MENU
Ncell Axiata

समाज

  • सहिद घोषणा गर्ने नाममा विकृति बढेको कार्यदलको ठहर

    काठमाडौं, असार १ – तीन महिना अघि गठित सहिदको परिभाषा तथा मापदण्ड निर्धारण सम्बन्धी उच्चस्तरीय कार्यदलले विवादकाबीच प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कार्यदलको तर्फबाट संयोजक नवराज सुवेदीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रतिवेदन बुझाउनु भएको हो ।

  • अब एसएलसी नतिजामा पास फेल हैन, ग्रेडिङ गरिने

    काठमाडौं, असार १ – सरकारले अर्को वर्षदेखि एसएलसी परीक्षाको नतिजा प्रकाशन गर्दा फेल र पास नभनी ग्रेडिङ मात्रै गर्ने भएको छ । अब फेल वा पासको सट्टामा परिक्षार्थीले ल्याएको अंकको आधारमा स्तर निर्धारण गरिने भएको हो ।

  • ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, एकजना घाइते

    काठमाडौं, असार १ – ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंको जोरपाटीमा एक युवतीको ज्यान गएको छ । दक्षिण ढोकाबाट बौद्ध जाँदै गरेको बा १ ख ५०१३ नम्बरको ट्यांकरले सोही दिशाबाट आएको बा ३५ ख ६०१३ मोटरसाइकललाई जोरपाटी ओरालोमा ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै ज्यान गएको हो ।

  • जोरपाटी र ताल्सीखेलमा आगलागी, २५ लाख बराबरको धनमाल नष्ट

    काठमाडौं, असार १ – काठमाडौंको जोरपाटी र ललितपुरको ताल्सीखेलमा भएका आगलागीमा २५ लाख भन्दा धेरै धनसम्पत्ती जलेको छ । काठमाडौंको जोरपाटी नारायणटारमा प्रेमा शेर्पाले संचालन गरेको प्रेमा स्पेनिस मिल्स धागो कारखानामा करेन्ट सर्ट भएर लागेको आगोले ५ लाख रुपैयाँ बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ ।

  • पीपलको पात बगाउँदा पानी आउँछ की !

    हेमराज शर्मा/उज्यालो । दाङ, असार १ – बर्षाको कामना गर्दै शुक्रवार दाङ हापुरको नारेवाङ मन्दिरमा बरुण देवताको पूजा गरी हजारौ पीपलको पात खोलामा बगाइएको छ । लामो समयसम्म बर्षात नहुदा खडेरीले जनजीवन अस्तब्यस्त भएपछि बर्षाको कामना गर्दै स्थानीयले मन्दिरमा भेला भइ बरुण देवताको पूजा गर्नुका साथै पीपलको पात खोलामा बगाएका हुन् ।

  • पहिरोले पुरिएर ३ वालवालिकाको ज्यान गयो

    सिन्धुपाल्चोक, असार १ – सिन्धुपाल्चोकको भोटेचौर २ डाडाँगाउँमा सुख्खा पहिरोले पुरिएर ३ बालबालिकाको ज्यान गएको छ । भोटेचौर २ की १३ वर्षीया सम्झना कार्की, समीक्षा कार्की र १४ वर्षीया रवि खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • हात्तीले कुल्चिएर ज्यान गयो

    सुनसरी, असार १ – जंगली हात्तीले कुल्चिएर सुनसरी को पाचकन्यामा एक जनाको ज्यान गएको छ । बिहीबार राती घर अगाडि सुतेका  पाँचकन्या २ सितल चौक का ६२ वर्षिय भक्तवहादुर श्रेष्ठलाइ कुल्चेको हो ।

  • आगलागीले ४० घर नष्ट

    नेपालगञ्ज, असार १ – बाँकेको मटैया–८ जमुनाहा गाउँमा आगलागी हुँदा ४० वटा घर जलेर नष्ट भएका छन् । स्थानिय जलाल खानको घरबाट सल्किएको आगो गाउँमा फैलिएको छ । शुक्रवार बिहान ९ बजे तिरबाट लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

  • बाराको टिम्बर कर्पोरेशनमा तोडफोड

    बारा , असार १ – बिहीबार राती युवाहरुको एक समूहले बाराको पथलैयामा रहेको टिम्बर कर्पोरेशनको कार्यालयमा तोडफोड गरेको छ । स्थानीय यूवक ध्रुब लामा सहितका ५/७ जना यूवाहरुले राती साँढे १२ बजे टिम्बर कर्पोरेशन बाराको मेन गेटमा तोडफोड गरेका हुन् ।

  • न्यायधिश बमलाई सहिद घोषणा न्यायधिश बमलाई सहिद घोषणा

    काठमाडौ, असार १ – दुई हप्ताअघि हत्या भएका सर्वोच्च अदालतका न्याधिश रणबहादुर बमलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रवार बिहान बसेको मन्त्री परिषद् बैठकले बमलाई शहिद घोषणा गर्दै आश्रित परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

  • अबैध काठ सहित ४ जना पक्राउ

    प्यूठान, असार १ – प्यूठानमा अबैध काठ राखेको ट्रक सहित ४ जना पक्राउ परेका छन् । दाङबाट लु १ ख ५८०९ नम्बरको टिप्परमा गिट्टी र वालुवाले छोपेर सदरमुकामतर्फ ल्याइँदै गरेको अवस्थामा २ सय ३० वटा सालको काठ प्रहरीले रम्दीबाट पक्राउ गरेको हो ।

  • तपस्या गर्ने बम्जन जंगलवाट बाहिरिए

    बारा, असार १ – स्थानीय प्रशासनले कडाईका साथ निगरानी बढाएपछि बाराको हलखोरीया जंगलमा तपस्या गरेका रामबहादुर बम्जन जंगलबाट बाहिरिनुभएको छ । बिहीबारराती बम्जन दशजना सहयोगीका साथ ५ दिनका लागी भ्रमणमा भन्दै सिन्धुलीतर्फ गएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

  • ट्राफिकको नयाँ नियम, ९ बजेभित्रै स्कुलवस विद्यालय प्रवेश गर्नुपर्ने

    काठमाडौ, असार १ – काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि भन्दै  लागि शुक्रवारदेखि नयाँ व्यवस्था लागू गरेको छ । स्कुल र कलेजका गाडीहरु सञ्चालनका लागि निश्चित समय तोक्ने देखि त्यस्ता बस सञ्चालनका लागि आचारसंहिता लागू गरिएको छ ।

  • एसएलसी बिग्रिएपछि युवतीद्वारा आत्महत्या

    धादिङ, जेठ ३२ - एसएलसी परीक्षामा अनुत्तिर्ण भएपछि धादिङको ज्यामरुङ गाविसको वडा नम्बर ६ हनुमानडांडाकी १७ बर्षिया रेश्मा कंडेलले झुण्डिएर आत्महत्या गरेकी छिन । जिल्लाकै रानीपौवा उच्च माविवाट प्रवेशिकामा सहभागि भएकि कंडेलले बिहीवार बिहान १०.१५ वजेतिर आफ्नै घरको धुरीवलोमा सलको पासो लगाई आत्महत्या गरेको सल्यानटार प्रहरी चौकीले जनाएको छ ।

  • तिम्ल्याहाले ल्याए एसएलसीमा प्रथम श्रेणी तिम्ल्याहाले ल्याए एसएलसीमा प्रथम श्रेणी

    स्याङजा, जेठ ३२ – ओरष्टे २ की तेजमाया अर्यालको परिवारमा यतिबेला कम्ती खुसी छाएको छैन । एकै दिन केही समयको अन्तरालमा जन्मिएका तिम्ल्याहा छोराले एकैपटक, त्यो पनि प्रथम श्रेणीमा एसएलसी पास गरेपछि अर्याल परिवारमा खुसी छाएको हो ।

  • अस्पताल भित्रै रक्सीसहितको 'डान्स पार्टी'

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, जेठ ३२ - स्वास्थ्य संस्थामा रक्सी र धुम्रपान निषेध गरिएको हुन्छ त्यसमा पनि जिल्ला अस्पतालमा बिरामी र कुरुवा समेत रहेका हुन्छ । अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रभित्र रक्सी खाने र नाँचगान गर्ने भयो भने के होला ? पर्वत जिल्ला अस्पताल परिसरमा भने मंगलबार राती रक्सीसहितको नाचागान भएको छ ।

  • एसएलसीमा इलामका छ वटा बिद्यालय निल

    सोम सुनुवार/उज्यालो | इलाम, जेठ ३२ - एसएलसी परीक्षामा सामेल इलामका छ वटा बिद्यालयको नतिजा शुन्य भएको छ । साक्फाराको मिक्लाजोङ्ग मावि, पुवामझुवाको वीणापाणी मावि, गोर्खेको सिँहदेवी मावि, बाँझोको बिद्यासृजनात्मक मावि, लक्ष्मीपुरको कृष्ण मावि र मङ्गलबारेको मर्निङ्गग्लोरी माविको नतिजा शुन्य भएको हो ।

  • सुर्खेतका ५ वटा सामुदायिक बिद्यालय एसएलसीमा निल

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, जेठ ३२ - सुर्खेतमा यो पटकको एसएलसी परीक्षामा ५ वटा सामुदायिक बिद्यालयबाट एकजना पनि बिद्यार्थी पास नभएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यालयका शाखा अधिकृत भोजप्रसाद लम्सालले जिल्लाबाट एसएलसीमा सहभागि भएका ७८ सामुदायिक बिद्यालय मध्ये ५ वटा बिद्यालय निल भएको जानकारी दिनुभयो ।

  • एसएलसीमा छात्रातर्फ धेरै अंक ल्याउने बिसुका

    विराटनगर, जेठ ३२ - विराटनगरकी  विसुका अधिकारीले यसपटकको एसएसलीमा छात्रातर्फ सवैभन्दा बढि अंक ल्याएको उनी अध्ययनरत विद्यालयले दावी गरेको छ । अधिकारीले ९१ प्रतिशत अंक ल्याएर छात्रातर्फ पहिलो भएको उनी अध्ययनरत कोशी विद्या मन्दिरले दावी गरेको हो । कोशी विद्यामन्दिरकै छात्रा एलिना रायमाझीले ९० दशमलव २५ प्रतिशत अंक ल्याएकी छन् ।

  • साइकल बाँड्दै माधव नेपाल साइकल बाँड्दै माधव नेपाल

    मदन ठाकुर/ उज्यालो । रौतहट, जेठ ३२ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले रौतहटका विभिन्न विद्यालयमा अध्ययनरत दलित तथा मुश्लिम समुदायका छात्रालाई साइकल वितरण गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ को भ्रमणमा रहेका नेपालले आफ्नो संसदिय विकास कोषबाट विभिन्न चार विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।

  • एसएलसीमा फेल भएका ३ युवतीद्वारा आत्महत्या

    काठमाडौं, जेठ ३२ - एसएलसी परीक्षाफल प्रकाशित भएसँगै परीक्षामा असफल हुनेहरुले आत्महत्या गरेका समाचार पनि सार्वजनिक हुन थालेका छन् । पाल्पा, नेपालगञ्ज र विराटनगरमा गरी ३ युवतीले झुण्डियर आत्महत्या गरेका छन् ।

  • माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

    देब पचभैया/ उज्यालो । पाल्पा जेष्ठ ३२ – माटोको ढिस्कोले पुरिएर पाल्पामा २ महिलाको मृत्यु भएको छ  भने एक जना गम्भीर घाईते भएका छन् । पुर्बी पाल्पाको बहादुर गाविस ताकातुङ्गमा घर लिप्ने माटो खन्ने क्रममा अन्दाजी २२ बर्षिया सिता बिक र सुमित्रा बिक को मृत्यु भएको स्थानीबासीले बताएका छन् ।

  • ५० वटा विद्यालयको छानो उडायो, १ करोडको क्षति

    आदर्श केसी/उज्यालो । रुकुम, जेठ ३२ – जेठ १९ गतेको हावाहुरीले रुकुमका ५० भन्दा बढी विद्यालयको छानो उडाएको छ । छाना उडाएपछि पढाउने ठाउँ नहुँदा कतिपय विद्यालयमा पठन पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।

  • एसएलसीमा भक्तपुर टपलाई २५ हजार पुरस्कार

    रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ ३२ – एसएलसी परीक्षामा भक्तपुरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले २५ हजार १ रुपैयाँ पुरस्कार  पाउने भएका छन् । मध्यपुर थिमीको सिबर्ड इन्टरनेशनल कलेजले सामुदायिक विद्यालयका १ जना र नीजि विद्यालयका १ जनालाई ताम्रपत्र र मेडल सहित पुरस्कार दिने जनाएको छ ।

  • युवाहरुलाई क्लबले सिकाएको समाजसेवा युवाहरुलाई क्लबले सिकाएको समाजसेवा

    रुपा गौतम/उज्यालो । काठमाडौ, जेठ ३२ – शनिबार कलेजका धेरैजसो विद्यार्थीहरु छुट्टी मनाउने र रमाइलो गर्ने योजनामा हुन्छन् । तर काठमाडौ कुमारीगालका कमलचन्द्र काफ्ले भने छुट्टीको एक दिन पनि बिहानै घरनजिकैको एउटा कलेज पुग्नुहुन्छ । जहाँ उहाँजस्तै ३० जना युवा भेला भएका हुन्छन् । सामाजिक संस्था स्काउटमा आवद्ध यी युवाहरु आफुजस्तै युवाहरुको ब्यक्तित्व विकास र सामाजिक काम के के गर्न सकिन्छ भन्ने बारे छलफल गर्छन् ।

  • दुई हप्ताभित्रै एसएलसीको मार्कसिट

    भक्तपुर, जेठ ३२ – परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको मार्कसिट दुई हप्तापछि मात्रै सम्बन्धित जिल्लामा पठाउने भएको छ । मार्कसिट, सर्टिफिकेट र लेजर सबै जिल्लामा एकैपल्ट पठाईने र सम्बन्धित जिल्ला शिक्षा कार्यालयले विद्यालयमा पठाउने परीक्षा नियन्त्रक डिल्लीराम रिमालले जानकारी दिनुभयो ।

  • एलएलसीमा सल्यानका ७ विद्यालय निल

    सल्यान जेठ ३२ – यसवर्षको एसएलसी परीक्षामा सल्यानका सातवटा विद्यालयका सबै विद्यार्थी अनुतीर्ण भएका छन् । छ वटा सामुदायिक विद्यालय र एउटा खुल्ला विद्यालयबाट परिक्षा दिएकाहरु सबै अनुतिर्ण भएका जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

  • रक्तदाता सबै नायक

    काठमाडौ, जेठ ३२ - ‘रगत दान गरी नायक बनौं’ नाराका साथ बिहीबार विश्व रक्तदाता दिवस मनाईंदैछ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिन पारेर हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाईंदै आएको छ । रगत दान गरी मानव जीवन बचाउन र यससम्बन्धि जनचेतना जगाउने रक्तदाताको योगदानको कदर गर्दै हरेक रक्तदाता एक नायक अभियानका साथ विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् । दिवसले नयाँ रक्तदाता बन्न युवाहरुलाई उत्प्रेरित गर्ने, नियमित रक्तदाताहरुलाई सम्मान गर्ने, स्वयंसेवी भावना बढाउन...

  • शिक्षकहरुसंगको सहमति कार्यान्वयन अन्यौलमा

    काठमाडौ, जेठ ३२ – अध्यादेशबाट शिक्षा ऐन संशोधन विधेयक पारित गरिएमा आफूहरुको माग पूरा नहुने शिक्षक संघ संगठनहरुले बताएका छन् । पछिल्लोपटक सरकारसँग सहमति भएका बुँदा, अध्यादेशबाट आउने विधेयकमा समेटिन नसक्ने भएकाले आफूहरु त्यसको बिरोधमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।

  • दलहरुले अपराधिलाई संरक्षण गरेको कारण द्वन्द्व बढ्यो : आयोग

    ललितपुर, जेठ ३१ - राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलहरुबाटै अपराधीलाई संरक्षण भएकाले द्वन्द्व बढेको ठहर गरेको छ । आयोगले प्रहरी प्रशासन भन्दा अपराधीको सकृयताले कानुनी व्यवस्था र प्रशासन निरीह भएको निष्कर्ष समेत निकालेको छ । आयोगको १२ औ बार्षिकउत्सवका अवसरमा भएको कार्यक्रममा स्थापनाको १२ बर्षमा ३ हजार ६ सय ६४ वटा उजुरीको टुङ्गो लगाएको जनाएको छ ।

  • सम्मान थाप्न जाँदा ९१ वर्षिया वृद्धाको मृत्यु

    एलबी थापा/ उज्यालो । प्यूठान, जेठ ३१ – प्यूठानको पकलामा ज्येष्ठ नागरिक सम्मान लिन गएकी एक बृद्धाको मृत्यु भएको छ । पकला ३ निवासी खगीसरा दमाई सम्मान थाप्न पालो पर्खिरहेका बेला एक्कासी बेहोस भई भुइँमा ढल्नुभएको थियो ।

  • सक्कली सुन भन्दै नक्कली गहना बेच्दै

    मकवानपुर, जेठ ३१ – सुनले मुल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । ५७ हजार प्रतितोला पुग्नै लागेको सुन ‘सस्तोमा’ भन्दै सोझासझा मानिसलाई ठग्दै हिँड्ने तीनजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

  • धामीको चरम यातनाबाट महिला गम्भीर घाइते

    इलाम, जेठ ३१ – उपचारका नाममा धामीले दिएको यातनाबाट इलाममा १ महिला गम्भीर घाइते भएकी छन् । झारफुक गर्ने क्रममा धामीले उम्लिएको पानी र तताएको ढुंगा शरिरमा राखिदिएपछि इलामको एकतप्पा–७ की ३८ वर्षीया बुधमाया योङहाङ गम्भिर घाइते हुनुभएको हो ।

  • प्रहरी चौकी भित्रै कुटाकुटमा संलग्न चार प्रहरी निलम्बित

    बागलुङ, जेठ ३१ – बागलुङको भिमापोखरामा रहेको अक्षेते प्रहरी चौकीमा आपसी कुटाकुटमा संम्लग्न भएका चार प्रहरी निलम्बनमा परेका छन् । गएको जेठ १८ गते प्रहरी चौकी भित्रै मदिरा सेवन गरि कुटाकुटमा उत्रिएका चार प्रहरी निलम्बित भएका हुन् ।

  • गाँजा सहित एकजना पक्राऊ

    भक्तपुर, जेठ ३१ – प्रहरीले भक्तपुरबाट २२ किलो गाँजा सहित एक जनालाई पक्रेको छ । भक्तपुरको ताथली गाविस वडा नं. १ को एक घरमा लुकाएर राखेको पाँच बोरा गाँजा सहित घरधनी ३९ वर्षिय दामोदर थापालाई पक्रेको प्रहरी डिएसपी पुस्कर केसीले जानकारी दिनुभयो ।

  • एक रुपैयाँमै पुस्तक पाईने प्रदर्शनी एक रुपैयाँमै पुस्तक पाईने प्रदर्शनी

    विनोद ढकाल/उज्यालो । काठमाडौ, जेठ ३१– एक रुपैयाँमा हिजोआज के आउँछ ? चकलेट ! हुन पनि हिजोआज एक रुपैयाँमा साधारण खालको चकलेट बाहेक अरु कुरा आउँदैन पनि । तर नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको पुस्तक प्रदर्शनीमा एक रुपैयाँमा पुस्तक नै पाइन्छ । 

  • जहाज गिद्धसंग ठोक्कियो

    जुम्ला, जेठ ३१ – जुम्लाबाट नेपालगञ्जका लागि उडेको तारा एयरको जहाज गिद्धसंग ठोक्किएर सुर्खेतमा आकस्मिक अवतरण गरेको छ । चरासंग ठोक्किएर सिसा फुटेपछि सहचालक अभिषेक राई घाईते हुनुभएको त्यही विमानमा रहेका उज्यालो सहकर्मी नेत्र शाहीले जनाएका छन् ।

  • कुटाकुट गर्ने चार प्रहरी निलम्बित

    दिल शिरीष/उज्यालो । बाग्लुङ, जेठ ३१ – दाल पातलो बनाएको विषयमा बागलुङको भिमापोखरा १ मा रहेको अक्षते प्रहरी चौकीमा कुटाकुट गर्ने चारजना प्रहरी निलम्बनमा परेका छन् ।

  • बाँकेको मटैयामा आगलागी अझै नियन्त्रण भएन

    गोविन्द शर्मा/उज्यालो । नेपालगन्ज, जेठ ३१ – बाँकेको मटैया गाविस ८ जमुनाहमा मंगलवार साँझदेखिको आगलागीबाट १ सय ४२ घरगोठ जलेका छन् । आगलागीबाट १० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको  छ । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • सुकुम्बासीका लागि घर निर्माण प्रक्रिया शुरु

    काठमाडौ, जेठ ३१ – थापाथलीको बाग्मती किनाराबाट हटाइएका सुकुम्वासीहरुको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढेको छ । काठमाडौको इचंगुनारायणमा सुकुम्वासीहरुका लागि स्थायी आवास निर्माण गर्न प्रक्रियागत ढंगले काम सुरु भइसकेको एकीकृत वाग्मति सभ्यता विकास समितिका अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
  • विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनि र तोडफोड भएको खबर सुनिन्छ । सञ्चारका माध्यममा यसरी तोडफोड गर्दै हिड्नेलाई कारवाही गर्न किन नसकेको ? अब जसले जे गरेपनि हुने तन्त्र आएको हो र ?

    यम सुवेदी
  • संघिय शासन व्यवस्थाको महत्वपूर्ण पक्ष नै सरकारलाई नागरिकको नजिक पु¥याउनु हो । यहाँ, त्यहाँ भन्दा पनि सबै नागरिकको सहज पहुँच हुने ठाउँमा प्रदेश सरकारले स्थायी राजधानी बनोस्, हामीलाई चाहिएको सहज पहुँच हो ।

    सुरभी क्षेत्री
सबै हेर्नुहोस

सोसल मिडिया