MENU
Ncell Axiata

समाज

  • काम खोज्न भन्दै भारत हिँडेका ९ जना वालकको उद्धार

    राजेन्द्र कार्की/ उज्यालो । जाजरकोट, जेठ १७ – रोजगारीको लागि भन्दै भारत जाँदै गरेका जाजरकोटका नौ जना वालकलाई इलाका प्रहरी कार्यालय चौरजहारीले उद्धार गरेको छ । खलंगा वडा नम्बर २ र ७ का नौ जना वालकलाई प्रहरीले बुधबार बिहान चौरजहारीबाट उद्धार गरेको हो ।

  • नागरिक दवावपछि बल्ल उठ्यो फोहोर

    विराटनगर,  जेठ १७ – बन्द लगायतका कारण देखाउँदै विराटनगर उपमहानगरपालिकाले लामो समयदेखि नउठाएको फोहोर बुधबारबाट उठाउन सुरु गरेको छ । दुई साता अघि देखि फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको भन्दै फोहोर उठाउन चौतर्फी नागरिक दवाव परेपछि उपमहानगरपालिकाले फोहोर संकलन र व्यवस्थापन गर्न सुरु गरेको हो ।

  • डोटी जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    डोटी, जेठ १७ – डोटीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेका संख्या १२ पुगेको छ । डोटीको साजघाटबाट जिल्ला सदरमुकाम सिलगढीका लागि छुटेको ना १ ज ३२६१ नम्बरको जीप बुधबार बिहान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो ।

  • प्रहरीले ज्यादती गरेको भन्दै बजार बन्द

    नुवाकोट, जेठ १७ – प्रहरीले ज्यादती गरेको भन्दै स्थानीय वासिन्दाले बुधवार नुवाकोटको बट्टार बजार बन्द गराएका छन् । तीन जना चढेको मोटरसाइकल प्रहरीले समाएपछि स्थानीय युवा र प्रहरीवीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक मनोज लामा सहित ७ जना र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ सहित ३ जना स्थानीय युवा घाइते भएका थिए ।

  • बस दुर्घटनामा २ घाइते

    प्यूठान, जेठ १७ –प्यूठानमा बुधवार बिहान भएको बस दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान सदरमुकाम खलंगा आउँदै गरेको बस सिमलचौरमा दुर्घटना भएको हो ।

  • ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

    उदयपुर, जेठ १७ – उदयपुरको त्रियुगा नगरपालिका ११ मा बुधवार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै ज्यान गएको  छ । सिराहाको लाहानबाट गाईघाट तर्फ इटा लिएर आउदै गरेको ध १ त १३० नम्बरको ट्याक्टर बिहान साढे १० बजे दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १६ राजाबासका उमेश दनुवारको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी नरेन्द्रप्रसाद उपे्रतीले जानकारी दिनुभयो ।

  • बस चालकलाई कर्तव्य ज्यान मुद्दा

    नेपालगञ्ज, जेठ १७ – नेपालगञ्जका अधिकारकर्मी भजन चौधरीलाई ठक्कर दिने माइक्रो बसका चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दा लगाउने भएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ अधिकृत चौधरी मर्निंङ्गवाकमा रहेको बेला मंगलबार विहान माइक्रोबसले गणेशमानचौकमा ठक्करदिएपछि ज्यान गएको थियो ।

  • प्रहरी प्रदर्शकारी बीच झडप

    आशिष विश्वकर्मा/उज्यालो । सिरहा, जेठ १७ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहा बडहरामालको बस्तीपुरमा प्रहरी र प्रदर्शकारीबीच झडप हुँदा प्रहरी सहित १५ जना घाईते भएका छन् ।  इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राजकुमार कार्की लगायत तीनजना प्रहरी  र १२ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

  • डोटीमा जीप दुर्घटना, १० जनाको ज्यान गयो

    डोटी, जेठ १७ – डोटीमा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । बुधवार विहान डोटीको शान्तिनगरबाट सिलगढीका लागि छुटेको ना १ ज ३२६१ नम्बरको जीप शान्तिनगर नजिक पल्टिएर भएको दुर्घटनामा १६ जना घाइते भएक प्रहरीले जनाएको छ ।

  • महिलाको बेवारिसे शव भेटियो

    नेपालगञ्ज, जेठ १७ – बाँकेको परस्पुर ७ मा एक युवतीको बेवारिसे शव फेला परेको छ । मानसिक सन्तुलन ठिक नभएको नाम र ठेगाना खुल्न नसकेको महिलाको शव मंगलवार राती फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • जथाभावी फोहोर फाल्ने सुपरमार्केट कारबाहीमा

    काठमाडौ, जेठ १७ – जथाभावी फोहोर फाल्ने काठमाडौमा रहेको भाटभटेनी सुपर मार्केट र बबरमहलमा रहेको एक रेष्टुरेन्टलाई काठमाडौ महानगरपालिकाले कारबाही गरेको छ । जथाभावी फोहोर फाल्दै गरेको अवस्थामा बुधवार बिहान फेला परेपछि कार्बाही गरिएको फोहोरमैला व्यवस्थापन तथा वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।

  • पहिरोले मेची राजमार्ग अवरुद्ध

    ताप्लेजुङ, जेठ १७ –  ठाउँठाउँमा गएको पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्डमा यातायातका साधनहरु रोकिएका छन् । सदरमुकाम फुङलिङबाट छुटेका बस तथा अरु सवारी  साधनहरु ताप्लेजुङ खण्डको सेसम्बुमा गएको पहिरोमा रोकिएका यात्रु भोमादेबी पोखरेलले टेलिफोन गरेर जानकारी दिनुभएको छ ।

  • ट्राफिकलाई ठक्कर दिएर भाग्ने बस चालकलाई सार्वजनिक मुद्दा

    तनहुँ, जेठ १६ - महिला ट्राफिक प्रहरीलाई ठक्कर दिएर भागेका बस चालकलाई तनहुँ प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको छ । दमौली–छाब्दीमा चल्ने ना ३ ख ८३२३ नम्बरको बसका चालक लालबहादुर नेपालीलाई प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्दा लगाएको हो । छतभरी यात्रु लिएर छाब्दी जान लागेको बसलाई कारवाही गर्न खोज्दा ट्राफिक प्रहरी शरणकुमारी तामाङलाई ठक्कर दिएर बसका चालक भागेका थिए ।

  • आइसक्रिममा सिसा! आइसक्रिममा सिसा!

    राधाकृष्ण डुम्रे/ उज्यालो । स्याङजा, जेठ १६ – तपाईँ आइसक्रिमको पारखी हुनुहुन्छ भने साबधान हुनुपर्ने भएको छ । जिब्रोले चाटेर आनन्द लिँदै खाइने आइसक्रिममा सिसा भेटिएको छ ।

  • जग्गा भाडामा दिँदा पारदर्शिता अपनाउन परिपत्र

    चितवन, जेठ १६ - विद्यालय सम्पत्ति संरक्षण समितिको निणय अनुसार जिल्ला शिक्षा कार्यालय चितवनले जिल्लामा रहेका सामुदायिक विद्यालयलाई आफ्नो मातहतमा रहेका जग्गा तथा सटरकोठाहरु भाडामा दिदा पारदर्शी प्रकृया पुरा गर्न परिपत्र गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी तथा विद्यालय सम्पत्ति संरक्षण समित चितवनका अध्यक्ष गणेशराज कार्कीको अध्यक्षतामा जेठ १२ गते बसेको बैठकले यसअघि भाडामा दिएको अवधि समाप्त भई पुन भाडामा दिनु पर्दाको अवस्थामा विद्यालयलाई अधिकतम हित हुने गरी प्रचलित नेपाल कानुन बमोजिम सूचना प्रकाशित गरी  प्रकृयागत रुपमा भाडामा दिन निर्देशन गरेको थियो ।

  • भाइद्वारा दाइको हत्या

    रुपन्देही, जेठ १६ - रुपन्देहीमा एक जनाले आफ्नै दाईको हत्या गरेका छन । प्रहरी चौकी मंगलापुरका प्रहरी सहायक निरीक्षक युवराज पाण्डेका अनुसार गंगोलिया गाउ विकास समिति वडा नं. ५ जमुहानीका २५ वर्षिया मिरदलले दाई ४० वर्षिय दुखे हरिजनको हत्या गरेका हुन् । घरायसी विवादमा दुखेको हत्या भएको प्रहरीले जनाएको छ । मृतकको शरिरमा निला डाम र घाउहरु रहेको प्रहरीले जनाएको छ ।

  • दुर्घटनामा ३ जना गम्भीर घाईते

    तनहुँ ,जेठ १६ – तनहुँको सदरमुकाम दमौलीबाट सारङ्गघाट गईरहेको ग १ ख ३८२३ नंबरको वस कोईदीमघाट भन्ने ठाउँमा पल्टिदा ३ जना गम्भीर घाईते भएका छन् । १२ जना सामान्य घाइते भएका छन् ।

  • माइक्रोवसको ठक्करले अधिकारकर्मीको निधन

    नेपालगञ्ज, जेठ १६ – माइक्रोबसको ठक्करबाट नेपालगञ्जमा इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ अधिकृत भजन चौधरीको ज्यान गएको छ ।  मर्निंङ्गवाकमा रहेका चौधरीलाई मंगलवार विहान साँढे ५ बजेतिर गणेशमानचोकमा माइक्रोबसले ठक्कर दिएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।

  • दुर्घटनामा बालिकाको ज्यान गयो

    नवलपरासी, जेठ १६ – नवलपरासीमा सोमबार राती भएको दुर्घटनामा एक वालिकाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको आर जे ०२ जी ए ५१४५ नंबरको ट्रकले पूर्वपश्चिम राजमार्गको पञ्चनगर भुतहामा ठक्कर दिँदा ५ वर्षीया बालिका आरती चौधरीको ज्यान गएको हो ।

  • संविधान नबनेपछि दाह्री कपाल काटेर नेताहरुलाई उपहार संविधान नबनेपछि दाह्री कपाल काटेर नेताहरुलाई उपहार

    भरत खड्का/उज्यालो । उदयपुर, जेठ १६ – संविधान घोषणा भएपछि मात्र दाह्री, जुंगा र कपाल काट्ने घोषणा गरेका उदयपुरका धनराज कार्कीले निरास भएर सोमबार आफ्नो कपाल र दाह्रिजुंगा काट्नुभएको छ । २०६५ सालमा संविधानसभाको निर्वाचन भएपछि दाह्री कपाल पाल्नुभए त्रियुगा नगरपालिका ११  लालपत्ताका कार्कीले २०६९ सालको जेठ १४ गते संविधान घोषणा भएपछि दाह्री कपाल काट्ने तयारी गर्नुभएको थियो ।

  • जेठ १४ को अन्यौल सकिएपछि विद्यालय खुले

    काठमाडौ, जेठ १६ – एक हप्तादेखि बन्द भएका सरकारी विद्यालय आजदेखि खुलेका छन् । जेठ १४ को आसपासमा भएका राजनीतिक अन्योलका कारण विद्यालय बन्द गरिएको थियो । शैक्षिक क्षेत्रमा असर पुग्ने गरी भइरहेका बन्द हड्ताल रोकिएकाले अब निर्वाध रुपमा बिद्यालय सञ्चालन हुने सरोकारवालाहरुले बताएका छन् ।

  • सगरमाथा आरोहीलाई निशुल्क खाने बस्ने ब्यवस्था

    काठमाडौ, जेठ १६– पाँचौ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मंगलवार मनाईंदैछ । सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा सरकारले गएको पाँच वर्षदेखि मे २९ तारिखलाई  सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ ।

  • नक्कली भारु सहित पक्राउ

    काठमाडौं, जेठ १५ - प्रहरीले नेपाली नागरिक असिन मियालाई ठुलो परिमाणमा नक्कली भारतीय रुपैया सहित काठमाडौंबाट पक्रेको छ । शारजाहबाट काठमाडौं आएका मियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६९ लाख ७२ हजार नक्कली रुपैया सहित पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । बाराको महेशपुर ७ का मियाले कालो रंगको ब्यागभित्र फल्स बटम बनाई चिया तथा कुकीजको बट्टामा नक्कली नोट राखेर ल्याउदै गरेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • संविधान सभाको स्वस्ती-शान्ति ! संविधान सभाको स्वस्ती-शान्ति !

    भावुक योगी/उज्यालो । बर्दिया, जेठ १५ - पहिलो पटक तोकिएको २ वर्षको समयमा संविधान निर्माण नभए पछि २ वर्षअघि देखि नै संविधानसभा मरिसकेको भन्दै ६ सय १ जना सभासदको श्राद्ध गर्दै हिड्ने वर्दियाका राकेशकुमार शर्माले सोमवार स्वस्ती शान्ति गर्नुभएको छ । लरियाको राधाकृष्ण चोकमा स्वस्तीशान्ति गरेका शर्माले जेठ १४ मा संविधान सभाको म्याद सकिएको र सभासद्हरुको आत्मा सत्ता र भत्तामा भड्किरहेकाले संविधानसभालाई चोख्याउन पञ्चवारुणी होम समेत गरेको बताउनुभयो ।

  • अझै प्रदेशको नाम सिफारिस गर्दै ! अझै प्रदेशको नाम सिफारिस गर्दै !

    काठमाडौं, जेठ १५ - संविधान नै जारी नगरी संविधानसभा विघटन भई नयाँ चुनावको घोषणा भईसकेको अवस्थामा पनि प्रदेशको नाम सिफारिस गर्ने र प्रदेशका लागि दवाव दिने क्रम रोकिएको छैन । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी र सगरमाथा जस्ता राष्ट्रिय सम्पदाहरुका नामबाट प्रदेशहरुको नामकरण गर्नुपर्छ भन्ने मान्यताका साथ गणतन्त्र दिवसको अवसर पारेर लुम्बिनी प्रादेशिक मञ्च नेपालले सोमवार काठमाडौंको भृकुटीमण्डपमा शान्ति सभा गरेको छ ।

  • बेल्जियममा नयाँ राजुदतको पहिलो कार्यक्रम नै खल्लो

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, जेठ १५ - वेल्जियमका लागि नव नियुक्त नेपाली राजदुत राममणी पोखरेलले दुतावासका तर्फबाट आयोजना गरेको पहिलो कार्यक्रम नै विवाद भएपछि खल्लो भएको छ । लोकतन्त्र दिवसको अवसरमा नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा दुतावासका मिनिस्टर काउन्सलर कुमारराज खरेलले दुतावासको कार्याक्रममा राजनीतिक मन्तव्य नराख्न आग्रह गरेपछि माओवादी निकट नेपाली जन प्रगतिशिल मञ्चका अध्यक्ष सुरेन्द्र भुषालले त्यसमा आपत्ति जनाउनु भएको थियो ।

  • आठ दिनमा तीनपटक सगरमाथा चुचुरोमा

    सोलुखुम्बु,  जेठ १५ - सोलुखुम्बुको केरुङ–४ का ५१ वर्षीय कामी शेर्पाले आठ दिनमा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । पाँच दिनमा दुईपटक सगरमाथा आरोहण गरेपछि आठौं दिनमा तेस्रोपटक सफल आरोहण गरेको उहाँले जानकारी दिनुभयो ।

  • भ्यान पल्टिदा एकजनाको ज्यान गयो

    धादिङ, जेठ १५ – धादिङ्गको पीडा गाउँ बिकास समिति वडानम्बर ३ खहरेखोलामा तरकारी बोकेको भ्यान पल्टिदा एक जनाको ज्यान गएको छ । नौ जना घाईते भएका छन् । सोमबार बिहान ११ बजेतिर भएको दुर्घटनामा गाडी मालिक स्थानीय विष्णु घिमिरेको ज्यान गएको हो ।

  • पूर्वमा सुरक्षा सतर्कता बढाइयो

    विराटनगर, जेठ १५ – संविधानसभा बिघटन भएपछिको अन्यौलपूर्ण अवस्थामा पूर्वाञ्चलमा सुरक्षा सतर्कता बढाइएको छ । पूर्वाञ्चलका सम्पुर्ण जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । अन्यौलको अवस्थामा सुरक्षाकर्मीलाई बिदा जानबाट रोक लगाइएको र बिदामा रहेकाहरुलाई कार्यालयमा फिर्ता बोलाइएको प्रहरीले बताएको छ ।

  • होटलको गाडीमा आगजनी

    मोहन बस्याल/उज्यालो । चितवन, जेठ १५ – चितवनको सौराहामा रहेको होटल वाईल्ड लाईफ क्याम्पको गाडीमा आइतबार राती आगजनी भएको छ । करिब १२ बजेतिर आएको १० जनाको समुहले पेट्रोल छर्केर ना १ च ९८०९ नम्बरको मिनी बसमा आगजनी गरेको होटलका कर्मचारीले बताएका छन् ।

  • मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो

    हेटौडा, जेठ १५ – मकवानपुरको बसामाडीमा आइतबार राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ, एक जना घाईते भएका छन् । हेटौडाबाट नारायणगढ जाँदै गरेको ना २० प २७७ नम्बरको कालो पल्सर बसामाडी १ मा अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालक २२ वर्षिय बुद्ध लामाको ज्यान गएको हो ।

  • बन्दले मध्य, पूर्वी र सुदुरपश्चिममा गाडी चलेनन्

    काठमाडौ, जेठ १५ – बिभिन्न समूहले गरेको बन्दका कारण मध्य, पूर्वी र सुदुरपश्चिम क्षेत्रमा गाडी चल्न सकेका छैनन् । एकमहिना भन्दा लामो बन्दले सुदूरपश्चिमको जनजीवन निकै कष्टकर बनेको छ ।

  • पूर्वमा यातायात सञ्चालन

    सुनसरी, जेठ १५ – लगातारको बन्द हड्तालपछि सोमबारदेखि पूर्वमा सवारी साधन चल्न थालेका छन् । आइतबारदेखि धरान तर्फ जाने र इटहरीबाट पुर्व छुट्ने सवारीका साधन फाट्ट फुट्ट चलेपनि सोमबार बिहानदेखि भने निर्वाध रुपमा सवारीका साधन चलेका छन् ।

  • मधेसी मोर्चाका कार्यकर्ताद्धारा काँग्रेसको पार्टी कार्यालयमा आगजनी

    काठमाडौं, जेठ १४ सर्लाहीमा मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । पार्टी कार्यालयमा पेट्रोल खन्याएर लगाएको आगो तत्कालै प्रहरीले निभाएकाले ठुलो क्षति हुन नसकेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

  • एमालेका कार्यकर्ताद्धारा आफ्नै नेताको घरमा तोडफोड

    बीरगञ्ज, जेठ १४ नेकपा एमाले पर्साका कार्यकर्ताले आफ्नै नेताको घरमा तोडफोड गरेका छन् । एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष नवराज शर्माको घरमा तोडफोड गरेका हुन् ।

  • घृणा नफैलाउः आयोग

    काठमाडौं, जेठ १४ राष्ट्रिय मानअधिकार आयोगले देशका सबै क्षेत्रमा प्रभावकारी कानून व्यवस्था लागू गर्न र उच्च सतर्कता अपनाउन सरकारलाई आह्वान गरेको छ ।

  • बहुला कुकुरको टोकाईबाट २७ जना घाईते

    भोजपुर, जेठ १४ - भोजपुरमा केहिदिनयता बहुला कुकुरले २७ जनालाई टोकेको छ । भोजपुर बजार, टक्सार र वरपर भित्रिएका बहुला कुकुरहरुले जथाभावी बाटोमा नै मान्छे टोक्दै हिंडेपछि गाउँ विकास समितिले सार्वजनिक सूचनामार्फत त्यस्ता भुस्याहा कुकुबाट सावधान रहन र त्यस्ता कुकुर देखिए गाविसमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

  • संविधानको चासोले रेडियो सुन्दै, टिभी हेर्दै

    काठमाडौ, जेठ १४– संविधानसभाको अन्तिम दिन संविधानका विवादित विषयमा दलहरु छलफलमा रहेका बेला नागरिकहरुको चासो पनि बढेको छ । म्याद सकिन केही घण्टा मात्रै बाँकी हुँदा समेत दलहरु छलफलमै रहेकाले संविधान जारी हुने हो की होइन भन्ने चासो र चिन्ताले नागरिकहरु दिनभरि रेडियो सुन्ने र टेलिभिजन हेरेर बसेका छन् ।

  • सभासद्लाइ ब्यंग्य गर्दै घाँस जुलुस

    विराटनगर, जेठ १४ – निर्धारित समयमा संविधान बनाउन नसकेको भन्दै विराटनगरमा सभासद्लाई व्यंग्य गर्दै घाँस जुलुस निकालिएको छ । राष्ट्रिय मधेसी मोर्चाले महावीर चोकबाट निकालेको जुलुस नगरका विभिन्न भागको परिक्रमा गरेर महावीर चौकमानै आएर कोणसभामा परिणत भएको थियो ।

  • ५ वजेपछि रक्सी नबेच्न निर्देशन

    काठमाडौ, जेठ १४ – जिल्ला प्रशासन कार्यालय काठमाडौमा वेलुकी पाँच बजेदेखि मदिरा बिक्री वितरण नगर्न निर्देशन जारी गरेको छ । पाँच बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुँदासम्म मदिरा विक्री वितरण नगर्न सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमूख जिल्ला अधिकारी रत्नराज पाण्डेले जानकारी दिनुभयो ।

Joktantra
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया