MENU
Ncell Axiata
NIC Asia

अर्थ

  • फेवातालमाथि केबलकार बन्ने

    पोखरा, चैत १२ - पर्यटकीय नगरी पोखराको फेवातालमाथि मुलुककै दोस्रो केबलकार निर्माण गरिने भएको छ । निर्माणमा स्वदेशीसँगै विदेशी कम्पनीहरु इच्छुक देखिएका छन् । फेवाताल किनारको बसुन्धरा पार्कदेखि पुम्दी–भुम्दीको कोदी डाँडास्थित ‘विश्व शान्ति स्तुप’सम्म केबलकार निर्माण गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रस्ताव आह्वान गरेपछि विभिन्न पाँच कम्पनीले आशयपत्र बुझाएका छन् ।

  • सुनको भाउ स्थिर

    काठमाडौ चैत १० – बैंकहरुले आवश्यकता अनुसार आयात गर्न नसक्दा यो हप्ता सुनको भाउ स्थिर भएको छ । आइतबारदेखि नै सुन तोलाको ५३ हजार ५ सय रुपैंयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • फेवा महोत्सव हुने

    पोखरा, चैत ९ – पोखराको पर्यटकीय फेवाताल किनारमा चैत २८ देखि वैशाख २ गतेसम्म फेवा नववर्ष महोत्सव हुने भएको छ । फेवाताल बचाऔं भन्ने नारासँगै पर्यटन, संस्कृति र खानालाई महत्व दिएर पश्चिमाञ्चल होटल संघ पोखराले नवौंपटक महोत्सवलाई निरन्तरता दिने भएको हो ।

  • ठेकी हेर्नेको घुइँचो

    विनोद ढकाल/उज्यालो, काठमाडौ, चैत ९ – टेबुलभरि काठका ठेकी, हुक्का, डमरु दुधेरी राखिएका छन् । ‘कुन काठको हो यो ?’ हेर्न आउने धेरैजसोले सोध्ने प्रश्नमा अछामका प्रकाश लामिछानेको जवाफ एउटै छ ‘दारको, यो नफुट्ने बलियो काठ हो’ । कसैले भाँडाकुँडाको नाम सोधेर हैरान पार्छन् कसैले मुल्य । ‘किन्ने अहिलेसम्म भेटिएका छैनन्, हेर्नेहरु भने एक छिन खाली छैनन्’ लामिछानेले भन्नुभयो । तर धेरैले चिनेको र हेरिरहने भाँडा ठेकी नै हो ।

  • १५ सहकारी संस्था खारेजी पक्रियामा

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, चैत ८ – तीन बर्षदेखि लेखा परीक्षण नगराएका र आर्थिक कारोवार पनि नपठाउने सहकारी संस्थाको सम्पुर्ण सम्पत्ति जफत गरि खारेज गर्न लागिएको छ । खारेजीमा परेका संस्थालाई लिखित तथा विभिन्न संचारमाध्यमबाट जानकारी गराईए पनि सम्पर्कमा नआएकोले संस्थाहरु खारेजी पक्रिया अगाढी बढाइएको सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बासुदेव भट्टराईले बताउनुभयो  ।   भट्टराईका अनुसार खारेज हुने संस्थाहरुको दायित्व के कति छ र कसबाट कति असुल गर्नु पर्छ त्यो व...

  • कान्तिपुर ग्यास हाउसमा शिलबन्दी

    काठमाडौं, चैत ८ - काठमाडौमा अवैध रुपमा साना सिलिण्डरमा पनि ग्यास भर्ने गरेको पाईएको छ । अहिले प्रयोग भइरहेका खाना पकाउने १४ दशमलव  २ किलोको सिलिण्डरबाट ग्यास खन्याएर साना ५ किलोको सिलिण्डरमा ग्यास भर्ने गरेको पाईएपछि अनुगमन टोलीले काठमाडौंको बालाजुमा रहेको कान्तिपुर ग्याँस हाउसमा शिलवन्दी गरेको छ ।

  • सुनचाँदीको भाउ स्थिर

    काठमाडौं, चैत ८ – पर्याप्त मात्रामा वितरण नहुँदा सुन र चाँदीको भाउ ४ दिन यता घटबढ हुन सकेको छैन । गएको आईतबार देखि नै सुन ५३ हजार ५ सय र चाँदी १ हजार ८० रुपैंयामा कारोबार भईरहेको छ ।

  • भारतीय भूपूलाई साँढे १८ करोड पेन्सन वितरण

    आश गुरुङ/उज्यालो, लमजुङ, चैत ८ – लमजुङका भारतीय भूतपूर्व सैनिकहरुलाई साढे १८ करोड रुपैँया पेन्सन वितरण गरिएको छ । लमजुङ भारतीय भूपू सैनिक विकास समितिको समन्वयमा एकसातासम्म सदरमुकाममा सञ्चालन भएको पेन्सन वितरण शिविरमा दुई हजार ४ सय ५० जना भूपूहरुलाई १८ करोड ४० लाख रुपैँया वितरण गरिएको हो ।

  • उद्योग वाणिज्य महासंघको ४६ औँ वार्षिक साधारण सभा चैत्र २४ गते

    काठमाडौं, चैत ७ – नेपाल उद्योग वाणिज्य महासंघको ४६ औँ वार्षिक साधारण सभा चैत्र २४ गते काठमाडौंमा हुने भएको छ । लगानी प्रवद्र्धन र रोजगारीका अवसरको सृजनालाई केन्द्र विन्दुमा राखेर साधारण सभा गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

  • पश्चिम सेतीबारे अध्ययन गर्न थप १० दिनको समय

    काठमाडौं, चैत ६ – संसदको प्राकृतिक श्रोत र साधन समितिले पश्चिम सेती जलविद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको विषयमा अध्ययन गर्ने समय १० दिनका लागि थप गरेको छ । समय थप्ने नथप्ने विषयमा समितिका सदस्यहरुबीच तिव्र विवाद भएपनि अध्ययनका लागि समितिले १० दिनको समय थप गरेको हो ।

  • ग्रेट हिमालयन ट्रेलमा पर्यटन विकास योजना बनाउन शुरु

    विनोद ढकाल/उज्यालो, काठमाडौ, चैत ६ – पूर्वदेखि पश्चिमसम्मको पर्यटकीय पैदलमार्ग ग्रेट हिमालयन ट्रेलमा पर्यटन विकासका लागि योजना बनाउन शुरु गरिएको छ । २० वटा पहाडी जिल्लामा पर्ने पदमार्ग वरपर पर्यटन विकास गर्न के कस्ता काम गर्र्नुपर्छ भन्ने योजना बनाउन थालिएको सहयोगी संस्था नेदरल्याण्ड विकास नियोगले जनाएको छ ।

  • उद्योगमा सिलबन्दी

    काठमाडौ चैत ५ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाईमा सिनामंगलमा सञ्चालित एबी वेभरेव उद्योगमा आइतबार सिलबन्दी गरिएको छ । सञ्चालक विश्व प्रजापतिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सुनको भाउ बढ्यो

    काठमाडौ, चैत ५– सुन र चाँदीको भाउ केही बढेको छ । सुन तोलामा ५ सय २ र चाँदी ५ रुपैंया बढेको हो । सुन आइतबार ५३ हजार ५ सय २ रुपैंया तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • सशस्त्र प्रहरीलाई कुखुराको मासु र अण्डा देऊ : कुखुरा पालक किसान

    चितवन, चैत  ४  -  चितवनका कुखुरा पालक किसानले सशस्त्र प्रहरीको रासनमा कुखुराको मासु र अण्डा समावेश गर्न माग गरेका छन् । चितवनको नारायणगढमा भएको नेपाल कुखुरा व्यवसायिक संघको चौथो अधिवेशनमा सहभागि हुन आएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीलाई १५ बँदे माग पत्र बुझाउदै किसानले यस्तो माग गरेका हुन् । कुखुराको दानाका लागि प्रयोग हुने मकै र सोयाविनको व्यवसायिक खेती प्रवद्र्धन, व्यवसायिक सुरक्षा, विद्युत संकटको अन्त्य लगायतका माग पनि कुखुरा पालक किसानको छ ।

  • 'पश्चिम सेती अघि नबढाए आन्दोलन'

    धनगढी,  चैत ४ - पश्चिम सेती मुल सरोकार समितिले देशकै सवैभन्दा ठुलो ७ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको पश्चिम सेती जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग गरेको छ । मुल सरोकार समितिका पदाधिकारीहरुले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

  • सबै देशलाई फाइदा पुग्ने विकास नीति चाहिन्छः अर्थमन्त्री

    काठमाडौं, चैत ४ – अर्थमन्त्री बर्षमान पुनले सबै देशले फाइदा लिन सक्ने गरी विकास नीति बनाउनुपर्ने बताउनुभएको छ । डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डेनिडा)को ५० औं वार्षिकोत्सवका अवसरमा डेनमार्कको राजधानी कोपनहेगनमा भएको कार्यक्रममालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अहिलेको विकास नीतिले समान फाइदा दिन नसकेकाले विकासोन्मुख देशलाई नकारात्मक असर परेको दावी गर्नुभयो ।

  • यो हप्ता सुनको भाउ घट्यो

    काठमाडौं, चैत ३ –  सुनको भाउ यो हप्ता १ हजार दुई सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आईतबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन १ सय ९५ रुपैयाँले घटेर सोमबार र मंगलबार ५४ हजार पाँच रुपैयाँमा किनबेच भएको थियो ।

  • अर्थमन्त्री पुन र डेनिस विकासमन्त्रीबीच भेटवार्ता

    डेनमार्क, चैत ३ – डेनमार्कको भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस विकासमन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । बिहीबार राती डेनिस विकास मन्त्री क्रिसियन फ्रिस व्याजसंगको भेटमा अर्थमन्त्री पुनले नेपाल र डेनमार्कको कुटनीतिक सम्बन्ध, नेपाललाई डेनिस सरकारले दिँदै आएको सहयोग र नेपालको शान्ति तथा संविधान लेखन प्रकृयाका विषयमा छलफल गर्नु भएको अर्थमन्त्रीको नीजि सचिवालयलजे जनाएको छ ।

  • तीन महिना पछि सुन तोलामा १ हजार रुपैयाँले घट्यो

    काठमाडौं, चैत २ – सुनको भाउ तीन महिना पछि ५३ हजार भन्दा तल झरेको छ । हिजोको भाउमा १ हजार रुपैयाँले घटेर आज ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • ‘अब काठमाडौंमा धुलो र हिलाम्ये सडकमा हिँड्न पर्दैन’

    काठमाडौं, चैत २ – भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंका बासिन्दाले धुलो र हिलाम्ये सडकमा हिड्न नपर्ने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लबले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा भत्काईएका सडकको पुनर्निमाण तत्काल शुरु हुने र सडक विस्तारको काम नरोकिने बताउनुभयो ।

  • अलैंचीको भाउ घटेपछि व्यवसायीहरु मर्कामा

    दमन राई/ उज्यालो । खोटाङ, चैत २ – अलैंचीको भाउ घटेपछि खोटाङका अलैंची व्यवसायीहरु मर्कामा परेका छन् । पोहोरको तुलनामा यस वर्ष अलैंचीको भाउ प्रतिमन १९ हजार पाँच सय रुपैंयाले घटेको छ ।

  • आज विश्व उपभोक्ता अधिकार दिवस आज विश्व उपभोक्ता अधिकार दिवस

    काठमाडौं, चैत २ – आज विश्व उपभोक्ता अधिकार दिवस । ‘हाम्रो पैसा हाम्रो अधिकारः वित्तीय सेवामा वास्तविक छनौटका लागि अभियान’ भन्ने नाराका साथ संसारभर मनाईदैछ ।

  • सरकारले निर्यातमूखि जलविद्युत आयोजनासँग दुई महिना भित्रै सम्झौता गर्ने

    काठमाडौं, चैत १ – सरकारले विस्तृत अध्ययन पूरा गरेका निर्यातमुखि जलविद्युत् आयोजनासित दुई महिना भित्रै आयोजना विकास सम्झौता गर्ने जनाएको छ । काठमाडौं बुधबारदेखि सुरु भएको जलविद्युत् सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारका सर्तहरु पूरा गर्ने निर्यातमुखी आयोजनासित दुई महिना भित्रै सम्झौता हुने बताउनुभयो ।

  • युरोपेली संघद्वारा ४२ करोड रुपैयाँ सहयोग युरोपेली संघद्वारा ४२ करोड रुपैयाँ सहयोग

    काठमाडौं, चैत १ – युरोपेली संघले नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीको विकास र सुधारका लागि झण्डै ४२ करोड रुपैयाँ सहयोग गरेको छ । दोश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत खाद्य सुरक्षाका क्षेत्रमा खर्च गर्नेगरि सहयोग गरिएको संघले जनाएको छ ।

  • अर्थमन्त्री एक हप्ते बिदेश भ्रमणमा

    काठमाडौं, चैत १ – अर्थमन्त्री वर्षमान पुन अनन्त एक हप्ते भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि मन्त्री पुन डेनमार्क जान लाग्नुभएको हो ।

  • यातायात व्यवस्था विभागमा रोकिएन दलालको चलखेल

    ललितपुर, फागुन ३० – यातायात व्यवस्था विभाग बाग्मति अन्तर्गतको मोटरसाईकल शाखामा दलाल निरुत्साहित गर्ने योजना लागू गरिएपनि उनीहरुको चलखेल रोकिएको छैन । मोटरसाईकल दर्ता, नामसारी सम्बन्धि सबै काम हुने ललितपुरको सातदोवाटो नजिक रहेको कार्यालयमा दलाल निरुत्साहित गर्न टोकन प्रणाली लागू भएपनि प्रभावकारी नभएको उपभोक्ताको गुनासो छ ।

  • अस्पतालकै क्यान्टिन छैनन् गुणस्तरीय

    काठमाडौं, फागुन २९ – अनुगमन टोलीले काठमाण्डु सिनामंगलमा रहेको काठमाण्डु मेडिकल कलेज केएमसीको क्यान्टिनलाई तीन दिनसम्म कुनै पनि खाद्य वस्तु नबेच्न निर्देशन दिएको छ । क्यान्टिनमा न्यूनत्तम गुणस्तर पनि नपाईपछि अनुगमन टोलीले खाद्य वस्तु बेच्नमा रोक लगाएको हो ।

  • नीजि पेट्रोल पम्प बन्द, साझा र सेनाकोमा लाईन

    काठमाडौं, फागुन २९ तलव सुविधाको बारेमा व्यवसायीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै पेट्रोल पम्पमा काम गर्ने मजदूरहरुले काठमाडौंका नीजि पेट्रोल पम्प बन्द गराएका छन् । माओवादी निकट अखिल नेपाल पेट्रोलीयम मजदूर संघको अगुवाईमा हिजो पनि पम्पहरु बन्द भएका थिए ।

  • पश्चिम सेती सम्झौता खारेज भए विदेशी लगानी बन्दः उर्जामन्त्री

    काठमाडौं, फागुन २८ – उर्जा मन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती आयोजनाको सम्झौता खारेज हुने गरी कुनै गतिविधि नगर्न सबैलाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बोगटीले  पश्चिम सेतीको सम्झौता खारेज भए अब नेपालमा विदेशी लगानी नआउने पनि चेतावनी दिनुभयो ।

  • अनिश्चितकालिन पेट्रोल पम्प बन्द गर्ने पेट्रोलियम मजदुरको चेतावनी

    काठमाडौं, फागुन २८ – नेपाल पेट्रोलियम मजदुर युनियनले श्रम ऐनमा भएको व्यवस्था लागू गर्न माग गर्दै आन्दोलन थालेको छ । युनियनले पेट्रोल पम्पमा काम गर्ने श्रमिकको महिनाको न्यूनतम तलव १२ हुनु पर्ने, संचय कोषको व्यवस्था, जीवन विमा हुनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेको हो ।

  • निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको म्याद थप्न सरकारको आलटाल

    बलराम घिमिरे/ उज्यालो । रसुवा, फागुन २८ – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालित होटलहरूको म्याद थप्न सरकारले आलटाल गर्दा व्यवसायीहरु चिन्ति बनेका छन् । निकुञ्ज प्रशासनले होटलको  नियमित राजश्वमा समेत परिमार्जन गरि मन्त्रालयमा फाइल पठाए पनि हाल सम्म म्याद थपको निर्णय नभएका कारण व्यवसाय सञ्चालनमा अन्यौल छाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले जानकारी दिनुभयो ।

  • सुनचाँदीको भाउमा सामान्य वृद्धि

    काठमाडौं, फागुन २८ – सुन र चाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ५० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।

  • थ्री गर्जेजसँगको सम्झौता कानुन सम्मतः उर्जा मन्त्री

    घोराही, फागुन २७ – उर्जामन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती परियोजनाको काम सम्पन्न गर्न चीनको  थ्री गर्जेजसंग गरिएको सम्झौता कानुन सम्मत भएको दावी गर्नुभएको छ । शनिबार घोराहीमा पत्रकारसित मन्त्री बोगटीले व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले सत्यथथ्य नबुझी परियोजनाको काम रोक्न निर्देशन दिएको बताउनुभयो ।

  • सरकारी ढिलासुस्तीका कारण २४ अर्व सहयोग रोकिने

    ललितपुर, फागुन २७ - सरकारले कृषि विकास बैंकमा रणनीतिक साझेदारी भित्र्याउने काम अघि नबढाउँदा नेपालले पाउनुपर्ने २४ अर्ब रुपैंया बैदेशिक अनुदान सहयोग रोकिने भएको छ । रणनीतिक साझेदार भित्र्याउने काम नहुँदा अरु झण्डै १० अर्ब ऋण सहयोग समेत रोकिएको छ ।

  • अझै सुरु भएन गरगहनामा मिसाईएको क्याड्मियम परीक्षण प्रविधि

    काठमाडौं, फागुन २६ – परीक्षणका रुपमा सञ्चालन भएको झण्डै डेढ महिना बितिसक्दा पनि गरगहनामा क्याड्मियम मिसाईएको नमिसाईएको परीक्षण गर्ने प्रविधिको औपचारिक सुरुवात हुन सकेको छैन ।

  • जर्मनले नेपाललाई एक अर्ब ३ करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौं, फागुन २४ – जर्मन सरकारले नेपाललाई एक अर्ब ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरि जर्मनीले सहयोग गर्ने भएको हो ।

  • ५ तारे होटल पनि अनुगमनमा फेल

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, फागुन २२ - पाँच तारे होटल याक एण्ड यति र अन्नपूर्णले गुणस्तरहीन खाद्य सामाग्री प्रयोग गर्ने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, नागरिक न्यायिक मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र गुणस्तर तथा नाप तौल विभागको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा याक एण्ड यति र अन्नपूर्ण होटलले गुणस्तरहीन खाद्य सामाग्री प्रयोग गर्ने गरेको पाईएको हो ।

  • चौबीस घण्टामै १ सय कुखुरा मरे

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, फागुन २२ - गोरखाको जैवारी गाउँ विकास समिति वडा नं ९ फिनाममा ऋषिराम बोहराले पालेका झण्डै १ सय वटा कुखुरा पछिल्लो २४ घण्टाभित्रमा मरेका छन् । पहिचान नभएको रोग लागेर २४ घण्टाभित्रमा १ सय कुखुरा मरेको बोहराले जानकारी दिनुभयो । शनिवारदेखि कुखुरा मर्न थालेको र यो क्रम नरोकिएको उहाँले बताउनुभयो ।

  • सुनको भाउ बढ्यो

    काठमाडौं, फागुन २१ - सुनको भाउ आइतवार केही बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुन तोलामा ५० रुपैंया बढेको हो भने चाँदी १० रुपैंया घटेको हो । आइतवार सुन ५३ हजार ७ सय ५० रुपैंया तोलामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको काम ठप्प

    नेपालगञ्ज, फागुन १९ - कर्मचारी आन्दोलनका कारण मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रधान कार्यालयका नेपालगञ्जमा सबै कामकाज दुई महिनादेखि ठप्प छ । कर्मचारी पुस २५ गतेदेखि प्रधान कार्यालयमा धर्नामा बसेका छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • फेसबुक र ट्वीटरका भित्ताभरी प्रचार सामग्री भेटिन्छन । यसलाई रोक्न निर्वाचन आयोगले के गरिरहेको छ ? आचारसंहिता उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्यो ।

    दिपक खड्का
  • मतगणनास्थलमा सिसिटिभी क्यामरा, तारजालीको व्यवस्था नगर्ने हो भने चितवनमा जस्तै मतपत्र च्यात्ने घटना धेरै ठाउँमा हुन सक्छन । यसतर्फ आयोग चनाखो हुने कि ?

    ​गर्गाचार्य
  • आज भोलि समय समयमा बम बिस्फोटको समाचार सुन्न,हेर्न अनि पढ्न पाईन्छ । तर यो किन र कस्ले कसरी गरिरहेको छ भन्ने कुरा चाहिँ कसैको चासोको विषय बन्न सकेको छैन । सरकारले यस्ता घटनाको कारण पत्ता नलगाए असुरक्षाको डरले मतदाता मतदान स्थलमा नआउन पनि सक्छन् ।

    ​जुद्ध बहादुर चौधरी
सबै हेर्नुहोस

सोसल मिडिया