MENU
ujyaalo forign call inside

अर्थ

  • राजश्व संकलन कार्यालयहरु आज शनिबार पनि खुला

    काठमाडौं, पुष ३० – देशभरका राजश्व संकलन गर्ने कार्यालयहरु आज शनिबार पनि खुला छन् । बार्षिक आयमा लाग्ने अनुमानित करको पहिलो किस्ता बुझाउने अन्तिम दिन भएकाले आज कर कार्यालयहरु खुलै भएका हुन् ।

  • बढ्यो लोडसेडिङ

    काठमाडौं, पुष २९ – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । प्राधिकरणका अनुसार आउँदो माघ २ गते सोमबारदेखि हप्तामा ८२ घण्टा लोडसेडिङ हुनेछ । विद्युत चुहावट हुने ठाउँमा भने हप्तामा ८७ घण्टासम्म लोडसेडिङ हुनेछ ।

  • सहकारी क्षेत्रको विकासका लागि छुट्टै मन्त्रालयः प्रधानमन्त्री भट्टराई

    काठमाडौं, पुष २९ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी क्षेत्रको विकासका लागि छुट्टै सहकारी तथा गरीवी निवारण मन्त्रालय गठन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी संघको १९ औं साधारणसभाको शुक्रबार बिहान काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले सहकारी विकासका लागि लागि छुट्टै सहकारी तथा गरीवी निवारण मन्त्रालय गठन गर्न सरकार ध्यान गएको बताउनुभएको हो ।

  • गहनाको परिक्षण थालिने

    काठमाडौं, पुष २९ - नेपालमा बन्ने सुन चाँदीका गरगहना तथा हस्तकलाका सामग्रीमा क्याडमियम मिसाएको छ छैन भनेर जाँच्ने काम माघ १२ गतेदेखि विधिवत रुपमा शुरु हुने भएको छ । नेपालमा बनेका गरगहनामा क्याडमियम नामको कमसल धातु मिसाएको भन्दै दुई बर्ष अघि यूरोप अमेरिका निर्यात भएका गरगहना फिर्ता गरिएपछि जाँच्नका लागि मेसिन झिकाईएको थियो ।

  • तेल अभाव हटेन

    काठमाडौं, पुष २९ - नेपाल आयल निगमले तेल आयात बढेको जनाएपनि उपभोक्ताले अझै पनि सहज रुपमा पाउन सकेका छैनन् । उपभोक्ता तेल भर्न पेट्रोलपम्पमा घण्टौ लाममा बस्नु परिरहेको छ ।

  • ग्यास अभाव एकदुई दिनमै हट्छः आयल निगम

    काठमाडौं, पुष २९- खाना पकाउने ग्यासको अभाव एक दुई दिनमा हट्ने आयल निगमले जनाएको छ । बिहिवार मात्रै बरौनी र हल्दियाबाट ट्रकमा लोड भएको पाँच सय ४० टन ग्यास नेपालका लागि हिँडिसकेकोले केही दिनमै अभाव हट्ने निगमका प्रवक्ता मुकुन्द ढुँगेलले बिश्वास व्यक्ति गर्नुभयो । हल्दियाबाट ग्यास बोकेको ट्रक सरासर हिंड्यो भने चार दिन भित्रमा काठमाडौं आईपुग्छ भने बरौनीबाट हिँडेको ट्रक तीन दिनभित्र आइपुग्छ । गत डिसेम्बर महिना देखिनै कम आयात भएकोले नेपालमा केहि समययता ग्यासको अभाव भएको हो । नेपालमा महिनाको १८ हजार ...

  • ओम शान्ति टेलरिङ्गमा राजश्व विभागको छापा

    भक्तपुर, पुष २८ - आन्तरिक राजस्व विभागले भक्तपुरको सूर्यविनायकमा रहेको ओम शान्ति टेलरिङ्ग सेन्टरमा छापामारि शिलबन्दी गरेको छ । कार्यालयले सूवर्यविनायकका २ वटा पसल, कमल विनायकको गोदाम र एउटा घरमा छापा मारेको हो । झरीलाल मण्डलले ओम शान्ति नाममा टेलरिङ्ग सहित, सटिङ्ग सुटिङ्ग, सारी, कुर्ता, रेडिमेड, लेडिज प्रशिक्षण सेन्टर गरी ६ वटा फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।

  • म्यानपावरको शाखा कार्यालयमा शिलवन्दी

    जनार्दन घिमिरे/ उज्यालो | गुल्मी, पुष २८  वैदेशिक रोजगार विभागको स्वीकृति नलिई गुल्मीमा शाखा कार्यालय स्थापना गरर काम गर्दै आएको म्यानपावरको शाखा कार्यालयमा स्थानीय प्रशासनले शिलबन्दी गरिदिएको छ । तम्घासको क्याम्पसारोडमा रहेको ग्लोबल इन्टरनेशनल रिक्रुटमेन्ट प्रालिको कार्यालयमा प्रशासनले आज शिलबन्दी गरेको हो ।

  • ट्रान्समिसन लाईन तत्काल निर्माण गर्न अख्तियारको निर्देशन ट्रान्समिसन लाईन तत्काल निर्माण गर्न अख्तियारको निर्देशन

    काठमाडौं, पुष २७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपूर–हेटौंडा ट्रान्समिसन लाईनको निर्माण तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । ४ वर्ष अघि सुरु भएको ट्रान्समिसन लाईनको निर्माण अझै सुरु नहुँदा देशलाई करोडौंको घाटा भइरहेको ठहर गर्दै अख्तियारले यस्तो निर्देशन दिएको हो ।

  • लगातार गिरावट आएको सुनको भाउमा फेरी वृद्धि

    काठमाडौं, पुष २७ – नेपाली बजारमा आइतबारदेखि लगातार गिरावट आएको सुनको भाउ बुधबार भने बढेको छ । अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै मंगलबार तोलाको ५३ हजारमा कारोबार भएको सुन बुधबार भने ५३ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ  ।

  • बैदेशिक ऋण ९ अर्व बढ्यो

    काठमाण्डौं, पुष २६ - नेपालको बैदेशिक ऋण यो बर्ष ९ अर्व बढेको छ । ऋण, अघिल्लो बर्षको तुलनामा १ दशमलव २७ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै जन्मिने बित्तिकै हरेक नेपालीको टाउकोमा झण्डै १० हजार रुपैंया विदेशी ऋणको भार पर्छ । आर्थिक वर्ष २०६७÷६८ को अन्त्यसम्ममा नेपालको वैदेशिक ऋण २ खर्ब ५९ अर्ब ५० करोड ११ लाख ४७ हजार रुपैंया पुगेको छ ।

  • व्यवस्थापनको प्रस्तावमा श्रमिकहरु सहमत नभए सांग्रिला क्यासिनो बन्द हुने

    मलेसिया, पुष २६ – अनुशासन सम्बन्धी १४ बुँदे प्रस्तावमा श्रमिक सहमत नभए सांग्रिला क्यासिनो बन्द गर्ने क्यासिनो व्यबस्थापनले निर्णय गरेको छ । सांग्रिला क्यासिनो व्यवस्थापन बोर्डको मलेसियामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ईयूद्वारा नेपाललाई १ अर्ब ८० करोड रुपैयाँ अनुदान ईयूद्वारा नेपाललाई १ अर्ब ८० करोड रुपैयाँ अनुदान

    काठमाण्डौं, पुष २६ - युरोपेली युनियन र बेलायती सहायता संस्था डिएफआइडीले जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्न नेपाललाई १ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग गरेका छन् । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको कार्यान्वयनका लागि १ अर्ब ८० करोड रुपैयाँ अर्थात् १ करोड ६५ लाख युरो प्रदान गरिएको हो ।

  • आयल निगम ४२ बर्षमा

    काठमाडौं, पुष २६- नेपाल आयल निगम आजदेखि ४२ वर्षमा प्रवेश गरेको छ । बिक्रम सम्बत २०२६ सालमा स्थापना भएको निगम नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्ने एक मात्रै आधिकारीक निकायका रुपमा क्रियाशील छ । निगमले काठमाडौंमा केन्द्रिय कार्यालय र विभिन्न क्षेत्रीय कार्यालय मार्फत तेलको आपूर्ति गर्दै आएको छ । सबै खालका ईन्धनको गरी निगमको भण्डारण क्षमता ७१ हजार ५ सय ५८ किलोलिटर रहेको निगमले जनाएको छ । तर पछिल्लो समयमा ईन्धनको माग बढ्दै गईरहेकाले त्यसको तुलनामा निगमको भण्डारण क्षमता निकै कम भ...

  • गरिबी निवारण गर्न स्थापना भएका बैंक नै गरिव बन्दै गरिबी निवारण गर्न स्थापना भएका बैंक नै गरिव बन्दै

    सेञ्छेलुङ लिम्बु/उज्यालो । काठमाण्डौं, पुष २५ - गरिबी निवारण गर्न स्थापना भएका ग्रामिण विकास बैंकनै  गरिव बन्दै गएका छन् । बैकिङ सेवा मार्फत् ग्रामीण क्षेत्रका गरिब दलित, जनजाति एवं सीमान्त किसानलाई लघुकर्जा उपलब्ध गराउन स्थापित भएका ग्रामिण विकास बैंक धराशायी बन्दै गएका हुन् ।

  • एनसेललाई थ्रीजी फ्रिक्वेन्सी दिने प्राधिकरणको निर्णय लेखा समितिद्वारा बदर एनसेललाई थ्रीजी फ्रिक्वेन्सी दिने प्राधिकरणको निर्णय लेखा समितिद्वारा बदर

    काठमाडौं, पुष २५ – संसदको सार्वजनिक लेखा समितिले मोबाइल सेवा प्रदायक एनसेललाई थ्रीजी फ्रिक्वेन्सी दिने नेपाल दूरसंचार प्राधिकरणको निर्णय बदर गरेको छ । सिंहदरवारमा सोमबार बसेको समितिको बैठकले एनसेललाई थ्रीजी फ्रिक्वेन्सी दिने दूरसंचारको निर्णय कानून विपरित ठहर गर्दै बदर गरेको हो ।

  • नारायणी यातायात ब्यवसायी संघको अध्यक्षमा पराजुली निर्वाचित

    हेटौंडा, पुष २५ - नारायणी यातायात ब्यवसायी संघको अध्यक्षमा गोकर्ण पराजुली बिजयी हुनुभएको छ । नेपालकै सबै भन्दा बढी सदस्य संख्या रहेको संघको चुनावमा ८ सय ४६ मत प्राप्त गरेर पराजुली बिजयी हुनुभएको हो । उहाँका प्रतीद्वन्द्वी सुमनलाल श्रेष्ठले ५ सय १० मत मात्र प्राप्त गर्नु भएको छ ।

  • एनसेललाई थ्री जी फ्रिक्वेन्सी दिने निर्णय बदर गर्न संसदीय उपसमितिको सिफारिस एनसेललाई थ्री जी फ्रिक्वेन्सी दिने निर्णय बदर गर्न संसदीय उपसमितिको सिफारिस

    सेञ्छेलुङ लिम्बु/उज्यालो, पुष २४ - संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले मोबाइल सेवा प्रदायक एनसेललाई थ्री जी फ्रिक्वेन्सी दिने नेपाल दूरसंचार प्राधिकरणको निर्णय बदर गर्न सिफारिस गरेको छ । दूरसंचार प्राधिकरणले कानुन मिच्दै एनसेललाई  थ्री जी फ्रिक्वेन्सी वितरण गरेको ठहर गर्दै उपसमितिले थ्री जी फ्रिक्वेन्सी दिने निर्णय बदर गर्न समितिमा सिफारिस गरेको हो ।

  • सन् २०११ मा झण्डै ६ लाखले घुमे लुम्बिनी

    काठमाडौं, पुष २४ – नेपाल पर्यटन बर्ष २०११ मा वुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने  आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या करिब ६ लाख पुगेको छ । लुम्बिनी विकास कोषका अनुसार पर्यटन बर्षमा पाँच लाख ८७ हजार  ५ सय ३८ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

  • सुनको भाउ लगातार माथि उक्लियो सुनको भाउ लगातार माथि उक्लियो

    काठमाडौं, पुष २३ – यो हप्ता सुनको भाउ एक हजारले बढेको छ । हप्ताको शुरुदेखि नै बढ्न थालेको सुनको भाउ साताको अन्तिम दिन शुक्रबार ५३ हजार ३ सय रुपैँया पुगेको छ ।

  • ईन्धन आयात बढ्यो

    काठमाडौं, पुष २३- भारतीय आयल कर्पोरेशनलाई बक्यौता बुझाएपछि इन्धन आयात बढेको नेपाल आयल निगमले जनाएको छ । शुक्रवार बेलुकासम्म काठमाडौं उपत्यकामा १० लाख लिटर इन्धन वितरण आयल निगमले जनाएको छ । हिजोको तुलनामा आज आपूर्ति सहज हुने निगमको भनाई छ । तर पूरै सहज हुन भने समय लाग्ने निगमका प्रवक्ता मुकुन्द ढुंगेलले बताउनुभयो । लोडसेडिङका कारण माग ह्वात्तै बढ्नाले पनि आपूर्ति सहज हुन समय लाग्ने निगमको भनाई छ । झण्डै दुई हप्तादेखि इन्धन अभाव हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।...

  • विमानस्थलमा जुनसुकै बेला छड्के जाँच गर्न अनुगमन समिति

    काठमाडौं, पुष २२ – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएका समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । पर्यटन मन्त्री लोकेन्द्र विष्टको निर्देशनमा गठन भएको अनुगमन समितिले विमानस्थलका समस्या पहिचान गरेर समाधानका लागि सुझाव दिनेछ ।

  • सुनको भाउ लगातार माथि उक्लियो

    काठमाडौं, पुष २२ – हप्ताको शुरुदेखि नै बढ्न थालेको सुनको भाउ आज ५३ हजार ३ सय रुपैँया पुगेको छ । आइतबार र सोमबार तोलाको ५२ हजार ३ सय रुपैंया रहेको सुन त्यसपछि लगातार बढ्दै गएको हो ।

  • आजदेखि तेल आपूर्ती सुध्रिन्छः आयल निगम

    काठमाडौं, पुष २२- आज बेलुकीदेखि तेल आपूर्तिमा केही सुधार हुने नेपाल आयल निगमले जनाएको छ । हिजो बन्दका कारण तेल ट्याँकर भित्रिन नसकेकाले आज बेलुकीपछि मात्रै आपूर्तीमा सुधार देखिने निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो । भारतीय आयल निगमलाई बक्यौदा रकम बुझाएसँगै तेल आयात बढेको निगमले बताएको छ । आजदेखि केही सुधार देखिएपनि आपूर्ति र वितरणमा पूरै सुधार हुन अझै केही दिन लाग्ने प्रवक्ता ढुंगेलले बताउनुभयो । भारतीय आयल निगमलाई थप ३० करोड रुपैंया पनि हिजो पठाइएको उहाँले जानकारी दिनुभयो । यसअघ...

  • निगमका पूर्व महाप्रवन्धक झा 'सर्टलिष्ट'मा पर्न असफल

    माधव दुलाल/उज्यालो । काठमाण्डौं, पुष २१ - नेपाल आयल निगमको महाप्रवन्धकका लागि आवेदन दिएका पूर्व महाप्रवन्धक दिगम्बर झा 'सर्टलिष्ट'मा पर्न पनि असफल हुनु भएको छ । निगमको महाप्रवन्धक छनौटका लागि गठित समितिले आवेदन दिएको १५ जना मध्येबाट ५ जनालाई 'सर्टलिष्ट' गरेको छ । तर यो 'लिष्ट'मा पूर्वमहाप्रवन्धक झाको नाम भने छैन ।

  • निर्यात गर्नुपर्ने एक हजार मेट्रिक टन कागज गोदाममै अलपत्र

    नवलपरासी, पुष २१ – नवलपारासीमा रहेको मुलुककै ठुलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएपछि निर्यातको तयारीमा रहेको एक हजार मेट्रिक टन कागज गोदाममा थन्किएको छ । कारखानाबाट उत्पादित कागज जापान र भारतमा निर्यात हुँदै आएको थियो ।

  • प्रधानमन्त्रीकै उदासिनताले ग्यास अभावः व्यवसायी

    काठमाडौं, पुष २१- बजारमा अरु इन्धनसँगै खाना पकाउने ग्यासको समेत अभाव हुँदा उपभोक्ता थप मारमा परेका छन् । सरकारले आयात गर्न नसकेकै कारण बजारमा अभाव भएको ग्यास विक्रेता महासंघका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालले बताउनुभयो ।

  • अरनिको राजमार्गको सिण्डिकेट विरुद्धमा स्थानीयको अभियान

    सिन्धुपाल्चोक, पुष २० – अरनिको राजमार्गमा भईरहेको सिण्डिकेटको विरुद्धमा सिन्धुपाल्चोकको पाखर क्षेत्रका बासिन्दाले अभियान चलाएका छन् । पाखरका आधा दर्जन गाउँ विकास समितका बासिन्दाले अरनिको राजमार्गमा चल्ने सार्वजनिक गाडीमा भईरहेको एकलौटीले मर्का परेको भन्दै समिति नै बनाएर विरोध गरेका हुन् ।

  • ईन्धन आपूर्ती सहज हुन एक हप्ता लाग्ने

    काठमाडौं, पुष २०- आउँदो हप्तादेखि इन्धन आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशनलाई मंगलवार एक अर्ब ७० करोड रुपैंया बक्यौता बुझाइसकेको र तेलको आयात पनि बढेको निगमको भनाई छ । निगमका अनुसार भारतले मंगलवार देखि नै तेल आपूर्ती बढाएपनि पम्पसम्म पुगेर वितरण हुन शुक्रबारसम्म लाग्नेछ । शुक्रबारदेखि नै वितरण केही सहज हुने र आइतबारदेखि भने पम्पहरुमा लाइन कम मात्रै देखिने अपेक्षा आयल निगमको छ । झण्डै दुई हप्तादेखि इन्धन अभाव हुँदा उपभोक्ताले सास्ती खेप्नुपरिरहेको छ । पम्पहरुमा दि...

  • पेट्रोलियम पदार्थमा बन्द हड्ताल गर्न पाइँदैन : सर्वोच्च

    काठमाण्डौं, पुष १९ - सर्वोच्च अदालतले पेट्रोलियम आपूर्ति, ढुवानी तथा खरिद विक्री अवरोध हुने गरि कुनै पनि किसिमको बन्द हडताल गर्न नदिन नेपाल सरकारलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चले मंगलवार पेट्रोलियम पदार्थ आपूर्ति, ढुवानी तथा अवरोध कानुन विपरित हुने भन्दै आपूर्तिकर्ता, बिक्रेता वा ढुवानीकर्तालाई बन्द हडताल गर्नबाट रोक्न आन्तरिम आदेश दिएको हो ।

  • सुनचाँदीको भाउ बढ्यो

    काठमाण्डौं, पुष १९ - हप्ताको तेस्रो दिन मंगलवार सुनचाँदीको भाउ बढेको छ । सोमवार तोलामा ५२ हजार ३ सय रुपैंया रहेको सुन मंगलवार ५२ हजार ४ सय रुपैंया पुगेको छ । सोमवार र आइतवार सुनको भाउ स्थिर थियो । चाँदीको भाउ  पनि बढेको छ ।

  • पेट्रोलियम पदार्थमा विद्यार्थीलाई सहुलियत दिने सरकारी प्रतिवद्धता

    काठमाण्डौं, पुष १९ - पेट्रोलियम पदार्थमा विद्यार्थीलाई सहुलियत दिने सरकारी प्रतिवद्धतापछि अखिल क्रान्तिकारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अखिल क्रान्तिकारी र सरकारबीच भएको वार्तामा सरकारले सहुलियत दिने प्रतिवद्धता जनाएपछि प्रधानमन्त्री निवास बालुवाटार घेराऊ गर्ने लगायतका सवै आन्दोलनका सवै कार्यक्रम फिर्ता लिइएको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभयो ।

  • भारतीय आयल कर्पोरेशनलाई आयल निगमले आज भुक्तानी दिने

    काठमाडौं, पुष १९- नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशलाई आज एक अर्ब ७० करोड रुपैंया भुक्तानी दिने तयारी गरेको छ । सरकारी जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले आयल निगमलाई पहिलो चरणमा ऋण दिने सम्झौता गरिसकेका छन् । बाँकी ८० करोड रुपैंया एक हप्ताभित्रै निगमले पाउने प्रवक्ता मुकुन्द ढुंगेलले बताउनुभयो । भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गरेपछि भरे भोलिदेखि नै तेल आपूर्ति केही सहज हुने निगमको भनाई छ । दुई हप्तादेखि तेल अभाव बढ्दा उपभोक्ता मारमा परेका छन् । आज पनि पम्पहरुमा बिहानैदेखि तेल...

  • ६ देशका श्रम सहचारी कार्यस्थल जाने तयारीमा

    विनोद चौलागाईं/उज्यालो । पुष १८ - नेपाल सरकारले मलेसिया, संयुक्त अरव ईमिरेट्स, साउदी अरब, कतार, कुवेत र दक्षिण कोरियाका लागि नियुक्त गरेका श्रमसहचारी यसै हप्ता आफ्नो कार्यस्थल तर्फ लाग्दैछन् । उनीहरुले त्यहाँबाट त्यो मुलुकको श्रम र रोजगारको अवस्था, अध्यागमन सम्बन्धी जानकारी, त्यस देशले कामदारको हितका लागि गरेका कामबारे नेपाल सरकारलाई जानकारी गराउने छन् ।

  • आज देखि आपूर्ती सहज हुन्छः आयल निगम आज देखि आपूर्ती सहज हुन्छः आयल निगम

    काठमाडौं, पुष १८ आजदेखि पेट्रोलियम पदार्थको आपूर्ति केही सहज हुने नेपाल आयल निगमले दावी गरेको छ । निगमका अनुसार थानकोट डिपोले हिजो १३ लाख लिटर तेल नीजि पम्पहरुलाई उपलब्ध गराएको छ ।

  • इन्धनको सहज आपूर्ति नभए आन्दोलनः यातायात व्यवसायी

    काठमाडौं, पुष १७ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको सहज आपूर्ति नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको बाग्मती अंचल समितिले आइतबार विज्ञप्ती जारी गरि इन्धन अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

  • डलर बढेपछि यो हप्ता सुनचाँदीको भाउ घट्यो

    काठमाडौं, पुष १७ – नेपाली बजारमा यो हप्ता सुन तोलाको १ हजार रुपैयाँ सस्तो भएको छ । डलर मजबुत भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेकाले त्यसलाई पछ्याउँदै नेपाली बजारमा पनि सुनचाँदी सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

  • एक हप्ता भित्र पेट्रोलियम पदार्थको अभाव अन्त्यः आपूर्तिमन्त्री भट्ट एक हप्ता भित्र पेट्रोलियम पदार्थको अभाव अन्त्यः आपूर्तिमन्त्री भट्ट

    काठमाडौं, पुष १५ – वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको अभाव एक हप्ता भित्र अन्त्य हुने दावी गर्नुभएको छ । शुक्रबार रिपोटर्स क्लबको कार्यक्रममा मन्त्री भट्टले तत्कालको लागि सरकारले डिजेल र ग्यासमा लाग्ने भ्याट हटाएर समस्या समाधान गर्न लागेको खुलासा गर्नुभयो ।

  • हङकङको भिषा खुलाउन दौडधुप हङकङको भिषा खुलाउन दौडधुप

    विनोद चौलागाई/ उज्यालो । काठमाडौं – आप्रवासी कामदारको अधिकारको क्षेत्रमा काम गरिरहेका नेपाल र हङकङका सरोकारवाला निकायहरुले हङकङमा कामदार भिसा खुलाउन अभियान सुरु गरेका छन् । सुदुरपुर्वी प्रवासी नेपाली संघ र नेपाली घरेलु कामदार युनियन हङकङले सरकारका विभिन्न निकायमा पुगेर भिसा खुलाउन दबाब दिएका हुन् ।

  • लगानी बोर्डले पूर्णता पायो

    काठमाडौं, पुष १४ – मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन गठित लगानी बोर्डले पूर्णता पाएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बोर्डको बैठकले बोर्डमा सदस्यहरु थप गरेको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया