MENU
ujyaalo forign call inside

अर्थ

  • कामदारको स्वस्थ्य परीक्षणमा सिण्डकेट अन्त्य गर्न माग

    काठमाडौं, फागुन १ – विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट तत्काल अन्त्य गर्नु पर्नेमा सरकार, वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायीले जोड दिएका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघको आठौ बार्षिक उत्सवका अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा सिण्डिकेट अन्त्य गर्नुपर्नेमा जोड दिइएको हो ।

  • १५ सय कुखुरा डढेर मरे

    भक्तपुर, फागुन १  - भक्तपुरको ताथली गाविस ८ स्थित अशोक माकजुको  कुखुरा फर्ममा आगोलागी हुदाँ १५ सयवटा कुखुरा मरेका छन् । लोडसेडिङ्ग पछि दिउँसो १२ बजे बत्ति आउदा अचानक करेन्ट सर्ट भएर कुखुरा फर्मको टहरामा आगो लागेको थियो । आगोलागीबाट टहरा र दुई देखि तनिकिलोसम्मका कुखुरा मर्दा पाँच लाख भन्दा बढीको क्षति भएको माकाजुले बताउनुभयो ।

  • घट्यो लोडसेडिङ (तालिका सहित)

    काठमाण्डौं, माघ २९ - लोडसेडिङ दिनमा एक घण्टा घटेको छ । १४ घण्टाबाट घटेर सोमवारदेखि दैनिक १३ घण्टा मात्रै लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेर लोडसेडिङ घटेको जनाएको छ ।

  • मजदुर आन्दोलनका कारण युनिलिभरलाई दैनिक ४० लाख घाटा

    मकवानपुर, माघ २९ – मकवानपुरको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर ९ दिनदेखि बन्द छ । कम्पनीमा कार्यरत कर्मचारीको आन्दोलनका कारण दैनिक ४० लाख भन्दा बढिको क्षति भएको युनिलिभर व्यवस्थापनले जनाएको छ ।

  • फास्ट ट्रयाक निर्माणको सम्पूर्ण विवरण बुझाउन रक्षा मन्त्रालयलाई निर्देशन

    काठमाडौं, माघ २९ – संसदको सार्वजनिक लेखा समितिले फास्ट ट्रयाकका लागि अवश्यक उपकरण खरिद, कार्य प्रक्रिया, लगायतका सबै विवरण पाँच दिन भित्र बुझाउन रक्षा मन्त्रालयलाई निर्देशन छ । रक्षा सचिव सहित नेपाली सेनाका अधिकारीसँगको छलफल पछि समितिले सबै विवरण पाँच दिन भित्र बुझाउन रक्षालाई निर्देशन दिएको हो ।

  • सुनको भाउ तीन दिनदेखि घट्यो

    काठमाडौं, माघ २९ – सुनको भाउ तीन दिन यता घटेको छ । शुक्रबारको तुलनामा आज तीन सय रुपैँयाले भाउ घटेको हो ।

  • सार्वजनिक खर्च व्यवस्थापन रणनीति ल्याउने तयारी

    काठमाडौं, माघ २९ – सरकारले स्थानीय निकायलगायतका बजेट अत्यधिक हुने सरकारी निकायमा सार्वजनिक खर्च व्यवस्थापन रणनीति बनाउने तयारी गरेको छ । रणनीति बनाउन सरकारले हाल विभिन्न मन्त्रालयमा छलफल गरी सल्लाह सुझाव माग्नुका साथै विषयगत मन्त्रालयमा कार्यान्वयन एकाइसमेत गठन गरेको छ ।

  • सिधैं ग्यास बेच्दा उद्योगीलाई फाइदा

    काठमाडौं, माघ २९ ग्यास अभाव चर्किएका बेला उपभोक्ताले ग्यासका सिलिण्डर खोस्न थालेपछि सुरु भएको उद्योगले सिधै ग्यास बेच्ने काम उद्योगीका लागि फाइदाजनक भएको छ । ग्यास बेच्ने डिपोले पाउने प्रति सिलिण्डर ६० रुपैंयाँ र ढुवानी भाडा प्रति सिलिण्डर ३० रुपैंया अहिले उद्योगीकै हातमा पर्ने गरेको छ ।

  • मध्यमर्स्याङदी जलविद्युत परियोजना संचालनमा

    लमजुङ, माघ २८ – झण्डै २ हप्तादेखि बन्द लमजुङको मध्यमर्स्याङदी जलविद्युत परियोजना शनिबारदेखि संचालनमा आएको छ । ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत परियोजना सञ्चालनसँगै बिहानदेखि ३५ मेगावाट क्षमताको विद्युत उत्पादन शुरु भएको छ ।

  • काठ र वन सम्वद्ध श्रमिकका क्षेत्रमा काम गर्न परियोजना शुरु

    काठमाडौं, माघ २७ – देशका विभिन्न १० जिल्लामा काठ र वन सम्वद्ध श्रमिकका क्षेत्रमा काम गर्ने गरी संरक्षण र सामाजिक विकासका लागि श्रम, मर्यादित काम  स्वस्थ वातावरण परियोजना शुरु भएको छ । वनमा आधारित श्रमिक तथा ट्रेड युनियनका सदस्यलाई वनको आवश्यकता र उपयोगिताबारे जानकारी दिने र वनको संरक्षण, व्यवस्थापनका लागि उनीहरुलाई नै प्रोत्साहित गरेमा मात्रै वन संरक्षण हुने ठहर सहित परियोजना शुरु भएको हो ।

  • आयल निगमले आज रकम पाउने

    काठमाडौं माघ २७ नागरिक लगानी कोषले नेपाल आयल निगमलाई आज दुई अर्ब रुपैंया दिने भएको छ । मन्त्रिपरिषदले एकहप्ता अघि नै निर्णय गरिसकेको भएपनि सरकार जमानत बसेको पत्र ढिलो पाएपछि कोषले आज मात्र रकम दिन लागेको हो ।

  • धनकुटामा कुखुरा मारियो

    धनकुटा, माघ २४ - सुनसरीबाट धनकुटा लैजाँदै गरेका २५ वटा कुखुरा र ५५ क्यारेट अण्डा वर्ड फ्लू सर्ने आशंकामा धनकुटामा नष्ट गरिएको छ । सशस्त्र प्रहरी वेस क्याम मुलघाट धनकुटाले नियन्त्रणमा लिएका  ती कुखुरा र अण्डा जिल्ला पशु सेवा कार्यालयका चिकित्सक, नागरिक समाज र प्रहरीको उपस्थितीमा नष्ट गरिएको हो । ब्यापारीहरुले गाडीमा धनकुटा ल्याईदै गरिएको ती कुखुरा र अण्डा मुलघाटमै नष्ट गरिएको सशस्त्र प्रहरी छिन्ताङ देवी गुल्मका प्रहरी नायव उपरीक्षक नरेन्द्र सेनले बताउनुभयो । धनकुटालाई वर्ड फ्लु मुक्त जिल्ला...

  • सुनको भाऊ घटेन

    काठमाण्डौं, माघ २४ -  माग अनुसारको वितरण हुन नसक्दा नेपालमा सुनको भाउ घट्न सकेको छैन । सुनको वितरण कम भएपछि अन्तर्राष्ट्रिय भाउको अनुपातमा नेपाली बजारमा भाउ घट्न नसकेको हो । देशभर सुनको माग दैनिक ४० किलो रहेपनि व्यवसायीहरुले अहिले १५ किलो मात्रै सुन पाएका छन् ।

  • आयल निगमका कर्मचारीको औसत तलब ४२ हजार रुपैयाँ

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाण्डौं, माघ २३ - अर्बौं रुपैयाँको घाटामा रहेको नेपाल आयल निगमका कर्मचारीले महिनामा औसत ४२ हजार रुपैंया भन्दा बढी तलव लिने गरेका छन् । एक अर्ब २० करोड रुपैंया मासिक घाटामा रहेको निगमका कर्मचारीले तलब भने सरदर ४२ हजार ७ सय रुपैंया लिने गरेका हुन् । कर्मचारीको तलबकै लागि वार्षिक २९ करोड ६७ लाख ९८ हजार रुपैंया खर्च हुने गरेको निगमले जनाएको छ ।

  • किन घटेन नेपालमा सुनको भाउ

    काठमाडौं, माघ २२ – माग अनुसारको वितरण हुन नसक्दा नेपालमा सुनको भाउ घट्न सकेको छैन । सुनको वितरण कम भएपछि अन्तर्राष्ट्रिय भाउको अनुपातमा नेपाली बजारमा भाउ घट्न नसकेको हो ।

  • निगमद्वारा ग्यास कम्पनीसँग लगत लिन शुरु

    काठमाडौं, माघ २२ – नेपाल आयल निगमले ग्यास कम्पनीहरुसँग लगत लिन थालेको छ । अभावको मौका छोपेर ग्यास कम्पनी र बिक्रेताले ग्यास लुकाएको हुनसक्ने आशंकामा निगमले आइतबारदेखि सबै कम्पनीहरुको लगत लिन थालेको हो । कम्पनीसँग ग्राहक र बिक्री विवरण माग्ने निगमले जनाएको छ ।

  • पार्टीको खोल ओडेका ट्रेड यूनियन खारेज गर्नुपर्छः कानून मन्त्री गुप्ता

    कपिलवस्तु, माघ २१ –कानून मन्त्री वृजेश कुमार गुप्ताले राजनीतिक दलका ट्रेड यूनियन खारेज गर्नुपर्ने बताउनुभएको छ । शनिबार गृह जिल्ला कपिलवस्तुमा पत्रकारसित मन्त्री गुप्ताले मुलुकको उद्योग धन्दा निर्वाधपूर्वक चलाउन राजनीतिक दलको खोल ओढेका ट्रेड  यूनियन खारेज हुनै पर्ने बताउनुभयो ।

  • ईन्धन आपूर्ति सहज हुन अझै केहि दिन लाग्ने

    काठमाडौं, माघ २१ भारतबाट इन्धन आयात बढेपनि बजारमा आपूर्ति सहज हुन अझै केही दिन लाग्ने भएको छ । हिजो हल्दिया र बरौनीबाट ३० बुलेट ग्यास लोड भएको र त्यो काठमाडौं आइपुग्न अझै दुईतीन दिन लाग्ने आयल निगमले जनाएको छ ।

  • मन्त्रीज्यू आफै छापा मार्दै (फोटो फिचर) मन्त्रीज्यू आफै छापा मार्दै (फोटो फिचर)

    काठमाडौं, माघ २० – खाना पकाउने ग्यास अभावका कारण उपभोक्ता मारमा परेका भन्दै शुक्रबार सरकारले काठमाडौंका ग्यास उद्योगमा छापा मारेको छ । आपूर्ति मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, उपभोक्ता, पत्रकार सहितको टोलीले ग्यास उद्योगमा छापा मारेको हो ।

  • आपूर्ति मन्त्रीकै नेतृत्वमा काठमाडौंका ग्यास उद्योगमा छापा

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं, माघ २० – सरकारले काठमाडौंका ग्यास उद्योगमा छापा मारेको छ । आपूर्ति मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, उपभोक्ता, पत्रकार सहितको टोलीले ग्यास उद्योगमा छापा मारेको हो ।

  • यो हप्ता सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, माघ २० – यो हप्ता सुनको भाउमा सामान्य वृद्धि भएको छ । अघिल्लो हप्ताको तुलनामा सुनको मूल्य ३ सय रुपैँयाले बढेको छ ।

  • प्रयोगमा नआउँदा भएका थर्मलप्लान्ट पनि जीर्ण

    पुस्कर भण्डारी/ उज्यालो । डडेल्धुरा, माघ २० – लोडसेडिङ घटाउन सरकारले थर्मलप्लान्ट ल्याउने बताइरहँदा डडेल्धुरामा बर्षौंअघि ल्याईएका करोडौं मूल्य बराबरका थर्मलप्लान्ट भने जीर्ण बन्दै गएका छन् । तीन करोड रुपैयाँ पर्ने २ सय ६४ किलोवाट  बिजुली उत्पादन क्षमता भएको थर्मलपलान्ट विद्युत्त उत्पादनको काममा प्रयोग नभएपछि थन्क्याइएका छन्  ।

  • केहि दिनमै ग्याँस आपूर्ति सहज हुन्छः आयल निगम

    काठमाडौं, माघ २० नेपाल आयल निगमले केही दिनभित्रै ग्याँसको आपूर्ती सहज हुने बताएको छ । भारतको हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट एलपी ग्याँस लोडिङ भैरहेकाले केही दिनभित्रै आपूर्तीमा सुधार हुने निगमले बताएको हो ।

  • पेट्रोलका लागि सरकारले आयल निगमलाई २ अर्व रुपैयाँ दिने

    काठमाण्डौं, माघ १९ - सरकारले ईन्धनको सहज आपूर्तिका लागि नेपाल आयल निगमलाई दुई अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बेलुकी बसेको बैठकलले आयल निगमलाई पैसा दिने निर्णय गरेको हो । ईन्धन आपूर्ति सहज बनाउन सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ ।

  • विद्यार्थी र विपन्न बर्गले पेट्रोलियम पदार्थमा ३३ प्रतिशत छुट पाउने

    काठमाण्डौं, माघ १९ - सरकारले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास तथा डिजेलमा ३३ प्रतिशत छुटको घोषणा गरेको छ । आन्दोलनरत १३ विद्यार्थी संगठनका प्रतिनिधिसितको छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो घोषणा गर्नुभएको हो । विद्यार्थी र विपन्न परिवारलाई ३३ प्रतिशत छुट दिने गरी मोडालिटी बनाउन राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहको संयोजकत्वमा सरकारले आठ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

  • सुनचाँदीको भाउ स्थिर

    काठमाण्डौं, माघ १९ - सुन र चाँदीको भाउ आज स्थिर छ । सुन वुधवारकै भाउ तोलाको ५४ हजार ५ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै चाँदी पनि वुधवार जस्तै १ हजार ८५ रुपैंयामा किनबेच भएको छ ।

  • प्यूठानको माडी नदीमा सुनखानी परिक्षण हुँदै

    एलबी थापा/उज्यालो । प्यूठान, माघ १९ -प्यूठानको माडी खोला बगरमा सुन भएको अनुमानमा चिनीयाँ टोलीले परिक्षण कार्य सुरु गरेको छ । नयाँ गाउँ गाविस अन्तर्गत देवीस्थानको माडी नदी किनारमा परापूर्वकालदेखि सुन पाइँदै आएकाले सुनखानी भेटिन सक्ने अनुमानमा चिनियाँ कम्पनीले परिक्षण सुरु गरेको हो ।

  • ग्यासका गाडी कब्जा गरी ग्यास वितरण

    रमेश गिरी/उज्यालो |  भक्तपुर, माघ १८ - खाना पकाउने एलपी ग्याँस नपाएर अभाब झेलिरहेका उपभोक्तले ग्याँस डिलरतर्फ लजादै गरेको भरिएको हिमाल ग्याँसको सिलिण्डर नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका छन् । काभ्रेको बनेपाबाट काठमाण्डौको बिभिन्न ग्याँस डिलरमा भरिएका ग्याँसका सिलिण्डर लिएर जादै गरेको चारवटा टाटा गाडी भक्तपुरको तीनकुने सल्लाघारीमा स्थानीयवासिन्दाले सडकबाटै नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेको हुन् । उनीहरुले बा.५ च ६०५६, बा.५ च ९४३५, बा.८ च ४३२ र अर्को एकवटा गाडीबाट लैजाद...

  • छ लेन सडकको सर्भिस ट्रयाक बनाउने काम रोकियो

    काठमाण्डौं, माघ १८ - तीनकुने–सूर्यविनायक छ लेन सडक खण्ड अन्तर्गत दुई लेन सर्भिस ट्रयाक निर्माणको काम पेट्रोलियम पदार्थको अभावका कारण रोकिएको छ । जडिबुटि देखि सुर्यविनायकसम्मको सर्भिस ट्रयाकमा ग्राभेलिङ्ग र सडक सम्याउने काम शुरु भएपनि ईन्धन अभाव देखाउँदै आयोजनाले काम रोकेको हो । आयोजनाका ईन्जिनियर कृष्णबहादुर थापाले ईन्धनको व्यवस्था हुनासाथ काम शुरु गर्ने बताउनुभयो ।

  • गहनाको शुद्धता जाँच्ने काममा ढिलाई

    काठमाडौं, माघ १८ नेपालमा बन्ने सुन चाँदीका गरगहना तथा हस्तकलाका सामग्रीमा क्याडमियम मिसाएको छ, छैन भनेर जाँच्ने कामको औपचारिक शुरुवातमा ढिलाई भएको छ । प्रयोगशाला सञ्चालनमा आवद्ध ब्यक्तिहरु स्थलगत निरीक्षणका लागि विदेश भ्रमण जाने भएपछि ढिलो भएको हो ।

  • लोडसेडिङ न्युनिकरण गर्नेबारे १० बुँदे कार्ययोजना पारित

    काठमाण्डौं, माघ १७ - सरकारले लोडसेडिङ न्युनिकरण गर्नेबारे १० बुँदे कार्ययोजना पारित गरेको छ । मंगलवार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले उर्जा मन्त्रालयको प्रस्ताबमा लोडसेडिङ घटाउने बारे कार्ययोजना पारित गरेको हो । त्यस्तै बैठकले पेट्रोलियम पर्दाथको आपुर्ती सहज गर्न अर्थमन्त्रालय मार्फत नेपाल आयल निगमलाई २५ करोड रुपैया ऋण दिने निर्णय गरेको छ ।

  • ग्यास माग्दै जनकपुरका वासिन्दा आन्दोलनमा

    धर्वेन्द्र झा/उज्यालो । जनकपुर, माघ १७ - खाना पकाउने ग्यासको अभाव भएपछि मर्कामा परेको भन्दै जनकपुरका वासिन्दाले ग्यासको सहज आपूर्तिको माग राखी आन्दोलन थालेका छन् । उनीहरुले खाली सिलिण्डर सडकमा राखेर जनकपुरमा चक्का जाम गरेका छन । भानु चोक, मिल्स एरिया सडक खण्डमा स्थानीयवासिन्दाले झण्डै ३ घण्टा प्रदर्शन गरेका हुन् ।

  • मंगलवारदेखि दुधको भाउ बढ्यो

    काठमाण्डौं, माघ १७ - दुग्ध विकास संस्थानले मंगलवारदेखि लागू हुने गरी दुधको मुल्य बढाएको छ । संस्थानले विज्ञप्ति निकालेर मंगलवारदेखि लागुहुने गरी संस्थानले बिक्री गर्ने स्टाण्डर्ड दूध (नीलो पाकेट) को उपभोक्ता मूल्यमा दुई रुपैयाँ प्रति पाकेट र होल मिल्क (हरियो पाकेट) मा प्रति पाकेट तीन रुपैया बढाएको जानकारी दिएको छ ।

  • सुनको भाऊ अन्तर्राष्ट्रिय बजारमा घटेपनि नेपालमा स्थिर

    काठमाडौं, माघ १६ – अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको भाउ केही घटे पनि डलरको सटही दर महँगो हुँदा नेपालमा सुनको भाउ आइतबार जति नै कायम भएको छ । आइतबारको तुलनामा नेपाली बजारमा सुन चाँदीको भाउमा कुनै थपघट भएको छैन ।

  • मूल्य नबढाए तेल नदिने भारतीय चेतावनी

    काठमाडौं, माघ १६ - नेपाललाई तेल बेच्दै आएको ईन्डियन आयल कर्पोरेसन आईओसीले मुल्य नबढाउने भए नेपाललाई तेल दिन नसक्ने चेतावनी दिएको छ ।

  • ‘निगमका सामान चोरीमा कर्मचारीदेखि निर्देशकसम्मको हात’

    काठमाडौं, माघ १६ – पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको जहाजका पार्टपुर्जा हराउनु र चोरी हुनुमा निगमकै कर्मचारीको हात रहेको ठहर गरेको छ । मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जहाजका पार्टपूर्जा हराउनुमा निगमका साना कर्मचारीदेखि निर्देशकसम्मको हात रहेको जानकारी दिएको हो ।

  • ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी बन्द

    आश गुरुङ/ उज्यालो । लमजुङ, माघ १५ – ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना बन्द भएको छ । परियोजनाको सिभिल संरचना र ईलेक्ट्रोमेकानिकल संरचनाको मर्मतको लागि परियोजनाको विद्युत उत्पादन आइतबारदेखि बन्द गरिएको हो ।

  • चीनबाट आयात गरिने लसुनको भाउ आधा घट्यो

    काठमाडौं, माघ १४ – चीनबाट नेपाल भित्रिने लसुनको भाउ पोहोरको तुलनामा आधा भन्दा धेरैले घटेको छ । पोहोर एक सय ५० रुपैंया किलोसम्म थोक भाउ रहेको लसुन यसबर्ष ६८ देखि ७० रुपैंया किलोमा पाइन्छ ।

  • १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने उर्जामन्त्रीको दावी १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने उर्जामन्त्रीको दावी

    काठमाडौं, माघ १३ – उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष दिनको १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाण्डौंमा गरेको साक्षात्कारमा मन्त्री बोगटीले आईतवारदेखि मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी भइरहेको बताउनुभयो ।

  • सुनको भाउ ५३ हजार ५ सय

    काठमाण्डौं, माघ १३ - अघिल्लो हप्ता लगातार स्थिर रहेको सुनको भाउ यो हप्ता भने तोलामा पाँच सय रुपैंया बढेको छ । अस्ति बुधबारसम्म ५३ हजार रुपैंया तोला रहेको सुनको भाउ विहीवार तोलामा पाँचसय रुपैंया बढेको थियो । शुक्रवार पनि सुन विहीवारकै भाउ तोलाको ५३ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया