MENU
ujyaalo forign call inside

समाज

  • विश्व बाघ संरक्षण दिवस मनाईंदै

    काठमाडौं, साउन १४ – बाघको संख्या बढाउन बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी आज तेस्रो विश्व बाघ संरक्षण दिवस मनाईंदैछ । संसारबाटै घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पु¥याउने उद्देश्य सहित हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिन्छ । 

  • बिदेश पठाइदिने बाहानामा ५० लाख ठगी गर्ने पक्राउ

    नेपालगञ्ज, साउन १३ – बिदेश पठाइदिने बहानामा दर्जनौ यूवासँग करिब ४९ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नेपालगञ्जबाट  पक्राउ गरेको छ । नेपालगञ्जको बसपार्करोडमा रहेको क्यापिटल होटलबाट प्रहरीले काठमाडौं महानगरपालिका ३५ कोटेश्वरका बम बहादुर सिँजालीलाई शनिबार पक्राउ गरेको हो ।

  • हत्या आरोपमा तीनजना पक्राउ

    सोम सुनुवार/ उज्यालो । इलाम, साउन १३ – एक युवकको हत्या आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको जितपुर नवमी बजारमा आएका महमाइ १ का ३२ बर्षिय तुलसी गिरीको हत्यामा संलग्न भएको आरोपमा जितपुर ६ का मनबहादुर मगर, देउबहादुर मगर र प्रेमबहादुर मगरलाई पहरीले पक्राउ गरेको हो ।

  • पाल्पा दुर्घटना अपडेटः ज्यान गुमाउने १४ जनाको सनाखत

    देब पचभैया/ उज्यालो । पाल्पा, साउन १३ – पाल्पाको जोर्तेमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको सनाखत भएको छ । बि आर १ वाई ए ४६७८ नम्बरको भारतीय जिप सडकबाट ८० मिटर तल कुरुगा  खोलामा खस्दा थानपति गुल्मीका धनबहादुर रानाको परिवारको ज्यान गएको हो ।

  • ढुकुटी खेल्नेहरु १६ लाख सहित पक्राउ

    काठमाडौं, साउन १३ - प्रहरीले काठमाडौंको जोरपाटीमा अवैध रुपमा संचालित ढुकुटीमा छापा मारेको छ । स्थानीय भीम बस्नेत लगायतको समूहले खेलाईरहेको ढुकुटीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छापा मारेको छ । प्रारम्भिक विवरण अनुसार प्रहरीले ढुकुटी खेलाउने ठाउँबाट १६ लाख रुपैयाँ नगद र चेक सहित केहीलाई पक्रेको छ । उनीहरुलाई महाराजगञ्ज लगिएको छ । उनीहरुबाट अनुसन्धान भइरहेको भन्दै प्रहरी नाम सार्वजनिक गरेको छैन ।

  • कुटपिटबाट महिलाको मृत्यु

    गोरखा, साउन १३ - गोरखाको हंसपूरमा नचिनेको मान्छेको कुटाईबाट एक महिलाको ज्यान गएको छ । हंसपूर गाउँ विकास समिति वडा नम्वर १ मा शुक्रवार बेलुकी नचिनेका मान्छेको ४८ वर्षीया गीता न्यौपानेलाई कुटपिट गरी घाइते बनाएका थिए । न्यौपानेको स्थानीय भच्चेक स्वास्थ्य चौकीमा उपचारको क्रममा  ज्यान गएको प्रहरीले जनाएको छ ।

  • सुदुरपश्चिममा भुइँचालो

    काठमाडौं, साउन १३ - सुदुरपश्चिम भुइँचालोको धक्का महसुस भएको छ । नेपाल भारत सिमा क्षेत्रमा केन्द्रबिन्दु भएर विहान ११ बजेर ३३ मिनेटको समयमा ४ दशमलव ६ रिक्टर स्केलको भुइँचालो गएको अमेरिकी भुगर्भ विभागले जनाएको छ । भुइँचालोको धक्का महेन्द्रनगर आसपासमा महसुस गरिए पनि यसबाट क्षति भएको कुनै जानकारी अहिलेसम्म आएको छैन ।

  • श्रीमानको बञ्चरो प्रहारबाट घाइते मुनाको निधन

    भरत ईङ्नाम/उज्यालो । तेह्रथुम, साउन १३ - आफ्नै श्रीमानको बन्चरो प्रहारबाट गंभीर घाईते  पिप्ले २ की मुना निरौलाको शनिबार बिहान ज्यान गएको छ । घाईते मुनाको विराटनगरस्थित लाईफगार्ड अस्पतालमा उपचारको क्रममा शनिवार विहान ज्यान गएको प्रहरीले जनाएको छ  । निरौलाको आइसियूमा राखेर उपचार गरिँदै थियो । उहाँलाई चिकित्सकहरुले शनिवार विहान मृत घोषणा गरेको मृतकका आफन्त प्रदिप दाहालले जानकारी दिनुभयो ।

  • करेन्ट लागेर मृत्यु

    तेह्रथुम, साउन १३ - तेह्रथुम साब्लाको हलिमेलामा शुक्रवार राति करेन्ट लागेर एक युवाको ज्यान गएको छ । हलिमेलामा सिलाई–कटाई ब्यवसाय गर्दै आएका २९ बर्षिय हेमबहादुर नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ  । राति बिजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेका नेपालीको राति नै ज्यान गएको प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । पौंठाक ७ घर भएका नेपाली दुई वर्षअघिदेखि साब्लाको हलिमेलामा  सिलाई कटाई ब्यवसाय गर्दै आउनुभएको थियो ।

  • पाल्पामा भएको गाडी दुर्घटनामा १४ को मृत्यु

    देव पचभैया/उज्यालो । पाल्पा, साउन १३ -पाल्पाको जोर्तेमा भएको जिप दुर्घटनामा १४ जनाको ज्यान गएको छ । २ जना गम्भिर घाइते भएका छन् । बि आर १ वाई, ए ४६७८ नम्बरको भारतीय जिप सडकबाट ८० मिटर तल कुरुगा  खोलामा खस्दा थानपति गुल्मीका धनबहादुर रानाको परिवारका १४ जनाको ज्यान गएको हो ।

  • एक बर्षमा ३ सय २ जोडीको सम्बन्ध बिच्छेद

    चितवन, साउन १३ - चितवनमा गएको आर्थिक बर्षमा अदालत मार्फत ३ सय २ जोडिको सम्बन्ध बिच्छेद भएको छ । चितवन जिल्ला अदालतमा रहेका ३ सय ६२ वटा  सम्बन्ध बिच्छेदका मुद्दा मध्ये ३ सय २ वटा फैसला भएको अदालतले जानकारी दिएको छ । चितवन जिल्ला अदालतमा आर्थिक बर्ष २०६७/६८मा फैसला हुन नसकेका ४७ र आर्थिक बर्ष २०६८/६९ थपिएका तिन सय १५ मुद्दा मध्ये ३ सय २ वटा मुद्दाको फैसला भएको अदालतका श्रेष्तेदार दिनबन्धु बरालले जानकारी दिनुभयो ।

  • शैक्षिक संस्थामा भएको तोडफोड रोक्न राष्ट्रपतिको ध्यानाकर्षण शैक्षिक संस्थामा भएको तोडफोड रोक्न राष्ट्रपतिको ध्यानाकर्षण

    काठमाडौं, साउन १२ - राष्ट्रपति डाक्टर रामवरण यादवले मोहन वैद्य निकटको अखिल क्रान्तिकारीले शैक्षिक संस्थाहरुमा गरेको तोडफोड रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारलाई फोन गरेर राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको हो ।

  • नेपाल चीन द्धिपक्षीय वार्ता सम्पन्न

    काठमाडौं, साउन १२ - नेपाल र चीनबीच सीमा सुरक्षासम्बन्धी द्विपक्षीय वार्ता चीनको राजधानी बेइजिङमा सम्पन्न भएको छ । वार्तामा सीमा क्षेत्रमा हुने अपराध रोकथाम गर्न दुवै पक्ष सहमत भएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सीमा सुरक्षा कानुन कार्यान्वयन र आपसी हितका सम्बन्धमा समेत छलफल भएको छ । बैठकमा चिनियाँ पक्षको नेतृत्व जनवादी गणतन्त्र चीनका सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री चेन जिमिनले गर्नुभएको थियो ।

  • पतिद्वारा पत्निमाथि बञ्चरो प्रहार

    तेह्रथुम, साउन १२ - आफ्नै पतिको बन्चरो प्रहारबाट तेह्रथुम पिप्ले २ की मुना निरौला गम्भीर घाईते हुनु भएको छ । २४ बर्षिया घाईते मुनाको अहिले विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । ओछ्यानमा सुतिरहेकी मुनालाई उहाँका पनि ३४ बर्षिय टंक निरौलाले शुक्रवार विहान ५ बजेतिर टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । पत्निमाथि बन्चरो प्रहार गर्ने निरौलालाई नियन्त्रणमा लिईएको प्रहरी नायव निरीक्षक विष्णुवहादुर खड्काले जानकारी दिनुभयो ।

  • बिए तेश्रो वर्षको परीक्षाफल प्रकाशित

    काठमाडौं, साउन १२ - मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ बिए तेश्रो वर्षको परीक्षाफल प्रकाशित भउको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६८ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बीए तेस्रो वर्षको परीक्षाको परीक्षाफल शुक्रवार प्रकाशित भएको हो ।

  • डिएसपीलाई कारवाहीको माग गर्दै पूर्व सांसदको उजुरी

    विद्रोही गिरी /उज्यालो । नवलपरासी, साउन १२ - नवलपुर ईलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी मुकुन्द मरासनीलाई कारवाहीको माग गर्दै पूर्व सांसद दुर्गादेवी भट्टराईले जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उजुरी दर्ता गराउनु भएको छ  । साउन ८ गते डिएसपी मरासनीले विना पुर्र्जी आफ्नो घरमा छापामार शैलीमा प्रहरीलाई खान तलासी गर्न लगाएको भन्दै भट्टराईले डिएसपीलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराउनु भएको हो ।

  • माडागास्करमा अलपत्र नेपालीको उद्धारका लागि पहल सुरु

    हिम विष्ट/उज्यालो । काठमाडौं, साउन १२ - अफ्रिकी राष्ट्र माडागास्करमा पाँच महिनादेखि अलपत्र नेपालीलाई उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । गैरकानुनी रुपमा माडागास्करमा पुगेका नेपाली अलपत्र परेका जानकारी आएपछि परराष्ट्र मन्त्रालयले शुक्रवार आन्तरिक छलफल गरि उद्धारको पहल सुरु गरेको छ । अहिलेसम्म अलपत्र परेका व्यक्तिको तथ्याङक एकिन नभएको र संकलन गर्ने काम भईरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले जानकारी  दिनुभयो ।

  • पहिरोमा परि वालिकाको मृत्यु

    हुम्ला, साउन १२ - हुम्लाको दार्म गाविसमा शुक्रवार विहान आएको पहिरोमा परि एक वालिकाको मृत्यु भएको छ । दार्म गाविस २ का हंस वहादुर शाहीको घरमाथिवाट आएको वाढीसंगैको पहिरोले पुर्दा उहाँकी ८ वर्षकी छोरी भैरा सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक सन्तोष रोकाले वताउनुभयो ।

  • छिमेकीको झगडाले मुलाखर्क घटना

    धादिङ, साउन १२ - मानवअधिकार संस्थाहरुको संयुक्त अनुगमनले धादिङको पिडा गाविस वडा नम्बर ५ मुलाखर्कम दलित र गैरदलित समुदायकाबीच तनाव चुलिँदै जानुको मुख्य कारण जातीय छुवाछुत नभई दुई छिमेकीका बिच भएको झगडा रहेको ठहर गरेका छन् । मुलाखर्क घटना अनुगमनका लागि गठन भएको संयुक्त मानवअधिकार अनुगमन टोलीले साउन ७ गते घटनास्थल पुगि तयार पारेको प्रतिवेदन शुक्रवार धादिङबेसीमा सार्वजनिक गर्दै मुलाखर्क घटनाको वारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

  • १ लाख ७७ हजार यूनिट रगत संकलन

    काठमाडौं, साउन १२ - नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ४५ वर्ष पुरा भएको छ ।  नेपालमा रेडक्रस सोसाइटीद्वारा २०२३ साल साउन १२ गते नेपालमा रक्त सञ्चार सेवा सुरु भएको थियो । रक्त सञ्चार सेवा केन्द्रहरूबाट आर्थिक वर्ष २०६८/०६९ मा १ लाख ७७ हजार १ य ९५ यूनिट रगत संकलन भएको छ । यस मध्ये केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रबाट मात्र ६७ हजार ५ सय ७ यूनिट रगत संकलन भएको छ भने विराटनगर, चितवन, पोखरा र नेपालगंजमा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रहरूबाट ४० हजार १ सय ५४ यूनिट रगत संकलन भएको छ ।

  • आगलागी हुँदा महिलाको मृत्यु

    रमेश ऐडी/उज्यालो । हुम्ला, असार १२ - हुम्लाको रोडीकोट गाविस २ गाई खर्कमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । गाइ राख्ने रम्फा भन्ने लेकमा घाँसको खर्कमा विहीवार राती आगलागी हुँदा खर्कमा सुतेकी ३४ वर्षिया सुनकौरा रोकायाको ज्यान गएको स्थानीयवासिन्दा रंगमल रोकायाले जानकारी दिनुभयो ।

  • दुर्घटनाको छानबिन गर्न समिति गठन

    अर्घाखाँची, साउन १२ - नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको ज्यान जाने गरी भएको मोटरसाइकल दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाली काग्रेस अर्घाखाँचीले उच्च स्तरिय छानबिन समिति गठन गरेको छ । नेपाली कांग्रेस अर्घाखाँचीको शुक्रवार बसेको बैठकले दुर्घटनाको सत्य तथ्य बाहिर ल्याउन प्राध्यापक नन्दराम भटराईको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको कांग्रेसले जनाएको छ ।

  • वरिष्ठ पत्रकार चन्द्रलाल झा रहनुभएन

    काठमाडौं, साउन १२ – वरिष्ठ पत्रकार चन्द्रलाल झाको निधन भएको छ । लामो समयदेखि पार्किन्सन, मधुमेह, अल्जाइमर्स लगायतका रोगबाट पीडित पत्रकार झाको शुक्रबार बिहान आफ्नै निवास काठमाडौं मरुहिटीस्थित गणेशस्थानमा निधन भएको हो ।

  • पहिरो हटाइएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    धादिङ, साउन १२ – सडकमाथि रहेको वालुवाखानीबाट झरेको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पहिरोले सडक अवरुद्ध हुँदा धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्गको बैरेनी र महेशदोभानमा क्षेत्रमा राति १ वजे देखि सवारी आवागमन ठप्प भएको थियो ।

  • साउदी अरबमा ५९ नेपाली कामदार अलपत्र, ६ जनाको अवस्था गम्भीर

    काठमाडौं, साउन १२ – नविल ओभरसिज काठमाडौं मार्फत साउदी अरब पुगेर अलपत्र परेका ५९ जना नेपाली कामदार मध्य ६ जनाको अवस्था गम्भीर बनेको छ । खाना नपाएर बिरामी परेका काभ्रेका पूर्ण तामाङ, सुनसरीका यज्ञ कार्की, टिका रिजाल र सन्तोष राई, धादिङका कृष्ण तामाङ र पर्वतका निरज घिमिरेको अवस्था गम्भीर रहेको अलपत्र परेका पाल्पाका शंकर पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

  • मोटरसाईकल दुर्घटनामा प्रहरीको ज्यान गयो

    काठमाडौं, साउन १२ - काठमाडौंको रातोपुलमा विहीवार बेलुकी भएको दुर्घटनामा एक जना प्रहरीको ज्यान गएको छ । गौशालाबाट ज्ञानेश्वरतर्फ गईरहेको बा २९ प ५६१० नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किंदा मोटरसाईकल चालक केन्द्रिय कारागार सुन्धारामा कार्यरत प्रहरी जवान रोहित भण्डारीको ज्यान गएको हो ।

  • तातो तेलमा परेर वालक गम्भीर घाइते

    स्याङजा, साउन ११ –  स्याङ्जाको वालिङ ३ मा रोटी बनाउने क्रममा तातो तेलको कराईमा परेर एक वालक गम्भीर घाइते भएका छन् । छिमेकीको नवनिर्मित घरको वास्तुपुजाको लागि रोटी बनाउने क्रममा स्थानीय २० महिनाका वालक मनिष रेश्मी गम्भीर घाइते भएका हुन् ।

  • श्रीमतीको प्रतिकारमा श्रीमानको मृत्यु

    दमन राई/ उज्यालो । खोटाङ, साउन ११ – आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट खोटाङमा एक पुरुषको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेका फेदी ९ का किरण राईले श्रीमतीलाई खुकुरी प्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गएको प्रहरीले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध भएको भन्दै आन्दोलन घोषणा

    पोखरा, साउन ११ – पोखरामा बन्न लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध सृजना गर्न खोजेको भन्दै विमानस्थल निर्माण सरोकार समितिले आन्दोलन घोषणा गरेको छ । निर्माण प्रकृया सुरु हुनै लागेका बेला नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले नै अवरोध गर्न खोजेको भन्दै समितिले पोखरा विमानस्थल बन्द गर्ने सम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

  • आठ विद्यार्थी संगठनद्वारा सीटीईभीटीमा धर्ना आठ विद्यार्थी संगठनद्वारा सीटीईभीटीमा धर्ना

    भक्तपुर, साउन ११ – आठ विद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटीईभीटी) मा भएका विकृति विरुद्ध दिनभर धर्ना दिएका छन् । उच्च माध्यामिक विद्यालयको शूल्क बढि भएको, भड्किलो विज्ञापन गरिएको, सीटीइभीटीको परीक्षामा भएका अनैतिक क्रियाकलाप रोक्नुपर्ने लगायत माग गर्दै ८ विद्यार्थी संगठनले धर्ना दिएका हुन् ।

  • सेन्ट मेरिज कलेजले टेरेन सरकारलाई

    काठमाडौं, साउन ११ – नीजि उच्च माध्यमिक विद्यालय अनुगमन कार्यदलले ललितपुरको सेन्ट मेरिज कलेजले सरकारी अनुगमन टोलीलाई नटेरेको निष्कर्ष निकालेको छ । कार्यदलको शुक्रबार बसेको बैठकले सेन्ट मेरिज कलेजलाई २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन समेत दिएको छ ।

  • वाल अधिकार आयोग चाहियोः प्रधान वाल अधिकार आयोग चाहियोः प्रधान

    काठामडौं, साउन ११ – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं प्रवक्ता गौरी प्रधानले वाल अधिकारको संरक्षणका लागि वाल अधिकार आयोग गठन गर्नुपर्ने बताउनुभएको  छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालले बिहीबार भक्तपुरमा गरेको कार्यशालाको उद्घाटन गर्दै प्रधानले वाल अधिकार संरक्षणका लागि हालसम्म पनि वाल आयोग गठन नभएकाले त्यो आवश्यक रहेको बताउनुभयो ।

  • अपराधका घटनामा कमी आएको प्रहरीको दावी

    बोमलाल गिरी/ उज्यालो । काठमाडौं, साउन ११ – प्रहरीले काठमाडौं उपत्यकामा अपराधका घटनामा कमी आएको दावी गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०६७/ ०६८ भन्दा आर्थिक वर्ष ०६८/ ०६९ मा अपराधका घटनामा दुई प्रतिशतले कमी आएको आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी पूर्णसिंह खड्काले जानकारी दिनुभयो ।

  • दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

    भक्तपुर, साउन ११ - काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको एक मोटरसाईकल मध्यपुरठिमीको ६ लेन सडकको बसस्टप नजिकै रहेको खम्बामा ठोक्किएर दुर्घटना हुँदा एक जनाको घट्नास्थल मै ज्यान गएको छ । बा ५० प ६२९३ नम्बरको मोटरसाईकल खम्बामा ठोक्किएर दुर्घटना हुँदा धादिङ्ग सुनौलो बजार घर भएका मोटरसाईकल चालक ३३ वर्षका काजीराम कार्कीको ज्यान गएको महानगरीय प्रहरी बृत्त थिमीले जानकारी दिएको छ ।

  • बिरामी लिन आएको हेलिकप्टर शव लिएर फर्कियो

    दमन राई/उज्यालो । खोटाङ, साउन ११ – खराब मौसमका कारण समयमा हेलिकप्टर उडान हुन नसक्दा खोटाङमा एक बिरामीको ज्यान गएको छ । बिरामी लिन आएको हेलिकप्टर समयमा उडान हुन नसक्दा उपचारका लागि काठमाडौ लैजान लागिएको दिक्तेल २ का व्यवसायी डिजेन्द्र जोशीको ज्यान गएको हो ।

  • रियल जुसमा किरा र झुस भेटियो रियल जुसमा किरा र झुस भेटियो

    धादिङ, साउन ११ – धादिङ सदरमुकाम धादिङवेशीको एक पसलमा बेच्न राखिएको रियल जुसमा फोहोर र अखाद्य पदार्थ भेटिएको छ । धादिङबेशी बसपार्कमा रहेको ललितबहादुर श्रेष्ठको पसलमा चार वटा रियल जुस खोल्दा त्यहाँभित्र कुहिएको अण्डाजस्तो चोक्टा, लेउ र पात पतिंगर जस्ता फोहोर फेला परेको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो ।

  • ३ दिनदेखि बाग्लुङ र म्याग्दी अन्धकार

    बाग्लुङ, साउन ११ – बागलुङ र म्याग्दीमा तीन दिनदेखि बिद्युत सेवा अवरुद्ध हुँदा यस क्षेत्रका वासिन्दा मर्कामा परेका छन् । पर्वतको अर्मादीमा गएको पहिरोका कारण बिजुलीको पोल ढलेपछि मंगलबारदेखि दुवै जिल्लाका वासिन्दा समस्यामा परेका छन् ।

  • अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न पोखरावासीको दबाब

    पोखरा, साउन ११ – लागत बढी भएको बाहानामा पोखरामा बन्न लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा अवरोध गर्न खोजेको भन्दै बिमानस्थल निर्माण सरोकार समिति पोखराले दबाब दिने भएको छ ।

  • अनुगमन गर्न नदिने सेन्ट मेरिजसंग स्पष्टीकरण लिइने

    काठमाडौ, साउन ११ – अनुगमनमा बाधा पुर्‍याएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले ललितपुर जावलाखेलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयका प्राधान्याध्यापक र व्यवस्थापनका अधिकारीसँग स्पष्टिकरण लिने भएको छ । बुधवार अनुगमनका लागि गएको कार्यदललको टोलीलाई विद्यालयमा प्रवेश गर्न नदिएपछि परिषद्ले बिहीबार स्पष्टिकरण लिन लागेको हो ।

  • विद्यार्थी संगठनहरुले उच्च माध्यामिक शिक्षा परिषद् घेर्दै

    काठमाडौ, साउन ११ – विभिन्न माग राखेर थालेको आन्दोलन अन्तरगत ८ विद्यार्थी संगठनले बिहीबार उच्च माध्यामिक शिक्षा परिषद् र सिटीईभिटी घेराऊ गर्दैछन् । अन्तर्राष्ट्रिय नाम हटाउनुपर्ने, शुल्कमा एकरुपता ल्याउनुपर्ने र गलत तरिकाले आर्जन गरेको सम्पत्तिको छानविन हुनुपर्ने भन्दै आफूहरुले घेराऊ गर्न लागेको नेविसंघ नेता यूपी लामिछानेले जानकारी दिनुभयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया