MENU
Ncell Axiata
USAID

समाज

  • ​साउदीको आममाफीका लागि भन्दै कामदारबाट पैसा असुल्ने नेपाली पक्राउ ​साउदीको आममाफीका लागि भन्दै कामदारबाट पैसा असुल्ने नेपाली पक्राउ

    काठमाडौं, वैशाख ३ – साउदीले दिएको आममाफी अभियान अन्र्तगत पीडितबाट पैसा लिएको भन्दै एक नेपालीलाई नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ ।

  • ट्रेक टु देम्बा : तीन हजार तीन सय मिटरको उचाइमा पर्यटन महोत्सव ट्रेक टु देम्बा : तीन हजार तीन सय मिटरको उचाइमा पर्यटन महोत्सव

    शिव ढुंगाना/उज्यालो ओखलढुंगा, वैशाख ३ – ओखलढुंगेलीहरु यस पटक नयाँ वर्ष ०७४ सालको पहिलो दिन ऐतिहासिक थोलेदेम्बा महोत्सवमा रमाए । अझ महोत्सव स्थल खिजीदेम्बा गाउँपालिकाबासीलाई नयाँ वर्ष मनाउने अन्य कार्यक्रम तय गर्नै परेन ।

  • गैंडा मारेको चिन्तामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गैंडा मारेको चिन्तामा झोपो बानेर शोक र्‍याली प्रदर्शन

    चितवन, वैशाख ३ – तस्करले दुर्लभ एकसिङ्गे गैंडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ ।

  • मानव बेचबिखनमा वृद्धि

    काठमाडौं, वैशाख ३ – पछिल्लो समय मानव बेचबिखनको संख्या बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ८१ वटा मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आर्थिक वर्ष २०७२/७३ मा वृद्धि भई दुई सय १८ पुगेको छ ।

  • विदेशमा कमाउने लोभले डुबेको व्यवहार सम्हाल्दै धनबहादुर विदेशमा कमाउने लोभले डुबेको व्यवहार सम्हाल्दै धनबहादुर

    खोटाङको बाझेच्यानडाँडा ८ का धनबहादुर राईको ५ जनाको परिवार । तर हातमा कामको सीप थिएन् । त्यसैले परिवार चलाउन समस्या भयो । गाउँबाट फाट्ट फुट्ट विदेश जानेहरु थिए । उनीहरुले धेरथोर कमाएका पनि थिए । त्यसैले धनबहादुरले पनि विदेश जाने योजना बनाउनु भयो ।

  • धनुषामा एकसय मिटर बाटो गायब धनुषामा एकसय मिटर बाटो गायब

    शैलेन्द्र महतो/उज्यालो । धनुषा, वैशाख ३ – धनुषाको नक्टाझिजमा एकसय मिटर बाटो गायब भएको छ । मिथिला नगरपालिका–२ स्थित नक्टाझिजको विश्वकर्माचोकबाट बटेश्वर जानेबाटोबाट झण्डै एकसय मिटर बाटो गायब भएको हो ।

  • देशभर विद्यार्थी भर्ना अभियान सुरु

    रमेश गिरी/उज्यालो । भक्तपुर, वैशाख ३ – ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यसवर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ ।

  • मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

    उदयपुर, वैशाख ३ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ ।

  • जग्गा विवादमा झडप, १८ जना घाइते

    रौतहट, वैशाख ३ – रौतहटको मौलापुर गाउँपालिका–७ को घुसुकपुरटोलमा जग्गाको विषयमा विवाद हुँदा १८ जना घाइते भएका छन् ।

  • मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

    राजनीतिक अस्थिरताका कारण विकास निर्माणको कामले गति लिन नसक्दा जता फर्के पनि निराश लाग्छ । तर देशभित्रै केही काम उत्साहजनक रुपमा पनि भैरहेका छन् । आशा र उत्साह जगाउने एउटा यस्तै विषयमा हामी केहीदिन चर्चा गर्नेछौं । त्यो हो–पूर्व–पश्चिम नेपालका पहाडी जिल्ला जोड्ने मध्यपहाडी लोकमार्ग ।

  • चट्याङ लागेर दुई महिलाको मृत्यु

    धनकुटा, वैशाख ३ – चट्याङ लागेर दुई महिलाको ज्यान गएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

  • आठ वर्षपछि जिब्रो छेडे बुद्धकृष्णले (फोटो फिचर) आठ वर्षपछि जिब्रो छेडे बुद्धकृष्णले (फोटो फिचर)

    रमेश गिरी/उज्यालो । भक्तपुर, वैशाख २ – बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा शनिबार दिउँसो सम्पन्न भएको छ ।

  • इलाममा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

    इलाम, वैशाख २ – चट्याङ लागेर इलाम देउमाई नगरपालिका-२ बागसिलाका २२ वर्षका सञ्जिव राईको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।

  • थिमिमा ३२ खट जात्रामा यसरी खेलियो सिन्दुर थिमिमा ३२ खट जात्रामा यसरी खेलियो सिन्दुर

    रमेश गिरी/उज्यालो । भक्तपुर, वैशाख २ – बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन् ।

  • बालबालिका कमाउने, बाबुआमा रक्सीमा रमाउने ! बालबालिका कमाउने, बाबुआमा रक्सीमा रमाउने !

    कलिला बालबालिका खोलीको उकालो काट्दै थिए । सबैको पिँठ्यूमा आफ्नो तौलभन्दा धेरै बढी भारी थिए । वैशाखको गर्मीमा खलखली पसिना बगाउँदै हिँडिरहेका उनीहरु आफ्नो पढाइ खर्च जुटाउन यस्तो मेहनत गर्दै छन् ।

  • आमाले गरिन् ८ वर्षका छोराको हत्या, आफैले दिएकी थिइन् प्रहरीमा निवेदन

    शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, वैशाख २ - जनकपुरमा आमाले छोराको हत्या गरेकी छिन् । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियाका देवनारायण राउतकी कान्छी श्रीमती रिनादेवी राउतले सौतेनी छोरा ८ वर्षका केशव राउतको हत्या गरेर शौचालयको ट्याङ्कीमा फालेको प्रहरीले जनाएको छ ।

  • चट्याङ लागेर दुईजनाको मृत्यु

    धनकुटा, वैशाख २ – शनिबार दिउँसो परेको चट्याङ लागेर धनकुटामा दुई जनाको ज्यान गएको छ ।

  • मुटु रोगी श्रीमतीको उपचार खर्च जुटाउन दिपेन्द्र साउदी गए

    वैशाख २ – खोटाङ रुपाकोटको मझुवागढी नगरपालिका–१३ नुनथलाकी मुटु रोगी शोभा राईको उपचार गर्ने खर्च अभाव भएपछि श्रीमान् विदेश जानुभएको छ । कमजोर आर्थिक अवस्था भएकी राईकोे मुटुको एउटा भल्व काम नलाग्ने भएको र तत्कालै अप्रेशन नगरे अर्को पनि काम नलाग्ने र ज्यान जोखिममा पर्ने चिकित्सकले बताएका छन् ।

  • बिहान र बेलुका उस्तै छ विद्युत माग, मिलाउन जटिल

    काठमाडौं, वैशाख २ – बेलुकाको समयमा जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

  • संयोगले बाँचेका दिनेशको पहलमा बन्यो नमुना बस्ती संयोगले बाँचेका दिनेशको पहलमा बन्यो नमुना बस्ती

    संयोगले कति जीवनको इहलीला समाप्त पार्छ त कतिपय अवस्थामा मृत्युको मुखबाट जोगाउँछ पनि । धादिङका दिनेश तामाङलाई भने विनासकारी भुकम्पका बेला यस्तै एउटा संयोगले बचायो । उहाँकै नेतृत्वमा धादिङको ढोला-७ मा ५५ घरको एकीकृत नमुना वस्ती बनेको छ ।

  • राजमार्ग अतिक्रमण बढ्दै गएपछि सडक विस्तारको काम सुरु

    धादिङ, वैशाख २ – पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ ।

  • विश्व बैंकको सहयोगमा सडक निर्माण

    कञ्चनपुर, वैशाख २ – विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

  • चक्रपथ सफाइ अभियान सुरु, २३ मेट्रिकटन फोहर व्यवस्थापन

    काठमाडौं, वैशाख २ – बाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औं हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ ।

  • तीन श्रीमतीसहित जोखिम युक्त घरमै बस्न बाध्य छन् भीमबहादुर

    चितवन, वैशाख २ – चितवनको विकट क्षेत्रमापर्ने साबिक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन ।

  • ​पक्की घर बनाउने सपनामा मलेसिया पठाएको छोरो चिन्नै नसक्ने भएर फर्कियो ​पक्की घर बनाउने सपनामा मलेसिया पठाएको छोरो चिन्नै नसक्ने भएर फर्कियो

    एउटा घरको एक छेउमा तास खेल्ने मानिसको हुल छ । आँगनमा एक जना महिला आलुको तितौरा बनाउँदैछिन् । त्यही घरमा एकजना ३०/३२ वर्षको जस्तो देखिने युवा घरभित्र बाहिर ओहोर दोहोर गरिरहेको छ । उ ‘मैले बाच्न पाउदिन खोइ खुकुरी दिनुस आमा म सबैलाई काटेर टुक्रा टुक्रा पारदिन्छु ।’ भन्दै बरबराउँदै पनि छ । तर उसको भनाईबाट तास खेल्न बसेकाहरु डराएका छैनन । हाँस्दैछन् ।

  • मैयुङ्ग हाँसपोखरीको लालीगुराँसले बढायो रौनक मैयुङ्ग हाँसपोखरीको लालीगुराँसले बढायो रौनक

    खोटाङ र भोजपुरको सिमानमा शुक्रबारदेखि मैयुङ हाँसपोखरी महोत्सवमा रौनक बनेको छ । महोत्सवको मुख्य आकर्षका लालीगुराँस र हाँसपोखरी बनेका छन् ।

  • उपचारमा डाक्टरको लापरवाही, पाठेघरमै छुट्यो चार टुक्रा कपडा

    बैतडी, वैशाख २ – उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टरले स्वास्थ्य सेवामा लापरवाही गर्ने गरेको बिरामीले बताएका छन् ।

  • आगलागीबाट १५ लाखको क्षति

    सप्तरी, वैशाख २ – सप्तरीको पोर्ता गाविस–६मा शुक्रबार राति आगलागी हुँदा झण्डै १५ लाखको क्षति भएको छ ।

  • मिथिलाञ्चलमा जुडसितल पर्व मनाईँदै मिथिलाञ्चलमा जुडसितल पर्व मनाईँदै

    शैलेन्द्र महतो/उज्यालो । धनुषा, वैशाख २ – मिथिलाञ्चलमा शनिबार जुडसितल पर्व मनाईंदैछ । नयाँ वर्षको भोलिपल्ट अर्थात २ गतेका दिन बिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशिर्वाद दिएर जुडसितल पर्व मनाइन्छ ।

  • भक्तपुर बोडेमा आज जिब्रो छेड्ने जात्रा

    भक्तपुर, वैशाख २ – भक्तपुरको बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । यसपाली थिमी बोडेका ४५ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै हुनुहुन्छ ।

  • नारायणघाट–मुग्लिन सडकः अहिले अवरुद्ध छैन

    चितवन, वैशाख २ – पहिलो खसेपछि अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडकखण्डमा अहिले सामान्य रुपमा गाडी चलेका छन् । शुक्रबार राति ८ बजेतिर चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

  • बिस्केटको लिङ्गो ढालियो बिस्केटको लिङ्गो ढालियो

    भक्तपुर, वैशाख २ – बिस्केटजात्राको प्रमुख मानिने लिङ्गो शुक्रबार बेलुका ५ बजेर ३३ मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजार्चना गरी शुक्रबार बेलुका लिङ्गो ढालिने जात्रा सम्पन्न भएको छ ।

  • एनसेलको नयाँ अफर–कल आयो बोनस पायो एनसेलको नयाँ अफर–कल आयो बोनस पायो

    काठमाडौंं, चैत २ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘कल आयो बोनस पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत प्रयोगकर्ताले विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउने एनसेलले जनाएको छ ।

  • इलामको भेडिचोक सामुदायिक वनमा आगलागी

    इलाम, वैशाख १ – इलामको सन्दकपुर गाउँपालिका–१ स्थित भेडिचोक सामुदायिक वनमा आगो लागेको छ । देउराली बजार नजिक रहेको वनमा शुक्रबार दिउँसोबाट आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको छ ।

  • ​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी ​नयाँ वर्षमा यस्तो देखियो चन्द्रागिरी

    नयाँ वर्षको अवसरमा चन्द्रागिरी घुम्न जानेको भिडले बिहानैदेखि चन्द्रागिरी भरिभराउ थियो । चन्द्रागिरी डाँडाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिनुका साथै हिमालको मनमोहक दृश्य हेर्न सकिने भएकाले नयाँ वर्षमा चन्द्रागिरी जानेको भिड लागेको थियो ।

  • कैदीलाई पुस्तक र खेल सामग्री वितरण

    उदयपुर, वैशाख १ – नयाँ वर्षको अवसर पारेर जिल्ला कारागार उदयपुरका कैदी बन्दीलाई पुस्तक तथा खेल सामाग्री वितरण गरिएको छ । उदयपुरका साहित्यकार, पत्रकार, समाजसेवीहरुको समूहको सहयोगमा पुस्तक र खेल सामाग्री वितरण गरिएको हो ।

  • यस्तो रह्यो रसुवाका भूकम्प प्रभावितको २०७३ साल

    रसुवा, वैशाख १ – भूकम्प प्रभावितको धेरै आसा निरासा परिणत हुँदै वित्योे २०७३ साल । भूकम्पले ढलेका घर उठाउने प्रभावितको सपना पूरा भएन । भूकम्प गएको २३ महिना बित्दा समेत सरकारले प्रभावितका लागि ल्याएका योजना प्रभावित सामु पुग्न नसक्दा प्रभावितले राहतको अनुभुति गर्न पाएनन् ।

  • नयाँ वर्षको अवसरमा भक्तपुर जात्रामय

    भक्तपुर, वैशाख १ – नयाँ वर्षको अवसरमा भक्तपुर जात्रामय बनेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार र ३ दधिकोटको सङ्गमस्थलमा रहेको चरखण्डी मन्दिरमा शुक्रबार बिहानैदेखि स्नान गर्नेको घुईचो लागेको छ ।

  • आंशिक प्राध्यापक संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं, वैशाख १ – आंशिक प्राध्यापक संघले आफूहरुलाई प्रकृया पु¥याएर करार गर्न माग गर्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

  • ​एक अर्कालाई सिस्नुले हानेर नयाँ वर्षको स्वागत ​एक अर्कालाई सिस्नुले हानेर नयाँ वर्षको स्वागत

    डोटी, वैशाख १ – सुदूरपश्चिमको पहाडी जिल्लाका स्थानीयबासिनदाहरुले हरुले नयाँ वर्षको पहिलो दिन धुमधामका साथ बिसु पर्व मनाएका छन् ।

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया