MENU
ujyaalo forign call inside

समाज

  • तुलबहादुर घरभित्रै मृत भेटिए

    गुल्मी, कात्तिक १ – गुल्मीको अमरपुर गाविस बुधबार विहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अमरपुर गाविस १ बुल्मका  ४२ वर्षीय  तुलबहादुर कुमाल  घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।

  • पाल्पामा जीप दुर्घटना, दुईको ज्यान गयो

    पाल्पा, कात्तिक १ – पाल्पाको गेझाठाँटीमा बुधबार बिहान भएको जीप दुर्घटनामा २ जनाको  ज्यान गएको छ, १९ जना घाइते भएका छन् । सदरमुकाम तानसेन आउदै गरेको लु १ ज २१६९ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा दर्लामडाँडा ७ का ६० बर्षिय धनबहादुर खाम्चा र ३ की ५५ बर्षिया गंगा खाम्चाको ज्यान गएको हो ।

  • कालीगण्डकीमा स्टीमर चल्न थाल्यो

    दुर्गाप्रसाद शर्मा/उज्यालो पर्वत, कात्तिक १ – वर्षायामा पानीको बहाब बढी भएर रोकिएको कालीगण्डकी ‘ए’ को जलाशयमा स्टीमर सेवा सञ्चालन भएको छ । चाडवाड नजिकिएको र पानीको बहाब पनि घट्दै गएकाले असोज तेस्रो हप्तादेखि स्टीमर सेवा सुरु भएको हो ।

  • चक्कु प्रहारबाट एक जनाको ज्यान गयो

    दाङ, कात्तिक १ – दाङमा नचिनेका मान्छेको समूहको आक्रमणबाट मंगलबार राती एक जनाको ज्यान गएको छ । झण्डै ८/१० जनाको समूहको आक्रमणबाट हेकुली-६ डाँडाचिसका २८ बर्षिय ओमप्रकाश चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

  • यातायात ब्यबसायी भन्छन् : जताततै चेकिङले हैरान पार्‍यो

    काठमाडौ, कात्तिक १ – प्रहरीले दशैं तिहारलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेपछि यातायात व्यवसायीले सुरक्षाका नाममा हुने चेकिङ्गले झन् सास्ती दिएको गुनासो गरेका छन् । राजमार्गमा हरेक एक किलोमिटरमा सुरक्षा जाँच गरिंदा जाममा पर्ने र यात्रुलाई अनावश्यक सास्ती भइरहेको उनीहरुको गुनासो छ ।

  • तास खेल्दाखेल्दै चारजना पक्राउ

    लमजुङ, कात्तिक १ – लमजुङ सदरमुकाम बेसीशहरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथवाट ५० हजार रुपैँया बढी रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

  • आज अन्तर्राष्ट्रिय गरीबी निवारण दिवस

    काठमाडौ, कात्तिक १ – अन्तर्राष्ट्रिय गरीबी निवारण दिवस ‘चरम गरिबीको हिंसा अन्त्यः सशक्तिकरण र शान्ति स्थापनालाई बढावा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी बुधवार मनाईंदैछ । चरम गरीबी विरुद्ध एकजुट हुन, जानकारी आदानप्रदान गर्न विश्वभरका नागरिकलाई सचेत र एकजुट गर्न आह्वान गर्दै हरेक वर्ष अक्टोबर १७ तारेखमा गरीबी निवारण दिवस मनाउने गरिन्छ ।

  • विद्यार्थी थोरै हुने विद्यालय मर्ज गर्न निर्देशन

    काठमाडौ, कात्तिक १ – विद्यालयको शैक्षिक अवस्था सुधार गर्नको लागि शिक्षा विभागले सबै क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले विद्यार्थी नै नभएर बन्द हुने अवस्थाका वा विद्यार्थी संख्या न्यून रहेका विद्यालयकहरुको अनुगमन गरी त्यस्ता विद्यालय बन्द गराउने वा विद्यालयहरु समायोजन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

  • माइक्रोवसको ठक्करबाट २ पैदलयात्रीको ज्यान गयो

    काठमाडौ, कात्तिक १ – काठमाडौको कीर्तिपुरमा बुधवार बिहान भएको दुर्घटनामा दुईजना पैदल यात्रुको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाईते भएका छन् । बा २ ख १८ ९२ नम्बरको माइक्रोबसको ठक्करबाट कीर्तिपुर ५ खासीबजारका ५० वर्षीय प्रकाश महर्जन र ४५ वर्षीय मच्छिन्द्र महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • बलात्कार आरोपीलाई पक्राउ गर्न माग गर्दै नाराबाजी बलात्कार आरोपीलाई पक्राउ गर्न माग गर्दै नाराबाजी

    विद्रोही गिरी/ उज्यालो  नवलपरासी, असोज ३० – युवती बलात्कार गरी फरार पुरुषलाई पक्राउ नगरेको भन्दै महिलाहरुले ईलाका प्रहरी कार्यालय कावासोतीमा नाराबाजी गरेका छन् । असोज २४ गते १७ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कावासोती ५ का भीमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ नगरेको भन्दै  महिलाहरुले नाराबाजी गरेका हुन् ।

  • अवैध भारतीय रुपैयाँ सहित एकजना पक्राउ

    इलाम, असोज ३० – प्रहरीले अवैध भारतीय रुपैयाँ १६ लाख ५० हजार सहित झापामा एकजनालाई पक्रेको छ ।  इलाम वौद्धधामका रामबहादुर बराइलीलाई एकहजार दरका ५ सय ७७ थान र ५ सय दरका २ हजार १ सय ४६ थान भारतीय नोट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • कुहिएको मासु बेच्ने दुई पसले नियन्त्रणमा

    दुर्गाप्रसाद शर्मा/ उज्यालो । पर्वत, असोज ३० – पर्वत सदरमुकाम कुस्माबजारमा कुहिएको मासु बिक्री गर्ने दुई पसलेलाई नियन्त्रणमा लिइएको छ । कुहिएको माछा मासु विक्रि गर्ने जीतबहादुर दर्जी र मोहम्मद इकवाललाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।

  • ट्रकधनीले उपचार खर्च नब्यहोर्दा घाइतेको बिचल्ली

    प्युठान, असोज ३० – ट्रकको ठक्करबाट घाइते भएका प्यूठान खुङ ८ का कमल गिरीको विचल्ली भएको छ । प्यूठानको थक्लेनी कुडिलेमा ना २ ख ८९ ९० नम्बरको ट्रकले रा २ प १० ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका गिरीको बी एण्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेकोमा ट्रक धनीले उपचार खर्च नब्यहोरे पछि विचल्ली भएको हो ।

  • जीप दुर्घटनामा एकको मृत्यु, १० घाईते

    पर्वत, असोज ३०– पर्वतको माझफाँट गाविसको वारीबेनीबाट लेखफाँटतर्फ जाँदै गरेको जीप मंगलबार बिहान माझफाँट गाविस २ फुस्रे खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । १० जना घाईते भएका छन् ।

  • दशै शुरु : खोटाङमा सद्भावको टिका लगाइयो

    दमन राई/खोटाङ असोज, ३० – दशैंको अवसरमा खोटाङमा मंगलवार सामुहिक रुपमा सद्भावको टिका लगाइएको छ । दशैं शुरु भएको दिन नेकपा एमालेको आयोजनामा शुभकामना आदान प्रदान गर्दै सामुहिक रुपमा सद्भावको टिका लगाइएको हो ।

  • धादिङको नौबिसेमा अवरुद्ध राजमार्ग खुल्यो

    धादिङ, असोज ३० – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसेमा स्थानीयबासिन्दाले अबरुद्ध गरेको सडक खुलेको छ । सोमबार बेलुकी एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीचको झडपमा एकजना घाइते भएपछि त्यसको बिरोधमा स्थानीयबासिन्दाले सडक अवरुद्ध गरेका थिए ।

  • एकान्तकुमारीलाई कुमारीघरमा राखियो

    भक्तपुर, असोज ३० – जिवित देवीका एवं तलेजुको प्रतिमूर्तिको रुपमा मानिने भक्तपुरको एकान्तकुमारीलाई मंगलबार पशुपति महाविहारको कुमारीघरमा राखिएको छ । भक्तपुरकी एकान्तकुमारी श्रेया वज्राचार्यलाई मंगलबार श्रृङ्गार गरी कुमारीघरबाट साकोथा चतुरव्रम्हा विहार ल्याएर पूजा गरिएको र अष्टमीसम्म दैनिक पूजा गर्ने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताउनुभयो ।

  • गाउँमा पुरोहित नै नभएपछि ...

    विद्रोही गिरी/उज्यालो नवलपरासी, असोज ३० –  हिन्दु संस्कारमा जन्म, मृत्यु र बिभिन्न धार्मिक संस्कारहरु ब्राम्हण पुरोहितद्वारा गराउने चलन छ । तर हिजोआज गाउँघरमा पुरोहित नै नभएपछि पूजापाठ, जन्म मृत्यु संस्कार र धार्मिक संस्कारहरु गर्न समस्या पर्दै आएको छ । नवलपरासीको बुलिङटार गाउँमा पनि यस्तै समस्या परेको छ ।

  • ९० किलो गाँजा सहित युवा पक्राउ

    हेटौडा, असोज ३० – मकवानपुरको मनहरी सिमपानीबाट मंगलबार बिहान प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ९० किलो गाँजा सहित राक्सिराङ गाबिस वडा नंम्बर ८ बस्ने २३ बर्षिय सिलामान प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

  • खाद्य संस्थानले आजदेखि खसीबोका बिक्री गर्ने

    काठमाडौ, असोज ३० – नेपाल खाद्य संस्थानले मंगलबारदेखि दशैँका लागि खसीबोकाको बिक्री खुला गर्ने भएको छ । बिहान ८ बजे देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले संस्थानको अञ्चल कार्यालय थापाथलीबाट खसीबोका किन्न पाउने छन् ।

  • १२ घण्टामा ३४ सय सवारी साधन काठमाडौ बाहिरियो

    काठमाडौ, असोज ३० – दशैं शुरु भएसँगै घर फर्किनेहरुको घुँईचो बढ्न थालेको छ । काठमाडौ छिर्ने मुख्य नाका नागढुंगामा रहेको ट्राफिक कार्यालयका अनुसार एकहप्ता देखि नै दशैंका लागि घर फर्किने क्रम शुरु भएपनि सोमबारदेखि चाप बढेको छ ।

  • पशुपतिको वृद्धाश्रममा दशैंको कपडा वितरण

    काठमाडौ, असोज ३० – काठमाडौको पशुपतिनाथ परिसरको समाज कल्याण केन्द्र बृद्धाश्रमले दशैँका लागि त्यहाँ रहेका ज्येष्ठ नागरिहरुलाई कपडा वितरण गरेको छ । चाडपर्वका बेला ज्येष्ठ नागरिकको मन खिन्न नहोस् भनेर दशैँको मुखमा कपडा वितरण गरेको आश्रमका कार्यालय प्रमुख रामशरण थापाले  बताउनुभयो ।

  • आजदेखि दशैं शुरु आजदेखि दशैं शुरु

    काठमाडौ, असोज ३० – आजदेखि दशैं शुरु भएको छ । आजदेखि १५ दिनसम्म अर्थात आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ दशैं मनाईंदैछ । बडा दशैंको पहिलो दिन आज आआफ्ना घरको पूजाकोठा तथा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा सहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिन्छ ।

  • घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु

    गुल्मी, असोज २९ - घरको जग खन्ने क्रममा सोमवार बेलुकी गुल्मीको सदरमुकाम तम्घासमा एक मजदुरको ज्यान गएको छ । ज्यान गुमाउनेमा गुल्मी सिमिचौर गाविस १ निवासी ५५ वर्षीय शोभाखर कुँवर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम तम्घास गाविस ७ स्थित देउराली नजिकै घरको जग खन्ने क्रममा माथिवाट खसेको ढिस्कोले पुरिदा उहाँको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • १ को हत्या, १ को शव भेटियो

    नेपालगन्ज, असोज २९ - बाँके नरैनापुर सोमबार एकजनाको हत्या भएको छ । नरैनापुर ३ का  ३० बर्षिय दिनेश जयसवालको घाँटी रेटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  स्थानीय सन्त जयसवालका छोरा दिनेशको शव सोमबार बिहान नरैनापुर ५ स्थित धानखेतमा फेला परेको प्रहरीस्रोतले जनाएको छ । घटनालगत्तै नरैनापुर र मटैयाबाट प्रहरीटोली परिचालन गरिएको थियो ।

  • शिक्षकहरुको दशैं पेश्कीसहितको तलब लुटियो

    भोजपुर, असोज १९ - भोजपुरमा दशैं पेश्कीसहितको तलब थापेर घर जाँदै गर्दा शिक्षकहरुको झण्डै ६ लाख रुपैयाँ बाटोमै लुटिएको छ । ४ जना नकाबधारीको समूहले पेस्तोल देखाएर पैसा लुटेको प्रहरीले जनाएको छ ।

  • सुनचाँदी व्यवसायीको हत्या

    नेपालगन्ज, असोज २९ - नेपालगन्जमा एकजना सुनचाँदीका गहना बनाउने कालिगढको हत्या भएको छ । नेपालगन्ज नगरपालिका ३ स्थित नेपाल सुनचाँदी व्यवसायी संघ बाँकेको कार्यालय रहेको भवनभित्र रहेको आफ्नै पसलमा बुधु भन्ने भारतीय नागरिक असगर अलीको हत्या भएको प्रहरीले जनाएको छ ।

  • भक्तपुरमा बर्ड फ्लु भेटियो

    भक्तपुर, असोज २९ – भक्तपुर बोडे खानेपानी ट्याङ्कीका ओम खड्काले पालेको कुखरामा बर्ड फ्लु भेटिएको छ । बर्डफ्लु भएको पुष्टी भएपछि उहाँको फार्ममा रहेका सबै कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका दुई हजार कुखुरामध्ये आधाभन्दा बढी बर्डफ्लुका कारण मरिसकेका छन् ।

  • इलाममा चन्दा माग्नेले हैरान पारे

    इलाम, असोज २९– दशै शुरु हुने बेला इलाम सदरमुकामका बिभिन्न कार्यालयमा चन्दा माग्नेले हैरान पार्न थालेका छन् । राजनीतिक दल, भातृ संगठन, विभिन्न संघ संस्था र ब्यक्तिले मनोरञ्जनात्मक कार्यक्रम गर्ने भन्दै कार्यालय प्रमुख, लेखापाल लगायतका कर्मचारीसंग चन्दा मागेर हैरान पारेका हुन् ।

  • दाङमा भएको सवारी दुर्घटनामा ८ जना घाइते

    दाङ, असोज २९ – दाङमा सोमबार भएको दुईवटा दुर्घटनामा ८ जना घाईते भएका छन् । घोराही तुलसीपुर सडकखण्डको हेमन्तपुरमा बिहान पौने ७ बजे गुडिरहेको बसको ढोकाबाट खस्दा एक जना गम्भीर घाईते भएका प्रहरीले जनाएको छ । रुकुम जादै गरेको ना ४ ख २२४ नम्बरको बसको ढोकाबाट खस्दा रुकुमको कार्की गाविसका २८ बर्षीय बिशाल बिक घाईते भएका हुन् ।

  • जेष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण

    दमन राई/उज्यालो खोटाङ, असोज २९ – जिल्ला विकास समिति ओखलढुंगाले पाँच गाबिसका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर भत्ता वितरण शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी नभएको गुनासो आएपछि जिविसले घरमै कर्मचारी पठाएर यस आर्थिक वर्षको तीन महिनाको भत्ता बितरण गरेको हो ।

  • उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

    काठमाडौं, असोज २८ - उत्कृष्ट सेवा र इमान्दारितापर्वक कर्तब्य पालना गर्ने विभिन्न प्रहरी अधिकृत तथा जवानहरुलाई आइतवार पुरस्कृत गरिएको छ । नेपाल प्रहरीको ५७ औ बार्षिकोत्वसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले उत्कृष्ट प्रहरी र जवानहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

  • प्यूठानमा असिना पानीले धान र कोदोवाली नष्ट

    प्यूठान, असोज २८ - प्यूठानको अर्खा गाविसमा आइतवार बेलुकी अकस्मात परेको असिनापानीले वर्षेवाली पुर्ण रुपमा नष्ट गरेको छ । एक्कासी परेको असिना पानीले पाक्न थालेको धानवाली, पसाएको कोदो वाली, तरकारी खेती लगायतका वर्षे वाली नष्ट गरेको हो । करिव पौने घण्टासम्म लगातार परेको असिनापानीले अर्खा ४, ५ र ६ वडामा लगाइएको सबै वर्षेवाली पुर्ण रुपमा नष्ट गरेको हो भने गाविसका अन्य वडामा आंशिक क्षति पु¥याएको स्थानीय यामलाल गिरीले बताउनुभयो ।

  • वालिका वलत्कारको आरोपमा एक पक्राऊ

    इलाम, असोज २८ - एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाम साङ्गरुम्बाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय १४ वर्षिय वालिकालाई वलत्कार गरेको आरोपमा साङ्गरुम्बाका १८ वर्षीय अर्जुन लाम्गादेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी निरीक्षक गणेश वाँस्तोलाले बताउनुभयो ।

  • चौधरी ग्रुपको ईलेक्ट्रोनिक्स गोदाममा भीषण आगलागी

    काठमाडौं, असोज २८ काठमाडौंको सतुङ्गलमा रहेको चौधरी ग्रुपको ईलेक्ट्रोनिक्स कारखानामा भीषण आगलागी भएको छ । बेलुकी साढे पाँचबजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • नेटवर्किङ्ग कम्पनीमा काम गरेको आरोपमा ३३ जना पक्राउ

    सोम सुनुवार/उज्यालो | इलाम, असोज २८ - प्रहरीले भारत, पञ्जावको चण्डीगढबाट सञ्चालित एक नेटवर्किङ्ग कम्पनीमा कार्यरत रहेको आरोपमा ३३ जनालाई इलाम सदरमुकामबाट पक्राउ गरेको छ । पक्राउ पर्ने सवै नेपाली नागरिक हुन् । चण्डीगढमा सञ्चालित डाईनामिक बेनिफिसियल एकर्ड प्रालि (डिबिए) कम्पनीमा काम गर्ने नेपाली समुहका सदस्यहरु सदरमुकाममास्थित तमु होटल एण्ड गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।

  • माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु

    दाङ, असोज २८ - घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दाङमा एक महिलाको ज्यान गएको छ । अरु दुई जना घाईते भएका छन् । लालमटिया–६ मौरीघाटनमा घर लिप्ने माटो लिन गएका बेला ढिस्कोमा परेर लालमटीया– ९ की २६ बर्षिया कमला मल्लको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

  • निरक्षर नागरिकलाई साक्षर बनाउन बाध्यकारी व्यवस्था निरक्षर नागरिकलाई साक्षर बनाउन बाध्यकारी व्यवस्था

    काठमाडौं, असोज २८ - सरकारले निरक्षर नागरिकलाई साक्षर बनाउन बाध्यकारी व्यवस्था गरेको छ । ४० लाख निरक्षरलाई साक्षरपार्न विभिन्न उपायहरु सरकारले बाध्यकारी बनाएको हो । सरकारी कर्मचारीले आफ्नो परिवारका सदस्य वा काम गर्न बसेकालाई साक्षर पार्नुपर्ने, हरेक विद्यार्थीले आफ्नो घरका सदस्यलाई साक्षर पार्नुपर्ने, साक्षर व्यक्ति मात्र समुदायमा आधारित समिति र व्यवस्थापन समितिमा बस्न पाउने लगायतका व्यवस्था गरिएको शिक्षामन्त्री दीनानाथ शर्माले बताउनु भयो । 

  • मोटरसाईकल दुर्घटनामा दाजुभाईको ज्यान गयो

    भवानी भट्ट/ उज्यालो । महेन्द्रनगर, असोज २८ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर ५ वनदेवी जंगलमा शनिबार राती मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कृष्णपुर ६ पवित्रावस्तीका अन्दाजी २५ वर्षीय विष्णु जोशी र अन्दाजी २० वर्षीय भोजराज जोशीको मृत्यु भएको हो ।

  • चितुवाको आक्रमणबाट एकजना गम्भीर घाइते

    हेमराज शर्मा/ उज्यालो । दाङ, असोज २८ – चितुवाको आक्रमणबाट आइतबार बिहान दाङमा एक जना गम्भीर घाइते भएका छन् । रामपुर २ बालापुर निवासी ४५ बर्षिय बेदप्रकाश श्रेष्ठ चितुवाको आक्रमणबाट गम्भीर घाइते भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । धानखेतमा मसुरो छर्न गएका बेला खेतमा लुकीबसेको चितुवाले बिहान ९ बजेतिर श्रेष्ठलाई आक्रमण गरेको थियो । आक्रमणबाट श्रेष्ठको कुहिनो र छातीमा गरी तिन ठाउमा गम्भीर चोट लागेको छ । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । आक्रमणपछि गाउलेहरुले चितु...

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया