MENU
ujyaalo forign call inside

समाज

  • नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    काठमाडौं, जेठ २२ -  सरकारी कागजात किर्ते गर्ने र नक्कली प्रमाण पत्र बनाउने सिन्धुपाल्चोक पिपलडाँडाका बलिन्द्र रायमाझीलाई प्रहरीले पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले रायमाझीलाई ललितपुरको ईमाडोलबाट पक्रेको हो । सरकारी कागजात किर्ते गर्ने एवं नक्कली प्रमाणपत्र बनाउने काममा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्रेको  सिआइबीले जनाएको छ ।

  • बन्दुक पड्कँदा घाइते भएकाको मृत्यु

    पोखरा जेठ २२ - कास्कीको भरतपोखरी गाविसमा शनिवार वन्दुक पड्कदा घाईते भएका सरोज आचार्यको उपचारको क्रममा ज्यान गएको छ । वडा नम्वर ३ को मुलपानी जंगलमा कालिज मार्न भन्दै शिकार गर्न गएका वेला, भरुवा वन्दुक वोकेका अशोक आचार्य अचानक लडेपछि, पड्कँदा सरोजको पेटमा छर्राले लागेको थियो ।

  • सुर्खेतमा सुकुम्वासीद्वारा प्रमुख दलको पार्टी कार्यालय कव्जा

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, जेठ २२ - वीरेन्द्रनगर नगरपालिकाले बिकल्प नदिई बस्ती हटाउन थालेको भन्दै सुकुम्वासीले सुर्खेतस्थीत तीन ठुला दलको पार्टी कार्यालय कव्जा गरेका छन ।  दलहरुले आफनो पीडा नसुनेपछि बाध्य भएर  माओवादी, काग्रेस र एमालेको पार्टी कार्यालय  कव्जा गरेको उनीहरुले बताएका छन ।  समस्या समाधान नभएसम्म पार्टी कार्यलयमा सामुहिक बास बस्ने सुकुम्बासीहरुले बताएका छन ।

  • बाबुद्वारा छोरी बलात्कृत

    नेपालगन्ज, जेठ २२ - आफ्नै छोरीलाई वलत्कार गरेको आरोपमा बाँके कचनापुरका चेतलाल बोहरालाई प्रहरीले पक्रेको छ । बोहराले १५ वर्षिया आफ्नी छोरीलाई जेठ १९ गते घरमै जवरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक उदय तामाङ्गले सोमवार जानकारी दिनुभयो ।

  • २ सय जना सगरमाथा चुचोरोमा

    काठमाडौं, जेठ २२ - विश्वको सर्वोच्च शिखर सगरमाथाको यो मौसममा मात्रै हालसम्म २ सय जनाले सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणका लागि ३ सय ४१ जनाले अनुमति प्राप्त गरेका थिए । त्यसैगरी सगरमाथासहित अन्य हिमालको आरोहण गर्न ८ सय ५ जनाले अनुमति प्राप्त गरेकामा २ सय ७५ जना सफल भएका छन् ।

  • बस दुर्घटनामा पाँचको ज्यान गयो

    विद्रोही गिरी/उज्यालो । नवलपरासी, जेठ  २२ - पुर्बपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने एस मोडमा सोमवार दिउसो बस दुर्घटना हुदा  पाँच जनाको ज्यान गएको छ । पुर्बबाट पश्चिमका लागि छुटेको लु १ ख ४०९४ नम्बरको बस सडकबाट तीन मिटर तल खस्दा बसमा सवार ३ जनाको घटना स्थलमै  र २ जनाको उपचारका क्रममा दाउन्ने पोलिक्लिनिकमा ज्यान गएको  प्रहरीले जनाएको छ ।

  • प्रहरीद्वारा प्राध्यापकमाथि हातपात

    काठमाडौं, जेठ २२ - विभिन्न माग राखेर आन्दोलन गरिरहेका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई प्रहरीले हातपात गरेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालयमा सोमवार ३२ औ दिन धर्ना दिने तयारी गर्दागर्दै प्रहरीले हातपात र लछारपछार गरेको त्रिवि प्राध्यापक संघका उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो । माथिको आदेश भन्दै प्रहरीले आफुहरुलाई हातपात गरेको र गेटबाहिर ल्याएको र भित्र जान नदिएको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।

  • सहमतिपछि नुवाकोटको बन्द खुल्यो

    नवदीप अजनवी/उज्यालो | नुवाकोट, जेठ २२ -  जिल्ला प्रसासन कार्यालयमा मृतकका आफन्त र बस धनीबीच भएको सहमतिपछि नुवाकोटको बन्द फिर्ता भएको छ । पुराना सार्वजनिक सवारीसाधनहरु हटाउनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्तले गरेको जिल्ला बन्द सहमतिपछि साढे ४ बजेपछि खुलेको हो ।

  • दुई भाइ मिलेर पाँच छोराछोरी र श्रीमतीको हत्या गरेको खुलासा

    बैतडी, जेठ २२ - बझाङ्गमा दुई सहोदर दाजुभाइले मिलेर आफ्नै परिवारको ७ जनाको हत्या गरेको प्रहरीले दावी गरेको छ । यसअघि दाजुभाइबीच घरायसी विवाद चर्केर काटमार हुँदा सात जनाको मृत्यु भएको भनिएको थियो । बझाङका प्रहरी नायव उपरीक्षक सूर्य केसीले बझाङ्गको दुर्गम गाविस स्याँडी–९ स्थित दलित बस्तीमा दुई भाइले शनिबार बेलुकी आफ्नै परिवारका सात जनाको हत्या गरेको दावी गर्नुभयो ।

  • जिप दुर्घटनामा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक सहित दुईजनाको निधन जिप दुर्घटनामा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक सहित दुईजनाको निधन

    हरी हुमागाईँ/ उज्यालो । मकवानपुर, जेठ २२ – बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको गाडी दुर्घटनामा परी निधन भएको छ । बा ८ च ४६१८ नम्बरको निजी जीप चढेर हेटौंडा जाने क्रममा मकवानपुरको भीमफेदी ४ जुरीखेतमा दुर्घटना हुँदा देवकोटाको निधन भएको हो ।उहाँ चढेको गाडी सडकबाट दुईसय मिटर तल खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उहाँसँगै अर्का एकजनाको पनि ज्यान गएको छ ।  मृतकको नामठेगाना खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि हेटौंडा अस्पत...

  • हुरीबतासले विद्यालय सहित तीन दर्जन घरको छानो उडायो

    केशव अधिकारी/ उज्यालो । धादिङ, जेठ २२ – आईतबार आएको हुरी बतासले धादिङ जिल्लाको विभिन्न स्थानमा ठुलो हानी नोक्सानी पुर्‍याएको छ । हुरी बतासले सल्यानकोट, मुलपानी र आगिञ्चोक गाविसको तीन दर्जन भन्दा बढि घर, विद्यालय र सामाजिक संस्थाको घरको छाना उडाएको हो ।

  • आज अन्तर्राष्ट्रिय द्वन्द्वपीडित निर्दोष बालबालिकाको दिवस

    काठमाडौं, जेठ २२ – आज अन्तर्राष्ट्रिय द्वन्द्वपीडित निर्दोष बालबालिकाको दिवस, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले बालबालिकाको अधिकार रक्षा गर्ने विषयमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

  • मोटरसाइकल दुर्घटनामा दुई सैनिक गम्भीर घाइते

    काठमाडौं, जेठ २२ – काठमाडौंको थापाथलीमा आइतबार राति भएको मोटरसाईकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । बा ४३ प १८८५ नम्बरको मोटरसाईकल अनिनियन्त्रित भै सडकमा पल्टिँदा सुर्खेतका भजन विष्ट र दार्चुलाका विशालसिंह लोथार घाइते भएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

  • हावाहुरी छानो उडाउँदा ८ विद्यार्थी घाइते

    भीमलाल श्रेष्ठ/उज्यालो । गोरखा, जेठ २१ - पढाई भइरहेको बेला वर्षासंगै आएको हावाहुरीले आइतवार गोरखा श्रीनाथकोट गाउँ विकास समिति वडा नं ९ स्थित बालज्योति प्राथमिक विद्यालयको छाना उडाउनुका साथै भित्ता भत्किँदा आठ जना विद्यार्थी घाइते भएका छन । विद्यालय छुट्टी हुने समयमा साँढे ३ बजेतिर पानी संगै आएको हावाहुरीले छानो उडाउनुका साथै भित्ता भत्किएर विद्यालयको कक्षा ५ मा अध्ययनरत रोहित बिकको हात भाँचिनुका साथै त्यही कक्षामा अध्ययनरत सविता घले, मनोज गुरुङ्ग, अनिता बिक सहित ८ जना विद्यार्थी घाइते भएका छन ।

  • बैतडी र कैलालीमा झाडापखालाबाट २ को मृत्यु

    कैलाली, जेठ २१ - अत्याधिक गमीसँगै बढेको झाडापखालाबाट कैलाली र वैतडीमा दुई बालकको ज्यान गएको छ । सेती अञ्चल अस्पतालमा उपचारका क्रममा कैलालीको थापापुर गाविसका ६ महिनाका योगेश चौधरीको ज्यान गएको हो । त्यस्तै, बैतडीको मेलौली गाविसका रमेश नेगीको झाडापखालाका कारण ज्यन गएको हो ।

  • सुर्खेतका ९० प्रतिशत बादीसँग जग्गा जमिन छैन

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, जेठ २१ - सुर्खेतका बादी समुदायले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोगजारको उचित व्यवस्था गर्न माग गरेका छन् । बादी अधिकार संर्घष समितिले बीरेन्द्रनगरमा आइतवार गरेको कार्यक्रममा उनीहरुले उचित बसोवास, शिक्षा, स्वास्थ्य र रोजागरकोे अभावमा दैनिक गुजरा चलाउन मुस्किुल परेको गुनासो गरेका छन ।

  • सोल्टी होटलमा कतार दूतावास

    काठमाडौँ, जेठ २१ - नेपालका लागि कतार राजदूतावास अर्को व्यवस्था नभएसम्मका लागि सोल्टी होटलमा राखिएको छ । स्थायीरुपमा स्थापना नहुन्जेलसम्मका लागि सोल्टी क्राउन प्लाजाको कोठा नं ९९ मा राखिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । कतारले नेपालमा हालै मात्र दुतावास स्थापना गरेको हो ।

  • धादिङमा एक महिलाको हत्या

    धादिङ,  जेठ २१ - उत्तरी धादिङको सत्यदेवी गाविस–८ निवासी कृष्णमाया श्रेष्ठको शनिबार राति घरमै सुतिरहेको बेला ढुङ्गाले हिर्काएर हत्या भएको छ । पति कृष्णमान श्रेष्ठ घर नजिकैको धन्सारमा सुत्न गएकाले ५२ वर्षीया कृष्णमाया मात्र घरमा सुतिरहेको बेला आँगनमा छाप्ने ठूलो ढुङ्गाले हिर्काइ उहाँको हत्या भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

  • नुवाकोटमा यात्रुबस दुर्घटना, एकजनाको मृत्यु, ३२ घाइते

    नवदीप अजनवी/ उज्यालो । नुवाकोट, जेठ २१ – नुवाकोटको थानापतिमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजे भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

  • आफन्तको मलामी गएका वृद्धको मृत्यु

    सोम सुनुवार/ उज्यालो । इलाम, जेठ २१ – मेची राजमार्गको इलाम खण्डमा ट्याक्सीमा झुण्डिएर यात्रा गरिरहेका एक वृद्धको ज्यान गएको छ । आफन्तको मलामी जाँदै गरेका इलाम ३ का ५५ वर्षीय रामबहादुर राईको ट्याक्सीबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

  • न्यायाधीश हत्याको शोकमा आज देशभरका अदालत बन्द न्यायाधीश हत्याको शोकमा आज देशभरका अदालत बन्द

    काठमाडौं, जेठ २१ – आज देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको शोकमा आज अदालत बन्द गर्न लागिएको हो ।

  • जग्गा बिबादमा सातजनाको हत्या भएपछि गाउँमा त्रास

    बझाङ, जेठ २१ – दुई दाजुभाइको अंश सम्बन्धी झगडामा परिवारका सातजनाको हत्या भएपछि बझाङको स्याडी गाउँमा शोक र त्रास छाएको छ । हत्यामा संलग्न गगन विक र उनका दाजु विरजीत बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • हराएर भेटिएका गाडीबारे जानकारी नगराउँदा खोजी कार्यमा समस्या

    काठमाडौं, जेठ २१ – गाडी धनीले एकपल्ट हराएर भेटिएका गाडीबारे जानकारी नगराउँदा खोजी कार्यमा समस्या हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाको हटलाईन १०३ मा हराएको मौखिक जानकारी गराउने मध्ये आफै भेटिएका गाडीका धनीले भेटिएपछि जानकारी गराउने गरेका छैनन् ।

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

    चितवन, जेठ २१ – चितवनको कबिलासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौबाट नारायणगढतर्फ आउदै गरेको ना २ ख ४२७७ नम्बरको ट्रकले बा १९ प २२५० नम्बरको मोटरसाईकललाई शनिबार राति कबिलास २ दासढुङ्मा ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको हो ।

  • जग्गा बिवादमा ७ जनाको ज्यान गयो

    काठमाडौं, जेठ २० - जग्गा विवादमा कुटपिट हुँदा बझाङको स्याँडीमा ७ जनाको ज्यान गएको छ । सदरमुकाम भन्दा ७३ किलोटिर टाढा स्याँडी ९ मा दाजुभाई बीच कुटपिट हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बझाँगले जनाएको छ ।

  • आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एकजना घाइते

    पोखरा, जेठ २० – कास्कीको भरतपोखरी गाविसमा भरुवा बन्दुक पड्किँदा एकजना घाईते भएका छन् । साथीहरुसँग कालिज मार्न जाने क्रममा आफैंले बोकेको बन्दुक पड्किँदा स्थानीय सरोज आचार्य घाईते हुनुभएको हो ।

  • घुस लिँदा लिँदै पक्राउ परेका ३ जना प्रहरी जवानमाथि अनुसन्धान सुरु

    वीरगञ्ज, जेठ २० - पर्सा प्रहरीले घुस लिएको आरोपमा ३ जना प्रहरी जवानलाई पक्रेर अनुसन्धान शुरु गरेको छ । प्रहरी जवान बीरेन्द्र सिंह, सुर्यप्रसाद कान र शिवशंकर चाई बिरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक रविन्द्र केसीले जानकारी दिनुभयो । तीनै जना प्रहरीलाई प्रहरीकै बिशेष टोलीले शनिवार बीरगंजको घण्टाघर नजीकको रेष्टुरेन्टबाट पक्रेको थियो ।

  • बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

    बुटवल, जेठ २० – स्थानीय एक महिलालाई बोक्सीको आरोप लगाएको भन्दै प्रहरीले बुटवलबाट दुई जना महिलालाई पक्राउ गरेको छ । वुटवल १३ देवीनगरकी प्रेमकुमारी थापालाई बोक्सीको आरोप लगाएको भन्दै स्थानीय रुमा राना र पाल्पा तानसेन असनटोल घर भई बुटवल देविनगरमा बस्ने सरिता वर्जाचार्य पक्राउ परेका हुन् ।

  • भक्तपुरमा हनुमानको नेपालकै अग्लो मुर्ति बनाइने

    रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ २०– भक्तपुर दधिकोटको हिञ्चोक भैरव मन्दिरमा नेपालकै अग्लो हनुमानको मुर्ति स्थापना गरिने भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाका अध्यक्ष राजन बस्नेतले एक बर्ष भित्र १६ फिट अग्लो मुर्ति स्थापना गर्ने जानकारी दिनुभयो ।

  • ट्रकको ठक्करले वालिकाको ज्यान गयो

    धादिङ, जेठ २०– मुग्लिनबाट काठमाडौतर्फ आएको मालबाहक ट्रकको ठक्करबाट धादिङको चरौंदीमा ११ वर्षिया वुद्धिमाया चेपाङको ज्यान गएको छ । ना ३ ख ४०८८ नम्बरको ठक्करबाट शनिवार बिहान ९ वजेतिर चितवनको लोथर घर भएकी चेपाङको घटनास्थलमा नै ज्यान गएको हो ।

  • नालामा भेटियो वृद्धको शब

    तनहुँ, जेठ २०– तनहुँमा शुक्रवार राती एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । राती पानी परेको वेलामा ब्यास नगरपालिका १ गल्वुवेशीमा सडक छेउको नालामा ब्यास ९ अधेरी भञ्ज्याङ्गका अन्दाजी ६० वर्षिय पुर्णसिङ्ग गुरुङ्ग मृत भेटिएका प्रहरीले जनाएको छ ।

  • काठमाडौमा अझै रगत अभावै

    काठमाडौ, जेठ २०– नियमित रगत संकलन नहुने तर माग भने बढ्दै जाँदा रक्तसञ्चार केन्द्रमा रगतको वितरण सामान्य बन्न सकेको छैन । अघिल्लो हप्तासम्म बन्द लगायतका कार्यक्रमले गर्दा रगतको संकलन र सन्चय पुरै प्रभावित भएको थियो ।

  • चट्याङ लागेर २ जनाको ज्यान गयो

    धादिङ, जेठ २०– शुक्रवार राती परेको चट्याङ लागेर धादिङ  महादेवस्थान ५ रावलडांडामा २ जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन । चट्याङले लागेर महादेवस्थान गाविस वडा नम्बर ५ रावलडांडाका २८ बर्षिय सन्तोष लामा मगर, विदुर नगरपालिका घोरे ढुङगा घर भई रावलडांडा दिदीको घर आएका १६ बर्षिय सोम लामा रहेका छन् ।

  • चाँगु जाँदै गरेको बस दुर्घटना, ५१ जना घाइते

    रमेश गिरी/ उज्यालो । भक्तपुर, जेठ १९ – भक्तपुरबाट चाँगु जाँदै गरेको भक्तपुर मिनिवस सेवा समितिको यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जना यात्रु घाइते भएका छन् । बा.२ ख.६२७४ नम्बरको यात्रु बाहक बस छालिङ्ग गाविस स्थित पकनेपाटीमा दुर्घटना भएर सडकबाट करिब ८ फिट तल खसेको थियो ।

  • पानी माग्दै पञ्चेबाजा बजाएर होम लगाइयो

    सिद्धराज राई/ उज्यालो । धनकुटा, जेठ १९ – लामो समयसम्मको खडेरीले लगाएको बाली मर्न थालेपछि धनकुटाको वेलहरावासीले पानी माग्दै होम गेरका छन् । उनीहरुले पञ्चेवाजा र स्थानीयवाजा सहित वेलहारा ५ मा रहेको थानी मन्दिरमा शुत्रबार होम गरी पानी मागेका हुन् ।

  • न्यायाधीश बमको हत्याबारे अनुसन्धान जारी न्यायाधीश बमको हत्याबारे अनुसन्धान जारी

    काठमाडौं, जेठ १९ – सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बमको हत्याबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले न्यायाधीश बमको गाडि चालक अष्ट लामालाई नियण्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको हो ।

  • दुई युवक डुवेर वेपत्ता

    रसुवा, जेठ १९– रसुवाको यार्सा गाविस ७ लाङबुका दुईजना युवक खोलामा डुबेर वेपत्ता भएका छन् । फलाखु खोलामा माछा मार्न गएका १६ वर्षका धर्मबहादुर घले र १५ वर्षका सार्की तामाङ डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

  • यसरी पुग्यो जाजरकोटमा गुणस्तरहीन चामल

    राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, जेठ १९– जाजरकोटमा गुणस्तरहीन चामल पठाएकोबारे छानवीन गरेको टोलीले खाद्य संस्थानको अञ्चल कार्यालय नेपालञ्जले लापरबाही गरेको निश्कर्ष निकालेको छ । जाजरकोटमा पठाएको चामल कुहिएको सार्वजनिक भएपछि छानवीन गर्न संस्थानको केन्दिय कार्यालयले गठन गरेको छानवीन टोलीले यस्तो निश्कर्ष निकालेको हो ।

  • घाँस काट्ने निहुँमा छिमेकीलाई खुर्पा प्रहार

    गोरखा, जेठ १९– घाँस काट्ने निहुँमा झगडा हुँदा गोरखा गाइखुर वडा नंबर १ का भोजराज तिवारीको खुर्पा प्रहारबाट छिमेकी पूर्णप्रसाद गोतामे घाइते हुनुभएको छ । खुर्पा प्रहारबाट टाउको, निधार र पाखुरामा चोट लागेका ४३ वर्षीय गोतामेको तनहुँको डुम्रेमा उपचार भइरहेको छ ।

  • पेल्ट्रिक सेटबाट गाउँ झिलीमिली

    एलबी थापा/उज्यालो । प्यूठान, जेठ १९ – प्यूठानको उत्तरपुर्वी गाविस अर्खाका वासिन्दाले पेल्ट्रिक सेटबाट विजुली निकालेर बत्ति बालेका छन् । गाउँको लघु जलविद्युत आयोजना अलपत्र परेपछि गाउँलेहरुले नै थोरै क्षमताको लघु जलविद्युत आयोजना (पेल्ट्रिक सेट) जडान गरेर उज्यालो बनाएका हुन् ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया