MENU
ujyaalo forign call inside

समाज

  • शिक्षकले जिल्ला शिक्षामा धर्ना दिने

    काठमाडौं, माघ २२ आफ्ना माग पूरा गराउन दबाबका लागि शिक्षकहरुले आज देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिंदैछन् । शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले पूर्वघोषित कार्यक्रम अनुसार धर्ना दिन लागेका हुन् ।

  • १५ सय कुखुरा मरे, बर्डफ्लूको आशंकामा स्थानीय बासिन्दा त्रसित १५ सय कुखुरा मरे, बर्डफ्लूको आशंकामा स्थानीय बासिन्दा त्रसित

    सुनसरी, माघ २१ – सुनसरीको खनारमा रहेको पाथीभरा पोल्ट्री फर्मले पालेका कुखुरा मर्न थालेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । माघ १ गतेदेखि मर्न थालेका कुखुरा मर्ने क्रम नरोकिएपछि बर्ड फ्लूको आशङ्कामा त्यस क्षेत्रका बासिन्दा त्रासमा छन् ।

  • सडक विस्तारका क्रममा लाजिम्पाटमा झडप सडक विस्तारका क्रममा लाजिम्पाटमा झडप

    काठमाडौं, माघ २१ – सडक विस्तार अभियान अन्तर्गत शनिबार लाजिम्पाट क्षेत्रमा सडक आसपासका घर पसल भत्काईएको छ । सडक किनाराका संरचना भत्काउने क्रममा स्थानीयले अवरोध गरेपछि केहीबेर झडप समेत भएको छ ।

  • क्यान्सरका कारण हरेक ६ सेकेण्डमा एकजनाको मृत्यु

    काठमाडौं, माघ २१ आज विश्व क्यान्सर दिवस, सबै मिलेर गरे सम्भव छ भन्ने नारा सहित नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ यो दिवस मनाईंदैछ । संसारभर क्यान्सरका कारण  हरेक ६ सेकेण्डमा एक जनाको ज्यान जाने गरेको तथ्याँक छ ।

  • गैडाको खाग तस्करीमा प्रहरीकै संलग्नता

    काठमाडौं, माघ २० – गैडाको खाग तस्करीमा प्रहरी नै संलग्न भएको भेटिएको छ । खाग तस्करीमा संलग्न प्रहरी हवल्दार, दुई प्रहरी जवान सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • ६ किलो गाँजा सहित १० वर्षिय बालक पक्राउ

    मकवानपुर, माघ २० – तस्करहरुले लागुपदार्थ ओसारपसारमा बालबालिकाहरुको प्रयोग गर्ने गरेको खुलासा भएको छ । बिहीबार राति मकवानपुरमा १० वर्षिय वालक गाँजा सहित पक्राउ परेपछि लागुपदार्थ ओसारपसारमा वालवालिकाको प्रयोग हुनेगरेको खुलेको हो ।

  • आगलागीमा महिला प्रहरी सहित तीनजनाको ज्यान गयो

    कालिकोट, माघ २० – कालिकोटको मान्ममा बिहीबार राति भएको आगलागीमा एक महिला प्रहरी सहित तीनजनाको ज्यान गएको छ । सदरमुकाम मान्ममा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक होटलमा मैनबत्तिको आगो सल्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको हो ।

  • जीपले किच्दा एक जनाको ज्यान गयो, ब्याक गरि मारेको आरोप

    जनार्दन घिमिरे/ उज्यालो । गुल्मी माघ २० – जीपले किचेर बिहिबार बेलुका गुल्मीमा एकजनाको ज्यान गएको छ । सदरमुकाम तम्घासबाट पौदी अमराई गाविस जाँदै गरेको लु १ ज १६७५ नम्बरको जीपले किच्दा गुल्मी पौदीअमराई ५ का ५५ वर्षीय यमबहादुर थापाको ज्यान गएको हो ।

  • प्राविधिकका लागि सात हजार व्यक्तिको आवेदन

    काठमाडौं, माघ २० - हिमाली र उच्चपहाडी जिल्लामा स्वयंसेवकको रुपमा काम गर्न सात हजार प्राविधिकले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय बिकास स्वयंसेबक सेवाले माघ १५ गतेसम्म हुलाकमार्फत आएका आवेदनलाई मान्यता दिएको हो ।

  • अदालतको आदेश पछि शिक्षकहरु छलफल गर्दै

    काठमाडौं, माघ २० - पुनरावेदन अदालत पाटनले सरकारी कार्यालयको काम रोक्ने गरी धर्ना, हडताल नगर्न आदेश दिएपछि आन्दोलनरत शिक्षकहरु आज छलफलमा जुट्दैछन् । अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा छलफल हुने नेपाल शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।

  • शिकारीको गोलीले महिला घाइते

    एलबी थापा/उज्यालो ।    प्यूठान, माघ १९ - प्यूठानको स्वर्गद्वारी खालमा शिकारीले हानेको गोली लागेर एक महिनला घाइते भएकी छिन् । स्वर्गद्वारी ३ धनवाङमा जंगलमा घाँस काट्न गएकी स्थानीय धनी घर्र्ती शिकारीले पड्काएको भरुवा बन्दुक लागेर घाइते हनु भएको हो ।  स्थानीय २४ वर्षिया हर्ष रोकायले पड्काएको भरुवा बन्दुकको छर्राले लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

  • बन्द हड्ताल नगर्न शिक्षक संगठनलाई अदालतको आदेश

    काठमाण्डौं, माघ १९ - पुनरावेदन अदालत पाटनले सरकारी कार्यालयको काम रोक्ने गरी धर्ना, हड्ताल नगर्न शिक्षक युनियनको नाममा अन्तरिम आदेश जारी गरेको छ । शिक्षक युनियनले सरकारी कार्यालयको काम रोक्ने गरेर धर्ना हड्ताल गरेको भन्दै परेको रिटमाथि विहीवार सुनुवाई गर्दै पूनरावेदन अदालतले काम रोक्ने गरी धर्ना, हड्ताल नगर्न आदेश दिएको हो ।

  • सहिद परिवारको ७ लाख ३५ हजार लुटियो

    एल बी मगर/उज्यालो । रोल्पा, माघ १९ - पहिचान नभएका व्यक्तिहरुको समूहले रोल्पामा ५ जना सहिद परिवारको ७ लाख ३५ हजार रुपैया लुटेका छन् । सदरमुकाम लिवाङमा राहत रकम बुझेर घर फर्कने क्रममा रोल्पाको फगाम ८ भलबाङ खोलामा सहिद परिवार लुटिएका हुन् । सशस्त्र द्वन्दको क्रममा आफन्त गुमाएका सहिद परिवारलाई सरकारले दिएको राहत रकम बुझि घर फर्कदै गर्दा ५ जनाको गरी ७ लाख ३५ हजार बराबरको लुटपाट भएको हो । रातको समयमा लुटपाट भएकाले लुटेराको पहिचान नभएको सहिद परिवारहरुले बताएका छन् ।

  • माओवादी निकटका शिक्षकद्धारा बिद्यालय बन्द

    काठमाडौं, माघ १९ विद्यालय बन्द र हड्ताल नगर्ने प्रतिबद्धता गरेको दुई महिना नपुग्दै माओवादी निकट शिक्षक संगठनको आह्वानमा आज काठमाडौंका नीजि विद्यालयहरुको पठन पाठन ठप्प भएको छ ।

  • म कसरी इण्डोनेशियाली भएँ ? म कसरी इण्डोनेशियाली भएँ ?

    मलेशिया, माघ १८ - तनहुँको रिसिङ्ग रानीपोखरीका तेजबहादुर थापा काठमाण्डौंको बोर्डिङमा १० कक्षा पढ्दा पढ्दै पढाई बीचमै छाडेर सन् २००१ मा मलेशिया पुग्नुभयो । ७० हजार रुपैयाँ खर्च गरेर पर्यटक भिषामा थाईल्याण्ड हुँदै लुकेर मलेशिया छिरेका उहाँ त्यसको ५ महिनापछि पक्राउ पर्नुभयो ।

  • नदि तार्ने तुइन, जोखिमको श्रोत पनि (अडियो सामग्री)

    काठमाडौं, माघ १८ तुईन, धेरै ठाउँका नेपालीका लागि नदि तर्ने एक मात्र बिकल्प हो । तर बेला बेला तुइन चुँडिएर ज्यानै जान्छ मान्छेको । दुर्घटना भएपछि तुईनलाई झोलुङ्गे पुलले बिस्थापित गर्ने घोषणा गर्छ सरकार ।

  • करोडौं रुपैंया ऋण नतिर्ने गार्मेन्ट सञ्चालक लोहनी पक्राउ करोडौं रुपैंया ऋण नतिर्ने गार्मेन्ट सञ्चालक लोहनी पक्राउ

    काठमाण्डौं, माघ १८ - भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका विश्वास गार्मेन्टका संचालक बिजयप्रसाद लोहनी पक्राउ परेका छन् । ठगी तथा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २०६२ साल कार्तिक १३ गते विशेष अदालतले उनीमाथि नेपाल बैंकबाट लिएको १ करोड ५३ लाख २७ हजार रुपैंया बिगो र ७६ लाख ५७ हजार रुपैंया जरिवाना तिराउने फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

  • १५ महिनामा ४९ हजार लिटर रक्सी नियन्त्रणमा

    बागलुङ, माघ १८ - जिल्ला प्रहरी कार्यालय बागलुङले ४९ हजार ४ सय ५० लिटर अवैध घरेलु रक्सी  नियन्त्रणमा लिएको छ ।  कार्यालयले पत्रकार सम्मेलन गरी पछिल्लो १५ महिनाको अवधिमा उक्त परिणामको मदिरा नियन्त्रणमा लिएको जानकारी दिएको हो ।  लाइसेन्स नलिई अखाद्य बस्तुको प्रयोग गरी उत्पादन तथा बिक्रि गरिने अवैध घरेलु मदिराले जनस्वास्थ्य र समाजमा प्रतिकुल असर पारेका कारण मदिरा नियन्त्रणमा कडाई गरिएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।

  • श्रीमान अस्पतालबाटै भागेपछि विरामी श्रीमतीको बिचल्ली

    दुर्गाप्रसाद शर्मा उज्यालो ।  पर्वत, माघ १८ -  दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी भुकदेउराली गाबिसकी एक महिला विचल्लीमा परेकी छिन् ।  पर्वतको धाइरिङ्ग गाबिसको वडा नं ९ गुन्टीखेतकी माइती भएकी २२ बर्षिया बिष्णु परियारलाई उपचारका लागि काठमाण्डौंको बीर अस्पतालमा भर्ना भएपछि भुकदेउराली ३ ताङ्गलका पदमबहादुर दर्जी अस्पतालबाटै भागेर वेपत्ता भएका विरामीकी दिदी लक्ष्मी परियारले जानकारी दिनुभयो ।

  • पत्रकारको आन्दोलन फिर्ता

    काठमाण्डौं, माघ १८ - सरकारले सूचनाको हक सम्बन्धी कानुनलाई बन्देज लगाउने गरी गरेको सूचनाको बर्गीकरण बिरुद्ध आन्दोलन थालेको नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सूचनाको वर्गीकरण कार्यान्वयन गर्न नदिने प्रतिवद्धता जनाएको र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेकाले आन्दोलन सवै कार्यक्रम फिर्ता लिइएको महासंघका महासचिव ओम शर्माले बताउनुभयो ।

  • माओवादी लडाकुको शिविरमा आगलागी

    ईलाम, माघ १८ ईलामको चुलाचुलीमा रहेको माओवादी सेनाको पहिलो डिभिजनमा गएराति बिजुली सर्ट भएर आगलागी भएको छ । आगलागीबाट एउटा भान्छा घर र केही सामग्री नष्ट भएको डिभिजन कमाण्डर यामबहादुर अधिकारी, प्रतिक्षाले जानकारी दिनुभयो ।

  • गाडी पल्टिदा १६ जना घाइते

    बर्दिया, माघ १८ काठमाडौंबाट धनगढीका लागि छुटेको ना ४ ख ४३४९ नम्बरको यात्रुबहाक बस  बर्दियाको ओराहीखोला नजिकै पल्टिदा १६ जना घाईते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • अहिलेसम्मकै सवैभन्दा धेरै जरिवाना संकलन

    काठमाडौं, माघ १८ ट्राफिक प्रहरीले मंगलवार अहिले सम्मकै सबैभन्दा धेरै जरिवाना असुल गरेको छ । जरिवानाबाट हिजो एकै दिन ७ लाख ३७ हजार ९ सय ५१ रुपैंया राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

  • पत्रकारको प्रदर्शन

    काठमाडौं, माघ १८ सरकारले सूचनाको हक सम्बन्धी कानुनलाई बन्देज लगाउने गरी गरेको सूचनाको बर्गीकरण विरुद्ध आज पनि पत्रकारहरुले प्रदर्शन गर्दैछन ।

  • जलपन्छीको बिवरण संकलन हुँदै

    काठमाडौं, माघ १८ मध्यहिउँदमा गरिने जलपन्छी गणना सकिएपछि अहिले गणनाको विवरण संकलनको काम शुरु भएको छ । तराईका विभिन्न चारवटा रामसार र रारा राष्ट्रिय निकुञ्जको गणना सकिए लगत्तै तथ्याङ्क संकलनको काम शुरु भएको हो ।

  • लडाकूका लागि चेक काट्दै सचिवालय

    काठमाण्डौं, माघ १७ स्वेच्छिक अवकाश रोजेका लडाकूको विदाईका लागि मंगलवार सेना समायोजन विशेष समितिको सचिवालयको टोली लडाकू शिविरमा जाने भनिएपनि जान सकेन् । लडाकू शिविरमा विजुली र ईन्टरनेटको समस्या भएकोले शिविर नगई काठमाण्डौंमै बसेर काम गरिरहेको सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । सचिवायलले अवकाश रोजेका लडाकूलाई दिने रकमको चेक काट्ने काम गरिरहेको र वुधवारसम्म चेक काटी सकेर विहीवार शिविरतिर जाने शर्माले बताउनुभयो ।

  • ३० तोला सुन चोर पक्राउ

    पोखरा, माघ १७ - जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विरौटाबाट ३० तोला सुन सहित पक्राउ परेका एकजनालाई मंगलवार सार्वजनिक गरेको छ । पोखराका विभिन्न ठाउँमा सुनका गरगहना तथा धनमाल चोरी गरि फरार रहेका नुवाकोट कदानपुरका ३० बर्षिय दिपक थापा पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले सुनको हार, ब्रासलेट, औंठी, सिक्री, टप, रिङ्ग, तिलरी लगायतका गरगहना बरामद गरेको छ । नुवाकोट घर भई अहिले काठमाण्डौं बस्दै आएका थापालाई प्रहरीले यहि माघ ११ गते पक्राउ गरेको थियो । उनले यही माघ १ गते बैदामका लेखनाथ थपलियाको घ...

  • कस्तुरीको विणासहित विदेशी पक्राउ

    भवानीप्रसाद पाण्डे/उज्यालो । बुटवल, माघ १७ - प्रतिवन्धित कस्तुरीको विणा सहित विदेशी नागरिक रुपन्देहीको वुटवलमा पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय वुटवलको गस्ती टोलीले विशेष सुराकीको आधारमा २ तोला ३० लाल तौल वरावरको विणा सहित कुवेती नागरीक हमित एम–एम–ए एनेलेजी लाई मंगलवार पक्राउ गरेको हो ।

  • ईट्टा भट्टा भत्किदा एकको मुत्यु, ५ जना घाईते

    प्रकाश पन्त/उज्यालो । सुर्खेत, माघ १७ - सुर्खेतको रामघाटमा आज ईट्टा भट्टा भत्किदा एकजनाको ज्यान गएको छ । अरु ५ जना घाईते भएका छन । रामघाट गाउँ बिकास समिति १ भैसेभन्ने ठाउँमा ईट्टा भट्टामा ईट्टा पोल्न आगो लगाउने क्रममा भएको दुर्घटनामा परी छिन्चु २ का ६५ बर्षिय रत्नबहादुर पुनको ज्यान गएको हो ।

  • प्रेसर कुकर पड्किएर एक घाइते

    विमला नेपाली/उज्यालो । ओखलढुंगा, माघ १७ - खाना पकाउने क्रममा मंगलबार विहान प्रेसरकुकर पड्किएर ओखलढुंगा सदरमुकाममा एक महिला गम्भीर घाइते भएकी छिन् । महोत्तरी घर भइ ओखलढुंगामा चटपटे व्यापार गर्दै आएका राजकिशोर दासकी २८ बर्षीय श्रीमती गुडिया महरा कुकर पड्किँदा घाइते हुनुभएको हो ।  उहाँको अनुहार भरी कुकरको भातले पोलेको छ ।

  • देउखुरीमा मरेको बाघ भेटियो

    दाङ, माघ १७ - दाङको देउखुरीमा एउटा बाघ मृत अवस्थामा भेटिएको छ । सोनपुर ५  फल्कापुरमा एउटा भेडे बाघ मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । मरेको बाघ कुहिन लागेकाले केहीदिनअघि नै मरेको आशंका छ । झण्डै ३० किलो तौल रहेको बाघ गाडीको ठक्करबाट मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • संसद सचिवालय, परराष्ट्र र प्रहरीले फसाए : सभासद राना थारु संसद सचिवालय, परराष्ट्र र प्रहरीले फसाए : सभासद राना थारु

    काठमाडौ, १७ माघ - एमाले सभासद नारदमुनी रानाले आफूलाई कुटनीतिक राहदानी दुरुपयोग काण्डमा संसद सचिवालय, परराष्ट्रमन्त्रालयका कर्मचारी र प्रहरीको मिलेमतामा फसाईएको दावी गर्नुभएको छ ।

  • फेसबुकमार्फत गाली गर्नेले माफी मागे

    धनकुटा, माघ १७ - सामाजिक सञ्जाल फेसबुकमा पत्रकारहरुको खुट्टा भाँच्नु पर्छ भन्ने सन्देश लेख्ने भुवनकुमार वाग्लेले पत्रकारहरुसंग माफी मागेपछि नेपाल पत्रकार महासंघ धनकुटाले दर्ता गरेको सार्वजानिक अपराध मुद्दा फिर्ता लिएको छ ।

  • पत्रकारलाई सरकारले वार्तामा बोलायो

    भक्तपुर, माघ १७  - सूचना लुकाउने सरकारको कदमबिरुद्ध सञ्चारकर्मीले प्रदर्शन तीव्र पार्ने तयारी गरिरहेका बेला सरकारले वार्ताका लागि आह्वान गरेको छ । सरकारले बेलुका पाँच बजे वार्ताको लागि बोलाएको छ । भक्तपुरको नगरकोटमा बिहान भएको कार्यक्रममा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सूचनाको हक सम्बन्धि २०६४ सालमा पारित ऐन अनुसार नै सरकारले निर्णय गरेको दावी गर्नु भयो ।

  • पत्रकार महासंघ आन्दोलनमा

    काठमाडौं, माघ १७ सूचना लुकाउने सरकारको कदम विरुद्ध नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन शुरु गर्दैछ । दिउँसो ३ बजे काठमाडौंको बबरमहलमा प्रेससित कुनै सूचना छैन भन्ने सन्देश सहित खाली कालो ब्यानर बोकेर प्रदर्शन गरिने महासंघका अध्यक्ष शिव गाउँलेले बताउनुभयो ।

  • दाङ बन्द

    दाङ माघ १७ पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यबृद्धि र अत्याधिक लोडसेडिङको बिरोधमा दाङ जिल्ला बन्द भएको छ । युवा सञ्जालको आव्हानमा गरिएको बन्दका कारण दाङबाट छुट्ने लामो तथा छोटा दूरीका गाडी चलेका छैनन् ।

  • फेसबुकमा जथाभावी लेख्नेलाई सार्वजनिक मुद्दा

    धनकुटा, माघ १६ - सामाजिक सञ्जाल फेसबुकमा पत्रकारहरुको खुट्टा भाँच्नु पर्ने भन्ने सन्देस लेख्ने भुवनकुमार वाग्लेविरुद्ध नेपाल पत्रकार महासंघ धनकुटाले सार्वजानिक अपराध मुद्दा दर्ता गराएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यक्रममा कालो पट्टी बाँधेर रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई प्रहरीले घेराबन्दी गरी बन्धक बनाएको विषयमा वाग्लेले पत्रकारको खुट्टा भाँच्नु पर्ने सन्देश लेखेका हुन् ।

  • वीर सहिदको सम्मानमा (फोटो फिचर) वीर सहिदको सम्मानमा (फोटो फिचर)

    काठमाडौं, माघ १६ – सप्ताहव्यापी सहिद दिवसको अन्तिम दिन सोमबार विभिन्न कार्यक्रम गरि सहिदको सम्झना गरिएको छ । ज्ञात अज्ञात सहिदप्रति श्रद्धान्जली प्रकट गरी देशभर सहिद दिवस मनाइएको छ । सहिद दिवसको अवसरमा काठमाडौंको लैनचौरमा रहेको सहिद स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सरकारका अन्य मन्त्री, सुरक्षा निकायका प्रमुखहरु तथा सर्वसाधरणको उपस्थिति थियो । कार्यक्रमका केही तस्बिरहरुः तस्बिरः सूर्यकुमार क्षेत्री/ उज...

  • सूचनामा अकुंश लगाउने सरकारी कदम विरुद्ध पत्रकार महासंघ आन्दोलनमा सूचनामा अकुंश लगाउने सरकारी कदम विरुद्ध पत्रकार महासंघ आन्दोलनमा

    काठमाडौं, माघ १६ – सूचना लुकाउने सरकारको कदम विरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । महासंघको कार्यालय संचारग्राममा बसेको आकस्मिक बैठकले महासंघले मंगलबारदेखिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो ।

  • डिआइजी कोईरालाले पत्नीको योजनावद्ध हत्या गरेका थिएः प्रहरी डिआइजी कोईरालाले पत्नीको योजनावद्ध हत्या गरेका थिएः प्रहरी

    विनोद चौलागाईं/ उज्यालो । काठमाडौं, माघ १६ – कर्तब्य ज्यान मुद्दाका अभियुक्त सशस्त्र प्रहरीका निलम्बित नायब महानिरीक्षक रञ्जन कोईरालाले पत्नी गीतको योजनाबद्ध ढंगले हत्या गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी अहिलेसम्म प्राप्त प्रमाण अनुसार घटना भवितव्य नभएको स्पष्ट पारेको हो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया