MENU
Ncell Axiata

समाज

  • ​आजको खगोल : गोरु तिहार, म्हः पूजा विशेष ​आजको खगोल : गोरु तिहार, म्हः पूजा विशेष

    काठमाडौं, कात्तिक ३ – आज यमपञ्चकको चौथो दिन गोरुको पूजा गर्ने गरिने भएकाले गोरुतिहार पनि भनिन्छ । गोवद्र्धन पूजा गरिन्छ । आज बेलुका देउसी खेल्ने प्रचलन छ । आज नेवारी परम्परामा म्ह: पूजा गरिन्छ । आज बाट नेपाल संवत् ११३८ प्रारम्भ भएको छ ।

  • आफ्नै खेत जोत्न दिएनन् भारतीय सुरक्षाकर्मीले

    कञ्चनपुर, कात्तिक ३ – भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८, सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ ।

  • ओमानमा रहेको नेपाली दूतावासको शेल्टरमा १७ जना महिला, दसैँमा राजदूतद्वारा टीका तिहारमा सेलरोटी ओमानमा रहेको नेपाली दूतावासको शेल्टरमा १७ जना महिला, दसैँमा राजदूतद्वारा टीका तिहारमा सेलरोटी

    उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ – राम्रो काम र दाम पाउने आशामा दुबई पुगेका १७ जना महिला अहिले ओमानमा रहेको नेपाली दूतावासको शरणमा छन् । ओमानको मस्कटमा रहेको नेपाली दूतावासको सुरक्षित आवास गृहमा रहेका १७ महिलाहरु अवैधानिक रुपमा ओमान पुगेका हुन् ।

  • नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै

    काठमाडौँ,  कात्तिक ३ – नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।  राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । ‘ लिच्छविकालका राजा राघवदेवको शासनकालबाट ...

  • धनगढीको चौराहा बजारमा रहेको एक पसलमा आगलागी

    कैलाली, कात्तिक २ – कैलालीको धनगढी चौराहा बजार नजिकै रहेको भट्टराई प्लाष्टिक पसलमा आगलागी भएको छ । बेलुका सात बजेतिर लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

  • कर बढाउने जनप्रतिनिधिलाई पाँच रुपैयाँ तिहार खर्च दिन देउसी भैलो कर बढाउने जनप्रतिनिधिलाई पाँच रुपैयाँ तिहार खर्च दिन देउसी भैलो

    बालकुमार शर्मा/उज्यालो । जाजरकोट, कात्तिक २ – तिहारमा रमाइलो गर्न र संस्कृतिलाई निरन्तरता दिन देशभर देउसी भैलो खल्ने कुरा नौलो होइन तर जाजरकोटको एक नगरपालिकाले कर बढाएको विरोधमा देउसी भैलो खेलिएको छ ।

  • पुनर्निर्माणमा खटिने इन्जिनियरको दरवन्दी कटौती

    किरण लोहनी/उज्यालो । गोरखा, कात्तिक २ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले व्यक्तिगत आवास पुनर्निर्माणमा सघाउन गोरखामा खटिने प्राविधिकको संख्यामा व्यापक कटौती गरकोे छ ।

  • रसुवामा फूलको अभाव

    रसुवा, कात्तिक २ – रसुवामा तिहारको समयमा आवश्यक पर्ने सयपत्री र मखमली फूलको अभाव भएको छ । जिल्लामा फूल रोप्ने परम्परा विस्तारै कम हुँदै जान थालेपछि फूलको अभाव हुन थालेको हो ।

  • अछामका पत्रकार यज्ञराजलाई प्रहरीले कुटेको प्रति महासंघको आपत्ति

    काठमाडौं, कात्तिक २ – नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद अछामका यज्ञराज ढुंगानालाई प्रहरीले कुटपिट गरेकोप्रति नेपाल पत्रकार महासंघले अपत्ति जनाएको छ ।

  • चर्चमा विस्फोट गराएको आरोपमा एकजना पक्राउ

    झापा, कात्तिक २ – झापाको खजुरगाछीमा रहेको चर्चमा विस्फोट गराएको अभियोगमा मकवानपुर हटियाका माधवप्रसाद भण्डारी पक्राउ परेका छ

  • १६ वर्षसम्म मौनव्रत !

    म्याग्दी, कात्तिक २ – आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी अहिले मात्र बोल्न थाल्नुभएको छ ।

  • न्यूरोडमा फूलको झिलीमिली (फोटो फिचर) न्यूरोडमा फूलको झिलीमिली (फोटो फिचर)

    तिहारको तेस्रो दिन बिहीबार गाइतिहार र लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मीपूजा सबैभन्दा धेरै फूलको कारोबार हुने दिन पनि हो । न्यूरोडका सडक पेटी स्वदेशी तथा विदेशी फूलले सजिएका छन् ।

  • मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

    काठमाडौं, कात्तिक २ – मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि बाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।

  • जुवाको खालबाट वडाध्यक्ष पक्राउ, छुटाउन कांग्रेसका ठूला नेताको दबाब

    उदयपुर, कात्तिक २ – जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्षसहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन् ।

  • ‛मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ, चढी आयौं ठमठम′ (भिडियोसहित) ‛मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ, चढी आयौं ठमठम′ (भिडियोसहित)

    काठमाडौं, कात्तिक २ – हरेक वर्षजस्तै यसपटकको तिहारमा पनि सिस्नुपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । बुधबार साँझ प्रज्ञा भवन कमलादीमा सिस्नुपानी नेपालका कलाकारहरुले देउसी कार्यक्रम गरेका हुन् ।

  • बस दुर्घटनामा तीन जनाको मृत्यु

    डोटी, कात्तिक २ - बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

  • लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

    जाजरकोट, कात्तिक २ – जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढे पनि जाजरकोटको एउटा गाउँमा भने सुनसान छ । बारेकोट गाउँपालिका–४, लैखममा यसबखत सुनसान देखिएको हो ।

  • ​आजको खगोल : लक्ष्मीपूजा विशेष ​आजको खगोल : लक्ष्मीपूजा विशेष

    काठमाडौं, कात्तिक २ – यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ ।

  • अझै बनेन बोल्दोमा पक्की पुल, ५ वर्षमा ५ पटक म्याद थप अझै बनेन बोल्दोमा पक्की पुल, ५ वर्षमा ५ पटक म्याद थप

    सोलुखुम्बु, कात्तिक २ – काठमाडौं– जिरीसोलुखुम्बु सडकखण्ड अन्र्तगत सोलखुम्बुको सल्लेरी र तामाखानीको बीचमा पर्ने सोलुखोलाको बोल्दो पुलको निमार्ण कार्य अलपत्र परेको छ ।

  • ​तिहार र छठमा देशैभर बत्ति नजाने ​तिहार र छठमा देशैभर बत्ति नजाने

    काठमाडौं, कात्तिक २ – तिहार र छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

  • ​रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

    नवलपरासी, कात्तिक २ – पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती नगरपालिका –१६, डण्डामा बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् ।

  • महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं, कात्तिक २ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।

  • धादिङमा गाँजा फाँड्ने काम सुरु

    धादिङ, कात्तिक २ – प्रहरीले धादिङको दक्षिणी क्षेत्र अन्तर्गत विभिन्न स्थानहरुमा खेतीको रुपमा गरिएको गाँजा नष्ट गर्ने अभियान संचालन गरेको छ ।

  • ​डाक्टर केसीले अनसन तोडे ​डाक्टर केसीले अनसन तोडे

    काठमाडौं, कात्तिक १ – सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​माटोको गुणस्तर खस्किएकोले पाला कम बने ​माटोको गुणस्तर खस्किएकोले पाला कम बने

    काठमाडाैं, कात्तिक १ – बालकृष्ण प्रधानले पालाको व्यापार गर्न थालेको १२ वर्ष भयो तर यो वर्ष पालाको व्यापार कम भएको देख्दा उहाँलाई सोचेको जस्तो आम्दानी नहोला कि भन्ने लागेको छ ।

  • ​मखमलीमय गुण्डू ​मखमलीमय गुण्डू

    काठमाडौं, कात्तिक १ – कात्तिक महिना, खेतमा लहलह धान झुल्ने र बारी तोरी फुल्ने समय हो । तर गएका केही वर्षदेखि धान र तोरीलाई मखमलीले विस्थापित गरिदिएको छ । गुण्डूका खेतमा मखमली फुल फूलिरहेका छन् । खेत र बारीका कान्लामा ढकमक्क मखमली फुलेका छन् ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • रसुवामा भित्रिने नेपाली पर्यटकको तथ्याङ्क राख्न सुरु

    रसुवा, कात्तिक १ – पर्यटकीय जिल्ला रसुवामा भित्रने नेपाली पर्यटकको तथ्याङ्क राख्ने कार्य सुरु गरिएको छ । जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज, निकुञ्ज मातहका पोष्ट र होटल व्यवसायीले बुधबारदेखि नेपाली पर्यटकको तथ्याङ्क राख्न सुरु गरेका हुन् ।

  • सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने, डाक्टर केसीलाई आजै अनसन तोडाउने तयारी सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने, डाक्टर केसीलाई आजै अनसन तोडाउने तयारी

    काठमाडौं, कात्तिक १ – सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ ।

  • ​भक्तपुरमा चालक अनुमति पत्रको ट्रायल परीक्षा सुरु ​भक्तपुरमा चालक अनुमति पत्रको ट्रायल परीक्षा सुरु

    भक्तपुर, कात्तिक १ – यातायात व्यवस्था कार्यालय भक्तपुरले बुधबारदेखि चारपाङ्ग्रे गाडीको चालक अनुमति पत्र लाइसेन्सको ट्रायल परीक्षा सुरु गरेको छ ।

  • वन्यजन्तु तथा पंक्षी ओसारपसार गर्ने पक्राउ

    काठमाडौं, कात्तिक १ – नाइजेरियाबाट वन्यजन्तु तथा पंक्षी ओसारपसारमा संलग्न ३ जना भारतीय नागरिक, १ जना पाकिस्तानी र २ जना नेपालीलाई पक्राउ परेका छन् ।

  • भिरबाट लडेर एकजनाको ज्यान गयो

    गोरखा, कात्तिक १ – निगालो काट्न जाने क्रममा भिरबाट लडेर गोरखामा एकजनाको ज्यान गएको छ ।

  • ठूलो परिमाणमा पटका बरामद

    काठमाण्डाैं, कात्तिक १ - महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाण्डौ महानगरपालिका -२७, असनबाट ठूलो परिमाणमा पटकासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

  • विश्व भोकमरीमा नेपालको अवस्था थप नाजुक बन्दै, यी हुन् भोकमरीका आठ कारण विश्व भोकमरीमा नेपालको अवस्था थप नाजुक बन्दै, यी हुन् भोकमरीका आठ कारण

    काठमाडौं, कात्तिक १ — विश्व भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपालको स्थिति थप नाजुक बन्दै गएको छ । विश्वका एक सय १९ देशमध्ये नेपाल विश्व भोकमरीको ७२ औं स्थानमा पुगेको छ ।

  • जुनकिरीमाया भन्छिन्, फूलको थुंगा देख्दा भाइ सम्झन्छु जुनकिरीमाया भन्छिन्, फूलको थुंगा देख्दा भाइ सम्झन्छु

    ‘जब फूल फुल्छ तब भाइ सम्झन्छु, फूलको थुंगा देख्दा भाइको मुख देखे झैं लाग्छ,’ जुनकिरीमायाले मलेसिया गएका भाइ सम्झनुभयो । ढकमक फुलेका फूलहरुले जुनकिरीमायालाई मलेसियामा रहेका भाइको सम्झना झन गाढा बनाइदिएको छ ।

  • यसरी मनायो प्रहरीले कुकुर तिहार (भिडियोसहित) यसरी मनायो प्रहरीले कुकुर तिहार (भिडियोसहित)

    काठमाडौं, कात्तिक १ – तिहारको दोस्रो अर्थात कुकुर तिहारको दिन बुधबार नेपाल प्रहरीले कुकुरको पूजा गरेर कुकुर तिहार मनाएको छ । अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्दै आएका कुकुरलाई नेपाल प्रहरीले केन्द्रीय डग स्कूल महाराजगञ्जमा एक कार्यक्रम आयोजना गरी कुकुर तिहार मनायो ।

  • म्यादी प्रहरीमा भर्ना हुन २ लाख ९४ हजारभन्दा बढीको आवेदन म्यादी प्रहरीमा भर्ना हुन २ लाख ९४ हजारभन्दा बढीको आवेदन

    काठमाडौं, कात्तिक १ – म्यादी प्रहरीमा भर्ना २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले दिनुभएको जानकारी अनुसार देशभरबाट २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको हो ।

  • ​जुम्ला बार एसोसियसन अध्यक्ष कठायतकोे निधन ​जुम्ला बार एसोसियसन अध्यक्ष कठायतकोे निधन

    जुम्ला, कात्तिक १ – नेपाल बार एसोसियसन जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको हृदयघातका कारण निधन भएको छ ।

  • ​यस्ता छन् प्रहरीका कुकुरले पत्ता लगाएका भयानक अपराधका घटनाहरु ​यस्ता छन् प्रहरीका कुकुरले पत्ता लगाएका भयानक अपराधका घटनाहरु

    काठमाडौं, कात्तिक १ – घटना भएको कुनैपनि स्थानमा २४ घण्टाभित्र प्रहरीका कुकुर पुग्न सके भने अपराधीलाई पहिचान र पक्राउ गर्न सजिलो हुने प्रहरीको भनाइ छ । घटनामा भएको ठाउँमा कोही पनि व्यक्ति नगई वा कसैले पनि त्यो ठाउँलाई नचलाई सुरक्षितसाथ राख्यो भने कुकुरले सहज रुपमा अपराधी पत्ता लगाउने नेपाल प्रहरीको डग स्कुलका प्रमुख एसपी देउती गुरुङले बताउनुभयो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया