MENU
USAID

समाज

  • प्रेसरकुकर पड्किँदा सेनाका भान्छे घाइते

    हुम्ला, चैत ७ – खाना पकाउने प्रेसरकुकर पड्किँदा नयाँ भैरवी दल गुल्म रानीवन हुम्लामा कार्यरत सेनाका भान्छे घाइते भएका छन् । सोमबार बिहान व्यारेकमा खाना पकाउँदै गर्दा कुकर पड्किएर भान्छे अमृत थापा घाइते भएको गुल्मपति कमल तुल्सी केसीले जानकारी दिनुभएको छ ।

  • भक्तपुरमा साझा बस चल्न नदिने व्यवसायीको धम्की, ३३७ गाडी ठप्प पार्ने चेतावनी भक्तपुरमा साझा बस चल्न नदिने व्यवसायीको धम्की, ३३७ गाडी ठप्प पार्ने चेतावनी

    भक्तपुर, चैत ७ – भक्तपुरका यातायात व्यवसायीले साझा बसलाई भक्तपुर भित्रिन नदिने चेतावनी दिएका छन् । नियम विपरीत सिण्डिकेट लाद्दै व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

  • आइजिपी विवाद : डिआइजी अर्यालद्वारा आइजिपी बनाउन भन्दै रिट दायर

    काठमाडौं, चैत ७ – नेपाल प्रहरीको २६ औं आइजिपी नियुक्ति विवाद नयाँ मोडमा पुगेको छ । फागुन २ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेदेखि विवाद भएको आइजिपी केश चैत ७ गते डिआइजी प्रकाश अर्यालले रिट दायर गरेपछि थप जटिल बनेको हो ।

  • तेल ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु

    जनकपुर, चैत ७ – जनकपुरमा मोटरसाइकललाई तेल ट्यांकरले ठक्कर दिँदा महोत्तरी खुट्टापिपरा-३ बस्ने तेजु साहका १७ वर्षका छोरा महेश साहको ज्यान गएको छ । मृतक महेशका काका मोटरसाइकल चालक रामानारायण साह गम्भीर घाइते भएका छन् ।

  • नेपाल दक्षिण एशियामा खुशी रहने तेस्रो देश, विश्वको ९९ औँ, नर्वे विश्वकै खुशी देश नेपाल दक्षिण एशियामा खुशी रहने तेस्रो देश, विश्वको ९९ औँ, नर्वे विश्वकै खुशी देश

    दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ । खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । गएको वर्षको तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ ।

  • प्रहरीकै संलग्नतामा काठ तस्करी, गाउँलेले समाते प्रहरी

    सुनसरी, चैत ७ – प्रहरीको संलग्नतामा धरान-२० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट काठ तस्करी हुने गरेको रहस्य खुलेको छ ।

  • छब्बिसेबाट पाँच जना महिलाको उद्धार

    इलाम, चैत ७ – माइती नेपाल पशुपतिनगर इलामले पाँच जना महिलाको उद्धार गरेको छ । बेचविखनका लागि भारत लैजाँदै गरेको अवस्थामा महिलाहरुलाई नेपाल भारतको सिमाना छब्बीसे भन्ने ठाउँबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले बताउनुभयो ।

  • अस्थायी शिक्षण केन्द्र उडाएपछि चउरमा पढाई

    ओखलढुंगा, चैत ७ – अस्थायी शिक्षण केन्द्र (टिएलसी) हावाहुरीले उडाएपछि ओखलढुंगाको पात्लेस्थित पात्ले माविका विद्यार्थी खुल्ला चउरमा पढ्न बाध्य भएका छन् ।

  • खेती किसानी गर्ने प्रमोदलाई व्यापारी भएर रसिया पुगेको पत्तो भएन खेती किसानी गर्ने प्रमोदलाई व्यापारी भएर रसिया पुगेको पत्तो भएन

    ‘सँगै गएका साथीलाई लिन आउनेले कागजपत्र हेरेर तिम्रो त विजनेस भिसा हो, पाँच महिना भन्दा बढि बस्न पाउँदैनौ भने’ प्रमोदले भन्नुभयो ‘त्यति सुनेपछि मेरो त हात खुट्टै काँपेर आयो, सास रोकिएला जस्तो भयो ।’ खर्चका लागि प्रमोदले नेपालबाटै एक हजार अमेरिकी डलर बोक्नु भएको थियो । तिनै शर्मा नाम गरेका दलालले एक हजार डलर पनि लिएर हिँडे । अब न नेपाली साथीहरुको होस्टलको बास रह्यो, न त खर्चका लागि बोकेको पैसा नै । रसियामा प्रमोदका विचल्लिका दिन सुरु भए ।

  • ​साउदीमा आममाफिको घोषणा, अवैधानिक आप्रवासी स्वदेश फर्किन पाउने ​साउदीमा आममाफिको घोषणा, अवैधानिक आप्रवासी स्वदेश फर्किन पाउने

    काठमाडौं, चैत ७- साउदी सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफि दिने घोषणा गरेको छ । आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने छन् ।

  • पहिले बुबा हराएको पिर, अहिले ऋणको पिर पनि थपियो पहिले बुबा हराएको पिर, अहिले ऋणको पिर पनि थपियो

    बिरामी भइ ओछ्यानमा लड्दा समेत सुखदुःख सँगसँगै गरौला भन्ने श्रीमान् साथमा हुनुहुन्न । निरादेवी थप्नुहुन्छ, ‘श्रीमानको याद र आउने आशले न दिनमा भोक छ न रातमा निन्द्रा । एक पटक उहाँको अंगालोमा बाँधिएर पिरको पोको फुक्ने गरी रुन मन छ । मेरो श्रीमान् खोज्दिनुस् न है ।’

  • सरकारले मापदण्ड विपरितका निजी स्वास्थ्य संस्थालाई कारबाही गर्ने

    काठमाडौं, चैत ७ – सरकारले मापदण्ड विपरितका निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति र नविकरण गर्न निवेदन नदिने निजी स्वास्थ्य संस्थालाई कारबाही स्वरुप बन्द गर्ने तयारी मन्त्रालयले थालेको हो । मन्त्रालयले गएको फागुन मसान्तसम्ममा संस्था सञ्चालनका लागि अनुमति र नविकरणका लागि निवेदन दिन समय दिएकोमा धेरैजसो मेडिकल कलेजले निवेदन दिएपनि धेरै क्लिनिक भने अझै कानुनी दायरामा नआएकाले उनीहरुलाई कारबाही गर्ने मन्त्रालयले तयारी गरेको हो । दर्ता नगरी निजी क्लि...

  • छोरीको हत्याले विक्षिप्त भएकी डिल्लीमाया भन्छिन्–मैले न्याय पाइँन छोरीको हत्याले विक्षिप्त भएकी डिल्लीमाया भन्छिन्–मैले न्याय पाइँन

    रामेछापको सैपु–१ सिसन्धुकी डिल्लीमाया तामाङ्गको आँखा ओभानो नभएको पाँच वर्ष बितिसक्यो । उहाँकी छोरीको पाँच वर्षअघि हत्या भएको हो । हत्या भएको पाँच वर्ष भएपनि स्थानीय प्रशासनले अझैसम्म अपराधी पक्राउ गर्न सकेको छैन । डिल्लीमाया अझै पनि छोरीको सम्झनामा टोलाउनु हुन्छ ।

  • २८ देशका सेनाको संयुक्त अभ्यास आजदेखि

    काठमाडौं, चैत ७ – काभ्रेको पाँचखालमा सोमबारदेखि नेपालसहित २८ देशका सेनाको संयुक्त अभ्यास सुरु हूँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा खटिने सेनाबिच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले अभ्यास आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

  • मुख स्वास्थ्यः ‘जसको दाँत सबल, उसको जीवन सफल’

    काठमाडौं, चैत ७ – मुख स्वास्थ्य दिवस सोमबार मनाइँदै छ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ दिवस मनाउन लागिएका हो ।

  • अझै पनि ढिके नुनकै भर अझै पनि ढिके नुनकै भर

    बझाङ, चैत ७ – बझाङको चौधारा, शैनपसेला र लेकगाउँका धेरै बासिन्दाले अहिले पनि ढिके नुन प्रयोग गर्दै आएका छन् । आयोडिनयुक्त नुन महंगो भएको तथा नुनको डिपो गाउँभन्दा पर रहेकाले यहाँका बासिन्दा ढिके नुनकै भरमा छन् ।

  • सिभिल होम्स सुनाकोठीका बासिन्दालाई प्रवर्द्धकले पानी दिएन सिभिल होम्स सुनाकोठीका बासिन्दालाई प्रवर्द्धकले पानी दिएन

    ‘अहिले एक छिन पिउन नपाउँदा हामी प्याक प्याक भई सक्यौं, अब त्यती धेरै सोसाइटीका मान्छेले पानी नपाउँदा कस्तो अवस्था हुन्छ होला ?’ सिभिल होम्स् आवसीय समाजकी सदस्य विमला आचार्यले प्रश्न गर्नुभयो ‘के अब हामीले बाँच्न पनि नपाउने ? हामी बरु एक दुई दिन खाना नखाई बाँच्न सकौंला तर पानी नभए एकछिन पनि बाँच्न सक्दैनौं, हामीलाई मार्न खोजिएको हो ?’

  • पाँच बर्षभित्र १० लाख बालिकाको जीवन परिवर्तन गर्ने प्लान नेपालको लक्ष्य

    काठमाडौं, चैत ६ – प्लान इन्टरनेशनल नेपालले आगामी पाँच बर्षभित्र आफ्ना कार्यक्रमहरुमार्फत् १० लाख बालिकामाझ पुगेर उनीहरुको जीवन परिवर्तनका लागि आफूलाई केन्द्रित गर्ने भएको छ ।

  • पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

    काठमाडौं, चैत ६ – संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ देशका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् ।

  • सरसफाइमा सहभागी नहुनेलाई दुई सय जरिवाना

    पर्वत, चैत ६ – पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा चलेको सरसफाइ अभियान जिल्लाकै नमुना अभियानका रुपमा स्थापित हँुदै गएको छ । गाउँको सरसफाइका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाइमा अग्रसर हुन थालेपछि नमुना सरसफाइ गाउँको परिचय पाउने भएको हो ।

  • शिक्षकको कुटाइबाट पीडित विद्यार्थी न्यायको लागि अदालत जाने

    काठमाडौं, चैत ६ – गत फागुन १५ गते नयाँ बानेश्वरस्थित एम्बिसन हायर सेकेण्डरी स्कुलका शिक्षक दावा मोक्तानको कुटाइबाट घाइते भएका जेनिश राईका पिता मोहन राई छोराको न्यायको लागि अदालत जाने भएका छन् ।

  • ​रसुवामा गाडी दुर्घटना, ७ जना घाइते, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै ​रसुवामा गाडी दुर्घटना, ७ जना घाइते, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै

    रसुवा, चैत ६ – रसुवाको टिमुरेमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । टिमुरेबाट तातोपानीका लागि छुटेको बा ८ च ७७७५ नम्वरको पिकअप भ्यान दुर्घटना हुँदा रसुवागढी जलविद्युत आयोजना निमार्ण गरिरहेको चिनिँया कम्पनी सिडव्लुइमा कार्यरत पाँच जना कर्मचारी र दुई जना स्थानीयसहित सात जना घाइते भएका हुन् ।

  • ​मुसहर बस्तीका घरमा रंगरोगनको काम सुरु ​मुसहर बस्तीका घरमा रंगरोगनको काम सुरु

    काठमाडौं, चैत ६ – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबासमा रहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरुमा रंग लगाउने काम सुरु भएको छ ।

  • धनुषामा मौरीको टोकाइबाट एक महिलाको मृत्यु

    जनकपुरधाम, चैत ६ – धनुषाको लक्ष्मीनिबासमा मौरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा लक्ष्मीनिबास–१ सोनापुर कि ५८ वर्षे सावित्रीदेवी महतो छिन् ।

  • ​बिस्केट जात्राको तयारी सुरु, चोक चोकमा सिसी क्यामरा

    भक्तपुर, चैत ६ – चैत २८ गतेदेखि भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने बिस्केट जात्राको तयारी सुरु भएको छ । जात्रा नजिकिदै गएपछि गुठी संस्थान भक्तपुरले जात्राको तयारी सुरु गरेको हो ।

  • साउदी उड्न एयरपोर्टमा बोलाएर एजेण्ट भाग्यो, बुवा ऋणको ब्याज तिर्दै साउदी उड्न एयरपोर्टमा बोलाएर एजेण्ट भाग्यो, बुवा ऋणको ब्याज तिर्दै

    सेतो फुलेको दारी र कपाल । दुब्लो शरीर, हेर्दै कमजोर देखिनुहुन्छ जानकीनगर–४ चाईना टोलका देवनारायण महतो । पहिला उहाँ यस्तो हुनुहुन्नथ्यो रे, तर छोरा विदेश पठाउँदा लागेको ऋणको पीरले उहाँको ज्यान सुकेको छ ।

  • ​केन्द्राध्क्षको मिलेमतोमा यसरी राखियो एसइइ परीक्षामा गार्ड

    सिरहा, चैत ६ – सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइइ)को केन्द्रहरुमा परीक्षामा सहभागी निजी विद्यालयकै शिक्षकलाई परीक्षा गार्ड राख्ने गरेको पाइएको छ ।

  • बाटो खनेपछि पानीको मुहान सुक्ने भन्दै जिल्ला प्रशासन घेराउ

    अर्घाखाँची चैत ६ – खानेपानीको मुहानमाथि बाटो खनेपछि मुहान सुक्ने भन्दै वांगला र डिभर्नाका बासिन्दाले जिल्ला प्रशासन कार्यलय घेराउन गरेका छन् ।

  • ६ महिना गाउँ ६ महिना सदरमुकाम बसाइ सर्नुपर्ने बाध्यता

    बैतडी, चैत ६ – दार्चुलाको ब्यास गाउँपालिकाका सौका समुदाय ६ महिना सदरमुकाम ६ महिना ब्यासमा बस्नु पर्ने बाध्यता छ । सौका समुदाय हिउँद सुरु भएसँगै चिसोका कारण सदरमुकाम र वर्खामा ब्यासमा बस्नु पर्ने बाध्यता आएको हो ।

  • एसइइ परीक्षा दिँदादिँदै पूजाले जन्माइन् छोरा

    दैलेख, चैत ६ – दैलेखमा माध्यमिक शिक्षा परीक्षा दिँदै गरेकी १७ वर्षकी पूजा नेपालीले छोरा जन्माएकी छन् । दैलेखको सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक परीक्षा केन्द्रमा जाँच दिइरहेकी नेपालीलाई बेथा लागेपछि जिल्ला अस्पताल लगिएको थियो ।

  • निर्णय पक्रियामा बैतडीमा महिला सहभागिता बढ्दै निर्णय पक्रियामा बैतडीमा महिला सहभागिता बढ्दै

    इन्द्रसरा खड्का/उज्यालो । बैतडी, चैत ६ – स्थानीय तहमा हुने हरेक विकास निर्माणका काम तथा समूहका छलफलमा बैतडीमा महिला सहभागिता बढ्दै गएको छ । विकास निर्माणका लागि गरिने योजना तर्जुमादेखि निर्णायक प्रक्रियामा समेत महिला सहभागिता बढ्न थालेको हो ।

  • एटिएमबाट पैसा चोरेको आरोपमा दुई विदेशी पक्राउ

    कास्की, चैत ६ – जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आरोपमा दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

  • छोराले गरे बुवाको हत्या

    भक्तपुर, चैत ६ – भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटाइबाट बुवाको ज्यान गएको छ । गएको बुधबार राति ६३ वर्षका श्रीकृष्ण प्रजापतिलाई उहाँका छोरा ३५ वर्षका कृष्णकुमार प्रजापतिले कुटपिट गरेका थिए ।

  • विदेशी मुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

    काठमाडौं, चैत ५ – नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

  • मह जोडीले सोधे ‘सरकार कहाँ छ ?’ मह जोडीले सोधे ‘सरकार कहाँ छ ?’

    कलाकार जोडी मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सरकार कहाँ छ भनि प्रश्न गरेका छन् । नागरिकका अनगिन्ती समस्याको समाधान नभैरहेको अवस्थामा त्यसको प्रमुख दायित्व सरकारको हुने भएपनि धेरैजसो ठाउँमा सरकारको उपस्थिति नरहेको उहाँहरुको भनाई छ ।

  • सुख्खा पहिरोले अवरुद्ध बागलुङ-बुर्तिबाङ सडक १३ दिनपछि एकतर्फी खुल्यो

    बागलुङ, चैत ५ – ठूलो सुख्खा पहिरोका कारण दुई सातादेखि अवरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ–बुर्तिबाङ सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

  • ६६ केभि प्रसारण लाइनमा प्राविधिक समस्या, विद्युत सेवा अवरुद्ध

    रसुवा, चैत ५ – त्रिशुली र चिलिमे बिचको ६६ केभि प्रसारण लाइनमा प्राविधिक समस्या आएपछि रसुवामा विद्युत सेवा अवरुद्ध भएको छ ।

  • भारतबाट ३३ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइयो (बालबालिकाको परिचयसहित) भारतबाट ३३ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइयो (बालबालिकाको परिचयसहित)

    काठमाडौं चैत ५ – भारतको बिहार राज्यका विभिन्न बाल गृहमा रहेका ३३ जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ ।

  • हार खाँदैनन् जितबहादुर : चार सन्तानलाई मानसिक रोग, वर्षौंदेखि बन्द कोठामा हार खाँदैनन् जितबहादुर : चार सन्तानलाई मानसिक रोग, वर्षौंदेखि बन्द कोठामा

    वरिपरि दिसा र पिसाबको गन्ध, बाँसको भाटाले बुनेर बनाएको ढोका, कोठाभित्र पसेपछि एकतिर तीनवटा ढुंगा गाडेर बनाएको अँगेनो, अँगेनाको एकछेउमा भात पकाउने कसुडी, अर्को छेउमा दुईवटा खाट जोडेर बनाएको ओछ्यान । त्यही ओछ्यानमा छ, वर्षौंदेखि नधोएको जस्तो देखिने ओढ्ने ओछ्याउने ।

  • ५ लाख डुबाएपछि बासुदेवलाई पुग्यो विदेशको रहर ! ५ लाख डुबाएपछि बासुदेवलाई पुग्यो विदेशको रहर !

    ‘अरुले त विदेशबाट गएर कमाए तर हाम्रो त उल्टै ऋणमा डुबियो’ कतारबाट रित्तो हात फर्किएपछि बासुदेव थापाको परिवारले यस्तै गुनासो गरे । उहाँसँग परिवारलाई दिने कुनै जवाफ थिएन । किनकी उहाँ विदेश जाँदा परिवारमा ऋणमा परेकै थियो ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया