MENU
ujyaalo forign call inside

राजनीति

  • माओवादी र मधेसी मोर्चाको बैठक बस्दै

    काठमाडौं, माघ २८ – विगतमा भएका सहमतिको कार्यान्वयन र सरकारका कामको प्रभावकारीताका विषयमा छलफल गर्न आज एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ । दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा यसअघि भएका सहमतिको कार्यान्वयनका विषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

  • माओवादी बैठक

    काठमाडौं, माघ २८ पार्टीभित्र फेरि शुरु भएको विवाद र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा आज पनि एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्ने भएको छ ।

  • माओवादीले वाईसीएललाई आर्थिक प्याकेज दिने माओवादीले वाईसीएललाई आर्थिक प्याकेज दिने

    काठमाडौं, माघ २७ – एकीकृत नेकपा माओवादीले भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल) कार्यकर्तालाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर वाईसीएल कार्यकर्तालाई सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको हो । पार्टीप्रति असन्तुष्टी पोख्दै आन्दोलन शुरु गरेको वाईसीएलका माग सम्बोधन गर्न माओवादीले यस्तो निर्णय गरेको हो ।   बैठकपछि नेता वर्षमान पुन ‘अनन्त’ले युद्धका बेला योगदान पुर्‍याएका कार्यकर्तालाई सम्मान गरिने जानकारी दि...

  • दलहरुबीच विवाद बढेकोप्रति राष्ट्रपतिको चिन्ता दलहरुबीच विवाद बढेकोप्रति राष्ट्रपतिको चिन्ता

    काठमाडौं, माघ २७ – राष्ट्रपति डा. रामबरण यादवले पछिल्लो समय दलहरुबीच विवाद बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सभामुख सुवासचन्द्र नेम्बाङसँग शुक्रबार भएको भेटवार्तामा राष्ट्रपतिले दलहरुबीच सहमति नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

  • माओवादी, प्रजातन्त्रवादी र राजावादी मिल्नुको विकल्प छैनः भारतीय राजदुत माओवादी, प्रजातन्त्रवादी र राजावादी मिल्नुको विकल्प छैनः भारतीय राजदुत

    काठमाडौं, २७ माघ – भारतीय राजदुत जयन्त प्रसादले माओवादी, प्रजातन्त्रवादी र राजावादीबीच मतभेद हुनु स्वभाविक भए पनि उनीहरुसँग सहमति कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाद्वारा निर्मित नेपाल भारत सम्बन्ध बारेको वृत्तचित्रको शुक्रबार काठमाडौंमा सुभारम्भ गर्दै राजदुत जयन्तप्रसादले भन्नुभयो, ‘माओवादी, प्रजातन्त्रवादी र राजावादीबीच सहमति कायम गर्नुको विकल्प छैन ।&rsquo

  • मालपोत कार्यालयमा माओवादीको ताला मालपोत कार्यालयमा माओवादीको ताला

    एल. वि. मगर/ उज्यालो । रोल्पा, माघ २७ – तत्कालिन जनसत्ताले गरेका घरजग्गा कारेबारलाई मान्यता दिने निर्णय सरकारले फिर्ता गरेको विरोधमा माओवादी कार्यकर्ताले विभिन्न जिल्लाका मालपोत कार्यालयमा तालाबन्दी गरेका छन् । पुष २७ गते मन्त्रीपरिषद्ले गरेको निर्णय कायम राख्नुपर्ने माग गर्दै माओवादी कार्यकर्ताले मालपोत अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

  • ‘राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन नसच्याईए परिणाम गम्भीर’

    काठमाडौं, माघ २७ – भेरी–कर्णाली राष्ट्रिय मुक्ति मोर्चा, नेपालले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन नसच्याईए गम्भीर परिणाम निम्तने चेतावनी दिएको छ । राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनले भौगोलीक उत्पीडनमा परेको कर्णाली प्रदेशको आन्तरिक राष्ट्रियता र आत्म निर्णयको अधिकारलाई कुण्ठित पारेको भन्दै मोर्चाले सच्याउन माग गरेको हो ।

  • प्रधानमन्त्रीको राजीनामाको विषयले माओवादीमा विवाद चर्कियो प्रधानमन्त्रीको राजीनामाको विषयले माओवादीमा विवाद चर्कियो

    काठमाडौं, माघ २७ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षधरले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने माग गरेपछि माओवादी स्थायी समिति बैठकमा विवाद चर्किएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रबार बिहान बसेको बैठकमा संस्थापन पक्षले तत्काल अर्को सरकार आफ्नो नेतृत्वमा बन्न सक्ने अवस्था नरहेको र भट्टराईको विकल्प नभएको भन्दै वैद्य पक्षको आलोचना गरेको छ ।

  • एमालेको पोलिटव्यूरो बैठक बस्दै एमालेको पोलिटव्यूरो बैठक बस्दै

    काठमाडौं, माघ २७ राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारीका लागि नेकपा एमालेको पोलिटव्यूरो बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालले ८ औं महाधिवेशन पछिको समिक्षा सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

  • आन्तरिक बिवाद चर्किएपछि माओवादीको बैठक बस्दै आन्तरिक बिवाद चर्किएपछि माओवादीको बैठक बस्दै

    काठमाडौं, माघ २७ एकीकृत नेकपा माओवादी भित्र फेरि शुरु भएको विवाद समाधानका लागि स्थायी समिति बैठक बस्दैछ । अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय सरकारले फिर्ता लिएपछि असन्तुष्ट भएको वैद्यपक्षको नयाँ माग र राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

  • जनसत्ताले गरेका घर जग्गाका कारोबारलाई मान्यता दिने निर्णय फिर्ता

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, माघ २६ - सरकारले युद्धकालमा माओवादी जनसत्ताले गरेका घर जग्गाका कारोबारलाई मान्यता दिने निर्णय फिर्ता लिएको घोषणा गरेको छ । विपक्षी दलको दबाब र अवरोधका कारण सरकार आफ्नो कदमबाट पछि हटेको हो । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राम्रो नियतले सरकारले निर्णय गरेको भएपनि विपक्षी दलको विरोध र अवरोधका कारण निर्णय फिर्ता लिएको बताउनुभयो ।

  • लडाकूको खाताको रकम ७ दिनपछि झिक्न पाइने

    काठमाण्डौं, माघ २६ - माओवादी लडाकूले पाएको रकम उनीहरुको खातामा जम्मा भएको ७ दिनपछि मात्र झिक्न पाइने भएको छ । स्वेच्छिक अवकास रोजेका लडाकूलो सरकारले एसी पेई चेक मार्फत रकम दिने व्यवस्था गरेपनि चेक कमाण्डरले लुटेको गुनासो आएपछि सेना समायोजन विशेष समितिले विहीवार बेलुकी बसेको बैठकले चेक खातामा जम्मा भएको ७ दिनपछि मात्र झिक्न पाइने व्यवस्था गर्न सम्बन्धित बैंकसँग कुरा गर्ने निर्णय गरेको हो ।

  • कार्यदलका बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने कार्यदलका बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, माघ २६ -संविधानसभा नियमावली संसोधनमा विवाद भए पछि कार्यदलका बहुमत सदस्यले संविधान सभाका अध्यक्षलाई छुट्टै प्रतिवेदन बुझाउने जानकारी गराएका छन् । विहीवार बसेको बैठकमा कार्यदलकी संयोजक अमृता थापाले सहमती नभएकाले औपचारि बैठक नै शुरु नगरेको भन्दै बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने जानकारी गराएका हुन् ।

  • राज्य पुनसंरचना आयोगको प्रतिवेदन जलाइयो

    चितवन, माघ २६ - चितवनका ६ राजनीतिक दलहरुले राज्य पुनसंरचना सुझाव आयोगले तयार पारेको प्रतिवेदन सांकेतिक रुपमा जलाएका छन् । विहीवार दिउँसो ४ बजे चितवनका नेताहरुले भरतपुरको चौबिसकोठीमा संयुक्त रुपमा प्रतिवेदन जलाएका हुन् ।

  • सहमति नभएका बुँदा बहुमतबाट टुंगो लगाइने : प्रचण्ड सहमति नभएका बुँदा बहुमतबाट टुंगो लगाइने : प्रचण्ड

    काठमाण्डौं, माघ २६ - एकृकित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका क्रममा देखिएका विवादका विषयमा सहमति हुन नसके संविधान सभामा पठाईने बताउनुभएको छ । सहमति जुटाउन भनेर बसेको संवैधानिक समितिको बैठक विना निष्कर्ष सकिएकपछि पत्रकारसित प्रचण्डले सहमति हुन नसकेका विषय बहुमतबाट टुंगो लगाएर संविधान सभामा लगिने बताउनुभयो ।

  • माओवादीमा फेरी विवाद माओवादीमा फेरी विवाद

    सेञ्छेलुङ लिम्बु, सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाण्डौं, माघ २६ - एकीकृत नेकपा माओवादीमा फेरि विवाद शुरु भएको छ । युद्धकालमा जनसत्ताले गरेका घर जग्गा कारोवार निर्णयलाई वैधानिकता दिने निर्णय सरकारले फिर्ता लिएपछि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षबीच विवाद शुरु भएको हो । सरकारले निर्णय फिर्ता लिएपछि विहीवार बसेको स्थायी समिति बैठकमा वैद्य पक्षले निर्णय फिर्ता लिएकोमा कडा आपत्ति जनाएको छ ।

  • चेक जोगाउन सुरक्षा निकाय र बैंक गुहार्दै लडाकू

    नवलपरासी, माघ २६ - कमाण्डरहरुले चेक खोस्नेक्रम बढेपछि माओवादीका लडाकूले आफ्नो चेक सुरक्षाका लागि सुरक्षा निकाय र बैंकलाई गुहारेका छन् । माओवादी लडाकूको चौथो डिभिजन मुख्यालय मातहत नवलपरासीको जर्गाहामा रहेको बसन्त स्मृति व्रिगेडका सेक्सन कमाण्डर सुदर्शन रानाले चेक सुरक्षाको माग गर्दै बर्दघाट प्रहरी र कृषि विकास बैंकमा निवेदन दिनुभएको छ ।

  • काँग्रेसको बैठक चल्दै

    काठमाडौं, माघ २६ राज्यको पुनर्संरचनाका विषयमा छलफल गर्न नेपाली काँग्रेसको संसदीय दल र केन्द्रीय कार्य समितिको संयुक्त बैठक बसिरहेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

  • सहमति नभए बहुमतको बाटोः प्रचण्ड

    काठमाडौं, माघ २६ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले दलहरुबीच सहमति नजुटे बिवादित बिषयलाई बहुमतका आधार टुँग्याएर संविधानसभामा पठाइने बताउनुभएको छ ।

  • जनसत्ताले गरेका निर्णयलाई बैधता दिने सरकारी निर्णय फिर्ता

    काठमाडौं, माघ २६ मन्त्रीपरिषदले माओबादीको तत्कालिन जनसत्ताले गरेको जग्गाकारोबार सम्बन्धी लिखतलाई वैधता दिने यसअघिको निर्णय फिर्ता लिएको छ ।

  • मन्त्री परिषदको बैठक चल्दै

    काठमाडौं, माघ २६ जनसत्ताका लिखतलाई वैधता दिने यसअघिको निर्णय फिर्ता लिन  मन्त्रीपरिषद् बैठक चलिरहेको छ ।    प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारमा चलिरहेको बैठकमा जनसत्ताले गरेका लिखतको विकल्प र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिउँसो संसदमा गर्ने सम्बोधनका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसैबीच दिउँसो बस्ने व्यवस्थापिका संसदको बैठकलाई प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनको तयारी गर्नु भएको छ । जनसत्ताका लिखतलाई म...

  • अपाङ लडाकूले माग पुरा नभएसम्म शिविर नछाड्ने

    हेमराज शर्मा/उज्यालो । दाङ, माघ २५ - दाङमा रहेको माओवादी लडाकुको सहायक संक्राम शिविरका घाइते अपाङ लडाकूले आफ्ना माग सम्वोधन नभएसम्म शिविर नछाड्ने चेतावनी दिएका छन् । स्वेच्छिक अवकाश रोजेका माओवादीका घाइते तथा अपाङ लडाकुले माग सम्वोधन नभएसम्म शिविर नछाड्ने चेतावनी दिएका हुन् ।

  • सेना समायोजन बिशेष समितिको बैठक विहीवार सेना समायोजन बिशेष समितिको बैठक विहीवार

    काठमाण्डौं, माघ २५ - लामो समयदेखि बस्न नसकेको सेना समायोजन विशेष समितिको बैठक विहीवार बस्ने सहमती दलहरुबीच भएको छ । गोकर्ण रिसोर्टमा वुधवार बसेको ३ दलको बैठकमा विहीवार बिशेष समितिको बैठक बस्ने र बैठकले स्वेच्छिक अवकासमा जान लागेका लडाकुको चेक खोसिएको लगायत सेना समायोजनका बारेमा निर्णय गर्ने एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिनुभयो ।

  • महिला लडाकूद्वारा छुट्टै राहत प्याकेजको माग

    नवलपरासी,  माघ २५ - नवलपरासी स्थित माओवादी लडाकूको चौथो डिभिजन अन्र्तगतको रामनगर जर्गाहामा रहेको सहायक शिविरमा स्वेच्छिक अवकाश रोजेका महिला लडाकूहरुले छुट्टै राहत प्याकेजको माग गरेका छन् । शिविरमा रहेका सुत्केरी र गर्भवति महिलाहरुले सरकारले उपलव्ध गराएको रकम बाहेक दिर्घकालिन जिविकोपार्जन र बालबच्चाहरुको पठन पाठन तथा हेरचहाका लागि राहत प्याकेजको माग गर्दै शिविर भित्र महिला लडाकूहरुले नाराबाजी समेत गरे ।

  • गतिरोध छिट्टै अन्त्य गर्न ३ दल सहमत गतिरोध छिट्टै अन्त्य गर्न ३ दल सहमत

    बोमलाल गिरी/उज्यालो | काठमाण्डौं, माघ २५ - एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले राजनीतिक गतिरोध छिट्टै अन्त्य गर्न सहमत भएका छन् । काठमाण्डौंको गोकर्ण रिसोर्टमा बसेको मूख्य तीन दलको बैठकमा ठोस सहमति हुन नसकेपनि राजनीतिक गतिरोध छिट्टै अन्त्य गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

  • ३ दलको बैठकमा साढे ३ लाख खर्च ३ दलको बैठकमा साढे ३ लाख खर्च

    माधव दुलाल/उज्यालो । काठमाण्डौं, माघ २५ - सहमति जुटाउन भन्दै काठमाण्डौंको गोकर्ण रिसोर्टमा बैठक बसेका तीन दलका नेताले सात घण्टामा झण्डै साढे तीन लाख रुपैयाँ खर्च गरेका छन् । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा विहानै गोकर्ण रिसोर्ट पुगेका तीन दलका नेताले झण्डै साढे तीन लाख रुपैयाँ खर्च गरेका हुन् ।

  • राज्यकोषबाट वाइसिएललाई पैसा दिए यूवा संघले प्रतिवाद गर्ने राज्यकोषबाट वाइसिएललाई पैसा दिए यूवा संघले प्रतिवाद गर्ने

    काठमाण्डौं, माघ २५ - एमाले भ्रातृसंगठनले राज्यकोषबाट वाइसिएललाई राहतको नाममा पैसा दिए कडा प्रतिबाद गर्ने चेतावनी दिएको छ । यूवा संघ नेपालको गत २३ र २४ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न बुधवार काठमाण्डौंमा भएको पत्रकार सम्मेलनमा युवासंघ नेपालका  अध्यक्ष महेश बस्नेतले माओवादी नेताका सक्कली बडीगार्ड वाईसियललाई राज्यकोषबाट रकम दिन खोजिएको भन्दै त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको हो । पत्रकार सम्मेलनमा बस्नेतले दश वर्षे जनयुद्धका सक्कली लडाकूहरुलाई माओवादीका नेताहरुको बडिगार्ड...

  • 'सुदुरपश्चिमाञ्चललाई एक प्रदेशका रुपमा स्थापित गर्नुपर्ने'

    काठमाण्डौं, माघ २३ - सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभासदहरुले राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको प्रतिवेदनप्रति आपत्ती जनाएका छन् । कैलाली र कञ्चनपुरलाई सुदुरपश्चिमबाट खण्डित गरी अन्य प्रदेशमा राख्ने आयोगको सुझावप्रति काँग्रेस सभासदहरुले आपत्ती जनाएका हुन् । सभासद रमेश लेखक, देवराज जोशी, चन्द्रीराम टमटा, कल्पना सोव, इश्वरी न्यौपाने, आरजु देउवा र महा नेपालीले संयुक्त रुपमा विज्ञप्ती निकालेर समग्र सुदुरपश्चिमाञ्चललाई एक प्रदेशका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

  • जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय सरकारले फिर्ता लिने

    काठमाण्डौं, माघ २५ - जनसत्ताले गरेका लिखतलाई मान्यता दिने निर्णय सरकारले फिर्ता लिने भएको छ । काठमाण्डौंको गोकर्णमा भएको तीन दलको छलफलमा विपक्षी दलले उठाएको आशंका र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई ख्याल गर्दै निर्णय फिर्ता लिने सहमति भएको हो ।

  • लडाकूबाट पैसा लिने पार्टीकै नीति : गजुरेल

    झापा, माघ २५ - एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले चेक बुझेर घर जाने लडाकुले पाएको मध्ये केही रकम स्वेच्छिक रुपमा पार्टीले लिने नीति नै रहेको बताउनुभएको छ ।  बिहान झापाको दमकमा पत्रकारसँग कुरा गर्दै गजुरेलले बर्हिगमनमा परेका लडाकुका लागि स्वेच्छिक अवकास रोज्ने लडाकुसंग स्वेच्छिक रुपमा रकम संकलन गर्ने पार्टी नीति नै रहेको बताउनु भयो ।

  • तीन दल आज फेरी गोकर्णतिर

    काठमाडौं, माघ २५ शान्ति र संविधान निर्माण प्रकृया तथा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल गर्न मुख्य तीन राजनीतिक दलको बैठक बस्दैछ । अहिले केहीबेरमा काठमाडौंको गोकर्ण रिसोर्टमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।

  • माओवादीविरुद्धको वाइसिएल आन्दोलन फिर्ता

    धनगढी, माघ २४ - सुदूरपश्चिमका ९ वटा जिल्लामा रहेका माउ पार्टी एकीकृत नेकपा माओवादीको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेको माओवाद्र भ्रातृ संगठन वाइसिएले आन्दोलन फिर्ता लिएको छ । माओवादी नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’संग कैलालीको मसुरियामा भएको वार्तामा सहमती भएपछि आन्दोलन फिर्ता लिएको वाइसिएलले जनाएको छ । वार्तापछि वाईसीएलका केन्द्रिय सचिवालय सदस्य शिव ओलीले आफुहरुको वार्ता सफल भएको र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताउनुभयो । वाइसिएलल...

  • लडाकूको चेक लुटिएको जानकारी छैन : माओवादी लडाकूको चेक लुटिएको जानकारी छैन : माओवादी

    काठमाण्डौं, माघ २४ - स्वेच्छिक अवकाश रोजेका लडाकुको चेक कमाण्डरहरुले लुटेको सार्वजनिक भइरहेपनि माओवादीले यसबारे कुनै जानकारी नभएको दावी गरेको छ । स्थायी समितिको बैठकपछि सचिव सीपी गजुरेलले चेक लुट्ने र ४० प्रतिशत रकम लिने पार्टीको कुनै योजना नभएको र रकम पनि नलिने बताउनुभयो । यसबारे अहिलेसम्म पार्टीमा कुनै जानकारी नआएको समेत दावी उहाँले गर्नुभयो ।

  • वाइसिएलको समस्या समाधान गर्न माओवादी कमाण्डरहरु कैलालीमा

    धनगढी, माघ २४ - सुदूरपश्चिमका ९ जिल्लामा आफ्नै माउ पार्टीको कार्यालयहरुमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेको एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन वाइसिएलसँग वार्ता गर्नका लागि माओवादीले जनसेनाका डेपुटी कमाण्डरद्वय जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ लाई कैलाली पठाएको छ । दुवैजना धनगढी विमानस्थलबाट सिधै मसुरियाका लागि हिड्नु भएको छ । गेटा विमानस्थलमा डेपुटी कमाण्डर अनन्तले आफुहरु वाइसिएलसँग वार्ताका लागि आएको बताउनुभयो ।

  • सहमति कार्यान्वयन नगरे माओवादीसँग बोलचाल बन्द : महत सहमति कार्यान्वयन नगरे माओवादीसँग बोलचाल बन्द : महत

    काठमाण्डौं, माघ २४ - नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सात दिनभित्र सरकारले सहमति कार्यान्वयन गर्दै  सेना समायोजन प्रक्रिया अगाडि नबढाए प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र माओवादीसँग बोलचाल समेत बन्द गर्ने चेतावनी दिनुभएको छ ।

  • चेक बुझेका लडाकूलाई शिविर छाड्न दवाव दिँदै कुटपिट चेक बुझेका लडाकूलाई शिविर छाड्न दवाव दिँदै कुटपिट

    चितवन, माघ २४ - माओवादीको तेस्रो डिभिजन शक्तिखोरमा स्वेच्छिक अवकाशका लागि चेक बुझेका लडाकूहरुलाई तत्काल शिविर छाड्न दवाव दिदै कुटपिट भएको छ । सोमवारराती लडाकुको एक समुहले शिविरभित्रै कुटपिट र घेराबन्दी गरेको कम्पनी कमान्डर हुमबहादुर खड्काले बताउनुभयो । शिविरभित्रै घेराबन्दी भएपछि भागेर शिविर बाहिर निस्किएको खड्काले जानकारी दिनुभयो ।

  • लडाकूको विदाई सुरु भएकोमा अमेरिकाको स्वागत लडाकूको विदाई सुरु भएकोमा अमेरिकाको स्वागत

    काठमाण्डौं, माघ २४ - स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूको बिदाई प्रक्रिया शुरु भएकोमा अमेरिकाले स्वागत गरेको छ । नेपालमा रहेको अमेरिकी दुतावासले मंगलवार विज्ञप्ती निकाली बिदाई भएका माओवादी लडाकूले आफना सैन्य पोशाक निकालेर नागरिक समाजमा पुर्नस्थापना हुने यो अवसर शान्ति प्र्रक्रियाकै ऐतिहासिक क्षण भएको बताएको छ ।

  • सरकारको औचित्य सकियो : खनाल सरकारको औचित्य सकियो : खनाल

    काठमाण्डौं, माघ २४ - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अहिलेको सरकारको औचित्य सकिएको दाबी गर्दै प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले राजीनामा दिनुपर्ने बताउनुभएको छ । रिपोर्टस क्लबले मंगलवार बिहान सिंहदरबारमा गरेको कार्यक्रममा खनालले शान्ति प्रकृया र संविधान निर्माणको काम अघि बढाउन नसकेकोले भट्टराई नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

  • संबैधानिक समितिको बैठक कार्यसूचीमै प्रवेश गरेन

    काठमाण्डौं, माघ २४ - संबैधानिक समितिको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी सकिएको छ । बिहान सिंहदरबारमा वसेको समिति बैठकमा बाँकी विवादित विषयमा छलफल नै नभई बैठक स्थगित भएको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

  • पूर्व लडाकु बिदाईको औपचारिक कार्यक्रम नहुने

    काठमाडौं, माघ २४ स्वेच्छिक अवकाश रोजेका माओवादी सेनाका लडाकुको औपचारिक बिदाई समारोह नहुने भएको छ । प्रधानमन्त्री, माओवादी अध्यक्ष र अरु दलका शीर्ष नेताहरुको उपस्थितिमा आउँदो २८ गते चितवनको शक्तिखोरमा विदाई समारोह गर्ने तयारी थियो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया