MENU
Ncell Axiata

अर्थ

  • बेहुली झैं सजियो जिरी

    जिरी, चैत १६ - दोलखाको पर्यटकीय नगरी जिरी शुक्रवारदेखि सुरु हुने जिरी महोत्सवका लागि वेहुली झै सजिएको छ । प्राकृतिक सुन्दरताको धनि देशको रुपमा परिचित स्वीरजरल्याण्डको जुरीच शहरको उपनामले परिचित जिरी यतिवेला रङ्गिचङ्गि ध्वजापताले सजिएको छ ।

  • पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा प्रदर्शन

    काठमाडौं, चैत १६ – पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोधमा विद्यार्थीले बिहीबार पनि काठमाडौंका विभिन्न क्याम्पसमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरीले ४ जना विद्यार्थीलाई पक्रेको छ ।

  • चीनबाट थप न्यारो बडीका जहाज ल्याउँछौँ: पर्यटनमन्त्री बिष्ट

    काठमाडौं, चैत १६ – पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले चीनबाट ५ बटा टुईनेटर र ३ वटा एम १६ जहाज सहित थप दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भईरहेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री विष्टले चीनबाट ८ वटा जहाज ल्याउने प्रक्रिया अगाडि बढिसकेको भन्दै थप दुई वटा न्यरो बडी जहाज ल्याउने तयारी भएको बताउनुभएको हो ।

  • फुटपाथका सामान हटाएको विरोधमा बन्द

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, चैत १६ – नगरपालिकाले पसल अगाडि फुटपाथमा राखिएको सामानहरु हटाएको विरोधमा गोरखा सदरमुकाममा ब्यापारीहरुले  बिहीबार बजार बन्द गराएका छन् । गोरखा नगरपालिकाले बुधवारदेखि सदरमुकामको पसल अगाडि फुटपाथमा राखिएको सामान हटाउन थालेको विरोधमा ब्यापारीहरुले प्रदर्शन समेत गरेका छन् ।

  • पश्चिम सेती बनाउन बाटो खुल्यो

    सेन्छेलुङ लिम्बु/ उज्यालो । काठमाडौं, चैत १५ – सुदूरपश्चिममा बन्ने पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । संसदको प्राकृतिक स्रोत र साधन समितिले गठन गरेको अध्ययन उपसमितिको कार्यदलले तोकिएको समयसिमा भित्रै निर्माण सक्ने गरी आयोजना बढाउने निर्देशन दिने प्रतिवेदन तयार पारेपछि पश्चिम सेतीमा बाटो खुलेको हो ।

  • ट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको प्रदर्शन, २२ विद्यार्थी पक्राउ ट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको प्रदर्शन, २२ विद्यार्थी पक्राउ

    काठमाडौं, चैत १५ – अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा काठमाण्डूको त्रिचन्द्र क्याम्पसबाट २२ जना विद्यार्थीलाई प्रहरीले पक्रेको अनेरास्ववियुका महासचिव किशोर मल्लले जानकारी दिनुभयो ।

  • सत्यको समर्थन गरेकोमा मिडियालाई धन्यवादः महानिर्देशक भट्टराई

    काठमाडौं, चैत १५ – बैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले बैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित बनाउन आफू प्रतिवद्ध रहने बताउनु भएको छ । तत्कालिन श्रम मन्त्री सरिता गिरीले हटाएपनि पुनः महानिर्देशककै जिम्मेवारी पाएका भट्टराईले रोजगार व्यवसयायलाई मर्यादित बताउन आफू प्रतिवद्ध भएर लाग्ने बताउनु भएको हो ।

  • सुनको भाउ घट्यो

    काठमाडौ चैत १५ – दुई दिन लगातार बढेको सुनचाँदीको बुधवार भने घटेको छ । सुन तोलामा ३ सय र चाँदी १० रुपैंया घटेको हो ।

  • प्राधिकरणले हेटौंडा अस्पतालको लाइन काट्यो

    हरि हुमागाईं/उज्यालो । हेटौंडा, चैत १३ - नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाले हेटौंडा अस्पतालको लाइन काटेको छ । अस्पतालले ५५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ । अस्पतालको इमर्जेन्सि बाहेकका विभागमा विद्युत लाइट काटिएपछि विरामीको उपचारमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

  • पश्चिम सेतीलाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाउ : विज्ञ

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाडौं, चैत १३ - पश्चिम सेतीलाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । सरकोकारवाला, प्रभावित क्षेत्रका सभासद र संसदको प्राकृतिक स्रोत साधन समितिका सदस्यबीच काठमाडौंमा भएको छलफलमा विज्ञहरुले पश्चिमसेती बहुउद्देश्यीय रुपमा अघि बढाए त्यसले नेपाललाई दीर्घकालीन फाईदा हुर्ने बताएका हुन् ।

  • शहरमा लोडसेडिङ, गाउँ झलमल

    विनोद ढकाल/उज्यालो । काठमाडौ, चैत १३ – शहरमा लोडसेडिङले सताइरहेका बेला नेपालका धेरै गाउँहरु भने लघु जलविद्युत आयोजनाको विजुलीले झलमल छ । पहाडी खोलाबाट निकालिएको लघु जलविद्युतबाट अहिलेसम्म २ लाख घरधुरीका वासिन्दाले विजुलीको सुविधा पाएका लघु जलविद्युत प्रवद्र्धन गर्ने सरकारी निकाय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।

  • एक हप्तापछि सुनको भाऊ बढ्यो

    काठमाडौं, चैत १२ - एक हप्तासम्म स्थिर रहेको सुनचाँदीको भाउ आइतवार बढेको छ । सुन तोलामा ५ सय ५ र चाँदी २० रुपैंया बढेको हो । गएको आईतबारदेखि शुक्रवारसम्म ५३ हजार ५ सय रुपैंया रहेको सुन आइतवार बजार खुल्दा ५४ हजार ५ रुपैंया तोलामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ४ प्यानल

    काठमाडौं, चैत १२ - म्यानपावर एजेन्सीहरूको छाता संगठन नेपाल वैदेशिक रोजागार व्यवसायी संघको आउँदो दुई वर्षे कार्यकालको नेतृत्वका लागि तीन व्यवसायीले औपचारिक रूपमा उम्मेदवार घोषणा गरी प्रचारप्रसार थालिसकेका छन् । एक प्यानलले आइतवार दिउँसो उम्मेदवारी घोषणा गर्दैछ । चैत २४ गते हुने चुनावी साधारणसभाका लागि बलबहादुर तामाङले शुक्रबार, हंशराज वाग्लेले बिहीबार र प्रेम कटवालले बुधबार उम्मेदवारी घोषणा गर्नुभएको हो भने किरणकिशोर घिमिरेले आइतवारघोषणा गर्ने कार्यक्रम छ ।

  • फेवातालमाथि केबलकार बन्ने

    पोखरा, चैत १२ - पर्यटकीय नगरी पोखराको फेवातालमाथि मुलुककै दोस्रो केबलकार निर्माण गरिने भएको छ । निर्माणमा स्वदेशीसँगै विदेशी कम्पनीहरु इच्छुक देखिएका छन् । फेवाताल किनारको बसुन्धरा पार्कदेखि पुम्दी–भुम्दीको कोदी डाँडास्थित ‘विश्व शान्ति स्तुप’सम्म केबलकार निर्माण गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रस्ताव आह्वान गरेपछि विभिन्न पाँच कम्पनीले आशयपत्र बुझाएका छन् ।

  • सुनको भाउ स्थिर

    काठमाडौ चैत १० – बैंकहरुले आवश्यकता अनुसार आयात गर्न नसक्दा यो हप्ता सुनको भाउ स्थिर भएको छ । आइतबारदेखि नै सुन तोलाको ५३ हजार ५ सय रुपैंयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • फेवा महोत्सव हुने

    पोखरा, चैत ९ – पोखराको पर्यटकीय फेवाताल किनारमा चैत २८ देखि वैशाख २ गतेसम्म फेवा नववर्ष महोत्सव हुने भएको छ । फेवाताल बचाऔं भन्ने नारासँगै पर्यटन, संस्कृति र खानालाई महत्व दिएर पश्चिमाञ्चल होटल संघ पोखराले नवौंपटक महोत्सवलाई निरन्तरता दिने भएको हो ।

  • ठेकी हेर्नेको घुइँचो

    विनोद ढकाल/उज्यालो, काठमाडौ, चैत ९ – टेबुलभरि काठका ठेकी, हुक्का, डमरु दुधेरी राखिएका छन् । ‘कुन काठको हो यो ?’ हेर्न आउने धेरैजसोले सोध्ने प्रश्नमा अछामका प्रकाश लामिछानेको जवाफ एउटै छ ‘दारको, यो नफुट्ने बलियो काठ हो’ । कसैले भाँडाकुँडाको नाम सोधेर हैरान पार्छन् कसैले मुल्य । ‘किन्ने अहिलेसम्म भेटिएका छैनन्, हेर्नेहरु भने एक छिन खाली छैनन्’ लामिछानेले भन्नुभयो । तर धेरैले चिनेको र हेरिरहने भाँडा ठेकी नै हो ।

  • १५ सहकारी संस्था खारेजी पक्रियामा

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, चैत ८ – तीन बर्षदेखि लेखा परीक्षण नगराएका र आर्थिक कारोवार पनि नपठाउने सहकारी संस्थाको सम्पुर्ण सम्पत्ति जफत गरि खारेज गर्न लागिएको छ । खारेजीमा परेका संस्थालाई लिखित तथा विभिन्न संचारमाध्यमबाट जानकारी गराईए पनि सम्पर्कमा नआएकोले संस्थाहरु खारेजी पक्रिया अगाढी बढाइएको सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बासुदेव भट्टराईले बताउनुभयो  ।   भट्टराईका अनुसार खारेज हुने संस्थाहरुको दायित्व के कति छ र कसबाट कति असुल गर्नु पर्छ त्यो व...

  • कान्तिपुर ग्यास हाउसमा शिलबन्दी

    काठमाडौं, चैत ८ - काठमाडौमा अवैध रुपमा साना सिलिण्डरमा पनि ग्यास भर्ने गरेको पाईएको छ । अहिले प्रयोग भइरहेका खाना पकाउने १४ दशमलव  २ किलोको सिलिण्डरबाट ग्यास खन्याएर साना ५ किलोको सिलिण्डरमा ग्यास भर्ने गरेको पाईएपछि अनुगमन टोलीले काठमाडौंको बालाजुमा रहेको कान्तिपुर ग्याँस हाउसमा शिलवन्दी गरेको छ ।

  • सुनचाँदीको भाउ स्थिर

    काठमाडौं, चैत ८ – पर्याप्त मात्रामा वितरण नहुँदा सुन र चाँदीको भाउ ४ दिन यता घटबढ हुन सकेको छैन । गएको आईतबार देखि नै सुन ५३ हजार ५ सय र चाँदी १ हजार ८० रुपैंयामा कारोबार भईरहेको छ ।

  • भारतीय भूपूलाई साँढे १८ करोड पेन्सन वितरण

    आश गुरुङ/उज्यालो, लमजुङ, चैत ८ – लमजुङका भारतीय भूतपूर्व सैनिकहरुलाई साढे १८ करोड रुपैँया पेन्सन वितरण गरिएको छ । लमजुङ भारतीय भूपू सैनिक विकास समितिको समन्वयमा एकसातासम्म सदरमुकाममा सञ्चालन भएको पेन्सन वितरण शिविरमा दुई हजार ४ सय ५० जना भूपूहरुलाई १८ करोड ४० लाख रुपैँया वितरण गरिएको हो ।

  • उद्योग वाणिज्य महासंघको ४६ औँ वार्षिक साधारण सभा चैत्र २४ गते

    काठमाडौं, चैत ७ – नेपाल उद्योग वाणिज्य महासंघको ४६ औँ वार्षिक साधारण सभा चैत्र २४ गते काठमाडौंमा हुने भएको छ । लगानी प्रवद्र्धन र रोजगारीका अवसरको सृजनालाई केन्द्र विन्दुमा राखेर साधारण सभा गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

  • पश्चिम सेतीबारे अध्ययन गर्न थप १० दिनको समय

    काठमाडौं, चैत ६ – संसदको प्राकृतिक श्रोत र साधन समितिले पश्चिम सेती जलविद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको विषयमा अध्ययन गर्ने समय १० दिनका लागि थप गरेको छ । समय थप्ने नथप्ने विषयमा समितिका सदस्यहरुबीच तिव्र विवाद भएपनि अध्ययनका लागि समितिले १० दिनको समय थप गरेको हो ।

  • ग्रेट हिमालयन ट्रेलमा पर्यटन विकास योजना बनाउन शुरु

    विनोद ढकाल/उज्यालो, काठमाडौ, चैत ६ – पूर्वदेखि पश्चिमसम्मको पर्यटकीय पैदलमार्ग ग्रेट हिमालयन ट्रेलमा पर्यटन विकासका लागि योजना बनाउन शुरु गरिएको छ । २० वटा पहाडी जिल्लामा पर्ने पदमार्ग वरपर पर्यटन विकास गर्न के कस्ता काम गर्र्नुपर्छ भन्ने योजना बनाउन थालिएको सहयोगी संस्था नेदरल्याण्ड विकास नियोगले जनाएको छ ।

  • उद्योगमा सिलबन्दी

    काठमाडौ चैत ५ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाईमा सिनामंगलमा सञ्चालित एबी वेभरेव उद्योगमा आइतबार सिलबन्दी गरिएको छ । सञ्चालक विश्व प्रजापतिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सुनको भाउ बढ्यो

    काठमाडौ, चैत ५– सुन र चाँदीको भाउ केही बढेको छ । सुन तोलामा ५ सय २ र चाँदी ५ रुपैंया बढेको हो । सुन आइतबार ५३ हजार ५ सय २ रुपैंया तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • सशस्त्र प्रहरीलाई कुखुराको मासु र अण्डा देऊ : कुखुरा पालक किसान

    चितवन, चैत  ४  -  चितवनका कुखुरा पालक किसानले सशस्त्र प्रहरीको रासनमा कुखुराको मासु र अण्डा समावेश गर्न माग गरेका छन् । चितवनको नारायणगढमा भएको नेपाल कुखुरा व्यवसायिक संघको चौथो अधिवेशनमा सहभागि हुन आएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीलाई १५ बँदे माग पत्र बुझाउदै किसानले यस्तो माग गरेका हुन् । कुखुराको दानाका लागि प्रयोग हुने मकै र सोयाविनको व्यवसायिक खेती प्रवद्र्धन, व्यवसायिक सुरक्षा, विद्युत संकटको अन्त्य लगायतका माग पनि कुखुरा पालक किसानको छ ।

  • 'पश्चिम सेती अघि नबढाए आन्दोलन'

    धनगढी,  चैत ४ - पश्चिम सेती मुल सरोकार समितिले देशकै सवैभन्दा ठुलो ७ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको पश्चिम सेती जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग गरेको छ । मुल सरोकार समितिका पदाधिकारीहरुले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

  • सबै देशलाई फाइदा पुग्ने विकास नीति चाहिन्छः अर्थमन्त्री

    काठमाडौं, चैत ४ – अर्थमन्त्री बर्षमान पुनले सबै देशले फाइदा लिन सक्ने गरी विकास नीति बनाउनुपर्ने बताउनुभएको छ । डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डेनिडा)को ५० औं वार्षिकोत्सवका अवसरमा डेनमार्कको राजधानी कोपनहेगनमा भएको कार्यक्रममालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अहिलेको विकास नीतिले समान फाइदा दिन नसकेकाले विकासोन्मुख देशलाई नकारात्मक असर परेको दावी गर्नुभयो ।

  • यो हप्ता सुनको भाउ घट्यो

    काठमाडौं, चैत ३ –  सुनको भाउ यो हप्ता १ हजार दुई सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आईतबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन १ सय ९५ रुपैयाँले घटेर सोमबार र मंगलबार ५४ हजार पाँच रुपैयाँमा किनबेच भएको थियो ।

  • अर्थमन्त्री पुन र डेनिस विकासमन्त्रीबीच भेटवार्ता

    डेनमार्क, चैत ३ – डेनमार्कको भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस विकासमन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । बिहीबार राती डेनिस विकास मन्त्री क्रिसियन फ्रिस व्याजसंगको भेटमा अर्थमन्त्री पुनले नेपाल र डेनमार्कको कुटनीतिक सम्बन्ध, नेपाललाई डेनिस सरकारले दिँदै आएको सहयोग र नेपालको शान्ति तथा संविधान लेखन प्रकृयाका विषयमा छलफल गर्नु भएको अर्थमन्त्रीको नीजि सचिवालयलजे जनाएको छ ।

  • तीन महिना पछि सुन तोलामा १ हजार रुपैयाँले घट्यो

    काठमाडौं, चैत २ – सुनको भाउ तीन महिना पछि ५३ हजार भन्दा तल झरेको छ । हिजोको भाउमा १ हजार रुपैयाँले घटेर आज ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • ‘अब काठमाडौंमा धुलो र हिलाम्ये सडकमा हिँड्न पर्दैन’

    काठमाडौं, चैत २ – भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंका बासिन्दाले धुलो र हिलाम्ये सडकमा हिड्न नपर्ने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लबले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा भत्काईएका सडकको पुनर्निमाण तत्काल शुरु हुने र सडक विस्तारको काम नरोकिने बताउनुभयो ।

  • अलैंचीको भाउ घटेपछि व्यवसायीहरु मर्कामा

    दमन राई/ उज्यालो । खोटाङ, चैत २ – अलैंचीको भाउ घटेपछि खोटाङका अलैंची व्यवसायीहरु मर्कामा परेका छन् । पोहोरको तुलनामा यस वर्ष अलैंचीको भाउ प्रतिमन १९ हजार पाँच सय रुपैंयाले घटेको छ ।

  • आज विश्व उपभोक्ता अधिकार दिवस आज विश्व उपभोक्ता अधिकार दिवस

    काठमाडौं, चैत २ – आज विश्व उपभोक्ता अधिकार दिवस । ‘हाम्रो पैसा हाम्रो अधिकारः वित्तीय सेवामा वास्तविक छनौटका लागि अभियान’ भन्ने नाराका साथ संसारभर मनाईदैछ ।

  • सरकारले निर्यातमूखि जलविद्युत आयोजनासँग दुई महिना भित्रै सम्झौता गर्ने

    काठमाडौं, चैत १ – सरकारले विस्तृत अध्ययन पूरा गरेका निर्यातमुखि जलविद्युत् आयोजनासित दुई महिना भित्रै आयोजना विकास सम्झौता गर्ने जनाएको छ । काठमाडौं बुधबारदेखि सुरु भएको जलविद्युत् सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारका सर्तहरु पूरा गर्ने निर्यातमुखी आयोजनासित दुई महिना भित्रै सम्झौता हुने बताउनुभयो ।

  • युरोपेली संघद्वारा ४२ करोड रुपैयाँ सहयोग युरोपेली संघद्वारा ४२ करोड रुपैयाँ सहयोग

    काठमाडौं, चैत १ – युरोपेली संघले नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीको विकास र सुधारका लागि झण्डै ४२ करोड रुपैयाँ सहयोग गरेको छ । दोश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत खाद्य सुरक्षाका क्षेत्रमा खर्च गर्नेगरि सहयोग गरिएको संघले जनाएको छ ।

  • अर्थमन्त्री एक हप्ते बिदेश भ्रमणमा

    काठमाडौं, चैत १ – अर्थमन्त्री वर्षमान पुन अनन्त एक हप्ते भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि मन्त्री पुन डेनमार्क जान लाग्नुभएको हो ।

  • यातायात व्यवस्था विभागमा रोकिएन दलालको चलखेल

    ललितपुर, फागुन ३० – यातायात व्यवस्था विभाग बाग्मति अन्तर्गतको मोटरसाईकल शाखामा दलाल निरुत्साहित गर्ने योजना लागू गरिएपनि उनीहरुको चलखेल रोकिएको छैन । मोटरसाईकल दर्ता, नामसारी सम्बन्धि सबै काम हुने ललितपुरको सातदोवाटो नजिक रहेको कार्यालयमा दलाल निरुत्साहित गर्न टोकन प्रणाली लागू भएपनि प्रभावकारी नभएको उपभोक्ताको गुनासो छ ।

  • अस्पतालकै क्यान्टिन छैनन् गुणस्तरीय

    काठमाडौं, फागुन २९ – अनुगमन टोलीले काठमाण्डु सिनामंगलमा रहेको काठमाण्डु मेडिकल कलेज केएमसीको क्यान्टिनलाई तीन दिनसम्म कुनै पनि खाद्य वस्तु नबेच्न निर्देशन दिएको छ । क्यान्टिनमा न्यूनत्तम गुणस्तर पनि नपाईपछि अनुगमन टोलीले खाद्य वस्तु बेच्नमा रोक लगाएको हो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया