MENU
Ncell Axiata

अर्थ

  • एक हप्ता भित्र पेट्रोलियम पदार्थको अभाव अन्त्यः आपूर्तिमन्त्री भट्ट एक हप्ता भित्र पेट्रोलियम पदार्थको अभाव अन्त्यः आपूर्तिमन्त्री भट्ट

    काठमाडौं, पुष १५ – वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको अभाव एक हप्ता भित्र अन्त्य हुने दावी गर्नुभएको छ । शुक्रबार रिपोटर्स क्लबको कार्यक्रममा मन्त्री भट्टले तत्कालको लागि सरकारले डिजेल र ग्यासमा लाग्ने भ्याट हटाएर समस्या समाधान गर्न लागेको खुलासा गर्नुभयो ।

  • हङकङको भिषा खुलाउन दौडधुप हङकङको भिषा खुलाउन दौडधुप

    विनोद चौलागाई/ उज्यालो । काठमाडौं – आप्रवासी कामदारको अधिकारको क्षेत्रमा काम गरिरहेका नेपाल र हङकङका सरोकारवाला निकायहरुले हङकङमा कामदार भिसा खुलाउन अभियान सुरु गरेका छन् । सुदुरपुर्वी प्रवासी नेपाली संघ र नेपाली घरेलु कामदार युनियन हङकङले सरकारका विभिन्न निकायमा पुगेर भिसा खुलाउन दबाब दिएका हुन् ।

  • लगानी बोर्डले पूर्णता पायो

    काठमाडौं, पुष १४ – मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन गठित लगानी बोर्डले पूर्णता पाएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बोर्डको बैठकले बोर्डमा सदस्यहरु थप गरेको हो ।

  • मलेसियाबाट नयाँ कामदारको माग आउन छोड्यो

    काठमाडौं, पुष १४ – नेपाली कामदारका लागि मुख्य श्रम गन्तव्य मुलुक मलेसियाबाट विगत तीन महिनादेखि नयाँ माग आउन छोडेको छ । मलेसियामा अवैध विदेशी कामदारलाई वैधानिक बनाउन थालिएपछि त्यहाँबाट नयाँ माग नआएको हो ।

  • लुम्बिनी भ्रमण वर्षको उद्घाटन र पर्यटन वर्षको समापन एकै दिन

    काठमाडौं, पुष १४ – लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक उद्घाटन पुस ३० गते हुने भएको छ । लुम्बिनी विकास कोषले पुस १६ गते नै उद्घाटनको सोच बनाए पनि पर्यटन मन्त्रालयको आग्रहपछि निर्धारित समय भन्दा १४ दिन पछि सारिएको हो ।

  • सेनाको रासन ठेक्कामा भ्रष्टाचार भएको ब्यवसायीको आरोप सेनाको रासन ठेक्कामा भ्रष्टाचार भएको ब्यवसायीको आरोप

    काठमाडौं, पुष १३ – व्यवसायीहरुले हुम्ला जिल्लाका सेनाका लागि चाहिने रासनको टेन्डरमा उच्च दर रेट भएको सप्लायर्सको टेण्डर स्वीकृति गरेर रथि विभाग (खाद्य परिवहन) जङ्गी अड्डाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सेनाका लागि एक वर्षलाई चाहिने रासन लगायतका समान खरिदको टेन्डरमा गुल्मपतिले भ्रष्टाचार गरेको हुम्ला निर्माण व्यवसायी संगठनले आरोप लगाएको छ ।

  • ईन्धन आपूर्ति तत्काल सहज नहुने

    काठमाडौं, पुष १३ – भारतीय आयल कर्पोरेशन (आईओसी)लाई पुरानो भुक्तानी गर्न समय लाग्ने भएकाले अझै केही दिन देशभरको तेल आपूर्ति सहज नहुने भएको छ । ईन्धनको आपूर्ति र वितरणमा समस्या देखिएपछि तत्कालको समस्या समाधान गर्न सरकारले आयल निगमलाई डेढ अर्ब रुपैंया ऋण दिने निर्णय गरिसकेको छ ।

  • आयल निगमले डिजेलको दोहोरो मुल्य हटायो

    कमल पराजुली/उज्यालो | काठमाण्डौं, पुष १२ - आयल निगमले डिजेलमा कामय दोहोरो मुल्य हटाएको छ । आयल निगमले अब उपभोक्तालाई डिजल प्रतिलिटर ७६ रुपैयामा बेच्ने निर्णय गरेको छ । यसअघि निमगको डिपोबाट डिजल लिने उद्योगहरुलाई लागत मुल्यमै डिजल दिने निर्णय गरेको थियो ।

  • अरनिको यातायातले सिण्डिकेट गरेको भन्दै स्थानीयबासिन्दा संघर्षमा

    सिन्धुपाल्चोक, पुष १२ - अरनिको यातायात सेवा समितिले सिन्टिकेट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका बासिन्दाले भोलीदेखि अरनिको गाडी चल्न नदिने भएका छन् । सिन्धुपाल्चोकको थुमपाखरमा भेला भएका दोलखा र सिन्धुपाल्चोकका बासिन्दाले सामान्य विषयलाई लिएर अरनिको यातायात सेवा समितिले जहिले पनि गाडी वन्द गरी सर्वसाधारणलाई सास्ती दिएको भन्दै अरनिकोका बस चल्न नदिने निर्णय गरेका हुन् ।

  • घट्यो सुनचाँदीको भाउ

    काठमाण्डौं, पुष १२ - सुन र चाँदीको भाउ आज घटेको छ । सोमवारको तुलनामा सुनको भाउ तोलामा ३ सय रुपैंया घटेर मंगलवार ५२ हजार ६ सय ५ रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • हात्ती महोत्सवको रौनक(फोटो फिचर) हात्ती महोत्सवको रौनक(फोटो फिचर)

    चितवन, पुष ११ - चितवनको सौराहामा सोमवारदेखि आठौं अन्तर्राष्ट्रिय हात्तीदौड  तथा हात्ती महोत्सब शुरु भएको छ । नागरिक उड्यन तथा पर्यटन मन्त्री लोकेन्द्र विष्टले एक समारोहकाबीच महोत्सबको उद्घाटन गर्नुभयो । उद्घाटन समारोह शुरु हुनु अघि सौराहामा रहेको चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयबाट निकालिएको शोभायात्राले सौराहा बजारको परिक्रमा गरी  महोत्सब स्थल बाघमारा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको मैदानमा पुगेको थियो ।

  • मलेसियामा दुतावासबाटै अस्थायी राहदानी

    रामचन्द्र नेपाल/ उज्यालो । मलेसिया (क्वालालम्पुर), पुष ११ –  मलेसिया स्थित नेपाली दुतावासले अस्थायी राहदानी वितरण शुरु गरेको छ । एमआरपी बनाउन लामो समय लगाएर काठमाडौं जानु पर्ने भएका कारण मलेसियाबाटै अस्थायी प्रकृतिको राहदानी जारी गर्न लागिएको हो ।

  • ट्रेड युनियन कांग्रेस स्वतन्त्रको पहिलो राष्ट्रिय सम्मेलन शुरु

    काठमाडौं, पुष ११ – नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नयाँ संविधानमा श्रमिकका एजेण्डा, सामाजिक सुरक्षाको ग्यारेण्टी, अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गराउने विषयमा छलफल हुनेछ ।

  • व्यवसायी हत्याको विरोधमा उपत्यकाका सुनचाँदी व्यवसाय बन्द

    काठमाडौं, पुष १० – काठमाडौंको कपनका सुन व्यवसायी हर्कबहादुर दियालेको हत्याको विरोधमा आज उपत्यकाका सुनचाँदी व्यवसाय बन्द गरिएका छन् । सुनचाँदी व्यवसायी संघ, सुनचाँदी कला व्यवसायी संघ, रत्न तथा आभुषण संघ र शिल्पी व्यवसायी संघमा आवद्ध उपत्यकाका व्यवसायीहरुले कारोबार बन्द गरेका छन् । घटनाको विरोध र सुरक्षाको माग गर्दै व्यवसायीहरुले बसन्तपुरबाट बिरोध र्याली निकालेका छन् । र्याली महानगरीय प्रहरी आयु्क्तको कार्यालय पुगी ज्ञापन पत्र बुझाईने सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर बरुव...

  • सुन व्यवसायी हत्याको बिरोधमा प्रदर्शन, आइतबार कारोबार बन्द

    काठमाडौं, पुष ९ – व्यवसायी हत्याको विरोधमा काठमाडौं उपत्यकाका सुनचाँदी व्यवसायीहरुले काम बन्द गर्ने भएका छन् । सुनचाँदी व्यवसायी संघ, सुनचाँदी कला व्यवसायी संघ, रत्न तथा आभुषण संघ र शिल्पी व्यवसायी संघको बैठकले आइतबार उपत्यका भरका सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

  • औद्योगिक क्षेत्रलाइ लोडसेडिङ मुक्त बनाउने प्रधानमन्त्रीको घोषणा

    वीरगञ्ज, पुष ८ - प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले औद्योगिक क्षेत्रलाइ लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नु भएको छ । शुक्रवार बीरगन्जमा नेक्सपो २०११ अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन  गर्दै प्रधानमन्त्री भट्टराईले आफनै कार्यकालमा औद्योगिक क्षेत्रलाइ लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नु भएको हो ।

  • एलपी ग्यासको मूल्य बढाउन व्यवसायीको माग

    काठमाडौं, पुष ८ – एलपी ग्यास उद्योगी र व्यवसायीले ग्यासको मूल्य बढाउन माग गरेका छन् । एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले विज्ञप्ती निकालेर तीन वर्ष अघि निर्धारण गरिएको मूल्य कम भएको भन्दै बढेको खर्च समायोजन गरी मूल्य वुद्धि गर्न माग गरेका हुन् ।

  • अर्को वर्ष लोडसेडिङ दैनिक २१ घण्टा ! अर्को वर्ष लोडसेडिङ दैनिक २१ घण्टा !

    काठमाडौं, पुष ८ – उर्जा मन्त्री पोष्टबहादुर बोगटी ‘दिवाकर’ले अहिलेकै अवस्था रहिरहे लोडसेडिङ अर्को वर्ष दैनिक २१ घन्टा पुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा बोगटीले अल्पकालिन र दीर्घकालिन उपाय नअपनाए अर्को वर्ष लोडसेडिङ २१ घन्टासम्म पुग्ने बताउनु भयो ।

  • सरकारले आयल निगमलाई डेढ अर्ब रुपैँया ऋण दिने सरकारले आयल निगमलाई डेढ अर्ब रुपैँया ऋण दिने

    काठमाडौं, पुष ८ – पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले नेपाल आयल निगमलाई डेढ अर्ब रुपैंया ऋण दिने भएको छ । शुक्रबार बिहान सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री, आपूर्ति मन्त्री र आयल निगमका पदाधिकारीबीच भएको छलफल पछि सरकारले ईन्धन आपूर्तिमा देखिएको समस्याको तत्कालिन समाधानका लागि भन्दै यस्तो निर्णय गरेको हो ।

  • सरकारी बैंकले निगमलाई टेरेनन्

    काठमाडौं, पुष ७ – कर्जा तथा निक्षेप सुरक्षण निगमले पटक पटक ताकेता गर्दा पनि दुई वटा सरकारी बैंकले निक्षेप बिमा गरेका छैनन । अरु सबै बैंकहरुले आफ्नो खातामा रहेको २ लाख सम्मको निक्षेप सुरक्षण गरेपनि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले अझै निक्षेप सुरक्षण गराएका छैनन् ।

  • न्युरोडको कर्नर गुँदपाक भण्डारमा फेरी सिलबन्दी न्युरोडको कर्नर गुँदपाक भण्डारमा फेरी सिलबन्दी

    काठमाडौं, पुष ७ – मुद्दाको किनारा नलाग्दै फेरी गुँदपाक बिक्रि गर्न थालेको न्युरोडको कर्नर गुँदपाक भण्डारमा वाणिज्य विभागले फेरी सिलबन्दी गरेको छ । दशैँ अघि नै अनुगमन गर्दा अखाद्य पदार्थ मिसाएर गुँदपाक बनाएको भेटिएपछि विभागले कर्नर गुँदपाक भण्डारमा सिलबन्दी गरि कारबाही प्रकृया अघि बढाएको थियो ।

  • जापान पठाउने भन्दै कामदार ठग्ने व्यवसायीमाथि अनुसन्धान शुरु

    काठमाडौं, पुष ७ – जापान पठाउने भन्दै कामदारबाट लाखौ रुपैंया असुल्ने रोजगार ब्यबसायीको बिषयमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघले अनुसन्धान शुरु गरेका छन् । हाल सम्म कुनै उजुरी नपरे पनि ठगीको आशंकामा विभागले अनुसन्धान थालेको हो ।

  • १ करोड २३ लाख नक्कली भारु सहित ३ जना पक्राउ १ करोड २३ लाख नक्कली भारु सहित ३ जना पक्राउ

    काठमाडौं, पुष ६ – प्रहरीले १ करोड २३ लाख नक्कली भारतीय रुपैयाँ सहित एक जना नेपाली र दुई विदेशी गरी तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले खोटाङका दिलिप बहादुर नेपाली, भारतीय नागरिक नसिल आलम, फिलिपिनो नागरिक डेनिस सेनसेजलाई काठमाडौंको कंलकीबाट पक्रेको हो ।

  • माघ १ गते देखि विद्युत महशुल बढ्ने माघ १ गते देखि विद्युत महशुल बढ्ने

    काठमाडौं, पुष ६ – माघ १ गतेदेखि विद्युत्त महशुल बढ्ने भएको छ । विद्युत्त महशुल निर्धारण आयोगका पदाधिकारीसँग बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महशुल बढाउन सैद्धान्तिक सहमति जनाउनुभएको हो ।

  • नीतिको अभावमा ठूला पूर्वाधार आयोजना अघि बढ्न सकेनन्

    काठमाडौं, पुष ६ – निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीअन्तर्गत निर्माण गर्ने भनिएका महत्वपूर्ण ठूला पूर्वाधार आयोजनाहरु रोकिएका छन् । सरकारले बूट नीति नल्याउदा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल, रेल्वे, द्रुत मार्ग, ठूला पर्यटकीय पार्क र केवलकार जस्ता वृहत लगानी आवश्यक पर्ने आयोजनाहरु अघि बढ्न सकेका छैनन् ।

  • नेपालगञ्जका गधा काठमाडौंमा नेपालगञ्जका गधा काठमाडौंमा

    नेपालगञ्ज, पुष ६ – काठमाडौं र ललितपुरका इट्टा भट्टामा काममा लगाउन नेपालगञ्जबाट गधा खच्च्ड लगिएको छ । मंगलबार राति पहिलोपटक १९ वटा ट्रकमा तीन सय भन्दा बढी गधा खच्चड राजधानी लगिएको हो ।

  • लोडसेडिङ घटाउने विषयमा प्रधानमन्त्रीले छलफल गर्दै लोडसेडिङ घटाउने विषयमा प्रधानमन्त्रीले छलफल गर्दै

    काठमाडौं, पुष ६ – लोडसेडिङ कम गर्ने विषयमा आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छलफल गर्दै हुनुहुन्छ । अल्पकालिन र दीर्घकालिन रुपमा लोडसेडिङ कम गर्ने विषयमा भट्टराईले उर्जा मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

  • 'बाउन्स चेक' दिने अधिकारी पक्राउ

    काठमाण्डौं, पुष ५ - पैसा नै नभएको खाताको चेक दिएर फरार रहेका सानिमा बिकास बैकका पुर्व सञ्चालक पंकज अधिकारीलाई प्रहरीले काठमाण्डौंबाट पक्रेको छ । अधिकारीले दिएको क्लीन ईनर्जी डेभलपमेन्ट बैंक र रिलायबल ईन्भेष्टमेन्ट बित्तिय संस्थावाट भुक्तानी पाउने गरि दिएको २ वटा चेक पैसा नभएर बाउन्स भएपछि डेढ महिना अघि प्रहरीमा मुद्धा परेको थियो ।

  • हप्तामा ६९ घण्टा लोडसेडिङ्ग (तालिका सहित)

    काठमाण्डौं, पुस ५ - मंगलवारदेखि लोडसेडिङ बढेको छ । अब हप्तामा ६९ घण्टा लोडसेडिङ्ग हुनेछ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा अब हप्ताको ६९ घण्टा लोडसेडिङ्ग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

  • पेट्रोलियम पदार्थको अभावः निगमको कमजोर भण्डारण क्षमता मुख्य कारण पेट्रोलियम पदार्थको अभावः निगमको कमजोर भण्डारण क्षमता मुख्य कारण

    काठमाडौं, पुष ४ – नेपालमा पेट्रोलियम पदार्थको अभाव हुनुमा नेपाल आयल निगमको कमजोर भण्डारण क्षमता पनि मुख्य कारण देखिएको छ । देशका विभिन्न आठ ठाउँमा रहेका भण्डारण केन्द्रहरुमा अहिले जम्मा १३ हजार पाँच सय किलोलिटर मात्रै पेट्रोलियम पदार्थको भण्डार छ ।

  • अवैध कामदार नफर्कँदा नयाँ कामदारलाई कोरिया जान समस्या

    काठमाडौं, पुष ४ – भिषा अवधि सकिएका कामदार स्वदेश नफर्कंदा कोरिया जाने नयाँ कामदारलाई समस्या भएको छ । रोजगार अनुमती प्रणाली (इपीएस) अन्तर्गत कोरिया गएका नेपाली कामदारहरु सम्झौता अवधि पूरा भएपछि पनि स्वदेश नर्फकदा कोरिया जान चाहने नयाँलाई समस्या भएको हो ।

  • फेरि बढ्यो लोडसेडिङ, मंगलबारदेखि हप्तामा ६९ घण्टा फेरि बढ्यो लोडसेडिङ, मंगलबारदेखि हप्तामा ६९ घण्टा

    काठमाडौं, पुष ३ – मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि भने हप्ताको ६९ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

  • निगम भित्रको चोरी र नक्कली नियुक्ति छानबिन गर्न गठित समितिको म्याद थप निगम भित्रको चोरी र नक्कली नियुक्ति छानबिन गर्न गठित समितिको म्याद थप

    हिम विष्ट/उज्यालो | काठमाडौं, पुष ३ – नेपाल वायुसेवा निगम भित्रको चोरी र नक्कली नियुक्ति लगायतका विषयमा छानवीन गर्न गठित उच्चस्तरीय छानविन समितिको म्याद थप भएको छ । पर्यटन मन्त्रालयले पुष २०  गतेसम्म समितिको म्याद थपेको हो ।

  • कर्मचारी आन्दोलनका कारण बिमा समितिको काम ठप्प, बिमा कम्पनीहरु मर्कामा कर्मचारी आन्दोलनका कारण बिमा समितिको काम ठप्प, बिमा कम्पनीहरु मर्कामा

    काठमाडौं, पुष १ – कर्मचारी आन्दोलनका कारण बिमा समितिको काम ठप्प हुँदा बिमा कम्पनीहरु मर्कामा परेका छन् । २७ दिन देखि बिमा समितिको काम रोकिँदा बिमा कम्पनीहरुले वार्षिक साधारण सभा गर्न र पुर्न बिमाको रकम बुझाउन समेत पाएका छैनन् ।

  • मेरै कार्यकालमा एक दर्जन जहाजः पर्यटन मन्त्री बिष्ट मेरै कार्यकालमा एक दर्जन जहाजः पर्यटन मन्त्री बिष्ट

    काठमाडौं, मंसिर २९ – पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र बिष्टले आवश्यक परे आफ्नो कार्यकालमै एक दर्जन जहाज ल्याउने दाबी गर्नुभएको छ । बिहीबार रिपोर्टर्स क्लबको कार्यक्रममा मन्त्री बिष्टले जहाज खरिदका लागि आँफूले राजनीतिक सहमति गरेर बाटो खोलेको दाबी गर्नुभयो ।

  • अन्नपूर्ण, याक एण्ड यति र मल्ल होटललाई ५०–५० हजार जरिवाना अन्नपूर्ण, याक एण्ड यति र मल्ल होटललाई ५०–५० हजार जरिवाना

    काठमाडौं, मंसिर २९ – काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बिना अनुमति जमिन मुनिको पानी तान्ने तीन वटा तारे होटललाई ५०–५० हजार रुपैँया जरिवान गरेको छ । बोर्डले बिना अनुमति जमिन मुनिको पानी तान्ने होटल अन्नपूर्ण, याक एण्ड यति र मल्ल होटललाई ५०–५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

  • सुन ओरालो लाग्ने क्रम तीब्र सुन ओरालो लाग्ने क्रम तीब्र

    काठमाडौं, मंसिर २९ – मंसिरको मध्यसम्म ह्वात्तै बढेको सुनको भाउ ओरालो लाग्ने क्रम तीब्र भएको छ । बिहीबार सुन तोलामा १४ सय ५० रुपैँयाले घटेको छ ।

  • सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गर्दै दुई भारतीयलाई एक वर्ष कैद सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गर्दै दुई भारतीयलाई एक वर्ष कैद

    काठमाडौं, मंसिर २९ – विशेष अदालतले सम्पत्ति शुद्धिकरणको कसुरमा दोषी ठहर गर्दै भारतीय नागरिक सुनील जैसवाल र श्रवण साहलाई एक वर्ष कैद सजाय सुनाएको छ । गत असोजमा धनुषाबाट श्रोत नखुलेको ठुलो परिमाणको रकम सहित पक्राउ परेका उनीहरुलाई सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गर्दै विशेष अदालतले कैद सजायँ सुनाएको हो । अदालतले मुद्दा माथी बिहीबार फैसला गर्दै भारतको बिहार मधुवनीका जैसवाललाई १९ लाख २० हजार रुपैँया र सोही स्थानका साहलाई ९ लाख २० हजार रुपैँया जरिवाना सहित दुबैलाई एक बर्ष कैद सजाय सुनाए...

  • डब्लुटीओ बैठकमा नेपालले निर्यात सहज गर्न धनी मुलुकसँग आग्रह गर्ने डब्लुटीओ बैठकमा नेपालले निर्यात सहज गर्न धनी मुलुकसँग आग्रह गर्ने

    काठमाडौं, मंसिर २९ – स्वीजरल्याण्डको जेनेभामा बिहप्बार देखि शुरु हुने विश्व व्यापार संगठन (डब्लुटीओ) को आठौँ मन्त्रीस्तरीय बैठकमा नेपालले नेपाली वस्तु निर्यातका लागि वातावरण सहज गर्न धनी मुलुकहरुसँग आग्रह गर्ने भएको छ । वैठकमा भाग लिन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सहितको टोली जेनेभा गएको छ ।

  • प्रोत्साहन रकम वितरण प्रकृया झन्झटिलो

    कमल पराजुली/ उज्यालो । मंसिर २९ – सरकारले निर्यातमुलक उद्योगलाई घोषणा गरेको प्रोत्साहन रकम वितरणको प्रकृया झन्झटिलो हुँदा निर्यात गर्ने उद्योगहरुले पाउनुपर्ने पैसा पाउन सकेका छैनन् । सरकारले बजेट मार्फत नै निर्यात मुलक उद्योगले मुल्य अभिवृद्धि गरेको आधारमा २ देखि ४ प्रतिशत रकम प्रोत्सहान स्वरुप दिने घोषणा गरेको थियो ।

Skill Training

मेरो पनि भन्नु छ

  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
  • नेपालको संविधानको धारा २८८ मा प्रदेश सभाका दुई तिहाई सदस्यले राजधानी तोक्ने व्यवस्था भएकोले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित हैन ।

    युवराज पौडेल
  • संवैधानिक जटिलताका कारण सरकारले अस्थाई राजधानी तोकेको हो । स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश संसदको क्षेत्राधिकार भित्र पर्छ । प्रदेश संसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउँ न । आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ ?

    ​रञ्जित तामाङ
सबै हेर्नुहोस

सोसल मिडिया