MENU
Ncell Axiata
sagun

समाज

  • एक महिनामा काठमाडौंबाट ४ हजार भन्दा धेरै पक्राउ

    काठमाडौं, असोज ४ – काठमाडौं उपत्यकामा एक महिनादेखि लागू गरिएको विशेष सुरक्षा परिचालनका क्रममा ४ हजार १ सय २७ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ ५ गतेदेखि शुरु भएको विशेष सुरक्षा परिचालन अन्तर्गत ४ सय ५२ जनालाई मुद्दा दायर गरिएको जनाएको छ ।

  • बस दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यू

    प्रकाश पन्त/ उज्यालो । सुर्खेत, असोज ४ – दैलेखबाट सुर्खेततिर आईरहेको बस दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । ना २ ख ९८८९ नम्बरको बस सडककै भित्तामा ठोकिँदा दैलेख बेलपाटा ४ खाडाका २३ वर्षिय सशस्त्र प्रहरी जवान पुरनबहादुर थापा मगरको घटनास्थलमै मृत्यू भएको हो ।

  • महिला हिंसाविरुद्ध उर्लँदो सय करोड अभियान

    काठमाडौं, असोज ४ - दक्षिण एसियाका महिला अधिकारकर्मीहरुले महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि उर्लँदो सय करोड अभियान थाल्ने भएका छन् ।  सेप्टेम्बर २३ अर्थात आउँदो आइतवारका दिन दक्षिण एसिया र नेपालमा एकसाथ यो अभियानको उदघाटन हुने भएको छ । विभिन्न  आयोजक संस्थाहरुको तर्फबाट सञ्चारिका समूहले राष्ट्यि महिला आयोगमा विहीवार  पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

  • वर्षाले अवरुद्ध सडक सेनाले मर्मत गर्दै

    लमजुङ, असोज ४ – लगातार ५ दिनसम्मको बर्षाले ठाउँठाउँमा भत्किएको वेसीशहर–चामे सडक नेपाली सेनाले मर्मत शुरु गरेको छ । सेनाले लमजुङ सदरमुकाम वेसीशहर र चण्डिस्थान गाविसको सिमाना पुमाखोलाबाट सडक मर्मत थालेको हो ।

  • भोक हड्तालमा बसेका उखु किसानको अवस्था गम्भीर

    मदन ठाकुर/उज्यालो । रौतहट, असोज ४ – भोक हड्तालमा बसेका उखु उत्पादक संघ रौतहटका अध्यक्ष जयनाथ यादवको अवस्था गम्भीर बनेको छ । श्रीराम सुगर मिल रौतहटले उखु खरिद गरेबापत किसानको झण्डै २० करोड रुपैयाँ नतिरेपछि अस्तिदेखि किसानहरु भोक हड्तालमा बसेका थिए ।

  • घरेलु मदिरा सेवनबाट ज्यान गयो

    सिरहा, असोज ४ – अत्याधिक घरेलु मदिरा सेवनका कारण सिरहाको जमदह १ मा एकजनाको ज्यान गएको छ । दुई दिनदेखि खाना समेत नखाई रक्सी मात्र पिएर बेहोस भएका ५५ वर्षिय खुद्रा सदाय मुसहरको उपचारको क्रममा ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

  • नारायणीको बाढीले २० गाउँ जोखिममा

    नवलपरासी, असोज ४ – नारायणी नदीमा आएको बाढीका कारण नवलपरासीका २० भन्दा बढी गाउँ जोखिममा परेका छन् । नरसहीमा रहेको स्पर नम्बर  १२ मा कटान भएपछि  नरसही, पकलिहवा, प्रतापपुर, गूठी परसौनी, बैदौली र गुठी सुर्यपुरा गाविसका २० भन्दा बढी गाउँहरु जोखिममा परेका हुन् ।

  • आजदेखि काठमाडौमा लिटरेचर फेस्भिवल

    काठमाडौ, असोज ४ – काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि साहित्यिक महोत्सव शुरु हुँदैछ । बुकवर्म ट्रस्ट र एनसेलको आयोजनमा शुरु हुने ‘एनसेल नेपाल लिटरेचर फेस्टिभल’ चार दिनसम्म चल्नेछ । साहित्यिक कार्यक्रममा नेपाल र भारतका लेखक तथा साहित्यकारको जमघट हुने आयोजकले जनाएको छ ।

  • हिन्दु महिलाहरु ऋषिपञ्चमी मनाउँदै

    काठमाडौ, असोज ४ – आज भाद्र शुक्ल पञ्चमी, नेपाली हिन्दु महिलाले ऋषिपञ्चमी पर्व मनाउँदैछन् । तीजको व्रत लिएका महिलाले बिहीबार नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई नुहाउने चलन छ ।

  • गाडीको ठक्करबाट काठमाडौमा दुइ जनाको ज्यान गयो

    काठमाडौ, असोज ४ – काठमाडौमा बुधवार राती भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सिंहदरबारको पश्चिमी गेट अगाडि बा १ घ ४७ ६२ नम्बरको ट्याम्पोले ठक्कर दिँदा गम्भीर घाईते भएका नेपाली सेनाका अमल्दार टंकबहादुर केसीको उपचारका क्रममा बिहीबार बिहान मोडेल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

  • घर फर्किन भारतमा बेचिएकी चेली

    वृजराज कुशवाहा/ उज्यालो । नवलपरासी, असोज ३ – भारतको अर्केस्ट्रा पार्टीमा बेचिएकी नवलपरासी रुपौलिया की १९ वर्षीया युवती भागेर नेपाल आउन सफल भएकी छन् । घर आएपछि आफुलाई बेच्ने महिलामाथि कार्वाहीका लागि दिएको उजुरी जिल्ला प्रहरी कार्यालय नवलपरासीले दर्ता गर्न नमानेपछि पीडित युवती बिचल्लीमा परेकी छन् ।

  • बुबाको काजक्रिया गर्न नदिने ४ जना पक्राउ

    लेखनाथ खतिवडा/ उज्यालो । पाँचथर, असोज ३ – तल्लो जातसँग विवाह गरेको भन्दै पाँचथर पंचमीको एक दम्पत्तिलाई पिताको काजक्रिया गर्न नदिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्जातीय विवाह गरेका लोकेन्द्र सिगु र उहाँकी पत्नी संगीता खातीलाई दुर्व्यवाहार गर्ने जस बहादुर सिगु, खगेन्द्र सिगु, दिपेन्द्र सिगु र अमृत सिगुलाई प्रहरीले पक्राउ गरेको हो ।

  • समयमै उपचार नपाउँदा गर्भवति महिलाको मृत्यु

    प्रकाश पन्त/उज्यालो । बीरेन्द्रनगर, असोज ३ - समयमै उपचार नपाएर सुर्खेतको कालागाउँस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा वुधवार एक जना गर्भवती महिलाको ज्यान गएको छ । सुत्केरी वेथाले च्यापे पछि दिउँसो १२ बजेतिर अस्पताल लगिएकी सुर्खेतको कल्यान ८ गंगटेकी १६ बर्षिय राधिका बिकको ज्यान गएको हो ।

  • व्यवस्थापन समितिले दुर्व्यवहार गरेको भन्दै शिक्षकद्वारा विद्यालय बन्द

    दमन राई/ उज्यालो । खोटाङ, असोज ३ – व्यवस्थापन समितिका अध्यक्षले धम्की दिएको तथा दुर्व्यवहार गरेको बिरोधमा शिक्षकहरुले खोटाङको एक विद्यालय बन्द गरेका छन् । खार्मीमा रहेको जालपा निमावि व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार राईले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरुले आगामी भदौ ८ सम्मका लागि विद्यालय बन्द गरेका हुन् ।

  • खुकुरी प्रहारबाट युवाको मृत्यु

    सोलुखुम्बु , असोज ३  खुकुरी प्रहारबाट सोलुखुम्बुमा एक युवाको ज्यान गएको छ । स्थानीय २१ वर्षीय भूपेन्द्र राईको खुकुरी प्रहारबाट देउसा–८ का २७ वर्षीय गदलबहादुर राईको ज्यान गएको हो । रक्सी खाएपछि भएको विवादका क्रममा भूपेन्द्रले गदलबहादुरलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

  • पढाई खर्चको माग गर्दै सिंहदरबार आत्मदाह गर्ने चेतावनी

    काठमाडौं असोज ३ - दुवै हात र एक खुट्टा नभएका भौनेली गाविस ८ वैतडीका नन्दराज भट्टले सरकारले पढाई खर्च वा पढाईको लागि जागिरको व्यवस्था नगरे सिंहदरबारको मूल गेट अगाडि आत्मदाह गर्ने चेतावनी दिनुभएको छ । उहाँले विहिबार ११ बजेदेखि सिंहदरबारको मूल गेटमा आमरण अनसनमा बस्ने र माग सम्बोधन गरिएन भने आमरण अनसन मै आत्मदाह गर्ने चेतावनी दिनुभयो ।

  • माइत गएकी चेली घर फर्कदा लुटिइन्

    प्यूठान, असोज ३ - तीज मानेर माइतबाट घर फर्कदै गर्दा प्यूठानमा एक युवती बाटोमै लुटिएकी छिन् । लुङ–१, गुजुन्ने निवासी माधवा राना तुषारामा लुटिनुभएको हो । बांगमरोठ–२ वाङ्गेफेदी माइतबाट घर फर्कदै गर्दा तुषाराको जंगलबीचको उकालोमा लुटिएको उहाँले बताउनुभयो ।

  • खोलाले बगाउदा एकको ज्यान गयो

    सिन्धुली, असोज  ३ - सिन्धुलीको तीनपाटन क्षेत्रमा पर्ने चदाह खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । खोलाले बगाउँदा सिन्धुलीको भिमस्थान ३ का ३५ वर्षिय कृष्णबहादुर बुढाथोकीको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।

  • सिडीओ नहुँदा पहिरो पीडितले राहत पाएनन्

    जाजरकोट, असोज ३ - राहत दिने निर्णय भएको तीन साता वित्न लाग्दा पनि जाजरकोट डाँडागाउ ३ चिउरीका पहिरो पिडित ३८ घरपरिवारले राहत पाउन सकेका छैनन् । तालिममा काठमान्डौ गएका प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकी नफर्कदा उनीहरुले राहत नपाएका हुन् ।

  • प्रसूती गृहको शल्यक्रिया सेवा सञ्चालनमा

    काठमाडौं, असोज ३ - चार दिनदेखि बन्द काठमाडौं थापाथलीमा रहेको परोपकार प्रसूती गृहको शल्यक्रिया सेवा खुलेको छ । अपरेशन थिएटरमा संक्रमण भएको भन्दै अस्पतालले गएको शनिबारदेखि सूचना निकाली शल्यक्रिया सेवा बन्द गरेको थियो । वुधवारदेखि सहज रुपमा बिरामीको शल्यक्रिया सुरु भएको अस्पतालका प्रशासक अमर अमात्यले जानकारी दिनुभयो ।

  • मौसममा सुधारको संकेत

    काठमाडौं, असोज ३ - बुधवारदेखि मौसममा सुधार आउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने क्रम पनि कम हुने मौसमविद् राजु प्रधानले जानकारी दिनुभयो । काठमाडौं उपत्यका र पूर्वी पहाडी जिल्लामा दिउँसो र बेलुकी पख आंशिक बद्ली भई हल्का पानी पर्ने सम्भावना छ  । धेरै पानी परेको पश्चिमी क्षेत्रमा भने आज मौसम सफा रहनेछ ।

  • न्यूरोडका ब्यापारीसँग पैसा असुल्ने ४ सशत्र प्रहरीसहित ७ पक्राउ

    काठमाडौं, असोज २ - न्यूरोडका ब्यापारीहरुलाई बन्धक बनाएर पैसा असुल्ने काममा सम्लग्न ४ जना सशत्र प्रहरीसहित ७ जनालाई प्रहरीले पक्रेको छ । ब्यापारीलाई सुरक्षा निकायको परिचयपत्र देखाएर धम्की दिदै बन्धक बनाएर पैसा असुली गर्नेहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो ।

  • दुर्घटनामा तीनको मृत्यु १४ घाईते

    धनगढी २ असोज - कैलालीमा पर्ने पूर्वपश्चिम राजमार्गको बल्मी र कञ्चनपुरको झलारी सडक खण्डमा भएका छुट्ट छुटटै दुर्घटनामा ३ जनाको ज्यान गएको छ  भने अरु १४ जना घाईते भएका छन । कैलालीको बल्मीमा भएको दुर्घटनामा बेलादेवीपुर गाविस वडा नं ६ बल्मीका तपराज जोशीको ज्यान गएको छ भने कञ्चनपुरको दुर्घटनामा पनि कैलाली टीकापुरकी १८ वर्षिया ईन्दिरा साउदको ज्यान गएको छ ।

  • राजमार्गमा सक्रिय लुटेरा पक्राउ

    धादिङ,२ असोज - धारिलो हतियार देखाई धादिङ जिल्ला नौविसे गाविसको टायलघर स्थित  त्रिभुवनराजथवाट ट्रक चालकलाई लुटेको आरोपमा ५ जना युवालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।  सोमवार राती २ वजे तिर काठमाडौवाट हेटौडा जांदै गरेको ना ३ ख ३९४१ नम्बरको ट्रकका चालक मकवानपुर जिल्ला हांडीखोला घर भएका देवलाल स्याङतानलाई नियन्त्रणमा लिई धारिलो हतियार देखाई लुटेर भाग्दै गरेका ५ जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि सार्वजनिक गरेको हो ।

  • पर्वतका युवा रसियामा अलपत्र

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असोज २  युरोप छिर्ने र रसियामा राम्रो तलब पाईने झुठो आश्वासनमा रसियामा पुगेका १२ जना युवा अलपत्र परेका छन । दलाल मार्फत मस्को पुगेका पर्वत र छिमेकी जिल्लाका युवाहरु अलपत्र परेका हुन । उनीहरुलाई दलालले दुई महिना पहिले र एक हप्ता पहिले गरी २ पटकमा रसिया पु¥याएका थिए । सबैले ६ लाख रुपैयाँ दलाललाई बुझाएर मस्को आएको बताएका मस्कोमा डेढ दशकदेखि ब्यवसाय गर्दै आएका रामेश्वर गौतमले टेलिफोनमा जानकारी दिनुभयो ।

  • सहकर्मी पक्राऊको बिरोधमा मालपोतका कर्मचारी आन्दोलनमा

    भक्तपुर, असोज २ - मध्यपुरथिमि नगरपालिका वडा नं.१६ लोकन्थलीमा विरमानन्द अग्रवालको नाममा रहेको १५ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने तीन रोपनी ६ आना जग्गा किर्ते गरि बिक्री गर्न खोज्ने समूहमा आवद्ध रहेको आशंकामा पक्राऊ परेका मालपोत कर्मचारीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै भक्तपुर जिल्ला मालपोत कार्यालय मंगलवार बन्द गरिएको छ ।

  • आर्थिक अभावले विद्यालय बन्द हुन लाग्यो

    भोजपुर, असोज २ - शिक्षकहरुलाई तलब दिन स्रोतको अभावमा भोजपुरको तिम्मा गाउँ विकास समितिस्थित जीवन सुधार निम्न माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । चार वर्षअघि जिल्ला शिक्षा कार्यालय भोजपुरबाट अनुमति लिएर निम्न माध्यमिक तह सञ्चालनमा ल्याईएकोमा तलब दिन पैसा अपुग हुन थालेपछि विद्यालय नै संकटमा पुगेको प्रधानाध्यापक शम्भु राउतले बताउनुभयो ।

  • प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत दिन माग

    काठमाडौं, असोज २ - राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्तिमा परेका कैलाली लगायत देशका विभिन्न भागका नागरिकको उद्धार गर्न र राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ । अविरल वर्षाले कैलाली लगयात देशका अरु भागमा भएको डुबान एवम् बाढीपछि सिर्जित अवस्थाप्रति आयोगले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएको हो ।

  • पशुपतिमा तीजको रमझम (फोटो फिचर) पशुपतिमा तीजको रमझम (फोटो फिचर)

    काठमाडौं, असोज २ - हिन्दु महिलाहरु उल्लासका साथ हरितालिका तीज मनाउँदैछन् । तीजको अवसरमा काठमाडौंका पशुपतिसहित देशभरीका शिव मन्दिरमा दर्शनार्थी महिलाको घुईंचो लागेको छ । पशुपति सहित बिभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा जम्मा भएर महिलाहरुले तीजसम्बन्धी गीत, भजन र चुट्का पनि गाइरहेका छन् । तीजको अवसरमा महिलाहरु सौभाग्यसूचक धागो, पोते, टीका, गरगहना र रंगीचँगी कपडा पहिरिएर शिवमन्दिरहरुमा भेला भएर नाचगान गरिरहेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरमा तीज मनाउँदै गरेका महिलाहरुको फोटो फिचर । विदेशमा ...

  • गोरखाका ग्रामीण कच्ची सडकमा यातायात अवरुद्ध

    गोरखा, असोज २ - अबिरल बर्षाका कारण गोरखाका ग्रामीण कच्ची सडकहरुमा यातायात सेवा अवरुद्ध भएको छ । विगत तिनदेखिको अविरल वर्षाका कारण ठाउँ ठाउँ पहिरो गएको ,बाटो भत्किएको र बाटो हिलिएको कारण गोरखाका कच्ची सडकहरुमा यातायत अवरुद्ध भएको हो ।

  • पानीको दर खाएर तीजको व्रत

    रमेश गिरी/उज्यालो । काठमाडौं, असोज २ - हुनेखाने परिवारका महिलाहरुले महिना दिन अघिदेखि दर खाएर तीज मनाएका छन् भने  हुँदामात्र खाने महिलाले पानी मात्र दर खाएर तीज मनाएका छन् । सोमबार बेलुका आफूले र आफ्ना बालबच्चाले बाध्य भएर पानीको दर खाएर तीजको व्रत बस्नु परेको भक्तपुरको सुर्यविनायकमा अगाडि नाङ्लो पसल राखेर बसेकी  कल्पना थापाले बताउनुभयो ।

  • हामीले अनुमति लिएका कोर्ष मात्र सञ्चालन गरेका छौं : सफ्टवेरिका

    काठमाडौं, असोज २ - काठमाडौंको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले आफूहरुले शिक्षा मन्त्रालयसँग अनुमति लिएका कोर्ष मात्र पठन पाठन गराइरहेको बताएको छ । शिक्षा मन्त्रालयले सोमवार अनुमति बिना चलेका कलेज र अनुमति नलिईकन विदेशी विश्वविद्यालयका कोर्ष सञ्चालन गरिरहेका कलेज बन्द गर्ने चेतावनी दिँदै त्यस्ता कलेजको सुचि सार्वजनिक गरेको थियो ।

  • बेल्जियममा नेपाली दिदीबहिनीको तीज (फोटो फिचर) बेल्जियममा नेपाली दिदीबहिनीको तीज (फोटो फिचर)

    असोज २ - बेल्जियमको बु्रज शहरका नेपालीहरुले तीज मनाएका छन् । यहाँ वस्दै आएका नेपाली दाजु भाइले नेपाली चेलीहरुलाई दर खुवाएका थिए । बेल्जियममा रहेका नेपाली महिलाहरु रातो साडीमा सजिएर दर खाने स्थानमा पुगेका थिए । त्यहाँ उनीहरुले नाचगान गरेर रमाइलो पनि गरे । त्यही रमाइलोका केही तस्विरहरु । तस्विर : सन्तोष न्यौपाने/उज्यालो यो पनि हेर्नुहोला : कतारमा मनाए नेपाली महिलाले तिज (फोटो फिचर)...

  • तीजको अवसरमा हलेसीमा महिलाको घुँईचो

    दमन राई/उज्यालो । खोटाङ, असोज २ - पूर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसीमा तीजनको अवसरमा मंगलवार विहानैदेखि पुजाआजा गर्ने महिला दर्शनार्थीको घुँईचो लागेको छ । हलेसीमा दर्शन गर्न तथा मेला भर्न नेपालका बिभिन्न ठाउँबाट हजारौं महिला भक्तजनहरु आएका छन् । किरात, बौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिबेणी स्थलकारुपमा मानिदै आएको हलेसीमा महिला भक्तजनले बिहानैदेखि संगिनी, बालन, झ्याउरे गीत गाउँदै महादेबको पूजाआजा गरिरहेका छन् ।

  • हरितालिका तीज मनाइँदै

    काठमाडौं, असोज २ - मंगलवार हरितालिका तीज । हिन्दू महिलाहरुले शिवको पूजा आराधना गरी धुमधामसँग यो पर्व मनाउँदैछन् । बिभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा जम्मा भएर महिलाहरुले तीजसम्बन्धी गीत, भजन र चुट्का पनि गाइरहेका छन् । तीजमा व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने दिनको अघिल्लो दिनमै बिभिन्न परिकार तथा मिष्ठान्नहरु तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ ।

  • स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गयो

    स्याङ्जा, असोज २ - स्याङ्जामा सोमवारराती पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । कारिकोटचण्डीभञ्ज्याङ्ग ७ धरादीका ओमप्रसाद सुवेदीको घर पहिरोले बगाउँदा उहाँकी श्रीमती र छोराछोरी सबैको ज्यान गएको हो ।

  • अनुमति बिना चलेका कलेजको नालीबेली अनुमति बिना चलेका कलेजको नालीबेली

    सूर्यकुमार क्षेत्री/उज्यालो । काठमाडौं, असोज १ - तपाइले टेलिभिजन, पत्रपत्रिका र इन्टरनेटमा कलेजहरुका झकि झकाउ बिज्ञापन पक्कै देख्नुभएको होला । त्यसरी देखाइएका बिज्ञापनमा  विदेशका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर विविए, एमविए, बिएस्सी, बिएचएम लगायतका कोर्ष पढाउने उल्लेख छ । तर त्यो विज्ञापनकै भर परेर तपाई ती कलेजमा अध्ययन गर्दै हुनुहुन्छ वा अध्ययन गर्ने सोचाईमा हुनुहुन्छ भने एक पटक सोच्नुहोस है ।

  • मातृ तथा बाल पोषण सुधारको कार्यक्रम तिब्र पारिने

    काठमाडौं, असोज १ - सरकारले पाँच वर्षमा मातृ तथा बाल पोषणको अवस्था सुधार गरी मातृ मृत्युदर एक तिहाइले कम गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोग, सातवटा विभागीय मन्त्रालय र प्रमुख सरोकारवालाले मातृ तथा बाल पोषण सुधार तीब्र पार्न प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

  • मामा पर्नेसँग विहे गर्ने २४ वर्षपछि पक्राउ

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, असोज १ चौविस वर्षअघि नै अदालतले ८ महिना ६ दिनको कैद सजायँ सुनाए पनि फरार एकजना अभियुक्तलाई गोरखामा प्रहरीले पक्राउ गरेको छ । आफ्नै मामा नाता पर्नेसंग बिहे गरेको कारण कैद सजायँ तोकिएका गोरखा धुवाकोट गाउँ विकास समिति वडा नं ५ बस्ने ४५ वर्षिया भक्तिमाया नहर्कीलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो  ।

  • कलेजमा भएको तोडफोडको विरोधमा शैक्षिक संस्था बन्द

    धनगढी, असोज १ - चन्दा नदिएको भन्दै विद्यालयमा तोडफोड गर्ने अखिल क्रान्तिकारीका कार्यकर्तालाई स्थानीय प्रशासनले पक्राउ गरि कारबाही नगरेको भन्दै कञ्चनपुरका सम्पूर्ण शैक्षिक संस्थाहरुमा अनिश्चितकालका लागि बन्द आह्वान गरिएको छ । प्याब्सन कञ्चनपुरको कार्यालयमा बसेको जिल्लास्थित विभिन्न शैक्षिक संगठनहरुको सोमवारको बैठकले मंगलवारदेखि कञ्चनपुरका प्राविदेखि उच्च माविसम्मका सबै शिक्षण संस्था अनिश्चितकालिन रुपमा बन्द गर्ने निर्णय गरेको एन व्याब्सन कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीले जानकारी दिनुभयो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया