MENU
ujyaalo forign call inside

राजनीति

  • अझ उग्र हुँदै गए माओवादी पार्टी नै रहँदैन : कोइराला अझ उग्र हुँदै गए माओवादी पार्टी नै रहँदैन : कोइराला

    हेटौंडा, पुष १० - नेपाली काग्रेसका सभापति सुशील कोइरालाले अझ उग्र हुँदै गए माओवादी पार्टी नै नरहने बताउनुभएको छ । डर, धाक, धम्कीबाट सत्ता कब्जा गर्न नसकिने रहेछ भनेर माओवादीले बल्ल जानकारी पाएको भन्दै कोइरालाले फेरी उग्र बन्दै जाने हो भने माओवादी पार्टी नै नरहने बताउनुभयो ।

  • दुई थरि मनोविज्ञान भएका जनसेनालाई एकैठाउँमा राख्नुहुन्नः उदयबहादुर चलाउने, डिभिजन सहायक कमाण्डर दुई थरि मनोविज्ञान भएका जनसेनालाई एकैठाउँमा राख्नुहुन्नः उदयबहादुर चलाउने, डिभिजन सहायक कमाण्डर

    माओवादीका असन्तुष्ट लडाकूहरुले स्वेच्छिक अवकाश रोजेकाहरुलाई जतिसक्दो छिटो शिविरबाट बिदा गर्न सरकार र सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीलाई दबाब दिईरहेका छन् । सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्मालाई ज्ञापन पत्र बुझाएर छिटो बिदाईको काम अघि बढाउन आग्रह गरेका उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र शनिबार मात्रै प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर एकमुष्ठ रकम सहित बिदा गर्न माग गरेका छन् ।

  • उपप्रधानमन्त्री गच्छदार चीन भ्रमणमा उपप्रधानमन्त्री गच्छदार चीन भ्रमणमा

    काठमाडौं, पुष १० – उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार छिमेकी मुलुक चीनको भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । चीनका सार्वजनिक सुरक्षामन्त्री मेङ्ग जियाञ्चुको निम्तोमा मन्त्री गच्छदार चीन जानुभएको हो ।

  • नयाँ प्रस्तावको तयारीमा वैद्यः राजनीतिक कार्यदिशा ‘जनविद्रोह’ नयाँ प्रस्तावको तयारीमा वैद्यः राजनीतिक कार्यदिशा ‘जनविद्रोह’

    काठमाडौं, पुष १० – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा असहमति जनाउँदै नयाँ प्रस्तावको तयारी गर्नुभएको छ । प्रचण्डले पेश गरेको शान्ति र संविधानमुखी राजनीतिक प्रस्तावमा असहमति जनाएका उपाध्यक्ष वैद्यले जनविद्रोहलाई राजनीतिक कार्यदिशा बनाएर छुट्टै प्रस्ताव पेश गर्नुहुने भएको छ ।

  • सहमति नजुटेपछि संवैधानिक समितिको बैठक स्थगित सहमति नजुटेपछि संवैधानिक समितिको बैठक स्थगित

    काठमाडौं, पुष १० – संवैधानिक समितिको बैठक आगामी १६ गतेसम्मका लागि स्थगित भएको छ । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयमा संवैधानिक समितिमा विवाद देखिएपछि राजनीतिक दलहरुबीच छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • प्रचण्डको प्रस्ताव वैद्यद्वारा अस्वीकार प्रचण्डको प्रस्ताव वैद्यद्वारा अस्वीकार

    काठमाण्डौं, पुष ९ केन्द्रीय समिति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले अस्वीकार गरेको छ । वैद्य पक्षका माग सम्बोधन गर्दै प्रचण्डले पेश गरेको प्रस्ताव अस्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले छुट्टै प्रस्ताव पेश गर्नु हुनेछ ।

  • सुरक्षा क्षेत्र सुधारका लागि ३ वर्षे कार्ययोजना पेश

    हिम विष्ट/उज्यालो । काठमाण्डौं पुष ९ - सुरक्षा क्षेत्र सुधारका लागि भन्दै गृहमन्त्रालयले ३ वर्षे कार्ययोजनाको प्रस्ताव गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री एवंम् गृहमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री वर्षमान पुनसहित सुरक्षा निकायका प्रमुखबीच शनिवार बेलुकी गृहमन्त्रालयमा भएको सामुहिक छलफलमा गृहमन्त्रालयको तर्फबाट सचिव सुशील जंगबहादुर राणा र सह-सचिव शंकर प्रसाद कोईरालाले “वर्तमान शान्ति सुरक्षाको अवस्था, गृहमन्त्रालय अन्र्तगतका समस्या र चुनौतिहरु एवंम् ३ वर्षे गृह प्रशासन सुदृढीकरण योजना २०६८” पेश गर्नुभएको हो ।

  • काँग्रेसले नेपालीको शिर निहुँर्‍याउने काम गरेको छैन : सभापति कोइराला काँग्रेसले नेपालीको शिर निहुँर्‍याउने काम गरेको छैन : सभापति कोइराला

    बाबुराम देवकोटा/उज्यालो । पुष ९ - नेपाली काँग्रेसका सभापति सुशिल कोईरालाले नेपाली काँग्रेसले कुनै पनि नेपालीको शिर निहुँर्‍याउने काम नगरेको बताउनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा नेपाल शिक्षक सङघले आयोजना गरेको माध्यमाञ्चल क्षेत्रिय भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । शिक्षकहरुले हरेक राजनीतिक परिबर्तन भूमिका खेलेको चर्चा गर्दै उहाँले विश्वमा एकपछि अर्को तानासाह ढल्नु नेपाली काँग्रेसका लागि गौरबको कुरा भएको धारणा व्यक्त गर्नुभयो ।

  • संवैधानिक समिति  र विवाद समाधान उपसमितिका निर्णयको औचित्य छैन : गुप्ता संवैधानिक समिति र विवाद समाधान उपसमितिका निर्णयको औचित्य छैन : गुप्ता

    काठमाण्डौं, पुष ९ - सूचना तथा संचार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले संवैधानिक समिति  र विवाद समाधान उपसमितिले गरेका निर्णयको कुनै औचित्य नभएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लबले काठमाण्डौंमा शनिवार गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका मन्त्री गुप्ताले संबैधानिक समिति र उपसमितिले गरेका निर्णयले राज्य पुनर्संरचना गर्न कुनै सहयोग नगर्ने जिकिर गर्नुभयो ।

  • माओवादी बैठक सोमवारसम्मका लागि स्थगित माओवादी बैठक सोमवारसम्मका लागि स्थगित

    काठमाण्डौं, पुष ९ - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । शनिवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रतिवेदनमाथि छलफल गर्न भन्दै बैठक सोमवार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

  • स्वेच्छिक अवकाशमा जान चाहनेलाई चाँडो बिदा गर्न असन्तुष्ट लडाकुको माग (विज्ञप्ती सहित) स्वेच्छिक अवकाशमा जान चाहनेलाई चाँडो बिदा गर्न असन्तुष्ट लडाकुको माग (विज्ञप्ती सहित)

    दीपेन्द्र कुँवर/ उज्यालो । काठमाडौं, पुष ९ – माओवादीका असन्तुष्ट लडाकूले समायोजन र स्वेच्छिक अवकाशमा जान चाहनेलाई धेरै समयसम्म सँगै राख्नु ठीक नहुने भन्दै स्वेच्छिक अवकाशमा जानेलाई छिटो बिदा गर्न सरकारसित माग गरेका छन्  । सात वटै डिभिजनका डिभिजन सहकमाण्डर देखि कम्पनी सहकमाण्डरसम्मका १८ जना लडाकू कमाण्डरले प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिबार ज्ञापनपत्र बुझाउँदै अवकाशमा जानेलाई पुष मसान्तसम्म बिदा गर्न माग गरेका हुन् ।

  • शान्ति र संविधान निर्माणको बाधक माओवादीः नेपाल शान्ति र संविधान निर्माणको बाधक माओवादीः नेपाल

    काठमडौं, पुष ९ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीका कारण शान्ति र संविधान निर्माणको काममा अवरोध पुगेको बताउनुभएको छ । पार्टीको सम्पर्क विशेष समन्वय कमिटिले शनिबार बिहान पार्टी कार्यालय बल्खुमा गरेको प्रशिक्षण कार्यक्रममा नेपालले शान्ति र संविधान निर्माणमा माओवादी जिम्मेवार नभएको आरोप लगाउनुभयो ।

  • माओवादीको केन्द्रीय समिति बैठक बस्दैः दुबै पक्ष आन्तरिक छलफलमा माओवादीको केन्द्रीय समिति बैठक बस्दैः दुबै पक्ष आन्तरिक छलफलमा

    काठमाडौं, पुष ९ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक शनिबार बस्दैछ । बैठकको तयारीका लागि माओवादीका संस्थापन र उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षधरले शनिबार बिहानैदेखि सामूहिक छलफल गरिरहेका छन ।

  • सेनामा भर्ना खुल्ला प्रतिस्पर्धा बाटै : सरकार

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, पुष ८ सरकारले मधेसी समुदायलाई सामुहिक भर्ना लिएर नेपाली सेनाभित्र छुट्टै बटालियन बनाउने निर्र्णय नभएको र खुल्ला प्रतिस्पर्धाबाट भर्ना हुने स्पष्ट पारेको छ । रक्षामन्त्री विजयकुमार गच्छादारले मन्त्रालयमा शुक्रवार नीति पत्र सार्वजनिक गर्दै सरकारले अहिले अवलम्बन गरी आएको समावेशीकरणको नीति अनुरुप नै खुल्ला प्रतिष्पर्धा भर्ना लिईने स्पष्ट पार्नुभयो ।

  • ओली, गौतम र बोहोरालाई सभाषद बनाउने एमाले अध्यक्षको प्रस्ताब ओली, गौतम र बोहोरालाई सभाषद बनाउने एमाले अध्यक्षको प्रस्ताब

    कमल पराजुली/उज्यालो । काठमाण्डौं, पुष ८ - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले स्थायी कमिटी सदस्य केपी ओलीलाई पार्टीमा तेश्रो बरियताको बरिष्ठ नेता बनाउने र ओली सहित उपाध्यक्ष बामदेब गौतम र स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरालाई सभाषद बनाउने प्रस्ताब सहितको पार्टीको आन्तरिक एकता प्रस्ताब ल्याउनु भएको छ ।

  • कुलोको बिषयमा भट्टराई र वैद्य पक्ष कार्यकर्ताबीच कुटाकुट

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, पुष ८ - सार्वजनिक कुलोको  विवादलाई लिएर एकीकृत नेकपा माओवादीका उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई पक्षधर र मोहन बैद्य किरण पक्षधरका कार्यकर्ताहरु एक आपसमा झडप हुँदा ६ जना घाइते भएका छन् । देवचुली गाविस वडा नं. ६ मा सार्वजनिक कुलोको विवादलाई लिएर माओवादीको भट्टराई पक्षका जिल्ला सदस्य कृष्ण अर्याल र वैद्य पक्षका जिल्ला सदस्य श्याम भुसाल, टेकराज भुसाल पक्षबीच भएको झडपमा दुवै पक्षका कार्यकर्ता घाईते भएका हुन् ।

  • सर्वदलीय संयन्त्र खारेज गर : अख्तियार सर्वदलीय संयन्त्र खारेज गर : अख्तियार

    काठमाण्डौं, पुष ८ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकाय संचालनका लागि बनाइएका सर्वदलीय संयन्त्र खारेज गर्न निर्देशन दिएको छ । संविधान र प्रचलित कानून विपरित संयन्त्र बनाइएको ठहर गर्दै अख्तियारले खारेज गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

  • बोल्नै नदिएपछि बाध्य भएर माईक भाँचेः सभाषद साह बोल्नै नदिएपछि बाध्य भएर माईक भाँचेः सभाषद साह

    काठमाडौं, पुष ८ – संसदमा तोडफोड गरेका कारण १० दिन निलम्बनमा परेका फोरम लोकतान्त्रिकका सभाषद सञ्जय साहले माईक भाँच्नु आफ्नो बाध्यता भएको बताउनुभएको छ । आफूलाई बोल्न नदिएकाले बाध्य भएर माइक भाँचेको भन्दै उहाँले कुनै पनि हालतमा माफी नमाग्ने स्पष्ट पार्नु भएको छ ।  रिपोर्टर्स क्लबले शुक्रबार गरेको कार्यक्रममा सभासद साहले एउटा जनप्रतिनिधिलाई विगत एक वर्षदेखि संसदमा जनताका आवाज बोल्न दिनबाट बञ्चित गर्नु सभामुखको सामान्ती सोच भएको आरोप लगाउनुभयो । संसदमा आफ्नो हैसियत ठूला दलका शीर्ष नेता भन...

  • माओवादी फुट्न नदिन प्रचण्ड गम्भीर माओवादी फुट्न नदिन प्रचण्ड गम्भीर

    चितवन, पुष ८ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्न नदिन आफु गम्भिर भएको बताउनु भएको छ । चितवनको नारायणगढमा आफु निकटका कार्यकर्तासंग कुरा गदै प्रचण्डले शनिवारदेखि शुरु हुने केन्द्रिय समिति बैठकले धेरै विवादको टुंगो लगाउने दाबी गर्नुभयो ।

  • सेनामा मधेशीको छुट्टै ईकाई गठन गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट सेनामा मधेशीको छुट्टै ईकाई गठन गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

    काठमाण्डौं, पुष ८ - सेनामा मधेशीको छुट्टै ईकाई गठन गर्ने सरकारको निर्णय विरुद्ध चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सर्वोच्चमा मुद्दा दायर गरेको छ । सरकारको निर्णय मौलिक हक विरुद्ध रहेको भन्दै चुरे भावरले सरकारको निर्णय खारेजीको माग गर्दै रिट दायर गरेको हो ।

  • माओवादीका दुबै पक्ष केन्द्रीय समिति बैठकको आन्तरिक तयारीमा माओवादीका दुबै पक्ष केन्द्रीय समिति बैठकको आन्तरिक तयारीमा

    काठमाडौं, पुष ८ – आसन्न केन्द्रीय समिति बैठकको लागि एकीकृत नेकपा माओवादीका दुबै पक्षले आन्तरिक तयारी तीब्र पारेका छन् । शनिबार शुरु हुने बैठकको तयारीको लागि शुक्रबार बिहानै देखि दुबै पक्ष अनौपचारिक छलफलमा जुटेका हुन् ।

  • सहमति जुटेका विषयमा संवैधानिक समितिमा फेरि विवाद सहमति जुटेका विषयमा संवैधानिक समितिमा फेरि विवाद

    काठमाडौं, पुष ८ – संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा सहमति जुटेका विषयमा संवैधानिक समितिमा फेरि विवाद देखिएको छ । नयाँ संविधानमा राजदुत तथा विशिष्ट व्यक्तिको नियुक्तिको व्यवस्थाबारे छलफल गर्न बसेको समितिको बैठक बिबादकै कारण बिना निष्कर्ष सकिएको छ ।

  • एमाले स्थायी समिति बैठक बस्दै एमाले स्थायी समिति बैठक बस्दै

    काठमाडौं, पुष ८ – समसामयिक राजनीतिक अवस्था र आन्तरिक एकताबारे छलफल गर्न आज एमाले स्थायी समिति बैठक बस्दै छ । पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालले समसामयिक राजनीतिक अवस्था तथा पार्टीको भूमिका र शिर्ष नेतालाई एकतावद्ध बनाएर लैजाने प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ ।

  • स्वेच्छिक अवकाश रोजेकालाई तत्काल विदा गर्न लडाकुको माग

    बोमलाल गिरी/उज्यालो । काठमाण्डौं, पुष ७ - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण पक्षका लडाकुले स्वेच्छिक अवकाश रोजेकालाई तत्काल शिविरबाट विदा गर्न पार्टी नेतृत्वसित माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित उहाँकै निवास नयाँ बजारमा भेटेर उनीहरुले यस्तो माग गरेका हुन् ।

  • कोइरालाको क्यासर निको भयो ! कोइरालाको क्यासर निको भयो !

    भक्तपुर, पुष ७ - नेपाली कांग्रेसका सभापति शुसिल कोईरालाको जिब्रोको क्यान्सर निको हुँदै गएको छ । जिब्रो, घाँटी र छातीको परीक्षण गराउन विहीवार भक्तपुर क्यान्सर अस्पताल पुगेका कोइरालाको स्वास्थ्य परीक्षण पछि अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेले कोइरालाको अवस्था सामान्य रहेको र क्यान्सरको कुनै लक्षण नभएको जानकारी दिनुभयो ।

  • माइक फोड्ने सभासद १० दिन निलम्बित माइक फोड्ने सभासद १० दिन निलम्बित

    काठमाण्डौं, पुष ७ - सभामुख सुवासचन्द्र नेम्बाङ्गले संसदमा माइक तोडफोड गर्ने सभासद् संजयकुमार साहलाई १० दिनका लागि निलम्वन गर्नु भएको छ । बोल्नका लागि समय नदिएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् साहले विहीवार संसद भवनका ५ वटा माइक फोडेका थिए ।

  • शान्ति प्रकृया टुङिगएर ६ महिना भित्र संविधान जारी हुन्छ : प्रधानमन्त्री शान्ति प्रकृया टुङिगएर ६ महिना भित्र संविधान जारी हुन्छ : प्रधानमन्त्री

    बुटवल, पुष ७ - प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले ६ महिना भित्र शान्ति प्रकृया टुङिगएर संविधान जारी हुने वताउनु भएको छ । राष्ट्रिय औद्योगीक प्रर्दशनी, कृषि तथा पर्यटन महोत्सवको आज रुपन्देहीको वुटवलमा उद्घाटन गर्दै प्रधानमन्त्रि भट्टराईले शान्ति प्रकृयालाई ठोस टुङ्गोमा पुर्‍याउन वर्तमान सरकारले सय दिन भित्र गहकिला कदम चालेको उल्लेख गर्नुभयो ।

  • सेनामा मधेशीको समूहगत प्रवेशले राष्ट्रियता खतरामा पर्छः रावल सेनामा मधेशीको समूहगत प्रवेशले राष्ट्रियता खतरामा पर्छः रावल

    काठमाडौं, पुष ७ – नेकपा एमालेका नेता भीम रावलले सेनामा मधेशीको समूहगत प्रवेशले राष्ट्रियता र मुलुकको सुरक्षालाई ध्वस्त पार्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको कार्यक्रममा रावलले प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तामा टिक्न राष्ट्रहित विरुद्ध जुवा खेलेको टिप्पणी गर्नुभयो ।

  • सभासद साहले संसदमा माइक फोडे सभासद साहले संसदमा माइक फोडे

    काठमाण्डौं, पुष ७ - सभामुख सुवासचन्द्र नेम्बाङ्गले बोल्नका लागि समय नदिएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले संसदको माइक फोडेका छन् । धनुषा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद साहले संविधानसभा भवनका ३ वटा माइक फोडेका हुन् ।

  • बाबुरामको सरकारमा बस्ने नैतिक हैसियत समाप्तः महत बाबुरामको सरकारमा बस्ने नैतिक हैसियत समाप्तः महत

    काठमाडौं, पुष ७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारमा बस्ने नैतिक हैसियत समाप्त भएको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले बिहीबार गरेको कार्यक्रममा महतले अब प्रधानमन्त्री भट्टराई एक दिन पनि सरकारमा बस्न नहुने बताउनुभयो ।

  • जातीय आधारमा सेनामा भर्ना गर्न पाइँदैन : थापा जातीय आधारमा सेनामा भर्ना गर्न पाइँदैन : थापा

    हेटौंडा, पुष ७ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले जातीय आधारमा ३ हजार मधेसीलाई सेनामा भर्ना गर्न नमिल्ने बताउनुभएको छ । राप्रपा नेपाल नारायणी अंचल स्तरीय सम्मेलनको आज हेटौडामा उदघाटन गर्दै थापाले सरकारले मधेसीहरुलाई सेनामा समुहगत प्रबेश गर्ने निणय विवादास्पद भएकाले यो निणय तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।

  • विपक्षीद्वारा संसद बैठक अवरुद्ध विपक्षीद्वारा संसद बैठक अवरुद्ध

    काठमाण्डौं, पुष ७ - कथित उपल्लो जातिको चुल्हो छोएको आरोपमा हत्या गरिएका कालिकोटका मनवीर सुनारको हत्याको विषयमा सरकारले जवाफ नदिएपछि संसद बैठक अवरुद्ध भएको छ । व्यवस्थापिका संसद बैठकमा बोल्दै दलित सभासदहरुले सुनारको हत्याबारे सरकारले जवाफ नदिए बैठक चल्न नदिने चेतावनी दिए पनि सरकारले जवाफ नदिएपछि दलित सभाषद, एकीकृत नेकपा माओवादीको वैद्य पक्ष, नेपाली काँग्रेस र नेकपा एमालेका सभाषदले उठेर विरोध गरेपछि बैठक १२ गते सम्मका लागि स्थगित भएको हो ।

  • विवाद समाधान उपसमिति बैठक निष्कर्ष बिहिन विवाद समाधान उपसमिति बैठक निष्कर्ष बिहिन

    काठमाडौं, पुष ७ – संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित उपसमितिको कार्यलयमा बिहीबार बिहान बसेको बैठकमा संविधानको संशोधन, प्रस्तावना र बहुलवादलाई संविधानमा उल्लेख गर्ने विषयमा छलफल भएको थियो ।

  • सेनामा नयाँ भर्ना खोल्ने सरकारको निर्णयबारे प्रधानसेनापति र राष्ट्रपतिबीच छलफल सेनामा नयाँ भर्ना खोल्ने सरकारको निर्णयबारे प्रधानसेनापति र राष्ट्रपतिबीच छलफल

    काठमाडौं, पुष ७ – प्रधानसेनापति छत्रमानसिंह गुरुङले राष्ट्रपति डाक्टर रामबरण यादवसित भेटेर मधेसीलाई सेनामा प्रवेश गराउन सरकारले गरेको निर्णयबारे छलफल गर्नु भएको छ । बिहीबार बिहान राष्ट्रपति निवासमा भएको छलफलमा रिक्त दरबन्दीमा मधेसीलाई मात्रै प्रवेश गराउने सरकारी निर्णयप्रति असन्तुष्ट सेनापतिले यसबारे परमाधिपति समेत रहेका राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भएको हो ।

  • गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाइने

    हिम विष्ट/उज्यालो ।  पुष ६ -सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ । आज वसेको मन्त्रीपरिषद राजनीतिक समितिको बैठकले जेठ १५ गते पर्ने गणतन्त्र दिवसलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिजन यादवले जानकारी दिनुभयो । सरकारले बैशाख ११ गतेलाई लोकतन्त्र दिवस, जेठ १५ लाई गणतन्त्र दिवस र फागुन ७ गतेलाई प्रजातन्त्र दिवस मनाएपनि राष्ट्रिय दिवसको बारेमा अन्योल थियो । त्यस्तै भूमिसुधारका लागि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहे...

  • न्यायाधीशलाई समेत भ्रष्टाचारको मुद्दा चलाउन सक्ने गरी ऐन संशोधनको तयारी न्यायाधीशलाई समेत भ्रष्टाचारको मुद्दा चलाउन सक्ने गरी ऐन संशोधनको तयारी

    काठमाडौं, पुष ६ – सरकारले न्यायाधीशलाई समेत भ्रष्टाचारको मुद्दा चलाउन सक्ने गरी भ्रष्टाचार निवारण ऐन संशोधन गर्ने तयारी गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा कानून तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताले अहिलेको भ्रष्टाचार निवारण ऐनले न्यायाधीश र नीजि क्षेत्रको भ्रष्टाचारलाई नसमेटेकाले पनि संशोधन आवश्यक भएको र सरकारले संशोधनको तयारी गरेको जानकारी दिनुभयो ।

  • ३ हजार मधेसीलाई सेनामा प्रवेश गराउने निर्णय ‘ललीपप’ : यादव ३ हजार मधेसीलाई सेनामा प्रवेश गराउने निर्णय ‘ललीपप’ : यादव

    काठमाण्डौ, पुष ६ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेनामा तीन हजार मधेसीलाई प्रवेश गराउने सरकारको निर्णय मधेसीलाई ‘ललीपप’ देखाएर मधेसका मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र भएको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार काठमाण्डौंमा गरेको साक्षात्कारमा यादवले नेपाली सेनालाई जनसंख्याको आधारमा समूहगत रुपमा मधेसीलाई प्रवेश गराई समावेशी बनाउनु पर्ने माग गर्नुभयो ।

  • काँग्रेस पनि माओवादी कै पुच्छर : खनाल काँग्रेस पनि माओवादी कै पुच्छर : खनाल

    काठमाण्डौं, पुष ६ - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेस माओवादीको पुच्छर बनेको आरोप लगाउनुभएको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्वबियुले काठमाण्डौंमा गरेको अखिल फोर्स तथा स्वयंसेवक भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले सोमवार गरेको नेपाल बन्दले काँग्रेस पनि माओवादीकै पुच्छर बनेको पुष्टि भएको तर्क गर्नुभयो । काँग्रेस अब लोकतान्त्रिक पार्टी नभएको खनालले बताउनुभयो ।

  • छुट्टै बटालियन बनाउने निर्णयको चुरेभावरद्वारा विरोध छुट्टै बटालियन बनाउने निर्णयको चुरेभावरद्वारा विरोध

    काठमाण्डौं, पुष ६ - नेपाली सेनामा छुट्टै मधेशी बटालियन बनाउने सरकारको निर्णय प्रति चुरेभावर राष्ट्रिय एकता पार्टीले आपत्ति जनाएको छ । चुरेभावरले वुधवार विज्ञप्ति निकालेर सरकारको यो निर्णय विश्वव्यापी समावेशिकरणको सिद्धान्त विपरीत भएको ठहर गरेको छ ।

  • पूर्व प्रधानमन्त्री थापा अस्पतालबाट डिस्चार्ज पूर्व प्रधानमन्त्री थापा अस्पतालबाट डिस्चार्ज

    काठमाडौं, पुष ६ – पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उच्च रक्तचापका कारण पूर्वप्रधानमन्त्री थापालाई सोमबार बेलुका देखि काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया