MENU
Ncell Axiata
chhaka panja

अर्थ

  • ६ लेनको सडकको बिचमा अब सुन्दर बगैँचा ६ लेनको सडकको बिचमा अब सुन्दर बगैँचा

    भक्तपुर, मंसिर २७ – तीनकुने–सूर्यविनायक ६ लेन सडकको बिच भागमा बगैचा बन्ने भएको छ । जडिबुटी देखि सुर्यविनायकसम्मको करिब ७ किलोमिटर सडकको बिच भागमा राखिएको करिब पाँच फिट चौडा खाली भागमा बगैचा बन्न लागेको हो ।

  • डिजेलको अभाव तत्काल समाधान नहुने संकेत डिजेलको अभाव तत्काल समाधान नहुने संकेत

    काठमाडौं, मंसिर २६ – दोहोरो मूल्य निर्धारण भएपनि डिजेल अभावको समस्या छिटै समाधान नहुने भएको छ । आयात कम भएकाले तत्कालै समस्या समाधान नहने आयल निगमले बताएको छ ।

  • पेट्रोलियम पदार्थको भाउ बढाउने निगमको तयारी पेट्रोलियम पदार्थको भाउ बढाउने निगमको तयारी

    काठमाडौं, मंसिर २५ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी गरेको छ । निगममा मासिक १ अर्व २६ करोड ५० लाख रुपैयाँको घाटा पूर्ति गर्न भाउ बढाउने तयारी भएको हो ।

  • अघिल्लो हप्ताको तुलनामा सुनको भाउ घट्यो अघिल्लो हप्ताको तुलनामा सुनको भाउ घट्यो

    काठमाडौं, मंसिर २५ – स्थानीय बजारमा यो हप्ता सुन प्रतितोला ३ सय रुपैयाँ सस्तो भएको छ । अन्तर्राष्ट्रिय बजार ओरालो लागेपछि त्यसको असर सुनको भाउमा परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • समान सुविधा माग गर्दै कर्मचारीद्वारा जनक शिक्षाको छापाखाना बन्द

    भक्तपुर, मंसिर २३ – समान किसिमको काम गर्ने कर्मचारीबीच पनि सेवा सुविधामा विभेद भएको भन्दै जनक शिक्षा सामाग्री केन्द्रका अस्थायी र ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् । जनक शिक्षाको छापाखाना नै बन्द गरेर कर्मचारीहरुले आन्दोलन शुरु गरेका हुन् ।

  • आर्थिक सुधारमा सकारात्मक संकेतः अर्थमन्त्री पुन आर्थिक सुधारमा सकारात्मक संकेतः अर्थमन्त्री पुन

    पोखरा, मंसिर २२ – अर्थमन्त्री वर्षमान पुनले देशमा आर्थिक सुधारका सकरात्मक संकेतहरु देखापरेको दावी गर्नुभएको छ । पोखरामा बिहीबारदेखि शुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री पुनले सरकारको एकसय दिनको कार्यकालमा आर्थिक विकासको अवस्था सुधारोन्मुख रहेको दावी गर्नुभयो ।

  • ग्याँस सिलिण्डर विस्फोट हुँदा १ को मृत्यु

    सुनसरी, मंसिर २२ - खाना पकाउने ग्याँसको सिलिण्डर बिस्फोट हुँदा  सुनसरीमा एक जनाको ज्यान गएको छ भर्ने अर्का एक जना घाइते भएका छन् । रेगुलेटरबाट ग्याँस लिक भइ सल्किएको आगोबाट ग्याँसको सिलिण्डरन बिस्फोट हुँदा इटहरी–६ का रामस्वरुप मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • कर्मचारी अभावमा कतारस्थित नेपाली दूतावासमा प्रमाणिकरण गर्न समस्या

    काठमाडौं, मंसिर २१ – कतारको दोहामा रहेको नेपाली दूतावासमा कर्मचारी अभावका कारण नेपाली कामदारले प्रमाणिकरण गर्न समस्या भोग्नु परेको छ । पर्याप्त कर्मचारी नहुँदा कामदारले प्रमाणिकरण गर्न घण्टौ कुर्नु परेको हो ।

  • अमेरिकाले नेपाललाई असुरक्षित गन्तब्यको सूचिबाट हटायो अमेरिकाले नेपाललाई असुरक्षित गन्तब्यको सूचिबाट हटायो

    काठमाडौं, मंसिर २१– अमेरिकाले नेपाललाई भ्रमणका लागि असुरक्षित मुलुकको सूचिबाट हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ती जारी गरि नेपालका लागि जारी गरेको भ्रमण चेतावनी खारेज गरेको हो ।

  • खुदी जलविद्युत आयोजना बन्द

    लमजुङ, मंसिर २० – लमजुङमा संचालित ४ मेगावाट क्षमताको खुदी जलविद्युत आयोजना मंगलबार देखि बन्द भएको छ । उत्तरी लमजुङको सिम्पानी गाविसको जलविद्युतको पेनस्टक पाइपबाट पानी लिकेज हुन थालेपछि विद्युत उत्पादन बन्द भएको हो ।

  • लोडसेडिङ घटाउन भारतबाट विद्युत आयात गर्ने सरकारको तयारी लोडसेडिङ घटाउन भारतबाट विद्युत आयात गर्ने सरकारको तयारी

    काठमाडौं, मंसिर २० – उर्जामन्त्री पोष्टबहादुर बोगटीले लोडसेडिङ घटाउन भारतबाट १ सय मेघावाट विद्युत आयात गर्न सरकारले तयारी गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले मंगलबार गरेको साक्षात्कारमा बोगटीले सरकारले लोडसेडिङ ५ घण्टामा झार्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

  • ललितपुर बन्द सकियो

    ललितपुर, मंसिर १९ - ललितपुरको पुल्चोकका सुनचाँदी कालिगढ जुजुकाजी बज्राचार्यको हत्याको बिरोधमा उद्योगी व्यवसायीहरुले गरेको ललितपुर बन्द फिर्ता भएको छ । सुनचाँदी व्यवसायीले बन्द सकिएको जानकारी गराएको ललितपुरका प्रहरी प्रमूख भोगवहादुर थापाले जानकारी दिनुभयो ।

  • आजदेखि हप्तामा ४० घण्टा लोडसेडिङ आजदेखि हप्तामा ४० घण्टा लोडसेडिङ

    काठमाडौं, मंसिर १९ – सोमबार देखि हप्तामा ४० घण्टा लोडसेडिङ शुरु भएको छ । अब दिनमा २ पटकका दरले हप्तामा ४० घण्टा लोडसेडि हुने विद्युत प्राधिकरणले जनाएको छ ।

  • वायुसेवा निगमको चोरी काण्ड : छानबिन समिति गठन वायुसेवा निगमको चोरी काण्ड : छानबिन समिति गठन

    काठमाण्डौं, मंसिर १८ - सरकारले नेपाल वायुसेवा निगम भित्रको चोरी र नक्कली नियुक्ति लगायतका विषयमा छानवीन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहन्यायाधिवक्ता थोकप्रसाद सिवाकाटीको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको हो । आइतवारदेखि काम शुरु गर्ने गरी गठन भएको समितिमा नेपाल प्रहरीका एस एस पी कमल सिंह बम नेपाल सरकारका उपसचिव हरि खड्का र माउण्टेन एयरका कुमारप्रसाद उपाध्याय हुनुहुन्छ । समितिलाई १५ दिन भित्र दोषी पत्ता लगाई कारवाहीको सिफारिस गर्ने जिम्मा...

  • लगानीका आधार र मापदण्ड बुझाउन स्वरोजगार कोषलाई लेखाको निर्देशन

    काठमाडौं, मंसिर १८ – संसदको सार्वजनिक लेखा समितिले लगानीका आधार, मापदण्ड र नीति नियम ७ दिन भित्र समितिमा बुझाउन युवा स्वरोजगार कोषलाई निर्देशन दिएको छ । कोषमा अनियमिता भएको आशंकामा समितिले छलफल गरी यस्तो निर्देशन दिएको हो ।

  • कर्मचारी हत्याको बिरोधमा उपत्यकाका सुनचाँदी पसल बन्द कर्मचारी हत्याको बिरोधमा उपत्यकाका सुनचाँदी पसल बन्द

    काठमाडौं, मंसिर १८ – सुनचाँदी पसलका कर्मचारीको हत्या र पसलमा लुटपाटको प्रयासको विरोध गर्दै व्यवसायीले काठमाडौं उपत्यकाका सबै सुनचाँदी पसल बन्द गरेका छन् । सुनचाँदी व्यवसाय, कलकारखाना तथा कार्यालय आइतबार एक दिनका लागि बन्द रहने नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • सोमबारदेखि हप्ताको ४० घण्टा लोडसेडिङ (तालिका सहित) सोमबारदेखि हप्ताको ४० घण्टा लोडसेडिङ (तालिका सहित)

    काठमाडौं, मंसिर १६ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि हप्ताको ४० घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले शुक्रबार एक सुचना निकाली सोमबारदेखि दिनको दुई पटकका दरले हप्तामा ४० घण्टा लोडसेडिङ गर्ने जानकारी दिएको हो ।

  • निगमको जहाजका सामान चोरी प्रकरणः दोषीलाई ७ दिन भित्र कारबाही गर्न लेखा समितिको निर्देशन निगमको जहाजका सामान चोरी प्रकरणः दोषीलाई ७ दिन भित्र कारबाही गर्न लेखा समितिको निर्देशन

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, मंसिर १६ — व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका जहाजबाट सामान हराएको विषयमा दोषी व्यक्तिलाई सात दिन भित्र कारबाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । पर्यटनमन्त्री, वायु सेवा निगमका पदाधिकारी लगायतसँग सामान हराएको बारे शुक्रबार छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो ।

  • विशाल बजार कम्पनीको साधारण सभामा अख्तियारको रोक

    काठमाण्डौं, मंसिर १५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौंको विशाल बजार कम्पनी लिमिटेडले शुक्रवार गर्न लागेको साधारण सभामा रोक लगाएको छ । सरकारलाई प्राप्त हुने शेयर र लाभांसमा प्रतिकुल असर पर्ने गरी निर्णय हुन लागेको भन्दै अख्तियारले शुक्रवार हुन लागेको साधारण सभामा रोक लगाएको हो ।

  • पयर्टक २१ प्रतिशतले बढे पयर्टक २१ प्रतिशतले बढे

    कमल पराजुली/ उज्यालो । काठमाडौं, मंसिर १५ — नेपाल पयर्टन बर्षको ११ औँ महिना नोभेम्बरमा नेपाल आउने पर्यटक २१ प्रतिशतले पयर्टक बढेका छन् । अघिल्लो महिनाको तुलनामा २१.५ प्रतिशतले बढेर गत महिना १ हजार १ सय ५६ जना पर्यटक हवाई मार्गबाट नेपाल घुम्न आएका छन् ।

  • भ्रष्ट देशको सूचिमा नेपाल कुन स्थानमा ? भ्रष्ट देशको सूचिमा नेपाल कुन स्थानमा ?

    काठमाडौं, मंसिर १५ — नेपालमा पछिल्लो एक वर्षमा भ्रष्टाचार निवारणको अवस्थामा सुधार आउन सकेको छैन । ट्रान्सपरेन्सी ईन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि विश्वव्यापी सूचकांक अनुसार नेपालले भ्रष्टाचारमा कमी ल्याउन नसकेको देखिएको हो ।

  • सुनको भाउमा आज पनि नयाँ रेकर्ड सुनको भाउमा आज पनि नयाँ रेकर्ड

    काठमाडौं, मंसिर १५ — सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलाको ५५ हजार ४ सय ९७ रहेको सुनको भाउ बिहीबार ५५ हजार ८ सय रुपैंया पुगेको छ ।

  • १० महिनाको आयात धान्ने बिदेशी मुद्रा सञ्चिती (राष्ट्र बैंकको प्रतिवेदन सहित) १० महिनाको आयात धान्ने बिदेशी मुद्रा सञ्चिती (राष्ट्र बैंकको प्रतिवेदन सहित)

    कमल पराजुली/ उज्यालो । काठमाडौं, मंसिर १४ - साढे तीन महिना यता सुध्रिन थालेको भुक्तानी सन्तुलनको अवस्थामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक बर्षको पहिलो दुई महिना सम्ममा १८ अर्बले बचतमा रहेको शोधनान्तर स्थिती तीन महिनामा ३३ अर्ब ८९ करोडले बचतमा पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं, मंसिर १४ — सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो दुईहप्ता लगातार घटेको सुनको भाउ सोमबारबाट केही बढ्न सुरु गरेकोमा बुधबार तोलाको झण्डै साढे ५५ हजार पुगेको हो ।

  • सडक मर्मतमा अनियमितताको आशंकामा जिविस काठमाडौंमा छापा

    काठमाडौं, मंसिर १४ — सरकारले गठन गरेको सडक छानबिन समितिले जिल्ला विकास समिति काठमाडौंमा छापा मारेको छ । काठमाडौं उपत्यकामा सडक मर्मत भएको केहि समयमै भत्किन थालेपछि मर्मतमा अनियमितता भएको आशंकामा छानबिन शुरु गरेको समितिले जिविसमा छापा मारेको हो ।

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशक छनोट प्रकृया अगाडी बढाउन अख्तियारको निर्देशन विद्युत प्राधिकरणको कार्यकारी निर्देशक छनोट प्रकृया अगाडी बढाउन अख्तियारको निर्देशन

    काठमाडौं, मंसिर १३ — अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको छनोट प्रकृया तत्काल अगाडी बढाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यकारी निर्देशकको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्न यसअघि निर्देशन दिएपनि अहिलेसम्म विज्ञापन प्रकृया अगाडी नबढाएको भन्दै अख्तियारले तत्काल खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्न निर्देशन दिएको हो ।

  • बिबिसीमा नेपालको पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार शुरु बिबिसीमा नेपालको पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार शुरु

    कमल पराजुली/ उज्यालो । मंसिर १३ — बेलायतको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीमा नेपालको पर्यटकीय क्षेत्रबारे आजबाट प्रचारप्रसार शुरु भएको छ । बिबिसिका युरोप, एसिया प्रसान्त क्षेत्र र दक्षिण एसियामा प्रशारण हुने टेलिभिजन सेवाहरुमा मंगलबारदेखि नेपाल बारेमा प्रचार सामाग्रीको प्रशारण शुरु भएको हो ।

  • पाङ्ग्रा र ल्यान्डिङ गियर ‘चोर’ पत्ता लगाउन निगमले प्रहरी प्रयोग गर्ने पाङ्ग्रा र ल्यान्डिङ गियर ‘चोर’ पत्ता लगाउन निगमले प्रहरी प्रयोग गर्ने

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, मंसिर १३ — पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र वायु सेवा निगमका अधिकारीले वायू सेवा निगमको जहाजका सामान हराएको विषयमा उच्चस्तरीय समिति वा प्रहरी मार्फत् छानबिन गर्न सुझाव दिएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा मन्त्रालय र निगमका अधिकारीले हराएका सामान पत्ता लगाउन कठिए भएकोले छानबिनको जिम्मा मन्त्रालय बाहिर उच्चस्तरीय समिति वा प्रहरीलाई दिन सुझाव दिएका हनु् ।

  • खाद्य ऐन संशोधन गर्ने सरकारको तयारी

    काठमाडौं, मंसिर १३ — सरकारले खाद्य ऐन संशोधन गर्ने तयारी गरेको छ । अहिले प्रयोगमा रहेको खाद्य ऐन २०२३ ले गुणस्तर नियन्त्रणलाई मात्रै जोड दिएकोले अब खाद्य स्वस्थ्यतालाई केन्दमा राखी एने संशोधन गरिने भएको हो ।

  • बिपा संसदबाट पारित गरेर कार्यान्वयन गर : सर्वोच्च बिपा संसदबाट पारित गरेर कार्यान्वयन गर : सर्वोच्च

    काठमाण्डौं, मंसिर १२ - सर्वोच्च अदालतले भारतसित भएको लगानी प्रवर्दन तथा संरक्षण सम्झौता बिपा संसदबाट अनुमोदन नभएसम्म कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशहरु ताहिर अली अन्सारी, वैद्यनाथ उपाध्याय र भरतबहादुर कार्कीको संयुक्त इजलालले मुद्दाको टुङ्गो नलागेसम्म बीपा सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

  • मुङ्लिनका होटलमा फेरी महङ्गी

    चितवन (मुङ्लिन), मंसिर १२ — पृथ्वीराजमार्गमा रहेका होटलले बजार अनुगमन हुन छाडेपछि फेरी महङ्गो मूल्यमा खाना खुवाउन थालेका छन् । महङ्गो मूल्य लिन थालेपछि यात्रुले ति होटलमा खाना खानै छाडेका छन् ।

  • घट्दै छ उपत्यकामा ग्यास टेम्पोको संख्या घट्दै छ उपत्यकामा ग्यास टेम्पोको संख्या

    काठमाडौं, मंसिर १२ — काठमाडौं उपत्यकामा संचालनमा रहेका ग्यास ट्याम्पोको संख्या घट्न थालेको छ । ग्यास ट्याम्पो विस्थापित गर्नका लागि व्यवसायीलाई त्यही रुटमा डिजेल गाडी किन्न पाउने व्यवस्था गरिएसँगै ग्यास ट्याम्पोको संख्या घट्न थालेको छ ।

  • नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्झौता नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्झौता

    कमल पराजुली/उज्यालो ।  काठमाण्डौं, मसिर ११ - नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्बन्धी सम्झौता डिटिएए मा हस्ताक्षर भएको छ । अर्थमन्त्री बर्षमान पुन अनन्त र १ दिने भ्रमणको लागि नेपाल आएका उहाँका भारतीय समकक्षी प्रणब मुखर्जीले आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा भएको समारोहमा सम्झौतामा हस्ताक्षर गर्नुभयो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भारत भ्रमणकै बेला सम्झौतामा हस्ताक्षर गर्ने भनिएपनि त्यतिबेला भारतको मन्त्रीपरिषदले पारित नगरेकोले सम्झौता रोकिएको थियो ।

  • मन्त्रालय भन्छ — हराएको पाङग्रा निगम कर्मचारीकै मिलमतोमा निजी कम्पनीलाई बेचियो मन्त्रालय भन्छ — हराएको पाङग्रा निगम कर्मचारीकै मिलमतोमा निजी कम्पनीलाई बेचियो

    हिम बिष्ट/ उज्यालो । काठमाडौं, मंसिर ११ — नेपाल वायुसेवा निगमका जहाजको हराएको पाङग्रा र ल्याण्डिङ गियर निगमकै कर्मचारीको मिलमतोमा निजी विमान कम्पनीलाई बेचेको मन्त्रालयले आशंका गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्रोतका अनुसार अनुसन्धानका लागि गठन गरिएको अध्ययन कार्यदलले चोरीमा संलग्न कर्मचारीको पहिचान गरी कारवाहीका लागि सिफारिसको तयारी गरेको छ ।

  • नेपाल र भारतबीच दोहोरो कर अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर नेपाल र भारतबीच दोहोरो कर अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर

    काठमाडौं, मंसिर ११ — नेपाल र भारतबीच दोहोरो कर अन्त्य गर्ने सम्बन्धी सम्झौता (डीटीएए)मा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुन र भारतीय अर्थमन्त्री मुखर्जीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  आइतबार आयोजित कार्यक्रममा  सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

  • दोहोरो कर अन्त्य गर्नेसम्बन्धी सम्झौता आइतवार हुने दोहोरो कर अन्त्य गर्नेसम्बन्धी सम्झौता आइतवार हुने

    काठमाण्डौं, मंसिर १० नेपाल र भारतबीच दोहोरो कर अन्त्य गर्नेसम्बन्धी सम्झौता आइतवार हुने भएको छ । अर्थमन्त्रालयमा गरिने सम्झौतामा हस्ताक्षर गर्न भारतीय अर्थमन्त्री प्रणव मुखर्जी आइतवार नै नेपाल आउनुहुने छ ।

  • जाने होइन पर्वतको ‘होमस्टे’ मा ? जाने होइन पर्वतको ‘होमस्टे’ मा ?

    दुर्गाप्रसाद शर्मा/ उज्यालो । पर्वत, मंसिर १० —  गाउँमै उत्पादित मकै, पिठो, गुन्द्रुक र कोदाको ढिंडोसँग लोकल कुखुराको स्वाद । त्यतिमात्र होइन, स्थानीय बासिन्दाको मायाँ, ममता र भुल्नै नसकिने आतिथ्य । अनि अन्नपूर्ण, निलगिरी र माछापुच्छ्र्रे लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य ।

  • तरकारीको भाउ घट्न थाल्यो

    काठमाण्डौ, मंसिर १० सिजन शुरु भएकाले बजारमा धेरैजसो हरियो तरकारीको भाउ घट्न थालेको छ । अहिले काउली, बन्दा, मूला, भान्टा, भेंडे खुर्सानी लगायत तरकारीको सिजन शुरु भईसकेकाले बजारमा धेरै भित्रिन थालेकोले भाउ घटना थोलेको बिक्रेताहरुले बताएका छन ।

  • हस्तकला व्यापार मेलामा उपभोक्ताको भिड

    काठमाण्डौ, मंसिर १० - काठमाण्डौको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको हस्तकला व्यापार मेलामा उपभोक्ताको आकर्षण बढेको आयोजकले जनाएको छ । आज शनिबार भएकाले भीड बढ्ने नेपाल हस्तकला महासंघको अपेक्षा रहेकोछ ।

  • सिशवार पर्यटन महोत्सव शुरु सिशवार पर्यटन महोत्सव शुरु

    विद्रोही गिरी/ उज्यालो । नवलपरासी, मंसिर ९ — नवलपरासीको रहजरको प्रिपहर स्थिति नारायणीनदी किनारमा सिशवार पर्यटन महोत्सव शुरु भएको छ । स्थानीय जात जातिका भेषभुषा र चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार प्रचारका लागि महोत्सव आयोजना गरिएको हो ।

western union
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया