MENU
Ncell Axiata
USAID

समाज

  • रुपन्देहीमा सेनाको तालिम केन्द्र निर्माण

    काठमाडौ, बैशाख १० – नेपाली सेनाले रुपन्देहीको सालझण्डीमा एकीकृत सैनिक तालिम केन्द्र निर्माण गरेको छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गले तालिम केन्द्रको आइतबार उद्घाटन गर्नुभयो । तालिम केन्द्रमा अहिले प्रथम चरणमा तालिम केन्द्र मुख्यालय, पदिक÷विल्लादार तालिम शिक्षालय तथा सैन्य तालिम केन्द्रको लागि आवश्यक भौतिक संरचनाहरुको निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

  • छात्रालाई करणी गर्न खोज्ने पक्राउ

    डिवि वुढा/उज्यालो । जुम्ला वैशाख १० –ऋणमोक्ष उच्च मावि डिल्लीचौरका छात्राहरुलाई जवरजस्ती करणी गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्रेको छ । उनीहरुलाई डिल्लीचौर गाविस वडा नम्वर ३ को जंगलमा जवरजस्ती करणी गर्न खोज्ने चन्दननाथ गाविसका २३ वर्षिय लक्ष्मण कुमाई, पटमारा गाविसका २८ वर्षिय गगनराज वुढा, र २३ वर्षका पदम रोकायालाइ प्रहरीले पक्रेको हो ।

  • आगलागीले बिभिन्न जिल्लामा लाखौको क्षति आगलागीले बिभिन्न जिल्लामा लाखौको क्षति

    काठमाडौ, बैशाख १० – बर्दिया, गुल्मी र महोत्तरीमा आइतबार भएको आगलागीबाट लाखौको क्षति भएको छ । बर्दियाको नेउलापरु गाविसमा दिउँसोदेखि आगलागी भएको छ । नेउलापुर गाविस १ आम्बासामा लागिरहेको आगोले साँझसम्म अहिलेसम्म ३० वटा भन्दा धेरै घर जलेका छन् ।

  • नदीको पानी पिउँछन् गाउँले नदीको पानी पिउँछन् गाउँले

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, बैशाख १० – गाउँमा पानीको अरु श्रोत न भएपछि जाजरकोटको जगतिपुर गाविसको कुदु गाउँका वासिन्दाले वर्षौदेखि भेरी नदीको धमिलो पानी पिउँदै आएका छन् । गाउँमा पानी नभएकाले एक घण्टा टाढाको भेरी नदीबाट पानी ल्याएर खानुपरेको स्थानीय गोपाल बटालाले बताउनुभयो ।

  • दूध बेच्न जाँदा हत्या

    काभ्रे, बैशख १०– काभ्रेको वाल्टिङ्गमा नचिनिएका मान्छेको समुहले एक किशोरको हत्या गरेको छ । वाल्टिङ्ग गाविस ८ तोप्लेडाडाका १६ बर्षीय श्याम भोम्जनको  घाँटी रेटेर हत्या गरिएको स्थानीयवासीले जनाएका छन् । दुध लिएर बेशीमा झरेका भोम्जनको आइतबार दिउँसो हत्या गरिएको हो । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • पहिरोले घर भत्काउँदा वालिकाको ज्यान गयो

    रमेश ऐडी/उज्यालो । बैशाख १० – पहिरोले घर भत्काउदा हुम्लामा १ बालिकाको ज्यान गएको छ । शनिवार विहान गएको पहिरोमा परि ५ जना घाइते भएका छन् । अब्यवस्थित रुपमा छोडिएको खानेपानीका कारण हुम्लाको कालिका गाविस ८ लौठी गाउँका चन्द्रमनी जैसीको घर भत्काउदा ७ वर्षिया छोरी सुनिता जैसीको ज्यान गएको हो ।

  • गिट्टी कुटेर पढाई खर्च गिट्टी कुटेर पढाई खर्च

    एलबी थापा/उज्यालो । प्यूठान, बैशाख १० –प्यूठान धरमपानी, चुँजा र चुँजाठाटीका स्कुले वालकहरु आफ्नो पढाईखर्च जुटाउन गिट्टि कुट्ने गरेका छन् । स्थानीय भानुभक्त उच्च माध्यामिक विद्यालयमा पढ्ने १० जना भन्दा बढी स्कुले वालकहरुले गिटी कुटेर पढाइ र खाजा खर्च निकाल्ने गरेका हुन् ।

  • फायर लाईनको नाममा सालका रुख काटियो

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, बैशाख १० - नवलपरासीको सुनवल स्थित बुद्ध शान्ति साझेदारी वनमा फायर लाईन अग्निरेखा बनाउने नाममा सयौँ रुख काटिएका छन्  । डढेलो नियन्त्रण गर्नका लागि  फायरलाईन बनाउदा को  बन क्षेत्रभित्र मनपरी रुख कटान भएको हो  । फायरलाइनमा पर्ने साना ठूला रुखहरु कटान गरि वनका पदाधिकारीहरुले आफै बाडफाड समेत गरेका हुन् । फायरलाईमा पर्ने करिब दुई हजार  साना हरिया सालका रुख कटान गरि पदाधिकारीहरुले ल्याएको स्थानीय उपभोक्ताले अरोप लगाएका छन्  ।

  • दुई हप्ताभित्र छपाई सकेर देशैभर पुस्तक बाड्ने जनक शिक्षाको तयारी दुई हप्ताभित्र छपाई सकेर देशैभर पुस्तक बाड्ने जनक शिक्षाको तयारी

    भक्तपुर, बैशाख १० - जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले अबको दुई हप्ताभित्र सबै पुस्तक छपाई सकेर देशैभर  वितरण गर्ने तयारी गरेको छ । केन्द्रले बैशाखको पहिलो हप्ता भित्र देशभर कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक पठाइसक्ने भने पनि रकम अभावको कारण देखाउँदै केही हप्ता अघि पुस्तक छपाइ रोकिएको थियो । धेरै विद्यार्थीको हातमा पुस्तक पुग्न नसकिरहेको अवस्था केन्द्रले भने विभिन्न बहानामा पुस्तक छपाइमा ढिलाई गर्र्दै आएको छ ।

  • रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गराईने

    ललितपुर, बैशाख १० - पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको लागि तयारी तीव्र रुपमा भैरहेको छ । आइतवार रथमा मच्छिन्द्रनाथको मूर्ति राखिने छ । टंगलको मच्छिन्द्रबहालमा रहेको मूर्तिलाई बेलुकी रथमा राखिने रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिनुभयो । उहाँका अनुसार रथमा सुनको झ्यालढोका र काठ राख्ने काम पनि आजै हुन्छ । ललितपुरको पूल्चोक दमकल नजिकै रथ बनाउने काम भैरहेको छ ।

  • तोकिएकै समयमा संविधान जारी गर्न साहित्यकारको आग्रह

    तनहुँ  बैशाख ९ – साहित्यकर्मीले तोकिएकै समयमा संविधान निर्माण गर्न नेताहरुलाई आग्रह गरेका छन् । नववर्ष २०६९ का अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिवार दमौलीमा आयोजना गरेको कार्यक्रममा जिल्लाका ६० जना साहित्यकारले रचना मार्फत यस्तो आग्रह गरेका हुन् ।

  • आगलागीले घर जल्यो

    संखुवासभा, बैशाख ९ – संखुवासभाको सदरमुकाम खाँदबारीमा शनिवार दिउँसो आगलागी हुँदा दुईवटा घर जलेको छ । खाँदबारीको नयाँवस्ती टोलमा रहेको पदमबहादुर तामाङको अगेनावाट सल्किएको आगोले उनको पुरै घर जलेर ध्वस्त भएको हो । आगोपछि ग्याँस सिलिण्डर पड्किएर छिमेकी भुपालबहादुर महतोको घर पनि जलेको छ ।

  • पत्रकारलाई धम्की

    दाङ, बैशाख ९ – दाङ्गको रेडियो सरयु गंगाका सम्पादक गणेश आचार्यलाई तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले ज्यान मार्ने धम्की दिएका छन् । गत बुधबार राति दाङको दमारमा ट्रक लुटपाटमा संलग्न भएका नेविसंघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको समाचार प्रसारण गरेको विषयमा घर्तीले धम्की दिएको आचार्यले जानकारी दिनुभयो ।

  • खानेपानी नपाएपछि गाउँले विस्थापित

    सल्यान वैशाख ९ –सल्यानको पश्चिमी घांजरी पीपल गाविसको तीनवटा वडामा पानीको हाहाकार भएको छ । वडा नबर ४, ५ र ७ मा पानी पाउन छाडेपछि स्थानीय वासिन्दा बसाई सर्न थालेका छन् । एक महिनायता १० वटा घर विस्थापित भइसकेको स्थानीयले बताएका छन् ।

  • पत्रकारको मर्यादा अनुगमन गर्न समिति

    ललितपुर, बैशाख ९ – नेपाल पत्रकार महासंघ ललितपुरले पत्रकारहरुलाई ब्यवसायिक मर्यादामा ल्याउन अनुगमन उप समिति गठन गरेको छ । महासंघको शनिवार बसेको कार्यसमिति बैठकले शाखाका उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

  • पैसा खुवाएर लाइसेन्स बनाउन खोज्ने ९४ जना पक्राउ

    गोबिन्द शर्मा/उज्यालो । नेपालगञ्ज, बैशाख ९ - नेपालगञ्ज नक्कली सवारी  चालक अनुमति पत्र बनाइरहेको अवस्थामा तीनजना दलालसहित ९४ जना नेपालगन्जबाट पक्राउ परेका छन् । नेपालगन्जको बसपार्करोडमा रहेको क्यापिटल होटलबाट ५९ र जलजला होटलबाट ३५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक उदय तामाङ्गले जानकारी दिनुभयो ।

  • आगलागीबाट डेढ लाखको क्षती

    दाङ, बैशाख ९ - दाङको तुल्सीपुर नगरपालिका १० सिरखोलाका जहरसिंह टमाटाको घरमा शुक्रवार राती आगलागी भएको छ ।  आगलागीवाट झण्डै डेढ लाख रुपैयाँ वरावरको क्षती भएको पीडितले बताएका छन ।  आगलागीवाट घरमा रहेको अन्नपात, लत्ताकपडा सवै जलेर नष्ट भएको छ ।

  • लागु औषधसहित २ पक्राउ

    लमजुङ, बैशाख ९ - लमजुङको भोटेओडार सिउँडीबारमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध सहित वेसीशहर गाविस ९ का शुभाष अधिकारी र शिव खातीलाई पक्रेको हो ।

  • ४ जना पत्रकारमाथि आक्रमण

    कपिलवस्तु, बैशाख ९ - कपिलवस्तुको चन्द्रौटामा शुक्रवार राति चारजना संचारकर्मीमाथि आक्रमण भएको छ । रेडियो समान्तामा कार्यरत  कृष्ण गैरे,   प्रदीप चौधरी, कृष्ण आचार्य र  अर्जुन गुरुङ्लाई नचिनेका मान्छेको समूहले कुटपीट गरेको हो । राती नौ बजे होटलबाट खाना खाएर रेडियो जाँदै गर्दा चन्द्रौटा चोकमा पाँच जनाको समूहले आक्रमण गरेको संचारकर्मीहरुले बताएका छन ।

  • आज आमाको मुख हेर्ने दिन

    काठमाडौं, बैशाख ९ - मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी  आशिर्वाद लिएर शनिवार मातातीर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् ।

  • ट्रक दुर्घटनामा २ को मृत्यु

    हेटौंडा, बैशाख ९ - मकवानपुरको मनहरीमा शुक्रवार राती भएको ट्रक दुर्घटनामा २ जनाको ज्यान गएको छ । हेटौंडाबाट नारायणघाटका लाग छुटेको ना २ ख ५४८३ नम्बरको ट्रक मनहरीमा सडकमै पल्टिँदा चितवन पिप्ले ६ घर भएका चालक २८ वर्षिय बिक्रम राई र सहचालक २३ वर्षिय शुकबहादुर राईको ज्यान गएको हो ।

  • बलात्कारको आरोपमा माओवादीका स्थानीय नेता पक्राउ

    धादिङ, बैशाख ८ - धादिङ जिल्लाको मैदी गाविस वडा नम्बर ४ की १५ बर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकिकृत नेकपा माओवादी मैदी गाउं कमिटीका सेक्रेटरी लालवहादुर कार्कीलाई पक्राउ गरेको छ । गत बैशाख २ गते शनिवार घरमा सुतिरहेकी बालिकालाई घरवाट वोलाएर घर भन्दा केहि पर लगि बलत्कार गरेको आरोप कार्की माथि लागेको छ ।

  • १६ जना कर्मचारी छड्केमा

    बुटवल, बैशाख ८ - राष्ट्रिय सतर्कता केन्द्रले शुक्रवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नापी कार्यालयमा छड्के जांच तथा अनुगमन गर्दा दुबै कार्यालयबाट १६ जना कर्मचारी विना सुचना अनुपस्थित रहेको फेला पारिएको छ । सिद्धार्थनगर नगरपालिकामा विहान १० बजेर १८ मिनेट जाँदा गरिएको हाजिरी छड्केमा १ जना इन्जिनियर, १ शाखा अधिकृत र १ जना सव इन्जिनियर सहित १३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको थियो ।

  • कसले राख्या होला यति धेरै गोली ? कसले राख्या होला यति धेरै गोली ?

    कैलाली, बैशाख ८ - कैलालीको सुगरखालको भालुमारे खोलाको ओढारमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गोली फेला पारे पछि यी गोली कसले र किन राखेको होला भन्ने खोजी सुरु भएको छ । सुगरखाल गाउँ विकास समिति वडा नं. ९ भालुमारे खोलामा सशस्त्र प्रहरी बल उग्रतारा गण टिकापुर मातहत रहेको डुडेझाँरी बेस क्याम्पले आधुनिक हतियारमा प्रयोग हुने गोलीहरु विहीवार राती बरामद गरेको थियो ।

  • बसको ठक्करबाट १ को मृत्यु

    मकवानपुर, बैशाख ८ - मकवानपुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । हेटौडाबाट राईगाउँका लागि छुटेको ना ४ ख ६४८३ नंम्बरको बसले फापरबारी १ पाँचपाण्डवमा ठक्कर दिंदा सिन्धुली पीपलमाडी गाबिस ३ बस्ने ३६ बर्षिय धनबहादुर भुलुनको ज्यान गएको हो ।

  • रोजगारीको नाममा ठगी गर्ने पक्राउ

    भोजपुर, बैशाख ८ - विभिन्न संघसंस्था खोलेर लाखौं रुपैंया ठग्दै हिंडेका संखुवासभा ८ जोगीडाँडाका २५ वर्षिय युवक रामचन्द्र भण्डारीलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ । क्यादुरी अफ एग्रिकल्चर मेट्रअल सेन्टर, भोजपुरको नाममा संस्था खडा गरी एसएलसी दिएर बसेकालाई रोजगारी दिने भन्दै ९६ हजार रुपैयाँका दरले धरौटी राख्नुपर्ने भनेर ठगी गर्नै लाग्दा प्रहरीले भण्डारीलाई पक्रेको हो ।

  • लोकतन्त्र दिवसमा सार्वजनिक छुट्टी

    काठमाडौं, बैशाख ८ - सरकारले लोकतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले शुक्रवार विज्ञप्ती निकालेर बैशाख ११ गते लोकतन्त्र दिवसका दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । बार्षिक पात्रो र क्यालेन्डरमा वैशाख ११ गते लोकतन्त्र दिवसका दिन विदा उल्लेख गरिएको छैन ।

  • युवा युवतीको प्रेम १४ महिना मात्रै युवा युवतीको प्रेम १४ महिना मात्रै

    काठमाडौं, बैशाख ८ - किशोर किशोरीले कति समय प्रेममा बिताउँदा होलान ? के यस्तो प्रेम विवाहमा परिणत होला त ? प्रेम मनोरञ्जनका लागि अथवा जीवनयापनका  लागि ? यी यस्ता प्रश्न १० देखि २४ उमेर समूहका किशोर–किशोरी तथा युवाका अभिभावकले कुराकानीका विषयवस्तु बनाउने गर्दछन् तर  सही उत्तर पाइरहेका थिएनन् पनि । ती उमेर समूहले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र  प्रेम मनोरञ्जनका लागि पनि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रवार सार्वजनिक किशोर किशोरी तथा युवा सर्वे...

  • सुरक्षाकर्मीको बढुवा सम्बन्धी ऐन स्वेच्छचारी : राज्य व्यवस्था समिति

    काठमाडौं, बैशाख ८ - संसदको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा, बढुवा सम्वन्धी ऐन नियममा भएका प्रावधान हचुवा र स्वेच्छाचारी प्रवृत्तीको भएको ठहर गरेको छ । समितिले सरुवा, बढुवा र पदस्थापना गर्दा सरकारले चलखेल गर्न सक्ने प्रकृतिका भएकाले ६ महिना भित्र ऐन नियम परिमार्जन गर्न वा नयाँ तर्जुमा गर्न सरकार र गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

  • बादी बालबालिका पढ्नबाट बञ्चित बादी बालबालिका पढ्नबाट बञ्चित

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, बैशाख ८ - देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला जाजरकोट खगेनकोट १ का ११ बर्षिय बलबहादुर बादी  खोलामा माछा मार्न ब्यस्त छन् । उनी विद्यालय नै नगएका भने होइनन्, ३ बर्षअघि नजिकैको विद्यालयमा भर्ना भएका बलबहादुर विद्यालयमा टिक्न सकेनन्, दिनहु कक्षा छाड्दै जादा अन्त्यमा उनले पढाइ समेत छाड्न पुगे । ८ बर्षिया सपना बादी गत बर्ष १ कक्षामा भर्ना भइन् तर विद्यालय नै गइनन् ।

  • रिसाल दम्पत्तिद्वारा हुम्लाका विद्यालयलाई कम्यूटर वितरण

    रमेश ऐडी/उज्यालो । हुम्ला वैशाख ८ – वरिष्ठ पत्रकार भैरव रिसालका दम्पत्तिले हुम्लाका ७ वटा सरकारी विद्यालयलाई १२ वटा कम्प्युटर सहयोग गरेका छन् । विकट जिल्ला हुम्लाका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कप्युटर चिनाउन व्यक्तिगत खर्चबाट सहयोग गरेको शुक्रवार हुम्लामा आयोजित कम्प्युटर हस्तान्तरण कार्यक्रममा रिसालले बताउनुभयो ।

  • फोटो सहितको नामावलीले मतदाता घटे

    केशव अधिकारी/उज्यालो । धादिङ, बैशाख ८ – फोटो सहितको मतदाता नामावली संकलन शुरु भएपछि धादिङ जिल्लामा मतदाताको संख्या  घटेको छ । फोटो सहितको मतदाता नामावाली संकलन गर्दा दोहोरो नाम काय नरहने भएपछि मतदाता संख्या घटेको हो ।

  • कर्णेलले मान्छे कुटेको विषयमा सेनाले छानवीन गर्ने

    काठमाडौ, बैशाख ८ – बाँकेको नेपाली सेनाका कर्णेल राजु नेपालीले स्थानीय बासिन्दालाई कुटपीट गरेको घटना बाहिर आएपछि सेनाले त्यसको छानबीनका लागि कोर्ट अफ ईन्क्वायरी बोर्ड गठन गरेको छ ।

  • विद्युत चोरी गर्ने २४ जना पक्राउ

    चितवन, बैशाख ८ –विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने पश्चिम चितवनका २४ जनालाई पक्राउ गरेको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले उनीहरुलाई शुक्रवार बिहान पक्राउ गरेको  विद्युत प्राधिकरण भरतपुरका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो ।

  • यार्सागुम्बा टिप्ने लेकमा प्रहरी गस्ती

    आश गुरुङ/उज्यालो । लमजुङ, बैशाख ८ – यार्सागुम्बा टिप्ने समयमा हिमालपारीको जिल्ला मनाङका उत्तरी लेकमा प्रहरीले गस्ती गर्ने भएको छ । यार्सागुम्बा टिप्ने क्रममा हुन सक्ने झगडा र असुरक्षालाई ख्याल गर्दै अन्नपूर्ण संरक्षण क्षेत्र विकास समिति र जिल्ला सुरक्षा समितिले प्रहरी प्रहरी खटाउने निर्णय गरेको हो । सुरक्षाकै कारण यसवर्ष पनि बाहिरी जिल्लाकालाई मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । मनाङका १३ वटै गाविसमा गठन भएको संरक्षण क्षेत्र ब्यवस्थापन समितिले बाहिरी जिल्लाका मानिसहरु यार्सागु...

  • भक्तपुरमा पुस्तक पसलमा छापा

    रमेश गिरी/उज्यालो । भक्तपुर, बैशाख ८– भक्तपुरमा शुक्रवारदेखि पुस्तक पसलहरुमा छापा मारिएको छ । जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्सन, पाठ्यक्रम विकास केन्द्र, अभिभावक संघ, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चका प्रतिनिधि, प्रहरी र पत्रकारको टोलीले भक्तपुर र मध्यपुर थिमी नगरपालिकाका पुस्तक पसलमा छापा मारेको हो ।

  • एक वर्षदेखि वेपत्ताको कंकाल भेटियो

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, बैशाख ८ – एक वर्षदेखि बेपत्ता जाजरकोट गर्खाकोटका २२ वर्षिय दीपक रावतको हत्या  भएको पुष्टि भएको छ । गएको वर्ष जेठको १२ मा हराएका रावतको हत्या गरी गाउँकै जंगलको एक ओडारमा फालिएको अवस्थामा दुई हप्ताअघि उहाँको कंकाल भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।

  • लोकतन्त्र दिवश कसरी मनाउने ?

    काठमाडौ, बैशाख ८ – लोकतन्त्र दिवसबारे सरकारले दलहरुसित छलफल गर्ने भएको छ । वैशाख ११ गते लोकतन्त्र दिवस भएपनि सरकारले यसवर्ष कुनै निर्णय नगरेकाले पात्रो र क्यालेन्डरमा विदा उल्लेख गरिएको छैन । प्रधानमन्त्रीले नै लोकतन्त्र दिवसबारे चासो नदिएको भनाई सार्वजनिक भैरहँदा भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले भने दिवसको बारेमा दलहरुसित छलफल गर्ने जानकारी दिनुभएको छ ।

  • पाण्डेलाई नेपाल नफर्काउन माग पाण्डेलाई नेपाल नफर्काउन माग

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, बैशाख ७ - शरणार्थीका रुपमा बेल्जियममा बस्दै आएका पुस्ता पाण्डेलाई नेपाल नफर्काउन अनुरोध गर्दै लुवेनमा आज स्थानीय बेल्जिक सहित नेपलीहरूले विरोध प्रदर्शन गरेका छन । उनीहरुले बेल्जियमको लुवेन शहरमा  रहेको अदालत अगाडि पाण्डेलाई नेपाल पठाउन सरकारले गरेको निर्णयको विरोध गर्दै  प्रदर्शन गरेका हुन ।

  • महन्त नियुक्तीमा १० लाख रुपैयाँ घुस

    काठमाडौं, बैशाख ७ - काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा १० लाख रुपैयाँ घुस लिई महन्त नियुक्त गरिएको आरोप पूर्व पूजारीले लगाएका छन् । गुठी संस्थानका प्रशासक बलिराम साह तेलीले अनुभवै नभएका निगमानन्द गिरीलाई १० लाख रुपैयाँ घुस लिएर महन्त बनाएको आरोप पूर्व मुख्य पुजारी परमात्मा नेपालले आरोप लगाउनुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व पूजारी नेपालले आफूलाई नियुक्त गर्नका लागि १० लाख रुपैयाँ मागेको र आफूले अस्वीकार गरेको बताउनुभयो । पैसा दिन अस्वीकार गरेपछि बलिराम र सनातन धर्म समाजका अध्यक्ष धि...

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • पार्टीको लाइन भन्दा पनि पक्ष विपक्षी नभनी नागरिकको लाइन अनुसार काम गर्नुस् । यसैमा तपाईं अनि गाउँ र नगरको भविष्य उज्यालो हुनेछ ।

    ​निर्मल मैनाली
  • काठमाडौँ र मधेश भन्दा पहिला हामी सबै नेपाली हौ । राम्रो काम गर्ने पूर्वको मान्छेलाई पश्चिमले साथ र सहयोग दिन्छ । हिमालले तराईकोलाई सहयोग र समर्थन दिन्छ । यो तपाईको प्रयासले समाजमा नयाँं उत्साह र नकारात्मकको राजनीतिकलाई केही सम्म धुने काम गरेको छ ।

    ​विष्णु भुसाल
  • चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको खबर सुनेर खुसी लाग्यो । भारतले सम्झौता नगर्न दबाब दिईरहेको बेला नेपालले सम्झौता गरेको खबर सुन्दा खुशी लाग्यो, अब कार्यान्वयन पनि छिट्टै होस् ।

    राज बजगाई
सबै हेर्नुहोस

सोसल मिडिया