MENU

समाज

  • बाटो विस्तारको विरोधमा अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौं, असार २७ – राजमार्ग फराकिलो पार्ने क्रममा आसपासका घर भत्काउने तयारी भएपछि त्यसको विरोधमा अरनिको राजमार्ग पीडित संघर्ष समितिले राजमार्ग अवरुद्ध गरेको छ । भक्तपुरको सूर्यविनायकदेखि पूर्वतर्फको बाटो अवरुद्ध गरेपछि पूरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने गाडी नछुटेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

  • विश्व जनसंख्या दिवस मनाईंदै

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस आज किशोरावस्थामा गर्भाधान : सर्वाङ्गीण विकासमा व्यवधान नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

  • लालबकैया र बागमती नदीको बाढीले गौर डुवानमा

    रौतहट, असार २७ – रौतहटको लालबकैया र बागमती नदीमा आएको बाढीले सदरमुकाम गौर र डेढ दर्जन गाविसका झण्डै साढे ३ हजार घरपरिवार प्रभावित भएका छन् । बाढीले धान र उखुबाली नष्ट गरेको छ ।

  • काठमाडौमा पत्रकारमाथि आक्रमण

    काठमाडौ, असार २६ – काठमाडौको नयाँ बानेश्वरमा पत्रकार शम्भु दंगालमाथि आक्रमण भएको छ । क्यापिटल एफएममा कार्यरत पत्रकार दंगाल घरतर्फ जाने क्रममा नयाँ बानेश्वर चोकमा मोटरसाइकलमा आएका ३ जनाले आक्रमण गरी घाइते बनाएका हुन् ।

  • पहिरोले तीन घर बगायो, दर्जन जोखिममा

    म्याङ्लुङ्ग, असार २६ – पहिरोले बुधबार तेह्रथुममा ३ वटा घर बगाएको छ । एक जना घाइते भएका छन् भने करिब एक दर्जन घर जोखिममा परेको छ । पहिरोले जिरिखिम्तिको इन्द्र सुवेदी, बसन्तपुर– ४ का गोपाल भूजेल र उनका भार्इ भीम भूजेलको घर पुरेको हो ।

  • गैरकानुनी रुपमा बस्दा साउदीबाट शब ल्याउन समस्या

    खोटाङ, असार २६ – साउदीअरबमा ज्यान गुमाएका एक नेपालीको शव स्वदेश ल्याउन समस्या भएको छ । हप्ता दिनअघि ज्यान गुमाएका बाक्सिला ४ का २२ वर्षीय जीवनकुमार श्रेष्ठ गैरकानुनी रुपमा बसेकाले शब ल्याउन समस्या भएको हो ।

  • तीनमहिनापछि साउदीबाट शव आयो

    दुर्गाप्रसाद शर्मा/उज्यालो, पर्वत, असार २६ – साउदी अरबमा ज्यान गुमाएको झण्डै तीन महिनापछि पर्वतका एक युबाको शब घर आइपुगेको छ । वैशाख १० गते ज्यान गुमाएका बाजुङ–९ का विकास विकको बुधबार मात्रै शव आएको हो ।

  • गण्डक बाँध क्षेत्रमा फेरि कटान बढ्यो

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, असार २६ – नारायणी नदीमा आएको बाढीले कटान थालेपछि गण्डक बाँध क्षेत्रका बासिन्दा आतंकित भएका छन् । गण्डक बाँधको ठोकर नं ६ देखि १३ सम्ममा तीब्र कटान हुन थालेपछि स्थानीयबासिन्दा आतंकित बनेका हुन् ।

  • निमोनियाबाट थुनुवाको ज्यान गयो निमोनियाबाट थुनुवाको ज्यान गयो

    दमन राई/उज्यालो, खोटाङ, असार २६ – निमानियाका कारण खोटाङ कारागारमा रहेका एक थुनुवाको ज्यान गएको छ । हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका पाथेका २ का १८ वर्षिय भुदेउ राई ‘किरण’को ज्यान गएको प्रहरीले जनाएको छ ।

  • बस र जिप ठोक्किदा एकको मृत्यू, १९ घाइते

    महोत्तरी, असार २६ – महोत्तरीको गौरीवास ६ कारेघोप्टेमा बुधबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । घुमाउरो बाटोमा दुबै गाडी तिब्र गतिमा रहेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

  • कोशी ब्यारेजमा रातो झण्डा गाडियो

    सुमन पुरी/उज्यालो । सुनसरी, असार २६ - अबिरल बर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको सुचक रातो झण्डा गाडिएको छ । कोशीमा एकलाख ५० हजार क्युसेक पानी बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ ।

  • पहिरोले धनकुटामा ३ घर बगायो

    धनकुटा, असार २६ – अविरल वर्षासँगै गएको पहिरोले धनकुटामा तीन घर बगेका छन् । १७ लाख रुपैयाँ भन्दा धेरैको क्षती भएको छ । धनकुटा नगरपालिका १ सिञ्जाली गाउँका गोविन्द मगरको २ वटा तथा ४ का दुर्गाबहादुर राईको घर पहिरोले बगाएको छ ।

  • बाढीले बारामा पुल भासियो

    बारा, असार २६ – बाढी र डुबानका कारण देशका विभिन्न ठाउँको जनजीवन कष्टकर बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पिप्रासिम्रामा पुल भासिएपछि सयौं गाडी र यात्रु अलपत्र परेका छन । पुल भासिएपछि प्रहरीले ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

  • करेन्ट लागेर एक जनाको ज्यान गयो

    हेटौंडा, असार २६ – मकवानपुरको हटियामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर हटिया ५ त्रिसुलेका २४ वर्षका सुरेश थिङको जयान गएको हो । करेन्ट लागेर बेहोस भएका थिङलाई उपचारका लागि हेटौंडा अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • वर्षाले बाटो विग्रिएपछि डोटीमा खाद्यान्न अभाव

    डोटी, असार २६ – वर्षायाम सुरु भएसँगै डोटीका अधिकांश ग्रामिण्ँ सडक अवरुद्ध भएका छन् । सडक अवरद्ध भएपछि अधिकांश ग्रामिण भेगमा खाद्यान्न अभाव भएको छ ।

  • शिक्षक, विद्यालय कर्मचारी र बाढीपीडिले राष्ट्रपति भवनमा धर्ना दिँदै

    काठमाडौं, असार २६ – चरणबद्ध आन्दोलनमा रहेका शिक्षक, विद्यालय कर्मचारी र बाढीपीडित संयुक्त संघर्ष समितिले बुधबार राष्ट्रपति भवन शितल निवासमा धर्ना दिँदैछ ।

  • जाजरकोटमा पाँचदिनदेखि विद्युत अवरुद्ध

    जाजरकोट, असार २६ – जाजरकोट सदरमुकाम खलंगामा ५ दिनदेखी विद्युत सेवा बन्द भएको छ । विद्युत सेवा अवरुद्ध भएपछि कार्यालयको कामसमेत प्रभावित भएको छ । अविरल वर्षासँगैको बाढीले स्थानीय साङ्टा रिसाङ लघु जलविद्युत आयोजनाको कुलो भत्किएपछि सेवा बन्द भएको हो ।

  • पश्चिमपछि वर्षाको असर पूर्वतिर, ५ जनाको ज्यान गयो

    सुनसरी, असार २६ – लगातारको वर्षाले पूर्वी नेपालको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण कैयौं घर डुवानमा परेका छन् । बाढीले पूर्वमा ५ जनाको ज्यान गएको छ भने धेरै मानिस विस्थापित भएका छन् ।

  • उच्चमाविमा पढाउन पाउनुपर्ने माग गर्दै शिक्षकले गरे तालाबन्दी

    पोखरा, असार २६ – पोखराको रामघाटमा रहेको अमरसिंह उच्च माविका शिक्षकहरुले विहानी कक्षामा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । शिक्षकहरुको तालाबन्दीका कारण अमरसिंह उच्च माविको विहानी कक्षाको पढाई प्रभावित भएको छ ।

  • उजुरीपछि औषधि पसलमा सिलबन्दी

    खोटाङ, असार २६ – अहेवको लापरवाहीले खोटाङमा दुई बालबालिकाको ज्यान गएको उजुरी परेपछि अहेवले सञ्चालन गरेको क्लिनिकका औषधि सिलबन्दी गरिएको छ । मृतकका आफन्तले अहेवकै लापरवाहीले बालबालिकाको ज्यान गएको भन्दै उजुरी दिएपछि क्लिनिकमा रहेका औषधि सिलबन्दी गरिएको हो ।

  • न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या

    लमजुङ, असार २६ – लमजुङ जिल्ला अदालतमा न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या परेको छ । जिल्ला न्यायाधीश काशीनाथ पोख्रेलको सरुवा भएपछि नयाँ न्यायाधीश नआउँदा न्यया सम्पादन प्रभावित बनेको हो ।

  • आजदेखि तस्बिर प्रदर्शनी हुने

    काठमाडौं, असार २६ – फोटो पत्रकार क्लबले काठमाडौंमा आज तस्बिर प्रदर्शनी गर्दैछ । ७ हजार भन्दा धेरै प्रतिष्पर्धीबाट छानिएका उत्कृष्ट १ सय ५० वटा तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ ।

  • सुरु हुँदै रमादान, मुसलमान समुदाय स्वागतको तयारीमा सुरु हुँदै रमादान, मुसलमान समुदाय स्वागतको तयारीमा

    काठमाडौं, असार २६ – मुसलमान समुदायको पवित्र महिना रमादानको स्वागतका लागि तयारी हुँदैछ । विहीबारदेखि शुरु हुने रमादानका लागि बुधबार अन्तिम तयारीमा मस्जिदको सरसफाई, खानेकुराको खरिद र घरपरिवारको सरसफाईमा मुसलमान समुदाय लागेका छन् ।

  • दार्चुलामा बाढी प्रभावितलाई चामल वितरण

    शंकर धामी/उज्यालो, दार्चुला, असार २६ – दार्चुलाका बाढी प्रभावित र पीडितलाई बुधबार चामल बिक्री गरिने भएको छ । दार्चुलाको दत्तुबाट तीन दिनमा १ सय ३३ क्विन्टल चामल पुर्‍याइएको छ ।

  • दुवईमा अलपत्र परेका एक नेपालीको उद्दार

    अबुधावी, असार २६ – कम्पनी मालिक फरार भएपछि यूएईमा डेढवर्षदेखि अलपत्र परेका तीन नेपाली मध्य एक जनाको उद्दार भएको छ । अरु दुई जनाको भने अझै उद्दार हुन सकेको छैन । झापाका वेदप्रसाद तिमल्सिना र ठाकुर आचार्य भने अझै अलपत्र छन् ।

  • बलात्कृत बालिका गर्भवती

    सिरहा, असार २५ – छिमेकी युवकबाट पटक पटक वलात्कृत भएकी एक वालिका गर्भवती भएकी छन् । सिरहाको लालपुर गाविसकी १४ वर्षीया वालिकाको पेट दुखेपछि स्वास्थ्य जाँच गराउँदा गर्भवती भएको खुलेको हो ।

  • वालिकालाई खोलाले बगायो

    दाङ, असार २५ – दाङमा मंगलबार एक जनालाई खोलाले बगाएको छ । राप्तीले अर्घाखाँची जलुके–६ की १० बर्षिया मीरा रोकालाई बगाएको प्रहरीले जनाएको छ । अर्का १० वर्षिय खटु बुढालाई भने स्थानीयले उद्दार गरेका छन् ।

  • विद्यालयले सर्टिफिकेटको रकम फिर्ता दियो

    बर्दिया, असार २५ – बर्दिया धधवारको जनज्योति माध्यामिक विद्यालयले मार्कसिट र सर्टिफिकेट वापत विद्यार्थीसँग लिएको ५ हजार रुपैयाँ फिर्ता दिएको छ । ८ कक्षाको मार्कसिट र सर्टिफिकेट बापत विद्यालयले ५ हजार रुपैयाँ लिएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि फिर्ता दिएको हो ।

  • शिक्षकले नै शिक्षा कार्यालयमा आगो लगाए

    बारा, असार २५ - बाराको कलैयास्थित जिल्ला शिक्षा कार्यालयमा पिसिएफ शिक्षकहरुले आज आगजनी गरेका छन । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको पिसिएफ शिक्षक संघर्ष समिति बारामा आबद्ध पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा मंगलवार दिउँसो आगजनी गरेका हुन ।

  • बसको ठक्करले भारतीय नागरिकको मृत्यु

    भक्तपुर, असार २५ - भक्तपुरबाट काठमाडौंतर्फ जादै गरेको मध्यपुर यातायातको बसले काठमाडौंबाट पेप्सीकोलातर्फ आउदै गरेको एक मोटरसाईकललाई पेप्सीकोलामा ठक्कर दिँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

  • बाढी घटेपछि विस्थापित फर्किए

    भावुक योगी/उज्यालो, बर्दिया, असार २५ – अबिरल बर्षाका कारण डुबानमा परेका बर्दियाका विभिन्न ठाउँका झण्डै डेढ दर्जन परिवार घर फर्किएका छन् । वर्षा रोकिएर नदी र स्थानीय खोलामा बाढी घटेपछि सबै परिवार घर फर्किएका हुन् ।

  • बेल्जियममा पनि ढुकुटीको यस्तो धन्दा बेल्जियममा पनि ढुकुटीको यस्तो धन्दा

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम – ‘आदरणीय बेल्जियम जातीय संगठनका साथीहरु मेरो ढुकुटीको पैसा १५ दिनभित्र मलाई दिनु, घर परिवारको इज्जत राखेर मेरो पैसा दिनु, प्रहरी लगाएर समात्नु नपरोस् ।’

  • कोठाभित्र निसास्सिएर किशोरीको ज्यान गयो

    पुरुषोत्तम गिरी/उज्यालो, सल्यान, असार २५ – सल्यानमा कोठाभित्र धुवाँले निसास्सिएर एक किशोरीको ज्यान गएको छ, एक जना गम्भीर घाइते भएकी छन् । एसएलसीको पूरक परीक्षाको तयारी गर्दै रहेकी त्रिबेणी २ की १७ बर्षिया इन्द्रा बोहराको निसास्सिएर ज्यान गएको हो ।

  • बाढीले बगाउँदा बृद्धको ज्यान गयो

    उदयपुर, असार २५ – उदयपुरको त्रियुगा नगरपालिका—१५ भाण्टाबारीमा कजवेमा लडेर एक बृद्धको ज्यान गएको छ । जलजले सिन्धाली सडक खण्डको भाण्टाबारीमा कजवे तर्न लाग्दा जाल्पा चिलाउने गाबिस ८ का ७२ बर्षीय तुलबहादुर राईको ज्यान गएको हो ।

  • बाढीले पाइप बगाएपछि खानेपानी अभाव

    नवलपरासी, असार २५ – केरुंगे खोलाको बाढीले पाइप बगाएपछि नवलपरासीको कावासोतीमा खानेपानीको अभाव भएको छ । केरुंगे खोलादेखि हात्तिखोर पानी प्रशोधन केन्द्रसम्म बिछ्याइएको पाइप तथा ग्याविङ बगाएपछि पानी अभाव भएको हो ।

  • बाढीले उदयपुर सदरमुकाम जलमग्न बाढीले उदयपुर सदरमुकाम जलमग्न

    उदयपुर, असार २५ – सोमबार रातीदेखिको पानी नरोकिएपछि उदयपुर सदरमुकाम गाईघाट आसपासका क्षेत्रहरु जलमग्न भएका छन् । बाढीले सदरमुकाम गाईघाटका पाँच दर्जन बढी घरटहराहरु डुबाएको छ । त्यस क्षेत्रका अधिकांश घरभित्र पानी पसेको छ ।

  • कास्कीका अधिकांश ग्रामिण सडक अवरुद्ध

    पोखरा, असार २५ – बर्षायाम सुरु भएसँगै कास्कीका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । गत जेठदेखि नै पानी पर्न सुरु भएपछि अधिकांश ग्रामिण रुटमा गाडी सञ्चालनमा रोक लगाइएको बस व्यवसायीले बताएका छन् । गाडी नचल्दा ग्रामिण भेगमा मालसामान ढुवानी गर्न कठिनाई भएको छ ।

  • गाविस र उपस्वास्थ्यचौकीको भवन व्यक्तीको नाममा

    दमन राई/उज्यालो । खोटाङ, असार २५ – खोटाङमा एक गाविस कार्यालय र उपस्वास्थ्यचौकीको भवन व्यक्तीको नाममा रहेको भेटिएको छ । खाल्ले गाविसको भवन स्थानीय नन्दबहादुर कटुवाल र नेर्पामा रहेको उपस्वास्थ्यचौकीको भवन नीरबहादुर राईको नाममा रहेको खुलेको हो ।

  • ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो

    रौतहट, असार २५ – रौतहटको बिर्ताचोकमा सोमबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा सुन व्यवसायी रामबाबु शाह र मोटरसाइकलको पछाडी रहेका मुकेश शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • बाढीपीडितलाई गृहमन्त्रालयले दियो १ करोड

    काठमाडौं, असार २५ – गृहमन्त्रालयले अहिलेसम्म बाढीपहिरो प्रभावित क्षेत्रमा झण्डै एक करोड रुपैयाँ राहत रकम वितरण गरेको छ । मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन शाखाका अनुसार सोमबारसम्म ९५ लाख ५० हजार ६ सय ३९ रुपैयाँ वितरण गरिएको छ ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया