MENU
ujyaalo forign call inside

मनोरञ्जन

  • आर्यन सिग्देलको डेरामा आगलागी आर्यन सिग्देलको डेरामा आगलागी

    काठमाडौं, असार ८ – नायक आर्यन सिग्देलको महाराजगञ्जमा रहेको डेरामा आगलागी भएको छ । खाना पकाउने ग्यासको सिलिन्डर परिवर्तन गर्ने क्रममा ग्याँस लिक भएर आगो लागेको सिग्देलले बताउनुभयो । ‘म अर्को कोठामा थिएँ, साथीले आगो लाग्यो भनेर काराएपछि छिमेकी गुहार्‍यौँ’, आर्यनले भन्नुभयो, ‘छिमेकीको सहयोगले केही बेरमै आगो निभायौँ ।’ सिलिन्डर फेर्ने क्रममा ग्यास लिक भएर आगो सल्किँदा आर्यनका साथी अमरद्वीप सापकोटाको हात जलेको छ । सापकोटा उपचारपछि घर फर्किसकेको आर्यानले जानकारी दिनु...

  • सांगितिक कार्यक्रमका लागि आनी युरोपमा (फोटो फिचर) सांगितिक कार्यक्रमका लागि आनी युरोपमा (फोटो फिचर)

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, असार ८ – गायिका आनी छोइङ डोल्मा युरोपमा सांगितिक कार्यक्रममा ब्यस्त छिन् । उनले ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ बोलको गीत नेपाली र जर्मनी भाषामा  सुनाउँदा बेल्जियमवासी मन्त्रमुग्ध भएका थिए ।

  • हरिवंश आचार्यको विवाह हरिवंश आचार्यको विवाह

    काठमाडौं – बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विवाह गर्नु भएको छ । उहाँको विवाह भएको समाचार फेसबुक मार्फत रबिन्द्र समीरले फोटोसहित सार्वजनिक गर्नु भएको हो । रविन्द्र समिरको फेसबुक स्टाटस जस्ताको तस्तै:   हरिवंश दाइ र रमिला भाउजुको सुखद दाम्पत्य जीवनको शुभकामना ! आफुलाई भन्दा धेरै माया गर्ने मिरा भाउजुको १.५ बर्ष पहिले अचानक निधन भएपछि बिक्षिप्त बन्नुभएका हरिबंश दाजुलाई उहाका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुर...

  • जेसिका तिम्रो ५ हजार कसलाई तिरौं ? जेसिका तिम्रो ५ हजार कसलाई तिरौं ?

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं - केही दिन अघि आत्महत्या गरेकी नायिका जेसिका खड्कालाई पारिश्रमिक दिन नपाएकोमा एक जना निर्देशकलाई पछुतो लागेको छ । जेसिकाले अभिनय गरेको एउटा म्यूजिक भिडियोको पाँच हजार रुपैया पारिश्रमिक दिन नपाएकोमा निर्देशक कुमार केसीले पछुतो मानेका छन् ।

  • स्वास्थ्यमा सुधार आएपछि साहित्यकार झमक घर फर्किन् स्वास्थ्यमा सुधार आएपछि साहित्यकार झमक घर फर्किन्

    काठमाडौं, असार ७ – स्वास्थ्य अवस्थामा सुधार आएपछि साहित्यकार झमक घिमिरे घर फर्किनुभएको छ । दुई महिनादेखि बिरामी भएपछि गत आइतबार उपचारका लागि काठमाडौँ मोडेल अस्पताल भर्ना भएकी घिमिरे स्वास्थ्य अवस्थामा सुधार आएपछि घर फर्किनुभएको हो ।

  • सुर्यचन्द्र र वाचा आउदै, अनविज्ञ बनाउदै सुर्यचन्द्र र वाचा आउदै, अनविज्ञ बनाउदै

    अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं, असार ७ - निर्देशक दीपक श्रेष्ठको निर्देशनमा रहेका दुई चलचित्र रिलिजको संघारमा पुगेका छन् । सुर्यचन्द्र असार २१ गते नेपालभरका हलहरुमा रिलिज हुदैछ भने श्रावणको १९ गते वाचा नामक अर्को चलचित्र पनि रिलिज हुदै छ ।

  • नायिका बिनिता बरालमाथि ‘साइबर क्राइम’को आरोप नायिका बिनिता बरालमाथि ‘साइबर क्राइम’को आरोप

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौ, असार ७ – चलचित्र चपली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बराललाई  गाली बेइज्जती र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

  • विश्व संगीत दिवश मनाइदै विश्व संगीत दिवश मनाइदै

    काठमाडौ, असार ७ – विश्व संगीत दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

  • योगेन्द्र मणिको यात्रा २ योगेन्द्र मणिको यात्रा २

    काठमाडौं, असार ६ - यतिबेला रचनाकार योगेन्द्रमणि दहाल आफ्नो नयाँ एल्बम यात्रा २ लिएर आउने तरखरमा छन् । राम्रो शब्द रचना गर्ने योगेन्दको यो छैठौ एल्बम हो । उनका सय भन्दा बढी गीत रेकर्ड भई सकेका छन् ।

  • गायक तथा नायक बाबु बोगटीले 'डाइरेक्ट' विहे नै गर्ने गायक तथा नायक बाबु बोगटीले 'डाइरेक्ट' विहे नै गर्ने

    काठमाडौं, असार ५ - गायक बाबु बोगटी यतिखेर एकदमै ब्यस्त छन, तर गायनमा नभएर अभिनयमा । आजकाल गायक कम नायक बढी लाग्न थालेका बाबु बोगटीले भर्खरै चलचित्र मेरो भ्यालेन्टाइनको सुटिङ्ग सकेका छन् भने अब वितेका पलमा ब्यस्त हुने पक्का छ ।

  • शेर खानमा १ अर्वको लगानी शेर खानमा १ अर्वको लगानी

    असार ३ - अनेकौ प्रतिस्पर्धा, स्क्याण्डल र ब्यक्तिगत सम्बन्धको चर्चाले गरमागरम भइरहने भारतीय चलचित्र उद्योग वलिउडमा अर्को कीर्तिमान थपिने भएको छ ।

  • एनसेल सुकर्म यात्राको टोली दाङमा एनसेल सुकर्म यात्राको टोली दाङमा

    दाङ, असार २ - सधै मेला महोत्सवमा नृत्य, गीत तथा संगीतमा रमाउने दंगाली शनिवार फरक संगीतमय बाताबरणमा रमाए । एनसेलले थालेको देशब्यापी एनसेल सुकर्म यात्रा अन्तर्गत दाङको घोराहीमा भएको कार्यक्रममा दर्शक स्रोताले चुपचाप संगीत मात्र श्रवण गरेका थिए ।

  • नयाँ गेटअपमा नायक राजबल्लभ नयाँ गेटअपमा नायक राजबल्लभ

    अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं, असार २ - नेपाली चलचित्रको नायक भन्ने बित्तिकै धेरैको दिमागमा बन्ने एउटा दृष्य दाह्री, जुँगा काटेर चिटिक्क परेको चकलेटी अनुहार । तर नायक राजबल्लभ कोइराला फरक गेटअपमा आएका छन् चलचित्र अपवादमा । नायक राज पछिल्लो चलचित्रमा लामो दारीमा देखिएका छन् त्यो पनि फुलेको दारी ।

  • रानीपानीमा जन्मदिन मनाउँदै जीतु रानीपानीमा जन्मदिन मनाउँदै जीतु

    काठमाडौं, असार १-  ‘मुन्द्रे’ का रुपमा चर्चित कलाकार जीतु नेपालले आफ्नो जन्मदिन पर्वतको रानीपानी पुगेर मनाएका छन् । हाँस्य टेलिश्रंखला जिरे खुर्सानीका लेखक, निर्देशक तथा कलाकार जीतु यतिबेला २५ जनाको दलबल सहित रानीपानीमा छन् ।

  • स्लिम बन्दै दिपाश्री स्लिम बन्दै दिपाश्री

    अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं, असार १- निक्कै मोटी देखिन थालेकी कलाकार दिपाश्री निरौलाको अहिले अभियान चलेको छ स्लिम बन्ने अर्थात दुव्लाउने । पहिले मोटी हुँदा खासै चिन्ता नमान्ने दिपाश्रीलाई अहिले दुव्लाउने यति रहर चलेको छ की भात खानै छोडेकी छन् उनले । खानपानमा ध्यान दिन मात्रै थालेकी छैनन् उनले १५ दिन भयो काठमाडौंको एक क्लवमा गएर व्यायाम गर्न थालेको । व्यायामले परिवर्तन पनि देखाइसकेको छ । ७० किलो पुगेकी दिपा व्यायाम थालेको १५ दिनमा ६६ किलोमा झरेकी छन् । लक्ष्य चैं ६० किलोमा झर्ने रे ।...

  • साहित्यकार झमक एक महिनादेखि बिरामी साहित्यकार झमक एक महिनादेखि बिरामी

    धनकुटा, जेठ ३२ – मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे एक महिनादेखि बिरामी पर्नुभएको छ । जन्मजात मस्तिष्कको पक्षघातबाट पीडित साहित्यकार झमक घिमिरेमा शारीरिकक जटिलता थपिदै गएको उहाँको परिवारले बताएको छ ।

  • राजेश हमाल बर्दियामा (फोटो फिचर) राजेश हमाल बर्दियामा (फोटो फिचर)

    भावुक योगी/उज्यालो । बर्दिया, जेठ ३२ – चलचित्रको सुटिङमा देशका बिभिन्न ठाउँमा पुगेका महानायक राजेश हमाल यसपटक बर्दियामा फरक कामका लागि आइपुगेका छन् । यसपटक उनी बर्दियाका वासिन्दाले गरेको वन संरक्षण अवलोकन गर्न खाता जैविक मार्ग संगै सुर्यपटुवाको डल्लामा भएको कार्यक्रममा सहभागी हुन आएका हुन् । वन, वातावरण र वन्यजन्तु संरक्षणसंगै कला संस्कृतिको जर्गेनामा स्थानीय वासिन्दाले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो । स्थानीय वासिन्दाले होमस्टेबाट आयआर्जन गरेको देखेर खुशी भएका हमालले खाता जैविक मागम...

  • नेफेजले ४ गतेदेखि फिल्म फेस्टिबल गर्ने

    काठमाडौं, जेठ ३१ - नेपाल वातावरण पत्रकार समुह नेफेजले आउँदो असार ४ गतेदेखि देशका विभिन्न ठाउँमा वातावरण, शिक्षा तथा दिगो विकास ईएसडी फिल्म फेस्टिभल गर्ने जनाएको छ ।

  • गजल सम्राट मेहदी हसनको निधन गजल सम्राट मेहदी हसनको निधन

    जेठ ३१ – गजल सम्राटका रुपमा प्रसिद्ध गजल गायक मेहदी हसनको निधन भएको छ । ८४ वर्षिय हसनको पाकिस्तानको कराचीमा रहेको एक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

  • नायक राजेश हमालले भात नखाएको १५ वर्ष भयो नायक राजेश हमालले भात नखाएको १५ वर्ष भयो

    अर्जुनकुमार संग्रौला/ काठमाडौं, जेठ ३० दिनभरी दौडधुप किन गर्नुहुन्छ ? धेरै नेपालीको उत्तर हुन सक्छ दुईछाक भातरोटी जुटाउन । तर नेपाली चलचित्र उद्योगमा महानायक भनेर चिनिने नायक राजेश हमालले भात खान छोडेको १५ बर्ष भयो । आक्कल झुक्कल दुईचार चम्चा भात खाने नायक हमालको बिहान बेलुकाको खानामा के हुन्छ त ? नायक हमालका स्वकिय सचिव चिरञ्जीवि आचार्यका अनुसार हमालको घरमा राजमा पाक्छ त्यो पनि नुन, मसला र तेल नहाली । यसैगरी साग पनि टुट्दैन, त्यो पनि नेपाली तरिकाले पकाइएको होईन जापानी तरिकाले उसिनेर । यतिले धा...

  • नायिका जेसिका खड्का मृत भेटिइन् नायिका जेसिका खड्का मृत भेटिइन्

    काठमाडौ, जेठ ३० – नायिका जेसिका खड्का मृत अवस्थामा भेटिएकी छन् । काठमाडौ बसन्तपुरका राज्य शाक्यको घरमा डेरागरी बस्ने खड्काको शव निवासमा सलले पासो लगाएको अवस्थामा मंगलवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

  • पूर्वराजा बीरेन्द्रको भिजुअल सहितको चलचित्र आउँदै पूर्वराजा बीरेन्द्रको भिजुअल सहितको चलचित्र आउँदै

    काठमाडौं, जेठ २९ - दिवंगत राजा बीरेन्द्रको बिशेष भिजुअल प्रयोग गरिएको भनिएको चलचित्र मायाज बार प्रदर्शनको तयारीमा छ । यसको निर्देशन दिनेश डिसीको रहेको छ । चलचित्रको प्रवद्र्धनमा व्यस्त डिसी मायाज बारलाई नेपाली चलचित्रको इतिहासमै प्राविधिक हिसाबले र मेकिङ्गको हिसाबले अव्वल भएको दावी गर्छन ।   लागतको हिसाबले पनि विग बजेटको चलचित्र मानिएको मायाज बारमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, गजित विष्ट, निशा अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्रमा संसारकै कान्छा फोटोग्राफरको रुपमा गिनिज बुक...

  • दुलही श्रृङ्गार्ने प्रतियोगिता दुलही श्रृङ्गार्ने प्रतियोगिता

    चितवन, जेठ २९ - चितवनको नारायणघाटनमा भएको दुलही श्रृङ्गार प्रतियोगितामा पुजा व्यूटी पार्लरकी पुजा श्रेष्ठ नेपाली पहिलो हुनु भएको छ । उहाले बेस्ट आइ मेकअपको  उपाधी पनि हात पार्नु भएको छ ।

  • लोक दोहोरी अवार्ड प्रदान लोक दोहोरी अवार्ड प्रदान

    काठमाडौं, जेठ २७ - राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानले लोक दोहोरी अवार्ड २०६९ आयोजना गरेको छ । काठमाडौंमा भएको समारोहमा लोक दोहोरी गीतका विभिन्न २२ विधामा अवार्ड प्रदान गरियो । अवार्ड पाउनेहरुको नाम र विधा : ०१ सर्वोत्कृष्ट लोक दोहोरी रेकडिष्ट - श्यामस्वत रसाइली ०२ सर्वोत्कृष्ट लोक दोहोरी संगीत संयोजन - बिनोद बाजुराली ०३ सर्वोत्कृष्ट दोहोरी साझ गायिका - फुलमाया के सी ०४ सर्वोत्कृष्ट दोहोरी साझ गायक - छबी पराजुली ०५ सर्वोत्कृष्ट लोक दोहोरी साझ - डाफे दोहोरी ०६ सर्वोत्कृष्ट मयूजिक भिडिय...

  • पौडीमा मस्त एसएलसी प्रिन्सेज (फोटो फिचर) पौडीमा मस्त एसएलसी प्रिन्सेज (फोटो फिचर)

    काठमाडौं, जेठ २३ - असार ९ गते काठमाडौंमा हुने एसएलसी प्रिन्सेज २०१२ को सहभागिहरु आन्तरिक प्रशिक्षण व्यस्त छन् । एक महिने प्रशिक्षणमा रहेका ४३ जना प्रतियोगीहरुले स्टेज पर्फमेन्स, क्याटवाक, पौडी, शारीरिक फिटनेश, फोटो सेसन जस्ता प्रशिक्षण लिएका छन् । गत शनिवार उनीहरुले आन्तरिक प्रतिभा देखाउने कार्यक्रम ट्यालेन्ट शोमा भाग लिएका उनीहरुलाई काठमाडौंको भृकुटी मण्डपमा रहेको नेपाल पुलिस हेल्थ क्लवका तालिममा व्यस्त अवस्थामा भेट्न सकिन्छ । यसैक्रमममा हेल्थ क्लवको पौडी पोखरीमा पौडीमा रमाईरहेका प्रतियोगीहरुक...

  • हाँस्य श्रृंखला तिते, जिरे, मेरी बास्सै संकटमा हाँस्य श्रृंखला तिते, जिरे, मेरी बास्सै संकटमा

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, जेठ २२ - नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण भइरहेका हाँस्य टेलिश्रृंखलाहरु गम्भीर आर्थिक संकटमा परेका छन् । तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सै र झ्याइकुटी झ्याईले केहि महिनायता रकम अभाव झेलिरहेका छन् । नेपाल टेलिभिजनसँग समय किनेर यी कार्यक्रम प्रसारण गर्दै आएको बिज्ञापन एजेन्सी मिडिया हवले समयमै रकम उपलव्ध नगराउँदा ती कार्यक्रम निर्माण युनिटलाई आर्थिक संकट परिरहेको छ । त्यसैले केही श्रृंखला दोहोर्‍याएर समेत प्रसारण हुन थालेका छन् । हरेक बिह...

  • चलचित्रमा अश्लील दृष्य बढेकोमा सरोकारवालाको चिन्ता चलचित्रमा अश्लील दृष्य बढेकोमा सरोकारवालाको चिन्ता

    काठमाडौं,  जेठ २२ - पछिल्लोपटक नेपाली चलचित्रमा अश्लील दृश्य बढ्दै गएको भन्दै त्यसलाई रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

  • धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बास्सै बन्द ! धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बास्सै बन्द !

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, जेठ २१ - नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृखंला मेरी बास्सै संकटमा परेको छ । मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच विवाद चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ ।

  • र्‍याम्पमा एसएलसी प्रिन्सेज (फोटो फिचर) र्‍याम्पमा एसएलसी प्रिन्सेज (फोटो फिचर)

    काठमाडौं, जेठ २० – काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह शनिबार एसएलसी परीक्षा सकेर फुर्सदमा बसेका छात्राले खचाखच थियो । छात्राहरुको प्रतिभा उजागर र व्यक्तित्व विकास गर्ने उद्देश्यले सिजन मिडियाले गरेको एसएलसी प्रिन्सेज २०१२ अन्तर्गत विभिन्न प्रस्तुति देखाउन छात्राहरु आफ्नो पालो पर्खिरहेका थिए । काठमाडौका विभिन्न स्कुलबाट एसएलसी परीक्षा दिएर बसेका ६० जनाको आवेदनवाट छानिएका ४३ प्रतियोगीले शनिबार आन्तरिक प्रतिभा (ट्यालेन्ट सो) प्रस्तुत गरे । एक महिने प्रशिक्षणमा प्रतियोगीहरुले स्टेज ...

  • वेल्जियममा नेपाली भेषभूषा प्रदर्शनी (फोटो फिचर) वेल्जियममा नेपाली भेषभूषा प्रदर्शनी (फोटो फिचर)

    वेल्जियम, जेठ १७ – बेल्जियममा वसोवास गर्ने नेपाली युवाहरुले  बिभिन्न समुदायको भेषभूषा प्रदर्शन गरेका छन् । युरोपका बिभिन्न देशका वासिन्दाहरुका माझ नेपाली युवाहरुले १२ थरि नेपाली समुदायको भेषभूषा प्रदर्शन गरेका हुन् । बेल्जियमको आन्तवेर्पेन शहरको ग्रुन प्लाजमा भएको वर्ड फेस्टमा आइतवार एनबिवाइसी बेल्जियमका युवाहरुले नेपाली १२ समुदाय जातजातिका भेषभूषा प्रदर्शन गरेका हुन् । फेस्टिवलमा गरिएको भेषभूषा प्रदर्शनीका तस्विरहरु । तस्विर : सन्तोष न्यौपाने/उज्यालो ।...

  • बिदेशमा कलाकारः कोही उतै लुके, कोही फर्किए (अडियो सहित) बिदेशमा कलाकारः कोही उतै लुके, कोही फर्किए (अडियो सहित)

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं – ‘बिदेशको हरियो डलर, डलरले बिगार्‍यो कलर.........।’  लोक गायक प्रेमराजा महताको यो गीत बिदेश भासिएका धेरै कलाकारसँग ठ्याक्कै मिल्छ । नेपालमा नाम, दाम र सान कमाएका धेरै कलाकार अहिले विदेश भासिएका छन् ।

  • प्रचण्डलाई राजेश हमालको बधाई ! प्रचण्डलाई राजेश हमालको बधाई !

    बोमलाल गिरी/उज्यालो । काठमाडौं, जेठ १५ - सैनिक मञ्च टुडिखेलमा सोमबार नेताहरुको अनुपस्थितीले गणतन्त्र दिवस समारोहको कार्यक्रम नै खल्लो बनायो । तर दिउँसो शितल निवासमा भएको चियापान कार्यक्रममा नेता, कलाकार, विदेशी कुटनितिक नियोगका प्रमुखहरु, सेना प्रहरी लगायत थुप्रैको उपस्थिती थियो ।

  • ४२ हजार वर्ष पुरानो बाँसुरी भेटियो ४२ हजार वर्ष पुरानो बाँसुरी भेटियो

    जेठ १३ – ४२ हजार वर्ष पहिला मानिसहरु गुफाभित्र आगो बालेर बस्थे, जनावरको हाडबाट बनेको बाँसुरी बजाउँथे र गीत गाएर साँझ कटाउँथे । हालसालै जर्मनीमा भेटिएका संगीत बाद्य यन्त्रले यसैको संकेत गर्छ ।

  • सुटिङका लागि विनिता बराल गोरखामा सुटिङका लागि विनिता बराल गोरखामा

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, जेठ ११– चपली हाइटबाट ग्ल्यामरश छवी बनाएकी नायिका विनिता बराल नयाँ चलचित्र ‘फुलस्टप’मा फरक भुमिकामा देखिने भएकी छिन् । माता मनकामना प्रोडक्सन्सको व्यानरमा निर्माण हुन लागेको फूलस्टपमा ‘चपली गर्ल’ बराल र नायक सविन श्रेष्ठले विद्यार्थीको भुमिकामा अभिनय गरेका छन् ।

  • एसएलसी प्रिन्सेजको तयारी (फोटो फिचर) एसएलसी प्रिन्सेजको तयारी (फोटो फिचर)

    काठमाडौं, जेठ ९ एसएलसी प्रिन्सेजमा सहभागि ४३ जना युवतीहरु फाइनल प्रतिस्पर्धाको लागि अहिले तालिममा व्यस्त छन् । सिजन मिडिया प्रालिले एसएलसी दिएर बसेका छात्राहरुको प्रतिभा प्रस्तुतिका साथै उनीहरुको क्षमता विकासका लागि पोहोरदेखि एसएलसी प्रिन्सेज सुरु गरेको हो । यो वर्षको प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुले गत बैशाख १८ गतेदेखि भृकुटी मण्डप स्थित नेपाल पुलिस हेल्थ क्लवमा प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणमा सहभागि युवतीहरुको फोटो फिचर । तस्विर सौजन्य :  सिजन मिडिया...

  • रेखा र छविको यो कस्तो डिभोर्स ! रेखा र छविको यो कस्तो डिभोर्स !

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं, जेठ ९ - नायिका रेखा थापा र निर्माता छवि ओझा मंगलवारदेखि औपचारिक रुपमा छुट्टिएर बस्न सहमत भएका छन् । लामो समयदेखि एउटै घरको तल्लो तला र माथिल्लो तलामा बस्दै आएका रेखा र छविबीच मंगलवार बोलचाल भएको थियो । रेखाले नयाँ बानेश्वरमा रहेको छविको कार्यालय नमस्ते नेपालमा गएर आफू मम्मीसँग बस्ने भन्दै छविसँग अनुमति मागेकी थिईन् । रेखा र छविबीच बोलचाल गराउन भूमिका खेलेका र रेखाले अनुमति मागेका बेला सँगै उपस्थित रहेका रंग पत्रकार प्रकाश सुवेदीले भन्नुभयो ‘रेखाले ...

  • ‘पत्याउनुहोस् मापसे चेकिङले पुस्तक बिक्री बढ्यो’ ‘पत्याउनुहोस् मापसे चेकिङले पुस्तक बिक्री बढ्यो’

    सूर्यकुमार/ क्षेत्री उज्यालो । काठमाडौं, जेठ ६ – ट्राफिक प्रहरीले मदिरा खाएर सवारी चलाउनेलाई कारवाही गर्न थालेपछि यसको व्यवसाय गर्नेलाई घाटा भएको छ । होटल, रेष्टुराँ, भोज भतेरमा मान्छेको उपस्थिति निक्कै पातलो छ ।

  • पैसा र बैंशले बन्छन् कलाकारहरु पैसा र बैंशले बन्छन् कलाकारहरु

    सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौ – पर्दामा देखिन कत्तिको क्षमता चाहिन्छ ? त्यसका लागि कस्तो सीप र रुप चाहिन्छ ? धेरै दर्शकको मनमा उठ्ने यो एउटा प्रश्न हो । तर नेपालमा पैसा र बैंश खर्चिएर कलाकार बन्नेको कुनै कमी छैन । नेपाली चलचित्र क्षेत्रमा त्यस्ता कलाकारको बाढी नै आएको छ भन्दा अन्यथा हुन्न ।

  • इन्डियन आईडल प्रशान्त घलेगाउँमा इन्डियन आईडल प्रशान्त घलेगाउँमा

    आश गुरुङ/उज्यालो । लमजुङ, जेठ ४– इन्डियन आईडल प्रशान्त तामाङ यतिखेर लमजुङको पर्यटकीय घलेगाउँमा छन् । हनिमुन मनाउन मुस्ताङसम्म पुगेका प्रशान्त घलेगाउँमा भने हनिमुन मनाउन आएका होइनन् ।

  • साहरुख खान नायकबाट खलनायक साहरुख खान नायकबाट खलनायक

    जेठ ४ - इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइड राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको खुसीमा कोलकाताका मालिक साहरुख खानले आफू बलिउडको नायक भएको बिर्सिए । जितको खुसीमा  खलनायक बन्दै खानले मुम्बईको बाङखडे स्टेडियममा सुरक्षाकर्मीलाई कुटपिट गरेका छन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया