MENU
ujyaalo forign call inside

राजनीति

  • एकै पटक ४ सय ५० प्रहरी निरीक्षकको सरुवा एकै पटक ४ सय ५० प्रहरी निरीक्षकको सरुवा

    काठमाडौं, मंसिर २ — प्रहरी प्रधान कार्यालयले चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । कार्यालयले एकै पटक चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।

  • मन्त्री चौधरीसँग सय तोला सुन, दुई सय तोला चाँदी मन्त्री चौधरीसँग सय तोला सुन, दुई सय तोला चाँदी

    काठमाडौं, मंसिर २ — महिला बालबालिका तथा समाज कल्याणमन्त्री दान बहादुर चौधरी कुर्मीले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रीले चौधरीले सार्वजनिक गरेको विवरण अनुसार उहाँसित सय तोला सुन र दुई सय तोला चाँदी छ ।

  • युनियन दर्ता गर्ने बिषयमा माओवादी र एमाले बीच तनाव

    काठमाडौं, मंसिर २ - प्रतिष्ठान स्तरको  युनियन दर्ता गर्ने क्रममा माओवादी निकटको युनियन र एमाले निकटको युनियनबीच श्रम कार्यालय टेकूमा तनाव भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको होटल साँग्रिलामा एमाले निकटका मजदुरले युनियन दर्ता गर्न खोजेपछि माओवादी निकटको युनियनले अवरोध गरेको छ । होटल साँग्रिलामा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को घटक युनियन नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन दर्ता गर्ने क्रममा अखिल नेपाल टे«ड युनियन महासंघको घटक युनियनले दर्ता रोक्न ...

  • लडाकुको पुनःबर्गिकरणको काम भोली मात्रै सुरु हुने

    काठमाडौं, मंसिर २ - माओवादी लडाकूको पुनःवर्गीकरण भोलि मात्रै सुरु हुने भएको छ । सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले पुनःवर्गीकरण भोलि मात्रै सुरु हुने जानकारी दिनुभयो ।

  • राज्य पूनर्संरचना गर्दा ११ प्रदेश बनाउन मन्त्री किराँतीको प्रस्ताव राज्य पूनर्संरचना गर्दा ११ प्रदेश बनाउन मन्त्री किराँतीको प्रस्ताव

    काठमाडौं, मंसिर २ — संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री गोपाल किराँतीले राज्य पूनसंरचना गर्दा ११ प्रदेश बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकारसित मन्त्री किराँतीले यसअघि राज्यपुनर्संरचना समितिले गरेको १४ प्रदेशको प्रस्ताव ठीक नभएको बताउँदै ११ प्रदेश बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

  • माओवादीको बिवादका कारण संसदको बैठक बस्न ढिलाई माओवादीको बिवादका कारण संसदको बैठक बस्न ढिलाई

    काठमाडौं, मंसिर २ - विज्ञ समूहको क्षेत्राधिकारबारे माओवादीमा सहमति हुन नसकेपछि संसद बैठक बस्न ढिलाई भएको छ । अन्तरिम संविधानको ११ औं संशोधनका लागि १ बजे बस्नु पर्ने बैठक माओवादी विवादका कारण अझै बस्ने सकेको छैन ।

  • तीन दलद्वारा विज्ञ समूह बनाउन कार्यविधि पारित

    काठमाडौं, मंसिर २ — संविधान संसोधन गरेर राज्य पुनर्र्संरचनाका लागि विज्ञ समूह बनाउन मुख्य तीन दलले कार्यविधि पारित गरेका छन । शुक्रबार सिंहदरबारमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको बैठकले विज्ञ समूहको कार्यविधि पारित गरेको एमाले नेता भिमबहादुर रावलले जानकारी दिनुभयो ।

  • संविधान संसोधन विधेयक पारित गर्न व्यवस्थापिका संसदको बैठक बस्दै संविधान संसोधन विधेयक पारित गर्न व्यवस्थापिका संसदको बैठक बस्दै

    काठमाडौं, मंसिर २ — अन्तरिम संविधान संसोधन विधेयक पारित गर्न आज व्यवस्थापिका संसदको बैठक बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा संविधानमा रहेको राज्य पुनर्संरचनाका लागि आयोग बनाउने विषयलाई परिवर्तन गरेर विज्ञ समूह बनाउनेबारे संसोधन गर्न लागिएको हो ।

  • संविधान संशोधनको विवाद समाधानका लागि दलहरु आज पनि छलफलमा

    काठमाडौं, मंसिर २ — संविधान संशोधन सम्बन्धी विवाद समाधानका लागि दलहरु आज पनि छलफलमा जुट्दैछन् । संविधान संसोधनमा आफ्नै सभासद्ले असहमति जनाएपछि एकीकृत नेकपा माओवादी र नेकपा एमालेले आफ्ना असन्तुष्ट पक्षसँग छलफल गर्न लागेका छन् ।

  • ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष गरेको सिफारिस फिर्ता लिन माग

    काठमाण्डौं, मंसिर १ - अधिकारवादी संस्थाहरुले सभाषद् बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष गरेको सिफारिस तत्काल फिर्ता लिन सरकारसित माग गरेका छन् । एड्भोकेसी फोरम, इन्सेक, गैसस महासंघ नेपाल, जवाफदेहीता निगरानी समिति,राष्ट्रिय मानवअधिकार प्रतिष्ठान लगायतका २२ वटा अधिकारवादी संस्थाका प्रतिनिधिले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझउँदै यस्तो माग गरेका हुन् ।

  • संविधानसभाको म्याद ६ महिना थप्ने प्रधानमन्त्रीको प्रस्ताव संविधानसभाको म्याद ६ महिना थप्ने प्रधानमन्त्रीको प्रस्ताव

    काठमाण्डौं, मंसिर १ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान सभाको म्याद ६ महिना थप्न प्रस्ताव गर्नुभएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेको सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले संविधान सभाको म्याद ६ महिना थप्न प्रस्ताव गर्नुभएको हो ।

  • मन्त्री त्रिपाठीसँग सुन मात्रै १ सय ९४ तोला (सम्पत्ति विवरण सहित) मन्त्री त्रिपाठीसँग सुन मात्रै १ सय ९४ तोला (सम्पत्ति विवरण सहित)

    काठमाडौं,मंसिर १ — भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गरेको सम्पत्ति बिबरणमा उहाँसँग १ सय ९४ तोला सुन भएको उल्लेख छ । यस्तै सम्पत्ति बिबरण अनुसार मन्त्री त्रिपाठीसँग ३२ केजी चाँदी छ ।

  • सातौँ डिभिजनमा वैद्य पक्षीय लडाकुद्वारा समायोजन प्रकृया बहिस्कार सातौँ डिभिजनमा वैद्य पक्षीय लडाकुद्वारा समायोजन प्रकृया बहिस्कार

    धनगढी, मंसिर १ — सातौं डिभिजन अन्तर्गतको बडैपुरमा रहेको सहायक शिविरका वैद्य पक्षीय लडाकुले समायोजन प्रकृया बहिस्कार गर्ने घोषणा गरेका छन् । समायोजनको खाका स्पष्ट नभएकाले आफुहरु समायोजन प्रकृयामा सहभागी नभएको उनीहरुले बताएका छन् ।

  • १० जना सचिवको सरुवा

    सेञ्छेलुङ लिम्बु/उज्यालो |  काठमाण्डौं, मंसिर १ - सरकारले १० जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषदको बेलुकी बसेको बैठकले कृषि सचिव उमाकान्त झालाई उद्योग, उद्योग मन्त्रालयका सचिव शंकर कोइरालालाई निर्वाचन आयोगमा, निर्वाचन आयोगका सचिव किशोर थापालाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

  • विज्ञ समूहको क्षेत्रधिकार तय गर्न कार्यदल गठन

    काठमाण्डौं, मंसिर १ - मुख्य तीन दलले राज्य पूनसंरचनाका लागि बन्ने विज्ञ समूहको क्षेत्रधिकार तय गर्न कार्यदल गठन गरेका छन् । माओवादी, काँग्रेस र एमालेको संयुक्त बैठकले तीनै दलका एक–एक जना रहेको कार्यदल गठन गरेको हो । कार्यदलले प्रस्ताव तयार गरेर भोलिसम्म सहमति जुटाएर भोलि नै संविधान संशोधन गर्ने तयारी भैरहेको छ ।

  • राष्ट्रिय सहमतिको सरकार बने पछि शान्ति र संविधानः खनाल राष्ट्रिय सहमतिको सरकार बने पछि शान्ति र संविधानः खनाल

    पोखरा, मंसिर १ — नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनेमात्र शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्ने बताउनुभएको छ । बिहीबार पोखरामा नेकपा एमाले गण्डकी अञ्चल स्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले शान्ति र संविधानका लागि कात्तिक १५ गते भएको सहमति अन्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

  • गरिबी नघटाए वास्तविक शान्ति प्राप्त हुँदैनः प्रधानमन्त्री गरिबी नघटाए वास्तविक शान्ति प्राप्त हुँदैनः प्रधानमन्त्री

    काठमाडौं, मंसिर १ —  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी घटाउने दिशातर्फ काम नगरे वास्तविक शान्ति प्राप्त नहुने बताउनु भएको छ । गरिबी निवारण कोषको ३८ औं बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विगतमा भएको द्वन्द्व गरिबीकै कारण भएको दावी गर्नुभयो ।

  • केन्द्रीय समिति बैठक स्थगित गरि माओवादी शीर्ष नेता छलफलमा केन्द्रीय समिति बैठक स्थगित गरि माओवादी शीर्ष नेता छलफलमा

    काठमाडौं, मंसिर १ — आन्तरिक विवाद समाधानका लागि शीर्ष नेताहरु छलफलमा जुट्ने भएपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहीबारको लागि तय भएको बैठक स्थगित भएको माओवादीले जनाएको छ ।

  • संविधान संसोधनमा सहमति जुटाउन मुख्य तीन दल छलफलमा

    काठमाडौं, मंसिर, १ — संविधान संसोधनमा सहमति जुटाउन आज पनि मुख्य तीन दल छलफलमा जुट्ने भएका छन । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्ष र नेकपा एमालेका जनजाति सभासद्ले असहमति जनाएपछि संविधान संसोधनको काम रोकिएको छ ।

  • लडाकु वर्गीकरणका लागि प्राविधिक टोली शिविरमा लडाकु वर्गीकरणका लागि प्राविधिक टोली शिविरमा

    हिम विष्ट/उज्यालो । काठमाण्डौं,  कात्तिक ३० - माओवादी सेनाका लडाकुको वर्गीकरणका लागि सवै प्राविधिक टोली माओवादी सेनाको शिविरमा पुगेको छ । सात वटा डिभिजनमा जाने धेरैजसो टोली बुधवार विहानै काठमाण्डौंबाट हिडेको छ । सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माको टोली माओवादी लडाकुको तेस्रो डिभिजन रहेको चितवनको शक्तिखोर पुगिसकेको छ ।

  • संविधान संशोधन विधेयक पारित हुन सकेन

    कमल पराजुली/उज्यालो | काठमाण्डौं, कात्तिक ३० - दलहरुबीचको बिबादका कारण अन्तरिम संविधान संसोधन विधेयक बुधवार पनि पारित हुन सकेन । माओवादीले संविधानसभाबाट गठन हुने विज्ञ समुहको कार्यविधि पहिले नै टुंग्याउने प्रस्ताव ल्याएपछि छलफलको लागि समय चाहिन भन्दै व्यवस्थापिका संसदको बैठक सुचना टाँस गरेर स्थगित गरिएको छ ।

  • राज्य पुर्नसंरचना समितिकै प्रतिवेदनको आधारमा विज्ञ समुह गठन गर्न माओवादी प्रस्ताव राज्य पुर्नसंरचना समितिकै प्रतिवेदनको आधारमा विज्ञ समुह गठन गर्न माओवादी प्रस्ताव

    काठमाडौं, कात्तिक ३० — एकीकृत नेकपा माओवादीले संविधानसभाको राज्य पुर्नसंरचनार राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई असर नगर्ने गरि विज्ञ समुह गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । अन्तरिम संविधान संसोधनको विषयमा पार्टीभित्र विवाद देखिएपछि माओवादीले संविधानसभाबाट गठन हुने विज्ञ समुहको कार्यविधि पहिले नै टुंग्याउने प्रस्ताव अगाडी सारेको छ ।

  • भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सहमतिका लागि बाधकः खनाल भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सहमतिका लागि बाधकः खनाल

    धनकुटा, कात्तिक ३० — नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अहिलेको सरकार राष्ट्रिय सहमतिका लागि बाधक भएको बताउनु भएको छ । प्रेस चौतारी नेपालले बुधबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले सात बुँदे सहमति विपरीत मन्त्रिमण्डल विस्तार गरेर अहिलेको सरकार सहमतिको बाधक बनेको बताउनुभयो ।

  • लडाकु पुनर्वर्गीकरणको प्रकृया सुरु लडाकु पुनर्वर्गीकरणको प्रकृया सुरु

    काठमाडौं, कात्तिक ३० — माओवादी सेनाका लडाकुको पुनर्वर्गीकरणको प्रकृया आजदेखि सुरु हुने भएको छ । आज कर्मचारी शिविर पुगिसक्ने र पुनर्वर्गीकरणको प्रकृया पनि शुरु हुने सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ ।

  • समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन लडाकूलाई वैद्य पक्षको अपिल समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन लडाकूलाई वैद्य पक्षको अपिल

    काठमाडौं, कात्तिक २९ — एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले सेना समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन माओवादी लडाकूलाई अपिल गरेको छ । पार्टी भित्र विवाद चर्किदै गएका वेला लडाकुको वर्गीकरण प्रकृया सुरु हुनु ठीक एक दिन अघि मंगलबार वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर बहादुर थापा बादलले संयुक्त वक्तव्य निकालेर सेना समायोजन सम्बन्धी सम्झौता आत्मसमर्पणवादी भन्दै समायोजनमा नजान लडाकूलाई अपील गर्नुभएको हो ।

  • ७ बुँदे कार्यान्वयनमा शंका : खनाल ७ बुँदे कार्यान्वयनमा शंका : खनाल

    धनकुटा, कात्तिक २९ - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओबादीको आन्तरिक द्वन्द्वको कारण ७ बुँदे सहमति कार्यान्वयनमा शंका उत्पन्न भएको बताउनुभएको छ । मंगलबार धनकुटाको छिन्ताङमा ३२ औं सहिद दिवस मनाउन पुगेका अध्यक्ष खनालले माओबादीमा उत्पन्न भएको समस्या आफै समाधान गर्नु पर्ने र सहमति कार्यन्वयनको पक्षमा उनीहरु सच्चिनु पर्ने बताउनुभयो ।

  • माओवादीको केन्द्रीय समिति बैठक विहीवारसम्मका लागि स्थगित माओवादीको केन्द्रीय समिति बैठक विहीवारसम्मका लागि स्थगित

    काठमाण्डौं, कात्तिक २९ - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक विहीवारसम्मका लागि स्थगित भएको छ । बुधवार संविधान संशोधन हुने भएकाले अरु दलसित छलफलका लागि केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित गरिएको सचिव सीपी गजुरेलले जानकारी दिनुभयो ।

  • चीनका प्रधानमन्त्री पुष ५ गते नेपाल आउने चीनका प्रधानमन्त्री पुष ५ गते नेपाल आउने

    काठमाण्डौं, कात्तिक २९ - चीनका प्रधानमन्त्री बेन जियाबाओ एक महिना पछि नेपाल भ्रमणमा आउनु हुने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारमा पत्रकारलाई चिनीयाँ समकक्षीले पुष ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको हो ।  त्यस्तै भारतका प्रधानमन्त्री पनि छिटै आउने प्रधानमन्त्रीले बताउनुभयो ।

  • शान्ति स्थापनाको कामना गर्दै राष्ट्रपति हलेसी महादेवमा शान्ति स्थापनाको कामना गर्दै राष्ट्रपति हलेसी महादेवमा

    दमन राई/उज्यालो, खोटाङ, कात्तिक २९ -  राष्ट्रपति डाक्टर रामबरण यादवले खोटाङको हलेसीस्थित महादेबसँग देशमा शान्ति स्थापनाको कामना गर्नु भएको छ । दर्शन गर्नका लागि मंगलवार खोटाङको महादेबस्थान पुगेका राष्ट्रपति यादवले महादेब र मारातीका गुम्बाको दर्शन गर्दै मुलुकमा देखिइरहेका बर्तमान राजनैतिक गतिरोधहरु अन्त्याको कामना गर्नु भएको हो ।

  • समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन लडाकुलाई वैद्यको अपिल समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन लडाकुलाई वैद्यको अपिल

    काठमाण्डौं, कात्तिक २९ – एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले सेना समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन माओवादी लडाकूलाई अपील गरेको छ । लडाकूको वर्गीकरण शुरु हुन ठीक एक दिनअघि मंगलवार वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर बहादुर थापाले संयुक्त वक्तव्य निकालेर सेना समायोजन सम्बन्धी सम्झौता आत्मसमर्पणवादी भन्दै समायोजनमा नजान लडाकूलाई अपील गर्नुभएको हो । सेना समायोजन सम्बन्धी सम्झौताले जनसेनाका लागि अपमानजनक र शान्ति विरोध भएको वक्तव्यमा उल्लेख छ । तर वैद्य र बादलले निक...

  • शान्ति र संविधान अघि बढाउन बाध्य भएर मन्त्रिपरिषद ठूलो बनाउनु पर्‍यो : प्रधानमन्त्री शान्ति र संविधान अघि बढाउन बाध्य भएर मन्त्रिपरिषद ठूलो बनाउनु पर्‍यो : प्रधानमन्त्री

    दीपेन्द्र कुँवर/उज्यालो । काठमाण्डौं, कात्तिक २९ – प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान अघि बढाउन बाध्य भएर मन्त्रिपरिषद ठूलो बनाउनु परेको स्पष्टिकरण दिनुभएको छ । ‘यो बाध्यात्मक परिस्थितिको उपज हो ।’ ४९ सदस्यीय मन्त्रिपरिषद बनाएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले बालुवाटारमा पत्रकारसित भन्नुभयो  ‘काँग्रेस र एमाले सरकारमा नआउने अनि आफ्नै भित्रबाट सरकार गिराउने कुरा आएपछि शान्ति र संविधानको लक्ष्य पूरा गर्न बाध्य भएर गठबन्धनको चाहना पूरा गर्नुपर्‍यो ।&rsquo

  • शिक्षा सेवा आयोगको अध्यक्षमा उदयराज सोती नियुक्त

    काठमाण्डौं, कात्तिक २९ - बैठकले शिक्षा सेवा आयोगको अध्यक्षमा उदयराज सोतीलाई नियुक्त गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी रामकृष्ण अधिकारी र राजेन्द्र क्षेत्रीलाइ उपरथीमा बढुवा गरेको छ भने सहायक रथी ध्रुब बहादुर शाह र श्याम सुन्दर शर्माको पदावधि तीन वर्ष थप गरेको छ ।

  • अपाङ्ग र घाईते लडाकूलाई प्याकेज बनाएर राहत दिने

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, कात्तिक २८ - सरकारले शिविरमा रहेका माओवादी अपाङ्ग र घाईते लडाकूलाई प्याकेज बनाएर राहत दिने भएको छ । सेना समायोजन विशेष समितिको बैठकले घाईते र अपाङ्ग लडाकूको सम्बोधन हुने गरी प्याकेज बनाउने निर्णय गरेको हो ।

  • ७ गतेभित्रै लडाकूको वर्गीकरण गरिसक्ने

    हिम विष्ट/उज्यालो । काठमाण्डौं, कात्तिक २८ - सेना समायोजन विशेष समितिले मंसिर ७ गतेभित्रै लडाकूको वर्गीकरण गर्ने गरी काम शुरु गर्ने निर्णय गरेको छ । विशेष समितिको बैठकले लडाकू वर्गीकरणका लागि पर्सि टोली पठाउनेछ । मंसिर ७ गते भित्र काम सक्ने गरी काम शुरु हुने बैठक पछि विशेष समितिका सदस्य रामशरण महतले जानकारी दिनुभयो ।

  • पार्टीलाई नयाँ एमाले बनाउन खोजियो : वैद्य पार्टीलाई नयाँ एमाले बनाउन खोजियो : वैद्य

    दीपेन्द्र कुँवर/उज्यालो । काठमाण्डौं, कात्तिक २८ - एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले अध्यक्ष प्रचण्डले पार्टीलाई नयाँ एमाले बनाउन खोजेको आरोप लगाउनुभएको छ । केन्द्रीय समिति बैठकमा वैद्यले पार्टीलाई दक्षिणपन्थी बनाउन खोजेको भन्दै प्रचण्डको कडा आलोचना गर्नुभयो । ‘पार्टीलाई नयाँ एमाले बनाउने हो कि ? माओवादी नै राख्ने हो ?’ केन्द्रीय कमिटी बैठकमा वैद्यले बोलेको कुरा उधृत् गर्दै एक केन्द्रीय सदस्यले भने– पार्टीलाई दक्षिणपन्थी बनाउन थालिएको छ ।&rsquo

  • सहसचिव र प्रजिअ गरी १६ जनाको काज सरुवा(सूचिसहित)

    सुफल काफ्ले/उज्यालो | काठमाण्डौं, कात्तिक २८ - गृहमन्त्रालयले सहसचिव र प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले सहसचिव स्तरका १६ जना अधिकारीको काज सरुवा गर्नुभएको हो । अध्यागमन विभागका महानिर्देशक जन्मजय रेग्मीलाई गृहमन्त्रालयको सहसचिव एवंम प्रवक्ता बनाईएको छ भने गृहमन्त्रालयका सुधिरकुमार शाहलाई अध्यागमन विभागका महानिर्देशक बनाइएको छ ।

  • कुन मन्त्रीसँग कति सम्पत्ति कुन मन्त्रीसँग कति सम्पत्ति

    काठमाडौं, कात्तिक २८ — सूचना तथा सञ्चार मन्त्रालयले पाँच मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विभिन्न मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो ।

  • सात बूँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने ३ दलको निर्णय

    काठमाण्डौं, कात्तिक २८ - तीन दलका शीर्ष नेताको बैठकले सात बूँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले केही दिन दलहरुबीच तीक्तता देखिएपनि साँत बुँदे सहमति कार्यान्वयन गर्ने र अहिले केहीबेरमा सेना समायोजन विशेष समितिको बैठक बसेर शान्ति प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

  • सात बुँदे कार्यान्वन नगरे शान्ति र संविधान असम्भव सात बुँदे कार्यान्वन नगरे शान्ति र संविधान असम्भव

    धर्वेन्द्र झा/उज्यालो । जनकपुरधाम, कात्तिक २८ — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर १४ गते पनि संविधानको मस्यौदा नआउने ठोकुवा गर्नुभएको छ । प्रेस युनियन धनुषाले मंगलबार जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले तीन दलबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा आलटाल भएको भन्दै शान्ति र संविधान अनिश्चित बन्दै गएको बताउनुभयो ।

  • 'माओवादीमा विचार र कार्यदिशामै विवाद' 'माओवादीमा विचार र कार्यदिशामै विवाद'

    हिम विष्ट/उज्यालो | काठमाण्डौं, कात्तिक २८ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पार्टीमा विचार र कार्यदिशामै विवाद भैरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको विवाद कुनै सामान्य घटनामा आधारित नभई राजनीतिक लाईन र कार्यदिशाको विवाद भएको बताउनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया