MENU

मनोरञ्जन

  • ‘पर्खि राख है’ मंसिर १६ गते आउने ‘पर्खि राख है’ मंसिर १६ गते आउने

    काठमाडौं, कात्तिक — नेपाली कथानक चलचित्र ‘पर्खि राख है’ मंसिर १६ गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको अडियो क्यासेटको काठमाडौंमा विमोचन गर्दै चलचित्रको निर्माण समूहले यो जानकारी दिएको हो ।

  • कुमारको ‘लोन्ली हर्टस’ बजारमा कुमारको ‘लोन्ली हर्टस’ बजारमा

    काठमाडौं, कात्तिक — लेखक कुमार श्रेष्ठको अङ्ग्रेजी भाषामा लिखित कथाहरुको संग्रह ‘लोन्ली हर्टस’को आइतबार राजधानीमा विमोचन भएको छ । साहित्यकार एवं समालोचक डीपी भण्डारीले ‘लोन्ली हर्टस’को आइतबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बिमोचन गर्नु भएको हो ।

  • ८० वर्ष पुरानो लोकसंगीतको डकुमेन्ट्री फेला पर्‍यो ८० वर्ष पुरानो लोकसंगीतको डकुमेन्ट्री फेला पर्‍यो

    सूर्यकुमार क्षेत्री/ उज्यालो, काठमाडौं -  नेपालमा पहिलो पटक लोकसंगीतबारे बनेको डकुमेन्ट्री फेला परेको छ । सन् १९३१ मा बनेको डकुमेन्ट्री बेलायतमा फेला परेको हो ।

  • ‘घर’ बनाउँदै पोखराका तन्नेरी गुरुङहरु ‘घर’ बनाउँदै पोखराका तन्नेरी गुरुङहरु

    आश गुरुङ/ उज्यालो, कात्तिक  — पोखराका केही जाँगरिला युवाहरु यतिबेला ‘घर’ बनाउन जुटेका छन् । यो कुनै ढुङ्गा माटोको घर भने होइन । यो हो चलचित्र ‘घर’ अर्थात ‘धिँ’ ।

  • चलचित्र निर्देशक दीपक रायमाझीको निधन चलचित्र निर्देशक दीपक रायमाझीको निधन

    काठमाडौं, कार्तिक २ — चलचित्र निर्देशक दीपक रायमाझीको हृदयाघातका कारण निधन भएको छ । मंगलबार राती साढे १२ बजेतिर ह्रृदयाघात भएपछि गंगालाल ह्रृदयरोग केन्द्रमा उपचारका लागि लगिएका ५८ वर्षिय रायमाझीको उपचारका क्रममा राती नै निधन भएको हो ।

  • नेपालमा पहिलोपटक साम्बा र साल्साको कन्सर्ट हुने नेपालमा पहिलोपटक साम्बा र साल्साको कन्सर्ट हुने

    कुलचन्द्र अर्याल/ उज्यालो - पश्चिमेली संगीतमा कतिको रुचि राख्नुहुन्छ ? यदि रुचि छ भने तपाईँलाई साम्बा र साल्सा नाचका बारेमा पक्कै थाहा हुनुपर्छ । पश्चिमेली संगीतमा रुचि राख्ने काठमाडौंवासीलाई साम्बा र साल्सामा झुमाउन दक्षिण अमेरिकी सांगीतिक समूह नेपाल आउने भएको छ ।

  • खोटाङ अब वृत्तचित्रमा खोटाङ अब वृत्तचित्रमा

    दमन राई/ उज्यालो, खोटाङ - खोटाङलाई अव वृत्तचित्रमा देख्न पाइने भएको छ । जिल्लाका एक तन्नेरी पावल चाम्लिङ खोटाङलाई ‘जाउँ न हो हजुर खोटाङ हलेसी’ नामक वृत्तचित्रमा उतार्ने जमर्कोमा लाग्नु भएको छ । डेढ सयभन्दा बढि गीतमा स्वर र संगीत भरेका चाम्लिङ वृत्तचित्रले जिल्लालाई महत्वपूर्ण योगदान पुग्ने बताउनुहुन्छ ।

  • उत्कृष्ट स्वर खोज्न माघमा ‘खोटाङ तारा’ उत्कृष्ट स्वर खोज्न माघमा ‘खोटाङ तारा’

    काठमाडौं, असोज २८ — खोटाङ जिल्लाबाट उत्कृष्ट स्वर खोज्न ‘खोटाङ तारा’ कार्यक्रमको आयोजना हुने भएको छ । शनिवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको जानकारी दिइएको हो ।

  • गजल सम्राट जगजित सिंह रहनुभएन गजल सम्राट जगजित सिंह रहनुभएन

    काठमाडौं, असोज २३ — भारतीय गजलको पुर्नजागरणमा महत्वपूर्ण योगदान गरेका गजल सम्राट जगजित सिंह अब हामीमाझ रहनुभएन । आफ्नो गजल जस्तै ‘गमका खजाना’ बनेर उहाँ भौतिक रुपमा आफ्ना लाखौँ प्रशंसकहरुबाट बिदा हुनुभएको छ ।

  • दशैं : के भन्छन् कलाकार ? दशैं : के भन्छन् कलाकार ?

    काठमाडौं/ असोज १८ राजेश हमाल (नायक) दशैँ हाम्रो महान सांस्कृतिक पर्व हो । यसलाई सबैले उत्साहका साथ मनाउनुपर्छ । तर त्यसो भन्दैमा विकृतिका रुपमा भने यसलाई मनाउनु हुँदैन । मलाई बाल्यकालको दशैँको उत्साह अहिले छैन ।

  • "गन्तव्य खाँडादेवी" बृत्तचित्र तयार "गन्तव्य खाँडादेवी" बृत्तचित्र तयार

    पर्यटन वर्ष २०११ को सन्दर्भ पारेर रामेछाप जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको खाँडादेवीको विषयलाई समेट्दै 'गन्तव्य खाँडादेवी' बृत्तचित्र तयार पारिएको छ। हिमवतखण्डहरुमा वर्णित खाँडादेवीका विषयमा केन्द्रीत रहेर बृत्तचित्र तयार पारिएको हो ।

  • क-कसले पाए इमेज अवार्ड ? क-कसले पाए इमेज अवार्ड ?

    ईमेज अवार्डको १३ औं संस्करण समारोहमा गीतकार कालीप्रसाद रिजाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । रिजाललाई सूचना तथा संचारमन्त्री जेपी गुप्ता, ईमेज गु्रप अफ कम्पनिजका अध्यक्ष आर के मानन्धर, उपाध्यक्ष ईन्दिरा मानन्धर, उपाध्यक्ष मोहनचन्द्र सिंहले सम्मानीत गर्नुभयो । गीतकार रिजालले लाईफटाईम अचिभमेन्ट अवार्ड प्राप्त गरेपछि आफुमा अरु उत्साह थपिएको बताउंदै जीवनको अन्तिम क्षणसम्म गीत लेखिरहने बचनबद्धता ब्यक्त गर्नुभयो । बर्षभरी रेकर्ड भएका नेपाली सर्जकका हजारौं गीत, सयौं एल्बम तथा सयौं म्...

  • सकियो ‘आचार्य’को पर्खाइ सकियो ‘आचार्य’को पर्खाइ

    काठमाडौं — भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र ‘आचार्य’को शुक्रवारदेखि सार्वजनिक प्रदर्शन गरिएको छ । शुक्रबारदेखि राजधानी लगायत देशका विभिन्न चलचित्र घरमा ‘आचार्य’ छाएको छ । बुधवार ‘आचार्य’को नेपालका चर्चित संगीतकार कलाकारमाझ प्रिमियर सो गरिएको थियो ।

  • मिस एयर होस्टेजको आवेदन खुल्ला मिस एयर होस्टेजको आवेदन खुल्ला

    मिस एयर होस्टेज २०११ को आवेदन खुल्ला भएको छ । प्रतियोगिताका दश जोड दुइ सम्मको न्युनतम शिक्षा अध्ययन पुरा गरेका १८ वर्ष देखि २५ वर्षसम्मका नेपाली नागरिकता भएका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने आयोजक सिजन मिडियाले जनाएको छ ।

  • शाहरुखलाई किस गर्न मानिनन् करिनाले शाहरुखलाई किस गर्न मानिनन् करिनाले

    असोज ३ (एजेन्सी) — हो तपाईँ सही पढ्दै हुनुहुन्छ । बलिउड नायिका करिना कपुरले शाहरुख खानको गालामा किस गर्न अस्विकार गरेकी छिन् ।

  • आज चलचित्र दिवस आज चलचित्र दिवस

    काठमाडौं, असोज १ — राष्ट्रिय चलचित्र दिवस आइतवार विभिन्न कार्यक्रम गरी मनाइदै छ । पहिलो नेपाली चलचित्र ‘आमा’को निर्माण भएको दिनको सम्झनामा यसैवर्षदेखि असोज एक गतेलाई चलचित्र दिवसका रुपमा मनाउन थालिएको हो ।

  • ब्रम्हाण्ड सुन्दरी २०११ को उपाधी लोपेजलाई ब्रम्हाण्ड सुन्दरी २०११ को उपाधी लोपेजलाई

    अफ्रिकी मुलुक अंगोलाकी २५ बर्षिय लेइजा लोपेजले ब्रम्हाण्ड सुन्दरीको उपाधी जितेकी छन् । सोमबार राती ब्राजिलको साओपाओलोमा भएको प्रतियोगिताको अन्तिम संस्करणमा अंगोलाकी सुन्दरी लोपेजले अन्य ८८ ओटा देशका प्रतिस्पर्धीलाई पछाडी पारेर उपाधि चुमेकी हुन् ।

  • अमिताभ अब हलिउडमा अमिताभ अब हलिउडमा

    अब बलिउडका स्टार अमिताभ बच्चनलाई हलिउडमा पनि देख्न पाइने भएको छ । बलिउडका ६८ बर्षे सुपरस्टार ‘बिग बी’ ले हलिउडमा डेब्यु मार्ने भएका छन् । बलिउड फिल्ममा चार दशक लामो उत्कृष्ट अभिनय गरेका अमिताभलाई चर्चित फिल्म टाइटानिकका नायक लियोनार्दोसँगै देखिने भएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया