MENU
Ncell Axiata
USAID

समाज

  • विद्यालय र स्वास्थ्यसंस्था खोई ? जताफर्के पनि उस्तै विद्यालय र स्वास्थ्यसंस्था खोई ? जताफर्के पनि उस्तै

    कक्षा ५ मा पढ्दै गरेका विद्यार्थी सातमा पुगे । भूकम्प जादाँ ८ वर्षका विद्यार्थी अहिले १० वर्षका भए । यो दुई वर्षमा दुई शैक्षिक सत्र सकिए । तर अझै पनि ९ लाख विद्यार्थी अस्थायी सिकाई केन्द्र र चर्केका भवनमा बसेर पढ्दैछन् ।

  • एजेण्टले ठगेपछि धनुषाका एक युवकको मलेसियामा बिचल्ली एजेण्टले ठगेपछि धनुषाका एक युवकको मलेसियामा बिचल्ली

    शैलेन्द्र महतो/उज्यालो । जनकपुर, वैशाख १४ – दलालले ठगेपछि केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका एक युवकको बिचल्ली भएको छ । धनुषाको दिगम्बरपुर ११ देवकोटाटोल बस्ने रामविनोद साहका २२ वर्षीय छोरा रञ्जित साह मलेसिया पुगे लगतै समस्यामा परेका हुन् ।

  • कालीकोटको रास्कोटमा गाडी पुग्यो

    कालीकोट, वैशाख १४ – कालीकोटको रास्कोटमा पहिलो पटक गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍‍याप थ्री) ले जिम्मा लिएको सान्निघाटबाट सिपखानासम्मको सडकको काम सम्पन्न भएपछि बुधबारदेखि यहाँ यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।

  • डेढ महिनादेखि हराएका दुई ताइवानी पर्यटक भेटिए

    धादिङ, वैशाख १४ – गएको फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ ।

  • फोटो पत्रकार गुरूङलाई लाइफ टाइम एचिप्मेन्ट अवार्ड

    काठमाडौं, वैशाख १४ – राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ ।

  • पाँच जनालाई घाइते बनाएको चितुवालाई स्थानीयले मारे

    जनकपुर, वैशाख १३ – धनुषामा पाँच जनालाई आक्रमण गरेर घाइते बनाएको चितुवालाई स्थानीयले मारेका छन् । जंगलमा घाँस दाउरा गर्न गएका व्यक्तिलाई आक्रमण गरेर घाइते बनाएको चितुवालाई स्थानीयबासिन्दाले घेरा हालेर मारेका हुन् ।

  • आइजिपी अर्यालले दिए प्रहरीलाई निर्देशन : सुरक्षामा कुनै कमी नराख्नु

    काठमाडाैं, बैशाख १३ – प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत सिनियर प्रहरी अधिकृतहरूलाई बोलाएर चुनावी सुरक्षामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

  • धनुषामा चितुवाको आक्रमणबाट पाँचजना घाइते

    जनकपुर, वैशाख १३ – धनुषामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । मंगलबार अपराहन्न धनुषाको कटरैत जंगलमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासी चितुवाले आक्रमण गरेको हो ।

  • राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याल जिम्मेवारी मुक्त

    काठमाडौं, वैशाख १३ – सरकारले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट मुक्त गरेको छ । कक्षा १२ को परीक्षा चलिरहेका बेला प्रश्नपत्र थोरै छापेको भन्दै शिक्षा मन्त्रालयले अर्याललाई जिम्मेवारीबाट मुक्त गर्दै उहाँमाथि छानबिन गर्ने निर्णय गरेको हो ।

  • ​नगरपालिकामा बल्ल पुग्यो गाडी ​नगरपालिकामा बल्ल पुग्यो गाडी

    कालिकोट, वैशाख १३ – कालिकोटको रास्कोट नगरपालिकामा बुधबार पहिलो पटक गाडी पुगेको छ । नेपाली सेनाले कर्णाली करिडोरको कडा चट्टान फुटाएपछि गाडी शान्तिघाट पुगेको थियो ।

  • ३९ किलो चरेससहित पाल्पामा दुई महिला पक्राउ

    पाल्पा, वैशाख १३ – पाल्पामा ३९ किलो चरेससहित दुई महिला पक्राउ परेका छन् । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ज ५७३१ नम्बरको बसमा सवार कोहलपुर नगरपालिका–१३ कि मन कुमारी चलाउने र रोल्पाको उवा–६ कि राजीपुरा रोका मगर बुधवार दिउँसो पक्राउ परेका हुन् ।

  • ​चर्को शुल्क लिने ५३ विद्यालयमा विद्यार्थी संगठनले ताला ठोके

    काठमाडौं, वैशाख १३ – नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौैंका ५३ वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालावन्दी गरेका छन् ।

  • हराएका ताइवानी पर्यटक : एक अचेत भेटिए, एकको मृत्यु हराएका ताइवानी पर्यटक : एक अचेत भेटिए, एकको मृत्यु

    धादिङ, वैशाख १३ – ४७ दिनदेखि धादिङको रुबीभ्याली क्षेत्रमा हराइरहेका दुई जना ताइवानी पर्यटक बुधबार बिहान फेला परेका छन् ।

  • ​आज फोटो पत्रकार दिवस,  गोरखापत्रमा छापिएको पहिलो फोटो यस्तो छ ​आज फोटो पत्रकार दिवस, गोरखापत्रमा छापिएको पहिलो फोटो यस्तो छ

    काठमाडौं, वैशाख १३ – राष्ट्रिय फोटो पत्रकार दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइयो । विसं १९८३ वैशाख १३ गते आजकै दिन तत्कालिन गोरखा पत्र साप्ताहिकमा पहिलो पटक समाचार मुलक तस्बिर छापिएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

  • ​आफ्ना आएनन्, अरुकै सन्तान आए वृद्धाश्रमका बाआमालाई भेट्न ​आफ्ना आएनन्, अरुकै सन्तान आए वृद्धाश्रमका बाआमालाई भेट्न

    एक हूल मान्छे जुस, चाउचाउ र विष्कुटको केही कार्टुन बोकेर भित्र छिर्छन । कार्टुन बोकेर भित्र छिरेका मान्छे देख्ने वित्तिकै केश फूलेका एक हुल वृद्धवृद्धा अनुशासित बालक झै खुरुरु गएर लाइनमा बस्छन् । कसैले ओढेको पछ्यौरा थाप्छन्, कसैले लगाएको टोपी फुकाएर थाप्छन त कसैले दौराको फेर उचाल्छन । आफ्नो भागमा परेको खानेकुरा बोकेर आफ्नै ठाउँमा आएर बस्छन् ।

  • हलियालाई दुई करोड १६ लाख अनुदान

    बाजुरा, वैशाख १३ – भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले हलियाको निर्माण भएका घरको मर्मतका लागि दुई करोड १६ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

  • ​हिलोमा गाडिएर एक बालकको मृत्यु ​हिलोमा गाडिएर एक बालकको मृत्यु

    धादिङ, वैशाख १३ – धादिङमा एक बालकको हिलोमा गाडिएर ज्यान गएको छ । खोलामा पौडी खेल्न गएका त्रिपुरासुन्दी गाउँपालिका–४ का ८ वर्षीय कृष नेपालीको हिलोमा डुबेर बुधबार ज्यान गएको हो ।

  • ७ वटै प्रदेशमा पृत्तनापति राखिने : रक्षामन्त्री खाँण

    काठमाडौं, वैशाख १३ – रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तनापति राखिने र प्रदेशको आवश्यकत्ता अनुसार पृत्तनापतिको संख्या थपिने बताउनुभएको छ ।

  • ‘तपाईंहरुले विदेशमा हराएका मान्छे खोज्नुहुन्छ रे मेरो श्रीमानलाई पनि खोजिदिनुस् न’ ‘तपाईंहरुले विदेशमा हराएका मान्छे खोज्नुहुन्छ रे मेरो श्रीमानलाई पनि खोजिदिनुस् न’

    ‘सर तपाईंहरुले विदेशमा हराएको मान्छे खोजिदिनु हुन्छ रे हो ।’ महिलाको यो भनार्ईले धनुषाको सूचना केन्द्रका परामर्शकर्ताको ध्यान तान्यो । यसरी सोध्दै खोज्दै आउनुभएको थियो धनुषाको दुब्बरकोट हथलेटवा–८ की रेखादेवी मण्डल ।

  • म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

    म्याग्दी, वैशाख १३ – म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् ।

  • ​लामखुट्टे धपाउन बालेको धुपले वीरगञ्जमा २१ घर जले

    पर्सा, वैशाख १३ – वीरगञ्ज उपमहानगरपालिकाको पटेलनगरमा आगलागी हुँदा २१ वटा घर जेलर नष्ट भएका छन् । अहिले वीरगञ्ज उपमहानगरपालीका, नेपाल आयल निगम र बाराको कलैयाबाट आएका दमकलले आगो निभाइरहे पनि आगो नियन्त्रणमा आएको छैन् ।

  • हिरासतका १० महिना : होशमा आउँदा शरीरमा कपडा नै थिएन हिरासतका १० महिना : होशमा आउँदा शरीरमा कपडा नै थिएन

    सरकार र तत्कालिन विद्रोही (नेकपा माओवादी) बीचको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । जताततै दोहोरो भिडन्त भएको, हत्या र अपहरण गरिएका मात्रै खबर आउथेँ । सुरक्षाकर्मी र विद्रोहीलाई बरु एकपक्षको मात्रै डर थियो ।

  • गैरकानूनी रूपमा साउदी पुगेका तीन महिलाको उद्दार

    काठमाडौं, वैशाख १३ – गैरकानुनी रूपमा घरेलु काम गर्न साउदी पुगेका तीन जना महिलालाई नेपाली दूतावासले नेपाल फर्काएको छ ।

  • डेढ लाख लिएर १० हजार रुपैयाँको रसिद दिने म्यानपावरले कामदारसित यस्ता चिल्ला कुरा गर्छन् डेढ लाख लिएर १० हजार रुपैयाँको रसिद दिने म्यानपावरले कामदारसित यस्ता चिल्ला कुरा गर्छन्

    पत्रपत्रिकामा फ्रि भिसा र फ्रि टिकट भनेर विज्ञापन गर्ने र म्यानपावर पुगेपछि लोभ देखाएर पैसा लिने गरेको पीडितहरुले बताएका छन् । मागेजति पैसा नदिए प्रक्रिया सुरु भइसकेको भन्दै म्यानपावरले पासपोर्ट फिर्ता गर्न २० हजार रुपैयाँ तिर्नुपर्ने बताउने गरेका छन् ।

  • भूकम्पले भत्केका स्वास्थ्य संस्थाको पुनर्निर्माण कहिले हुन्छ ? भूकम्पले भत्केका स्वास्थ्य संस्थाको पुनर्निर्माण कहिले हुन्छ ?

    ललितपुरको बुङमति स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पद्मा दाहालको दिन अहिले पनि भूकम्पले चर्केको भवनमा काम गर्दा त्रासमै बित्ने गरको छ । दुई वर्षअघिको भूकम्पले चर्केको भवन अहिलेसम्म पनि पुनर्निर्माण हुन नसकेपछि दिनभर उहाँको दिन त्रासमै वित्ने गरेको हो ।

  • रातको समयमा पखालिँदै काठमाडौंका सडक

    काठमाडौं, वैशाख १३ – धुलोका कारण काठमाडौंमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।

  • फेसबुक र ट्वीटरभरि आमैआमा फेसबुक र ट्वीटरभरि आमैआमा

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन । आमालाई मिठो खुवाउने र भेट्ने लहर त बिहानैदेखि चलिरहेकै छ । त्योभन्दा पनि फेसबुक र ट्वीटरमा आमाको सम्झना गर्नेहरु धेरै छन् । धेरैले आमाको फोटो राखेका छन् । कसै कसैले चाहिँ आमाले फेसबुक हेरे पो फोटो राख्नु भन्दै फोटो राख्नेहरुको व्यंग्य गरेका छन् ।

  • समाचार प्रभाव : जानकी मन्दिरमा अलपत्र युवतीको उद्धार समाचार प्रभाव : जानकी मन्दिरमा अलपत्र युवतीको उद्धार

    जनकपुरको जानकी मन्दिरमा झण्डै दुई महिनादेखि अलपत्र अवस्थामा रहेकी एक युवतीलाई मंगलबार उद्धार गरी ओरेक नेपाल धनुषाको सेफ हाउसमा लगिएको छ । बोल्न नसक्ने ती युवती झण्डै दुई महिनादेखि जानकी मन्दिर परिसरमा बस्दै आएकी थिइन् ।

  • शुल्क बढाएको विरोधमा विद्यार्थी आन्दोलित

    काठमाडौं, वैशाख १३ – निजी विद्यालयले बढाएको शुल्क खारजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले बुधबार शुल्क बढाएका स्कुलको लेखा र प्रशासन शाखामा तालाबन्दै गर्दैछन् ।

  • बेलबारीको त्यो कहालीलाग्दो दिन : ११ वर्ष भयो, पीडितको व्यथा उस्तै

    रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो ? खुल्दुलीसँगै डर पनि बढ्यो ।

  • मातातीर्थ औँसी, आज आमाको मुख हेर्न पर्व मनाईंदै मातातीर्थ औँसी, आज आमाको मुख हेर्न पर्व मनाईंदै

    काठमाडौं, वैशाख १३ – मातातीर्थ औँशी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

  • रसुवाका तीन सय ६३ लाभग्राहीलाई दोस्रो किस्ता वितरण

    रसुवा, वैशाख १३ – रसुवाका तीन सय भन्दा बढी भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ । जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो ।

  • विस्थापितको पुनर्स्थापना कहिले र कसरी ? प्रश्नै प्रश्न, तर उत्तर छैन विस्थापितको पुनर्स्थापना कहिले र कसरी ? प्रश्नै प्रश्न, तर उत्तर छैन

    बाँच्ने आशै थिएन, तर बाँचियो । भूकम्पको दिन सम्झिँदा गोरखा केरौजाका छ्यामबहादुर ओलीलाई अहिले पनि कहाली लाग्छ । भएको घर आँखै अगाडि ढल्यो, जमिन चिरा परेको छ । गाउँमै बस्न सक्ने अवस्था रहेन ।

  • धादिङमा ट्रक दुर्घटना, १३ जना घाइते, सातको अवस्था गम्भीर

    धादिङ, वैशाख १२– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा मंगलबार भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • ​शिक्षक विज्ञापन संशोधन नगरे अपहेलना मुद्दा

    काठमाडौं, वैशाख १२ – अस्थायी शिक्षकहरुले शिक्षक विज्ञापन संशोधन नगरे सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । अस्थायी शिक्षकका लागि खुलाइएको शिक्षक विज्ञापनले यसअघिको शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेशको मानहानी गरेको उनीहरुको आरोप छ ।

  • हल्लाको पछि नलागौं, भोलि आमाको मुख हेर्न हुन्छ : पञ्चांग निर्णायक समिति

    काठमाडौं, वैशाख १२ – नेपाल पञ्चांग निर्णायक समितिले बुधबार आमाको मुख हेर्ने दिनको बारे चलेको हल्लाका पछाडि नलाग्न आग्रह गरेको छ । मृत्युयोग परेकाले आमाको मुख हेर्न हुँदैन भनेर केहीले हल्ला गरेपनि यो सत्य नभएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

  • सरकारी विद्यालयका कर्मचारी निजी विद्यालयमा सरुवा सरकारी विद्यालयका कर्मचारी निजी विद्यालयमा सरुवा

    पर्सा, वैशाख १२ – सरकारी विद्यालयका कर्मचारीलाई निजी विद्यालयमा काजमा सरुवा गरिएको भेटिएको छ । वीरगञ्जमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्राधानाध्यापक राजेश पाण्डेले बस चालक जहुर मियालाई ज्ञानदा एकेडेमी नामको निजी विद्यालयमा ६ महिनाका लागि काज सरुवा गरेका हुन् ।

  • भाउजुको हत्या गरेको आरोपमा नन्द र ज्वार्इं पक्राउ

    बझाङ, वैशाख १२ – भाउजु मारेको आरोपमा नन्द र ज्वार्इंलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति बझाङको बंगल नगरपालिका–६ थलाकाँडाकी ४१ वर्षे जयना देवारको हत्या भएको थियो ।

  • ​२६ वटा आइफोन मोवाइलसहित एक जना पक्राउ ​२६ वटा आइफोन मोवाइलसहित एक जना पक्राउ

    काठमाडौं, वैशाख १२ – २६ वटा आइफोन मोवाइल सेटसहित प्रहरीले काठमाडौंको ठमेलबाट धादिङ मैदीका राजन भट्टलाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको २६ वटा आइफोनसहित उनलाई महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

  • ​विकिपिडिया अब डोटेली भाषामा पनि

    काठमाडौं, वैशाख १२ – विश्वको सवैभन्दा ठूलो विद्युतीय पुस्तकालय विकिपिडिया अब डोटेली भाषामा पनि हेर्न सकिने भएको छ ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया