MENU
ujyaalo forign call inside

समाज

  • गाविस कार्यालय फोडेर चोरी

    पोखरा, साउन ३१ – कास्कीको सार्दीखोला गाँउ विकास समितिको कार्यालय मंगलबार राति तोडफोड र चोरी भएको छ । रातीको समयमा गाविसको मूल गेटमा लगाएको ताला फोडेर भित्र पसेकाहरुले कार्यालयका ४ वटा दराज र पश्चिमपट्टिको झ्याल फोड्नुका साथै दानपेटिकामा रहेको नगद ३ हजार लगेको गाविस सचिव जगन्नाथ अधिकारीले जानकारी दिनुभयो ।

  • १२ बोरको बन्दुकसहित पक्राउ

    वीरगञ्ज, साउन ३१ पर्साको गादी गाविसमा संयुक्त सुरक्षा टोलीले छापामारी गरी १२ बोरको बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गादी गाविसको वडा नम्बर ७ थरकट्टी टोलबाट स्थानीय बासिन्दा राजाराम धानुकको घरमा छापामारी गरी १२ बोरको बन्दुक र एउटा गोली बरामद गरेको हो ।

  • पूजाको प्रसाद खाँदा २३ जना विरामी

    जनार्दन पोखरेल/ उज्यालो । महोत्तरी, साउन ३१ – महोत्तरीको गौरीवास ३ पाटुमा पूजाको प्रसाद खाँदा २३ जना बिरामी भएका छन् । स्थानीय सन्तोष दाहालको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा उनीहरु विरामी परेका हुन् ।

  • नक्कली आधार पेश गरि दर्ता विद्यालय बन्द गर्ने तयारी

    नेपालगञ्ज, साउन ३१ – व्यक्तिगत र पारिवारिक लाभका लागि एउटै व्यक्तिले अनावश्यकरुपमा ४ वटा गुरुकुल सञ्चालन गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालय बाँकेले गुरुकुल बन्द गर्ने प्रकृया सुरु गरेको छ । नक्कली प्रमाण र आधार पेश गरि विद्यालय सञ्चालन भएको भेटिएपछि शिक्षा कार्यालयले कारबाही पक्रिया सुरु गरेको हो ।

  • हत्याको अभियोगमा १३ युवा जेल चलान

    आश गुरुङ/ उज्यालो । लमजुङ, साउन ३० – पूर्वी लमजुङको चक्रतीर्थ गाविसका एक युवकको हत्याको अभियोगमा पक्राउ परेका १३ जना कारागार चलान भएका छन् । चक्रतिर्थ गाविस २ का २६ बर्षिया पदमबहादुर थापाको हत्यामा सलग्न रहेको आरोपमा पक्राउ परेका १४ जना मध्ये १३ जनालाई कारागार चलान गरिएको हो ।

  • वसको ठक्करबाट २ जनाको ज्यान गयो

    पोखरा, साउन ३१ – कास्कीको हेम्जामा बुधवार बसको ठक्करबाट २ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । पोखरा बाग्लुङ रागमार्ग अन्तर्गत कास्कीको हेम्जामा ग १ ख २२७४ नबरको बसको ठक्करबाट म्याग्दी मर्‍याङ घर भई हेम्जामा बस्दै आएकी ७० बर्षिय स्वस्तिका जुग्जाली र हेम्जाका २० बर्षिय विनोद पाण्डेको ज्यान गएको हो ।

  • कारागारमा पुस्तकालय सुबिधा

    पर्वत, साउन ३१ – पर्वतको जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ । पीडित सेवा समाज काठमाडौको सहयोगमा बन्दीहरुलाई पुस्तकालय स्थापना गरिएको हो । बिभिन्न अपराधमा बन्दी जीवन विताईरहेका कैदीहरुले पनि पुस्तक पढेर बन्दी जीवनपछि समाजमा केही योगदान गर्न सकुन् भन्ने उद्देश्यले सो पुस्तकालयको स्थापना गरिएको हो ।

  • शौच गर्न जाँदा बलात्कार

    नेपालगन्ज, साउन ३१ घरमा शौचालय नहुँदा बाँकेको इन्द्रपुरमा एक युवती बलात्कारको शिकार भएकी छन् । घरमा शौचालय नहुँदा खला ठाउँमा शौच गर्न गएकी इन्द्रपुर ७ की एक २० बर्षिया युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • शिक्षकहरुले बन्द गराए विद्यालय

    पोखरा, साउन ३१ – ब्यवस्थापन समितिले माग पुरा नगरेको भन्दै उच्च माध्यामिक शिक्षक एशोसिएशनले पोखराको राष्ट्रिय उच्च माध्यमिक विद्यालयको पठनपाठन अनिश्चितकालीन बन्द गराएको छ । आर्थिक पारदर्शिता लगायत विभिन्न १० बुँदे संस्थागत तथा पेशागत माग राखी एशोयिएशनले बुधवारदेखि पठनपाठन बन्द गराएको हो ।

  • भक्तपुरलाई वालश्रममुक्त बनाउने तयारी

    रमेश गिरी/उज्यालो । भक्तपुर, साउन ३१ – भक्तपुरलाई बालश्रम मुक्त जिल्ला बनाउने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीका अनुसार भक्तपुरलाई बालश्रम मुक्त बनाएर नमूनाको जिल्ला बनाउने अभियान सुरु भएको छ ।

  • आजदेखि अत्यावश्यक सेवा ऐन लागू हुने

    काठमाडौ, साउन ३१ – सरकारले बुधवारदेखि अत्यावश्यक सेवा ऐन लागू गर्ने भएको छ । अत्यावश्यक वस्तुमा उपभोक्तालाई समस्यामा पारी आफु अनुकुलका माग राख्दै आन्दोलन हुने क्रम बढेपछि सरकारले ऐन कार्यान्वयन गर्न लागेको हो ।

  • धादिङमा भएको दुर्घटनामा एकै महिनामा ३० को ज्यान गयो

    धादिङ, साउन ३१ – यसबर्ष साउन महिना लागेपछि धादिङमा भएका दुईवटा ठूला र अन्य साना दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् । साउनको १ गते उदयपुरबाट काठमाडौका लागि छुटेको रात्रीवस कृष्णभीरनजिकै पृथ्वीराजमार्गबाट त्रिशुलीमा खस्दा १७ जनाको ज्यान गएको थियो ।

  • ५ किलो अफिमसहित पक्राउ

    काठमाडौं, साउन ३० - कालिकोटका ३५ बर्षीय मनबहादुर शाहीलाई पाँच किलो अफिम सहित प्रहरीले काठमाडौंका भोटेबहालबाट पक्रेको छ । कालिकोट राजचुली गाबिस वडा नम्बर २ का शाहीलाई भोटेबहालको सनसाईन गेष्ट हाउसबाट सुराकीका आधारमा अबैध लागु औषध अफिम सहित पक्रेको प्रहरीले जनाएको छ ।

  • सानेपामा यौन कोठी सञ्चालन गर्ने तारा पुर्पक्षका लागि थुनामा

    ललितपुर, साउन ३० - घर भाडामा लिएर युवतीहरुलाई यौन व्यवसायमा लगाउँदै आएकी तारा क्षेत्रीलाई जिल्ला अदालत ललितपुरको पुर्पक्षका लागि थुनामा राख्न आदेशदिएको छ । ललितपुरको सानेपामा घर नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ललितपुर प्रहरीले उनलाई गत असार ३१ गते घरबाटै पक्राउ गरेको थियो ।

  • पेट दुखाई सहन नसक्दा आत्महत्या

    दुर्गाप्रसाद शर्मा/ उज्यालो । पर्वत, साउन ३० – पर्वतका एक वृद्धले पेट दुखाईको पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेका छन् । लामो समयसम्मको पेट दुखाईको पीडा सहन नसकेर पर्वतको पिपलटारी गाविस ९ का ७१ बर्षिय मेघनाथ शर्मा पौडेलले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।

  • ६५ बर्षिय बृद्धद्वारा ९ बर्षिया बालिकालाई बलात्कार

    बाबुराम देवकोटा/उज्यालो । सिन्धुली, साउन ३० - सिन्धुलीको कपुर ठाकुर गाविस–८ मा ६५ बर्षिय एक बृद्धले स्थानीय नौ बर्षिया एक बालिकालाई बलात्कार गरेका छन् । पीडित बालिका र उनका बुबा (नामगोप्य) महिला विकास कार्यालय सिन्धुलीमा उपचारका लागि आर्थिक सहयोग माग्न आउँदा कपुर ठाकुर गाविस–८ का मानबहादुर तामाङ्ले ती बालिकालाई बलात्कार गरेको रहस्य खुलेको हो ।

  • पहिरोका कारण एक दर्जन गाविसमा एक महिनादेखि यातायात ठप्प

    पोखरा, साउन ३० – कास्कीका करिब एकदर्जन गाउँ विकास समितिमा एक महिनादेखि गाडी चल्न सकेका छैनन् । बर्षायाम सुरु भएपछि, विभिन्न ग्रामिण सडकमा गएको पहिरोका कारण गाडी नचल्दा स्थानीय बासिन्दालाई सदरमुकाम पोखरासम्म ओहोरदोहोर गर्न र सामान ढुवानीमा समस्या भएको छ ।

  • तोडफोड र आगजनीपछि क्याम्पसको पढाइ बन्द

    दिल शिरीष/उज्यालो । बाग्लुङ, साउन ३० – बिबिएस दोस्रो बर्षका बिद्यार्थीले तोडफोड र आग्जनी गरेपछि बाग्लुङका धौलागिरी बहुमुखी क्याम्पसको पठनपाठन मंगलवारदेखि बन्द भएको छ । क्याम्पस प्रशासनले पठन पाठन सुचारु गर्न असहज भएको भन्दै बिहानी, दिवा र सन्ध्याकालीन कक्षाहरु बन्द गरेको हो । क्याम्पस बन्द हुँदा करिब २५ सय बिद्यार्थीको पढाई प्रभावित भएको छ ।

  • पोखरीमा डुबेर कामदारको ज्यान गयो

    नेपालगञ्ज, साउन ३० – बाँकेको मनिकापुर ६ मा रहेको शिव कत्था मिलमा कार्यरत मजदुरको मिल परिसरमा रहेको पोखरीमा डुबेर ज्यान गएको छ । सोमबार पोखरीमा प्लाष्टिक टिप्न गएको अवस्थामा पोखरीमा खसेका मिलका कामदार कौसल एनको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले जानकारी दिनुभयो ।

  • युवा स्वरोजगार कोषमा विपक्षी युवाहरुको धर्ना

    काठमाडौ, साउन ३० – विपक्षी दलका १७ युवा विद्यार्थी संगठनले मंगलवार युवा स्वरोजगार कोष र देशभरका जिल्ला प्रशासन कार्यालयमा २ घण्टा घेराउ गरेका छन् । कोषमा अनियमितता भएको भन्दै उनीहरुले काठमाडौमा रहेको कार्यालयमा घेराउ गरेका हुन् ।

  • रौतहटमा दम्पतीको हत्या, परिवारको विचल्ली, गाँउ शोकाकुल रौतहटमा दम्पतीको हत्या, परिवारको विचल्ली, गाँउ शोकाकुल

    मदन ठाकुर/उज्यालो । रौतहट, साउन ३० – रौतहटको अकोलवा गाविस ८ मा सोमबार राती दुईजनाको हत्या भएको छ । राती साँढे ११ बजेतिर हतियारधारी समूहले ४६ वर्षिय गफार मियाँ र उहाँकी श्रीमती सहनाजको घरमै गई गोली हानी हत्या गरेको हो ।

  • हर्बोका पश्चिमाञ्चल संयोजकलाई काठमाडौ पठाइयो

    पोखरा, साउन ३० – नेटवर्किङ्ग कम्पनी हर्बो इन्टरनेशनलका पश्चिमाञ्चल इन्चार्ज नेत्रपाणि बाँस्तोलालाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ । बाँस्तोलालाई सोमबार प्रहरीले पोखराको लेखनाथ नगरपालिका वडा नंम्बर ७ तालचोकबाट पक्राउ गरेको थियो ।

  • तमु समुदाय ट्होंटे पर्व मनाउँदै

    पोखरा, साउन ३० – आज तमु समुदायले ट्होंटे पर्व मनाउँदैछन् । यो पर्व बर्षको दुईचोटी साउन र चैत महिनाको मंगलबारको दिन पारेर मनाईन्छ । ट्होटें पर्व मनाउने क्रममा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँड, भाला लगायतका विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायतका बाजा बजाउने गरिन्छ ।

  • पुरुषको लडेर ज्यान गयो

    ताप्लेजुङ, साउन ३० – आइतबारदेखि हराएका ताप्लेजुङ हाङ्देवाका ४६ वर्षिय निमा वाङ्दी शेर्पा मृत अवस्थामा भेटिएका छन् । हाङ्देवा १ का शेर्पाको खोजी गर्दा घर नजिकैको खोल्सीमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

  • रौतहटमा श्रीमान श्रीमतीको हत्या

    मदन ठाकुर/उज्यालो । रौतहट, साउन ३० – रौतहटको अकल्वा गाविस ८ मा सोमबार राती दुईजनाको हत्या भएको छ । हतियारधारी समूहले ४६ वर्षिय गफार मियाँ र उहाँकी श्रीमती सहनाजको घरमै गई गोली हानी हत्या गरेको हो ।

  • नदीमा बगेका १ जनाको प्रहरीद्वारा उद्वार

    प्यूठान, साउन २९ - प्यूठानमा झिमरुक नदीमा बग्दै गर्दा सोमवार एकजनालाई प्रहरीले जिवितै उद्वार गरेको छ । नदीमा डुबेका बिजुवार–४, का बावुराम थापालाई शसस्त्र प्रहरीले उद्वार गरेको हो । ३५ वर्षिय थापालाई नदीमा तर्दै गर्दा झिमरुक नदीले बगाएको थियो । नदीले बगाउँदै गरेको खबर पाएर उद्वारका लागि नजिकैको सशस्त्र प्रहरीको बेस क्याम्पबाट तत्काल गएको प्रहरी टोलीले थापाको सकुशल उद्वार गरेको थियो ।

  • दुधकोशीको फेरी सुनकोशीमा बेपत्ता

    दमन राई/उज्यालो | खोटाङ, साउन २९ - खोटाङ र ओखलढुङगाको सिमानामा पर्ने दुधकोशीको जयरामघाटमा सञ्चालित फेरी सुनकोशीमा बेपत्ता भएको छ । गत असार–४ गते डोरी चुँडिएपछि बगेर खोटाङको डिकुवा–१ र उदयपुरको रुपाटारस्थित सुनकोशी नदीको बीच भागमा पुगेको जयरामघाटको फेरी तेश्रो पटक बेपत्ता भएको हो । नदीले दोश्रोपल्ट बगाएर उदयपुरको रुपाटार र खोटाङको डिकुवामा पुर्‍याएको फेरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक कमल रजौरेले बताउनुभयो ।

  • पत्निद्वारा धारिलो हतियार प्रहार गरि पतिको हत्या

    विराटनगर, साउन २९ - मोरङ बयरवन ९ की तारा गुरुङ्गले धारिलो हतियार प्रहार गरी आफ्ना पति ४१ वर्षीय धनराज गुरुङको हत्या गरेकी छिन् । आइतवार राती १० बजे ताराले हतियार प्रहार गर्दा गम्भीर घाइते भएका धनराजको उपचारका क्रममा सोमवार ज्यान गएको हो ।

  • बिष खाँदा दुई बालबालिका गम्भीर

    पर्वत, साउन २९ - झुक्किएर झिंगा मार्ने बिष खाँदा सोमबार दिउँसो पर्वतको माझफाँट गाबिसका दुई बालबालिका गम्भीर विरामी भएका छन । पर्वतको माझफाँट गाबिस वडा नं ३ मा बस्दै आएका दुई बर्षिय सञ्जिब राई र तीन बर्षिया निरुता राउत विरामी भएका हुन । अचेत बनेका बालबालिको अबस्था गम्भीर भएकाले उपचारका लागि पोखरा पठाइएको छ ।

  • भीरवाट लडेर ज्यान गयो

    सुर्खेत, साउन २९ - सुर्खेतको रानीवास गाउँ बिकास समितिमा सोमवार एकजनाको भीरवाट लडेर ज्यान गएको छ । घासँ काट्न गएको बेला डाँडापोखरी भीरवाट लडेर रानीवास १ का चन्द्रबहादर रानाको ज्यान गएको हो ।

  • प्राध्यापक केसी फेरी अनसनमा

    काठमाडौं, साउन २९ - चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका प्राध्यापक डाक्टर गोविन्द केसी फेरी अनसनमा बस्नु भएको छ । अध्ययन संस्थानमा रिक्त डिन, सहायक डिन र क्याम्पस प्रमूखमा बरिष्ठता, कार्य क्षमता लगायतका आधारमा नियुक्त गर्नुपर्ने माग सम्वोधन नभएको भन्दै केसी फेरी अनसनमा बस्नु भएको हो ।

  • सिटिइभिटीको अनिश्चितकालिन तालाबन्दी खुल्यो

    भक्तपुर, साउन २९ - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी मा नौ विद्यार्थी संगठनले दुई हप्ताअघि गरेको अनिश्चितकालिन तालाबन्दी सहमतिपछि खुलेको छ । बिभिन्न ३० बुँदे माग राखी आन्दोलनमा उत्रिएका सिटिइभिटी विद्यार्थी संगठन अन्तर्गत रहेका नेपाल विद्यार्थी संघ, अनेरास्वबियू, अनेरास्ववियू क्रातिकारी, अनेरास्ववियू छैठौलगायतका नौ विद्यार्थी संगठनले सिटिइभिटीका उपाध्यक्ष, सदस्य सचिव परीक्षा शाखा र अन्य शाखामा तालाबन्दी गरेका थिए । सोमवार सिटिइभिटीमा भएको पदाधिकारी र विद्यार्थी संगठनका प्रत...

  • घाइते प्राचार्य शर्मालाई हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगियो

    सोलुखुम्बु, साउन २९ - मोटरसाइकल सिक्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते हिमालदर्शन उच्च मावि नेचाका प्राचार्य अशोक शर्मालाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । विद्यालयको चउरमा मोटरसाइकल सिक्ने क्रममा आइतबार शर्मा गम्भीर घाइते हुनुभएको थियो । घाइते शर्माको गाउँमा रहेको सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौँ लगिएको सोही विद्यालयका शिक्षक भोजराज शर्माले जानकारी दिनुभयो ।

  • धादिङमा फेरि अर्को दुर्घटना, ९ घाइते

    धादिङ, साउन २९ – एउटा दुर्घटनाको घाइतेलाई काठमाडौ पुर्‍याउन नभ्याउँदै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडामा सोमवार अर्को दुर्घटना भयो । काठमाडौबाट बुटवलका लागि छुटेको  लु १ ख ५९८० नम्बरको बसले धादिङबेसीबाट काठमाडौ जाँदै गरेको बा ३२ प ३६१६ नम्बरको मोटरसाइकललाई गजुरी, २ छहरामा ठक्कर दिंदा बस सडकमा पल्टिएर ९ जना घाइते भएका छन् ।

  • दत्तात्रय मन्दिरमा एक महिने मेला सकिंदै

    रमेश गिरी/उज्यालो । भक्तपुर, साउन २९ – भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा साउन १ गतेदेखि लागेको दत्तात्रय मेला सोमबार बेलुकीदेखि सकिँदैछ । साउनको हरेक सोमबार लाग्ने दत्तात्रय मेला यो वर्ष साउन महिनामा पाँचवटा सोमबार परेकाले बिहान तीन बजेदेखि मन्दिरमा दर्शनार्थीको घुईचो लागेको छ ।

  • दयाशंकर पालिखे स्मृति पुरस्कार निष्ठुरीलाई

    पोखरा, साउन २९ – यसबर्षको दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाई प्रदान गरिएको छ । सोमबार पोखरामा आयोजित कार्यक्रममा निष्ठुरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरस्कार प्रदान गर्नुभयो ।

  • बिहारमा भएको दुर्घटनामा ७ नेपाली तीर्थयात्रीको निधन

    साउन २९ – नेपाली तीर्थयात्री बोकेको बस भारत बिहारको सीतामणि जिल्लामा पर्ने सरसण्डमा पल्टिँदा सात जनाको ज्यान गएको छ । ३६ जना घाईते भएका छन । ज १ ख ६७८ नम्बरको बस सुरसण्ड पुलबाट सोमबार बिहान खोलामा खसेको हो ।

  • गाविस सचिव सरुवाको विरोध

    खोटाङ, साउन २९ – जिल्ला विकास समितिले गाविस सचिवको सरुवा गरेपछि खोटाङको लिच्कीराम्चेका वासिन्दाले विरोध गरेका छन् । गाबिसको योजना कार्यन्वयनमा समस्या हुने र नयाँ सचिवलाई काम गर्न अप्ठ्यारो हुने भन्दै उनीहरुले सचिव नेत्रराज कार्कीको सरुवाको विरोध गरेका हुन् ।

  • साउनको अन्तिम सोमबार, शिव मन्दिरहरुमा घुइँचो

    काठमाडौ, साउन २९ – आज साउनको अन्तिम सोमबार, काठमाडौको पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ । पशुपतिको पश्चिम ढोका मात्र खुल्ला गरिएकाले लाइनमा बस्नेहरुको भिड धेरै छ ।

  • धादिङमा बस पल्टिंदा ८ जना घाइते ३ गम्भीर

    धादिङ, साउन २९ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा गाविस २ घाटवेसीमा रात्री वस पल्टिंदा ८ जना घाइते भएका छन । बर्दिवासबाट काठमाडौतर्फ आएको ना ३ ख १९८९ नम्बरको बस सोमबार बिहान ५ वजेतिर सडकमै पल्टिंदा ८ जना यात्रु घाइते भएका हुन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया