहमन्त्री विजय कुमार गच्छदारले संगठित अपराध निवारण विधेयक र उर्जा मन्त्री पोष्ट बहादुर बोगटीले सुपुर्दगी कानून संसोधन विधेयक र पारस्परिक कानून सहायता विधेयक पेश गरेपछि बैद्य पक्षले वैठक वहिस्कार गरेको हो ।

  • सामन्तवाद र साम्राज्यवाद बिरोधी संविधान नबने जनविद्रोहः वैद्य सामन्तवाद र साम्राज्यवाद बिरोधी संविधान नबने जनविद्रोहः वैद्य

    कमल पराजुली उज्यालो । काठमाडौं, फागुन १ – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले सामन्तवाद र साम्राज्यवाद बिरोधी संविधान नबने जनविद्रोहमा जाने चेतावनी दिनुभएको छ । जनयुद्ध दिवसको अवसरमा काठमाडौंको खुल्लामञ्चमा भएको सभालाई सम्बोधन गर्दै उहाँले ४७ सालको जस्तो सविधान बनाउने नभई सामन्तबाद र साम्राज्यबाद बिरुद्धको संविधान बनाउनुपर्ने बताउनुभयो ।

  • ‘काठमाडौंसँग मधेसको सम्बन्ध टुट्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको आलोचना ‘काठमाडौंसँग मधेसको सम्बन्ध टुट्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिको आलोचना

    काठमाडौं, फागुन १ – सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले काठमाडौंसँग मधेसको सम्बन्ध टुट्ने भनि दिएको अभिव्यक्तिको नेपाली काँग्रेस र नेकपा एमालेले कडा आलोचना गरेका छन् । सोमबारको संसद बैठकमा कांग्रेस र एमालेका सभासद्ले यस बारेमा प्रधानमन्त्रीले तत्काल संसदलाई जवाफ दिनु पर्ने माग गरे ।

  • किराँत जनवादी वर्कस पार्टीको वार्ता टोली सार्वजनिक

    श्यामकृष्ण दाहाल/ उज्यालो । भोजपुर, फागुन १ – किराँत जनवादी वर्कस पार्टीले सरकारसँग वार्ता गर्न ५ सदस्यीय वार्ता टोली सार्वजनिक गरेको छ । वर्कसको केन्द्रीय समितिले पारुहाङ किरातीका संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।

  • प्रकृयागत ढंगबाटै विधेयक पारित गर्नुपर्ने माओवादी संसदीय दलको ठहर प्रकृयागत ढंगबाटै विधेयक पारित गर्नुपर्ने माओवादी संसदीय दलको ठहर

    काठमाडौं, फागुन १ – एकीकृत नेकपा माओवादीको संसदीय दलको बैठकले प्रकृयागत ढंगले नै विधेयक पारित गर्नुपर्ने ठहर गरेको छ । संसद शुरु हुनुअघि सोमबार बसेको माओवादी बैठकले नियम निलम्बन गरेर विधेयक पारित गर्न नहुने निर्णय गरेको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

  • जनमत संकलन संयन्त्र गठनमा सरकारले सहयोग नगरेको आरोप जनमत संकलन संयन्त्र गठनमा सरकारले सहयोग नगरेको आरोप

    काठमाडौं, फागुन १ – जनमत संकलन तथा समन्वय समितिका सदस्यहरुले संविधानको पहिलो मस्यौदाको सुझाब संकलनका लागि तयार गर्ने भनिएको दलिय संयन्त्र गठनमा सहयोग नभएको आरोप लगाएका छन् । सोमबार बिहान सिंहदरबारमा बसेको बैठकमा उनीहरुले सुझाब सकंलन गर्न सकियोस भनेर जिल्ला तहमा संयन्त्र निर्माण गर्ने कुरामा सरकारले सहयोग नगरेको भन्दै आपत्ति जनाएका हुन ।

  • माओवादीको ‘जनयुद्ध दिवस’ आज माओवादीको ‘जनयुद्ध दिवस’ आज

    काठमाडौं, फागुन १ सशस्त्र बिद्रोह शुरु गरेको दिनलाई सम्झँदै एकीकृत नेकपा माओवादी र उसका भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गर्दै आज ‘जनयुद्ध दिवस’ मनाउँदैछन् । बिसं २०५२ साल फागुन १ गतेदेखि शुरु भएको सशस्त्र बिद्रोहलाई माओवादीले ‘जनयुद्ध दिवस’ का रुपमा मनाउने गरेको छ ।

  • गच्छदार र गुप्ता एसियाकै ठूला भ्रष्टाचारी : यादव गच्छदार र गुप्ता एसियाकै ठूला भ्रष्टाचारी : यादव

    वैद्यनाथ यादव/उज्यालो । सप्तरी, माघ २९ - मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका दुई नेता विजयकुमार गच्छदार र जयप्रकाश गुप्ता एसियाकै सबभन्दा ठूला भ्रष्टाचारी रहेको आरोप लगाउनुभएको छ । फोरमको तेस्रो सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले निकट भविष्यमा हुने तेस्रो मधेश आन्दोलनमा मधेशी समुदायले गच्छदार र गुप्तालाई समाप्त गर्ने चेतावनी दिनुभयो ।

  • माओवादीका शिविर अब आधा माओवादीका शिविर अब आधा

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, माघ २९ - माओवादी लडाकुका शिविरको भौतिक सम्पत्तिको लगत संकलन गरिने भएको छ । त्यसका लागि सेना समायोजन विशेष समितिले सचिवालयका सदस्य रमानन्द मिश्रको संयोजकत्वमा कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको समितिको बैठकले एक हप्ता भित्र विशेष समितिलाई प्रतिवेदन बुझाउने गरी पाँच सदस्सीय कार्यदल गठन गरेको नेपाली कांग्रेसका तर्फबाट विशेष समितिका सदस्य डाक्टर रामशरण महतले जानकारी दिनुभयो ।

  • राप्रपाका प्रवक्ता पण्डितको निधन राप्रपाका प्रवक्ता पण्डितको निधन

    काठमाण्डौं, माघ २९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको निधन भएको छ । ७० वर्षीय पण्डितको ह्रदयाघातका कारण प्यूठानमा निधन भएको हो । प्यूठानको धर्मावती गाविस बाग्दुला घर भएका पण्डित काठमाण्डौंको धुम्बाराहीमा बस्दै आउनुभएको  थियो । उहाँ पार्टीको कामका शिलशिलामा प्यूठानमा हुनुहुन्थ्यो ।

  • सहमतीय सरकारको नेतृत्वका लागि खुला छलफल गर्न माओवादी तयार सहमतीय सरकारको नेतृत्वका लागि खुला छलफल गर्न माओवादी तयार

    काठमाडौं, माघ २९ – एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा खुल्ला छलफल गर्न सकिने निष्कर्ष निकालेको छ । पार्टी संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकका सहभागीले सरकारको नेतृत्वका बारेमा खुल्ला छलफल गर्न सकिने निष्कर्ष निकालेको हो ।

  • देशलाई हावाको भरमा काँक्रा र फर्सीजस्तो चिर्न हुँदैनः महत देशलाई हावाको भरमा काँक्रा र फर्सीजस्तो चिर्न हुँदैनः महत

    बाग्लुङ, माघ २९ – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संघीयताको विषयलाई बहुमत र अल्पमतको आधारमा टुङ्ग्याउन नहुने बताउनुभएको छ । प्रेस युनियनले आइतबार बिहान बाग्लुङमा गरेको पत्रकार सम्मेलनमा नेता महतले संघीयता संवेदनशील विषय भएको भन्दै यसलाई सहमतिको आधारमा टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।

  • दलहरुबीच कुरा नमिलेपछि संविधानसभाको निर्देशन माग्ने निर्णय दलहरुबीच कुरा नमिलेपछि संविधानसभाको निर्देशन माग्ने निर्णय

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, माघ २९ – विवादित विषयमा सहमति जुटाउने कार्यतालिका अनुसार काम हुन नसकेपछि दलहरुले संविधान निर्माणको अबको कामबारे संविधानसभाबाट निर्देशन माग्ने निर्णय गरेका छन् । आइतबारसम्म सहमति जुटाउने कार्यतालिका कार्यान्वयन हुन नसकेपछि बिहान बसेको संवैधानिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

  • फागुनमा धेरै काम गरः राष्ट्रपति यादव फागुनमा धेरै काम गरः राष्ट्रपति यादव

    काठमाडौं, माघ २९ - राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माणका लागि फागुन  महिनालाई भरपुर उपयोग गर्न प्रधानमन्त्री मार्फत दलहरुको ध्यानाकर्षण गर्नुभएको छ ।

  • आन्तरिक बिवादका बारेमा छलफल गर्न माओवादीको बैठक आन्तरिक बिवादका बारेमा छलफल गर्न माओवादीको बैठक

    काठमाडौं, माघ २९ - ‘जनसत्ता’का लिखतलाई सरकारी सरह मान्यता दिने सरकारी निर्णय फिर्ता लिएपछि सुरु भएको बिवादका बारेमा छलफल गर्न आज पनि एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ ।

  • आज पनि संवैधानिक समितिको बैठक

    काठमाडौं, माघ २९ संविधान निर्माण कार्यतालिकाको विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक बस्दैछ । बिहान ९ बजे समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा यसबारे छलफल हुने समिति सदस्य लक्ष्मणलाल कर्णले बताउनुभयो ।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

    काठमाडौं, माघ २९ राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता हुँदैछ । राष्ट्रपति कार्यालय शितल निवासमा अहिले केहीबेरमा हुने भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने कार्यक्रम छ ।

  • भट्टराईले तत्काल राजिनामा दिनु पर्ने वैद्य पक्षको माग

    काठमाण्डौं, माघ २८ - एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले तत्काल प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजिनामा दिनु पर्ने माग गरेको छ । राष्ट्रिय सहमतीको सरकारका बारेमा छलफल गर्न शनिवार सिंहदरवारमा बसेको स्थायी समिति बैठकमा बैद्य पक्षले प्रधानमन्त्रीको राजिनामापछि मात्र विकल्प खोज्नु पर्ने बताएको हो । तर संस्थापन पक्षले भने अहिले नै राजिनामा दिँदा झन अस्थिरता हुने  र शान्ति र संविधान अलपत्र हुने भन्दै राजिनामा दिन अस्विकार गरेको छ ।

  • सकियो चेक वितरण सकियो चेक वितरण

    काठमाडौं, माघ २८ –  सेना समायोजन विशेष समितिले स्वेच्छिक अवकास रोजेका लडाकूलाई चेक वितरणको काम सकेको छ । कैलालीमा रहेको माओवादी सातौं डिभिजन मुख्यालय र सहायक शिविरम चेक वितरण गर्ने काम शनिबार सकिएपछि सबै शिविरमा चेक वितरणको काम सकिएको विशेष समिति सचिवालयले जनाएको छ । विशेष समिति सचिलयालका संयोजक बालानन्द शर्माले मुख्य तथा सहायक शिविरमा रहेका ७ हजार २ सय ८२ जना लडाकुलाई स्वेच्छिक अवकाशको पहिलो किस्ता बापतको चेक वितरण गरिएको जानकारी दिनुभयो । बाँकी ६४ जनालाई  पनि एक महिनाभित्...

  • फेरी संविधान निर्माण कार्यतालिका फेर्ने निर्णय फेरी संविधान निर्माण कार्यतालिका फेर्ने निर्णय

    काठमाडौं, माघ २८ – विवादका विषयमा सहमति नजुटेपछि मुख्य तीन दलले फेरि संविधान निर्माण कार्यतालिका फेर्ने निर्णय गरेका छन् । तीन दलका शीर्ष नेताको  सिंहदरबारमा बसेको बैठकले कार्यतालिका फेर्न निर्णय गरेको हो ।

  • प्रचण्ड र राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि टाम्राटबीच छलफल प्रचण्ड र राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि टाम्राटबीच छलफल

    काठमाडौं, माघ २८ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुईदिनमै शान्ति र संविधानका पक्षमा देखिने गरी काम हुने बताउनु भएको छ । शनिबार बिहान आफ्नै निवास लाजिम्पाटमा राष्ट्रसंघ महासचिव वानकी मुनका विशेष प्रतिनिधि स्यामुअल टाम्राटसँगको भेटमा प्रचण्डले दलहरुबीच छलफल चलिरहेकोले एक दुई दिनमै शान्ति र संविधान लेखन प्रकृयामा देखिनेगरी काम हुने बताउनु भएको हो ।

  • ‘राजनीति आर्थिक लाभ प्राप्त गर्ने साधन बन्दैछ’ ‘राजनीति आर्थिक लाभ प्राप्त गर्ने साधन बन्दैछ’

    काठमाडौं, माघ २८ –  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्वको आडमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भ्रष्टाचारको मूल सधैं माथिल्लो तहको राजनीतिक र प्रशासनिक नेतृत्वमा हुने गरेको बताउनुभयो ।

  • तीनदलका शीर्ष नेताहरु छलफलमा

    काठमाडौं, माघ २८ – संविधान लेखन प्रकृयाका विषयमा छलफल गर्न मुख्य तीन दलको बैठक बस्दैछ । संविधानसभाका विभिन्न समितिमा देखिएका विवादित विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया